सखरखण्डर र पिँडालु सबैभन्दा मंहगो, यस्तो छ तरकारीको मूल्य
काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ४५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ८०, गाजर (तराई) प्रतिकेजी रु ७०, बन्दा (लोकल) प्रतिकेजी रु ३०, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु २५, काउली स्थानीय प्रतिकेजी रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २५, काउली तराई प्रतिकेजी रु २०, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ४०, भन्टा लाम्चो प्रतिकेजी रु ६०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ । यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ९०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु ९०, लौका प्रतिकेजी रु ५०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २५, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु १००, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ८०, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी रु ८०, तरुल प्रतिकेजी रु १२०, च्याउ ९कन्य० प्रतिकेजी रु १२०, च्याउ ९डल्ले० प्रतिकेजी रु ३८० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ५०, चुकुन्दर प्रतिकेजी रु ९०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्दुक प्रतिकेजी रु ३०० तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १४०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १२०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु ११०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु १३०, हरियो धनिया प्रतिकेजी रु ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी रु १६०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।
निर्धन उत्थान लघुवित्तको २६ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । निर्धन उत्थान लघुवित्त संस्थाको २६ औं साधारण सभा निर्धन भवन नक्साल काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष हरिकृष्ण पन्तको सभापतित्वमा सम्पन्न भएको हो । सभामा सञ्चालक समितिका पदाधिकारी, सेयरधनी, कर्मचारी पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधीहरू गरि कुल २१० जनाको उपस्थिती रहेको थियो । साधारण सभामा सञ्चालक समतिका अध्यक्ष हरिकृष्ण पन्तले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन र साधारण सभाका प्रस्ताव माथि ५ जना सेयरधनीहरूले विचार तथा मन्तव्य राखेका थिए । सभामा मन्तव्य राख्दै सेयरधनी प्राडा फक्त वहादुर केसीले संस्थाको २६ औं साधारण सभा संस्थाको उमेर गतिविधीले अग्रणी नै रहेको जनाए । संस्थापक तथा जन्मदाता डा हरिहर देव पन्तको विपन्नहरूको सेवा गरेर गरिबी निवारण गर्ने दुरदृष्टी र उच्च छविकै कारण सफल भएको कुरामा दुविधा नरहेको बताए । सर्वसाधारण सेयरधनीहरूको जिज्ञासा र प्रश्नको जवाफ दिंदै संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दहालले सेयरधनीको अपेक्षा अनुरुप लाभांश वितरण गर्न सक्ने आश्वासन दिए । हाल आन्तरिक तथा बाह्य वातावरणमा केही सुधार भएको आन्तरीक संचरनामा परिमार्जन गरिएको, संस्थामा आन्तरीक नियन्त्रण र गुर्णस्तर सुधारको लागि कर्मचारी जिम्मेवारी संरचनामा परिमार्जन गरेर कार्यसञ्चालन व्यवस्थापन गरिएकोले आगामी वर्षमा लाभांश वितरण गर्ने प्रवल सम्भावना भएको बताए । संस्थामा हाल सफ्टवेयर परिवर्तन गरेर असुली सम्बन्धमा प्रसस्तै सुचना हुने व्यवस्था गरिएको, सञ्चालकहरूले प्रसस्तै मार्ग निर्देशन गरेको र उनीहरुको मार्ग निर्देशनलाई आधार मानेर कार्य सञ्चालन गरिरहेको जानकारी गराए । संस्थाको अहिले सुधारउन्मुख रहेकोले आगामी वर्ष लाभांश वितरण गर्ने सकिने बताए ।
ज्योति क्यापिटलको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको दोस्रो वार्षिक साधारणसभा २०८१ पुष २६ गते ज्योति विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा सम्पन्न भयो । सभामा सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षता रहेको थियो । सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ। साथै, सेयरधनीहरूलाई चुक्ता पूँजीको ३.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ। सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि एएच्न् एसोसियट्सलाई लेखापरीक्षकमा नियुक्त गर्दै पारिश्रमिक निर्धारण पनि गरेको छ। सञ्चालक समितिबाट नियुक्त दुई स्वतन्त्र सञ्चालकहरूको नियुक्तिलाई अनुमोदन गरिएको छ। ज्योति क्यापिटल लिमिटेड, ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा, २१ करोड चुक्ता पूँजीसहित सञ्चालनमा रहेको छ। नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्ने अनुमति प्राप्त यस क्यापिटलले धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, र संस्थागत परामर्शजस्ता सेवा प्रदान गर्दै आएको छ। ग्राहकहरूको आर्थिक सम्पन्नताको सहयात्री बन्ने उद्देश्यले अगाडि बढिरहेकोले आफ्नो सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रतिबद्द रहेको क्यापिटलले जनाएको छ। सभामा पारित निर्णयहरूको प्रभावकारी कार्यान्वयनले कम्पनीको व्यवसायिक उन्नतिलाई गति दिने अपेक्षा गरिएको छ ।
बागलुङमा ७५ करोडमा ‘मध्य दरमखोला ए’ हाइड्रोपावर’ निर्माण हुँदै
ढोरपाटन । दरमखोलामा चार मेघावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालिएको छ । बागलुङ ताराखोलाको घुस्मेलीबाट पानी लिएर ह्वाइट गोल्ड इनर्जी प्रालिले हाइड्रोपावर निर्माण गर्न थालेको हो । घुस्मेलीबाट दुई हजार दुई सय मिटर लामो फलामको टनलेमार्फत पानी ल्याई गाईघाट झरनामा विद्युत्गृह निर्माण गरिने भएको छ । विसं २०७९ देखि सुरु भएको हाइड्रोपावरको काम हालसम्म २० प्रतिशत सम्पन्न भएको ह्वाइट गोल्ड इनर्जीका अध्यक्ष हेमबहादुर खत्रीले जानकारी दिए । अहिले ताराखोला गाउँपालिका–१ गाईघाट क्षेत्रमा विद्युत्गृह निर्माण सुरु भएको छ । इनर्जीको ६० र फरेन इन्भेष्टमेन्टको ४० प्रतिशत लगानीमा हाइड्रोपावर निर्माण थालिएको अध्यक्ष खत्री बताउँछन् । हाइड्रोपावर निर्माण सम्पन्न भएपछि केन्द्रीय प्रसारण लाइनको हरिचौर सबस्टेशनमा जोड्ने योजना रहेको उनले बताए । आगामी दुई वर्षमा योजना सम्पन्न गर्ने काम तीव्रगतिमा भइरहेको खत्री बताउँछन् । आयोजना रु ७५ करोड लागतमा सम्पन्न हुने उनले बताए । स्वदेशमा लगानी गरी देशको अर्थतन्त्र सुधार गर्न आफूहरूले हाइड्रोपावर निर्माण थालेको खत्रीले बताए । ‘देशमा केही गर्नुपर्छ र युवालाई रोजगारी दिनुपर्छ भन्ने हिसाबले हामीले यहाँ ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालेका हौँ, यसबाट धेरैले रोजगारी पनि पाउन थालेका छन्’, अध्यक्ष खत्रीले भने, ‘दुई वर्ष अगाडि सुरु गरेको आयोजना बीचमा कामले गति लिन सकेको थिएन, अब धमाधम हुनेछ, यहाँबाट विद्युत् उत्पादन हुन थाल्यो भने बागलुङका दूरदराजसम्म पुग्ने अपेक्षा छ ।’ रासस
यस्तो छ आइतबारका निम्ति निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ८२ पैसा कायम गरिएको छ । यस्तै अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर आठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६४ रुपैयाँ ०८ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ६७ पैसा, ओमानी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ०८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
व्यापार र लगानी सहजीकरण सहमति जेबीएफले दुबै देशका सचिवलाई बुझायो, कार्यान्वयनमा शंका
काठमाडौं । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक चन्द्रागिरी काठमाडौंमा सम्पन्न भएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा नेपाल र भारतका प्रतिनिधिहरू सहभागि थिए । मञ्चको बैठकमा सहभागीहरुलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र भारत बीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यवहारिक समाधान खोजेर अघि बढ्नु पर्ने बताए । सो अवसरमा उनले गैर भन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्यूरो अफ इन्डियन स्ट्यान्डड्र्स (बिआइएस) को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएको समस्या समाधानको लागि सहजिकरण गर्ने, भैरहवा र पोखरा विमानस्थलसंग भारतका शहर जोडने र नेपालका जलविद्युत तथा अन्य निमार्णजन्य विकासको लागि आवश्यक विस्फोटक पदार्थहरू सहज आपूर्ती आवश्यक भएको बताए । यस्तै उनले मुन्द्रा (गुजरात), धामरा (ओडिशा) र जवाहरलाल नेहरू (मुम्बई) लगायतका भारतीय बन्दरगाहहरूमा नेपालको पहुँच विस्तारको विषयहरु उठान गरेका थिए । नेपाल भारत वाणिज्य सचिवस्तरीय बैठककै अंगकै रुपमा रहेको जेबिएफ बैठकमा नेपाल र भारतका प्रतिनिधिहरूले व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकास लगायतका विषयहरुमा छलफल गरेका छन् । यस्तै संयुक्त बैठकमा जलविद्युत र नवीकरणीय ऊर्जा, सौर्य, वायु लगायतका परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवद्र्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्च बीउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिहरूमा अनुसन्धान र व्यावसायिकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोग लगायतका विषयहरुमा आवश्यक सहजिकरण गर्ने सहमति भएको छ । सो अवसरमा दुवै देशले व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन् । यसैबीच दोस्रो बैठकमा भएका सहमतिका विषयलाई शनिवार नै नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ । भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्द वहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले सो सहमति हस्तान्तरण गरेका हुन् । मञ्चको बैठकपछि आयोजित (जेबिएफ) सदस्य तथा दुवै देशका सरकारी निकायबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जेबिएफको मिटिङमा भएका सहमतीलाई दुवै पक्षले कार्यान्वयनमा लैजानु पर्ने बताए । उनले दुवै देशबीच आयात निर्यातमा देखिएका समस्याको समाधान सहज ढंगले हुने गरि काम गर्नु पर्ने धारणा समेत राखे । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले मञ्चकोे बैठकबाट प्रस्तुत भएका विषयहरुको व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताए । त्यस्तै, भारतका वाणिज्य सचिव सुनिल बर्थवालले जेबिएफमा उठेका एजेण्डा कार्यान्यवका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जेबिएफ बैठकमा भएका सहमति कार्यान्वयनको लागि दुवै पक्षले पहल गर्नु पर्ने बताए । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले दुई देशबीचको आर्थिक मुद्धाहरुमा यो वैठक महत्वपूर्ण रहेका बताउँदै यहाँ उठेका विषयहरुमा सहजीकरणको लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।
जलवायु परिवर्तनले दिगो व्यापारमा असर, सबै मिलेर समाधान गर्नेपर्ने
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका मुद्दा कुनै मुलुक विशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा रहेकाले सबै मुलुकहरू मिलेर समाधान गर्नेतर्फ लाग्नुपर्ने धारणा राखेका छन् । शनिबार राजधानीमा विश्व व्यापार संगठन(डूव्लुटियो) र काठमाडौं विश्वविद्यालयले आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपना विषयक’ तेस्रो वार्षिक सम्मेलनको उद्घाटन गदै अर्थमन्त्री पौडैलले नेपाल जलवायु परिर्तनको उच्च जोखिममा रहेकाले यसको असर आर्थिक, सामाजिक एवम् पूर्वाधार विकासका क्षेत्रमा समेत स्पष्ट देखिएको बताए । कम जोखिमयुक्त व्यापार पूर्वाधार विकास गर्न र उत्पादन केन्द्रहरुको समेत विकेन्द्रीकरण गरी आपूर्ति श्रृंखलामा समेत विविधिकरण गर्न आवश्यक रहेको उनको भनाइ छ । दक्षिण एसियाली मुलुकमा जलवायु परिवर्तनले सिर्जना गरेको चुनौती र आगामी दिनमा लिनुपर्ने रणनीतिका विषयमा नीति निर्माता, अनुसन्धानकर्ता र निजी क्षेत्रका प्रतिनिधिवीच छलफल गर्न यस सम्मेलनमार्फत ठुलो सहयोग पुग्ने अर्थमन्त्रीले जनाए । जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेकाले नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि गरेको प्रयास प्राथमिकताका साथ राख्न आवश्यक रहेको उनको भनाइ छ । ठुलो लगानीमा निर्माण गरेका पूर्वाधारका संरचनाहरूमा बर्सेनि आउने प्राकृतिक विपत्ति बाढी,पहिरो, भूकम्पका कारण हुने नोक्सानीबाट आपूर्ति श्रृंखलामा पर्ने अवरोधलाई समेत ध्यानमा राखी जलवायुमैत्री विकास प्रक्रियामा क्रियाशीलता लिनुपर्ने उनले बताए । आर्थिक वृद्धिको इन्जिनको रुपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकुल प्रभाव पारेकाले अन्तर्राष्ट्रिय व्यापारको दिगोपनाका लागि जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्ने सन्दर्भमा यस सम्मेलनले उपयोगी हुने अर्थमन्त्रीको भनाइ छ । विश्व अर्थतन्त्रको महत्त्वपूर्ण हिस्साको रूपमा रहेको दक्षिण एसिया क्षेत्रमा आर्थिक वृद्धि र यसको दिगोपना तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनले चुनौती खडा गरेको बताउँदै अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनको प्रभावले भ ठूलो आर्थिक एवम् सामाजिक विषमता सिर्जना गर्न सक्नेतर्फ सबै सजग हुनुपर्ने धारणा राखे । सम्मेलनमा काठमाडाैं विश्वविद्यालयका रजिष्टार डा. अच्युत वाग्लेले निजीक्षेत्र मैत्री दिगो आर्थिक विकासको आवश्यक रहेकाले यसले भविष्यको दिगो विकासको लागि टेवा पुग्ने बताए । सम्मेलनमा रिसर्च सेन्टर फर इन्टरनेशनल ट्रेड ल एण्ड आरविटेसन इष्टबुल विलगि युनिभरसिर्टीका निर्देशक डा .एन पिनर आर्टिरन जलवायु परिर्वतन र वातावरणीय दिगोपनतालाई ध्यानमा राखेर नेपालले व्यापारलाई अघि बढाउनुपर्ने बताए । कृषि, पर्यटन, व्यापार पूर्वाधारजस्ता विषयमा अध्ययन अनुसन्धान गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ । सम्मेलनमा सहभागी वक्ताहरूले जलवायु परिर्वतनले व्यापारको दिगोपनमा असर पारिरहेकोले न्यूनीकरण गर्न आवश्यक परेको बताए । आर्थिक विकासको इन्जिनको रुपमा रहेको व्यापार रहेकाले उत्पादन र उत्पादक्त्व बढाएर प्रवर्द्धन गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ । दुुई दिनसम्म चल्ने सम्मेलनमा भारत, चीन, ट्रकी, बंगलादेश,इन्डोनेसिया लगायतका नौ वटा देशका प्रतिनिधिको सहभागिता रहेको छ । शनिबारदेखि राजधानीको याक एण्ड यति होटलमा सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने छ ।
सरकारका काम कारबाहीबारे कांग्रेस-एमालेबीच विवाद, नैनसिंह महरले लगाए गम्भिर आरोप
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री गम्भीर र जिम्मेवार नदेखिनु अस्वभनीय भएको बताएका छन्। नेपाली कांग्रेसका सम्पर्क समितिका अध्यक्षसँगको छलफल कार्यक्रममा नेता महरले उक्त कुरा बताएका हुन्। सरकारले कांग्रेससँगको सहमति कार्यान्वयनमा ढिलासुस्ती गरेकाले केन्द्रीय समिति बैठक आह्वान गरेर गम्भीर समीक्षा गर्नुपर्ने उनले बताए। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सात बुँदे सहमति सार्वजनिक गर्दा जनतामा उत्साह छाएको थियो। दुई ठूला दल मिल्दा निराश जनतामा आसा जागेको थियो। संविधान संशोधनको अपेक्षा थियो। सरकार बनेको ६ महिना बित्दा पनि सहमतिका कुनै विषय पनि अगाडि नबढ्नु दुखद हो। यसले जनतामा पुन: निराशा पैदा गरिरहेको छ। कांग्रेस केन्द्रीय समिति बैठकमा यसको गम्भीर समीक्षा आवश्यक छ’, उनले भने। सरकारको नेतृत्व कर्ताबाट नै सहमति विपरीत अभिव्यक्ति आउनुले थुप्रै संशय पैदा गरेको महरले बताए। सात बुँदे सहमति विपरीत एकलौटी अभिव्यक्ति दिने र जनतालाई निराश तुल्याउने अधिकार गठबन्धन दलका कुनै नेतामा पनि नरहेको उनले औंल्याएका छन्। ‘प्रधानमन्त्री अभिव्यक्तिले आसाभन्दा निराशामा परिणत गरेको छ। यो गम्भीर विषय बन्न पुगेको छ। संसद्ले कानुन निर्माण गरेर जनतामा भरोसा जगाउने किसिमका काम गर्नुपर्ने छ। धेरै कानुन निर्माण गर्नुपर्ने छ। थुप्रै विधेयक सदनमा थाती रहेका छन्। जनताको दैनिक दिनचर्या र सेवाप्रवाहका कुरा उठाउने सार्वजनिक थलो सदन हो। सरकारले अनावश्यक क्षेत्रमा समय खर्चिनुभन्दा हिउँदे अधिवेशन आह्वान गरेर जनताको पक्षमा काम गर्नुपर्छ,’ महरको सुझाव छ। बाहिर प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वानमा ढिलाइ भइरहेको भन्दै प्रतिपक्षीदलहरूले विरोध जनाइरहेको अवस्थामा सरकार र सत्तासीन दल यसमा गम्भीर हुनुपर्ने उनको भनाइ छ। ‘नेपाली कांग्रेसले १०० दिने अभियान करिब सम्पन्न हुने बाटोमा छ। अभियानका क्रममा सरकारको प्रभावकारिता, कांग्रेसको संगठन शुद्धीकरण र सुदृढीकरणका सवालमा जनताका लाखौं सुझाव आएकाछन्। प्राप्त सुझावको समीक्षाका लागि पनि केन्द्रीय समिति र संसदीयदलको संयुक्त बैठक आवश्यक छ,’ उनले भने।