एनआईसी एशिया क्यापिटलको निः शूल्क डीम्याट सेवा सञ्चालनमा
काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेड ले नयाँ ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै निः शूल्क डीम्याट सेवा संचालनमा ल्याएको छ । सो सुविधा अन्तर्गत ग्राहकहरुले एन आई सी एशिया क्यापिटलमा निः शूल्क डीम्याट खाता खोल्न सक्ने साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्णरुमा नलाग्ने व्यवस्था गरेको छ । एन आई सी एशिया बैंकको देशभरी रहेको ११५ भन्दा बढि शाखाहरु बाट निशुल्क डीम्याट खाता खोल्न तथा संचालन गर्न सकिने छ । एन आई सी एशिया क्यापिटल सूचना, प्रविधि तथा विशेषज्ञता को उचत्तम प्रयोग गर्दै, लगानीकर्ताहरुलाई पुंजी बजारमा सवल तथा सुसुचित भई लगानी गर्न प्रोत्साहन गर्दै आईरहेको छ । डीम्याट खाता संगै एन आई सी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निष्काशन तथा विक्री प्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्र दर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।
सामुदायिक विधालयमा भन्दा निजीमा भन्डै १५ प्रतिशत बढी महिला शिक्षक
काठमाडौँ । आधारभूत तहका सामुदायिक विद्यालय भन्दा संस्थागत ९निजी० विद्यालयमा पुरुषको तुलनामा करिब १५ प्रतिशत महिला शिक्षक बढी कार्यरत छन् । सरकारले शिक्षामा समता र समावेशीताका कार्यक्रमलाई प्राथमिकता दिए पनि सबै तहमा महिला शिक्षकको सङ्ख्यामा वृद्धि हुनसकेको छैन । कक्षा १ देखि ८ सम्मलाई आधारभूत तह मानिन्छ । अर्थ मन्त्रालयबाट प्रकाशित आर्थिक सर्वेक्षण ९२०७३÷७४० का अनुसार आधारभूत तहका सामुदायिक विद्यालयमा ३२ दशमलव ८ प्रतिशत मात्र महिला शिक्षक रहेकोमा संस्थागत विद्यालयमा भने ४५ दशमलव १ प्रतिशत महिला शिक्षक छन् । हाल मुलुकमा ३५ हजार २२२ विद्यालय छन् । सो सर्वेक्षणका अनुसार सामुदायिकतर्फ निजी स्रोतसमेत गरी महिला शिक्षकको सङ्ख्या एक लाख १३ हजार ४११ र पुरुष शिक्षक एक लाख ९९ हजार २७६ गरी तीन लाख १२ हजार ६८७ शिक्षक छन् । निजी विद्यालयतर्फ महिला शिक्षकको सङ्ख्या ३८ हजार ९३६ र पुरुष शिक्षक ४७ हजार ३२६ गरी ८६ हजार २६२ शिक्षक कार्यरत छन् । सामुदायिक विद्यालयका शिक्षकमध्ये अधिकांश तालिम प्राप्त छन् । आधारभूत तहमा ९२ दशमलव ७ प्रतिशत शिक्षक तालिम प्राप्त छन् भने माध्यमिक तह ९९—१२० मा ८७ दशमलव ५ प्रतिशत शिक्षक तालिम प्राप्त छन् । हाल प्राथमिक तहको खुद भर्ना दर ९६ दशमलव ७ प्रतिशत र टिकाउ दर ८६ दशमलव ८ प्रतिश रहेको छ । यस्तै १५ देखि २४ वर्ष उमेर समूहको साक्षरता दर ८८ दशमलव ६ प्रतिशत रहेको छ । रासस
एलआईसी (नेपाल)को २६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको २६ दशमलब १ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । उक्त प्रस्तावलाई शुक्रबार बसेको कम्पनीको १५औं वार्षिक साधारण सभाले पारित गरेको हो । सभाले पारित गरेअनुसार कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २४ दशमलब ८० प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलब ३० प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश दिने भएको छ । गत आर्थिक वर्षमा कम्पनीले १,४६,७१३ नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत रु. २२६ करोड ५२ लाख संकलन गर्न सफल भएको छ । २०७३ आषाढ मसान्तसम्ममा यस कम्पनीमा कूल चालु बीमालेखको संख्या ६,२७,२६६ र कूल जीवन बीमा कोषमा रु. २,६४९ करोड संकलन भएको कम्पनीले जनाएको छ । साथै, चालु आ.ब. २०७३/०७४ को तेस्रो त्रैमासिक अवधिसम्ममा कूल वीमाशुल्क आर्जन रु. ५७८.९० करोड भैसकेको र कम्पनीको जीवन बीमा कोषमा रु. ३,१८९.१७ करोड रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अपांगता भएकाहरुको सेवा गर्न पाउँदा आत्मा सन्तुष्ठि मिल्छ
चोयाल रिन्पुचे काठमाडौको बौद्धमा १९८५ मा मार्च ४ मा जन्मेका हुन् । सानैदेखि सहयोग गर्ने भावना भएका उनले नेपाल, भारत, र अन्य देशहरुमा अनाथालय र अपांगहरुको क्षेत्रमा काम गर्दै आएका छन् । अपांगहरुको क्षेत्रमा कार्यरत संस्था बिआइएका चोयाल रिन्पुचेसँगको कुराकानी । बिआइए भनेको के हो ? बिआइए भनेको एक सामाजिक गैह्र सरकारी संस्था हो । यसले अपागंता भएका मानिसहरु वा हक अधिकारबाट बञ्चित भएका मानिसहरुको क्षेत्रमा काम गर्दै आएको छ । किन अपागंता भएका मानिसहरुको क्षेत्रमा काम गर्ने सोँच आयो ? हुन त नेपालमा जता पनि जसलाई पनि सहयोग चाहिएको छ । तर विशेषगरी केमा सहयोगको खाँचो छ भनेर रिसर्च गर्दा अन्य मानिस भन्दा अपागंता भएका मानिसहरुले रोजगारी नपाउने , घरपरिवारको सहयोग नपाएको थु्रपै उदारणहरु भेटेँ । अपाँगहरुले केहि गर्न सक्दैनन् भन्ने समाजको विद्यमान धारणाहरु पनि भेटेँ । विभिन्न ठाउँमा तालिमहरु लिएर दर्जनौ सर्टिफिकेट बोकेर बस्नेहरु पनि देखेँ तर उनीहरुले दिर्घकालीन रुपमा रोजगारी नपाएको समस्या देखेँ । कसैले सामानहरु बनाए पनि बजारसम्म लगेर बेच्न सक्ने स्थिति रहेनछ । त्यसैले मलाई अपाँगहरुको क्षेत्रमा सहयोग गर्न मन लाग्यो । चोग्याल रिन्पोचे- सञ्चालक, बिआइए कसरी सहयोग गरिरहनु भएको छ ? बिआइए भनेको उनीहरुको हक हितको लागि स्थापना भएको संगठन हो । जसले अपागँता भएका मानिसहरुलाई एउटै छातामुनि सिप सिकाउने र दिर्घकालिन रुपमा रोजगारी समेत दिने गर्छ । उनीहरुले बनाएको सामानहरुलाइ बजार ब्यवस्थापन गरिदिने र त्यो पैसा उनीहरुकै हक हितको लागि प्रयोग गर्ने गछौ । बजार व्यवस्थापन कसरी गरीरहनु भएको छ ? यहाँ विभिन्न किसिमका सामानहरु बनीरहेको प्रत्यक्ष देख्न सकिन्छ । थान्का, व्याग, अगरबत्ती देखि लिएर ह्याण्डिक्र्याफ्ट्टका विभिन्न आइटमहरु बनाउने सिकाउने र बनाउदै गरेको देख्न सकिन्छ । कहिले मानिसहरु संस्थामा हेर्ने आउँछन् । त्यहि क्रममा कति मानिसहरुले उनीहरुले बनाएको सामानहरु किनेर लैजान्छन् । कहिलैकाहि हामीले बजारमा अर्डर आएपछि त्यहाँ लैजाने काम पनि गर्छाै । अनि विदेशमा मैले पढाएका विद्यार्थीहरु नेपालमा घुम्न आउँदा उनीहरु पनि यहाँ हेर्न आउने र सामानहरु पनि किनेर लैजाने गर्छन । यसरी उनीहरुले बनाएको सामानहरुको बजार व्यवस्थापन गरेको छौ । यो सस्था कुन कुन जिल्लामा सञ्चालनमा छ ? अहिले काठमाडौमा केन्द्रित छ । जहाँ ११० जनाले सिपका साथै रोजगारी पाइरहनुभएको छ । तर यहाँ आएका मानिसहरु सुदरपश्चिमदेखि पुर्व सम्मका छन् । विभिन्न मानिसहरुले सम्पर्क गरेपछि हामीहरुले उनीहरुलाइ यहाँ ल्याएको हो । विकट जिल्लाका मानिसहरुलाई यस्तो सस्थामा आउन त गाह्रो होला नी ? त्यसैलाई मध्यनजर राख्दै हामी अब चाँडै नै यसलाई सबै अञ्चलमा पुर्याउने योजना बनाइरहेका छौ । जसले गर्दा अपागंता भएका मानिसहरुले आफ्नै ठाउँमा बसेर रोजगारी पाउन सकुन र खुसी साथ बाच्न सकुन । संस्था चलाउन लगानी कसरी व्यवस्थापन गरिहनुभएको छ ? मैले अहिलेसम्म कोही कसैबाट केहि रकम लिएको छैन । सहयोगी मन भएपछि जे पनि सकिँदो रहेछ । सुरुमा मैले आफ्नै घरमा संस्था चलाएँ । अहिले त धेरै जना हुनुभयो । त्यसैले छुट्टै घरको आवश्यकता पर्यो । विशेषगरी म विदेशमा टिचिङ गर्छु । टिचिङको क्रममा अमेरिका, चाइना, भुटान लगायतका देशमा गइरहन्छु । मैले टिचिङ गर्दा उनीहरु मेरो टिचिङ सिक्न टिकट किनेर आउँछन् । कसैले १० डलर , कसैले २० डलर दिन्छन् । त्यस्तै हाल अपांगहरुले बनाएका सामानहरुबाट आएको पैसाले २० प्रतिशत कभर गरीरहेको छ । के सधैभरी यसरी चलाउन सकिन्छ त ? मेरो इच्छा भनेको विस्तारै अपांगहरुलाई नै यो संस्था चलाउन लगाउने छ । भर्खर उनीहरु काम गर्दै छन् । सिक्दै छन् । विस्तारै उनीहरुले नै यसलाई सेल्फ सस्टेनेबल बनाउन भन्ने छ । मलाइ विश्वास छ भविष्यमा उनीहरुले नै यो संस्था चलाउने छन् । अपांगता भएकाहरुलाइ बस्ने पनि सुविधा छ कि ? बस्ने पनि सुविधा छ । जसको आधा शरीर चल्दैन । यहाँ कोही आफन्त छैन । त्यस्ता मानिसहरुको लागि हामीले खाने बस्ने लगायतका सुविधा पनि दिएका छौ । उनीहरुको सरसफाइ देखि लिएर सबै हेर्ने मान्छे रोखेका छौ । त्यस्तो भए त महिनामा लाखौ खर्च लाग्छ होला नी ? पक्कै लाग्छ । प्रत्येक महिनामा सबै खर्च गरेर १५ लाख हुन्छ । कहिले काहि खर्च व्यवस्थापन गर्न गाह्रो हुन्छ । तर मलाई आशा छ एकदिन मेरो मेहेनत खेर जाने छैन । मैले जसको लागि यो सब गरिरहेको छु उनीहरुले नै संस्थालाई नेपालभरी सञ्चालन गर्नेछन् ।
एभरेष्ट बैंक र वेस्ट रेमिटबिच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र वेस्ट रेमिटबिच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार वेस्ट रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम एभरेष्ट बैंक मार्फत भुक्तानी गर्न सकिने छ । हाल बैंकले आफ्नै अनलाइन रेमिट्यान्स सेवा एभरेष्ट रेमिटमार्फत सेवा प्रदान गरिरहेको छ । यो सुविधा यू.ए.ई, कतार, बहराइन, ओमन, मलेसिया, बेलायत, अमेरिका, जापान र कोरियामा कार्यरत नेपालीहरुका लागि उपलब्ध गराएको थियो जुन आगामी दिनहरुमा अन्य देशहरुमा पनि बिस्तार गर्ने बैंकले जनाएको छ । इन्वार्ड रेमिट्यान्स तथा वैदेशिक व्यापार सहज बनाउनलाई बैंकले विभिन्न देशहरुका बैंक/एजेन्सीहरुसँग सहकार्य गर्दै आएको छ । त्यसैगरि, बैंकले इजी रेमिट, एक्सप्रेस मनि ट्रान्सफर, मनिग्राम, वेस्टर्न यूनियन मनि ट्रान्सफर, तथा क्यास एक्सप्रेससँग तत्काल रकम भुक्तानीका लागि यस अघि नै सम्झौता गरीसकेको छ जसले बैंकलाई विश्वभरबाट आउने रेमिट्यान्स रकम भित्र्याउन सहज भएको छ । साथै, बैंकले आफ्नो पन्जाब नेशनल बैंकको ‘इन्मेरिट’ मार्फत भारतबाट पनि रेमिट्यान्स भित्र्याउँदै आएको छ । यस सुविधामा ग्राहकहरुले पन्जाब नेशनल बैंकका शाखाहरु, पन्जाब नेशनल बैंकको मोबाइल वा इन्टरनेट बैंकिंग सुविधा तथा व्यवसायीक प्रतिनिधिहरु मार्फत एभरेष्ट बैंकमा सिधै रकम पठाउन सक्ने कम्पनीले जनाएको छ । बैंकले हाल आफ्ना ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८८ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, एभरेष्ट बैंक भारतमा आफ्नै प्रतिनिधि कार्यालय भएको पहिलो नेपाली बैंक हो ।
गुँरास लाइफको वार्षिक साधारणसभा असार ९ गते हुँदै, जेठ २९ गतेदेखि बुक क्लोज
काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा असार ९ गते हुने भएको छ । सो प्रयोजनको लागि जेठ २९ गतेदेखि असार ९ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।
नेपाल एम्बुलेन्स सर्भिसको आकस्मिक एम्बुलेन्स सेवा चितवन र पोखरामा शुरु
काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिस (एनएएस)ले दक्ष स्वास्थ्यकर्मीहरु सहितको एम्बुलेन्स सेवा थप २ स्थानहरुमा बिस्तार गरेको छ । सर्भिसले चितवन र पोखरामा आकस्मिक एम्बुलेन्स सेवा संचालन शुरु गरेको छ । अहिलेसम्म संस्थाले काठमाडौं उपत्यकाभरी सेवा प्रदान गरि रहेकोमा नयाँ स्थानहरुमा थप सेवा बिस्तार गरेको हो । संस्थाको नयाँ सेवा बिस्तार पछि ३ स्थानामा सेवा संचालन हुनेछ । हाल संस्थाले ११ वटा एम्बुलेन्स मार्फत उक्त स्थानहरुमा सेवा प्रदान गर्दै छ । सो स्थानहरुमा संस्थाले २४ सै घण्टा आकस्मिक एम्बुलेन्स सेवा प्रदान गर्नेछ । सेवा लिनका लागि सेवाग्राहीले आकस्मिक एम्बुलेन्स सेवाको १०२ नम्बरमा फोन गर्नु पर्नेछ । सरकारले तोकेको न्यूनतम शुल्कमा संस्थाले आकस्मिक एम्बुलेन्स सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले असार १ गते देखि रुपन्देहीको बुटवल र भैरहवामा पनि आकस्मिक एम्बुलेन्स सेवा संचालन गर्ने तयारी गरिरहेको छ । महा विनाशकारी भूकम्पको समयमा एनएएसले आकस्मिक एम्बुलेन्स सेवा मार्फत ७ दिनमा ६७८ जनाको जीवन उद्धार गर्न सफल भएका थियो । भविष्यमा संस्थाले देशभरी नै सेवा संचालन गर्ने लक्ष्य लिएको छ । स्ट्याण्डफोर्ड मेडिकल यूनिटले एनएएसलाई प्राविधिक सहयोगीको रुपमा सहयोग गर्दै आइरहेको छ र ईएमटिज (आकस्मिक मेडिकल प्राविधिकहरु) लाई अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गरि रहेको छ ।
यूनाइटेड मोदीको सेयर रजिष्ट्रारमा सिबिआईएल क्यापिटल नियुक्त
काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रारमा सिबिआईएल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब यस कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु सिबिआईएल क्यापिटलबाट हुने कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको डिल्लीबजारमा रहेको सिबिआईएल क्यापिटललाई सेयर रजिष्टारमा नियुक्त गरेको हो ।