त्रिभुवन विश्वविद्यालयसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड
काठमाडौं । राष्ट्रियसभा, सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले त्रिभुवन विश्वविद्यालयसम्बन्धी नयाँ ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन् । ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९सँग सम्वन्धित प्रत्यायोजित विधायन सम्वन्धमा’ समितिमा आज भएको छलफलमा उनीहरुले विश्वविद्यालयको व्यवस्थापकीय पक्षलाई सबल बनाउन नयाँ ऐन आवश्यक भएको बताए । सांसद नरबहादुर बिष्ट र सांसद रुक्मिणी कोइराला लगायत सांसदले अधिवक्ता चक्रमान विश्वकर्माले अध्ययन गरेको ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ र त्यसअन्तर्गत बनेका प्रत्यायोजित विधानहरुको कार्यान्वयन’ प्रतिवेदनका आधारमा समितिमा पर्याप्त छलफल हुनुपर्ने बताए । अधिवक्ता विश्वकर्माको अध्ययनले ‘त्रिभुवन विश्वविद्यालयलाई आर्थिक भार पर्नेगरी कर्मचारी कल्याण कोष, औषधोपचार कोष, कर्मचारी सापटी कोषजस्ता कोषहरु विनियम बनाई स्थापना गरिएको देखिएकाले यस्ता कोषहरु विनियममा नराखी ऐनबाट व्यवस्था गर्नुपर्ने’ लगायत सुझाव दिएको छ । अध्ययन प्रतिवेदनमा ‘त्रिभुवन विश्वविद्यालयका विभिन्न पदाधिकारीहरुको पारिश्रमिक, सेवा, सर्त तथा सुविधाहरु नियममा उल्लेख गर्नुपर्नेमा नियममा तोकिएबमोजिम उल्लेख गरी विनियमहरुमा आफ्नो पारिश्रमिक, सेवा, सर्त तथा सुविधाहरु आफैँ तोकिनु विधिसम्मत नभएकाले यस्ता विषय नियममा नै उल्लेख गर्नुपर्ने ’ भनिएको छ ।
पराराष्ट्र मन्त्रालयका अमृतबहादुर राई सचिवमा बढुवा
काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव अमृत बहादुर राई सचिवमा बढुवा भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सहसचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । गत साउन महिनामा मन्त्रालयकी तत्कालीन सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूत सिफारिस भएकी थिइन् । त्यससँगै पराराष्ट्र मन्त्रालय सचिवविहिन बनेको थियो । लगत्तै कायम मुकायम सचिवको जिम्मेवारी राईले सम्हाल्दै आएका थिए । उनै राईलाई मन्त्रिपरिषदले सचिवमा बढुवा गरेको हो ।
ऊर्जा मार्गचित्र सुरु भइसक्यो, यो अभियानमा सबैले साथ दिऔं : अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले २८ हजार ५ सय मेगावाट पारित भएको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले ऊर्जा मार्गचित्र सुरु भएको जानकारी दिए । मार्गचित्र तयार भैसकेको र यसमा सहभागी भएर सबैले सहयोग गर्नुपर्ने बताए । मार्गचित्र सुरु गरिदिएकोमा अध्यक्ष कार्कीले सरकारलाई धन्यवादसमेत दिए । उनले भने, ‘अहिलेको सरकारले केही गर्छ कि भन्ने लागेको छ । यसमा ऊर्जामन्त्रीको ठूलो सहयोग छ । अब २८ हजार ५ सय मेगावाटको यो मार्गचित्रलाई हामीले १० वर्षभित्र पूरा गर्नेगरी अगाडि बढ्नुपर्छ । यो अभियान हो । यो अभियानमा सबैले सहयोग गर्नु आवश्यक हुनेछ ।’ यो इतिहास ठूलो उपलब्धि भएको उनको दाबी छ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साधारण सभा सम्पन्न
काठमाडौं । लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा सञ्चालक समितिका अध्यक्ष अपछकुमार यादवले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित भएको छ । यसैगरी, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको वासलात तथा आव २०८०/८१ को नाफा-नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू स्वीकृत भएका छन् । त्यस्तै, वित्तीय संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण भएको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले अन्य इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई गाभ्ने/गाभिने (मर्जर वा प्राप्ति) गर्ने प्रयोजनको लागि उपयुक्त लघुवित्त संस्था पहिचान गर्ने, संस्थाको चल अचल सम्पत्ती र दायित्व तथा कारोवारको मूल्यांकन गर्न मान्यताप्राप्त मूल्यांकनकर्ता नियुक्त गरी पारिश्रमिक तोक्न तथा सहमतिपत्रमा हस्ताक्षर गर्ने तथा यससम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित भएको छ । नेपाल राष्ट्र बैंकबाट मिति २०६८ फाल्गुण २३ गते वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त यस संस्थाले २०६९ जेष्ठ २२ गते नुवाकोटको बट्टारबाट लघुवित्त कारोबार सुरु गरेकोमा हाल आएर देशभर ५६ जिल्लामा ९० वटा शाखा कार्यालयमार्फत १ लाख भन्दा बढी ग्राहक सदस्यहरूलाई प्रत्यक्ष सेवा पुर्याएकाे छ ।
आरबीबी सेक्युरिटीजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबीबी सेक्युरिटीज कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को कम्पनीको वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ । साधारण सभामा प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनालले हाल सहरी क्षेत्रमा मात्र सीमित रहेको ब्रोकर सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालीन सोचअनुरूप रणनीति तयार गरी आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र ग्रामीण क्षेत्रमा रहेका जनताहरूले पनि ब्रोकर सेवा लिन सकिने वातावरण बनाउनुपर्ने बताए । आरबीबी सेक्युरिटीज कम्पनीका सीईओ बेनी श्रेष्ठले हाल २० करोड चुक्तापुँजी रहेको कम्पनीले धितोपत्र व्यवसायको व्यवसायिक कारोबार(ब्रोकर) मिति २०८१ असार २६ गतेबाट सुरु गरेको बताए । नेपाल स्टक एक्सचेन्जबाट सदस्यता नम्बर ९७ प्राप्त गरेको आरबीबी सेक्युरिटीज कम्पनीले ब्रोकर, मार्जिन, थोक कारोबार तथा अन्य पुँजीबजार सम्बन्धी सेवाहरू प्रदान गरिरहेको छ । साधारण सभामा आरविवि सेक्युरिटीज कम्पनी लिमिटेडका सञ्चालकहरू गायत्री श्रेष्ठ, राज्य लक्ष्मी खड्गी, सेयरधनीका प्रतिनिधि एवं बैंकका विभागीय प्रमुख आनन्द सुवेदी, बैंकका उपकार्यकारी अधिकृतहरू विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, रामकुमार थापा, कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार देविप्रसाद सुवेदी, बाह्य लेखापरीक्षक सिए आनन्दराज शर्मा वाग्ले लगायत आरविवि सेक्युरिटीजका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । आरबीबी सेक्युरिटीज कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
गरिमा क्यापिटलको नवौंं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको नवौंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलले बिहिबार बुढानीलकण्ठकमा रहेको लेमन ट्रि प्रिमियर होटलमा नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्त नवौं वािर्षक साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरूले राखेको जिज्ञासाहरूको अध्यक्ष दिपक पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मल भट्टराईले स्पष्ट पारेका थिए । सभामा गरिमा विकास बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष, पुर्व अध्यक्षहरू, गरिमा म्युचूअल फण्ड अन्तर्गत गरिमा समृद्धि योजनाका कोष सुपरिवेक्षकहरू तथा सेयरधनीहरूको उपस्थिती रहेको थियो । नवौं वािर्षक साधारण सभाको कार्यक्रम सञ्चालन क्यापिटलका कम्पनी सचिवअशोक सुवेदी तथा स्वागत मन्त्यव्य क्यापिटलका सञ्चालक एवं गरिमा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले गरेका थिए । नवौं वािर्षक साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने निर्णय गरेकाे छ । साथै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको छैटौँ तथा आठौँ वार्षिक साधारण सभाबाट नियुक्त सञ्चालकहरूमध्ये एक (१)/एक (१) सञ्चालक पद रिक्त भएको र रिक्त पदमा सञ्चालक समितिद्वारा बाँकी कार्यकालका लागि सञ्चालकहरू नियुक्त गरेकोमा सो नियुक्ति अनुमोदन गर्ने सम्पूर्ण निर्णयहरू सर्वसम्मतले पारित गरेको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश नदिने भएको छ । पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।
नागपोखरीमा शोरुम अनावरणसँगै नामीले गर्यो मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा
काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सद्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो शोरुमको उद्घाटन गरेको छ । कम्पनीले शुक्रबार काठमाडौंको नागपोखरी क्षेत्रको शोरुमको उद्घाटन गरेको हो । उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णुकुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायतको उपस्थिति थियो। सन् २०२४ अगस्टमा वाइल्ड रिपर्ज, सबिन राई र फारोको प्रस्तुति र फेसन शोसहितको सफल सुरुवातपछि नामीले नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको कम्पनीको दाबी छ । सुरुवातको एक महिनाभित्रै नामीले ३५० भन्दा बढी ग्राहकहरू प्राप्त गरिसकेको जनाएको छ । नयाँ शोरुमको उद्घाटन आफ्ना सवारीसाधनहरू बुक गरिसकेका ग्राहकहरूसँग उत्सव मनाउने उत्तम अवसर पनि बन्यो । साँचो हस्तान्तरण कार्यक्रममा केक काट्ने समारोहको आयोजना गरिएको थियो र त्यसलगत्तै नयाँ सुविधाहरूको औपचारिक भ्रमण गरिएको थियो। ‘नेपालमा हाम्रो अत्याधुनिक शोरुम खोल्न पाउँदा हामी रोमाञ्चित छौं,’ एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘यसले हाम्रो बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा हामी विश्वस्त छौं ।’मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा नक्सालको नागपोखरीमा रहेको नयाँ शोरुममा जनवरी ११ देखि १६ सम्म आयोजना हुने गरी मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा गरिएको छ । यो क्याम्पले सम्भावित ग्राहकहरूलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्नेछ । ग्राहकहरूले ‘नाउ अर नेभर’ मेगा अफरहरूबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । जसमा ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट समावेश छ । यसबाहेक ग्राहकहरूले गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा नि:शुल्क नाइट स्टे गर्न पाउने जनाइएको छ । ग्राहकहरूले आफ्नो पुरानो गाडी साट्न र राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी घर लैजान पनि सकिने सुविधा छ ।