विकासन्युज

पत्रकारिताको भाषामा ओलीको टिप्पणी : बताए होइन, बताउनुभयो लेख्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताको भाषाप्रति पनि प्रश्न उठाएका छन् । शुक्रबार व्यवसायी राजेश काजी श्रेष्ठको व्यक्तित्व र योगदान नामक पुस्तकको विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले पत्रकारिताको भाषा नमिलेको टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जाल विधेयकको विषयमा उठिएका सवालहरुको विषयमा आफ्नो धारणा राख्दै उनले पत्रकारिताको भाषामा पनि प्रश्न उठाएका हुन् । ‘राष्ट्रपतिलाई भेट्न जाँदा हामी सम्माननीयज्यू तपाईंलाई कस्तो छ भन्छौं, राष्ट्रपति तिमीलाई कस्तो छ त भन्दैनौं नि, अनि समाचार लेख्दा तथा भिडियोमा बोल्दा उनले भने, उनले बताए किन लेख्ने ?’ उनले थपे, ‘यो हाम्रो भाषा र सभ्यता होइन ।’ उनले जे कुरा पनि भन्ने, जस्तो पनि बोल्ने र दुव्यर्वहार गर्ने नेपाली संस्कार नभएको धारणा राखे । नेपाली सभ्य समाज भएकोले सभ्य हुनै पर्ने उनको धारणा छ ।

रास्वपाको राजनीतिक प्रशिक्षण सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रम अनुसारको राजनीतिक प्रशिक्षण कार्यक्रम आजदेखि सुरु गरेको छ । स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना भइरहेको र प्रशिक्षणमा केन्द्रीय समितिलाई सहभागी गराइएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम शनिबारसम्म सञ्चालन हुने छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्वबारे प्रकाश पारेका थिए । उपसभापति डा स्वर्णिम वाग्लेले प्रशिक्षणले सङ्गठनलाई मजबुत गर्दै नेतृत्व विकासमा प्रभावकारी कदम हुने बताए । केन्द्रीय तह, प्रदेश तह हुँदै जिल्ला, पालिकासम्म प्रशिक्षण गर्ने तालिका रहेको उपसभापति डा वाग्लेले बताए ।

देश बनेन भन्नेलाई ओलीको प्रश्न : पहिले काठमाडौंमा स्याल बास्थे, अहिले कराउँछन् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भयो तर अवस्था भएन भनेर गुनासो गर्नेमाथि टिप्पणी गरेका छन् । शुक्रबार व्यवसायी राजेश काजी श्रेष्ठको व्यक्तित्व र योगदान नामक पुस्तकको विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले देश बनेन भन्नेमाथि टिप्पणी गरेका हुन् । केही दशकअघि काठमाडौंमा कुनै विकास नभएको बताउँदै उनले पहिलेकाे तुलनामा अहिले आकाश पातल रहेको बताए । ‘धेरैले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भनेर गुनासो गर्नुहुन्छ, म तिनीहरुलाई के भन्छु भने केही वर्षअघि मात्रै काठमाडौंमा स्याल कराउँथेँ, बेलुका साँझ परेपछि स्याल कराउन सुरु हुन्थे, काठमाडौं भनेपछि दरबार, सिंहदरबार, रानीपोखरी, धरहरा, असन, इन्द्रचोक, बानेश्वर लगायत केही ठाउँमात्रै थिए, अहिले काठमाडौं भरिभराउ छ, अनि विकास भएन भन्ने ?’ यस्तै, उनले विगतमा काठमाडौंमा एक लेनको सडकमात्रै भएपनि अहिले ठूल्ठूला लेनको सडक भएको धारणा राखे । ‘अहिले चौडा-चौडा सडक बनेका छन्, विगतमा काठमाडौंमा बाइक थिएन, उहिलेको काठमाडौंभन्दा अहिलेको बिर्तामोड ठूलो भइसकेको छ, त्यहाँ पनि एक करोडमा एक धुर जग्गा पाइँदैन,’ उनले प्रश्न गर्दै भने, ‘यो परिवर्तन कसरी आयो ?’ कार्यक्रममा उनले आफू पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न नदिने धारणा राखे । धेरैले कम्बोडिया तथा स्वीजरल्याण्डको बैंकमा आफ्नो पैसा रहेको दुष्प्रचार गरेको बताउँदै त्यसलाई नपत्याउन आग्रह गरे । ‘एउटा रोटी र दाल खान्छु, मेरो खाना सामान्य हुन्छ, साथीहरुसँगै बसेर खाना खान्छु, मेरो खाना र बेड रुम खुला हुन्छ । लुकाउनु पर्ने कुरा केही पनि छैन, अनि ममाथि अनेक कुराको हल्ला किन फैलाइन्छ,’ उनले भने । यस्तै, उनले पत्रकारिताको भाषाप्रति पनि प्रश्न उठाएका छन् । सामाजिक सञ्जाल विधेयकको विषयमा उठेएका सवालहरुको विषयमा आफ्नो धारणा राख्दै उनले पत्रकारिताको भाषामा पनि प्रश्न उठाएका हुन् । ‘राष्ट्रपतिलाई भेट्न जाँदा हामी सम्माननीयज्यू तपाईं कस्तो छ भन्छौं, राष्ट्रपति तिमीलाई कस्तो छ त भन्दैनौं नि, अनि समाचार लेख्दा तथा भिडियोमा बोल्दा उनले भने, उनले बताए किन लेख्ने ?’ उनले थपे, ‘यो हाम्रो भाषा र सभ्यता होइन ।’ उनले जे कुरा पनि भन्ने, जस्तो पनि बोल्ने र दुव्यर्वहार गर्ने नेपाली संस्कार नभएको बताए । नेपाली सभ्य समाज भएकोले सभ्य हुनैपर्ने उनको धारणा छ । यस्तै, उनले नेपाल केही आर्थिक रुपमा पछाडि परेको भएपनि अब पछाडि नपर्ने धारणा राखे । कार्यक्रममा अर्थतन्त्र चलायमान गराउनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै सरकार पनि लागिरहेको भनाइ राखे ।

ईभी यातायात समूहहरूले ‘ईयूलाई गरे ‘सीओ टु’ उत्सर्जन नियमहरू खुकुलो नपार्न आग्रह

काठमाडौं । दुई युरोपेली विद्युतीय (ईभी) यातायात समूहहरूले शुक्रबार युरोपेली संघ (ईयू)लाई २०२५ कार्बनडाइअक्साइड (सीओ टु) कार उत्सर्जन लक्ष्य र त्यससँग सम्बन्धित जरिवाना कम गर्नका लागि युरोपेली अटोमोबाइल निर्माताहरूको दबाब अस्वीकार गर्न आग्रह गरेका छन् । ई-मोबिलिटी युरोप र चार्जअप युरोपले इयूका अध्यक्ष उर्सुला भोन डर लायनलाई पत्र लेखेका हुन् । मार्च ५ मा प्रस्तावित अटोमोबाइल क्षेत्रको योजनामा संघले उत्सर्जन लक्ष्यलाई विस्तारै कार्यान्वयन गर्ने वा बहुवर्षीय औसतको आधारमा जरिवाना गणना गर्ने प्रस्ताव अस्वीकार गर्नुपर्ने पत्रमा उल्लेख छ । साथै कुनै पनि जरिवाना ईभी (ईभी) रूपान्तरणको लागि अनुदानस्वरूप प्रयोग गरिनुपर्ने उल्लेख छ । युरोपेली कार निर्माता कम्पनीहरू जो चिनियाँ प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्न संघर्ष गरिरहेका छन् र अमेरिकी ट्यारिफहरूको सामना गरिरहेका छन्, उनीहरूले संघलाई जरिवानाबाट राहत दिन आग्रह गरेका छन् । यदि उनीहरूले २०२५ सीओ टु उत्सर्जन सीमा पूरा गर्न सकेनन् भने १५ अर्ब युरोसम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ । ई-मोबिलिटी युरोप र चार्जअप युरोपको पत्रले भनेको छ कि २०२५ को सीओ टु सीमाहरूलाई पछाडि धकेल्ने कुनै पनि लचकपनले युरोपलाई ईभीमा चीनभन्दा पछाडि पार्नेछ र चार्जिङ पूर्वाधार, ब्याट्री विकास, र निर्माण योजनाहरूमा लगानी कम गर्नेछ । युरोपेली कार निर्माताहरूले भनेका छन् कि उनीहरू चार्जिङ पूर्वाधार अपर्याप्त भएकाले उपभोक्ताहरू ईभी किन्न हिच्किचाइरहेका छन् । तर इलेक्ट्रा कम्पनीका प्रमुख औरेलियन डी मेउक्सले यो गलत तथ्याङ्क भएको बताउँछन् । उनका अनुसार ईयू चार्जिङ स्टेसनहरूले हालको भन्दा ५-७ गुणा बढी सवारीसाधन स्वीकार गर्न सक्छन् र यस क्षेत्रमा अर्बौं युरो लगानी भैरहेको छ । समूहहरूले पत्रमा उल्लेख गरेका छन् कि २०२५ को सीओ टु लक्ष्य पूरा गर्न सम्भव छ किनकि २५ हजार युरोभन्दा कम मूल्यका ११ नयाँ ईभी मोडेलहरू बजारमा आएका छन् र जनवरी २०२५ मा ईभी बिक्री ४० प्रतिशतले वृद्धि भएको छ । डी मेउक्सका अनुसार १५ अर्ब युरो जरिवाना भन्ने आँकलन २०२४ को पहिलो ६ महिनाका बिक्री तथ्याङ्कमा आधारित भएकाले गलत छ । खासमा जरिवाना ४-६ अर्ब युरो हुनसक्छ, जसलाई अन्य कम्पनीहरूसँग क्रेडिट व्यापार गरेर आधा घटाउन सकिन्छ । (एजेन्सीहरूको सहयोगमा) सान्दर्भिक सामग्री : ईभी ब्याट्री रिसाइक्लिङमा नयाँ उपलब्धी हासिल, युरोपलाई चीनविरुद्ध प्रतिस्पर्धा गर्न सजिलो साइबरट्रक दुर्घटनाले तनावमा टेस्ला, सेल्फ-ड्राइभिङ सफ्टवेयरबारे चिन्ता बढ्यो घाटामा भियतनामी ईभी भिनफास्ट, डेलिभरी तीव्र बनाए पनि विदेशमा बिक्री गर्न संघर्ष निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ? मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै

सात महिनामा ५ अर्ब रुपैयाँको ल्यापटप आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा ५ अर्ब रुपैयाँ बराबरको ल्यापटप आयात भएको छ । चालु आवको माघसम्म ५ अर्ब १८ करोड ७८ लाख रुपैयाँ बराबरको ल्यापटप र नोटबुक आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार ७५ हजार ७३९ वटा ल्यापटप र नोटबुक आयात हुँदा सरकारले ९८ करोड ५१ लाख रुपैयाँ बढी राजस्व उठाएको छ । गत आव २०८०/८१ को सोही अवधिमा ४ अर्ब ४२ करोड रुपैयाँको ल्यापटप र नोटबुक आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । ६८ हजार ५३९ वटा ल्यापटप आयात हुँदा ६० करोड रुपैयाँ राजस्व संकलन भएको थियो । गत वर्षको तुलनामा आयात ७६ करोड ५४ लाख २४ हजार रुपैयाँले बढेको छ । साथै गत वर्षको तुलनामा ७ हजार २०० वटा बढी ल्यापटप र नोटबुक आयात भएको छ । गत वर्षको तुलनामा आयात १७.३० प्रतिशतले बढेको हाे । नेपालमा विशेषगरी ३६ वटा देशबाट ल्यापटप र नोटबुक आयात हुने गरेकाे विभागको तथ्यांकमा उल्लेख छ । यो वर्ष सबैभन्दा धेरै चीन, मलेसिया, भारत र सिंगापुरजस्ता देशहरूबाट आयात भएको छ । चीनबाट मात्रै ४ अर्ब ९५ करोड रुपैयाँको ल्यापटप आयात भएको छ । यसैगरी, मलेसियाबाट १० करोड र भारतबाट १ करोड ४५ लाख रुपैयाँको आयात भएको विभागले जनाएको छ । ३२ करोडको ट्याबलेट आयात चालु आवको माघसम्म ३२ करोड ४२ लाख रुपैयाँको ट्याबलेट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । १३ हजार ९९३ वटा ट्याबलेट आयात हुँदा सरकारले ६ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिमा २६ करोड ७७ लाख रुपैयाँ बराबरको ट्याबलेट आयात भएको थियो । गत वर्षको तुलनामा आयात ५ करोड ६४ लाख ९३ हजार रुपैयाँले बढेको छ । विभागका अनुसार गत वर्षको तुलनामा आयात २१.१० प्रतिशतले बढेको हाे । यो वर्ष नेपालमा २० वटा देशहरूबाट ट्याबलेट आयात भएको छ । सबैभन्दा धेरै चीन, भियतनाम, अमेरिका र भारत जस्ता मुलुकबाट आयात भएको छ । चीनबाट ३१ करोड ५० लाख रुपैयाँ बढीको आयात भएको छ । साथै भियतनामबाट २९ लाख र अमेरिकाबाट २२ लाख रुपैयाँ बराबरको ट्याबलेट आयात भएको विभागले जनाएको छ ।

बस्ती बसेको ५१ वर्षपछि खानेपानीका लागि पहल, स्थानीयवासी भए खुसी

तनहुँ । सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर पूर्वमा छ, व्यास नगरपालिका–१ भदु्रडाँडा । चारैतिर  वनजङ्गलले घरिएको यस ठाउँमा सानो मानवबस्ती छ, जहाँ दलित समुदायका दश परिवारको बसोबास छ ।  आफ्नो उब्जनी र रोजगारीको कुनै अवसर नभएका यी परिवारले दिनभर ज्यालामजदुरी गरेर  छाक टार्दै आएका छन् । यो समस्या त छँदैछ, जङ्गल क्षेत्रमा भएर पनि स्थानीयले सामना गर्नुपरेको अर्को समस्या हो, खानेपानीको चरम अभाव छ।स्थानीय हस्तबहादुर नेपालीले भने,‘बस्तीदेखि रहेको खोल्साबाट पानी ल्याएर काम चलाइरहेका छौँ । करिब १५÷२० मिनेट उकालीओराली गरेर पानी बोक्नुपर्ने बाध्यता बस्ती बसेदेखि कै हो ।’ उनले चैत वैशाखमा त्यो पानी पनि सुक्ने भएकाले थप समस्या हुने गरेको सुनाए । ‘चैत र वैशाख महिनामा खानेपानीको मुहान सुक्ने हुँदा झनै कठिनाइ भोग्नु परेको छ’, उनले भने,‘जङ्गलको बाटो हुँदै पानी लिन जानुपर्ने भएकाले वन्यजन्तुको पनि त्यस्तै डर छ ।’  यही समस्या समाधानका लागि यस क्षेत्रमा खानेपानी विस्तारको योजना अगाडि बढेको छ । व्यास–१ स्थित भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र सङ्घीय सरकारको लगानीमा मादीनदी लिफ्ट खानेपानी योजनाअन्तर्गत उक्त बस्तीमा पनि खानेपानी विस्तार योजना अगाडि बढेको हो । बस्ती बसेको एकाउन्न वर्षपछि भदु्रडाँडाका घरघरमा खानेपानी विस्तार गर्ने गरी योजना अगाडि बढेपछि स्थानीयवासी खुसी भएका छन् । यहाँ ५० हजार लिटर क्षमताको ‘रिजर्भ’ टयाङ्की निर्माणका लागि ट्याङकीको बेस ढलान सम्पन्न गरी अन्य कार्य भइरहेका छन् । सोही योजनाअन्तर्गत यसअघि व्यास–१ अमिली भञ्ज्याङमा दुई लाख लिटर क्षमताको रिजर्भ टयाङ्की निर्माण भइसकेको छ । सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण भइरहेको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी  दिए । ‘बस्ती विस्तारसँगै खानेपानीको समस्या हुने गरेकाले मादीनदी लिफ्ट योजना अघि बढाइएको हो’, उनले भने,‘यो योजना सम्पन्न भएपछि वडावासीलाई सहज हुने विश्वास गरिएको छ ।’ श्रेष्ठका अनुसार विसं २०७९ भदौमा रु १९ करोडको लागतमा पराजुली कन्स्ट्रक्सनसँग सम्झौता भई काम अगाडि बढाइएको छ । विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्माण कार्यमा ढिलाइ हुँदा योजना सम्पन्न हुनसकेको छैन । संस्थाका अध्यक्ष चिजबहादुर दरैले आवश्यक सहजीकरणपछि पछिल्लो समय निर्माण कार्यले गति लिएकाले छिट्टै कार्यसम्पन्न हुने बताए । विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट पानी वितरण सुरुआत गरेकामा  हाल संस्थाले सानाठूला गरी चारवटा योजनाबाट दुई हजार ६८० निजी धारा जडान गरी पानी वितरण गर्दै आइरहेको छ ।रासस

रिंकु सदा हत्या प्रकरणमा अनुसन्धान गर्न गठित छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक

काठमाडौं । मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सिरहाका रिंकु सदा हत्या प्रकरणमा अनुसन्धान गर्न गठित छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक गरेको छ । गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले पत्रकार सम्मेलनमार्फत उक्त विवरण सार्वजनिक गरेका हुन् । मन्त्री लेखीले सार्वजनिक गरेको विवरणअनुसार सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा पूरक जाहेरी परेको छ । यसअघि स्थानीय युवक रूपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिइएको थियो । हाल परिवारले थप व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै बलात्कारको कसुरमा अनुसन्धान गर्नुपर्ने माग गर्दै पूरक जाहेरी दर्ता गराएको छ । प्रहरीका अनुसार जाहेरी दर्ता भइसकेको छ र अनुसन्धान प्रक्रिया जारी छ । रिंकुकुमारी ३० माघ राति ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

निजामती विधेयक निष्कर्समा पुर्‍याउन बडूको संयोजकत्वमा उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकलाई निष्कर्समा पुर्‍याउन समितिका सदस्य दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ । समितिको आजको बैठकमा सभापति रामहरि खतिवडाले उपसमिति गठनको प्रस्ताव गरे । उपसमितिमा सांसद अशोककुमार राई, ईश्वरी न्यौपाने, चन्दा कार्की, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहेका छन् । उपसमितिलाई एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । समितिमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८०’ माथि छलफल चलिरहेको छ ।