पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन
काठमाडौं । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन परेको छ । विश्वविद्यालयको रिक्त उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदन परेका १५ जनामध्ये तीन जनाको नाम अस्वीकृत गर्दै १२ जनाको नाम स्वीकृत गरेको छ । नेपालगञ्जका प्रा.डा वेदराज केसी, लमजुङका प्रा.डा दीपकबहादुर भण्डारी, तनहुँका प्रा.डा ज्ञानेश्वर शर्मा, कास्कीका प्रा.डा विश्वराज अधिकारी, तनहुँका प्रा.डा केदारनाथ घिमिरे, कास्कीका प्रा.डा पुष्पराज शर्मा, कास्कीका प्रा.डा सरोज कोइरालाको आवेदन स्वीकृत भएको छ । यस्तै, तनहुँका प्रा.डा निर्मला जमरकट्टेल, नवलपरासीका प्रा.डा विष्णुराज तिवारी, रौतहटका प्रा.डा विनयकुमार मिश्र, गुल्मीका प्रा.डा टेकराज ज्ञवाली र तनहुँका प्रा.डा दीपकराज पौडेलको आवेदन स्वीकृत भएको शिक्षा मन्त्रालयले जनाएको छ ।
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए शपथ
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ लिएका छन् । उनलाई मंगलबार अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शपथ ग्रहण गराए । श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हाे । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा सन्तोषनारायणसहित, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । अन्ततः सन्तोषनारायण श्रेष्ठले बाजी मारे । स्याङ्जाको भीरकोट नगरपालिकामा जन्मेका श्रेष्ठ हाल बुटवल बस्छन् । साथै उनको बसाईं काठमाडौंमा समेत छ । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । २०८० पुस २० गतेदेखि धितोपत्र बोर्ड अध्यक्षविहीन भएको थियो । माघ पहिलो साता राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव कृष्णहरि पुष्कर र उदय निरौला सदस्यीय रहेको छनोट समिति गठन भयो । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए भने अर्थमन्त्री वर्षमान पुन । फागुन १६ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गर्दा १९ जनाले आवेदन दिएका थिए । छनोट समितिले १९ जनामध्येबाट सन्तोष नारायणसहित बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं पाँच जनामा सर्टलिष्ट गरेको थियो। तर, सर्टलिस्टमा परेका ५ जनामध्ये पहिलो चरणमा सन्तोष नारायण र मुक्ति श्रेष्ठले मात्रै कार्यायोजना प्रस्तुति तथा अन्तर्वार्ता दिए । अधिकारी, कार्की र चिरञ्जिवी चापागाईंले बहिस्कार गरे । सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ । पाँचमध्ये बहुसंख्यक उम्मेदवार (तीन जना) अन्तर्वार्तामा अनुपस्थित भएपछि अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गर्यो । तर, सेबोन अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गरेको भन्दै सन्तोष नारायणले अदालत पुगेका थिए । र, अदालतले पनि उनको पक्षमा आदेश दिएपछि नियुक्ति प्रक्रिया पुनः अघि बढेको थियो । यही बीचमा प्रचण्ड नेतृत्वको सरकार ढलेर केपी शर्मा ओली प्रधानमन्त्री बने भने विष्णु पौडेल अर्थमन्त्री । र, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएपछि उनी छनोट समितिको समेत संयोजक बने । गत मंसिर ९ गते सर्टलिष्टमा परेका पाँच जना कार्की, चापागाईं र अधिकारीलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । तीन जनामध्ये कार्की र अधिकारीले मात्रै अन्तर्वार्ता दिएका थिए भने चापागाईं अनुपस्थित भएका थिए ।
१८ औं हात्ती तथा पर्यटन महोत्सव पुस ११ देखि सुरु
काठमाडौं । पर्यटकीय गन्तव्य सौराहामा आगामी पौष ११ गतेदेखि १५ गतेसम्म १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने भएको छ । १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुन लागेको हो । संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तीन वर्षसम्म रोकिएको महोत्सव गत वर्षदेखि निरन्तरता दिएको जानकारी दियो । पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष गंगा गिरीले १८ औं हात्ती तथा पर्यटन महोत्सव-२०८१ आगामी पौष ११ गतेदेखि १५ गतेसम्म गर्न लागिएको बताए । उनले महोत्सवमा हात्ती वनभोज, हात्ती फुटबल, हात्ती पोलो, हात्ती सुन्दरी प्रतियोगितालगायत झाँक्री प्रदर्शनी गरिने बताए । उनले महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत हुने अध्यक्ष गिरीले बताए । महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीसँग बी–टु–बी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, स्थानीय कृषि उत्पादनको प्रवर्द्धनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी, तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षको तलबको प्रलोभनमा रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । विभिन्न देशमा पठाइदिने भनी सर्वसाधारणबाट रकम असुल गरी सम्पर्क विहीन भएकाधनुषाको मिथिला नगरपालिका–९ का ४१ वर्षीय रवीन कोइराला, धादिङको सिद्धलेक गाउँपालिका–७ आदमटारका ३६ वर्षीय पदमबहादुर भुजेल र झापा बाह्रदर्शी गाउँपालिका–३का ४१ वर्षीय कार्तिकलाल राजवंशी पक्राउ परेका हुन् । रविनले एक लाख रुपैयाँ, पदमले तीन लाख र कार्तिक सात लाख ७० हजार लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
सामाजिक सुरक्षा कोषको दायरा विस्तार हुँदै, योगदानकर्ताका छोराछोरीले पनि लाभ पाउने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० प्रतिशत कोषबाट बेहोरिने घोषणा गरे । उनले संविधानमा गरिएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई गरिबी र पछौटेपनमा नभएको आधुनिक, विकसित र समृद्ध बनाउने जनाए । कार्यक्रममा कोषअन्तर्गत बढी योगदानदाता र सेवा दिने विभिन्न व्यक्ति र संस्थालाई प्रधानमन्त्री ओलीबाट पुरस्कार प्रदान गरिएको थियो । तत्कालीन प्रधानमन्त्री ओलीको पालामा २०७५ सालमा यो कार्यक्रम अभियानका रूपमा सुरु भएको थियो । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको स्थापना भएको आज ६ वर्ष पूरा भएर ७ वर्ष प्रवेश गरेको छ । २०७५ साल मंसिर ११ गते स्थापना भएको यस कोषमा हालसम्म औपचारिक क्षेत्रका १९ हजार ७ सय ६६ रोजगारदाता र ५ लाख ८३ हजार ३ सय श्रमिक आवद्ध भइसकेको जनाइएको छ । यसैगरी, वैदेशिक रोजगारीमा रहेका १२ लाख गरी कुल १७ लाख ९४ हजार ७४० श्रमिक कोषमा आवद्ध भइसकेको कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले जानकारी दिए । ७ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी गराएका हुन् । यो अवधिमा ११ अर्ब ६२ करोड रुपैयाँ योगदानकर्ता तथा निजको परिवारलाई भुक्तानी गरिसकेको पनि अधिकारीले जानकारी गराए । जसमध्ये औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत ३ लाख ७४ हजार १५२ वटा दाबी परेको र सोवापत १ अर्ब ४८ करोड १९ लाख, अस्वस्थता सुरक्षा योजनाअन्तर्गत ७ हजार ११७ दाबीवापत १५ करोड २० लाख र आश्रित सुरक्षा योजनाअन्तर्गत ५८७ श्रमिकका परिवारलाई १८ कराड ५४ लाख र वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत ९ अर्ब ८० करोड रुपैयाँ गरी कुल ११ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको उनको भनाइ छ । कार्यकारी निर्देशकका अनुसार कोष करिब पूर्णरूपमा डिजिटल प्रणालीमा गइसकेको छ । त्यसै कारणले सूचना तथा सञ्चार मन्त्रालयले सर्भिस प्रोभाइडर २०८० को पुरस्कार सामाजिक सूरक्षा कोष (एसएफएफ) ले पाएको पनि उनले उल्लेख गरे । यस्तै, कोषले अन्तर्राष्ट्रिय सामाजिक सुरक्षा संगठनको सदस्यसमेत प्राप्त गरेको उनले जानकारी गराए । चालु आर्थिक वर्षमा कोषको सुविधा पनि थप भएको छ । पहिला अनौपचारिक, स्वरोजगार र वैदेशिक क्षेत्रका श्रमिकले मात्रै औषधी उपचार पाउँथे भने अब उनीहरूका १८ वर्ष मुनिका छोराछोरीले पनि सुविधा पाउने उनले जानकारी गराए । कोषले हालसम्म विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा शाखा कार्यालय विस्तार गरिसकेको छ । यही आर्थिक वर्षभित्र कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा पनि कार्यालय विस्तार गर्ने योजना रहेको कार्यकारी निर्देशक अधिकारीले बताए । यस्तै, कोरोनाको महामारीको अवस्थामा श्रमिक र रोजगारदाताले गर्नुपर्ने योगदानवापत सरकारले राहतस्वरूप २ अर्ब ५० करोड रुपैयाँ कोषमा जम्मा गरिदिएको स्मरण गर्दै उनले भने, ‘अप्ठ्यारोमा सरकारले आर्थिक भरथेग पनि गरिदिन्छ भन्ने यो प्रमाण हो ।’ यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विश्वभरमा रहेका तर श्रम स्वीकृत नभएका नेपालीलाई श्रम स्वीकृति दिएर कोषमा आवद्ध गर्न सकिने बताए । उनले विभिन्न भिसामार्फत विदेश गएका र उतै काम गरिरहेका नेपालीलाई श्रम स्वीकृत दिएर कोषमा आवद्ध गराउनुपर्ने बताएका हुन् । यस्तै, कोषमा हालसम्म ८० अर्ब रुपैयाँ जम्मा भएकाले सो रकमलाई विभिन्न उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने उनकाे जाेड थियाे ।
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठको शपथ साढे ५ बजे
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मंगलबार शपथ ग्रहण गर्दैछन् । उनले आज बेलुका साढे पाँच बजे अर्थमन्त्रालयमा शपथ ग्रहण लिन लागेका हुन् । नवनियुक्त अध्यक्षलाई अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शपथ ग्रहण गराउनेछन् । श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हाे । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा सन्तोषनारायणसहित, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । अन्ततः सन्तोषनारायण श्रेष्ठले बाजी मारे । स्याङ्जाको भीरकोट नगरपालिकामा जन्मेका श्रेष्ठ हाल बुटवल बस्छन् । साथै उनको बसाईं काठमाडौंमा समेत छ । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् ।
महिलामा विकराल बन्दै अनियमित महिनावारी, वेवास्ता गरे क्यान्सरदेखि मुटु रोगसम्म लाग्ने जोखिम
काठमाडौं । ओखलढुङ्गाकी रमिला थापा १९ वर्षकी हुँदा महिनावारी सुरु भयो । त्यसपछि उनको महिनावारी तीन महिना जति रोकियो । केही समयपछि फेरि नियमित हुन थाल्यो । यो क्रम एक वर्षसम्म चल्यो । त्यसपछिका दिनमा फेरि गडबडी सुरु हुन थाल्यो । कहिले २-३ महिनामा त कहिले ४-५ महिनाको एक पटक महिनावारी हुन थाल्यो । सुरुमा उनलाई यो क्रम सामान्य नै लाग्यो । लामो समयसम्म महिनावारीको चक्र यस्तै गरी चल्दै गयो । तर केही महिनायता रमिलामा ठ्याक्कै उल्टो हुन थाल्यो, महिनामै दुई तीन पटक महिनावारी भयो । त्यसपछि भने बल्ल डर लाग्न थाल्यो । यो समस्या उनले आमालाई सुनाइन् । आमालाई लिएर गाउँकै स्वास्थ्यसंस्थामा गइन् । सामान्य रुघाखोकी जाँच हुने अस्पतालमा यसको उपचार सम्भव थिएन । फेरि उनी आमासँगै जिल्लामै रहेको क्लिनिकमा पुगिन् । अस्पतालले यो पाठेघरसम्बन्धी समस्या हुन सक्ने भन्दै स्त्रीरोग विशेषज्ञसँग सल्लाह लिन सुझाव दियो । त्यसपछि थापा उपचारका लागि काठमाडौं आइन् । आइतबार पाटन अस्पतालमा भेटिएकी रमिलाले भनिन्, ‘पहिले समयमा नहुने, ढिला हुने हुन्थ्यो । सामान्य नै होला भन्ने लाग्यो, अहिले त महिनामा दुईतीन पटक नै महिनावारी हुन्छ, किन यस्तो समस्या भयो भनेर जाँच गर्न आएँ ।’ पहिलो पटक ठूलो अस्पतालमा आएकी रमिलालाई डर लागिरहेको थियो । ‘डाक्टरले के सोध्छन्, के-के जाँच गर्नुपर्छ?,’ उनी भन्छिन्, ‘न केही दुखाइ छ, नदुखुञ्जेल अस्पताल जाने बानी छैन, यस्तो समस्या देखेपछि जाँच गर्नुपर्छ भने सबैजनाले अनि चेक गर्न आएकी हुँ ।’ ग्वार्कोकी उषा राजवंशीको पनि समस्या यस्तै छ । बिहे नगरुञ्जेल यो समस्यालाई वेवास्ता गर्दै आएकी उनी बिहेपछि पनि यस्तै समस्या हुन थालेपछि जाँच गर्न अस्पताल पुगिन् । महिनावारी अनियमित हुँदा उनको गर्भसमेत बस्न सकेको छैन । उनलाई पनि अनियमित महिनावारी सामान्यजस्तो लाग्थ्यो । जब बच्चा जन्माउने योजनामा उनी पुगिन् तब बच्चा नबस्ने समस्या देखियो । ‘बिहे गरेको धेरै वर्ष भइसक्यो अहिलेसम्म गर्भ रहन सकेको छैन,’ उषा भन्छिन्, ‘पहिले वास्तै गरिएन, समयमै सचेत नहुँदा समस्या पो हुँदो रहेछ, अहिले उपचार गरिरहेकी छु, डाक्टरले निको हुन्छ भन्नुभएको छ । हेरौं अब के कसो हुन्छ ।’ उनी अस्पताल जाँच गर्न जाँदा अनियमित महिनावारीले गर्दा यो सबै समस्या भएको बताउँछिन् । अहिले उनी यो समस्याको उपचारका लागि पाटन अस्पताल धाइरहेकी छन् । यस्ता समस्या लिएर अस्पताल पुग्ने महिलाको सङ्ख्या आजभोलि निकै बढी छ । कतिपय किशोरी अभिभावकसँगै अस्पताल पुग्ने गर्छन् भने कोही एक्लै उपचारका लागि पुग्ने गर्छन् थापाथली अस्पतालदेखि पाटन लगायतका अन्य अस्पतालमा महिनावारी अनियमित भएको समस्या लिएर अस्पताल पुग्ने महिलाको सङ्ख्या बढ्दै गएको अस्पतालले बताएका छन् । सरकारी अस्पतालसँगै निजी अस्पतालमा पनि यस्ता समस्या लिएर पुग्ने महिलाको सङ्ख्या अहिले निकै बढेको छ । पाटन अस्पतालमा महिनावारी गडबड भएको समस्या लिएर दैनिक १०-१५ जना महिला पुग्ने गरेको अस्पतालले जनाएको छ । यता थापाथली अस्पतालमा पनि दैनिक २०-२५ जना महिला महिनावारी गडबडीको समस्या लिएर पुग्ने गरेका छन् । यस्तै, निजीरूपमा सञ्चालन भएका फर्टिलिटीमा पनि यस्ता समस्या लिएर आउने महिलाको सङ्ख्या बढी छ । उता नरदेवीमा रहेको आयोर्वेदिक अस्पतालमा पनि दैनिक ५-६ जना महिला यस्तो समस्या लिएर पुग्ने गरेका छन् । किन हुन्छ महिनावारी अनियमित ? कुनै पनि महिला बच्चा जन्माउन योग्य हुँदा उसको महिनावारी सुरु हुन्छ । जसलाई रजस्वला पनि भन्ने गरिन्छ । महिनावारी एक प्राकृतिक प्रक्रिया हो । यो हरेक महिना साामान्यतया २८ देखि ३५ दिनको अन्तरालमा हुने गर्छ । प्रजनन् क्षमता भएका महिलामा हरेक एक महिनामा एउटा अण्डा परिपक्क भएर बाहिर निस्कन्छ । त्यो बेला रत्तश्राव हुन्छ । हरेक महिलाको १४, १६ दिन या १८ दिनमा एउटा अण्डा बनेर फुट्ने गर्छ । तर महिनावारी अनियमित हुँदा यो अण्डा फुट्दैन । जसले गर्दा महिलामा महिनावारी हुनेक्रम २८ देखि ३५ दिनमात्र नभइ ६० देखि ७० दिनसम्म पुग्छ । जसलाई महिनावारी अनियमित भनिन्छ । स्त्रीरोग विशेषज्ञहरू अस्वस्थ खानपान र जीवनशैलीकै कारण यो समस्या देखिने गरेको बताउँछन् । उनीहरूका अनुसार यसको शिकार किशोरीदेखि युवा वयस्क उमेर समूहका महिलाहरू हुने गरेका छन् । स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्मा यो समस्या पीसीओडी/पीसीओएस अर्थात (पोलिसिस्टिक ओभरी सिन्ड्रोम) र थाइराइडका कारण पनि हुन सक्ने बताउँछन् । पीसीओडी/पीसीओएस कसरी हुन्छ ? पीसीओडी/पीसीओएस भनेको महिलाहरूको डिम्बाशयसम्बन्धी समस्या हो । यो हुनुका धेरै कारणहरू छन् । यसमध्येको एउटा कारण वंशाणुगत हो । परिवारमा कसैलाई यो समस्या देखिएको छ भने अर्को पुस्तामा पनि देखिने सम्भावना बढी हुन्छ । अर्को हर्मोन असुन्तलनका कारण पनि समस्या देखिन्छ । मान्छेको शरीरभित्र विभिन्न किसिमका हर्मोनहरू हुन्छन् । स्वस्थ रहन सबै हर्मोनको सन्तुलन कायम राख्नुपर्छ । तर हर्मोनको असुन्तलनका कारण शारीरिक समस्या देखिने गर्छन् । मानिसको शरीरमा इन्सुलिन भन्ने एउटा तत्व हुन्छ । जसले हामीले खाएको खानालाई शक्तिमा परिणत गर्छ । तर, कतिपय किशोरी महिलामा यसले काम गर्दैन । खाएका खाना शक्तिमा परिणत नभइ बोसोमा गएर बस्छ । बोसोले अर्को एउटा हर्मोन बनाइदिन्छ । यसो हुँदा एउटा हर्मोन एकदम बढी अर्को कम हुँदा शरीरमा हर्मोनको तालमेल मिल्दैन । जसका कारण अण्डा बन्न छोड्छ । प्रायजसो महिलाको १४, १६ दिन या १८ दिन एउटा अण्डा बनेर फुट्ने गर्छ । तर यो अण्डा फुट्दैन । यो अण्डा नफुटेपछि शरीरमा भएको अर्को प्रोजेस्टेरोन भन्ने हर्मोनले बच्चा बसेन भने महिनावारी गराउँछ । त्यो हर्मोन बन्न बन्द हुन्छ । महिनावारी नियमित हुनका लागि मुख्यतया एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनहरूको सन्तुलन आवश्यक हुन्छ । जब यी हर्मोनहरूको स्तरमा उतारचढाव हुन्छ तब महिनावारी अनियमित हुन्छ । जसका कारण २-३ महिनापछि पाठेघर आफै बाक्लो हुँदै टुटेर रगतको रूपमा निस्कन्छ । यही इन्सुलिनले काम नगर्दा शरीरमा विभिन्न किसिमका समस्याहरू देखापर्छन् । यसलाई चिकित्सकीय भाषामा पीसीओडी/पीसीओएसको समस्या भन्छन् । यस्तो किन हुन्छ ? स्त्रीरोग विशेषज्ञ डा.विनीता तिवारी खानपान र हाम्रो दैनिक जीवनयापनकै कारण महिलामा यस्तो समस्या देखा पर्ने बताउँछन् । हाम्रा हजुरआमा, आमाहरूले थाहा नपाएका रोगहरू अहिलेका महिला किशोरी अवस्थादेखि नै भाेग्दै आइरहेको उनकाे भनाइ छ । महिनावारी अनियमित हुनुको कारण पनि खानपान र दैनिकीमै आधार रहने बताउँदै उनी पछिल्लो पुस्ताका महिलामा यसको असर पर्ने गरेको बताउँछिन् । ‘पहिलेका महिला घरभित्र भान्छामै पाइने खानेकुरा खान्थे, दिनभरि खेतबारीकै काममा व्यस्त हुन्थे,’ विशेषज्ञ तिवारी भन्छिन्, ‘आजभोलि त्यसको उल्टो छ, घरको खानेकुरा छोडेर,प्याकेटका कुरा खाने, दिनभरि बस्ने, काम गर्नुपरे पनि अफिसमै बसेर गर्ने गर्छन् जसले यस्ता रोगहरू देखा पर्न थाले ।’ उनी महिनावारी अनियमित हुनुको समस्या औषधी खाएर भन्दा दैनिकी परिवर्तन गरेरमात्र निको हुने बताउँछिन् । डा. ऐश्वर्या श्रेष्ठ महिलामा देखिने जति पनि समस्या छन् यसको समाधान पनि आफ्नै हातमा रहेको बताउँछिन् । दैनिकीमात्रै परिर्वतन गर्ने निको हुने यो समस्यालाई वेवास्ता गर्दा क्यान्सरसमेत हुने जोखिम रहेको भन्दै उनी यो समस्यालाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिन्छिन् । महिलाले खानपान र शारीरिक व्यायाममा ध्यान दिए भने पनि यो समस्याबाट मुक्त हुन सक्ने उनको अनुभव छ ।
एनपीएलका उत्कृष्ट नेपाली खेलाडीलाई ६२ लाख पर्ने ओमोडाको कार दिने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुन लागेको पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले ब्रान्ड न्यू कार प्रदान गर्ने भएको छ । नेपालमा यस कारको बजार मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ। यस संस्करणमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीले यो विशेष सम्मान पाउने भएका हुन् । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो सम्झौता गरिएको हो । सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिकका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरे । एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गरे । ब्रान्ड लजिकका सिईओ रोशन निरौलाले ‘प्लेयर अफ द सिरिज’ का रूपमा यो पुरस्कार नेपालको खेल इतिहासमा हालसम्मको सबैभन्दा ठूलो पुरस्कार भएको बताएका छन् । साथै एसपीजी अटोमोबाइल्सको ‘ओमोडा एन्ड जेइको’ले एनपीएलको पहिलो संस्करणमा ‘ड्रिभन बाई’ सह प्रायोजकको रूपमा साझेदारी गरेको छ । एनपीएलको पहिलो संस्करणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ ।