सिप्रदी र म्याक लुब्रिकेन्टस्को सम्बन्धको प्रतीक ‘म्याक स्टार नाईट’ कार्यक्रम सम्पन्न
काठमाडौं । सिप्रदी ट्रेडिङ्ग एवं भारत पेट्रोलियम कोर्पोरसनले संयुक्त रुपमा ‘म्याक स्टार नाइट्’ कार्यक्रम राजधानीको सोल्टी होटेलमा गत मंगलबार आयोजना गरेको थियो । कार्यक्रममा सिप्रदीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन आधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरव राज थपलिया लगायत भारत पेट्रोलियम बाट कार्यकारी निर्देशक शुभान्कर सेन, रणनीति तथा अन्तराष्ट्रिय विभागका उपमहाप्रबन्धक राहुल दोङ्रे, पूर्व क्षेत्रिय प्रमुख रविकान्त गोविन्दु, प्राविधिक सेवा कार्यकारी हिमांग्शु सिंघल लगायात अधिकारीहरुको उपस्थिति थियो । म्याक स्टार नाइट मा डिलरहरुको अतिरिक्त उपस्थितिमा म्याक सिप्रदी स्टार एप एवम रुबी प्लस गृज को उद्घाटन गरियो । म्याक सिप्रदीका श्रेष्ठ १० ओटा डिलरहरुलाई विभिन्न विधामा सम्मानित गरिएको थियो। त्यस्तै, म्याक सिप्रदीका १० वटा डिलरहरुलाई उत्कृष्ट कार्यगरे बापत विभिन्न विधामा सम्मानित गरिएको थियो । सम्मानित डिलरहरु सप्तकोशी बियरिङ्ग, डाइनयामिक ट्रेडिंग , फोर बी सप्लायर्स, खेतान ट्रेडिंग, मनकामना अटो मोबाइल्स, बंगलामुखी मोटर ट्रेडर्स, अस्त्र ईन्टरनेशनल, भवानी ट्रेड लिंक, नेक्स्ट जेनेरेसन अटोमोटिभ र श्री कामना सप्लायर्स रहेका छन् ।
आइएमई पे एपको नयाँ सुविधा- आईईएलटीएस टेस्टको शुल्क तिर्न मिल्ने
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आईईएलटीएस टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ । यस सुविधामार्फत प्रयोगकर्ताहरुले आइएमई पे एपमार्फत आफ्नो आईईएलटीएस परीक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्नेछन् । प्रयोगकर्ताहरुले आईईएलटीएस को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस युकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्कील्स ए१/ए२, ब१ को निम्ति भुक्तानी आइएमई पे एप मार्फत गर्न सक्नेछन् । सिमित अवधिको लागि आइएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा फ्लाट १००० रूपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । ’हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौं’, आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ’आईईएलटीएस शुल्क भुक्तानीको लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्ताहरुलाई आफ्नो उद्देश्यहरु पुरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौं ।’
पोखराको चुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने, ७४ करोड खर्च हुने
गण्डकी । पोखरा महानगरपालिका–२८चुुत्राकोटमा एक सय आठ फिट अग्लो अर्धनारीश्वर शिवको मूर्ति स्थापना हुने भएको छ । वडाध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार मूर्तिका लागि सङ्घ सरकारबाट एक करोड रुपैयाँ विनियोजन भएको छ । मूर्ति स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र मूर्तिसहितका अन्य संरचनाका निर्माणका लागि ३८ करोड लाग्ने रुपैयाँ अनुमान गरिएको उनले बताए । उक्त स्थलमा उद्यानलगायत संरचना पनि निर्माण गरिने छ । मूर्ति निर्माण गर्न पशुपति क्षेत्र विकास कोष, भारतीय राजदूतावाससँग परामर्श जारी रहेको उनले जानकारी दिए । पोखरा महानगरपालिका– २८ का चुत्राकोट, चिन्तेको डाँँडा, ठूलाकोट, नौरुङलाई समेटेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना सुनाउँदै उनले त्यसका लागि ७४ करोड रुपैयाँ खर्च हुने बताउनुभयो ।
धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता सुरु, कार्की र अधिकारी पुगे मन्त्रालय
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि अन्तर्वार्ता सुरु भएको छ । आज बिहान ८ बजेदेखि व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता लिन सुरु गरिएको हो । बोर्ड अध्यक्ष सिफारिस समितिले कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । तीन जनामध्ये अहिलेसम्म कृष्णबहादुर कार्की र डा. नवराज अधिकारी मात्रै अन्तर्वार्ताका लागि मन्त्रलायमा पुगिसकेको स्रोतले जनाएको छ । बोर्ड अध्यक्षका अर्का उम्मेदवार चिरञ्जीवी चापागाईंको भने अन्तर्वार्ताका लागि आउने नआउने केही टुंगालो नलागेको स्रोतको भनाइ छ । सिफारिस समितिले गत कात्तिक २९ गते एक सूचना जारी गर्दै तीनै जनालाई आज बोलाएको थियो । यसअघि गत असोज १८ गतेका लागि प्रस्तुतिकरणका लागि बोलाइएको थियो । तर, सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी बिरामी परेपछि स्थगति भएको थियो । अध्यक्ष नियुक्तिका लागि समितिले सर्टलिस्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कार्की र बीमा समितिका पूर्वअध्यक्ष चापागाईं अनुपस्थित भएका थिए । यसअघि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले भने कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ता दिइसकेका छन् । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ ।
धरहराभित्र सरकारी व्यापार शुरू, प्रतिव्यक्ति शुल्क १ हजारसम्म
काठमाडौं । आजदेखि धरहरा सरकारले व्यापार शुरू गरेको छ । तीन अर्ब ५० करोड रुपैयाँभन्दा बढी सरकारी बजेटमा बनेको यस संरचनामा सरकारले शुल्क लिएर प्रवेश खुला गरेको छ । धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय रुपैयाँ र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । स्वदेशी नागरिकको हकमा भने विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने छन् । यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ । यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ, धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
१५.७८ प्रतिशत लाभांश बाँड्ने कोष व्यवस्थापनको घोषणा
काठमाडौं । कोष व्यवस्थापन कम्पनीले लाभांश घोषणा गरेको छ । कोष व्यवस्थापनको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित नाफाबाट करसहित १५.७८९५ प्रतिशतका दरले ४९ लाख २ हजार ३२३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले मंसिर २९ गते बिहान साढे ११ बजे कृषि विकास बैंकको मुख्य कार्यालयमा १८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
११० रुपैयाँमै एनएमबि बैंकको सेयर किन्ने मौका, कम्तिमा ५ हजार कित्ता खरिद गर्नुपर्ने
काठमाडौं । एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहतर्फको पौने २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकका अनुसार संस्थापक समूहका १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी कबोल गरी आवेदन दिनुपर्ने छ । बैंकको सेयर खरिद गर्नका लागि मंसिर २३ गतेसम्म आवेदन दिनुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
रेकर्ड मूल्यबाट तल झर्याे अमेरिकी डलर, अधिकांश मुद्राको भाउ खस्कियो
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.८२ रुपैयाँ र बिक्रीदर १३५.४२ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४०.५२ रुपैयाँ र बिक्रीदर १४१.१४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८.८६ रुपैयाँ र बिक्रीदर १६९.६१ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.७५ रुपैयाँ र बिक्रीदर १५२.४२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.६३ रुपैयाँ र बिक्रीदर ८८.०२ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.३७ रुपैयाँ र बिक्रीदर ९६.८० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.०४ रुपैयाँ र बिक्रीदर १००.४९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७३ रुपैयाँ र बिक्रीदर ८.७७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.९१ रुपैयाँ र बिक्रीदर ३६.०७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९७ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९१ रुपैयाँ र बिक्रीदर ३.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.७१ रुपैयाँ र बिक्रीदर ३६.८७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.१८ रुपैयाँ र बिक्रीदर ३०.३१ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.१७ रुपैयाँ र बिक्रीदर १२.२२ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.८४ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३२ रुपैयाँ र बिक्रीदर १७.४० रुपैयाँ तोकेको छ यस्तै, कुवेती दिनार एकको खरिददर ४३८.०० रुपैयाँ र बिक्रीदर ४३९.९५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५७.६८ रुपैयाँ र बिक्रीदर ३५९.२८ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५०.२० रुपैयाँ र बिक्रीदर ३५१.७५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।