विकासन्युज

६ अर्बको विमानस्थल विस्तार अलपत्र, सरकारी प्राथमिकता नहुँदा विस्तार योजना नै प्रभावित

काठमाडौं ११, असोज । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम अलपत्र अवस्थामै नै पुगेको छ । स्पेनिश कम्पनी सान्जोसे कन्ट्रक्टोराले तीन वर्षमा जम्मा १६ प्रतिशत मात्रै प्रगति गरेको र पुनः उसैलाई काम गर्न नदिने सरकारी अभिव्यक्तिपछि विमानस्थलको कामले गति लिएको छैन । नेपालको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारमा सरकारी वेवास्थाकै कारण विस्तारको काम पछाडि धकेलिदै गएको हो । सन् १९५० देखि उडान सुरु भएको विमानस्थल सन् २०१६ सम्मपनि सरकारले जिम्मेवार भएर विमानस्थलको विस्तार कार्य गरेको छैन । नियमति रुपमा काम भए र एसीयाली विकास बैंकले तयार पारेको योजना अनुसार काम गर्न सके त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न अझै १५ वर्ष लाग्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एसियाली विकास बैंक (एडीबी)को सहयोगमा सन् २०१६ सम्ममा विमानस्थलको क्षमता बृद्धि गर्ने र सन् २०२८ सम्ममा गुरु योजना पूरा गर्ने उल्लेख थियो । ‘यो काम अहिले न अगाडि बढेको छ न रोकिएको छ’, नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनाको भनाइ छ । नियमति रूपमा काम भए पनि अन्तराष्ट्रिय मापदण्ड पूरा गर्न कम्तीमा १५ वर्ष लाग्ने प्राधिकरणको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अन्तराष्ट्रिय नागरिक उड्डयन सङ्घठन (आइकाओ)को एनेक्स १४ अनुसार रनवे, ट्याक्सीवे, रनवे सेफ्टी एरिया, आपतकालिन जहाज पार्किङ, टर्मिनल भवन, जहाजको ह्याङ्गर, लगायका मापदण्ड पूरा गर्न सकेको छैन् । सरकारी वेवास्थाका कारण र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने की नबनाउने भन्ने विषयको टुङ्गो नलाग्दा पनि त्रिभुवन विमानस्थल विस्तार अलपत्र परेको हो । ‘सन् २०१६ सम्ममा अहिले पूरा धावनमार्गको लम्वाई, ट्याक्सीवे लगायतका दुई÷तीन ओटा अन्तर्राष्ट्रिय मापदण्ड पूरा हुने योजना भएपनि काम रोकिएकोले विमानस्थल कार्यालयको भनाइ छ,’ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघठन (आइकाओ)ले तोकेको सबै मापदण्ड पूरा गर्नको निम्ति गुरुयोजना नै पूरा हुनुपर्ने भएपनि सो अनुसार काम नभएको विमानस्थल विस्तार आयोजना प्रमुख बाबुराम पौडेलले बताएका छन । यो विमानस्थलमा १९५० देखि उडान तथा अवतरण सुरु भएको थियो । १९६४ देखि औपचारीक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नामाकरण गरिएको यो विमानस्थलले अहिलेसम्म अन्तर्राष्ट्रिय मापदण्ड भने पूरा गर्न सकेको छैन् । वार्षिक एक अर्व रुपैयाँ खर्च भइरहेको यो विमानस्थले नियमित रुपमा योजना अनुसारको काम हुन नसकेको कारण सन् २०२८ सम्ममा आइकाओले तोकेको मापदण्ड पूरा गर्ने लक्ष्य नै अन्योलमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बुझाइ छ । एडीवीको ८ करोड अमेरीकी डलर सहयोगमा र नेपाल नागरिक उड्डयन प्राधिकरणको १ करोड २० लाख डलर खर्चमा यो विमानस्थलको क्षमता विस्तारको काम भइरहेको छ । यस रकम मध्ये एडीवीले ७ करोड डलर ऋण र १ करोड डलर अनुदानमा प्रदान गरेको हो । तीन वर्षे योजना अन्र्तगत विमानस्थलको क्षमता विस्तरमा ९ करोड २० लाख डलर अनुमान गरिएकोले १ करोड २० लाख डलर प्राधिकरणले आन्तरिक स्रोतबाट खर्च गर्ने उल्लेख थियो । ‘तर, विमानस्थल विस्तारको काममा न पैसा खर्च भयो न भौतिक प्रगित नै भएको छ,’ प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीले भने । विमानस्थल विस्तार योजना अन्तर्गत विमानस्थलको धावनमार्ग ३ सय मिटर बढाउने कार्यक्रम छ । यो धावनमार्ग अहिले ३ हजार मिटरको छ । हवाई यात्रु प्रतिक्षालय, आन्तरिकतर्फ जहाज ४२ र अन्तर्राष्ट्रियमा नौ वटा जहाज पार्किङ क्षमता बढ्ने भएको छ । विमानस्थलमा हाल अन्तराष्ट्रियतर्फ दुईओटा वाइड वडि र सातओटा न्यारोवडि गरी जम्मा ९ ओटा मात्र जहाज पार्किङ गर्न सकिन्छ । यसलाई बढाएर ९ ओटा ठूलो वा १८ ओटा सानो (न्यारोवडि) जहाज पार्किङ गर्न सक्ने क्षमताको बनाउने कामलाई तीव्रताका साथ अगाडि बढाउन सकिएको भए गतएका तीन वर्षको कामले अहिले नतिजा दिने थियो । नाकाबन्दी, भूकम्प, नेपालको राजनीतिक वातावरणसहितका कारण देखाएर ठेकेदारले काम नै गरेको र उल्टै नेपाल सरकारसँग २ अर्ब क्षतिपूर्ति माग गरेको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायको भनाइ छ । विमानस्थलमा अवतरण गरेपश्चात अन्तरराष्ट्रिय उडानका जहाजलाई पुनः उडान गर्न कम्तिमा १ घण्टा लाग्छ, कुनै कारणले सो भन्दा बढीको समय लागेको खण्डमा एयर ट्राफिक व्यवस्थापन मिलाउन नै गाह्रो पर्ने भएकोले पनि पार्किङ क्षमता बढाउन आवश्यक भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । सरकारले विमानस्थलको कामलाई प्राथमिकता राख्न नसकेका कारण विस्तार छिटो नहुने आवश्यक खर्च गर्न पुग्ने रकम नहुने तथा ठेकेदारसहितका अन्य निकायको कमजोरी सच्चिन नसकेको पनि उल्लेख छ ।

आज ३७ औं विश्व पर्यटन दिवस, पर्यटकलाई छुट र स्वागतको ओइरो

काठमाडौं ११, असोज । आज विश्व पर्यटन दिवस नेपालले पनि धुमधामसाथ मनाइरहेको छ । सरकारले आजको यो दिवसालाई पर्यटकीय गतिविसहित विश्व पर्यटन दिवस भव्यताका साथ मनाउँने निर्णय यस अधि नै गरेको थियो । विभिन्न ३२ वटा पर्यटकीय संघसंस्थासँगको सहकार्य र समन्वयमा औपचारिक रुपमै ३७ औं विश्व पर्यटन दिवस मनाइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले बताए । उनका अनुसार विहानै ठमेलेको संचयकोषबाट र्याली निकालेर शान्तिपूर्ण पदयात्रासहितको कार्यक्रम सुरु भएको छ । मंगलबार दिनभर नै यो दिवसको कार्यक्रम हुने भएको छ । विमानस्थलमा आज पहिलो उडानमार्फत आउने सबै पर्यटकलाए खादा लगाएर स्वागत गर्ने, होटल माहासंघ नेपाल अन्तगरतका सबै होटलमा २० प्रतिशत छुट, ठूला होटलहरुको संस्था होटल संघ नेपालको विशेष छुट, विभिन्न पर्यटन व्यवसायीक संस्थाले पनि छुट र विशेष अफर ल्याएको जानकारी दिएका छन् । हरेक वर्ष २७ सेप्टेमवरका दिन मनाइने यो दिवस यस वर्ष पनि विभिन्न जिल्ला र क्षेत्रमा पर्यटकीय गतिविधि संचालन गर्दै भव्य रुपमा सम्पन्न गरिदै आएको छ । पर्यटन प्रवद्र्धनको कार्यक्रमलाई प्रभावकारी बनाउन निजी क्षेत्रका पर्यटकी संस्थाको समन्वय र सहकार्यमा कार्यक्रम हुँदै आएको छ । विश्व पर्यटन दिवसमा दिन विभिन्न पर्यटकीय संस्थाले पर्यटकीय सेवा दिने विशेष छुट, पर्यटकीय गतिविधि, ¥याली, झाँकीसहितका कार्यक्रम विहानैबाट सुरु भएको छ । पर्यटकीय संस्था सबैले आफ्नो क्षेत्र र कार्यप्रकृति अनुसारका पर्यटनको गतिविधि गरिरहेको पर्यटन सचिव अधिकारीको भनाइ छ । पर्यटन बोर्डमा हुने आजको कार्यक्रममा उत्कृष्ट पर्यटन गाँउ घोषणा, घुमफिर वषृ २०७३ का लागि नयाँ गाउँ घोषणासहितका कार्यक्रम हुने भएको छ ।

नेपाल औषधी लिमिटेडको सेयर नीजि क्षेत्रलाई, २० देखि ३३ प्रतिशत सेयर दिने गृहकार्य

काठमाडौं । नेपाल सरकारले नेपाल औषधी लिमिटेड सञ्चालन गर्नका लागि नीजि क्षेत्रलाई ३३ प्रतिशत सम्म सेयर र मनेज्मेन्ट कन्ट्याक्ट  दिने भएको छ। रुग्ण अवस्थामा रहेको कम्पनीलार्इ दीर्घकालिन रुपमा अघि बढाउन निजी क्षेत्रलार्इ सेयर दिन लागिएको हो। निजी क्षेत्रको दक्षताले कम्पनीलार्इ व्यवसायिक रुपमा अघि बढ्न सहज हुने मान्यताका साथ सरकारले पिपिपि अवधारणामा सञ्चालन गर्न लागेको हो। यो सेयर लिने कम्पनीलार्इनै म्यानेजमेन्ट हेर्ने जिम्मा समेत दिने गरी सम्झौंता हुने उद्योग मन्त्रालयले तयारी गरेको छ। औषधि लिमिटेडमा भएको एक कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रलाई २० देखि ३३ प्रतिशतसम्म इक्विटी सेयर दिने मोडलको तयारी अन्तिम चरणमा पुर्याएका बताएका छन्। जोशीले मन्त्रालयका कर्मचारीहर र  डा पुष्कर बज्राचार्यको समितिले कति प्रतिशत शेयर दिने भनेर प्रतिवेदन पेश गरेपछि टुङो लाग्ने बताए। मन्त्री जोशीले चाँडै निजी क्षेत्रसँग कार्यसञ्चालन र इक्विटी सेयरका विषयमा प्रस्ताव आह्वान गर्ने बताए। उनले खुल्ला प्रतिस्पर्धामा जाने र त्यसमध्ये उत्कृष्ट प्रस्तावलाई संचालनमा ल्याउन दिने जानकारी दिए।मन्त्री जोशीले तत्काल उत्पादन हुने आठ किसिमका औषधीमा निजी क्षेत्रसँगको समन्वय आधारमा थप ७० किसिमका औषधी उत्पादन गर्ने जानकारी दिए।

२५ प्रतिशत रेमिट्यान्स ऋण तिर्न प्रयोग, विदेशमा नेपालीले कमाएको पैसा ऋण तिर्न र घरायसी खर्चमै ठिक्क

काठमाडौं ११, असोज । रोजगारीमा गएका कामदारले पठाएको रकमको २५.३ प्रतिशत हिस्सा विदेश जाँदा लागेको ऋण तिर्न प्रयोग हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका ३ सय २० घरपरिवारमा गरेको सर्वेक्षणले एक वर्षको अवधिमा विदेशबाट पठाएको रकमको २५।३ प्रतिशत रकम ऋण तिर्न लागि प्रयोग हुने गरेको देखाएको छ । “रोजगारीमा जाने सिलसिलामा वा जानु अघिदेखि नै ऋणग्रस्त हुने तथा रेमिट्यान्स प्राप्त गर्ने अधिकांश घरपरिवारले घररजग्गा लगायतका स्थिर सम्पत्ति खरिद गर्न ऋण लिने कारण रेमिट्यान्स आयको सबैभन्दा ठूलो अंश ऋण तिर्न प्रयोग हुने गरेको छ,” राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा वैदेशिक रोजगारीमा जाने कामदारले पैसा पठाएपछि पहिलो प्राथमिकता ऋण तिर्नको लागि हुने गरेको देखिएको बताउँछन् । “कतिपय कामदारले घरघडेरी जोड्न पनि ऋण लिने र त्यो रकम तिर्न प्राथमिकता दिने गरेको देखिएको छ,” थापाले भने । राष्ट्र बैंकले पहाड र तराईका ७–७ वटा तथा हिमाली क्षेत्रका २ वटा जिल्ला छानेर सर्वेक्षण गरेको थियो । वैदेशिक रोजगारीबाट कमाएको रकमको ठूलो हिस्सा ऋण तिर्न प्रयोग हुने भएकाले सहज रूपमा विदेश जान युवाहरुलाई सम्बन्धित पक्षले रकम उपलब्ध गराउन पनि राष्ट्र बैंकले सुझाव दिएको छ । आर्थिक वर्ष ०५०र०५१ मा कुल राष्ट्रिय बचत– कुल गार्हस्थ्य बचत अनुपात १४।६ प्रतिशतभन्दा अलिकति माथि १६।८ प्रतिशत रहेकोमा ०७१र०७२ मा ११।४ प्रतिशतभन्दा उल्लेख्य ४४।६ प्रतिशत रहनुमा विप्रेषण आप्रवाहको प्रमुख भूमिका रहेको देखिएको राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । वैदेशिक रोजगारीबाट कमाएको पैसा ऋण तिर्ने तथा बचतपछि सबैभन्दा बढी खर्च उपभोगमा हुने गरेको छ ।

दुई महिनामै साढे १६ अर्बका गाडी भित्रियो, दैनिक साढे २७ करोडको सवारी साधान आउँछन नेपालमा

काठमाडौं ११, असोज । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा साढे १६ अर्ब रुपैयाँबराबरका सवारीसाधन नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा दोब्बर हो । अघिल्लो आवको पहिलो दुई महिनामा ७ अर्ब २५ करोड रुपैयाँबराबरका सवारी भित्रिएको समाचार मंगलबारको कारोबार दैनिकले छापेको छ । विभागको तथ्यांकअनुसार दैनिक साढे २७ करोड रुपैयाँबराबरको सवारी भित्रिएको देखिन्छ । “दसैं–तिहार नजिकिएकाले सवारीसाधनको आयात वृद्धि भएको हो । मानिसको क्रयशक्ति पनि बढेको छ,” भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले भने । गत भदौमा राजधानीमा सवारीसाधनको मेला ‘नाडा अटो शो’ भएकाले पनि सवारीसाधन बढी भित्रिएका हुन् । भन्सार विभागका अनुसार सवारी आयात बढेपछि भन्सार राजस्व पनि बढी उठेको छ । दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थ १४ अर्ब ९७ करोड रुपैयाँको, फलाम तथा स्टीलजन्य वस्तु १४ अर्ब ९४ करोडको र विद्युतीय सामान तथा उपकरण १३ अर्ब २३ करोड रुपैयाँको आयात भएको छ । चालू आवको २ महिनामा १ खर्ब ४९ अर्ब २२ करोड रुपैयाँबराबरको सामान आयात भएकोमा गत आवको सोही अवधिमा ९६ अर्ब ३१ करोड रुपैयाँको भएको थियो । आयात ५५ प्रतिशतले वृद्धि भएको छ भने निर्यात १।२१ प्रतिशतले बढेको छ । गत वर्ष सीमा नाका आन्दोलनका कारण आयात केही घटेको थियो । चालू आवको पहिलो २ महिनामा भारतबाट ९८ अर्ब ६७ करोड आयात तथा ७ अर्ब २३ करोड रुपैयाँको निर्यात भएको छ । चीनबाट २० अर्ब ७४ करोड आयात तथा २१ करोड निर्यात, यूएईबाट ३ अर्ब ५१ करोड आयात तथा २ करोड निर्यात, थाइल्याण्डबाट १ अर्ब ९७ करोड आयात तथा १० लाख निर्यात भएको भन्सार विभागले जनाएको छ ।

डलरमा विद्युत् खरिदका लागि सटही जोखिम व्यहोर्ने कोष बन्दै, पीपीए गर्न सहज बनाइदै

काठमाडौं ११, असोज । विद्युत् प्राधिकरणले अमेरिकी डलरमा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गर्दा विनिमय जोखिम (फरेन एक्चेन्ज रिक्स) व्यहोर्न सरकारले कोष स्थापना गर्ने भएको छ । ऊर्जा मन्त्रालयले नेपाली मुद्रा कमजोर बनेर डलरमा बिल भुक्तानी गर्दा वित्तीय स्वास्थ्यमा पर्ने जोखिम कम गर्न ‘हेजिङ फन्ड’ स्थापना गर्न लागेको हो । डलर विनिमय जोखिम न्यूनीकरण गर्न लगानीकर्ता र नेपाल सरकार वा प्राधिकरणले कतिसम्म जोखिम लिने भन्नेमा सरकारले स्पष्ट नीति बनाउन सकेको छैन । फन्ड स्थापना गरी सरकारले त्यसैमार्फत जोखिम व्यहोर्ने व्यवस्था गर्न लागेको हो । डलरमा पिपिए गर्दा डलरको भाउ बढेको अवस्थामा फन्डमार्फत जोखिम बेहोरिनेछ । यसले गर्दा सटही जोखिम बिजुली खरिदकर्ता (प्राधिकरण)या लगानीकर्ताले व्यहोर्नुपर्दैन । विद्युत् खरिदकर्ता र लगानीकर्ता दुवैलाई मारमा पर्न नदिन विभिन्न मुलुकले हेजिङ फन्ड प्रयोगमा ल्याएका छन् । फन्ड स्थापना गर्न अर्थ मन्त्रालयसँग केही दिनअघि छलफल भइसकेको र त्यसमा अर्थ सकारात्मक रहेको ऊर्जामन्त्री जनार्दन शर्माले बताए । ‘स्वदेशी र विदेशी लगानीकर्ताबाट लगानी भित्राएर मात्रै नेपालको जलविद्युत् विकास गर्न सक्छौँ,’ उनले भने, ‘विदेशी लगानीकर्तालाई लगानीको वातावरण गर्न डलरमा पिपिए आवश्यक पर्छ, हेजिङ फन्ड स्थापना गरी डलरको सटही जोखिमलाई व्यहोर्ने व्यवस्था गर्दै छौँ ।’ मंगलबारको नयाँ पत्रिका दैनिकबाट ।

आर्थिक अवस्था गुज्रिएपछि ब्रिकीमा ट्वीटर, इन्टरनेट जाइन्ट कम्पनीसँग छलफल अगाडि बढ्यो

काठमाण्डौं, ११ असोज। माइक्रोब्लगिङ साइट ट्विटर विक्रि हुने भएको छ। ३० करोड सक्रिय प्रयोगकर्ता रहेको चर्चित सोसल मिडिया ट्वीटर बिक्रीमा रहेको जनाएको हो। लगातार एक दशक माइक्रो ब्लगिङ दुनियाँमा एकछत्र राज गरेको ट्वीटरको बिक्रीको चर्चाले विश्व इन्टरनेट बजारमा तरंग ल्याएको छ । यसै सातादेखि ट्वीटरले आफ्ना सम्भावित ग्राहकहरूसँग छलफल अगाडि बढाएको छ। उसले अाफ्नो भविष्यमाथि कुनै किसिमको अवरोध नअाउने कम्पनीसँग विक्रिका लागि छलफल अगाडि बढाएको जनाएको छ। ट्विटरले मुख्यत इन्टरनेट जाइन्ट कम्पनीहरुसँग विक्रि हुन सक्ने अनुमानका विच केहि छलफल अगाडि बढाएको छ। उसले फेसवुक, गुगल, माइक्रोसफ्ट  सेलफोर्स लगायत अन्य कम्पनी भेरिजोनसँग समेत विक्रिका लागि कुरा अगाडि बढाएको जनाएको छ। किन बेच्नु पर्‍यो? सन २००६ देखि ट्वीटर इन्क कम्पनी मार्फत सोसल मिडिया बजारमा आक्रामक उपस्थिति देखाएको ट्वीटर अहिले संसारमा सबैभन्दा बढि प्रयोग गरिने १० वेबसाइट र इन्टरनेट प्लेटफर्म मध्येमा पर्दछ । १४० शब्द सीमाको माइक्रो बल्गिङलाई ट्वीटरले पहिचान नै बनाउन सफल भयो । संसारभर साना ठुला लाखौं व्यवसायलाई ट्वीटरले सफल बनाउन सघायो । विश्व थर्काउने राजनीतिक र आर्थिक घटनाका वरीपरी १४० शब्दै ट्वीट निकै प्रभावकारी अस्त्र बनेका छन् । लोकप्रियता कमाए पनि ट्वीटरले पैसा भने कमाउन सकेन । अरू प्रतिश्पर्धी सोसल प्लेटफर्मले बजारमा छलाङ मार्दा ट्वीटरको आय उत्साहजनक देखिएन । सुरूवातदेखि नै ‘घाटाको व्यापार’ गर्दै आएको ट्वीटरले ल्याएका ‘स्पोन्सर्ड ट्वीट’, विज्ञापन र  ‘पार्टनसिप’ व्यपार मोडालिटीले नाफातिर डोर्‍याउन सकेनन् । त्यसैले ट्वीर व्यबस्थापन बिक्रीको टंगोमा पुगेको हो ।

माथिल्लो मर्स्याङदी ‘ए’ बाट विद्युत उत्पादन सुरु, ५० मेगावाटको बिजुली थपियो

काठमाडौं ११, असोज । ५० मेगावाटको माथिल्लो मर्स्याङदी ‘ए’ जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । चार वर्षअघि निर्माण सुरू भएको माथिल्लो मस्र्याङ्दी ए आयोजना निर्माण सम्पन्न भई सोमबारदेख उत्पादन सुरु गरेको हो । नेपालमा विद्युत प्राधिकरणले २०६५ सालमा निर्माण सम्पन्न गरेको ७० मेगावाटको मध्यमस्र्याङदीपछि सम्पन्न भएको यो सबैभन्दा ठूलो आयोजना रहेको मंगलबारको कारोबार दैनिकमा समाचार छापिएको छ । उर्जामन्त्री जनार्दन शर्माले काठमाडौंस्थित हायात रिजेन्सीमा आयोजित विशेष कार्यक्रममा जलजुङमा विद्युत उत्पादनको लागि अनुरोध गरेर उत्पादन शुभारम्भ भएको घोषणा गरेका थिए । उर्जा सचिव अनुप उपाध्याय, नेपालका लागि जनवादी गणतन्त्र चिनियाँ राजदुतावासका प्रतिनिधि चेङ जीलगायतको उपस्थितीमा आयोजना शुभारम्भ भएको घोषणा गरिएको थियो ।