विकासन्युज

बैंकिङ क्षेत्रविरूद्ध भ्रम छर्नेलाई कानुनी दायरामा ल्याउन मुद्रा विप्रेषक संघको माग

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू विरूद्ध भइरहेको अराजक गतिविधिप्रति नेपाल मुद्रा विप्रेषक संघ आपत्ति जनाएको छ । साथै बैंक तथा वित्तीय संस्थाहरू विरूद्ध भइरहेको अराजक गतिविधि रोक्न संघले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । बैंक तथा वित्तीय क्षेत्र खलबलाउन भइरहेको अराजक गतिविधीहरू र सामाजिक संजालमार्फत विभिन्न बैंक तथा वित्तीय संस्थाहरू विरुद्ध सर्वसाधारणलाई भ्रमित पार्ने कार्य र गलत अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको संघले जनाएको छ । साथै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्था तथा निर्देशनको परिपालना गर्दै आएका संस्था विरूद्ध गलत तथा भ्रामक टिप्पणीमा कुनै ध्यान नदिनु र सम्बन्धित सरोकार निकायले सम्प्रेषण गरेको सूचना तथा समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिन संघको आग्रह छ । साथै, आम सर्वसाधारणलाई भ्रमित पार्ने, गलत सूचना र आपत्तीजनक अभिव्यक्ति दिने र सर्वसाधारणलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने मौलिक अधिकारबाट वञ्चित गराउन उत्प्रेरणा दिनेलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत संघले ध्यानाकर्षण गराएको छ । नेपाल मुद्रा विप्रेषक संघ नेपाल राष्ट्र बैंकद्वारा स्वीकृति प्राप्त रेमिट्यान्स कम्पनी र वित्तीय संस्थाहरूको प्रतिनिधित्व गर्ने छाता संगठन हो । २०६१ सालमा स्थापित यस संघले रेमिट्यान्स उद्योगको लागि एकीकृत आवाजको रूपमा काम गर्दछ ।

मोरङ उद्योग व्यापार संघद्वारा विद्युत सुरक्षा विषयक तालिम सञ्चालन

काठमाडौं । मोरङ उद्योग व्यापार संघले उद्योग-व्यवसाय प्रतिष्ठानमा विद्युतको प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षा, गुणस्तरको मापन लगायत ध्यान दिनुपर्ने विषयहरूलाई समेटी एक दिने निःशुल्क तालिम आयोजना गरेको छ । संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा कार्यकारिणी सदस्य एवं ऊर्जा समितिका संयोजक सुशील सुरानाले ‘इमर्जिङ ट्रेन्ड्स इन इलेक्ट्रिकल सेफ्टी, प्रडक्ट क्वालिटी एन्ड एप्लिकेसन’ विषयक तालिम कार्यक्रम सञ्चालन गरे । विभिन्न औद्योगिक/व्यवसायिक प्रतिष्ठानका इलेक्ट्रीसियन तथा विद्यूत प्राविधिकहरुलाई प्रशिक्षण दिने उद्देश्यले सञ्चालित उक्त तालिममा भारतबाट आएका विद्युतीय उपकरणका विषेशज्ञ इन्जिनियर भरत अशोक उग्ले, काठमाडौंबाट आएका विशेषज्ञहरू, इन्जिनियर मनिष श्रेष्ठ र उज्जवल श्रेष्ठले सहजीकरण गरे । कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समिति सदस्यहरू, विभिन्न औद्योगिक/व्यवसायिक प्रतिष्ठानका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

एमएडब्लूले जित्यो ‘डिलर अफ द इयर’ अवार्ड

काठमाडौं । द एमएडब्लू अर्थमुभर्स प्रालिले दक्षिण एसिया क्षेत्रका लागि ‘डिलर अफ द इयर’ २०२५ प्राप्त गर्न सफल भएको छ । असाधारण बिक्री, बजार हिस्सा र ग्राहक सन्तुष्टि लगायतका उपलब्धिहरूको कदरस्वरूप कम्पनीले उक्त अवार्ड प्राप्त गरेकाे हाे । ग्राहम म्याकडोनाल्ड र दीपक शेट्टीले संस्थाका तर्फबाट उक्त अवार्ड प्रदान गरे । अवार्डले नि:शर्त प्रतिबद्धता र बलियो ग्राहक सम्बन्धद्वारा निर्मित उत्कृष्ट प्रदर्शनलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएकाे छ ।

नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा फेसोसिप कार्यक्रमका दोस्रो र तेस्रो कोहर्टका सहभागीहरुलाई प्रमाणपत्रसहित बिदाइ तथा चौथौ कोहर्टका सहभागीहरुको स्वागत गरिएको हो । बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यको साथ गत तीन वर्षदेखि यो कार्यक्रम सञ्चलन गर्दै आएको हो । कार्यक्रममा फेलोसिप कार्यक्रमका सहभागीहरुले नवीन उद्यममार्फत प्राप्त गरेको उपलब्धि, प्रशिक्षकहरूको योगदान तथा कार्यक्रमको समग्र प्रभावबारे चर्चा गरिएको थियो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिन प्राडा. महानन्द चालिसेले नबिल एसएसई कार्यक्रम सामाजमा परिवर्तन ल्याउन महत्वपूर्ण पहल भएको चर्चा गर्दै यसलाई थप विकास र विस्तार गर्न सकिने धारणा व्यक्त गरे । उनले नबिल एसएसईजस्ता कार्यक्रमले नवउद्यमीलाई व्यावसायिक विकासका लागि मार्गदर्शन गर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि त्रिविका उपकुलपति प्राडा. केशरजंग बरालले उद्यमी र शैक्षिक संस्थाबीचको सहकार्य सामाजिक उद्यमशीलता प्रवद्र्धनका लागि महत्वपूर्ण भएको धारणा व्यक्त गरे । ‘यो कार्यक्रमले युवाहरुमा जागिर खाने होइन, जागिर दिने मानसिकतामा परिवर्तन ल्याउनेछ,’ उनले भने । नबिल बैंकका निर्देशक निर्वाण चौधरीले सामाजिक उद्यमशीलताको महत्वबारे चर्चा गर्दै फेलोसिप कार्यक्रमले विभिन्न कठिनाइका बाबजुद पनि नेपाली युवालाई रोजगारदाताका रूपमा अघि बढ्न प्रेरित गरिरहेको उल्लेख गरे । उनले कार्यक्रममा सहभागीका उत्पादनहरु क्रमशः परिष्कृत हुँदै गएकामा खुसी व्यक्त गर्दै नेपाली उद्यमशीलतालाई विश्व बजारसम्म विस्तार गर्न सकिने सम्भावनाबारे चर्चा गरे । त्रिविका रेक्टर प्राडा. खड्ग केसीले छिमेकी मुलुक चीनले सन् १९८० को दशकदेखि नै यसप्रकारका कार्यक्रम सञ्चालन गरिरहेको उदाहरण पेस गर्दै नेपालमा पनि शैक्षिक संस्था र उद्योगीबीच सहकार्यको आवश्यकता औंल्याए । नबिल बैंकले उद्यमशीलता प्रवद्र्धनका लागि त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यको प्रशंसा गर्दै प्राडा. केसीले नबिल एसएसईले रोजगारी प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले फेलोसिप कार्यक्रमअन्तर्गतको चौथो समूहलाई स्वागत गर्दै यसअघिका तीन समूहका सहभागीले ४५ वटा उद्यम स्थापना गरी हालसम्म एक हजार दुई सयलाई रोजगारी उपलब्ध गराइरहेको जानकारी दिए । उनले प्रवासी नेपाली कामदारहरूले आर्जन गरेको सीप सदुपयोग गरी स्वदेशमै उद्यमशीलताको विकास गर्न सकिने धारणा राखे । नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कार्यक्रमलाई सफल बनाउन त्रिभुवन विश्वविद्यालयको निरन्तर सहकार्यप्रति आभार व्यक्त गरे । उनले भारतमा सफलतापूर्वक कार्यान्वयन गरिएको उक्त कार्यक्रमको अनुसरण गरी नेपालमा सुरु गरिएको कार्यक्रमले सफलता प्राप्त गरिरहेको बताए । त्यस अवसरमा फेलोसिप कार्यक्रमका दोस्रो र तेस्रो समूहका सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो भने चौथो समूहलाई औपचारिक रूपमा स्वागत गरिएको थियो । साथै प्रशिक्षकहरुलाई योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा फेलोहरूले आफूले उत्पादन गरेका विभिन्न सामानहरूको प्रदर्शनी तथा बिक्रीका लागि २० भन्दा बढी स्टलहरू राखिएका थिए । नबिल एसएसईले उद्यमशीलता विकास गर्न आवश्यक व्यावहारिक तालिम, मार्गदर्शन, सञ्जाल विस्तार र वित्तीय पहुँच स्थापनामा ठूलो सहयोग गरिरहेको सरोकारवालाहरुले जानकारी दिए । साथै फेलोसिप कार्यक्रमका सहभागीहरुले नबिल बैंकले उद्यमी बन्न आवश्यक ज्ञान, सिप तथा मार्गदर्शन प्रदान गरेकोमा कृतज्ञता व्यक्त गरे । कार्यक्रममा भाग लिएसँगै व्यवसाय बिस्तारमा सहयोग भएको उनीहरुले बताए । नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन् । नबिल एसएसई अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म एक सय १७ उद्यम स्थापना भई एक हजार दुई सयभन्दा रोजगारी सृजना भइसकेको बैंकले जनाएको छ । फेलोसिप प्रोग्राम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातवटै प्रदेशका ११ वटा शैक्षिक संस्थाबाट नबिल सेन्टर फर सोसियल इन्टरप्रेनरसिप स्थापना भई सञ्चालन भइरहेको छ । नबिल बैंकलाई सफलता : ३ वर्षमा ५६ युवा बने उद्यमी, १२ सय जनालाई रोजगारी

सिद्धार्थ बैंकले मधेश प्रदेशमा आयोजना गर्‍यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले मधेश प्रदेशमा विप्रेषण प्रापक र सम्भावित वैदेशिक रोजगारीमा जानेहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिफक्याप नेपालको व्यवस्थापनमा सम्पन्न गरिएको उक्त कार्यक्रममा कुल १०३ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट वित्तीय साक्षरता तालिम प्राप्त प्रशिक्षक सुमनराज सुवेदीले प्रस्तुति दिए । बैंकले लक्षित वर्गलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तिकरणमा योगदान पुर्‍याउन सो कार्यक्रम सञ्चालन गरेको हो। २०८१ साल माघ २१ गते बाराको जीतपुर सिमरा उपमहमानगरपालिका वडा नम्बर १५ डुमरवानामा विप्रेषण प्रापकहरूलाई लक्षित वित्तीय साक्षरता कार्यक्रममा स्थानीय महिला तथा पुरुषहरु गरी कुल ५१ जनाको सहभागिता रहेको थियो भने २०८१ साल माघ २२ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ बेल्वा स्थित नौकाटोलामा सम्भावित वैदेशिक रोजगारीमा जाने युवाहरूलाई लक्षित वित्तीय साक्षरता कार्यक्रममा कुल ५२ जना स्थानीय युवाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा लक्षित वर्गमा वित्तीय सेवा सम्बन्धी ज्ञान, बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानी, दैनिक आम्दानी तथा खर्चको विश्लेषण, विप्रेषण पठाउने माध्यम, बचत र लगानी, गुनासो व्यवस्थापन आदि विषयमा जानकारी दिइएको थियो। बैंकले वित्तीय साक्षरतालाई सधै प्राथामिकतामा राखी विभिन्न लक्षित समूहहरूलाई वित्तीय साक्षरता कार्यक्रम र बैंक शाखा भ्रमण गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि यस्ता कार्यहरूलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।

प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच भर्चुअल बैठक, समस्यालाई पहिचान गरेर समाधानका लागि एक्सनमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा आज मुलुकका सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रुम’बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग पहिलो पटक यस प्रकारको संवाद गरेका हुन् । करिब साढे दुई घण्टा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीहरुसँग एक्ला एक्लै पनि छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी जुट्दा थप छलफल गर्दै जाने विश्वास दिलाए । उनले सकेसम्म प्रदेशमै पुगेर र कतिपय प्रदेशसभामा पनि पुगेर राष्ट्र निर्माणबारे केन्द्र र प्रदेशका सोचबारे विमर्श गर्ने र समस्याको पहिचान गरी कार्यान्वयनको ’एक्सन’ मा जाने बताए । अहिलेको सूचना र प्रविधिको जमानामा यसको उपयोग गरी जिल्ला तह र आयोजनागतरुपमा मुख्यमन्त्रीहरुले यस्ता छलफल गर्न सकिने प्रधानमन्त्री ओलीको सुझाव छ । प्रधानमन्त्री ओलीले आफू पहिला प्रधानमन्त्री हुँदा सिंहदरबारस्थित कार्यालयमा एक्सन रुमबाट देशभरका निर्माणाधीन आयोजनाबारे अनुगमन र छलफल गर्न थालेको स्मरण गराउँदै यस कक्षको उपयोगलाई बढाउँदै जाने बताए । प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण हुने अवस्था सुधार्न आफूले केही युवाहरुको सहयोगमा अनलाइन माध्यमबाट मुख्य विषयहरुमा अतिरिक्त कक्षा सञ्चालनको आरम्भ गराएको बताउँदै यसमा ५७ हजार विद्यार्थी सहभागी जानकारी गराए । आगामी वर्षदेखि यसै वर्षदेखि यस प्रकारको तयारी गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले विकासको आधारका रुपमा शिक्षालाई लिनुपर्नेमा जोड दिए । उजले डिजिटल नेपालतर्फ आफूहरु अघि बढेकाले स्वास्थ्यलगायत अन्य क्षेत्रमा पनि सूचना र प्रविधिको उपयोग गरेर जनतालाई लाभ दिन सकिने बताए । संवादमा मुख्यमन्त्रीहरुले यस प्रकारको छलफला राखिएकामा आभार व्यक्त गर्दै आफ्ना सरकारले चालु आर्थिक वर्षको हालसम्म हासिल गरेका भौतिक र वित्तीय प्रगति, विद्यमान चुनौती र समस्या समाधानका उपायबारे अवगत गराउनुभएको थियो । उनीहरुले बहुवर्षीय ठेक्का लागेका कार्यक्रमहरुमा बजेटको निरन्तरतासहित अनुदान रकम वृद्धि हुनुपर्ने, आयोजना सञ्चालनका लागि रुख कटान र जग्गा प्राप्तिमा सहजता हुनुपर्ने, विपद् व्यवस्थापनमा बजेट थपिनुपर्ने, जनशक्ति व्यवस्थापन, भन्सारमा हुने चोरी-निकासी नियन्त्रण गर्नुपर्ने, गण्डकीलाई पर्यटकको केन्द्रका रुपमा विकास गर्न निर्माणधीन सडक विस्तार छिटो सम्पन्न गर्नुपर्ने, पूर्व-पश्चिम रेलमार्ग निर्माणका लागि मुअब्जा विवाद टुङ्ग्याउनुपर्ने, कार्यविस्तृतीकरण पुनः विचार गर्नुपर्ने, प्रदेशमा पर्यटक र आम्दानी वृद्धिका लागि सहजीकरण गरिनुपर्ने लगायत सुझाव दिए । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले मुख्यमन्त्रीहरुले उठाएका समस्याका विषय सङ्घीय मन्त्रिपरिषद्को बैठक र नेपाल सरकारका सचिवहरुको बैठकमा छलफलको विषय बनाइ सम्बोधन गरिने बताए । संवादमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा युवराज खतिवडा र उच्चाधिकारीहरुको सहभागिता थियो ।

क्यान इन्फोटेक मेला : सामग्रीमा ७० प्रतिशतसम्म छुट, यस्ता छन् मुख्य आकर्षण

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बिहीबारदेखि ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ सुरु भएको छ । मेलाको आज दोस्रो दिन हो । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन भइरहेको मेला पाँच दिनसम्म चल्ने आयोजकले जनाएको छ । क्यान इन्फोटेकको यो ३०औं संस्करण हो । मेलामा विभिन्न कम्पनीले आफ्ना वस्तु तथा सेवाहरू प्रर्दशनमा राखेका छन् । मुख्य आकर्षण मेलामै राष्ट्रिय परिचयपत्र बनाउन सकिने क्यान इन्फोटेक मेलामा राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट सुविधा रहेको छ । यसका लागि अविवाहितको हकमा सक्कल नागरिता र विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र र नागरिता अनिवार्य गरिएको छ । यसपटकको मेलामा यो सुविधा राखिएको हुँदा अवलोकनकर्ताको आकर्षण परिचयपत्र बनाउने स्टलमा बढी देखिएको छ । प्रदर्शनीमा स्टार्ट–अप, रोबोटिक्स, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, इमर्जिङ टेक्नोलोजी, ई-गभर्नेन्स, इन्टरनेट कनेक्टिभिटी, लर्निङ सेन्टर, ट्रेनिङ इन्स्युट्युटदेखि बुक स्टल, कफी स्टललगायत सेवा तथा उत्पादन राखिएका छन् । अवलोकनकर्ताले नयाँ तथा पूराना प्रविधिको अवलोकन गर्न सक्नुका साथै विभिन्न वस्तुहरु छुट मूल्यमा किन्न पनि सक्ने सुविधा रहेको छ । छुट मूल्यमा सामान मेलामा विभिन्न कम्पनीले अवलोकनकर्तालाई आकर्षण गर्नका लागि आफ्ना कम्पनीका उत्पादन ३० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । विभिन्न कम्पनीले स्मार्टवाच, टिभी, ल्यापटप, प्रिन्टर, कम्प्युटरलगायतका सामानमा मेलाअविधभर ७० प्रतिशतसम्म छुट दिएको छ । मेलाअवधिभर पसलमै जाँदा पनि ३० देखि ७० प्रतिशत छुटमा ल्यापटप खरिद गर्न सकिने जनाइएको छ । त्यस्तै किकले एयर बर्ड र स्मार्टवाच खरिद गर्दा ७० प्रतिशतसम्म छुट दिएको छ । आकर्षक उपहार प्रदरशनीमा स्टल भिजिट अवलोकन गर्न आउनेका लागि कम्पनीले मनोरञ्जनात्मक खेल राखेका छन् । जसमा अवलोकनकर्ताले सहभागी भएर उपहार जित्न सक्नेछन् । स्टलअनुसार फरक–फरक उपहार जित्न सकिन्छ । जसमा कुनै स्टलमा सुनको सिक्का जित्न सकिने अवसर छ । कुनैमा रिचार्ज कार्ड, कुनैमा ब्लुटुथलगायत छन् । त्यसबाहेक कुनै पनि सामान खरिदमा डिस्काउन्ट अफरसमेत पाउने व्यवस्था छ । त्यस्तै, एउटा किन्दा अर्को फ्रि अफर पनि उपलब्ध रहेको छ । प्रर्दशनीमा राखिएकामध्ये केही स्टलहरू  प्रर्दशनीमा डिजिटल एड्रेसिङ सिस्टम ‘कता हो’ को स्टल राखिएको छ । जुन नेपालको आफ्नै डिजिटल ठेगाना प्रणाली हो । देशभर जहाँसुकैको डिजिटल ठेगाना प्लेट तयार गर्न सकिने ग्रिडमा आधारित सप्टवेयर तथा मोबाइल एप्लिकेशन हो । नेपाली शब्दमार्फत सजिलै सम्झन र बोलेर सेयर गर्न सकिने देशभरको जुनसुकै स्थानको डिजिटल ठेगाना तयार गर्न सकिने नवीनतम प्रविधि ‘कता हो’ हो । यो एप निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । प्रदर्शनीमा भोला फुड्सको पनि स्टल देख्न सकिन्छ । जसले विभिन्न स्कुल, अफिसलाई खाजा डेलिभरी गर्दै आएको छ । त्यस्तै, भोला फुड्अन्तर्गतकै कौशला तालिम घरले एक दिने बरिस्टा तालिम कोर्ष १५ सय रुपैयाँमा सञ्चालन गरिने अफर ल्याएको छ । त्यसैगरी, प्रर्दशनीमा कोइली मर्चेन्ट क्युआरको स्टल अवलोकन गर्न सकिने छ । विभिन्न होटल रेष्टुरेन्टमा क्युआर कोडमार्फत बिल तिर्दा भ्वाइस नोटिफिकेसनको विशेषता यसमा रहेको छ । यो सेवा लिनका लागि नजिकैको खाता भएको बैंकमा गएर बुझ्न सक्नेछन् । त्यस्तै, प्रदर्शनीमा बुक स्टलसमेत रहेको छ । किताब पढ्ने अवलोकनकर्ताले डिस्काउन्ट अफरमा किताब किन्न सक्छन् । प्रदर्शनीमा राइड सेयरिङ एप ‘टुटल’को पनि स्टल देख्न सकिन्छ । त्यस्तै, रोबटिक्स एशोसिएन नेपालले आफ्नो नवीनतम उत्पादन स्टल प्रदर्शनमा राखिएको छ । ग्रिन लाइफ एक्सपिरेन्सको स्टलमा छुटसहितको एयरबर्ड, वाचलगायतका उत्पादन अवलोकन गर्नुका साथै खरिद गर्न सकिने सुविधा छ । त्यसबाहेक प्रर्दशनीमा नेपाल क्यान मुभको स्टल भिजिट गर्न सकिन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा कुरिअर सेवा उपलब्ध गराउँदै आएको उक्त कम्पनीको बारेमा त्यहाँ गएर थप बुझ्न सकिन्छ । ३०औं क्यान इन्फोटेकको प्रमुख प्रायोजनमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजन मर्कन्टाइल अफिस सिस्टम रहेका छन् । त्यस्तै, गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालि (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रालि र अनलिमिटेड टेक्नोलोजी प्रालि (ज्याप) रहेका छन् । प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स प्रालि, एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि, डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि (कताहो) र इनर्जी पार्टनरमा एग्जिबिशन लाइट हाउस रहेका छन् ।

बीमक संघका अध्यक्ष क्षेत्रीले सार्वजनिक गरे १२ बुँदे प्रतिवद्धता

काठमाडौं । नेपाल बीमक संघका नवनिर्वाचित अध्यक्ष बिरेन्द्र बैदवार क्षेत्रीले आवासीय तथा व्यवसायिक भवनको बीमा गर्ने वातावरण बनाउन संघले सम्बन्धित निकाय र सरोकारवालासँग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । संघको शुक्रबार साधारणसभामा बोल्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका क्षेत्रीले विभिन्न १२ बुँदे प्रतिवद्धता जनाउँदै यस्तो बताए। उनले विपन्न तथा निम्न वर्गका नागरिकहरु प्राकृतिक प्रकोपबाट सबैभन्दा बढी प्रभावित हुने भएकाले बीमाको दायरामा समाहित गरि बीमा पहुँचको खाडल कम गर्न ‘जलवायु परिवर्तनको छैन सीमा, सुनिश्चित गरौँ समावेशी बीमा’ भन्ने नारालाई व्यहारमा लागू गर्न आफू क्रियाशील रहने पनि प्रतिवद्धता जनाएका हुन् । यस्तै, उनले बीमा मध्यस्थकर्ता सर्भेयर, अभिकर्ता, पुर्नबीमा दलाल र तेस्रो पक्ष सहजकर्ता०हरुको कार्यसम्पादनलाई पारदर्शी गराउने पनि बताए । यस्ता छन् अध्यक्षले जारी गरेका १२ बुँदे प्रतिवद्धताः