विकासन्युज

यथाशीघ्र अध्यादेश अनुमोदन गर्ने, जसपासँग पनि सहमति जुट्यो

 काठमाडौं । सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरुको आज प्रधानमन्त्री निवासमा सम्पन्न बैठकमा हालै जारी अध्यादेशहरू सङ्घीय संसद्का दुवै सदनबाट यथाशीघ्र अनुमोदन गर्ने सहमति भएको छ । चाँडोभन्दा चाँडो अध्यादेश पारित गराउन प्रक्रियागत काम अविलम्ब अगाडि बढाउन बैठकमा सहमति भएको गृहमन्त्री रमेश लेखकले बताए । ‘आज हाम्राबीच भएका सहमतिअनुसार अध्यादेश अगाडि बढ्छ । सकारात्मक रुपमा यो विषय टुङ्गोमा पुग्छ,’ बैठकपछि उनले भने । उनले जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरुसँग पनि सहमति जुटेको जानकारी दिए । सबै अध्यादेश प्रतिस्थापन गर्नुपर्ने भएकाले दलहरुबीचको छलफलपछि सबैको भावना समेटेर प्रक्रिया प्रारम्भ हुने उनको भनाइ छ । बैठकमा सरकार र संसद्का कामको प्रभावकारिताका बारेमा पनि छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी थिए ।

बीमा प्राधिकरणको निर्देशकमा तिमल्सिना, सापकोटा, लामिछाने र अधिकारी बढुवा

काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशकमा ४ जना नियुक्त भएका छन् । प्राधिकरणको पदपूर्ति समितिले ४ जना उप निर्देशकलाई निर्देशकमा बढुवा नियुक्त गर्न सिफारिस गरेको हो । पदपूर्ति समितिको फागनु २ गतेको निर्णय अनुसार ध्रुब तिमल्सिना, कुन्दन सापकोटा, साम्भराज लामिछाने र निर्मल अधिकारी निर्देशक पदमा बढुवाका लागि सिफारिस भएका हुन् । प्राधिकरणका अनुसार ४ जना निर्देशक पदका लागि गत माघ १८ गते ९ जनाले दरखास्त पेस गरेका थिए । उम्मेदवारको कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिम वापत प्राप्त गरेको कूल अङ्कको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारलाई बढुवा नियुक्तिका लागि सिफारिस गरिएको हो । ४ जनाको बढुवा भएसंगै प्राधिकरणमा निर्देशकको संख्या ६ जना पुगेको छ ।

अर्थविद् डा चन्दको पुस्तक ‘किज अफ हाउ टु डेभलप नेपाल’ सार्वजनिक

काठमाडौं । अर्थविद् डा शेरजङ्गबहादुर चन्दको पुस्तक ‘किज अफ हाउ टु डेभलप नेपाल’ पुस्तक सार्वजनिक भएको छ । इन्डिगो इन्कद्वारा प्रकाशित उक्त पुस्तक आजदेखि बजारमा उपलब्ध गराइएको लेखक चन्दले जानकारी दिए । पुस्तकमा नेपाललाई आर्थिक समृद्धिको दिशामा कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा रणनीति, नीति र उपायहरु सरल रूपमा लेखिएको जनाइएको छ । नेपालको दिगो विकासका लागि आवश्यक औद्योगिक प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास, वैदेशिक लगानी, भौतिक संरचनाको विकास तथा सञ्चार प्रविधिको सशक्तीकरणका विषय पुस्तकमा समेटिएको उनले बताए । साथै सहरी तथा ग्रामीण क्षेत्रको सन्तुलित विकास योजना, शिक्षा प्रणाली सुधार, स्वास्थ्य क्षेत्रको सुदृढीकरण, प्रविधि तथा नवीनतम आविष्कारमा जोड समेत दिइएको लेखक चन्दले बताए । पुस्तकमा उद्योग र व्यापारको प्रवर्द्धन, नेपालमा साना तथा ठूला उद्योगको विकासका उपाय, सरकारी तथा निजी क्षेत्रको सहकार्य, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा निर्यात वृद्धिलगायतका विषय समेटिएको जनाइएको छ । मुलुकको विकासमा स्थानीय समुदायको संलग्नता र फाइदा, वैदेशिक लगानीको आकर्षण, लगानीमैत्री नीति तथा कानुनी सुधारसँग सम्बन्धित विषय पनि समेटिएका छन् । त्यस्तैगरी भौतिक संरचनाको विकास यसका लागि सडक, रेल, विमानस्थल तथा ऊर्जा क्षेत्रको विकासमा सार्वजनिक-निजी साझेदारीको भूमिका, प्रभावकारी नीति तथा कार्यान्वयन रणनीति समेटिएको पनि लेखक चन्दले बताए । सञ्चार तथा प्रविधिलाई समेटेर डिजिटल नेपाल अभियान तथा प्रविधिमा लगानी, इन्टरनेट तथा दूरसञ्चार पूर्वाधारको विस्तार तथा प्रविधिमा नवाचार तथा स्टार्टअप संस्कृति विकासबारे पनि पुस्तकमा समेटिएको छ ।

बेलुन फुट्दा घाइते भएका अर्थमन्त्रीलाई काठमाडौं ल्याइयो

काठमाडौं । बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको प्रेस सल्लाहाकार भुवन केसीले जानकारी दिए । पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका हुन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई पनि उपचारका लागि काठमाडौं ल्याइएको छ । रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो भने उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो ।  

सरकारी बैंकमा सर्वसाधारणको आकर्षण बढाउन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय भवनको आज पोखरामा उद्घाटन गर्दै उनले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएको समस्याहरू हाल क्रमशः सुधार भएका बताए । देशको बिग्रँदो आर्थिक अवस्थालगायत विद्यमान समस्या समाधान गर्नेगरी दुई प्रमुख दल सम्मिलित वर्तमान सरकार बनेको उनले उल्लेख गरे । देशको अर्थतन्त्रमा सुधार भएको आर्थिक सूचकले पनि देखाइरहेको बताउँदै अर्थमन्त्री पौडेलले वर्तमान सरकार इच्छाशक्ति भएको र समस्याको समाधान गर्न तत्पर रहेको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरकारले निर्माण गरेको उल्लेख गर्दै उनले यसको सञ्चालन गराउनेतर्फ पनि सरकार लागिरहेको स्पष्ट पारे । पोखरा र भैरहवा विमानस्थल सञ्चालनका सम्बन्धमा प्रधानमन्त्री स्वयंले पटकपटक बैठक तथा छलफल गरिरहेको बताउँदै उनले यसको सञ्चालनमा सरकार गम्भीर रहेको बताए । सरकारी बैंकले सर्वसाधारणलाई आकर्षित गर्नुपर्नेमा उनले जोड दिए । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेश उद्योग, कृषि तथा पर्यटन विकासका प्रचुर सम्भावना रहेको बताउँदै यी क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे । प्रतिनधिसभा सदस्य दामोदर वैरागीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याए । राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक रामप्रसाद ज्ञवालीले आर्थिक सूचकहरूले देशको अर्थतन्त्र सकारात्मक दिशामा गएको बताए । बैंकका सञ्चालक लक्ष्मण घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रकाश बराल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललले देशको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए ।

बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते

काठमाडौं । पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन् । रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो भने उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो । महानगरप्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल हस्पिटल लगिएको उजका प्रेस संयोजक भीम थापाले जानकारी दिए । उपपप्रधान तथा अर्थमन्त्री पौडेलको पनि उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको र उनलाई सामान्य चोट लागेको नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

होटल क्षेत्रको नाफा साढे ११.२९ प्रतिशत बढ्यो, सिटि घाटामा कालिञ्चोक धनात्मक

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा होटल तथा पर्यटन क्षेत्रको नाफा साढे ११.२९ प्रतिशत बढेको छ । पूँजी बजारमा सूचीकृत विभिन्न ६ वटा होटलहरूले चालु आवको पुस मसान्तसम्ममा ४८ करोड ३६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जबकी गत वर्षको पुसमा ४३ करोड ४५ लाख १६ हजार रुपैयाँ मात्रै खुद नाफा गरेका थिए । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियण्टेल होटल्स, चन्द्रागिरी हिल्स, कालिन्चोक दर्शन र सिटी होटल सूचीकृत छन् । जसमध्ये सिटी होटल नोक्सानीमा छ भने ओरियण्टेल होटल्सको नाफा घटेको देखिन्छ । चन्द्रागिरी हिल्सको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ५.७८ प्रतिशत बढेर ६ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ७.६४ प्रतिशत घटेर ४२ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ७५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको अन्य आम्दानी ६८.११ प्रतिशत घटेर २४ लाख ४२ हजार रुपैयाँ र कुल आम्दानी ८.३० प्रतिशत घटेर ३६ करोड ७० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७६ लाख ५९ हजार रुपैयाँ अन्य आम्दानी र ४० करोड २ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ३१.७७ प्रतिशत घटेर ८ करोड ७३ लाख रुपैयाँ, कर्मचारी खर्च ७.३० प्रतिशत बढेर ८ करोड ८३ लाख रुपैयाँ, प्रशासन खर्च ८.५४ प्रतिशत घटेर ५ करोड २१ लाख रुपैयाँ र कुल खर्च ०.८१ प्रतिशत बढेर १४ करोड ४ लाख रुपैयाँ गरेको छ । १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ४१ लाख ९५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४७ पैसा बढेर ८.६७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९९.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०१.८४ गुणा रहेको छ । कालिञ्चोक दर्शनले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४७ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको नाफा ८५ लाख ७० हजार रुपैयाँ ऋणात्मक थियो । पुस मसान्तसम्ममा कम्पनीको आम्दानी ३०४.२६ प्रतिशत बढेर ३ करोड ८ लाख रुपैयाँ, सञ्चालन आम्दानी ३१.२९ प्रतिशत घटेर २ करोड ९० लाख रुपैयाँ, अन्य आम्दानी १११.४१ प्रतिशत बढेर ४ करोड ९५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४४ लाख ६५ हजार रुपैयाँ आम्दानी, ४० लाख २० हजार रुपैयाँ सञ्चालन आम्दानी र ३ लाख ७७ हजार रुपैयाँ अन्य आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको कर्मचारी खर्च ७३.७१ प्रतिशत बढेर ५६ लाख ६८ हजार रुपैयाँ, अन्य खर्च ८४.६१ प्रतिशत बढेर ५९ लाख ४८ हजार रुपैयाँ र वित्तीय खर्च २७९.३० प्रतिशत घटेर ५२ लाख २१ हजार रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीले २६ लाख ८१ हजार रुपैयाँ कर्मचारी खर्च, ३४ लाख २४ हजार रुपैयाँ अन्य खर्च र २८ लाख २८ हजार रुपैयाँ वित्तीय खर्च गरेको थियो । ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ८५ लाख ९७ हजार रुपैयाँ धनात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी १.५८ रुपैयाँ रहेको छ । सोल्टी होटलको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १४.६८ प्रतिशत बढेर ३० करोड १७ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ३१ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको कुल आम्दानी १६.०५ प्रतिशत बढेर १ अर्ब २१ करोड ९५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५ करोड ८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको कर्मचारी खर्च १२.३८ प्रतिशत बढेर २८ करोड ८ लाख रुपैयाँ, प्रशासन खर्च १९ प्रतिशत बढेर १३ करोड ४५ लाख रुपैयाँ र कुल खर्च १५.८२ प्रतिशत बढेर ८४ करोड ८८ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीले कर्मचारी खर्च २४ करोड ९८ लाख रुपैयाँ, प्रशासन खर्च ११ करोड ३० लाख रुपैयाँ र कुल खर्च ७३ करोड २८ लाख रुपैयाँ गरेको थियो । कम्पनीको चुक्ता पुँजी ५ प्रतिशत बढेर ९२ करोड ८९ लाख रुपैयाँ र सञ्चित नाफा ०.३६ प्रतिशत बढेर १ अर्ब ४९ करोड २ लाख रुपैयाँ पुगेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ०.२८ रुपैयाँ बढेर ३.२५ रुपैयाँ पुगेको छ । ओरियण्टल होटल्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४६ प्रतिशत घटेर २८ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको सञ्चान आम्दानी १२.२० प्रतिशत घटेर ४९ करोड १७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५६ करोड १ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल नाफा १३.१७ प्रतिशत घटेर ४९ करोड ९६ लाख रुपैयाँ र अन्य आम्दानी ४८.४५ प्रतिशत घटेर ७९ लाख ४१ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड ५५ लाख रुपैयाँ कुल नाफा र १ करोड ५४ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको प्रशासन खर्च १३.४२ प्रतिशत बढेर ९ करोड ८६ लाख रुपैयाँ, वित्तीय खर्च ९.४३ प्रतिशत घटेर २ करोड ५७ लाख रुपैयाँ र कुल खर्च ८.७४ प्रतिशत घटेर ४३ करोड ७२ लाख रुपैयाँ गरेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ र जगेडा कोष १.४६ प्रतिशत बढेर २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २.१८ रुपैयाँ घटेर २.५६ रुपैयाँमा सीमित भएको छ । सिटि होटल चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ४९ लाख रुपैयाँ नोक्सानीमा छ । गत वर्षको सोही अवधिमा होटलले ११ करोड ७९ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको सञ्चान आम्दानी २.९८ प्रतिशत घटेर २३ करोड ५७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको अन्य आम्दानी ३९.६६ प्रतिशत घटेर २ करोड १४ लाख रुपैयाँ, बिक्री आम्दानी ९.५१ प्रतिशत घटेर ५ करोड ९० लाख रुपैयाँ र कुल आम्दानी ७.६५ प्रतिशत घटेर २५ करोड ७१ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५४ लाख रुपैयाँ अन्य आम्दानी, ६ करोड ५२ लाख रुपैयाँ बिक्री आम्दानी र २७ करोड ८५ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कर्मचारी खर्च ४.७१ प्रतिशत घटेर ४ करोड ७५ लाख रुपैयाँ, प्रशासन खर्च ५.१६ प्रतिशत बढेर ५ करोड ९३ लाख रुपैयाँ र कुल खर्च ६.५६ प्रतिशत घटेर १७ करोड ४६ लाख रुपैयाँ गरेको थियो । १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी कम्पनीको अन्य इक्विटी २६ करोड ७१ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.२७ रुपैयाँ ऋणात्मक छ । तारागाँउ रिजेन्सी होटल्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २.८३ प्रतिशत बढेको हो । यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८.८१ प्रतिशत बढेर ६९ करोड ४८ लाख रुपैयाँ, अन्य आम्दानी ३.८२ प्रतिशत बढेर ७ करोड ८५ लाख रुपैयाँ र कुल आम्दानी ८.२८ प्रतिशत बढेर ७७ करोड ३४ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको पुसमा कम्पनीले ६३ करोड ८५ लाख रुपैयाँ सञ्चालन आम्दानी, ७ करोड ५६ लाख रुपैयाँ अन्य आम्दानी र ७१ करोड ४२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३.९९ प्रतिशत बढेर १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ र जगेडा कोष २८.७० प्रतिशत बढेर १ अर्ब १० करोड ८ लाख रुपैयाँ गरेको छ । कम्पनीको प्रशासन खर्च ५.११ प्रतिशत बढेर १८ करोड ६७ लाख रुपैयाँ गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ पैसा घटेर ९.५२ रुपैयाँमा सीमित भएको छ ।  

अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा दिन नयाँ परिषद स्थापना गर्न शुक्रबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिकी घरेलु तेल र ग्याँस उत्पादनलाई आंशिक रूपमा निर्यातको लागि नेतृत्व लिने जिम्मा दिइएको, राष्ट्रिय ऊर्जा प्रभुत्व परिषदको अध्यक्षता आन्तरिक मामिला मन्त्री डग बर्गमले गर्ने छन् । ट्रम्पले राष्ट्रपति कार्यालयभित्र कार्यकारी आदेशमा हस्ताक्षर गरिरहँदा बर्गमले भने, ‘राज्य लुइसियानामा कमनवेल्थ एलएनजीलाई तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात गर्न अनुमति दिनेछ।’ नयाँ निर्देशनसँगै नयाँ अपतटीय तेल र ग्यास ड्रिलिङमा बाइडेनको निर्देशनमा प्रतिबन्ध लगाइएको लगभग ६३५ मिलियन एकड (२.५७ मिलियन वर्ग किलोमिटर) अपतटीय सङ्घीय जल क्षेत्र अब तेल र ग्यास उत्पादनको लागि खुला भएको छ । राष्ट्रपति ट्रम्पले भने, ‘यदि तपाईं यसलाई कम्पनीको दृष्टिकोणबाट हेर्नुहुन्छ भने, तपाईं नेट वर्थको पक्षमा हनुहुन्छ भन्ने बुझिन्छ । उनीहरूले हाम्रो नेटवर्थ नष्ट गरेका छन्। हामी यसलाई फिर्ता गर्दैछौँ।’