एभरेष्ट बैंक र एनसीएचएलबीच अलिपे प्लस मार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत नेपालपे मर्चेन्टहरुका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् । अलिपे प्लसको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि एक्वाईरिङ्ग नेटवर्क, ९ करोड भन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् । एनसीएचएलले अलिपे प्लससँग अन्तराष्ट्रिय भुक्तानी पार्टनरका रुपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ती आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहल अनुरुप अब एभरेष्ट बैंक सँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ति सम्झौता भएको जारी विज्ञप्तीमा उल्लेख छ ।
सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा-१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केमा ठेला लिए आइपुग्छन् । ठेलामा माटोका भाँडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ । उनको ठेला देख्नेवित्तिकै सातु पिउने मानिसको भीड हुन्छ । उनले लिएर आउने ठेलाको टायरमा हावा हुँदैन । उनको सातु स्वादिष्ट हुने गरेको उपभोक्ताको भनाइ रहेको छ । उनले भने, ‘ठेला राम्रो छैन तर ग्राहक सातु खुवाएर सन्तुष्टि छन् । सातु बिक्री गरेर मासिकरुपमा ५० हजार आम्दानी हुन्छ ।’ गर्मीयामका बेलामा एक लाख मासिक कमाउने गरेको र चिसोको बेलामा आम्दानी हुने उनको भनाइ रहेको छ । चिसोका बेलामा दैनिक रुपमा एक सयदेखि १५० गिलाससम्म सातु बिक्री हुने गरेको छ भने गर्मीका बेलामा दुई सयदेखि २५० गिलाससम्म सातु बिक्री हुने गरेको उनले बताए । उनले करिब पाँच वर्षदेखि इनरुवाको मुख्य बजारमा सातु बिक्री गर्दै आएका छन् । उनले विगतका वर्षमा विभिन्न व्यापार गर्दा असफलता प्राप्त भएकामा यस व्यापारले राम्रो फाइदा हुने गरेको बताए । दैनिक रुपमा सामग्री महँगिँदै गएका बेलामा प्रति गिलास सातुको ४० लिने गरेको उनको भनाइ छ । दैनिक रुपमा चार हजारदेखि पाँच हजारसम्मको बिक्री हुने गरेकोमा खर्च कट्टा गरेर मासिक रुपमा ५० हजारदेखि ६० हजारसम्म आम्दानी हुने गरेको पौदारले बताए । सातु बेचेरै छोरीको बिहे गर्नुका साथै पाँच घरपरिवार चलाउँदै आएको उनले बताए । आर्थिक अभावका कारणले आफ्नो उपचार गराउनका लागि समस्या भएको बेलामा सातुको आम्दानीले आफ्नो उपचार गराउनका लागि समेत सफल भएको उनले बताए । एक लाखदेखि दुई लाख खर्च गरेर विदेशमा गएर ४० हजारदेखि ५० हजार आम्दानी गर्दै आएकोमा आफू सोही बराबरको लगानीमा घरमै बसेर राम्रो आम्दानी गर्दै आएको र दैनिक रुपमा सयौं साथीभाइसँग भेट समेत गर्दै आएको उनले बताए । उनले भने, ‘स्वदेशमै काम गरे वैदेशिक रोजगारीका लागि अर्काको देशमा पसिना बगाउनुपर्दैन ।’
दसैँ, तिहार र छठमा पाँच करोडको फूल किनबेच
जनकपुरधाम । यस वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ । गत वर्षको सोही अवधिमा करिब तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो । पोहोरको तुलनामा यस वर्ष फूलको कारोबार वृद्धि भएको फूलको थोक व्यापारी जेके फ्लावर एन्ड गिफ्ट हाउस जनकपुरका सञ्चालक जितेन्द्रकुमार भण्डारीले बताए । उक्त परिमाणमा फूल किनबेच जनकपुर, जलेश्वर, लहान, राजविराज, लालबन्दी, मलङ्गवा, हरिऔन, चन्द्रनिगाहपुर तथा गौरको आसपासका बजारमा भएको हो । भण्डारीका अनुसार यस वर्ष बजार मागको ९५ प्रतिशतभन्दा बढी फूलमाला आन्तरिक उत्पादन र पाँच प्रतिशतभन्दा कम भारतबाट आयात भएको थियो । विगतमा भारतको पटना तथा कलकताबाट फूल तथो माला आयात हुने गथ्र्यो । यस वर्ष सरकारले आयातमा कडाइ गरेपछि आन्तरिक उत्पादनका फूलमाला बिक्री भएको उनको भनाइ छ । जनकपुर बजार क्षेत्रमा फूल व्यापारी २० जना छन्भने करिब दुई सय किसान फूल खेतीमा लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ । धनुषामा करिब ५० बिघा क्षेत्रफलमा गोदावरी फूलको व्यावसायिक खेती हुने गरेको छ । देपुरा, रुपैठा, फूलगामा, परवाहा, ढल्केबर लगायतका ग्रामीण व्यावसायिक फूल खेती हुने गरेको छ । कहिलेकाहीँ प्रतिकूल मौसमका कारण फूल बिग्रिने गरेको जनकपुर घर भई काठमाडौँ गौशालामा थोक व्यापार गर्दै आएका ७० वर्षीय रामदयाल माली भण्डारीले बताए । स्थानीय खुद्रा व्यवसायी रामजीवन भण्डारीले यस वर्ष २० लाखको फूल बिक्री गरेको जानकारी दिए । नेपालमा खासगरी पाँच प्रजातिको सयपत्री फूल पाउने भए पनि कलकतिया तथा पटनिया प्रजातिका सयपत्रीफूल अत्यधिक बिक्री हुने व्यापारी तथा किसानहरु बताउँछन् । फूल खेतीका लागि प्रचुर सम्भावना भएकाले स्थानीय सरकारले यसको विकासमा जोड दिनुपर्ने फूल व्यवसायीको भनाइ छ । रासस
२ होटलले घोषणा गरे लाभांश, कुनको कति ?
काठमाठौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ६ वटा होटल कम्पनी सूचीकृत छन् । सूचीकृत ६ वटा होटल कम्पनीमध्ये २ वटा होटलले मात्रै आफ्ना सेयरधनीहरूलाई लाभांश बाँड्ने घोषणा गरेका छन् । हालसम्म ओरियण्टल होटल्स र सोल्टी होटलले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् भने तारागाउँ रिजेन्सी होटल, चन्द्रागिरी हिल्स, कालिञ्चोक दशर्न र सिटि होटलले घोषणा गर्न बाँकी छ । ओरियण्टल होटल्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँको ५ प्रतिशतका दरले ५ करोड ६४ लाख ४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले २९ लाख ६८ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गरिसकेको छ । कम्पनीको असोज २० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा सम्पन्न २७औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । यस्तै, सोल्टी होटलले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ९२ करोड ८९ लाख ५३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले ५०औँ वार्षिक साधारण सभा पुस ४ गते बिहान साढे ११ बजे नेपाल प्रज्ञा भवन कमलादी काठमाडौंमा डाकेको छ । साथै, लाभांश तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर १२ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
आज सेयरधनी बने एनएलजीको हकप्रद सेयर किन्न पाइने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले भोलि कात्तिक २७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज कात्तिक २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले मंसिर ११ गतेदेखि चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६.२५६ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ६.२५६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ । कम्पनीको सेयरमा लगानीकर्ताहरूले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले एनएलजी इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रिय कार्यालय, लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
नबिल बैंकले काठमाडौं उपत्यकासहित २५ जिल्लामा जग्गा बेच्दै
काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा विभिन्न शाखा स्थानमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बोलकबोल मार्फत बिक्री गर्ने भएको हो । नबिल बैंकले देशभरका २५ जिल्लाको ९२ स्थानको घरजग्गा बिक्रीमा राखेको हो । काठमाडौं, भक्तपुर, ललितपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, बाँके, सुर्खेत बर्दिया र कैलाली जिल्लामा यस्ता गैह्रबैंकिङ सम्पत्ति लिलाममार्फत् बिक्री गर्न लागेको हो । यस्तै, भोजपुर, दोलखा, काभ्रे, नुवाकोट र दार्चुला जिल्लाको गैह्रबैंकिङ सम्पत्ति लिलाममा राखेको हो । उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिले १५ दिन भित्र अर्थात् मंसिर ९ गतेसम्म कर्जा असुली विभाग बिजुलीबजारमा आइपुग्नेगरी बोलपत्र पेश गर्न आह्वान गरिएको छ । उक्त बोलपत्र मंसिर १० गते खोलिने समेत बैंकले जनाएको छ ।
मेरो माइक्रोफाइनान्स लघुवित्त १३औं वर्षमा प्रवेश, १३.८५ अर्ब कर्जा लगानी
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था १२ वर्ष पूरा गरि आजदेखि १३औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको १२ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । विभिन्न ७ वटा बाणिज्य बैंक र १ विकास बैंकको प्रवद्र्धनमा वि.सं २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त संस्थाको रुपमा स्थापना भएको हो । नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले ग्राहक सुहाउँदो बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । यस लघुवित्तलेले देशका ६४ जिल्लामा छरिएर रहेका १४९ शाखाहरुबाट करिब १ लाख ६० हजार ग्राहकहरुलाई उच्च स्तरीय लघुवित्त सेवा सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । हालसम्म ११ अर्ब ७६ करोड बराबर निक्षेप तथा सापटी लिई १३ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गर्न सफल रहेको देखिन्छ । संस्थाले कर्जातर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा प्रदान गरिरहेको छ । लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को भूमिकामा रामहरी दाहाल छन् भने अध्यक्षको भूमिकामा सुमित बाबु खत्री रहेका छन् ।
सूर्यज्योति लाइफबाट बाहिरिँदै संस्थापक, बिक्रीमा राखे पौने ६ लाख कित्ता
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको पौने ६ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । इन्स्योरेन्स कम्पनीमा संस्थापक समूहका केही सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । कम्पनीका अनुसार संस्थापक समूहको ५ लाख ८२ हजार ८५८ कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले उक्त सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताले खरिद गर्न चाहेको सेयर संख्या र दर रेटसहित बोलपत्र पेश गर्नुपर्ने हुन्छ । कम्पनीको सेयर रजिष्ट्रारको काम भने एनआईसी एशिया क्यापिटलले गरिरहेको छ ।