विकासन्युज

काभ्रेको बिर्ता देउरालीमा बस दुर्घटना, १५ भन्दा बढीको मृत्यु

काठमाडौं, ३१ साउन । काठमाडौंबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा२ख १०६ नं को कोसीपारि यातायातको यात्रुबाहक बस काभ्रेको बिर्ता देउरालीमा दुर्घटना भएको छ । सो दुर्घटनामा ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ । “जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार दुर्घटनास्थलबाट हालसम्म १५ जनाको शव निकालिएको छ । दुर्घटनास्थल अत्यन्त अप्ठ्यारो भिरमा भएकाले उद्धारमा निकै कठिनाइ भइरहेको छ ।” दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी नै रहेको छ । रासस

एनआइविएल क्यापिटलले १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, ३१ साउन । एनआइविएल क्यापिटलले एनआइविएल सम्बृद्धि फण्ड १ मा लगानी गर्ने लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त निर्णय आइतबार बसेको कम्पनीको ३९औँ सञ्चालक समितिको बैठकले गरेको हो । एनआइविएल क्यापिटलले जारी गरेको ७ करोड लाख कित्ता एनआइविएल सम्बृद्धि फण्ड १ नेप्सेमा सूचिकृत छ । प्रतिकित्ता १० रुपैयाँ अंकित एनआइविएल सम्बृद्धि फण्ड हाल प्रतिकित्ता करिब १५ रुपैयाँमा कारोबार हुँदै आएको छ ।

बजारमा ३९ अंकको गिरावट हुँदा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बृद्धि

काठमाडौं, ३१ साउन । सोमबार सेयर बजारमा ३९ दशमलब १२ अंकको गिरावट आएको छ । परिसूचक दोहोरो अंकले घटेर १६९४ दशमलब ८१ अंकमा पुगेको छ । सो दिन १४१ कम्पनीको २४ लाख १७ हजार कित्ता सेयर १ अर्ब १९ करोड २९ लाख रुपैयाँमा किनबेच भएको छ । दोहोरो अंकले घटेको बजारमा दुई कम्पनी हाम्रो विकास बैंक र सिद्धार्थ विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकका लागानीकर्ताले करिब ९ प्रतिशत गुमाएका छन् । त्यस्तै, रिडि हाइड्रोपावर विकास कम्पनी राप्ती भेरी विकास बैंकका लागानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् । सोमबार बजारमा सबै समूहमा रातो रङ देखिएको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक २३४ अंकले ओरालो लागेको छ । त्यस्तै होटल, हाइड्रोपावर, बैंकिङ र विकास बैंक समूहको परिसूचक दोहोरो अंक क्रमशः ७६, ४९, ४० र ३७ अंकले घटेको छ । अन्य समूहको परिसूचक भने सामान्य अंक क्रमशः ९ र ३ ले घटेका छन् ।

बजाजको बाइक रियालिटि शो शुरु हुँदै, विजेतालाई ५ देखि १० लाखसम्मको उपहार

काठमाडौं, ३१ साउन । नेपालमा बजाजको अधिकृत विक्रेता हंसराज हुलासचंदले आफनो ग्राहकहरुमा लागि नयाँ योजना–पल्सर डेयरभेन्चरको दोस्रो सिजन–सार्वजनिक गरेको छ ।  डेयरभेन्चर बजाजले आयोजना गरेको नेपालको पहिलो बाइक रियालिटि शो हो । डेयरभेन्चर रियालिटि सो २०१४ मा सुरु भएको थियो । पल्सर डेयरभेन्चर २ को अर्को रोमाञ्चक र सहसिक खेल प्रस्तुत गर्ने बेला आएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस योजनामा १० साहसी प्रतियोगीहरुले पल्सर बाइकमा “अन–अफ रोड” हुँदै एउटा साहसिक राइडमा जाने मौका पाउनेछन् । यस प्रतियोगीतामा सामेल हुनका लागि प्रतियोगीहरुले शुरुवातमा नै निकै तालिमहरु लिनुपर्ने हुन्छ । हंसराज हुलासचंदले पहिलो पुरस्कार विजेताले १० लाख रुपैयाँ र पल्सर एनएस, दोस्रो पुरस्कार विजेताले ५ लाख रुपैयाँ र पल्सर एनएस र तेस्रो पुरस्कार विजेताले पल्सर एनएस पाउने घोषणा कम्पनीले गरेको छ । राइडकै क्रममा प्रतियोगीहरुले अन्य वर्गमा पनि आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् । यस प्रतियोगिताका पार्टनरहरु क्लियर, एनएमवि बैंक, सिखर इन्सुरेन्स, बाइकर्स नेपाल, सर्भो, इएसि मिडिया ग्रुप र ग्राण्डि इन्टरनेशनल हस्पिटल रहेका छन् । प्रतियोगीहरुले एनएमवि बैंकको कुनै पनि शाखामा ५०० रुपैयाँ तिरेर आफ्नो नाम दर्ता गराउनु पर्ने कम्पनीको भनाइ छ । हरेक नाम दर्ता गरेका बाइकर्सहरुले पल्सर डेयरभेन्चर २ को अन्तिम १० मा छनौट हुन अडिसन, फिजिकल फिटनेस टेस्ट, अब्स्ट्याकल टेस्ट, मेडिकल टेस्ट र एटिट्युड टेस्ट पास गर्नु पर्नेछ । प्रतियोगीताका दौरान प्रतिस्पर्धिहरु काठमाडौँबाट शुरु भएर बनेपा, ओखलढुंगा हुँदै सोलुखम्बु र टिक्सिडु पुग्नु पर्ने कम्पनीले जनाएको छ । कार्यक्रमका बारेमा बोल्दै एच.एच. बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “ पल्सर डेयरभेन्चर पहिलो सिजनको सफल अनुभव रहेको छ । बाइक चलकहरुको लागि अपर मुस्ताङ्गको यात्रा पनि निकै रोमान्चकपूर्ण रहेको थियो । हामीले विगतका अनुभवबाट धेरै कुराहरु सिकेर, नेपाली ग्राहकहरुका लागि पल्सर डेयरभेन्चर दोस्रो संकरण प्रस्तुत गर्न सकेकोमा हामी निकै हर्षित छौँ । पल्सर डेयरभेन्चर दोस्रो संकरणमा बाइक चलकहरुले कहिले नदेखेका र नभोगेका नेपालका बिभिन्न भौगोलिक रोमाञ्चकको अनन्दपूर्ण अनुभव बटुल्न पाउने छन् । हामीले पल्सर राइडरहरु जहिले पनि उत्साह र सहासिक कार्यसँग जोडिएको महशुस गरेका छौं । नयाँ सिजनमा तपाईंले सोचेको भन्दा धेरै अनुभव गर्न पाउनु हुनेछ ।’’

टाटा मोटर्सको चार दिने कार मेला सम्पन्न, २६ सय भन्दा बढी अवलोकनकर्ता

काठमाडौं, ३१ साउन । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेडिङ्गद्वारा काठमाडौंको नक्सालमा आयोजना गरिएको ४ दिने टाटा मोटर्स् कार मेला सिजन ४ सम्पन्न भएको छ । २६ सय भन्दा बढी दर्शकहरुले अवलोकन गरेको सो कार मेलामा अवलोकनकर्ताहरु टाटाका विभिन्न गाडीहरुबारे जानकारी लिई टेस्ट ड्राइभ लगायत मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएका थिए । आयोजक सिप्रदी ट्रेडिङ्गका अनुसार सो कार मेलामा उपस्थित दर्शकहरुमध्ये ३८० भन्दा बढीले टाटाका विभिन्न मोडलका गाडीहरु टेस्ट ड्राइभ गरे भने ९२ जनाले टाटाको गाडीे खरिदका लागि बुकिङ्ग पनि गरेका थिए । साथै १८२ भन्दा बढी सहभागी दर्शकहरुले आफ्नो गाडीको मूल्याङ्कन गराएका थिए । २०७३ श्रावण ३० गते आइतबार सम्म बिहान ११ः०० बजे देखि साँझ ७ः०० बजे सम्म संचालन गरिएको सो कार मेलामा दर्शकको उत्साहजनक सहभागिता रहेको आयोजक सिप्रदी ट्रेडिङ्गले जनाएको छ । उक्त मेलामा चर्चित गायिका इन्दिरा जोशीले शनिबार साँझ दर्शकहरुलाई आफ्नो दमदार पर्फमेन्ससहित भरपूर मनोरञ्जन प्रदान गरेकी थिइन् भने आइतबार साँझ चर्चित हाँस्य कलाकार जितु नेपालले आफ्नो कमेडीद्वारा दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । सो मेलाका अन्य आकर्षणहरुमा पेन्ट बल, फुड स्टल, बी–बोईङ्ग, नेल आर्ट, फेस पेन्टिङ्ग, गेम स्टल र पुरस्कार वितरणलगायतका कार्यक्रमहरु रहेका थिए आयोजकका अनुसार मेला अवधिभर टाटा फेसबुक फोटो कन्टेस्टको संचालन गरिएको थियो जसअन्तर्गत १ जना भाग्यशाली विजेताले स्मार्टफोन प्राप्त गरेका थिए । साथैे गाडी बुकिङ्ग गर्ने महानुभावहरुमध्ये भाग्यशाली विजेताको रुपमा जय नारायण चौधरीले लिभिङ्ग एडभेन्चरले प्रायोजन गरेको फ्रि थाइल्याण्ड ट्रिप प्राप्त गरेका थिए । अन द स्पट गाडी एक्सचेन्ज अफर अन्तर्गत रमेश प्रसाईं ले एक सेट मिसिलिन टायर प्राप्त गरेका थिए भने प्रेम ब. बरालले बुकिङ्गमा इन्र्भटर, दमन देवी लुईंटेल र शक्ति नाथ कर्माचार्यले लक्की बुकिङ्गमा गाडीको पूर्ण बीमाको सुविधा प्राप्त गरेका थिए । साथै किरण चौधरी, खेमानन्द बस्याँल, हिमर्दी फुड प्रा.लि., शुशान्त अधिकारी र रेख ब. थापाले ले गाडीको तेस्रो पार्टी बीमा सुविधा प्राप्त गरेका थिए भने हरेक टेस्ट ड्राइभका सहभागीहरुले २–२ वटा र टाटाको कुनैपनि गाडीको स्केच कोरेका हरेक सहभागीहरुले १–१ वटा फ्रि मुभी टिकट प्राप्त गरेका थिए ।

सिजी इलोक्ट्रोनिक्सका किचेन एप्लाएन्स ब्राण्डका सामानहरु नेपाली बजारमा

काठमाडौं, ३० साउन । सिजी इलोक्ट्रोनिक्सका किचेन एप्लाएन्स ब्राण्डहरु हरेक नेपालीको मन र घरमा बस्ने गरि विभिन्न सामानहरु बजारमा उपलब्ध भएका छन् । सिजी लगाएत केलभिनेटर, महाराजा ह्वाइटलाइन र पिजन ब्राण्डका विभिन्न मिक्सर, ज्युइसर, राइस कुकर, सुपर कुकर तथा अन्य अरु एप्लाएन्सहरुका सामानहरु बजारमा उपलब्ध छन् । साथै, कम्पनीका अनुसार केलभिनेटर, महाराजा ह्वाइटलाइन र पिजन ब्राण्डका किचेन एप्लाएन्सहरु आफ्ना डिलरहरु र सबै सोरुममा पाइने व्यवस्था गराइएको छ ।

राष्ट्रिय आपूर्ति कम्पनी बनाउने योजना अघि बढेन

काठमाडौं, ३१ साउन ।   विगत केही वर्षयता एउटै प्रकृतिका यस्ता सार्वजनिक प्रतिष्ठानलाई मर्जर गर्ने सरकारको रणनीति भएपनि अहिलेसम्म यस्ता नीतिहरु कागजमा मात्र सीमित भएका छन् । सरकारको रणनीतिक योजनासँगै कुनै सरकारले यस्ता संस्थान गाभ्ने त कुनैले निजीकरण गर्ने भनि विभिन्न योजना पनि ल्यायो । तर, त्यस्ता रणनीतिक योजना तथा कार्यक्रमले ठोष रुप धारण गर्न नपाउँदै सुसुप्त अवस्था यसमाथि थिचोमिचो हुँदै आएको छ । काँग्रेस सरकारले गत आव २०७२/७३ को बजेट वक्तव्य यस्ता समान प्रकृतिका यस्ता सार्वजनिक प्रतिष्ठानलाई मर्जर लैजाने अर्थात निजीकरण गर्ने, शेयर विनिवेश अर्थात केहीलाई रणनीतिक साझेदार भित्र्याएर भएपनि सञ्चालन गर्ने जस्ता रणनीति योजना सारेको थियो । बजेट कार्यान्वयनमा जान नपाउँदै काग्रेस सरकार ढल्यो । फरक धारको एमाले सरकारले वर्षौदेखि घाटामा गएका यस्ता संस्थानलाई निजीकरण गर्नुको साटो उस्तै प्रकृतिका संस्थानलाई गाभेर एउटै कम्पनी बनाउने रणनीति अघि सारेको थियो । तर, एमाले सरकारले पनि आफूले तयार पारेका कार्यक्रमलाई कार्यान्वयन लान भ्याएन । चालू आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमा पूर्णरुपमासरकारी स्वामित्वमा रहेका नेशनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, कृषि सामग्री संस्थान, दी टिम्वर कर्पोरेशन चार सार्वजनिक संस्थानलाई गाभेर एउटै आपूर्ति कम्पनी बनाउने योजना अघि सारेको हो । सरकारले गाभ्ने भनेका नेशनल ट्रेडिङ तथा नेपाल खाद्य संस्थानको वार्षिक १ अर्ब रुपैयाँभन्दा माथि रहेको सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७३ मा उल्लेख गरिएको छ । खाद्य संस्थानको सञ्चित नोक्सान रू.१ अर्ब १० करोड छ भने नेशनल टे«डिङको रू.१ अर्ब ९ करोड नोक्सान रहेको छ । कार्यकुशलाता तथा व्यवसायिक योजना विनानै सरकारले दक्ष सञ्चालको छनोट गर्नुका साटो आफ्ना मान्छे यस्ता संस्थानमा अवसर पाउँदा संंस्थान सञ्चालनको दायित्व समेत सरकारले व्यहोर्नु परेको हो । यस्ता संस्थानलाई गाभेर सञ्चालन भार कमगर्ने भनिएता पनि बजेट आएको साढे दुई महीना वितिसक्दा पनि यस सम्बन्धी कुनै फाइल अघि बढेका छैनन् । चार संस्थानलाई गाभ्ने सम्बन्धका कुनै काम अगाडि नबढेको अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखा प्रमुख हरिशरण पुडासैनीले बताए । ‘राष्ट्रिय आपूर्ति कम्पनी बनाउने सम्बन्धमा कुनै काम अघि बढेको छैन,’ उनले भने ‘सम्बन्धित मन्त्रालयबाट पनि संस्थान गाभ्ने सम्बन्धमा कुनै पनि रणनीति योजना अर्थमा आएको छैन ।’ बजेट आएको दुई सातामै यी संस्थानलाई गाभ्नका लागि कार्यविधि निर्माण गर्न कार्यदल बनाउने भनिएता पनि हालसम्म कुनै काम अघि बढ्न सकेको छैन । कार्यदलकै प्रतिवेदनका आधारमा यी संस्थानलाई गाभ्ने भनिएको थियो । आपूर्ति व्यवस्थालाई सहज बनाउन, सरकारको आर्थिक भार कम गर्न अर्थात एकै द्वार प्रणाली मार्फत आम जनतालाई सेवा सुविधा दिने उद्देश्यले सरकारले यो रणनीति ल्याएको हो । समान प्रकृतिका यस्ता संस्थानलाई गाभेर एउटै प्रभावशाली कम्पनी बनाउने सरकार योजना हो । नेपालमा हाल ३७ ओटा सार्वजनिक संस्थानहरु रहेका छन् । ती मध्ये २० ओटा संस्थान खुद नाफामा छन् भने वाँकी संस्थान घाटामा गएका छन् ।

पुनर्बीमा कम्पनीमा बीमा कम्पनीको प्रतिनिधित्व हुने ब्यवस्था गरियो

काठमाडौं, ३१ साउन । पुनर्बीमा कम्पनीमा बीमा कम्पनीको प्रतिनिधित्व हुने भएको छ । बीमा समितिले जारी गरेको बीमाको सुशासन सम्बन्धि निर्देशिकामा एउटा बीमा कम्पनीको पदाधिकारी र संचालक अर्काे कम्पनीको पदाधिकारी वा संचालन बस्न नपाउने ब्यवस्था भए पनि त्यस्तो ब्यवस्थामा संसोधन गरेर कम्पनीको प्रतिनिधित्व सुनिश्चित गरिएको हो । बीमा समितिको हालैको संचालक समितिले सुशासन निर्देशिकामा भएको त्यस्तो ब्यवस्था संसोधन गरेको छ । संसोधित ब्यवस्थामा पुनर्बीमा कम्पनीको संचालक समितिमा अन्य बीमा कम्पनीका प्रतिनिधि रहन सक्ने ब्यवस्था गरिएको छ । पुनर्बीमा कम्पनीमा बीमा कम्पनीहरुको तर्फवाट २ जना संचालक रहने ब्यवस्था छ । समितिले जारी गरेको निर्देशिकाको कारण पुनर्बीमा कम्पनीको संचालक समिति गठन नै हुन नसक्ने अवस्था आएपछि संसोधन गरिएको समितिका एक अधिकारीले जानकारी दिए । ‘पुनर्बीमा कम्पनीमा संचालक हुन पाउने बाटो खुल्ला गरिएको छ, अहिलेको ब्यवस्थाले पुनर्बीमा कम्पनीको संचालक समिति गठन हुन नसक्ने अवस्था आएपछि यस्तो सुधार आवश्यक देखियो,’ समितिका ती अधिकारीले भने ।