विकासन्युज

एप्पल वल्ड्र मोबाइलकोे ‘एक्सचेन्ज धमाका रिटर्न’ अफर, युएमआइ मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा

काठमाडौं । एप्पल वल्र्ड मोबाइल प्रालिले ग्राहकको अनुरोधमा पुनः एकपटक एक्सचेन्ज धमाका रिटर्न अफर ल्याएको छ । यही माघ १८ गतेबाट आगामी फागुन १० गते सम्मका लागि ल्याइएको एक्सचेन्ज अफरको अवधीमा १ हजारभन्दा बढी मोबाइल एक्सचेन्ज हुने अनुमान गरिएको छ । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्ड्र मोबाइलले अन्य बजारको भन्दा सस्तो मुल्यमा मोबाइलको कारोबार गरिरहेको छ । एप्पल वल्ड्र मोबाइलले भ्यालेन्टायन डेसम्मका लागि जुनसुकै पुरानो मोबाइल एक्सचेन्ज गर्दै नयाँ मोबाइल खरीद गर्ने मौका प्रदान गरेको छ । यसैगरी एलजीको एल ६० मोबाइल किन्दा अर्को त्यही मोबाइल फ्रिमा दिने अफर पनि ल्याएको छ । त्यस्तै युएमआई ४ जिबी र्याम र ६४ जिबी स्टोरेज रहेको सुपर मोबाइलको खरिदमा युएमआइकै लण्डन मोबाइल सित्तैमा दिने भएको छ । भ्यालेनटाइन डे नजिकिदै गर्दा आफ्ना प्रेमीप्रेमिकालाई उपहार स्वरुप प्रदान गर्न युएमआइ मोबाइल खरिद गर्न पनि एप्पल वल्डले आग्रह गरेको छ । जुनसुकै मोबाइलमा पनि विशेष छुट तथा मोबाइल मर्मतमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिइएको एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । दशैं र तिहारको समयमा मोबाइल खरिद गर्ने मध्ये एक जना बम्पर प्राइज बिजेता जनक ……………ले पाएका छन् भने उनलाई सोमबार नै फसिनो स्कुटर प्रदान गरिएको छ । यसैगरी सामसुङको ४६ इन्च टिभी बेनु प्रसाइले पाइन भने हुवावेको पि ९ मोबाइल कुमार चन्दले पाए । यसैगरी विभिन्न कम्पनीका मोबाइल तथा अन्य पुरस्कार पाउन सफल हुनेहरुमा खगनाथ नेपाल, प्रमोद न्यौपाने, गंगा कार्की, जनार्दन गौतम, विद्या लामा, पुष्पराज भट्ट, सुन्दर मल्ल, विवेक राई, मदन गिरी, देवेन्द्र डंगोल, विपिन कँडेल, सुजाता संयुक्ता रहेका छन् । बिजेताहरुलाई मिस नेपाल अस्मी श्रेष्ठ, नेपाली सिने क्षेत्रका कलाकार निरञ्जन थापा, दिपक घिमिरे, फूटबलर अन्जन केसी लगायतले गरेका थिए ।

सेयर बजार ३० प्रतिशतले घट्दा जलविद्युत कम्पनीका सेयरधनीले गुमाए ४४ प्रतिशत, बीमाका लगानीकर्ताकाे ४० प्रतिशत गुम्यो, बैकिङ समूह बढी सुरक्षित

काठमाडौं । गत साता ९० अंकले घटेको सेयर सोमबार ६५ अंकले घटेको छ । सेयर बजार मापन गर्ने सूचक नेप्से १३०९ अंकमा झरेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५४६ अंकले घटेको छ । सोमबार मात्र होइन, सेयर बजारमा मन्दी शुरु भएदेखि नै बीमा कम्पनीका सेयरधनीले बढी गुमाउँदै आएका छन् । गत असारमा नेप्से परिसूचक १८८१ पुगेको थियो । सात महिना यता नेप्से ५७२ अंकले घटेको छ । यस अवधिमा बीमा समूहको परिसूचक ९ हजार ५५३ बाट ५ हजार ७३७ अंकमा झरेको छ । समग्रमा बजार करिब ३० प्रतिशतले घट्दा बीमा समूहको परिसूचक ४० प्रतिशतले घटेको छ । गत असारमा ४ हजार ५९६ रुपैयाँमा कारोबार भएको नेपाल लाईफको सेयर सोमबार २२५५ रुपैयाँमा झरेको छ । गत कात्तिकमा प्रतिकित्ता ४३ सयमा कारोबार भएको शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १७५५ रुपैयाँमा झरेको छ । गत जेठमा प्रतिकित्ता २९९९ रुपैयाँमा कारोबार भएको सगरमाथा इन्स्योरेन्स कम्पनी सेयर मूल्य ९०९ रुपैयाँमा झरेको छ । असोजमा २१९४ रुपैयाँमा कारोबार भएको एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १२९२ रुपैयाँमा झरेको छ । असारमा २५०० रुपैयाँमा कारोबार भएको प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ११५७ रुपैयाँमा झरेको छ । गत असारमा २४९५ रुपैयाँमा कारोबार भएको प्राइम लाईफ इन्स्योरेन्सको सेयर १३०० रुपैयाँमा झरेको छ । बढ्दा पनि बीमा कम्पनीहरुको सेयर मूल्य अस्वभाविक रुपमा बढेको थियो । बीमा समितिले कम्पनीहरुको चुक्ता पुँजी २ देखि ५ अर्ब बनाउन कानुन मै उल्लेख गर्ने प्रस्ताव गरेको आधारमा यो क्षेत्रमा सेयर मूल्य उच्च दरमा बढेको थियो । बीमा समितिको अध्यक्ष परिवर्तनसँगै बीमा कम्पनीहरुको व्यापार विस्तार र पुँजी विस्तार सन्तुलित बनाउने सन्देश प्रकाशमा आईरहेको छ । साथै, बीमा कम्पनीहरुको लाइसेन्स खुला गर्ने संकेतहरु बीमा समितिबाट प्रकट भएको छ । बीमा कम्पनीको सेयर किन्नेले भन्दा बढी जलविद्युत कम्पनीका सेयरधनीले बढी गुमाएका छन् ।  जलविद्युत कम्पनी समूहले परिसूचक २७६९ बाट १५४७ मा झरेको छ । समग्र बजार ३० प्रतिशतले यो समूहका लगानीकर्ताले ४४ प्रतिशत लगानी गुमाएका छन् । अपि पावरको सेयर ८८० रुपैयाँबाट ३३८ रुपैयाँमा झरेको छ जुन ६१ प्रतिशतले गिरावट हो । अरुण भ्यालीको सेयर ४५८ रुपैयाँबाट २१८ रुपैयाँमा झरेको छ । बुटवल पावरको ९९० रुपैयाँबाट ५०० रुपैयाँमा झरेको छ । चिलिमेको १५३० बाट ७८१ रुपैयाँमा झरेको छ ।  सानिमा माईको सेयर ११२२ रुपैयाँबाट ७७१ रुपैयाँमा झरेको छ । नेप्से परिसूचक ३० प्रतिशतले खुम्चिदा बाणिज्य बैंक समूह २९ प्रतिशतले, विकास बैंक समूह २८ प्रतिशतले, फाइनान्स कम्पनी समूहको परिसूचक ३१ अंकले घटेको छ । नेपाल टेलिकमको सेयर मूल्यमा सबैभन्दा बढी स्थायित्व देखिएको छ । कम्पनीको सेयर मूल्य बढीमा ७२० र घटीमा ६५० रुपैयाँ देखिएको छ ।

सनराइज बैंकको इलाम शाखा स्थानान्तरण

काठमाडौं । सनराइज बैंक लिमिटेडले इलाम शाखालाई सोहि ठाउँको नयाँ स्थानमा स्थानान्तरण गरेकोे छ । इलाम शाखा कार्यालयको उद्घाटन सोमबार एक कार्यक्रम बीच बैंकका नायव महाप्रबन्धक रविन नेपालको उपस्थितिमा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गरेका छन् । बैंकले बैंकिङ्ग सेवाहरु छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले ग्राहकहरूलाई पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो । नयाँ स्थानमा स्थानान्तरण संगै उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ । बैंकले उक्त शाखामा २०७३ माघ १७ गते देखि फागुन १७ गते सम्म लकर सेवाको वार्षिक भाडा दरमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । हाल सनराइज बैंकका मुलुकभरे ६७ वटा शाखा र ७२ वटा एटिएमद्धारा सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । साथै वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणघाट र मलेसिया भि.एल.एन. उत्तरढोका काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा १३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।

काठमाडौं टावरका निर्माता मनोज कुमार भेटवाल कालो सूचिमा, काम नगरे सम्झौता रद्ध गर्छौः महानगरपालिका

काठमाडौं, ३ माघ । काठमाडौंको पुरानो बस पार्कमा २९ तल्ले काठमाडौं टावर निर्माण गर्ने कम्पनीका प्रमुख लगानी कर्ता हुन मनोज कुमार भेटवाल । भेटवालको अगुवाईमा तयार भएको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिले सार्वजनिक निजी साझेदारीको मोडलमा एक अर्ब ८७ करोड लगानी गरेर काठमाडौं टावरको निर्माण आरम्भ गरेको छ । कर्जा सूचना केन्द्रले निकालेको कालो सूचि   तर यति ठुलो लगानीमा टावर निर्माण आरम्भ गरेका भेटवाल भने बैंकको ऋण तिर्न नसकेर कालो सूचिमा परेका व्यक्ति हुन् ।  भेटवाल सञ्चालक रहेको इन्नोभेटिभ कन्सेप्ट नेपाल प्रालीले एनआइसी एसिया बैंकबाट लिएको कर्जा तिर्न नसकेपछि बैंकले उनीहरुलाई कालोसूचिमा राखेर धितो लिलामीको सार्वजनिक सूचना निकालेको हो । एनआइसी एसिया बैंकले मनोज कुमार भेटवाल, पारसमणी बराल र पर्शुराम खनालले जमिन धितो राखेर लिएको कर्जा तिर्न नसकेपछि धितो राखिएको जमिन र कम्पनीको चल अचल सम्पति लिलामीको गरेको हो । कर्जा सूचना केन्द्रले भेटवालसहितका अन्य दुबै सञ्चालकलाई २०७३ मंसिर ३ गते नै कालोसूचिमा राखेको छ । उनीहरुले बैंकमा धितो राखेको काठमाडौं महानगरपालिका वडा नम्बर ३४ को कित्ता नम्बर ३१२ र ३११ मा रहेको १–०–०–० रोपनी जमिन र त्यसमा बनेको घर तथा ०–१–२–० रोपनी जमिन र त्यसमा बनेको घर लिलामी गरेको हो । ती दुबै जमिन तथा घर रिता शर्मा अधिकारीको नाममा रहेको थियो । इन्नोभेटिभ कन्सेप्टका लागि ऋण लिँदा अधिकारीले व्यक्तिगत जमानी बसेर आफ्नो जमिन धितोमा राखेकी थिइन् । के भन्छ महानगरपालिका ? काठमाडौं महानगर पालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले काम गर्न नसके सम्झौता रद्ध गर्ने चेतावनी दिए । उनले भने–काठमाडौं टावर बनाउने सम्झौता गर्दा ऊ कालो सूचिमा परेको थिएन, अहिले कालो सूचिमा परेछ, काम गर्न सकेन भने सम्झौता रद्ध हुन्छ ।’ उनले सम्झौता रद्ध हुँदा पनि महानगरपालिकालाई कुनै घाटा भने नहुने दावी गरे । ‘सम्झौता रद्ध गर्दा पनि हामीलाई घाटा हुने अवस्था छैन, लगानी जुटाउन नसकेर काम अघि बढेन भने सम्झौता रद्ध गर्छाै’, कार्कीले विकासन्युजसँग भने । भेटवाल नेतृत्वको कम्पनीले काठमाडौं टावर निर्माण आरम्भ गर्ने भन्दै २०७३ साल बैशाख २२ गते पुरानो बसपार्कलाई खुल्ला मञ्चमा सारेका थिए । हाल बस पार्कमा स्काभेटरले खन्ने काम गरिरहेको छ भने केहि टिप बालुवा पनि झारिएको देख्न सकिन्छ । काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिसँग सार्वजनिक निजी साझेदारीको मोडलमा २९ तले बहुउदेश्यिय काठमाडौं भ्यु टावर निर्माण सम्झौता गरेको थियो । २०७२ साल कात्तिक २५ गते उपराष्ट्रपति नन्द बहादुर पुनले टावरको शिलान्यास गरेका थिए । के छ सम्झौतामा ? पुरानो बसपार्कले चर्चेको २३ रोपनी ५ आना ३ पैसा २ दाम जामिनमा काठमाडौं टावर निर्माण गर्ने सम्झौतामा उल्लेख छ । तर महानगरपालिकाले निर्माण अनुमति भने १२ तल्लाका लागि मात्रै दिएको छ । भूकम्पपछि १२ तल्ला भन्दा अग्ला भवन निर्माण गर्न रोक लगाइएको थियो । कुल जमिनमध्ये ४० प्रतिशत भागमा टावरको निर्माण हुनेछ । बाँकी ६० प्रतिशत जमिनमा गार्डेन निर्माण गर्ने भनिएको छ । २०६८ सालको असोजमा निर्माण अनुमति प्रदान गर्दा २९ तल्लो सो भवनको लागत एक अर्ब ८७ करोड हुने प्रक्षेपण गरिएको थियो । हाल सो मुल्यमा ४० प्रतिशत लागत बढ्ने दावी गरिएको छ । भवन निर्माणका लागि ३ वर्ष अवधि तोकिएको छ । त्यसपछि २७ वर्ष निर्माण कर्ता कम्पनीले सञ्चालन गर्नेछ । अर्थात ३० वर्षपछि काठमाडौं टावर काठमाडौं महानगरपालिकाको मातहतमा आउनेछ । २७ वर्षसम्म महानगरपालिकाले वार्षिक दुई करोड ७० लाख रुपैंयाँ जग्गा लिज वापत राजश्व समेत प्राप्त गर्ने भनिएको छ । भवन निर्माणका लागि प्राइम कमर्सियल बैंकले तीन बर्षका लागि एक करोड ८५ लाख रुपैंयाँको बैंक ग्यारेण्टी गरिदिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विधेयक पारित, वन्यजन्तुको अवैध व्यापार नियन्त्रण गर्न जोड

काठमाडौं, १७ माघ । व्यवस्थापिका-संसद्को सोमबारको बैठकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । वन तथा भू-संरक्षणमन्त्री शङ्कर भण्डारीले प्रस्तुत गरेका सो विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सूर्यप्रकाश वाला राई, रेवतीरमण भण्डारीलगायतले विधेयकमाथि आ-आफ्नो धारणा राखेका थिए । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले वन तथा वन्यजन्तुको संरक्षण गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा विधेयक महत्वपूर्ण रहेको बताए । नेपालले जैविक विविधताको संरक्षणलाई विशेष जोड दिएको उल्लेख गर्दै उनले दुर्लभ वन्यजन्तुको संरक्षण र तिनीहरुको अवैध व्यापार नियन्त्रण गर्न विधेयक समयसापेक्ष रुपमा ल्याइएको बताए । संसद्को वातावरण संरक्षण समितिको प्रतिवेदनसहितको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) विधेयक, २०७३ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको थियो । रासस

नेप्से परिसूचक ६५ अंकले गिरावट, ११८ कम्पनीका लगानीकर्ताले गुमाए, सबै समूह राताम्मे

काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बजारमा नेप्से परिसूचक ६५ दशमलब ४४ अंकले घटेर १३०९ दशमलब ७० अंकमा झरेको छ । सो दिन कारोबार शुरु भएदेखि नै सेयर बजार निरन्तर रुपमा घटेको हो । बजारमा कारोबार भएका १२३ कम्पनी मध्ये ११८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । सो दिन बीमा कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । सोमबार मात्रै ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ भने अन्य ६ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, मुक्तिनाथ विकास बैंक, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, साल्टी होटल, सगरमाथा इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल ग्रामीण विकास बैंक र सुमिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको हो । सोमबार जम्मा ५ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । कमाउनेमा अरुण फाइनान्स, ओरियन्टल होटल, राष्ट्रिय बीमा कम्पनी, रिलायन्स फाइनान्स र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सामान्य प्रतिशत कमाएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ५४६ अंकले ओरालो लागेको छ । होटल समूहको परिसूचक १२८ र हाइड्रोपावर समूहको परिसूचक ७३ अंकले ओरालो लागेका छन् । त्यस्तै, कारोबार भएका बाँकी समूहको परिसूचक दोहोरोले अंकले ओरालो लागेका छन् । सोमबार ११ लाख २६ हजार कित्ता सेयर ५३ करोड ६६ लाख २८ हजार रुपैयाँमा किनबेच भएको छ ।

हिमालयन पावरको १० लाख ६५ हजार कित्ता आइपीओ खुला, फागुन २ गतेसम्म आवेदन दिन पाइने

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको थप साधारण सेयर(आइपीओ) माघ १७ गते सोमबारदेखि बिक्री खुला भएको छ । कम्पनीले आयोजना(उद्योग) प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाका बासिन्दाहरुको लागि एक सय अंकित मूल्यको १० लाख ६५ हजार ४१७ कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो । कम्पनीका अनुसार कुल १० लाख ६५ हजार कित्तामध्ये ५ लाअ ३२ हजार ७०८ कित्ता सेयर लमजुङ्ग जिल्लाको चिती, ढोडेनी, बन्सर, नौथर, श्रीमञ्ज्याङ्ग र अर्चलबोट गरि ६ वटा गाविसका बासिन्दाहरुका लागि र बाँकी ५ लाख ३२ हजार ७०९ कित्ता सेयर बाकी जिल्लाका सम्पूर्ण बासिन्दाहरुलाई छुट्टाइएको छ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियूक्त गरेको छ । इच्छुक लगानीकर्ताले हिमालयन पावर पार्टनर लिमिटेड(आयोजनाको साइट कार्यालय), लमजुङ्ग जिल्लाको ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालय बेसीशहर बजार बाट आवेदन दिन सक्ने छन् । साथै, लगानीकर्ताले लमजुङ्ग जिल्लाको प्यासिफिक डेभलपमेन्ट बैंक भोटेबडार शाखा र लमजुङ्गमै रहेको कैलाश विकास बैंकको शाखाबाट आवेदन दिन पाउने छन् । कम्पनीका अनुसार इच्छुक लगानीकर्ताले छिटोमा फागुन २ गतेसम्म र ढिलोमा फागुन १७ गतेसम्म आवेदन दिन सक्ने छन् ।

सार्वजनिक लेखासमितिको सभापतिमा डोरप्रसाद उपाध्याय निर्वाचित, निर्वाचनमा राप्रपा विभाजित

काठमाडौं । सार्वजनिक लेखा समितिको सभापतिमा डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रका सांसद हुन । सभापति पदको निर्वाचनमा ३९ मत खसेकोमा उपाध्ययले २३ मत ल्याएर विजय भएको छन् । उनलाई नेपाली काँग्रेसले समर्थन गरेको थियो । सभापति पदको लागि उम्मेदवारी दिएका एमाले सभासद पशुपति चौलागाईले १६ मत पाएका छन् । यस निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पाटी विभाजित भएको छ । राप्रपाका दुई सांसदहरुले भने  चौलागाईको पक्षमा मतदान गरेका छन् । यसअघि माओवादीका सभासद् जनार्दन शर्मा सार्वजनिक लेखासमितिको सभापति थिए । उनी मन्त्री भएपछि करिब करिव ६ महिना सो पद खाली थियो । सत्तारुढ राप्रपाका दुई सांसदले विपक्षी उम्मेदवारलाई मतदान गरेसँगै संबिधान संसोधन प्रस्ताव समेत फेल हुने सम्भावना बढेको छ ।