विकासन्युज

भारतमा एकल कर प्रणाली जीएसटी लागु, यी हुन फाइदा र बेफाइदा

काठमाडौं । जीएसटी अर्थात गुड्स एण्ड सर्भिस ट्याक्सको अर्थ वस्तु तथा सेवा कर हुन्छ । भारतले जुलाई १ तारिख देखि देशभर एकल कर प्रणाली अर्थात जिएसटी सिस्टम कार्यान्वयन गरेको छ । भारत स्वतन्त्र भएपछि पहिलो भएको कर प्रणालीमा आमुल परिवर्तन भएको प्रचार मोदी सरकारले गरेको छ । तर विपक्षी काँग्रेस आईले जिएसटी कर प्रणालीको बिरोधमा र्याली तथा सभाहरुको आयोजना गरिरहेको छ । अब भारतका १३२ करोड नागरिकले वस्तु र सेवामा एउटा कर मात्रै तिर्नेछन् । अहिलेसम्म एउटै सेवा वा वस्तुमा भारतको केन्द्र सरकार र राज्य सरकारले २० भन्दा बढि शिर्षकमा कर असुलिरहेका थिए । अब भारतमा सेवा कर, केन्द्रिय बिक्रि कर, राज्य बिक्रि कर र भ्याट खारेज भएका छन् । अहिले भारतीय नागरिकहरुले कुनै पनि वस्तु वा सेवामा ३० देखि ३५ प्रतिशतको कर बिभिन्न शिर्षकमा तिरिरहेका छन र त्यो दर कुनै कुनैमा त झन ५० प्रतिशतसम्म पुग्ने गरेको छ । तर अब भारतीय नागरिकले १८ प्रतिशत कर तिरे पुग्नेछ । जिएसटीले म्यानुफ्याक्चरिङ क्षेत्रको लागत र समय दुबै बचत हुने दावी गरिएको छ । त्यति मात्रै होइन, बिशेषज्ञहरुले जिएसटी लागु भएपछि जीडीपी समेत १ देखि २ प्रतिशतले स्वतः बढ्ने दावी पनि गरेका छन् । फाइदाहरु १) जिएसटी लागु भएपछि भारतमा घर र कार खरिद सस्तो भएको छ । साना कार तथा एसयुभीमा लाग्दै आएको ३० देखि ४४ प्रतिशतसम्मको कर घटेर अब १८ प्रतिशतमा सिमित भएको छ । अब भारतमा साना कारहरु ४५ हजार भन्दा सस्तो हुनेछ । २) घर खरिदमा पहिलो सेवा कर र भ्याट दुबै असुलिन्थ्यो तर अब जीएसटीले एउटा मात्रै कर तिरे हुने बनाईदिएको छ । ३) रेष्टुरेन्टको खाना पनि अब सस्तो हुनेछ । हाल भारतका बिभिन्न राज्य सरकारहरुले फरक फरक दरका भ्याट र सेवा शुल्क असुल्दै आएका थिए तर अब एउटा कर मात्रै लगाउन पाउनेछन् । ४) एयरकण्डिसनर, माइक्रो वेभ र बासिङ मेसिन लगायतका घरेलु उपकरणमा लाग्दै आएको १२.५ प्रतिशत अन्तशुल्क र १४.५ प्रतिशत भ्याट हटेर १८ प्रतिशत जिएसटी मात्रै लाग्ने भएको छ । ५) ढुवानी भाडा पनि २० प्रतिशतसम्म घट्ने छ जसले भारतको मुल्य वृद्धिलाई नियन्त्रण गर्नेछ । ६) उद्योगहरुले तिर्दै आएको १८ प्रकारका कर घटेर एउटामा सिमित भएको छ जसले समय र पैसा दुबै बचत हुनेछ । बेफाइदाहरु १) जिएसटीले केहि बर्षसम्म भने महंगी बढाउने आशंका पनि गरिएको छ । २) प्याकेटमा भरिने उत्पादनमा अधिकांश राज्यले ४ देखि ६ प्रतिशतसम्म कर लगाउने गरेका थिए तर अब त्यो १८ प्रतिशत पुगेको छ । ३) गहनामा ३ प्रतिशत शुल्क र तयारी पोशाकमा ४ देखि ५ प्रतिशत स्टेट भ्याट लाग्दै आएको थियो तर अब १८ प्रतिशत जिएसटी लागु भएपछि गहना र कपडाको मुल्य वृद्धि हुनेछ । ४) यस अघि छुट गरिएको मूल्यमा कर लाग्दै आएको थियो तर अब एमआरपीमै कर लागु हुनेछ । ५) अब सबै प्रकारका सेवा महंगो हुनेछन् । हालसम्म मोबाइल फोन र क्रेडिट कार्ड सेवामा १५ प्रतिशत मात्रै कर थियो तर अब यो बढेर १८ प्रतिशत पुगेको छ ।

इन्टरनेट प्रयोगमा आएको २५ वर्ष पूरा हुँदै, नेपालमा प्रथम इन्टरनेट एक्सपो आयोजना गरिने

काठमाडौं । आजको यस विश्वव्यापीकरण युग तथा साँघुरिदो संंसारमा इन्टरनेट प्रविधिको महत्वपूर्ण भूमिका रहेको छ । इन्टरनेट जीवनको अंग भई सकेको छ । विश्वमा इन्टरनेटको बढ्दो प्रयोगस“गै कुनै पनि जानकारीहरू क्षण भरमा नै संसारभर फैलिन्छ । सन् १९८० मा पहिलो पटक सर टिम बर्नरस लिले हाइपर टेक्सट ट्रान्सफर प्रोटोकल (एचटीटीपी) को अवधारणा अघि बढाएका थिए । उनले सन् १९९० मा एचटीएमएल, युआरएल, वेभ ब्राउजर, सर्भर र पहिलो वेब पेज बनाए । तर यो वेब पेज सीमित व्यक्तिको मात्र पहु“चमा थियो । तर पछि उनले सन् १९९१ अगस्ट २३ देखि वल्र्ड वाइड वेब (डब्लूडब्लूडब्लू) मा आम सर्वसाधारणमा पहु“च पु¥याए । इन्टरनेट र बल्र्ड वाइड वेब फरक भएता पनि अचेल तिनलाई संयुक्त रुपमै बुझिन्छ । तर हाम्रो जस्तो अल्पविकसित मुलकमा इन्टरनेट भनेको सामाजिक सञ्जाल मात्र हो भन्ने भ्रमबाट माथि उठेर देशको प्रगतिमा यसबाट हुने योगदान महत्वपूर्ण हुने बुझाउन जरुरी देखिन्छ । इन्टरनेटको दुरुपयोगको बारेमा पनि बेलाबेलामा सुुनिने पनि गरिन्छ । इन्टरनेटको प्रयोग र उपलव्धीले राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक लगायत क्षेत्रहरुमा परेको प्रभावले विश्वले निकै फड्को मारेकोे छ । विश्वमा बढ्दो विकासक्रमस“गै इन्टरनेट एक वरदान नै सावित भएको छ । हाल विश्वमा सूचना प्रविधिको दु्रत गतिले विकासस“गै सबै क्षेत्रलाई एकै थलोमा ल्याउन सफल भएको छ । इन्टरनेटको विस्तारले विश्वको अर्थतन्त्रमा फड्को मारेको छ र त्यसमा पनि सामाजिक सञ्जालहरूको बढदो प्रयोगले भातृत्वको विस्तारमा पनि थप मद्दत पु¥याएको छ । विश्वमा इन्टरनेटको सुरूवातको २५ वर्षको विशेष अवसरमा नेपाल डाटा एण्ड रिसर्च सेन्टर प्रा.लि. को आयोजनामा प्रथम इन्टरनेट एक्सपो–२०१७ को आउ“दो २०७४ साल मंसिर ९ देखि १३ गतेसम्म आयोजना गर्ने भएको छ । यस एक्सपोले इन्टरनेट प्रविधिस“ग सम्बन्धित संघ–संस्था तथा व्यवसायीहरूबीच आपसी समन्वय, नया“ उपायहरूको खोजि, अन्र्तक्रिया, सूचनाको आदान प्रदान, उत्पादनको प्रवद्र्धन, बजार व्यवस्थापन आदि कार्यहरू एकै छाना मुनि बसेर गर्ने सुनौला अवसर प्राप्त हुने आयोजकले जनाएको छ ।    

अन्तर्राष्ट्रिय उडान गर्ने निगमको दुईटै बोइङ थन्कियो, आन्तरिक उडानमा पाइलट अभाव

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आज धुमधामसँग आर्मी अफिसर क्लवमा ५९ औं वार्षिकोत्सव मनाउँदै छ । तर, जहाज पर्याप्त भएर हैन, जहाज विहिन हुँदै गएकाे कम्पनीका रुपमा । निगमले २८ वर्षदेखि उडान गरिरहेको बोइङ जहाज यो वर्षको बार्षिकोत्सवमा एउटा पनि उडानमाै छैन । नेपाली आकासमा कुनै बेला एकछत्र राज गर्न सफल निगम अहिले अन्तर्राष्ट्रिय उडानमा ठूलो जहाज विहिन अबस्थामा छ भने आन्तरिक उडानमा पाइलट अभावले उडान विहिन अवस्थामा छ । निगमको अन्तर्राष्ट्रिय उडानको दुईवटा १९० सिट क्षमताको बोइङमध्ये हाल दुईवटै थन्किएको छ । एउटा बोइङ ७५७ एसीए विक्रीका लागि राखिएको भएपनि बिक्री हुन सकेको छैन । अर्को बोइङ ७५७ एसीबी विग्रिएर थन्किएको दुई साता नाघिसक्यो । यो जहाजको फ्लाईट सि डक्टको बोल्ड नै खुस्किएकोले मर्मत समय लागेको निगमको इन्निजनियरिङ विभागले जानकारी दिएको छ । यो जहाज बनाउन सिंगापुरबाटै प्राविधिक झिकाइएको छ । प्राविधिक आगामी चार दिनपछि मात्रै आइपुग्ने भएका छन् । मर्मत गरेर पनि यो जहाज आगामी २ सातापछि नै इन्जिन बाहेकको सम्पूर्ण मर्मत (सीचेक)का लागि सिंगापुर नै जाँदै छ । ‘जहाज दुई सातापछि ४५ दिनदेखि २ महिनासम्मलाई मर्मतमा जाने भएकोले अहिले यो जहाज मर्मत गरेर सीचेकमा लाने गरी मात्रै तयारी भएको छ र उडानको लागि हैन’, निगम स्रोतले भन्यो । निगमको उडान शाखाका अनुसार हाल अन्तर्राष्ट्रिय उडानमा २ वटा एयरवस मात्रै बाँकी छ । आन्तरिक उडानमा ट्वीनटर जहाजको  स‌ख्यामा ६ वटा छ । यसमा पनि उडान याेग्य भने २ वटा मात्रै छ । त्याे पनि पाइलट अभावकाे मारमा छ । ४ वटा चिनियाँ जहाज २ वटा मात्रै ट्वीनअटरको उडान गर्ने क्षमतामा भएपनि यसैमा पनि पाइलट अभाव छ । पाइलट अभावले यो जहाज उडान नै गर्न नसकेको निगमले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडानमा जहाजनै अभाव छ अान्तिरकमा पाइलटकाे । अन्तर्राष्ट्रिय उडानमा पनि २० प्रतिशत उडान कटौति भइसकेको छ । बोइङले गर्ने उडान निमगले धमाधम कटौती गरिरहेको छ । बोइङ मर्मतमा जाने बेला भुटानी जहाज भाडामा ल्याउने तयारी छ । तर, भुटानी वायुसेवा जम्मा १२४ सिटको मात्रै आउँदै छ । वोइङ १९० सिट क्षमताको छ । सिट क्षमता नै घटी भएको जहाज आउने भएकोले पनि उडान अहिले नै घटाउन थालिसकिएको निगम स्रोतको भनाइ छ । एयरवसमा पनि पाइलट नै कम भएकोले निममित रूपमा उडान मै समस्या छ । थोरै पाइलट भएकाले मासिक एक सय घण्टा महिना नपुग्दै सकिन्छ । त्यसपछि उडान गर्न नपाइने समस्या रहेको छ । उड्डयन नियम अनुसार कुनै पनि पाइलटले मासिक एक सय घण्टा भन्दा बढी समय जहाज उडान गर्न पाइदैन । निगमको लागि भने पाइलट थोरै भएकोलेले उडान आवर सकिएर पाइलट ग्राउन्डेट हुनुपर्ने समस्याका कारण जहाज उडान नहुने गरेको छ । बारम्बार समस्या आइरहेको र मर्मतमा भएको अधिक खर्च धान्नै नसक्ने निष्कर्ष निकाल्दै एउटा वोइङ बेच्ने लागेको ६ महिना भैसक्यो अझै विकेको छैन । आन्तरिक उडानको विस्तार चिनियाँले जहाज घाँडाे निगमको आन्तरिक उडान विस्तारको योजना भने चिनियाँ जहाजले नै अड्काएको छ । सरकारले निगमका लागि दुईवटा अनुदानमा चिनियाँ जहाज दिइसकेको छ २ वटै खरिद गरेर भित्र्याइसकेको छ । अझै २ वटा नयाँ खरिद गरे ल्याउने प्रक्रियमा नै रहेको छ । चिनियाँ जहाज खरिद गर्न सरकारले आवश्यक रकम भुक्तानी पनि गरिसकेको छ । सरकारले चारवटा चिनियाँ जहाज ल्याउन तीन अर्ब ७२ करोड रुपैयाँको ऋण सहयोग लिएको छ । जहाज ल्याउन सरकारले करीब दुई अर्ब २३ करोड रुपैयाँ चिनलाई पठाइसकेको जानकारी दिएको छ । एउटा ५६ सिट क्षमताको एमए६० र एउटा १८ सिट क्षमतको वाइ १२ ई अनुदानमा निगमले ल्याइसकेको छ । बाँकी एक एम ६० र तीन वाई १२ गरी चारवटा जहाज किनेको छ । यसमध्ये एम ६० र वाई १२ आइसक्यो भने २ वटा खरिद भएकै वाई १२ जहाज आउनै बाँकी छ । यो जहाज ल्याउने प्रक्रियामा अल्झिएकै कारण निगम आन्तरिक उडान विस्तारमा कमजोर भएको हो । निगमसँग एक दशक अगाडि आन्तरिक उडानमा एक दर्जन भन्दा बढि जहाज भएपनि हाल एउटा ट्वीनअटर मात्रै संचालनमा रहेको छ । दुईवटा चिनियाँ जहाज मध्ये एम ६० आंशिक समय संचालन हुने गरेको छ भने वाई १२ करीब नौं महिनादेखि विग्रिएर बस्ने समस्या अझै छ ।  

एकपटकमा २ प्रतिशत मात्रै पेट्रोलियम पदार्थको मूल्य बृद्धि,  ग्यासको प्रतिसिलिन्डर २५ रुपैयाँ बढाउन पाइने

काठमाडौं । अब एकैपटक ठूलो मात्रामा पेट्रोलियम पदार्थको मूल्य बृद्धि नहुने भएको छ । पेट्रोलियम पदार्थ तथा ग्यास मूल्य स्थिरीकरण कोष कार्यविधि तयार भएर कार्यान्वयनमा आएको छ । यो कार्यान्वयनसँगै अब अन्तर्राष्ट्यि बजारमा तेलको मूल्य उच्च रुपमा बढ्यो भने पनि नेपालमा भने सो अनुसार मूल्या नबढ्ने भएको छ छ । यस्तो अवस्थामा लाग्ने घाटा कोषको रकमबाट बेहोरिनेछ । अब एक पटकमा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य २ प्रतिशत भन्दा बढी नबढ्ने भएको छ । ग्यासको भने प्रतिसिलिन्डर २५ रुपैयाँ मात्रै बढाउने पाइने भएको पनि उल्लेख छ । नयाँ पत्रिका दैनिकबाट ।

दशैंमा मेलम्ची भित्र्याउँन प्राविधिक समस्या, समयमै पानी आउनेमा शंका

काठमाडौं । राजधानीवासीले धुलो खान थालेको लामो समय भए पनि पूर्वनिर्धारित समयमा मेलम्ची आउला कि नआउला ? अझै पनि प्रश्न उब्जिरहेको छ । यसबीचमा काम पनि निकै भएका छन् । सुरुङ मार्ग हुँदै मेलम्चीखोलादेखि काठमाडौं ल्याइने खानेपानीलाई वितरण गर्न बिछ्याइरहेको पाइपलाइनको काम अलिेसम्म ८५ प्रतिशत मात्र सम्पन्न भएको छ । आउने दशैंमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने लक्ष्यका साथ करिब ८४ हजार घरधुरीमध्ये ३७ हजार घरधुरीमा धारा जडान गरिसकिएको छ ।

मुग्लिन-नारायणगढ सडकको बिजोग, छिनछिनमै पहिरो खसेरै हैरान

भरतपुर . नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा शुक्रबार बिहानै पहिरो गएको छ । बिहान साढे आठ बजे गएको पहिरो हटाएर सकिनै लाग्दा उक्त स्थानमा दिउँसो १ बजे पुनः पहिरो खस्यो । दिनभरि पहिरो हटाउने काम गरिए पनि पहिरो हटाउन सकिएन । पाँच घन्टा लगाएर पहिरो हटाउने काम सकिनै लाग्दा फेरि त्यसैमा पहिरो थपिएको हो । ‘पहिलाको पहिरो हटाएर सकिनै लागेको थियो, त्यसैमा फेरि पहिरो गयो’, चितवनका एसपी दीपक थापाले भन्नुभयो, ‘पानी परिरहेकाले थपिरहन्छ, छिनछिनमा पहिरो जाने हुनाले यात्रा जोखिमयुक्त बनेको छ ।’ रातिसम्म पनि पहिरो हटाउने काम गरिएको थियो । राति काम गर्न मजदुर असुरक्षित महसुस गर्छन् । पहिरोले ५० मिटर सडक ढाकेको छ । करिब आठ हजार घनमिटर पहिरो खसेको छ । एउटा ब्रेकरले ढुंगा फोर्ने र लोडरले त्रिशूलीतर्फ पहिरो फाल्ने काम गरिएको थियो । १२ घन्टासम्म पनि पहिरो हटाउन सकिएको थिएन । पहिरोको कारण स्थानीय एकबहादुर मगरको ज्यान गएको छ । ६१ वर्षीय मगर पहिरो पन्छाएको हेर्न जाँदा पहिरोले पुरिएका हुन् । पहिरो हटाएर खोज्ने क्रममा उनको शव भीरमा भेटिएको थियो । निकै ठूलो पहिरो खसेपछि यातायात सञ्चालन अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । इच्छाकामना ६ मा बिहानै पहिरो गएको हो । ठूलो पहिरो गएपछि जाममा परेका सवारीसाधन प्रहरीले फर्काएको थियो । पश्चिम जाने सवारी साधनलाई पोखराको बाटो हुँदै पठाइएको थियो । राजधानी जाने सवारीसाधन हेटौडको बाटो हुँदै पठाइएको थियो । पहिरो हटाउनका लागि चारवटा मेसिन प्रयोग गरिएको छ । पहाडबाट ढुंगा खस्दा पहिरो हटाउन निकै जोखिम छ । पहिरोग्रस्त क्षेत्र मानिने यहाँ ठूलो पहिरो गएका कारण हटाउन निकै समय लागेको हो । मुग्लिनदेखि ९ किलोसम्मको क्षेत्रमा अधिकांश स्थानमा पहिरो खस्ने गरेको प्रहरीले जनाएको छ । कालिखोला, तोपेखोला, चार किलो, नौ किलो, साढे दुई किलोमा पहिरो खसिरहने गर्छ । त्यसै घुमाउनेमा पहिरोको जोखिम छ । अन्नपूर्ण पाेस्टबाट ।

स्थानीय तह निर्वाचनको परिणाम धमाधम सार्वजनिक, कांग्रेस–एमाले अघिपछि

  काठमाडौं । दोस्रो चरणमा निर्वाचन भएका स्थानीय तहमा मतगणनाको दोस्रो दिन शुक्रबार बेलुकासम्म प्राप्त परिणामअनुसार कांग्रेस १४ र एमाले १६ स्थानमा विजयी भएका छन् भने कांग्रेसले एमालेभन्दा एक तह बढीमा अग्रता कायम गरेको छ । कांग्रेसले मतगणना भएकामा ८६ स्थानमा अग्रता लिएको छ भने एमालेले ८५ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्र सात तहमा विजयी भएको छ भने उसले २४ तहमा अग्रता कायम गरेको छ । अधिकांश मतगणना जारी भएका स्थानी तहमा सयभन्दा कम मतान्तर भएकाले पनि कांग्रेस र एमाले अघिरपछि हुँदै आएका छन् । प्रदेश नम्बर १ का मुख्य सहर विराटनगर, धरान, इटहरी र इनरुवामा कांग्रेसले अग्रता कायम गरेको छ । त्यस्तै, प्रदेश नम्बर ५ का मुख्य सहर अधिकांशमा एमालेले अग्रता लिएको छ । बुटवल, घोराही, तुल्सीपुरलगायतमा एमालेले अग्रता लिएको छ । प्रदेश नम्बर ७ का नगरमा पनि अधिकांशमा कांग्रेसले अग्रता लिएको छ । धनगढीमा कांग्रेस अगाडि छ भने एमाले तेस्रो स्थानमा छ । शुक्रबार साँझसम्म मतगणना सम्पन्न भएका स्थानीय तहमा एमालेले १४ स्थानमा जित हासिल गरेको छ भने कांग्रेसले १२ स्थानमा जितेको छ । त्यस्तै, माओवादी ९ र राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले १र१ मा तहमा जित हासिल गरेका छन् । एमाले बझाङको तलकोट गाउँपालिका, दार्चुलाको अपिहिमाल, नवलपरासीको त्रिवेणीसुस्ता, धनकुटाको सहिदभूमि, बझाङकै दुर्गाथली गाउँपालिकाको प्रमुखमा विजयी भएको छ । त्यस्तै, दार्चुलाकै लेकम, बझाङको भुवनेश्वर, बझाङकै थलारागाँ, ताप्लेजुङको मैवाखोला, बाजुराको गौमुल, भोजपुरको रामप्रसाद राई, बैतडीको पञ्चेश्वर, खोटाङको जन्तेढुंगा, बाजुराको पाण्डव गुफा, बझाङको मष्टा गाउँपालिकामा एमालेले प्रमुख जितेको छ । त्यस्तै, डडेलधुराको अमरगढी नगरपालिकाको मेयर र उपमेयर पनि एमालेले जितेको छ । कांग्रेसले नवलपरासीको प्रतापपुर, ताप्लेजुङको मेरिङदेन, खोटाङको ऐसेलुखर्क, बाजुराको हिमाली र छेडेदह गाउँपालिको प्रमुखमा जितेको छ । त्यस्तै, डडेलधुराको गन्यापधुरामा पनि कांग्रेसले जितेको छ । यो गाउँपालिका प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्र हो । डडेलधुराकै भागेश्वर, आलिताल, डोटीको केआईसि, संखुवासभाको सिलिचाङ, बझाङको काँडा र गुल्मीको गुल्मीदरबार गाउँपालिकामा कांग्रेसले जितेको छ । बाजुराको बढीमालिका नगरपालिका र दार्चुलाको महाकाली नगरपालिकाको मयेर र उपमेयरमा पनि कांग्रेसले जितेको छ । माओवादी केन्द्रले रुकुमको सिस्ने, भुमे, पुथा उत्तरगंगा, डडेलधुराको अजयमेरु, दाङको बंगलाचुली, सोलुखुम्बुको माहाकुलुङ र लिखुपिके गाउँपालिकाको प्रमुख जितेको छ । उदयपुरको ताप्ली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार पदमबहादुर तामाङले प्रमुखमा विजयी हुनुभएको छ भने प्युठानको मल्लरानी गाउँपालिकामा जनमोर्चाका अमरध्वज रानाले बाजी मार्नुभएको छ । अधिकांश नगरपालिकामा मतगणना निकै सुस्त भएको छ । विराटनगरको २४ घन्टामा ५ हजार मत पनि गनिएको छैन । निर्वाचन आयोगले मतगणना बढीमा एक सातामा सक्न गणना केन्द्र बढाउन निर्देशन दिएको बताएको छ । विजयी एमाले १६ कांग्रेस १४ माओवादी ७ राजमो १ स्वतन्त्र १ अग्रता कांग्रेस ८५ एमाले ८६ माओवादी २५ राप्रपा ५ फोरम लोकतान्त्रिक ५ संघीय फोरम र नयाँ शक्ति ३ अन्य ३ अन्नपूर्ण पोस्टबाट ।

भ्याट तिर्नै पर्यो भने सेयर ब्रोकरहरुले आत्महत्या गर्नुको विकल्प हुँदैन-प्रियराज रेग्मी

प्रियराज रेग्मी, अध्यक्ष, नेपाल सेयर ब्रोकर एशोसिएशन विहीबार सम्पूर्ण सेयर कारोबार बन्द गराउनुभयो, आईतबार खुल्छ कि खुल्दैन ? हामी बजार सुचारु गर्न प्रयास गरिरहेका छौं । आज (शुक्रबार) हामीले नेप्से, एफएनसीसीआई, चेम्बर अफ कमर्श, आन्तरिक राजश्व विभाग र सम्बन्धित करदाता सेवा कार्यालयका प्रमुखहरुसँग छलफल गर्यो । अर्थमन्त्री र राजश्व सचिवसँग पनि कुरा भयो । कुरो मिल्यो त ? आधा मिल्यो, आधा मिलेको छैन । अर्थमन्त्रीले समस्या समाधान गर्न कर प्रशाशनलाई निर्देशन दिएको बताउनु भएको छ । कर प्रशासनको भनाई पनि सकारात्मक छ । ‘हामीले भ्याट लगाउने हो भने ५२/५३ सालदेखि नै लगाउँथ्यौ । हामीले भ्याट लाग्दैन भनेर नलगाएको हो । तर महालेखाले भ्याट लाग्छ भनेको छ । महालेखाले ब्रोकर कम्पनीहरुसँग भ्याट उठाउनु पर्छ भनेर बेरुजु देखाएपछि कर प्रशासन महालेखाको निर्णय र निर्देशन पालना गर्न बाध्य भएको हो’ भन्ने भनाई कर प्रशासनका अधिकारीहरुको रह्यो । यो समस्या गम्भीर छ, हामी समाधानको प्रयास गर्छौ, तर तपाईहरुले सेयर कारोबार बन्द गर्न मिल्दैन, बजार सञ्चालन पनि गरौं, समस्या समाधान तर्फ पनि काम गरौं भन्ने उहाँहरुको भनाई आयो । कारोबार बन्द भईरह्यो भने समस्या समाधान गर्न झन् कठिन हुन्छ भन्ने उहाँहरुको भनाई आयो । विहीबार कारोबार बन्द गरेर ब्रोकर कम्पनीहरुले गल्ती गरेका छन् । त्यसैले पहिला कारोबार खुला गरेर गल्ती सच्याउनु भन्ने सरकारी अधिकारीहरुको भनाई हो ? त्यस्तो होइन । कारोबार बन्द भयो, त्यो आफ्नो ठाउँमा छ । तर कारोबार बन्द हुनु हुँदैन भन्ने उहाँहरुको भनाई हो । गल्ती कसले गर्यो भन्ने कुरा भएन । ‘यो समस्याबारे हाम्रो पनि समयमा नै प्रयाप्त ध्यान गएन’ भन्ने भनाई सरकारी अधिकारीहरुको छ । विहीबार कारोबार बन्द गरेर हामीले गल्ती गर्यौं भन्ने ब्रोकर एसोसिएशनलाई लाग्दैन ? हामीले यो समस्या विगत तीन वर्षदेखि उठाउँदै आएका हौ । हामीले आन्तरिक राजश्व विभाग, अर्थमन्त्रालय, अर्थमन्त्री सबैलाई पटक पटक भेटेर समस्या अवगत गराएका हौ । हाम्रा माग र सुझाव पत्र दिएका हौं । तर समस्याको समाधान भएन । अहिले समस्या सबैले बुझ्ने गरी उजागर भएको छ । फेरी पनि समस्याको समाधान बजार बन्द गरेर होइन भन्नेमा हामी सबै सचेत छौं । ब्रोकरहरुले नउठाएको भ्याट तिर भनेर कर प्रशासनका अधिकारीहरुले पत्र काट्नु पनि गल्ती हो भन्ने महसुश भयो ? महालेखाले भ्याट उठाउन सरकारले निर्देशन दिएपछि हामीले मान्नै पर्छ भन्ने उहाँहरुको भनाई हो । समस्या टुङ्गोमा पुर्याउन सबैले सामूहिक प्रयास गरौं भन्ने कुरा भयो । अब ब्रोकरले भ्याट तिर्ने कि ननिर्ते त ? राज्यले भ्याट लगाउँछ भने नागरिकले नतिर्ने भन्ने कुरा भएन । विषय के हो भने लगानीकर्तासँग ब्रोकर कम्पनीले भ्याट उठाउने कि नउठाउने भन्ने हो । सरकारले भ्याट उठाउनुपर्छ भनेर भन्छ भने हामी उठाउन तयार छौं । चार वर्षअघि देखिको भ्याट तिर्नु भनेर ब्रोकरहरुलाई पत्र काटेको अवस्थामा पुरानो भ्याट तिर्ने कि नतिर्ने ? तिर्ने नि नतिर्ने भन्ने विषय नै होइन । हामी तिर्नै सक्दैनौं । यो हाम्रो सामथ्र्य भन्दा बाहिरको कुरा हो । तिर्ने पर्यो भने जम्मा कति तिर्नुपर्छ ? अहिलेसम्म तीन वटा कम्पनीको बेरुजु देखाइएको छ । त्यसमा एउटाका ६०÷७० लाख छ । अरुको करोडभन्दा माथि छ । सरकार तिर्नैपर्छ भन्यो भने ? तिर्नैपर्छ भन्यो भने सुसाईड (आत्महत्या) गर्ने । आईतबारदेखि सेयर कारोबार हुन्छ ? शनिबार ब्रोकर एसोशिएशनको बैठक बस्दैछ । शुक्रबार भएका छलफल र प्रगतिबारे हामी सबै ब्रोकर सदस्यहरुलाई जानकारी गराउँछौं । सर्बसहमतिमा कारोबार बन्द भएको हो, सामूहिक निर्णयका आधार कारोबार गर्ने वा नगर्ने निर्णय गर्छौ । आइतबारदेखि बजार खोल्ने भनेर सरकारसँग सहमति गरिसक्नु भएको होइन र ? सहमति भएको छैन । सरकारको पक्षबाट बजार खुलाउन आग्रह भएको छ । ब्रोकर एशोसिएशनका सदस्यहरुबीच छलफल पछि मात्र निर्णय हुन्छ । आईतबार बजार खुल्यो भने तपाईहरुले जारी गर्ने विलमा भ्याट जोडिएको हुन्छ कि हुँदैन ? बजार खुल्यो भनेपनि भ्याटविल जारी हुँदैन । हामी भ्याटमा दर्ता भएका पनि छैनौं र तत्काल भ्याटमा हामी दर्ता पनि हुँदैनौं । सेयर कारोबारमा लाग्ने कमिशन ब्रोकरले मात्र लिने होइन, त्यो रकम नेप्सेमा पनि जान्छ, सेबोनमा पनि जान्छ, सीडीएसमा पनि जान्छ । भ्याट तिर्ने आमलगानीकर्ता पनि भ्याट तिर्न तयार हुनु पर्यो । विश्व पुँजीबजार भ्याट लागेको पाइन्छ कि नलागेको पाइन्छ ? ९९ प्रतिशत बजारमा भ्याट छैन । १ प्रतिशत बजारमा भ्याट छ पनि । १ प्रतिशतलाई हेरेर नेपालमा पनि भ्याट लागू गरियो भने हामीले भन्नु केही छैन । ब्रोकर कमिशनमा भ्याट लगाउन खोज्दा यत्रो हंगामा मच्चियो, लगानीकर्तालाई लाग्दै आएको पुँजीगत लाभकरको विषय चाही तपाईहरुले आवाज उठाउनु पर्दैन ? पुँजीगत लाभकर त लगानीकर्ताले नाफामा तिर्ने कर हो । लगानीकर्ताले एउटा कम्पनीमा १० हजार नाफा गर्दा अर्को कम्पनीको २० हजार नोक्सान गरेको हुन्छ । बास्तवमा उसले १० हजार गुमाएको हुन्छ तर १० हजार कमाएको भनेर ५ प्रतिशत कर तिर्नुपर्छ । नोक्सान भएपनि ब्रोकरलाई कमिशन बुझाउनैपर्छ । लगानीकर्तालाई परेको मर्काबारे तपाईहरुले बोल्नु पर्दैन ? कर प्रणाली नै यस्तै छ । हामीले के भन्ने ? लगानीकर्तालाई मर्का पर्दा चाही कर प्रणाली नै यस्तै छ भन्ने, ब्रोकर कमिशनमा भ्याट लाग्दा चाहि ब्रोकरहरु सिण्डकेट गरेर बजार बन्द गराउने ? यहि हो तपाईहरुको नीति ? हामीले समग्र बजार हितको कुरा उठाएको छौं । भ्याट लाग्ने पनि अन्तिममा लगानीकर्ता माथि नै हो । त्यसैले भ्याट लाग्न हुँदैन । त्यस्तै, पुँजीगत लाभ करको विषय पनि हाम्रो धारणा के हो भने सबै लगानीकर्तालाई कि प्यान नम्बर कि परिचयपत्र नम्बर दिनुपर्छ । त्यसको आधारमा वर्षभरी हुने कारोबारको आफै हिसाव बुझाउने र नाफा भएको पुँजीगत कर लगाउने व्यवस्था गर्नुपर्छ । त्यसमा घाटा नाफा दुबै गणना हुन्छ ।