नेपाल घुम्दाको ट्राभल बीमा शुल्क दोब्बर महंगियो
काठमाडौं ४, भदौ । नेपाल आउने विदेशी पर्यटकको बीमा रकम अस्वभाविक ढंगले बढिरहेको पदयात्रा पर्यटन व्यवसायीले बताएका छन् । अघिल्लो वर्षको भूकम्प, नाकाबन्दी, वर्षातको समयमा हुने बाढी पहिरोको जोखिम र राजनीतिक अस्थिरतले पर्यटकको बीमा रकम दुई गुणसम्मले बढेको नेपाल पर्वतारोहण संघका अध्यक्ष तथा एसियन टे«किङका संचालक आङछिरिङ शेर्पाले बताए । ‘विदेशी पर्यटकलाई नेपाल ल्याउँदा लाग्ने बीमा रकमको शुल्क अप्रत्यासित रूपमा बढकोछ’, शेर्पाले भने । यसले गर्दा नेपालको प्याकेज बेच्न पनि निकै गाह्रो हुन थालिसकेको छ । पर्यटकले सम्बन्धित देशबाट नै बीमा रकम भुक्तानी गरेर आउने गरेका छन् । पर्यटनक नेपाल आउँदा स्थान, क्षेत्र, बसाई अवधि तथा ट्रेकिङ ह्याण्डलिङ गर्ने कम्पनीमा उसको बीमा रकम कति हुने भन्ने तय हुने गरेको पनि शेर्पाले बताए । उनका अनुसार नेपाल आउन बीमा रकम बढ्नु र राष्ट्रिय ध्वजाबाहकको अभावमा नेपाल आउने प्याकेज नै महङ्गो पर्ने गरेको हो । नेपाल आउने विदेशी पर्यटकको लागि बीमा रकम बढ्नु, सेवाको लागत बढी पर्नुले नेपालका व्यवसायीले प्याकेज विक्री गर्न पनि निकै गाह्रो भएको छ । बीमा रकम मात्रै नभएर भूकम्प र नाकाबन्दीको कारण नेपाल आउने पर्यटकको खर्चसमेत बढाएको छ । भूकम्पले थला परेको पर्यटन क्षेत्रलाई नाकाबन्दीले झन पछाडि धकेलेको समग्र पर्यटन व्यवसायीले भोगेरै आएको पनि हो । यस भन्दा अघि पनि नेपालको अस्थिर राजनीतिको कारण बीमा रकम बढी नै थियो । नेपालमा भइरहने बन्द हड्ताल र राजनीति अस्थितरताले पर्यटनलाई निकै ठूलो असर पारेको छ । अहिलेको अस्थिर सरकारका कारण पनि पर्यटनले गति लिन नसक्नु र नेपालप्रतिवको विदेशी पर्यटकको विश्वास निकै थोरै हुनुले पनि विमा रकम अस्वभाविक रुपमा बढीरहेको भनाइ शेर्पाको छ । हवाई उड्डयन सुरक्षा नै नेपालमा पर्यटकको बीमा रकम बढाउने माध्यम बनेको पर्यटन व्यवसायी बताउँछन् । पछिल्लो समय नेपालमा देखिएको हवाई यात्राको असुरक्षा पनि यसको कारण हो । गत फेब्रूअरीमा तारा एयरको दुर्घटना भएको दुई दिनमै काष्टमण्डपको जहाज दुर्घटना हुनु, दुई साता अघि मात्रै मकालु एयरको जहाज कर्णालीमा दुर्घटना पर्ने, फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुनु र विमानस्थलको धावनमार्ग तथा चराकै कारण पनि हवाई क्षेत्रलाई चुनौति बढ्नुले पनि पर्यटक आत्तिने गरेका छन् । पर्यटन व्यवसायीका अनुसार कुनै पनि सानो घटनाले पनि पर्यटक आत्तिने र डराउने गर्छन भने जोखिमको क्षेत्रमा जाने आउने विषयमा बीमा तथा खर्च बढ्नु सामान्य नै हो । यूरोपका नागरिकलाई नेपालको आन्तरिक वायुसेवा सकेसम्म प्रयोग नगर्नु भनेर एड्भाइजरी जारी गरेको अवस्था अझै जारी छ । नेपालका आन्तरिक वायुसेवा यात्रा गर्न चाहने ती यात्रुको लागि सम्वन्धित देशले बीमा शुल्क चर्को लिनुको कारण बनेको छ । बीमाकै कारण पर्यटकीय प्याकेज महङ्गो बीमाकै कारण नेपालमा आउने विदेशी पर्यटकको खर्च प्याकेज महङ्गो हुने गरेको पनि पर्यटन व्यवसायी बताउँछन । पर्यटकले गर्ने सबैभन्दा ठूलो खर्च नै बीमा रकममा हुने गरेको पदयत्रा पर्यटनको प्याकेज बढेको ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपालको भनाइ छ । नेपाल बसाई जति लामो भयो उति धेरै बीमा शुल्क तिर्नुपर्छ । बीमा रकम बढेसँगै पर्यटकको नेपाल बसाई खर्च, नेपाल आउन लाग्ने शुल्क, राष्ट्रिय ध्वजाबाहक नहुँदा बढ्ने हवाई भाडासहित पर्यटकको खर्च निर्धारण हुने गरेको व्यवसायी बताउँछन् । पर्यटकको नेपाल बसाई अनुसार बीमा र पर्यटकीय प्याकेजको शुल्क निर्धारण हुने गरेकाले पनि बीमाको शुल्क दिन वा महिनामा तय हुने गरेको छ । नेपाल आउने पर्यटकले सम्वन्धित देशमा नै बीमाको शुल्क तिरेर आउने गर्छन । नेपालका पर्यटन व्यवसायीले त ह्याण्डेल मात्रै गर्ने पनि व्यवसायीको भनाइ छ । पर्यटकको समग्रमा नेपालमा पर्यटकीय प्याकेज भूकम्प र नाकाबन्दीपछि दोब्बर नै महङ्गो भएको छ । एक साताको शुल्क, दुई साताको र महिनाको शुल्कमा फरक फरक शुल्क हुने र सोही अनुसार बीमा शुल्क निर्धारण हुने गरको छ । टानका एक व्यवसायीका अनुसार सामान्यता एउटा पर्यटकले नेपालमा पाँच सय देखि एक हजार डलरसम्मको प्याकेजमा आधा बीमा शुल्क नै तिर्ने गरेको छ । यस्तो शुल्क दुइ वर्ष अगाडि १० देखि २० प्रतिशतमा मात्रै सिमिति थियो । बीमाबाटै पैसा अशुल्न उद्दार नेपालामा आएका विदेशी पर्यटकको अन्नपूर्ण, सगरमाथा आधार शिविर तथा लाङटाङमा पदयात्रा जाने पर्यटक तथा सगरमाथा आरोहणमा जाने पर्यटकले गरेको बीमाकै पैसा अशुल्न व्यवसायीले पर्यटकलाई उद्दार गराउने गरेका छन् । साना र थोरै शूल्कमा प्याकेज बेचेको व्यवसायीले सगरमाथा क्षेत्रमा पुगेका पर्यटकलाई खानामा (दिसामा पाइने) कोलिफर्म मिसाएर खुवाउने र झाडापखाला लाग्यो भनेर हेलिकोप्टरबाट उद्दार गरेर ल्याउने गरेको टानका एक बरिष्ठ पर्यटन व्यवसायीले बताए । उनका अनुसार पर्यटक विरामी भएको बहानामा हेलिकोप्टरमा उद्दार गर्न पाइने, नेपालकै महङ्गो ग्राण्डि अस्पताल लैजाने गरेका छन् । अस्पतालसँगको मिलेमतोमा गरिने यस्तो कार्यले बीमाबाट रकम अशुल्न पाइने, व्यवसायीले पनि हेलिकोप्टर रेस्क्यु तथा अस्पतालबाट कमिशन लिने गरेकोले पनि अधिकांश पर्यटकलाई विरामीको बहानामा बीमा रकम अशुल्ने गरेको पाइएको छ । पर्यटकलाई विरामी बनाएर पैसा अशुल्नेमा सस्तो प्याकेज विक्री गर्ने पर्यटन व्यवसायी तथा पटकपटक पर्यटकलाई उद्दार गराएको बहानामा आर्थिक लाभ लिन चाहने व्यवासीको कारण पदयात्रा क्षेत्र विस्तारै बद्नाम हुँदै गएको पनि टानको भनाइ छ । नेपालमा आउने पदयात्रा पर्यटकमध्ये अधिकांशले बीमा रकम दाबी गर्न थालेका कारण पनि पर्यटकीय प्याकेज तथा बीमा नै महङ्गो हुन पुगेको पनि टानका एक पूर्व अध्यक्षको बुझार्ई छ ।
विदेशमा लगानी गर्ने चिनियाँ मोडल र नेपालमा चिनियाँ लगानीकर्ता डराउनुको कारण
प्रकृति, जहाँ सौन्दर्य र अनुपमताको अभाव रहन्न । तर, यही प्रकृतिसँगै विपत्तिको अर्को पाटो पनि छ । ‘विपद्’ स्वभावैले आमन्त्रित, आयातित वा पूर्वसूचित हुँदैन । तर, त्यसलाई कसरी सहन गर्ने, त्यसबाट उत्पन्न प्रतिकूलतालाई कसरी अनुकूलतातर्फ लैजाने भन्ने विषय देश– कालपिच्छे फरक हुँदोरहेछ । हामीले १२ वैशाख ०७२ को विनाशकारी महाभूकम्प व्यहोर्नुअघि र पछि पनि विश्व परिदृश्यमा यस्ता विपद् नियमित अकस्मिकताझैँ आउँदै–जाँदै छन् । त्यसमा पनि हाम्रो निकटवर्ती मित्रराष्ट्र चीनको अनुभव हाम्रो तुलनामा कता हो कता, फरक छ । ७० करोड जनता, अर्थात् नेपालको कुल जनसंख्यालाई एउटा देश मान्दा हाम्रोजस्तो २३ वटा देशलाई विकसित क्षेत्रमा सार्नु छ, स्तरोन्नति गर्नु छ । त्यसमध्ये एक करोड बासिन्दालाई त स्थायी रूपमै स्थानान्तरण गर्नु छ । र, त्यत्तिकै संख्यामा रोजगारी पनि दिनु छ । विपत्तिपछि स्वाभाविक रूपमा प्रभावित क्षेत्र प्रदूषित हुने नै भयो । चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘नीलो आकाश र स्वच्छ पानी’ को नारा मात्र उरालेनन्, त्यसलाई व्यवहारमै लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । संसारभर उत्पादन हुनेमध्ये ७० प्रतिशत आइफोन र आइपडको उत्पादक राष्ट्र चीनको जनसंख्यामा यतिबेला जर्मनीको जनसंख्या बराबर ‘गरिब’ छन् । अर्थात् ८ करोड चिनियाँ जनता गरिबीको रेखामुनि छन् । उतिबेला पृथ्वीनारायणले नुवाकोटलाई किन निशाना बनाए ? यतातिर घोत्लिँदा हामीले आफ्नो ऐतिहासिक भूमिका पनि सम्झनुपर्छ । त्यसबेला हामीले तिब्बतका शासकलाई चाँदीको सिक्का बनाएर पठाउँथ्यौँ । लिने र दिने, अर्थात् व्यापारसँग सम्बन्ध भएपछि त्यसमा मिल्ने र नमिल्ने दुबै कुरा आउँछन् ! त्यही निहुँमा (भोट) तिब्बत र नेपालबीच पटक–पटक लडाइँ भएका दृष्टान्त हाम्रो इतिहासमा सुरक्षित छन् । हामीले चाँदीको सिक्का पठाएबापत भोटसँग राजस्व असुल्थ्यौँ । त्यहाँबाट धर्मगुरु दलाई लामा १९५९ मा भागे, अहिले पनि राजनीतिक कारणले भारत निर्वासनमै छन् । तर, तिब्बतको राजधानी ल्हासामा त्यसअघिबाटै थुप्रै नेवार समुदायकारोबारी छन् । यसको भित्री कथा खोतल्ने हो भने पनि छर्लंग हुन्छ कि, इतिहासको कुनै कालखण्डमा हाम्रो आम्दानीको मुख्य स्रोत नै तिब्बत थियो । त्यसैले जब पृथ्वीनारायणले काठमाडौं आक्रमण गरिरहेका थिए, त्यसबेला नुवाकोटको नाका बन्द गरे । आज हामी दक्षिणको छिमेकीसँग ‘रोटी और बेटी’ भन्दै सम्बन्ध नजिक्याउँदैछौँ, उसबेलाको कुरा फरक थियो– हामीले राजकुमारी भृकुटीलाई भोटका श्रङचङ गम्पोसँग विवाह गरिदियौँ । कलासँग जोडिएर बेइजिङमा स्थापित एउटा २० वर्षको पाटने केटो त्यहाँको मन्त्री भएको इतिहास छ । ती नेपाली उता ४२ वर्ष बसे, ६२ को उमेरमा उतै निधन भयो । तिब्बत पस्ने मुख चेङ्दुभन्दा १२० किलोमिटर चीनका पर आठ वटा काउन्टी (हाम्रो जिल्ला भनेजस्तो) छन् । नेपालको पूर्वीपहाडी जिल्लापारि छ । त्यहाँ एक दिनको भुइँचालोले चार सय ८८ विद्यालय ढाल्यो । तीमध्ये तीन सय ७० विद्यालय काम नलाग्ने अवस्थामा पुगे । तर, ३ दशमलव ४ बिलियनको लगानीमा दुई वर्षमै त्यहाँको पुनर्निर्माण सम्पन्न भयो । भूकम्पले जनधनको क्षति ग¥यो, मानिसको जिन्दगीमा वेदनाका कथा थपिए, हाम्राजस्ता दर्दनाक पारिवारिक बिछोड त कति हो कति ! तर, यी तमाम दुःखसँगै भूकम्प अवसर पनि बन्यो, नयाँ बस्ती बसाल्ने मौकाका दृष्टिले । भूकम्पले त्यहाँ २० अप्रिल २०१३ को बिहान ८ बजेर २ मिनेट जाँदा उपस्थिति जनायो । बिहानी समय हुनाले क्षति कम भयो, विशेषतः विद्यालयस्तरका बालबालिका सुरक्षित रहे (हाम्रोजस्तै) । त्यसबेला सांघाई नजिक सुचाऊ भन्ने सहरमा एउटा मिटिङ चल्दै थियो । हंगेरियन संसद्का उपसभामुख तथा युरोपियन संसद्को सदस्यका उपस्थिति थियो । उनले तुरुन्त घोषणा गरे, ‘भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई मेरो देश लैजान्छु, रिफ्रेसमेन्टका लागि ।’ यसअनुसार, ५० विद्यार्थी हंगेरी गए । त्यसमध्ये ४० बालिका, १० बालक थिए । विद्यार्थीलाई पठाउने कामका लागि वैज्ञानिक छनोट प्रक्रिया अवलम्बन गरियो, सब योग्यताको आधारमा । ती विद्यार्थी थिए, कहिल्यै जहाज नचढेका, अर्को सहर पनि नदेखेका । हंगेरी पठाउन नियम बनाइयो कक्षामा राम्रो नम्बर ल्याएको, प्रतिभाशाली । त्यसअघि को–को जान इच्छुक छन् भनी सूचना जारी भयो । पछि दाबी–विरोधको मौका पनि दिइयो, स्कुलमै सूचना टाँसेर र पत्रिकामा विज्ञापन छापेर । यस्तो विधि अपनाइँदा खास भूकम्पपीडित नै परे । हाम्रोमा भए नेताका सन्तानले मौका पाउँथे । चिनियाँ सहर लिजियाङमा सन् १९९६ फेब्रुअरी ३ मा ७ म्याग्निच्युडको भूकम्प गयो । ७ बजेर १४ मिनेट १८ सेकेण्डमा त्यहाँका बासिन्दाले धक्का महसुस गरे । भूकम्पले २५ सेकेण्डसम्म हल्लायो । तीन सय नौ बासिन्दाले ज्यान गुमाए । तीन हजार सात सय २५ घाइते र दुई लाख मानिस घरबारविहीन भए । त्यसले एक करोड ४६ लाख १० हजार वर्गकिलोमिटर क्षेत्रफलभित्र प्रभावित ग¥यो । तीन महिनासम्म जनताको बास खुला आकाशमुनि । खाने, बस्नेदेखि दिसा–पिसाबसम्मको समस्या झेले त्यहाँका बासिन्दाले । स्कुल बन्द भए, सञ्चारका सबै साधन अवरुद्ध थिए । र, चीन आजको जस्तो ‘धनी राष्ट्र’ पनि थिएन । यस्तोमा संसारको जुन–जुन भागमा चिनियाँ बस्छन्, तिनले त्यहीँ–त्यहीँबाट आफ्नो देशमा पैसाको ओइरो लगाए । पुनर्निर्माणमा कुल लगानीमध्ये हङकङका आप्रवासी चिनियाँले मात्र १० प्रतिशतको योगदान गरे । एक वर्ष नपुग्दै त्यो ठाउँ टाकटुक बन्यो । यस्तो नाटकीय पुनर्निर्माणबाट लिजियाङ विश्वप्रख्यात भयो । र, सन् १९९५ मा आठ लाख ४५ हजार पर्यटक गए । तीन करोड ३० लाख युआन राजस्व त पर्यटकबाट मात्रै संकलन भयो । सन् २०१४ मा पर्यटक संख्या दुई करोड ६० लाख ६ सय ३० पुगे । त्यसले गर्दा ३७ दशमलव ८ विलियन राजस्व संकलन भयो । अर्थात्, नेपालको जनसंख्याबराबर त पर्यटक नै पुगे । पुनर्निर्माणपछि त्यहाँको जनसंख्या पनि बढ्यो । हामीकहाँ भूकम्प, बाढी–पहिरोजस्ता बिपत्तिपछि बसाइँ सर्नेको ताँतीले गाउँ–गाउँ नै रित्तिने चलन छ । त्यहाँ ठीक उल्टो । यसबाट भन्न सकिन्छ, इमानदारीपूर्वक प्रयत्न गर्दा नहुने कुरा केही रहेनछ । यसो त, चीनको विकास, उसले विश्वलाई हेर्ने र विश्वले उसलाई हेर्ने हेराईका बान्की रोचक छन् । जस्तो कि, वर्षौंदेखि चिनियाँहरु ठेक्कापट्टाको काममा पोख्त मानिन्छन् । विश्व परिदृश्यमा अझै पनि लगानीको सुरक्षाका लागि चीनले सेना पनि साथै लान्छ कि भन्ने आशंका छ । बर्मामा अढाई वर्षअघि चिनियाँ लगानीको ठूलो जलविद्युत् परियोजनामा अवरोध सिर्जना भयो । बर्माको ठूलो भूभाग चीनसँग सिमाना जोडिएको छ । तर, चीनले त्यस्तो अप्ठ्यारोमा पनि सेना पठाएन । श्रीलंकामा महेन्द्रा राजापाक्षे सत्ताबाट बहिर्गमित भएपछि पनि चीनले त्यहाँ गर्दै रहेको ठेक्काको ठूलो लगानी डुबायो । कम्बोडियामा पनि त्यस्तै भयो । तर, उसले आफ्नो प्रत्यक्ष लगानी त्यसरी डुब्दा पनि फौजी समाधान खोजेन, कूटनीतिक रूपमा हल गर्ने भनेर पहलकदमी लियो । जापानले इरानमा उद्योग खोल्यो । इराक–इरान लडाँइको सिकार बन्दा इराकले जापानी उद्योगमा बम पड्काइदियो । लिबियामा गद्दाफी सरकार हुँदा चीनले ठूलो धनराशिमा विभिन्न व्यवसायसञ्चालन ग¥यो । चीनको सम्बन्ध गद्दाफीसँग थियो । गद्दाफी ढलेपछि लगानी साफ हुने नै भयो । त्यसैले हो, चिनियाँले स्थायी सरकार खोज्ने । त्यस्तो भयो भने मात्र, लगानीको सुरक्षा र दीर्घकालीन सम्बन्ध रहन्छ भन्ने मान्यतामा उनीहरू विश्वास राख्छन् । चिनियाँले के कुरा बिर्सदैनन् भने, पहिला ब्रिटेनले उनीहरूलाई अफिमको नशामा लठ्याएर हङकङ र मकाउजस्ता आकर्षक सहर सय वर्षका लागि लियो । अफिम व्यापारमा घाटा लाग्यो भनेर बेलायतले लडाकु जहाज पठाई चीनमा आक्रमण गरायो । विगतको गल्तीबाट पाठ सिक्दै चिनियाँ जाग्न थाले । पराइबाट विगतमा आफैँ पीडित भएकाले किन अरूको देशमा सेना पठाउँछन् ? अफ्रिकामा पनि चीनको ठूलो लगानी थियो । त्यहाँको समस्या के हो भने, थालेको काम छिटो नसकिने । अर्को हो, भाषाको समस्या । अफ्रिकी कामदार रहेछन्, आज ज्याला लिने, भोलिदेखि काममा नजाने । त्यसमाथि गर्मी भूभागमा चिनियाँलाई टिक्न गाह्रो । तर, त्यस्तोमा छिनछिनको लामखुट्टे टोकाइ पनि नभनी चिनियाँ कामदारले काम गरे । अफ्रिकी भन्थे, ‘यिनीहरू कि भूत हुन्, कि सेना, कि कैदी हुन् !’ यसबाट नेपालकै मेलम्ची, त्रिशूली, रिङरोडको काममा ढिलासुस्ती भएका कुरामा पाठ सिक्न सकिन्छ । जहाँ–जहाँ चिनियाँ परियोजना बिग्रन्छन्, त्यहाँ–त्यहाँ स्थानीय बासिन्दासँग समस्या हुने गरेको छ, अफ्रिकामा जस्तै । भारतको बिहारबाट चिनियाँ कम्पनीको म्यानेजरले आफ्नो दूतावासमा गएर भने, ‘ठेकेदार त चिनियाँ पायौँ । तर, कामदार पनि उतैबाट ल्याउन पाए हुने !’ समस्या के रहेछ भने, बिहारी कामदार दिनभरि काम गर्ने, काम सकिएर घर जाने बेलामा बेल्चा पायो बेल्चै लिएर हिँड्ने, कोदालो पायो, कोदालै उठाइदिने ! तारदेखि गिट्टी, बालुवा पनि बाँकी नराखेपछि चिनियाँ कम्पनी हैरान भए । अर्काको देशमा विकासका लागि लगानी गर्न जाने, तर व्यवहार नमिलेर भाग्ने ! नेपालसँग चीनको सम्बन्धको अर्को आयाम पनि छ, वनस्पति क्षेत्रमा । सन् १९२० मा चीनबाट बिरुवा लगेर इलाममा चिया उत्पादन सुरु भएको हो । यसरी चीनले निर्धक्कसँग आफ्नोसँगै छिमेकीको विकास र समृद्धिका कथा पनि कोर्ने कुराको एउटा राज हो– कुनै पनि देशको तीव्र आर्थिक विकासका लागि केन्द्रमा बलियो र स्थायी सरकार चाहिन्छ । त्यस्तो सरकार चीनसँग छ । त्यहाँ आत्महत्या, पारपाचुके र रोजगारी समस्या युरोप–अमेरिकाभन्दा ज्यादै कम छ । यो वर्ष त्यहाँका ९० करोड जनता आफ्ना २५ लाख नेता छान्न मतदानमा सहभागी हुँदै छन् । अन्तर्राष्ट्रिय कूटनीतिको राम्रो अनुभव हासिल गरेका शान्ति र विकासका निम्ति चिनियाँ प्रतिष्ठानका उपमहासचिव चिफिङ भन्छन्, ‘सबै देशमा प्रजातन्त्रको नाममा एउटै विधिले काम गर्छ भन्ने मान्यता गलत हो । त्यसरी गरिने चुनावले खराब मानिसलाई पनि नेतृत्वमा पु¥याउन सक्छ । खराब नियत भएका मान्छेसँग स्रोत परिचालन गर्ने ध्याउन्न हुन्छ । तिनले टिकट र भोट दुवै किन्छन् ।’ माओको जन्मथलो हुनानमा दुई वर्षअघि विधायकको चुनाव हुँदा भोट किनबेच भयो । अर्थात्, खराब नियतको मान्छेको कामगराइ पनि खराब भयो । त्यसरी निर्वाचित जनप्रतिनिधि बर्खास्तीमा परे । हाम्रो देशमा ठूला दलले आफ्नो पार्टी सदस्य दाबी गर्दा देशको कुल जनसंख्याको ५० प्रतिशत जनता एउटै पार्टीको सदस्य देखिएजस्तो, अर्थात् चार÷पाँच वटा ठूला पार्टीका सदस्य संख्याको हिसाब गर्दा देशको जनसंख्याभन्दा दोब्बर पार्टी सदस्य हुने आँकडामा हामी अभ्यस्त छौँ । तर, ‘कम्युनिस्ट एकाधिकार’ का नाममा आलोचना खेपिरहने चीनले जनतालाई जबरजस्त कम्युनिस्ट बनाइरहेको छैन । कसरी भने, अहिले चीनको कुल जनसंख्या एक अर्ब ३० करोड छ । तर, कम्युनिस्ट पार्टीको सदस्यचाहिँ ८ करोड मात्र । एउटा मान्छे तलैबाट खारिएर नआएसम्म कम्युनिस्ट बन्नै सक्दैन भन्ने मान्यता छ । त्यसरी खारिएका मध्येबाट छानिएको मान्छे नेतृत्वमा ल्याउनुपर्छ भन्ने नीति छ । राज्य चलाउने कुरा खेलाँचीको विषय होइन भन्ने मान्यता त्यहाँको राजनीतिक नेतृत्वले राख्छ । हामीकहाँ जस्तो ‘गरिदिएर’ पुग्ने राजनीति त्यहाँ चल्दैन । राजनीतिमा लाग्ने मान्छे क्षमता र लगानशीलताबाट प्रमाणित भएकै हुनुपर्छ । यस्तै क्षमता र लगनको नेतृत्व भएर होला, अहिले चीनले ‘वन बेल्ट, वन रोड’ को नीति अगाडि सारेको छ । यो महत्वाकांक्षी योजनाले विश्वका ६३ प्रतिशत जनतालाई प्रभावित पार्छ । अर्थात्, चार अर्ब ४० करोड मान्छे प्रभावित हुन्छन् । २ दशमलव १३ बिलियन अमेरिकी डलरको लगानी र विश्व पुँजी बजारको २९ प्रतिशत भूमि प्रभावित हुन्छ, ‘वन बेल्ट, वन रोडबाट’ । उनीहरू प्रतिस्पर्धामा आधारित सहयोगका पक्षपाति छन् । विकाससँग भाषा र लिपिको गहिरो सम्बन्ध रहँदोरहेछ । हामी भाषा, संस्कृतिमा जातिअनुसार व्यवस्था गर्न र त्यसका लागि मर्न र मार्नसम्म पछि नहट्ने स्थितिमा छौँ । तर, चीनको कथा फरक हो । मण्डारियन, सांघाई र ग्वाङझाउमा बोलिने भाषा, मकाउ र हङकङमा बोलिने चिनियाँ भाषामा फरक–फरक उच्चारण सुनिन्छ । त्यहाँका मिङ शासक र माओ त्सेतुङले लिपि एउटै बनाइदिए । फलतः जुन पत्रिका जहाँकाले पनि पढ्नसक्ने भए । चीन एकताको सूत्रमा बाँधिनु र विकासको यो स्तरमा पुग्नुमा लिपिको ठूलो महत्व छ । मानव सभ्यताको मुहान इजिप्ट–रोमन भनिन्छ । ती सभ्यता कहाँबाट कहाँ पुगे ? र, आज चीन कहाँ छ ? कारण हो, लिपि । त्यसमाथि अनुशासन, पुस्ता हस्तान्तरण विकासको कारकका रूपमा रहेको छ । हाम्रोमा जस्तो जातीय र धार्मिक समस्या त्यहाँ हुँदै नभएका हैनन् । चीनमा बुद्धधर्मावलम्बी, ताओ धर्मावलम्बी, क्रिस्चियन र मुस्लिमको बसोबास छ । करिव २० करोड जनता बुद्ध धर्म मान्छन् । बेइजिङ र उत्तरपश्चिमी भागमा मस्जिदको सहरै छन् । त्यहाँका ४० करोड जनता मुस्लिम धर्म मान्छन् । विश्वको नवौँ मुस्लिम बहुल देश हो, चीन । सोभियत संघले सबैसँग टालटुले सम्बन्ध राख्दा सन् १९९१ मा मुलुकै विघटनको दुर्गति भोग्यो । चीनले सामाजिक बनोट, अर्थतन्त्र र राजनीतिमा मौलिकता हुनुपर्छ भन्ने मान्यता अवलम्बन गर्दा अहिलेसम्म जात र धर्मका नाममा कुनै वितण्डा मच्चिएको छैन । अर्कातिर, नियम कडा भयो भने कसैको केही लाग्दैन । जस्तो कि, थर्मल प्लान्ट, सिमेन्ट र स्टिल उद्योगले कार्बन उत्सर्जन गर्छ । चीनमा ५० लाख कार एक दिनमा दौडन्छन् । आठ वटा रिङरोड बनिसक्यो । कतिपय धुवाँ फाल्ने उद्योग बन्द भइसके । कस्तो मान्यता छ भने, विकासभन्दा पैसा ठूलो होइन । चिनियाँ अधिकारी भन्छन्, ‘मान्छे नै बाँच्न नसक्ने भए भने विकासले मात्रै के गर्नु ?’ चीन अहिले स्टिल, इलेक्ट्रिक सामान, कोइला, सिमेन्ट, कपडा, एयर कन्डिसन, टेलिभिजन, मोटरसाइकल, टेपरेकर्डर, वासिङ मेसिन, अन्न, कटन, मासु, समुन्द्री खानेकुरा (सि फुड), अण्डा उत्पादनको हिसाबले विश्वकै एक नम्बर राष्ट्र हो । जबकि, १९७८ सम्म त्यहाँ उद्योग धन्दा खासै थिएन । कृषिमै सबथोक निर्भर हुने गथ्र्यो । सन् २०१४ मा विश्व अर्थतन्त्रको कुल योगदानमध्ये चीनको भागमा २७.४ प्रतिशत योगदान पर्छ । अमेरिकासँग उसले रेल लैजाने काम थालिसक्यो । त्यसका लागि लाओस, थाइल्यान्ड, मलेसिया र सिंगापुरमा त कामै सुरु भइसक्यो । उसले बंगलादेश, भारतमा बैंक अफ चाइनाको शाखा खोलिसक्यो । नेपालसँग इच्छाशक्ति भए एउटा हिमाल छेडेर रेलमार्ग ल्याउनु कुनै ठूलो कुरा भएन । स्रोतः संहिता
इन्धन अभाव अझै केहीदिन
काठमाडौं ४ भदौं । गत बुधबार दिउँसोसम्म लाइन नलगी र निर्वाध रुपमा पेट्रेल पाइरहेका उपभोक्ताले विहिबार विहानै भने दुइचारवटा पेट्रोलपम्प नै धाउनुपर्यो । विहिबार हिन्दू धर्मावलम्बीको लागि जनैपूर्णिमा परेकोले सार्वजकि विदा पनि थियो । नेपाल आयल निगम अघिपछि त कुनै बहाना विना नै तेल दिँदैन त्यसमा पनि विहिबारदेखि शनिबारसम्मको तीन दिने विदाका कारण इन्धन पाउन मुस्किल नै भएको छ । बुधकार आयल निगमले पठाएको र पेट्रोल पम्पमा विक्रि गर्न बाँकी रहेको तेबिहीबारदेखि नै देखि उपभोक्ताको दोडधूप हुन थालेपछि विहान र एकाध पम्पले दिउँसै सके । विहिबार नै भएको तेल सकिएको र निगमले नपठाएको कारण उपत्यकाका प्रायः पेट्रोलपम्प शुक्रबार बन्दै रहे । कामविशेषले तेल खोजीमा भौँतारिएका उपभोक्ता पम्पैपिच्छे ‘पेट्रोल छैन’ लेखिएका सूचनाले हैरान भए । तिनकुनेस्थित न्यु रिकेश पेट्रोल पम्पका एक जना कर्मचारीले भने ‘निगमले पठाएको छैन भएको हिजै सकियो बेलुका आयो भने दिउला’ । यो पेट्रोल पम्पमा पुगको सवारी साधनकर्ता रित्तै फर्किए । पम्पले बेलुका पनि पम्पमा तेल नआएपछि अब भोली आउँछ भनेर आएका उभोक्तालाई फर्काइदिएको छ । भारतबाट पर्याप्त पेट्रोल आइरहँदा पनि उपभोक्ता रित्तै हात हुनुको प्रमुख कारण हो नेपाल आयल निगमकै व्यवसथापनले हो । पेट्रोलियम वितरणमा नेपाल आयल निगमको कमजोर व्यवस्थापनका कारण भएकै तेल पम्पमा पुग्न सकेको थिएन । निगमका कर्मचारी भने तेल अभावन नरहेको र लगातार तीन दिन विदा परेकोले कम खपत हुने भन्दै नपठाएको दाबी गरेर बसिरहेको छ । निगमको यही लापरबाहीका कारण लगातार सरकारी बिदा पर्नासाथ उपभोक्ताले तेल अभावमा सास्ती बेहोर्नुपर्छ । बिदाका दिन निगमबाट तेल नपाउँदा वितरकले उपभोक्तालाई बाँड्न सक्दैनन् । त्यसो त यस अघि पनि सार्वजनिक विदानको दिन र लगातारको दुइतीन दिनको विदा हुँदा इन्धन नपाइने समस्या ज्यूँकाज्यूँ रहेको छ । पेट्रोल पम्पले पनि भएको तेल विहानै बाड्ने भएको कारण पनि दिउँसो विदाका दिन तेल नपाइएको हो । नेपाल आयल निगमले भने तेल आइरकेको र कुनै समस्या नभएको प्रतिक्रिया दिएको छ । त्रिपुरेश्वरस्थित पम्पमा शुक्रबार दिउँसो तेल भर्न आएका प्रमोद लामा पम्प बन्द देखेपछि फर्कन बाध्य भए । शनिबार बनेपा जानैपर्ने वाध्यतामा तेलको खोजीमा हिडेका लामा एकपछि अर्को पेट्रोल पम्प चहार्दै हिड्दा बाइकमा भएको आधा लिटर तेल पनि सकिसक्यो तर पेट्रोल पाइएन भनेर गुनासो गर्दैथिए । निगमले दैनिक उपभोग्य वस्तुअन्तर्गत पर्ने पेट्रोल बिदाका दिन पनि उपभोक्तालाई अत्यावश्यक पर्ने यथार्थ बेवास्ता गर्दा पेट्रोलियम पदार्थ भण्डारण र वितरण चुस्त छैन । सामान्य अवस्थामा उपत्यकामा दैनिक करिब ३ लाख लिटर पेट्रोल खपत हुन्छ । माग अझ चुलिँदो छ । बिदाका दिन निगमले पेट्रोल नदिएकाले बिहीबार जसोतसो पुर्याए पनि गाईजात्राका दिन शुक्रबार पम्प गर्नुपरेको वितरकको गुनासो छ । शनिबार पनि पम्प बन्दै हुने भएकोले उपभोक्ता अब पेट्रोल सहज पाउन आइतबार नै कुर्नुपर्ने भएको छ । निगमले बिदामा तेल दिने दिए अभाव नहुने पम्प सञ्चालक बताउँछन् । निगमले नै नदिएकाले अभाव भएको पनि पम्प संचालकको बुझाई छ । निगमले यो अवस्था निम्तिन नदिन भण्डारण क्षमता बढाउने भनेको पनि भाषमा नै सिमित भएको छ । करोडौं बोनस बाँड्न चलखेल गर्ने निगमसँग बिदाका दिन पनि कर्मचारी खटाएर डिजेल, पेट्रोल वितरण गर्न सक्ने स्रोतसाधन नभएको होइन । तर, जिम्मेवारीबोध नगर्ने प्रवृत्तिका कारण आफूहरू सधैं मारमा पर्ने गरेको उपभोक्ताको गुनासो छ । निगमका अनुसार तेल आइरको र भण्डारणा पनि समसया नभएकोले विदाको दिन वितरण कम भएको मात्रै हो । आइतबारबाट विदा खुलेपछि पेट्रोल डिजल सहजै पाइने दाबी गरेको छ ।
पञ्चकन्या ग्र्पद्धारा विरुवा गोडमेल, काँटछाँट, मलजल तथा सरसफाई कार्यक्रम सम्पन्न
काठमाडौं, ५ साउन । पञ्चकन्या ग्रपले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार ललितपुरको जावलाखेल, कोपुण्डोल तथा काठमाडौंको सिंहदरबार, त्रिपुरेश्वर र भृकुटी मण्डपको मूल सडकका पेटीमा रोपिएका बिरुवाहरु गोडमेल, काँटछाँट, मलजल तथा सो स्थान वरपर सरसफाई गरेको छ । बढ्दो वातावरण विनाशलाई थोरै मात्रामा भएपनि कम गर्न घना क्षेत्रमा गरिएका यस्ता वृक्षारोपणले थप सघाउ पुग्ने विश्वास पञ्चकन्या ग्रुपले लिएको छ । विगतमा ललितपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाको सहकार्यमा उक्त स्थानहरुमा विरुवा रोपी ग्रुपको तर्फबाट ट्र–गार्ड राखी संरक्षण तथा हेरचाह हुँदै आएको छ । उक्त कार्यक्रम मा ग्रुपका सबै तहका कर्मचारीहरु गरी ८० जनाको सहभागिता रहेको ग्रुपले जनाएको छ ।
चीनले तीन हजार छ सय वेबसाइट बन्द गर्यो, अस्लिलता फैलाएको अारोप
बेइजिङ ५ भदौ । चीन सरकारले गलत आचरण फैलाएको आरोपमा सन् २०१६ मा करिब तीन हजार ६ सय १२ वेबसाइटलाई बन्द गराएको छ । यीमध्ये ८ सय ११ वेबसाइटले अश्लिल गतिविधिलाई फैलाउने काम गरेको चीनले बताएको छ । बितेका छ महिनामा यौन उत्तेजना गराउने करिब पाँच लाख २९ हजार र अहितकर सूचना फैलाउन आठ लाख ६९ हजार फोटो भिडियोलगायतका दृश्यलाई हटाइएको पनि चीनको अश्लिल तथा गैरकानुनी प्रकाशनको विरुद्धमा काम गर्ने राष्ट्रिय कार्यालयले बिहीबार एक वक्तव्य जारी गर्दै बताएको छ । उक्त कार्यालयले चलाएको अभियानअन्तर्गत प्रत्यक्ष प्रसारण एवम् गलत आचरण अभ्यासमा संलग्न व्यक्तिहरुले वेब सेवा प्रदान गरेबापत पैसा लिने गरी र कतिपय सन्दर्भमा खुलारुपमा नै यस्ता गतिविधि सञ्चालन गरेको पाइएको चिनियाँ प्रशासनले जनाएको छ । ‘विच्याट’ लगायतका सामाजिक सञ्जालमार्फत पनि अश्लिल सन्दर्भहरु राखी पठाउने गरेका करिब ३० वटा विषयलाई अधिकारीले खुला वर्णन गर्दै यस्ता गतिविधि सञ्चालन गर्ने प्रायः नाबाल रहेको जनाइएको छ । एजेन्सी
कुखुरा बिक्रीबाट झापालीको आम्दानी ३४ करोड रुपैयाँ
भद्रपुर, ४ भदौ । झापामा ब्रोइलर कुखुराको मासु बिक्रीबाट वार्षिक करिब रु ३३ करोड ९६ लाख आम्दानी भइरहेको छ । राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रीय तथ्याङ्क विभागद्वारा आव २०७१/७२ मा गरिएको व्यावसायिक कुखुरापालन सर्वेक्षणको नतिजामा सो कुरा उल्लेख छ । मङ्गलबार यहाँ सार्वजनिक गरिएको सर्वेक्षणबाट अन्डा बिक्रीबाट करिब रु पाँच करोड ८६ लाख र कुखुराबाट उत्पन्न हुने मल बिक्रीबाट रु ६२ लाख ३४ हजार आम्दानी हुने गरेको तथ्याङ्क विभागका निर्देशक बद्री कार्कीले जानकारी दिए । पहिलो पटक नेपालमा गरिएको सो सर्वेक्षणमा झापामा कुखुरापालन व्यवसाय सङ्ख्या ५६२ रहेको जनाइएको छ, जसमा ब्रोइलर व्यवसायको सङ्ख्या ५४० मा नौ लाख ३३ हजार ब्रोइलरको सङ्ख्या रहेको र लेयर्स व्यवसायको सङ्ख्या २२ मा लेयर्स कुखुरा ३० हजार सङ्ख्यामा छन् । सर्वेक्षणले झापामा कुखुराको मासु दुई हजार ७३ मेट्रिक टन र अन्डा ६९ लाख ६९ हजार उत्पादन भइरहेको देखाएको छ । पाँच सय कुखुराभन्दा बढीका व्यवसाय मात्र सर्वेक्षणमा राखिएको जनाइएको छ । सञ्चालकसहित कामदार सङ्ख्या एक हजार १४ र अस्थायी कामदार व्यक्ति दिन सङ्ख्या नौ हजार १०० रहेको सर्वेक्षण नतिजामा उल्लेख छ । ऋण लिएर व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या ४८ र ऋणको आवश्यकता महसुस गर्ने व्यवसायको सङ्ख्या ७६ छ । नाफामा सञ्चालित व्यवसायको सङ्ख्या ९३ देखिएको बताइएको छ । सर्वेक्षणमा व्यवसायीले सहुलियतपूर्ण ऋणको व्यवस्था, कुखुरा र अन्डा बिक्रीका लागि उचित बजारको व्यवस्था, स्थानीयस्तरमा प्राविधिक सेवाको सहज पहुँच तथा निःशुल्क सेवा, चल्ला एवम् दानाको गुणस्तरको सरकारद्वारा कडाइका साथ अनुगमन, सरकारले कुखुरा र अण्डाको मूल्य निर्धारण गर्नुपर्ने जस्ता माग सरकारसँग राखिएको सर्वेक्षणमा उल्लेख छ ।
चार वर्षपछि नेपाल वायु सेवा निगमको पुनः दुबई उड्यो राष्ट्रिय ध्वजाबाहक
जहाज अभावको कारण देखाउँदै चारवर्ष अगाडि बन्द भएको नेपाल वायुसेवा निगमको दुबई उडान बिहीबार रातिदेखि पुनः प्रारम्भ भएको छ। निगमको नयाँ एयरबस ‘ए ३२०’ विमान मार्फत गरिएको पहिलो उडानमा सबै १५८ सिट भरिएका र दुबईबाट काठमाडौं आज विहान आएको जहाजमा १३७ यात्रु रहेको निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए। विमानको कमीका कारण दुवई उडान २८ अगष्ट २०१२ देखि बन्द भएको थियो। सन् २०१५ मा दुईवटा नयाँ एयरबस खरिद गरेपछि निगमले अन्तराष्ट्रिय गन्तव्यहरु थप गर्दै आएको छ। यसअघि हङकङ, क्वालालम्पुर, बैंकक, नयाँदिल्ली, बैंगलोर, मुम्वई र दोहामा उडान गर्दै आएको निगमको दुबई उडान प्रारम्भ भएसँगै आठवटा गन्तव्य भएका छन्। अन्तर्राष्ट्रिय उडानको लागि निगमसँग चारवटा विमान रहेका छन् जसमा एउटा बोइङ बिक्रि गर्ने निष्कर्षमा पगेको निगमसँग तीनवटा विमानमात्र चालु रहेका छन् । यी विमानबाट अधिकतम नौ वटा गन्तव्यमामात्र उडान भर्न सकिने निगमले जनाएको छ। काठमाडौंबाट आइतवार, मंगलबार, बिहीबार र दुबईबाट सोमबार, बुधबार र शुक्रवार उडान हुने निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए। काठमाडौंबाट राती ११ः३० बजे दुवईका लागि उड्ने निगमको जहाज भोलिपल्ट बिहान १०ः३० बजे काठमाडौंमा अवतरण गर्ने सेड्युल रहेको शार्माले जानकारी दिए। उडान अवधि काठमाडौंबाट दुबई ४ घण्टा ४० मिनेट र दुबई काठमाडौं ४ घण्टा १५ मिनेटको रहेको छ। काठमाडौं दुबई काठमाडौं सिधा उडानबाट वैदेशिक रोजगारीमा जाने नेपाली र तेस्रो मुलुकबाट आउने पर्यटकहरुलाई सहज सेवा उपलब्ध भै देशको पर्यटन उद्योगमा टेवा पुग्ने विश्वास निगमले लिएको छ। काठमाडौं दुबई काठमाडौं सिधा उडानबाट एकवर्षमा ४०,५२८ यात्रुलाई सेवा दिई करिव एक अर्व आम्दानी गर्ने लक्ष्य राखेको छ । काठमाडौं देखि दुबईसम्मको भाडादर एकतर्फी न्यूनतम २२ हजार रुपैयाँ रहेको छ। त्यस्तै दुबईबाट काठमाडौं आउनको लागि भने एकतर्फी भाडा ५ सय ६५ दिराम र दुइतर्फीको लागि ११ सय ३० दिराम निर्धारण गरिएको छ। यो भाडा सुरुआतमा प्रबर्द्धनात्मक भएको र पछि नियमित भाडादर कायम गरिने शर्माले जानकारी दिए। शर्माले दिएको जानकारी अनुसार त्यस्तै निगमले दुबईबाट आउँदा ३५ किलो र काठमाडौंबाट दबई जाँदा २० किलो निशुल्क लगेज सुविधा उपलब्ध गरएको छ।
बङ्गलादेशबाट आयातित उसिना चामल उपभोक्ताले रुचाएनन्
काठमाडौं, ३ भदौ । बङ्गलादेशबाट राहतका लागि आएको ‘उसिना मोटा चामल’ उपभोक्ताले खान नरुचाउँदा बिक्री नभएको पाइएको छ । नेपाल खाद्य संस्थानले उपभोक्तालाई बिक्री गर्न खोज्दा उक्त चामल खान नरुचाएका कारण बिक्री नभएको पाइएको हो । गुणस्तरीय, सफा भए पनि चामल मोटो र उसिनेको कारणले उपभोक्ताले नरुचाउँदा बिक्री नभएको संस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले जानकारी गराए । उनले यहाँका मानिसमा मसिनो चामल खाने बानी परेकाले पनि मोटो चामल किन्न नरुचाएको हुनसक्ने बताए । सूचना अधिकारी कार्कीले संस्थानले सिन्धुपाल्चोकको जुरे पहिरोमा चीन सरकारले पठाएको एक हजार २८८ क्विन्टल चामल बिक्री भए तापनि सँगै बिक्री गर्न थालेको बङ्गलादेशको उक्त उसिना चामल भने बिक्री नभएको बताए । संस्थानले चिनियाँ चामलको मूल्य प्रतिकिलो ४० र उसिना चामलको मूल्य रु ४१ तोकेको छ । “चीनबाट पठाएको चामल मसिनो टाइचिन खालको थियो र त्यो चाँडै विक्री भयो” सूचना अधिकारी कार्कीले भने – “तर बङ्गलादेशको चामल मोटा भएकाले उपभोक्ताले रुचाएनन् ।” उनले जेठदेखि बिक्री वितरण गर्न थालेको उसिना मोटा चामल अहिलेसम्म ५०० क्विन्टल मात्र बिक्री भएको जानकारी पनि गराए । भूकम्पपीडितको राहतका लागि बङ्गलादेशले पठाएको १० मेट्रिक टनमध्ये २१ हजार ८०५ क्विन्टल मात्र भूकम्पपीडितलाई वितरण गरिएको थियो । भूकम्प प्रभावित क्षेत्रबाट माग नभएपछि एक वर्षसम्म ७८ हजार १९५ हजार क्विन्टल काठमाडौँ, गोर्खा, सुर्खेत, नेपालगन्ज र धनगढीस्थित संस्थानकै गोदाममै थन्किएको थियो । सरकारले गत वैशाखमा मन्त्रिपरिषद्को निर्णय गर्दै गोदाममा थन्किएको चामलमध्ये ३४ हजार क्विन्टल ‘कामका लागि खाद्यान्न योजना’ ल्याएर संस्थानमार्फत कर्णालीका चार जिल्लामा ३० हजार र कालीकोटमा चार हजार क्विन्टल बेच्न निर्देशन दिएको थियो । सो परिमाणको चामल हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा बिक्रीका लागि पठाइसकेकोे बताउँदै सूचना अधिकारी कार्कीले भने– जिल्लामा पठाएको सो चामल दसैँसम्ममा बिक्री गर्ने लक्ष्य लिएको छ । “दसैँमा विभिन्न ठाउँमा बिक्री कक्ष राखेका हुन्छौँ”, उनले भने – “त्यहीबेला उक्त चामल बिक्री गर्ने योजना रहेको छ ।” रासस