विकासन्युज

फेवा र गण्डकी विकास बैकबीच मर्ज सम्पन्न, मोफोसलको विकास बैंकमा १८ अर्ब निक्षेप

पोखरा । कास्की जिल्लामा स्थापित फेवा विकास बैक लिमिटेड र गण्डकी विकास बैक लिमिटेड एक आपसमा मर्ज भई गण्डकी विकास बैकको नामबाट एकिकृत कारोबार भएको छ । बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले सूचना प्रविधिको माध्यमबाट बैकको उद्घाटन गरेका छन् । साविक फेवा विकास बैकका लिमिटेडका अध्यक्ष विन्दु कुमार थापाको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जि.सि, राष्ट्र बैकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख पोमनाथ गौतम, विकास बैक एशोसियसनका अध्यक्ष भरतराज ढकाल, साविक गण्डकी विकास बैकका अध्यक्ष पद्म ्रसाद पौडेल, नेपाल पत्रकार महासघं कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पोखरा उद्योग बाणिज्य सघंका अध्यक्ष विश्व शंकर पालिखेले पनि शुभकामना व्यक्त गरे । बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले मर्जपछि बैकको कुल चुक्ता पूँजी रु. १ अर्ब ८४ करोड, निक्षेप रु. १८ अर्ब २३ करोड, कर्जा रु. १६ अर्ब ४७ करोड, ग्राहक संख्या २ लाख पचास हजार, कर्मचारी ४०० जना, ५० वटा शाखा, २१ वटा ए.टि.एम पुगेको जानकारी दिए । मर्जपछि अध्यक्षमा जगन बहादुर गुरुङ्ग र प्रमुख कार्यकारी अधिकृतमा रेशम बहादुर थापा भएका छन् ।

विदेशी पर्यटक बढे तर खर्च गर्ने क्षमता घट्यो, १३ दिन बस्ने पर्यटककाे दैनिक खर्च ५३ डलर मात्रै

काठमाडौं । नेपाल आउने विदेशी पर्यटकको आगमन दर पछिल्लो समय वार्षिक रूपमा बढेको देखिएपनि यी पर्यटकमार्फत हुने दैनिक खर्च भने घटेको छ । विगत १० वर्षमा नेपाल आउने पर्यटक भूकम्प र नाकाबन्दीले पछिल्लो तीन वर्ष घटेपनि अन्य वर्षमा भने सकारात्मक बृद्धि नै देखिएको छ । तर, यी पर्यटकमार्फत हुने दैनिक खर्च भने पर्यटकको बसाई अबधि लम्बाउन नसकेका कारण त्यति उत्साहजनक हुन सकेको छैन । सन् २००७ मा १२ दिन बस्ने पर्यटकले गर्ने दैनिक ४५ डलरको खर्च अहिले पनि जम्मा ५३ डलर दैनिकमै सिमित भएको छ । पर्यटको बसाई भने जम्मा १३ दिन मात्रै रहेको छ । नेपाल आएका विदेशी पर्यटकले औषतमा १३ दिन बस्ने  दैनिक ५३ डलर औषत खर्च गर्ने गरेको तथ्यांक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको यस्तो तथ्यांक अनुसार गत वर्ष सन् २०१६ मा पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा ०.३२ प्रतिशतले घटेको थियो । ५ लाख ३८ हजार पर्यटक आउँदा दैनिक ७० डलर खर्च भएकोमा हाल पर्यटकको संख्या बढेर साढे सात लाख अर्थात ४० प्रतिशतले बढ्यो । तर, यी पर्यटकले गर्ने दैनिक खर्च भने ५३ डलर मात्रै रहेको छ । पर्यटक बढेपछि विदेशी मुद्रा सटही दरका आधारमा आम्दानी बढेको देखिएपनि दैनिक खर्च भने अघिल्लो वर्ष सन् २०१५ को तुलनामा दैनिक  खर्च नै १७ डलरले घटेको छ । नेपाल आउने विदेशी पर्यटकको वार्षिक बृद्धिदर बढ्दै गएको भएपनि पर्यटकले गर्ने दैनिक खर्च भने घट्दै गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार नेपाल आउने पर्यटक सन् २००७ को तुलनामा सन् २००८ मा ५ प्रतिशतले घटेको थियो । सन् २००९ देखि लगातार यस्तो बृद्धिदर बढेको भएपनि पर्यटकले गर्ने खर्च मार्फत हुने दैनिक आम्दानी भने ओरालो लागेको छ । सन् २००८ मा प्रति पर्यटक ७३ अमेरिकी डलर दैनिक आम्दानी भएको थियो । यसपछिका वर्षहरूमा यस्तो आम्दानी घट्दै गएर सन् २०१२ मा यो तथ्याङ्क ३५ दशमलव ६ डलरमा सीमित भएको छ । सन् २००९ देखि १२ सम्म नेपाल आउने पर्यटक क्रमशः २, १८, २२ र ९ प्रतिशतले बढेको छ । सो अवधिमा प्रति पर्यटक दैनिक आम्दानी भने ७३ डलरबाट ६५, ४३, ३८ हुँदै सन् २०१२ मा ३५ डलरमा सीमित भएको छ । सन् २०१३ मा देखि २०१५ सम्म भूकम्प, नाकाबन्दीको प्रभाव तीन वर्षसम्म परेको देखिन्छ । यो समयमा पर्यटक आगमन निराशाजनक रुपले घटेको छ । तर यो समयको पर्यटकल गर्ने दैनिक खर्च भने सन्तोषजनक रुपमै बढेको देखिन्छ । पर्यटक घट्दा उसले गर्ने खर्च भने दैनिक ७० डलरसम्म पुगेको छ । पर्यटक आगमन तथा दैनिक आम्दानी वर्ष        पर्यटक बृद्धिदर   दैनिक खर्च (डलरमा) २००७     ३७.५                ४५ २००८     –५                   ७३ २००९      १.९                 ६५.३ २०१०      १८.२१             ४३.२ २०११       २२.१०            ३८.२ २०१२       ९.८                ३५.६ २०१३       –०.७              ४२.८ २०१४       –०.९              ४८ २०१५       –०.३२            ७० २०१६        ४०                 ५३ स्रोतःपर्यटन मन्त्रालय, टुरिजम स्याटिक्स २०१६ पर्यटकलाई व्यवसायीले सस्तो प्याकेज बेचिनुले आम्दानी घटेको साेसाइटी अफ अफ टुर एण्ड ट्राभल एजेण्ट् (साेट्टाे) नेपालका पूर्व अध्यक्ष यमबहादुर खड्काको भनाइ छ । उनका अनुसार करको दायरमा भएका भन्दा नभएका पर्यटन व्यवसायीले ठूलो मात्रामा व्यापार गर्न थालेकोले पर्यटकीय आम्दानी घट्दै गएको हो । पर्यटन व्यवसायीमा इन्टरनेटको पहुँच बढ्दै जादाँ सस्तो प्याकेज बेच्ने बजार मूल्यलाई घटाउने कम बढ्नु पनि पर्यटन क्षेत्रबाट हुने आम्दानी कम भएको उनको बुझाइ छ । सरकारी मातहतमा आम्दानी बढाउने माध्यम करको दायरा ठूलो हुने भएपनि अनधिकृत रूपमा व्यापार गर्ने कामलाई नियन्त्रणमा लिन नसक्नुले पनि पर्यटन क्षेत्रको आम्दानी खुुम्चिएको पर्यटन व्यवसायीको तर्क छ । नेपाल आउने पर्यटकले गर्ने खर्चको सीमा नतोकिनु, पर्यटकको खर्च तथा वसाइँ बढाउने प्रडक्ट नहुनुले पनि प्रतिव्यक्ति पर्यटक खर्च घटेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालको भनाइ छ । उनका अनुसार पर्यटन व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेको र करको दायराभन्दा बाहिर पर्यटकीय प्याकेज विक्री हुनुले पनि आम्दानी घटेको हो । नेपाल आउने पर्यटकले गर्ने दैनिक खर्चको सीमा तोक्ने, छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण सिर्जनका साथमा पर्यटनको पुराना ऐन नियम सशोधन गर्ने हो भने पर्यटन क्षेत्रकै आम्दानी बढाउन सकिन्छ । पर्यटक बढेको देखिए पनि कुल ग्राहस्र्थ उत्पादनमा पर्यटनको योगदान भने झिनो अंक मात्रै रहेको छ । जम्मा १ दशमलव ९ प्रतिशतको योगदान रहेको तथ्यांकले देखाएको छ । यस्तो योगदान अघिल्लो वर्ष साढे दुई प्रतिशत रहेको पनि उल्लेख छ ।  

सहयोगि विकास बैंकको १६ हजार सेयर लिलामीमा, साउन ५ भित्रै अावेदन दिनुपर्ने

काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले १६ हजार ३६८ कित्ता साधारण समूहतर्फको सेयर लिलामीमा राखेको छ । यो बैंकले यही जेठ २ गतेबाट असार ४ गतेसम्मका लागि खुला गरेको हकप्रद सेयरका विक्रीका लागि आवेदन नपरेको सेयर गोप्य शिलवन्दी मार्फत बोलकबोलका आधार विक्री गर्न लागको हो । यसको सेयर न्युतम एक सय रुपैयाँमा कबोल गरेर यही असार २९ देखि साउन ५ गतेभित्रै आवेदन दिइसक्नु पर्ने छ । यो बैैंकको उक्त सेयरको विक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड हो ।

टुरिजम बैंकको ८२ हजार संस्थापक सेयर लिलामीमा

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले ८२ हजार ५२३ कित्ता सेयर लिलामी गर्ने भएको छ । यो बैंकले गत चैत १३ देखि बैशाख २६ सम्म खुला गरेको हकप्रद सेयरको विक्रीका लागि आवेदन नै नपरेका उक्त संस्थापक सेयर लिलामीमा बेच्ने भएको छ । यो बैंकले यही असार २९ गतेदेखि साउन ५ गतेभित्र गोप्य शिलवन्दीमार्फत न्युनतन एक सय रुपैयाँ कबोल गरेर आवेदन पेश गर्न आग्रह गरेको छ । यो बैंकले उक्त संस्थापक सेयर बोलपत्रद्धारा विक्री गर्न विक्री प्रवन्धको रुपमा एनआईबीएल क्यापिटल मार्केट्सलाई बिक्री प्रवन्धक तोकिएको छ ।

१०७ वित्तीय संस्थाको इजाजत खारेज, १५२ वटा मर्जरबाट ४५ वटा भए

नेपाल राष्ट्र बैंकले १०७ वटा बैंक तथा वित्तीय संस्थाको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले मर्जर तथा प्राप्तिमा गई अस्थित्व समाप्त गरेका बैंक तथा वित्तीय संस्थाको इजाजतपत्र खारेज गरेको हो । बैंक तथा वित्तीय संस्थाको संख्या आवश्यकताभन्दा धेरै भएपछि केन्द्रीय बैंकले मर्जर तथा प्राप्तिको नीति लिएको थियो । मर्जरलाई ध्यानमा राख्दै बैंकले आर्थिक वर्ष २०७३ ०७४ को मौद्रिक नीतिमार्फत ४ गुणासम्म चुक्ता पुँजी बढाउने नीति लिएको थियो । चुक्ता पुँजी बढाउने नीतिले बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तीको नीति प्रभावरकारी देखिएको केन्द्रीय बैंकका गर्भनर डा. चिरन्जिवि नेपालले भने । हालसम्म १५२ संस्था मर्जर भएर ४५ वटा भएका छन् भने १०७ वटा खारेज भएका छन् । कारोबार दैनिकबाट ।

रणनीतिक साझेदारमा आउन लुफ्थान्साले माग्यो नाफाको ४२ प्रतिशत हिस्सा

काठमाडौं । नेपाल वायुसेवा निगमको रणनीतिक साझेदारीका लागि इच्छुक जर्मन कम्पनी लुफ्थान्सा कन्सल्टिङले वार्षिक नाफाको ३५ देखि ४२ प्रतिशत आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ । कम्पनीले निगमको नाफाबाट पहिलो वर्ष ३५ प्रतिशत, दोस्रो बर्ष ४० र तेस्रो वर्ष ४२ प्रतिशत नाफा आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ । लुफ्थान्साले गरेको यो प्रस्तावसँगै यसले तीन वर्षको रणनीतिक साझेदारी शुल्कबापत ६८ करोड ६८ लाख ७६ हजार ४ सय ७१ रुपैयाँ पनि प्रस्ताव गरेको छ । लुफ्थान्साले पहिलो चरण र दोस्रो चरणको लागि २४ करोड ७६ लाख ५० हजार रुपैयाँ दिनुपर्ने प्रस्ताव गरेको छ । भने यसले तेस्रो चरणका लागि ३३ करोड ६८ लाख २५ हजार रुपैयाँ प्रस्ताव गरेको उल्ल्ेख छ । कारोबार दैनिकबाट ।

माथिल्लो कर्णालीको बिजुली बंगलादेशले किन्ने, भारतहुँदै लैजाने सहमति

काठमाडौं । भारतीय कम्पनी जीएमआरले निर्माण गरिरहेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बंगलादेशमा बेच्ने समझदारी भएको छ । उत्पादन भएको बिजुली भारतको भूमि हुँदै बंगलादेशमा बेच्ने समझदारी भएको हो । भारतीय कम्पनी एनटीपीसी व्यापार निगम (एनभीभीए) लिमिटेडमार्फत बंगलादेशलाई बिजुली बेच्ने समझदारी भएको बताइएको छ । ४ सय देखि ५ सय मेगावाट बिजुली बंगलादेशलाई बेच्ने समझदारी भएको छ । भारतीय कम्पनी एनटीपीसी विद्यत् व्यापार निगम लिमिटेडमार्फत बंगलादेशलाई बिजुली बेच्ने समझदारी भएको उल्लेख छ कारोबार दैनिकबाट ।

पुरोहितकी श्रीमतीले चुनाव हारेपछि, श्रीमानले गरे १९ घर जजमन नै बहिस्कार

धनकुटा । श्रमतीले चुनाव हारेको झोकमा यहाँ एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन् । पुरोहित हिरप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिका ५ मा महिला सदस्य उम्मेदवार थिईन् । कम्तीमा ६ सय मत आउने अनुमान गरेका दाहालले पत्नीको १३७ मत मात्रै आएपछि आक्रोशित बनेका हुन् । मेरी पत्नीको पराजयमाा आफ्नै जजमानको मुख्य हात रह्यो दाहालले भने । १६ परिवारजनले मत दिएको भए जित निश्चित हुन्थ्यो । दाहालले जजमानको घरमा मृत्युपछिको मासिक समेत नगरिदिएपछि गाउमा खैलाबैला मच्चिएको छ । महिनाअघि निधन भएकी आमाको मासिकका लागि तयारी बसेका छथर जोरपाटीका राजेन्द्रप्रसाद चापाईंलाई पुरोहित दाहालले मंगलबार अबेर फोनबाटै चुनावमा भोट नदिएकोले नआउने जवाफ दिएका थिए । जको कान्तिपुरबाट ।