एलआइसी नेपालको सिइओको शैक्षिक योग्यता पुगेन, बीमा समितिले रोक्यो पटनायकको नियुक्ति
काठमाडौं, १ भदौ । बीमा समितिले एलआइसी नेपालको प्रमुख कार्यकारी (सिइओ) बन्न आएका भारतीय नागरिकलाई सिइओ बन्नवाट रोकेको छ । बिमकको सुशासन सम्बन्धि निर्देशिकाले तोकेका मापदण्ड नपुगेको भन्दै एलआइसी इन्डियाले पठाएको सुभाषचन्द्र पटनायकलाई सिइओ बन्नबाट रोकेको हो । यसअघिका सिइओ पिआर मिश्राको कार्यकाल सकिएपछि एलआइसी इन्डियाले पटकनायकलाई नयाँ सिइओको रुपमा पठाएको थियो । मिश्रा आफ्नो कार्यकाल सकेर भारत फर्किएको केही महिना विते पनि कम्पनीको वेबसाइटमा मिश्रालाई नै सिइओ भनेर उल्लेख गरिएको छ । ‘नयाँ सिइओको लागि अनुमति मागिएको थियो, कम्पनीले प्रस्ताव गरेको ब्यक्तिको शैक्षिक योग्यता सुशासन निर्देशिकाले तोके अनुसार नभएकोले अस्वीकृत गरियो,’ समितिका एक अधिकारीले भने । ती अधिकारीका अनुसार पटनायकको शैक्षिक योग्यता स्नातक पास मात्रै थियो । निर्देशिकामा स्नातकोत्तर तह पास गरेको हुनुपर्ने भन्ने ब्यवस्था छ ।
सिम्रिक वायुसेवाको उडान तीन दिन देखि ठप्प, १५ महिनादेखि लाइसेन्स नवीकरण नगरी जहाज उडान
काठमाडौं, १ भदौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सको सम्पूर्ण उडान तीन दिनदेखि ठप्प रहेको छ । यो वायुसेवाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लिनुपर्ने वायुसेवा संचालन अनुमतिपत्र नवीकरण नगरेका कारण नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गर्ने उडान संचालन अनुमति (एओसी) नवीकरण नुहुँदा सम्पूर्ण उडान नै ठप्प भएको हो । उड्डयन क्षेत्रको नियम अनुसार मन्त्रालयबाट पाएको वायुसेवा संचालनको लाइसेन्सका आधारमा प्राधिकरणले एओसी प्रदान गर्नुपर्छ । प्राधिकरणले एओसी दिएपछि मात्रै वायुसेवाले उडान गर्न पाउँछन् । ‘सिम्रिक एयरलाइन्सले भने १५ महिनादेखि लाइसेन्स नवीकरण नगरी जहाज उडान गरिरहेको थियो’, प्राधिकरणका एक उच्च अधिकारीले भने । हामीले पटकपटक सचेत गराउँदा र लाइसेन्स नवीकरण गर्न आग्रह गर्दा पनि सिम्रिकले समयमा नै नगरेकोले हामीले एओसी नवीकरण गर्न मन्त्रालयको अनुमति मागेको हौं । मन्त्रालयका अनुमति ल्याउन नसक्दा आइतबाट यो वायुसेवा ठप्प नै भएको छ । सिम्रिकले हाल चार वटा वायुसेवामार्फत उडान गरिरहेको छ । आन्तरिक उडान भर्ने सिम्रिकसँग गुण एयरलाइन्सबाट किनेको दुईवटा र अग्नी एयरबाट किनेको दुईगरी चार वटा स्थिर पंखा भएको (फिक्सविंग्स) जहाज छ । पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईका अनुसार यो वायुसेवाले चार वर्षका लागि लिएको इजाजतपत्रको समय १५ महिनाअघि नै सकिएको छ । मन्त्रालयको इजाजत नवीकरण गर्न थप १ वर्ष मौका दिएको र सो समयमा पनि इजाजत नवीकरण गर्न सकेन । मन्त्रालयले पछिल्लो सयम तीन महिनाका लागि समय दिँदा पनि सिम्रिकले इजाजत नवीकरण नगरेका कारण अहिले एयरलाइन्सको सम्पूर्ण उडान नै बन्द हुन पुगेको हो । सिम्रिकलाई एक वर्षको समय दिइसकिएको र यो समयमा कुनै काम नभएको तथा सम्वन्धित वायुसेवा चुप लागेर बसेका कारण उड्डयन नियम अनुसार एक वर्षसम्म नवीकरण नभएको वायुसेवाको इजाजत खारेजीमा जान्छ । मन्त्रालयले इजाजत खारेजीको प्रकृयामा लगेकोले अब सिम्रिकले नयाँ कम्पनीसरह इजाजत लिनुपर्छ । नयाँ इजाजन लिन मन्त्रालयलमा प्रस्ताव गर्ने, २० करोड रुपैयाँको चुक्ता पुँजी देखाउँने, २० लाख रुपैयाँ बैंक ग्यारेन्टी, १० हजार निवेदन शुल्क तिरेर नयाँ प्रक्रिया अनुसार नै इजाजतपत्र लिनुपर्ने मन्त्रालयको भनाइ छ । नयाँ अनुमति लिन उडान गर्ने क्षेत्र अनुसार प्रति सेक्टर ३० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । सिम्रिकले हाल काठमाडौंबाट पोखरा, जोमसोम, भैरहवा, लुक्ला, सिमरा र माउन्टेन फ्लाइट गर्छ । पोखराबाट जोसोम र नेपालगन्जबाट सिमिकोट उडान गर्दै आएको छ । सिम्रिकले नयाँ प्रक्रिया अनुसार अनुमति लिन आवश्यक मापदण्ड पु¥याउँन पनि कम्तिमा १५ देखि २० दिन लाग्छ । यो समय भने सिम्रिकले पाउने सबै लाभ गुमाउने अवधि हो भने भएका जहाज पनि विना प्राविधिक कारण अर्थात प्रशासनिक कारणले थन्किएर बस्नु हो । प्राधिरणले गत शुक्रबार नै सिम्रिकलाई पत्र पठाएर आइतबारबाट एसोसी नवीकरण नगरे उडान संचालन गर्न नपाइने जानकारी दिएको थियो । सिम्रिकले मन्त्रालयको नवीकरणलाई वेवास्था गरेकै कारण जहाज ग्राउण्डेड गर्नुपरेको प्राधिकरणको भनाई छ । सिम्रिकले यो नवीकरण गर्न साढे २ लाख रुपैयाँ राजस्व तिर्नुपर्ने उल्लेख छ । सिम्रिकले चारवटा जहाजमार्फत दैनिक दुईदर्जन भन्दा बढी उडान गरिरहेको थियो । एयरलाइनसको हेलचेक्राइ गर्दा कुनै उडान सुरक्षा (सेफ्टी)का कारणले नभई प्रशासनिक कारणले जहाज ग्राउन्डडेड भएको सिम्रिकले स्वीकार गरेको छ । जहाज र प्राविधिक विषयमा कुनै समस्या छैन, मन्त्रालयको इजाजतपत्र नवीकरण नभएका कारण जहाज ग्राउन्डेड गर्नुपरेको सिम्रिककै भनाई छ । कमजोरी सुधार गरेर छिट्टै उडान गछौं : सिम्रिक एयरलाइन्स सिम्रिक एयरलाइन्सले सोमबार जारी गरेको एक विज्ञप्तीमा पनि प्रशासनिक कारण नै जहाज थन्किएको स्वीकार गरिएको छ । सिम्रिकले जारी गरेको विज्ञप्तीमा चार वर्षमा नवीकरण गर्नुपर्ने इजाजत मानवीय त्रुटीका कारण समयमा नै हुन नसकेको स्वीकार गरिएको छ । सिम्रिकले गत अघिल्लो वर्ष वैशाखमा भएको भूकम्प, भारतीय नाकाबन्दी र अन्य व्यवहारिक कारण मन्त्रलायको इजाजत नवीकरण गर्नमा ढिलाई भएको बताएको छ । यो वायुसेवाले अन्तर्राष्ट्रिय मापदण्ड र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघठन (आईआको)को मापदण्ड पूरा गर्नमा भने कुनै कसुर बाँकी नराख्ने बताएको छ । आइकाओले तोकेको मापदण्ड अक्षरस पूरा गर्दा गर्दै पनि अहिले जहाज ग्राउण्डेड भएको र छिट्टै आवश्यक प्रक्रिया पूरा गरेर उडान संचालन गरिने जानकारी सिम्रिकले दिएको छ । सिम्रिक एयरलाइन्सले मन्त्रालय र प्राधिकरणबाट लिनुपर्ने दोहोरो इजाजतका कारण मन्त्रालयको इजाजत लिन समयमानै ध्यान नपुगेको स्वीकार गरेको छ । मन्त्रालयको इजाजत एकैपटक चार वर्षलाई हुने भएकोले चार वर्ष पुगेको र नवीकरणको समय सकिएकोमा ध्यान पुग्न नसकेको स्वीकार गर्दै छिट्टै उडान सुरु गर्ने जानकारी सिम्रिकले दिएको छ । व्राण्डमा धक्का क्याप्टेन रामेश्वर थापाले संचलान गरिरहेको यो वायुसेवा सामान्य कारणले उडान बन्द हुँदा थापाको एयरलाइन्सको ब्राण्डमा थक्का लागेको छ । अमेरिकी वायुसेव सफायरसँगको सहकार्यमा अन्तर्राष्ट्रिय कार्गो उडानको तयारीमा जुटेका थापालाई भएकै जहाज थन्कनुले नकारात्मक प्रभाव पारेको छ ।
राष्ट्र बैंकले पनि भन्योः नगद लाभांश सेयरधनीको बैंक खातामै जम्मा गरिदिनु
काठमाडौं, १ भदौ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा नै जम्मा पार्नुपर्ने भएको छ । सार्वजनिक सेयर निस्कासनमा सेयर बाडफाड पछि बाँकी रहेको रकम पनि बैंक खातामा नै जम्मा पारिदिनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सवै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिदै यस्तो ब्यवस्था मिलाउन भनेको हो । धितोपत्र वोर्डले यसअघि नै नगद लाभांश सम्बन्धित ब्यक्तिको बैंक खातामा नै जम्मा पारिदिने ब्यवस्था मिलाउन सुचिकृत कम्पनीहरुलाई निर्देशन दिइसकेको छ । ‘बैंक तथा वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई प्रदान गर्ने गद लाभांश सेयरधनीको खातमा जम्मा हुने ब्यवस्था मिलाउनु पर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ । सार्वजनिक निस्कासन (आइपिओ र एफपिओ) जारी गर्दा बाँकी रहेको रकम पनि सेयर फर्म भर्दा उल्लेख गरेको बैंक खातामा नै जम्मा गरिदिन राष्ट्र बैंकले निर्देशन दिएको छ । ‘सार्वजनिक निस्कासन (आइपिओ र एफपिओ) को क्रममा धितोपत्र बाँडफाँट पश्चात् लगानीकर्ताले माग गरे बमोजिम सेयर प्राप्त गर्न नसकेको अवस्थामा त्यस्तो रकम फिर्ता गर्दा समेत निजले दरखास्त फाराममा उल्लेख गरेको खातामा जम्मा हुने ब्यवस्था मिलाउनु पर्नेछ,’ निर्देशनमा भनिएको छ ।
सोल्टीको काकुरीमा दुईसातालाई खाना महोत्सव
काठमाडौं, १ भदौं । पाँचतारे होटल सोल्टीमा खाना महोत्सव भइरहेको छ । आइतबार साँझ भारतीय राजदूत रन्जित रेले उद्घाटन गरेर सुरु भएको यो महोत्सव दुई सातासम्म संचालन हुने सोल्टी होटलकी बजार बजार तथा जनसम्पर्क विभागकी सहायक प्रबन्धक अनुपमा महर्जनले बताएकी छिन । सोल्टीको काकुरी नामक रेस्टुरेन्टमा उत्तर दक्षिण भोजन महोत्सव भइरहेको उनले बताइन् । पाँचतारे होटल भन्दैमा साह्रो महङ्गो शुल्क राखिएको छैन । आम सर्वसाधारणकै क्षमतामा रहेको मुल्यमा होटलले खानाको सेवा दिएको छ । गत वर्ष पनि सोल्टी क्राउन प्लाजा काठमाडौंमा उत्तर दक्षिण भोजन महोत्सवको आयोजना गरेको थियो । यो वर्ष पनि हामीले गएकै वर्षजस्तै विशेषगरी भारतीय र अन्य खानका पारखीका लागि यो महोत्व आयोजना गरेको महर्जनको भनाइ छ । अतुलनीय, स्वादिष्ट, मसालेदार तथा सुसज्जित भोजन सोल्टीले अहिलेसम्मकै धेरै स्वादमा खाना महोत्सव आयोजना गरेको पनि सोल्टीको भनाइ छ । गत सोमबारबाट औपचारिक रुपमा शुरु गरिन भएको यो महोत्सव दुई सातासम्म लगातार संचालन हुनेछ । सोल्टीमा किन खाना महोत्सव ? विभिन्न पेय पदार्थ, स्टार्टर, मेन कोर्षदेखि मिष्ठान्न सम्मका मनै लोभ्याउने थरिथरीका परिकार पस्कन सोल्टीले आफ्नै रेस्टुरेन्टमा यो महोत्सव गर्ने गरेको छ । भारतको उत्तर देखि दक्षिण प्रान्तमा परम्परागत कालदेखि प्रचलनमा रहेका पाकवान विधि तथा तिनको अत्याधुनिक प्रविधिबाट तयार गरिएको खानालाई सोल्टीले एउटै थलोमा पस्कने गर्छ । यस महोत्सवमा उत्तरका पञ्जाब, चन्द्रिगढ, उत्तराखण्ड, हरियाणा, उत्तर प्रदेश, काश्मीर देखि दक्षिणका तमिलनाडू, कर्नाटका, केरला र आन्ध्र प्रदेशमा लोकप्रिय रहेका पनि सोल्टीले राखेको छ । खानाका विभिन्न व्यञ्जनलाई विशिष्टीकृत तथा वृहत मेनु प्रस्तुत गरिएको छ । होटलका प्रमुख सेफ युवराज पोखरेलले महोत्सवमा आएका खानाका पारखीले चाहेकै स्वादमा खाना पस्किरहेका छन् । खानामा धेरैजसो पीरो, जडिबुटी र मसलादार खाना भारत अन्य देशबाट आयात गरिएको होटलको भनाइ छ । भारतीय परिकारभित्र विभिन्न प्रान्तमा स्थानीय मसला, जडिबुटी, तरकारी तथा फलफूलहरुको प्रयोग हुने गरेको छ । दुवैै थरी परिकारमा उस्तै उस्तै मसलाहरु (वेशार, ल्वांग, मरीच, , दालचिनी, कडीपत्ता, असाफुटिडा इत्यादि) प्रयोग गरिए तापनि तिनको मात्रा र प्रयोग विधिचांहि फरक हुन्छ । यसै खानको स्वादलाई पस्कन सोल्टीले खाना महोत्सव गरेको बताएको छ । होटलको यो महोत्सवमा भारतीय मेनुका परिकार दही, पनीर तथा अचारसंगै चपाती, पराठा, दालहरु मुख्य रुपमा रहेको ब्यञ्जन रहेको छ । तन्दूरमा पकाइएको, अति नै लोकप्रिय, ताजा ताजा तन्दुरी चिकेन समेत छ । आलु मेथी, पुदिना संगम, मेथीले भुटेकोे बेबी पोटेटो तथा अनेकथरी मसलाले झानेको दालको मेनु पनिरहको छ । महोत्सवमा ग्राहकले रुची अनुसारकोअन्य विविध मेनु पनि रोज्न सक्नेछन् ।
८ अर्ब ठगी गर्ने सुधीर बस्नेत काठमाडौं–दिल्ली नियमित यात्रामा, प्रहरीले भेटेन, सबै सरकारी निकाय मौन
काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्था र व्याक्तिसँग समेत करिव ८ अर्ब रुपैयाँ ऋण खाएका व्यवसायी सुधीर बस्नेत पूर्ण भूमिगत भएको तीन वर्ष पुरा भएको छ । ६ भदौ २०७१ सालमा सर्वोच्च अदालतले उनी विरुद्ध मुद्धा फैसला गर्दे पक्राउ गरी कारवाही गर्न आदेश दिएको थियो । सर्वोच्चको त्यो आदेश नत प्रहरीले पालाना गरेको छ नत बस्नेत आफै प्रहरीको कठघरामा गएका छन् । सुधीर बस्नेत सर्वसाधारण फैसला लिएर फिर्ता नगरेको अभियोगमा शुरुमा पक्राउ परेका बस्नेतलाई जिल्ला अदालत काठमाडौंले ४ लाख धरौटीमा छाडेको थियो भने पुनरावेदनले फैसला सदर गरेको थियो । पछि सर्वोच्चका न्यायाधीश गिरिशचन्द्रलाल र देवेन्द्र गोपाल श्रेष्ठको इजलासले बस्नेतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतले बस्तेतलाई पक्राउ गर्न प्रहरी समक्ष पत्रचार समेत गरेको गरिसकेको छ । उनको मुद्दाको सबै फाइल महानगरीय प्रहरी परिसरको कार्यालय टेकुमा छ । गत वर्ष नयाँ एसएसपी आएपछि पीडितहरुले सुधीर बस्नेत पक्राउ पर्ने आश गरेका थिए । तर एक बर्ष बितिसक्दा पनि नामले बाघ कहलिएका एसएसपी विक्रम सिंह थापाले पनि बस्नेत सम्बन्धि अदालतको आदेश पल्टाउन चाहेनन् । बस्नेत किन पक्राउ परेका छैनन् ? भन्ने प्रश्नमा एसएसपी थापाले भने ‘सुधीर बस्नेतलाई पक्राउ गर्न प्रहरी खटिएको छ, फेला परेपछि तपाइहरु सबैले थाहपाइ हाल्नु हुन्छ ।’ विक्रमसिंह थापा परिसरको टोलीले बस्नेतलाई पक्राउन गर्न चाहेको छैन । स्रोतका अनुसार उनी काठमाडौ नयाँ दिल्ली गरिरहन्छन । बाबु सुशील बस्नेत लामो समय भारतीय इन्सुरेन्स कम्पनीमा काम गरेका कारण सुधीरलाई दिल्ली बस्न सहयोग पुगेको ती प्रहरीको भनाई छ । ओरियन्टल सहकारी तथा ओरियन्टल विल्डर्स लगायतका आधा दर्जन हाउजिङ तथा अपार्टमेन्ट कम्पनीका अध्यक्ष बस्नेतले सर्वसाधारणको ८ अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेको उजुरी प्रहरीमा परेको छ । बस्नेतविरुद्ध सहकारी जाचबुझ आयोगमा साढे ७ हजार उपभोक्ताले उजुरी दिएका थिए भने सरकारले दुइ वर्षअघि गठन गरेको आवास छानविन आयोगमा पनि १०० बढी उजुरी परेको थियो । सर्वोच्च अदालतले यी सबै उजुरीका आधारमा पूपक्षमा राख्न आदेश दिएको थियो । जानकार प्रहरीका अनुसार अहिले उनी आफ्नो व्यवहार मिलाउन सडक मार्ग हुदै काठमाडौ आउजाउ गर्ने र बाबु सुशील बस्ने बासबारीको घरमा जाने गर्छन तर काठमाडौ धेरै दिन रहदैन एकाधदिनको फरकमा उनी दिल्ली नै फर्कन्छन । अख्तियार, राष्ट्र बैंक र सहकारी विभाग सबै मौन चार वर्षअघि अर्थात २०६९ को असारमा अख्तियारका आयुक्त केशव बरालले सुधीर बस्नेत पीडितहरूको गुनासो सम्बोध नगर्न सरोकारवाला निकायका प्रतिनिधिहरूलाई डाकेका थिए । छलफलमा सबै सरकारी निकायका प्रतिनिधिहरू यो विषय आफनो जिम्मेवारी भित्र नपर्ने भन्दै उम्किए । तत्कालीन प्रहरी प्रमुख कुवेरसिंह रानाले समेत ‘बस्नेतलाई थुन्ने अधिकार आफूसँग नभएको’ बताएका थिए । त्यतिबेलाका सहकारी विभागका रजिष्ट्रार केदार न्यौपाने बस्नेतलाई प्रहरीले चाहे कारबाही गर्न सक्ने बताउँदै अख्तियारले र स्वंय प्रहरीले चासो दिए उनी पक्राउ पर्न सक्ने दावी गरेको त्यो बेलाको रेकर्डमा देखिन्छ । तर यतिबेला अख्तियार र सहकारी विभाग दुबै मौन छन् । सहकारी विभागले सुधीरले ठगी गरेको प्रष्ट भइसक्दा पनि ओरियन्टल, प्यासिफिक लगायत सहकारीको कागजात र कारोबारको सफटवेयर समेत नियन्त्रणमा लिएको छैन । बस्नेतको सम्पत्ति पत्ता लगाएर रोक्का गरिदिन पीडितहरूले दिएको निवेदन माथि पनि विभागले ठोस पहल गरेको छैन । पीडितहरूले नेपाल राष्ट्र ब्रैक, नेपाल प्रहरी, सहकारी विभाग र अर्थ मन्त्रालयदेखि अख्तियारसम्म गुहार्दा पनि कुनै निकायले पहलकदमी लिएका छैनन् । सुधीरलाई पक्राउ गरेर उनको सम्पत्ति मूल्याङ्कन गरी सरकारले नै फिर्ता दिने वातावरण बनाउनु पर्ने माग राख्ने पीडितहरूलाई मन्त्रिपरिषद् समेत सुनेको थिएन । त्यतिबेला सर्वोच्च अदालतका प्रधानन्याधीश खिलराज रेग्मी सरकार प्रमुख थिए । उता सहकारी क्षेत्रको नियमन, सुपरीवेक्षण र अनुगमन गर्ने सहकारी विभागले ऐनले दिएको अधिकार प्रयोग समेत गरेको देखिदैन । सहकारी सम्बद्ध राष्ट्रिय सहकारी विकास बोर्ड, बचत तथा ऋण सहकारी संस्था, राष्ट्रिय सहकारी संघ सहितका संस्थाहरूले पनि सहकारीको नियमन तथा सुपरीवेक्षणमा सघाउन हालसम्म चासो देखाएका छैनन् । राज्यका निकायहरू सहकारीका बचतकर्ता र हाउजिङका पीडितहरूप्रति संवेदनहीन देखिन्छन् । समाधानको उपाय खोज्न बनाएको समितिको प्रतिवेदन पनि कार्यान्वयन गरिएको छैन । तत्कालिन समयमा अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल संयोजक रहेको समिति र राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी संयोजकत्वको समितिको छुट्टा–छुट्टै प्रतिवेदन त्यत्तिकै थन्क्याइएको छ । चालु आर्थिक वर्षको बजेटमा ‘समस्याग्रस्त ठूला बचत तथा ऋण सहकारी संस्थाको समस्या समाधानका लागि बचतकर्ता, सेयरधनी समेत रहेको अधिकार सम्पन्न व्यवस्थापन समिति गठन गरी सर्वसाधारण बचतकर्ताको बचत सुरक्षण गरिने’ उल्लेख भए पनि कार्यान्वयन भएको छैन । त्यसकारण पनि सुधीर बस्नेत पक्राउ पर्ने लिष्टमा कम प्राथमिकतामा परेको प्रहरी स्रोतले जनाएको छ । कुन बैंकबाट कति कर्जा ? प्रहरी स्रोतका अनुसार हाल सुधीर बस्नेत समूहमा प्राइम कमर्शियल बैंकको सबैभन्दा बढी लगानी फसेको छ । बस्नेत समूहलाई दिएको प्राइमको ३१ करोड ९६ रुपैयाँ उठेको छैन । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको २३ करोड ८७ लाख, कुमारी बैंकको २० करोड ३६ लाख, एनआइसी एसियाको २० करोड १ लाख, नबिल बैंकको १४ करोड ६ लाख, तत्कालिन किष्ट बैंकको १३ करोड, सिटिजन्स बैंकको ११ करोड ६९ लाख, ग्राण्ड बैंकको १० करोड ७४ लाख, लुम्बिीनी बैंकको ६ करोड ९३ लाख, सिद्धार्थ बैंकको ६ करोड १५ लाख, सिभिल बैंकको ३ करोड ७४ लाख, सेञ्चुरीको ३ करोड ३७ लाख, एनसीसी बैंकको १ करोड र नेपालइन्भेष्टमेन्ट बैंकको ४ लाख रुपैयाँ कर्जा लगानी भएको प्रहरीको रिपोर्टमा उल्लेख छ । पछिल्लो समयमा केही बैंकहरुले भने धितो लिलामीबाट कर्जा असुलीमा सफलता हासिल गरिरहेको राष्ट्र बैंकका एक अधिकारीले बताए । अग्नि एयरलाइन्स सिम्रिक एयरलाइन्सले लिजमा लिएपछि त्यसमा लगानी भएको ७० करोड रुपैयाँ भने सुरक्षित भएको छ । अग्नि एयरमा पाँच वाणिज्य बैंकले लगानी गरेका थिए । अग्नि एयरमा तत्कालिन ग्राण्ड बैंकको ३४ करोड ८४ लाख, सनराइज बैंकको २० करोड २ लाख, सिभिलको २ करोड ९९ लाख, कर्मज एण्ड ट्रष्टको २ करोड ४७ लाख र एनबी बैंकको २३ लाख रुपैयाँ गरी ७० करोड रुपैयाँ लगानी थियो । अग्नि एयर सहित सुधीर बस्नेत समूहलाई वाणिज्य बैंकले २ अर्ब २७ करोड ५० लाख रुपैयाँ लगानी गरेका थिए । बस्नेतले आफूसँग अर्बौ रुपैयाँ बराबरको सम्पत्ति भएको दावी गर्दै आए पनि नगद अभावका कारण उनका सबै व्यापार पाच बर्षदेखि बन्द भएका छन् । प्रहरीले संकलन गरेको विवरण अनुसार अनुसार वाणिज्य बैंकबाट मात्र अढाई अर्ब कर्जा लिएका सुधीर बस्नेतले विकास बैंक, फाइनान्स कम्पनी, सहकारी, कर्मचारी सञ्चय कोषलगायत औपचारिक क्षेत्रबाट सवाँ ४ अर्ब र अनौपचारिक क्षेत्रको साढे ३ अर्ब रुपैयाँ कर्जा लिएको पाईएको छ ।
संसदको संख्या जम्मा ६०१ भएपनि खाजाको कुपन ३७ सय वितरण
काठमाडौं, १ भदौं । संसदमा प्रतिनिधित्व गर्नुर्ने संसदको जम्मा संख्या ६०१ भएपनि उनिहरुले खाने खानाको कुपन भने ३७ सय जनासम्मलाई वितरण भएको पाइएपछि संसद सचिवलायले कुपन नै बन्द गराउने निर्णय गरेको छ । संसदका नाममा वितरण भएको यो कुपनको अधिक दुरुपयोग भएको भन्दै संसद सचिवालयले कुपन बन्द गराएर संसदलाई खाजाको पैसा नगद नै उपलव्ध गराउने निर्णय गरेको छ । खाजा र खानाका लागि दिइने कुपनमा व्यापक अनियमितता भेटिएपछि संसद् सचिवालयले भदौ १ गतेदेखि ‘कुपन सिस्टम’ बन्द गर्ने निर्णय गरेको हो । समितिका बैठकमा चियामात्र खुवाउने र कुपनको सट्टा सांसदलाई खाजा र खानाबापत दैनिक चार सय रुपैयाँ दिने निर्णय सचिवालयले गरेको छ । समितिको बैठक बस्दा एकजना नेताको पछाडि दर्जनौं सुरक्षाकर्मी, सहयोगी र ड्राइभरलाई पनि कुपन दिनुपर्ने, कर्मचारीलाई छुट्टै खाजा खर्च दिइए पनि कुपनबाटै खाजा र खाना खाने गरेको तथा कुपनको व्यापक दुरुपयोग हुने गरेको भन्दै कुपन सिस्टम बन्द गर्नुपरेको सभामुख ओनसरी घर्तीमगरको सचिवालयले जनाएको छ । हाल सांसदमा प्रतिनिधित्व गर्ने संसदको संख्या ५९५ जना मात्रै भएपनि एकै दिनमा खाजा(खानाको कुपन ३७ सयसम्म वितरण भएको पाइएको छ । सभामुख घर्तीले आर्थिक मितव्ययिता अपनाउन आफूले यस्तो निर्णय गरेको विभिन्न दलका सचेतकहरूसँगको छलफलमा बताएकी छन् । संसद् सचिवालयका एक कर्मचारीले एक दिनमा तीन हजार पाँच सयसम्म कुपन बाँडिएको र कुपनमा ठूलो रकम खर्च भइरहेको बताए । सचिवालयले सांसदलाई खाजा र खानाबापत नगद दिने निर्णय गरे पनि संसद्का कर्मचारीले पाइरहेको भन्दा निकै कम छ । संसद्का सबै तहका कर्मचारीले दैनिक ६ सय रुपैयाँ खाजा खर्च पाउँछन् भने बिदाको दिन एक सय ५० रुपैयाँ थप पाउँछन् ।
बीबीसीमा नौ करोडको नेपाल प्रचार गर्दै बोर्ड
काठमाडौं, १ भदौ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको एकमात्र निकाय नेपाल पर्यटन बोर्डले चालू आर्थिक वर्ष २०७३÷०७४ मा नौ करोड रुपैयाँ अन्तर्राष्ट्रिय संचारमा माध्ययमा खर्च गर्ने भएको छ । बोर्डले व्रिटिश बोर्डकास्टिङ कर्पोरेशन (बीबीसी)मा मात्रै चालू आवमा नौ करोड रुपैयाँ खर्च गरेर नेपालको पर्यटन प्रवद्र्धन गर्ने भएको छ । साउनबाटै कार्यान्वयन गराउने गरी तय गरेको बोर्डले चालू आवको एक अर्ब १२ करोड रुपैयाँको बजेटमा नौ करोड रुपैयाँ बीबीसीलाई मात्रै खर्च गर्ने बोर्डका सदस्य राजेन्द्र सापकोटाले जानकारी दिए । बजेटमार्फत बीबीसीमा खर्च गर्ने गरी तय गरेको यो बजेट सन् २०११ पछि दोस्रोपटक भएको पनि बोर्डले जानकारी दिएको छ । सन् २०११ मा नेपालको प्रचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत गर्ने विषयले निकै महत्व पाएको भए पनि समयमा नै रकम भुक्तानी गर्न नसक्दा समस्या भएको थियो । बोर्डले प्रभावकारकारी ढंगबाट अन्तर्राष्ट्रिय मिडियामा जान नसकेको आलोचना बढेपछि चालू लागि बेजेटमै समेटेर कार्यक्रम ल्याएको दाबी सापकोटाको छ । बोर्डले यस अघिका दुई वर्ष बीबीसी र सीएनएनमा नेपालको प्रचार गर्ने भने पनि खर्च हुन नसकेका कारण गत आवको बजेटलाईसमेत चालू आवमै खर्च गर्ने व्यवस्थासमेत मिलाएको बोर्ड सदस्यले बताए । उनका अनुसार बोर्डको यो वर्षको बजेट सामाजिक सन्जालमार्फत खर्च गर्नेदेखि डिजिटल मार्केटसम्मा केन्द्रित रहेको छ । बोर्डले आगामी आवको बजेटमा सामाजिक संजालमार्फत पर्यटन प्रर्वद्धन गर्ने योजन अगाडि सारिसकेको जानकारी दिएको छ । बोर्डले प्रवद्र्धनका काम गर्दा सामाजिक सञ्जालको प्रयोग, डिगिजटल मार्केट, अन्तराष्ट्रिय सञ्चार माध्यममा नेपालको प्रवद्र्धन गर्ने तथा अनलाइन मार्केटसम्म पुग्ने गरी नयाँ र आधुनकि शैलीलाई पछ्याउँदै आगामी आर्थिक वर्षको बजेट तयार पारेको छ । बोर्डले पहिलोपटक डिजिटल मार्केटमा जाने गरी बजेट तय गरेको हो । बोर्डले पहिलोपटक प्रवद्र्धनात्मक सामग्रीको प्रचार गर्न डिजिटल मार्केटमार्फत जाने गरी बजेट तय गरेको छ । बोर्डले चालू आवका लागि पर्चा, पम्प्लेट, पोस्टर नछाप्ने र यसका लागि डिजिटलमार्फत प्रवद्र्धन गर्ने गरी एक करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ । बोर्डले पहिलोपटक अन्तराष्ट्रिय ट्राभलको वेवपोर्टल ट्रिप एडभाइजरमार्फत नेपालको प्रवद्र्धन गर्न दुई करोड ५० लाख रुपैयाँ खर्च गर्ने गरी बजेट तय गरेको छ । नेपालमा हिमालय ट्राभल मार्ट आयोजना गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्समार्फत नेपालमा विभिन्न टोलीलाई भ्रमण गराएर नेपालको प्रवद्र्धन गर्न ८० लाख रुपैयाँ खर्च गर्ने गरी बोर्डले बजेट तय गरेको छ । बोर्डले तय गरेको चालू आवको बजेटमा २६ करोड ५० लाख रुपैयाँ जनसम्पर्क तथा प्रचारप्रसारमा, २३ करोड २५ लाख बजारीकरण तथा प्रवद्र्धनमा, कर्पोरेटमा १७ करोड, १६ करोड रुपैयाँ संस्कृतिक सम्पदा संरक्षण र प्रवद्र्धनमा, दुई करोड रुपैयाँ अनुसन्धानमा, तीन करोड रुपैयाँ पोखरा पर्यटन कार्यालयमार्फत खर्च गर्ने गरी कुल एक अर्ब १२ करोड रुपैयाँको बजेट विनियोजन भएको छ ।
नेपालको पर्यटन क्षेत्रमा चारलाख २५ हजारले रोजगारी पाएको तथ्याङ्क सार्वजनिक
काठमाडौं १ भदौ। नेपालको कुल रोजगारीमा पर्यटन क्षेत्रको योगदान ३.२ प्रतिशत रहेको एक तथ्यांकले देखाएको छ । पर्यटन क्षेत्रमा ४ लाख २६ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएको विश्व पर्यटन परिषद्को तथ्यांक छ । यो गत वर्षको तथ्यांक हो । तथ्यांकले कुल जनसंख्याको ठूलो हिस्सा आंशिक वा पूर्ण बेरोजगार रहेको देखाउँछ । स्वदेशमा रोजगारी नपाएर अहिले दैनिक औसत १२ सय युवा वैदेशिक रोजगारीमा गइरहेका छन् । नेपालमा एक पर्यटकबराबर १२ जनाले रोजगारी पाउने सरकारी तथ्यांक छ । नेपालको रोजगारीमा पर्यटन क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष गरी विशेष योगदान पु¥याएको छ । सन् २०२६ सम्ममा नेपालको पर्यटन उद्योगमा झण्डै ६ लाख ५४ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने विश्व पर्यटन परिषद्को प्रक्षेपण छ । यो संख्या तत्कालीन कुल रोजगारीको ३.८ प्रतिशत हुनेछ । परिषद्का अनुसार सन् २०१५ मा नेपालको पर्यटन तथा पर्यटनसँग जोडिने कृषि, हस्तकला, निर्माण, सार्वजनिक सेवा, ट्राभल एण्ड टुरिजम आदिबाट कुल रोजगारीको ६.९ प्रतिशत अर्थात् ९ लाख १८ हजार ५ सयले अप्रत्यक्ष रूपमा रोजगारी गरिरहेका छन् । यो संख्या सन् २०२६ सम्ममा बढेर १३ लाख ९० हजार पुग्ने अनुमान छ । नेपालको पर्यटन उद्योगमा प्रत्येक वर्ष होटल, ट्राभल र टुर कम्पनीमा आवश्यक हुने कर्मचारीहरू र तिनको संख्यामा वृद्धि हुँदै गइरहेको छ । यसका आधारमा आगामी १० वर्षका लागि आवश्यक मानव संशाधनको योजना र दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न तालिमहरू आयोजना गर्नुपर्ने पर्यटन मन्त्रालयको भनाइ छ । नेपालमा होटल तथा रेस्टुराँसहित ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी, पदयात्रा पथ प्रदर्शक, ¥याफ्टिङ, पर्यटन प्रहरी र साहसिक खेलमा ठूलो संख्याले रोजगारी पाइरहेका छन् ।