एतिहासिक दरबार हाई स्कुल जिर्ण, कहिले सकिन्छ पुनःनिर्माण ?
काठमाडौं । नेपालको पहिलो विद्यालय दरबार हाई स्कुल भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि जिर्ण अवस्थामा छ । स्कुलको अझै पुननिर्माण हुन सकेको छैन । राणा कालमा स्थापना भएको स्कुल एक जमानामा चर्चित थियो । भुकम्पपछि स्कुल हेर्न पनि लायक नरहेको अवस्था छ । उक्त स्कुलमा विद्यार्थीको संख्यामा पनि कम हुँदै गएको छ । भूकम्प अघि ४८० को हाराहारीमा विद्यार्थीको संख्या थियो तर भूकम्प पछि विद्यार्थीको संख्या घटेर ४ सय को हाराहारीमा छ । विद्यार्थीको संख्या यसरी नै घट्दै जाने हो भने स्कुल इतिहासमा मात्रै सिमित नरहला भन्न सकिन्न । स्कुलको भवन यति सम्मको जिर्ण अवस्थामा छ की विद्यार्थीहरु ट्रसमा बसेर पढ्न बाध्य छन् । स्कुलका विद्यार्थीलाई दिइने सेवा सुविधा सरकारले व्यहोर्दै आएपनि भौतिक संरचनामा नै समस्या आएपछि विद्यालयमा विद्यार्थी घट्दै गएर इतिहासमा मात्र ‘एउटा विद्यालय थियो रे !’ भन्ने अवस्था आउन लागेको स्कुलका शिक्षक बताउछन् । चीन सरकारले स्कुल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । स्क’लको संरचना भत्किएको ३ वर्ष भयो तर अहिलेसम्म पुनःनिर्माणको कार्य अघि बढेको छैन । चीनले उक्त स्कुलको माटो परिक्षण २ महिना लगाएर गरिसके पनि पुननिर्माणको काम भने असोजदेखि सुरु हुने स्कुलका सहायक प्रधानाध्यापक अखिलेस आजाद बताउछन् । सहायक प्रधानाध्यापक आजातको भनाइ अनुसार पुननिर्माणको कार्य सम्पन्न गर्नको लागि चीनले डेढ वर्षको समय सीमा तोकेको छ । उक्त विद्यालय पुननिर्माण गर्न २५ करोड रुपैयाँ बढी लाग्ने उनले बताए । स्कुलले एतिहासिक रुपमा नेपाली तथा संस्कृत विषयलाई प्राथमिकतामा राखेकोमा पछिल्लो समयमा सरकारले नर्सरीदेखी कक्षा ४ सम्म अनिवार्य रुपमा अंग्रजी माध्यमबाट पढाई हुँदै आएको छ । कक्षा ५ देखी १० सम्मका विद्यार्थीले भने आफुलाई इच्छा लागेअनुसार नेपाली अंग्रेजी दुइवटैै माध्यमबाट पढ्न पाउने व्यवस्था छ । संस्कृत विषय भने एच्छिक विषयमा समावेस गरिएको छ । उक्त स्कुलमा एनसीपी भन्ने संस्थाले गरीब तथा प्रभावित विद्याथीहरुलाई सहयोग गर्दै आएको छ । कापी, कलम, तथा खाजा प्रदान गर्दै आइरहेको छ । सरकारको स्वामित्वमा चलेको विद्यालय हुनाले प्राय गरेर निःशुल्क शिक्षा मात्र नभएर छात्रवृत्ति समेत प्रदान गरेको छ। यति सबै हुँदाहुदै पनि उक्त स्कुलमा विद्यार्थीको संख्यामा भने कमी देखिएको आजाद स्वीकार्छन । निजी स्कुललाई पनि सरकारले नै स्वीकृति दिएर चलाएको हुन्छ तर सरकारी स्कुलको तुलनामा विद्यार्थी निजी स्कुल बढी मात्रामा जाने गरेको पाइन्छ । “सरकारी विद्यालयमा पनि शुल्क लाग्ने भए दुबै स्कुलको महत्व रहनुको साथै सरकारी विद्यालमा पनि विद्यार्थीको कमी हुने थिएन” उनी भन्छन् “अहिलेकै अवस्थामा स्कुल रहिरहने हो भने सो स्कुल लोप नै भएर जान्छन् ।” स्कुलमा कक्षा ३ मा पढ्ने सुष्मा रसाइलीलाई किन यो विद्यालय पढेको ? भनेर प्रश्न गर्दा उनी भन्छिन् “ यहाँ निःशुल्क पढाइ हुन्छ, कुनै-कुनै किताब मात्र किने पुग्छ त्यसैले, राम्रो लाग्छ ।’ त्यसैगरी, सोही स्कुलका कक्षा ९ मा पढ्ने जीतु सुनार भन्छन् ‘भवन भत्किएको हुनाले विज्ञानको प्रयोगात्मक परीक्षण गर्न भने भवनको माथिल्लो तलामा जान पर्ने हुन्छ तर सो तलामा जान सकीने अवस्था छैन ।’ भवनको जिर्ण अवस्थाले विद्यार्थीको भविष्य पनि अन्योलमा पर्ने देखिन्छ । अतः समयमा नै पुनःनिर्माणको कार्य अघि बढे मात्र दरबार हाई स्कुल आफ्नो अस्तित्वमा आउला भन्न सकिन्न ।
वाईवाई नूडल्सले पायो ‘मार्की अवार्ड २०१७’
काठमाडौं । वाईवाई नूडल्सले भारतको ख्याती प्राप्त ‘मार्की अवार्ड २०१७ प्राप्त गरेको छ । मुंवई मादि एडभरटाईजिङ क्लबद्वारा आयोजित समारोहमा भारतीय वस्त्र, सूचना एवं प्रसारण मन्त्री स्मृती इरानीले उक्त अवार्ड सिजीकर्प ग्लोबल काकार्यकारी निर्देशक बरुण चौधरीलाई प्रदान गरेकी हुन् । भारतीय बजारमा आफ्नो सशक्त उपस्थिती बढाउदै जादा वाईवाईलाई उक्त सफलता प्राप्त भएको बताउँदै वाईवाई अहिले भारतीय नूडल्स बजारमा दोस्रो सशक्त ब्राण्ड भएको सीजी कम्पनीले जनाएको छ । छोटो समयमा भारतीय उपभोक्ताको मन जित्न सफल यो ब्राण्डलाई भारतमा तिब्र गतिमा विस्तार भईरहेको ब्राण्डका रुपमा लिनुको साथै, हाल वाईवाईले भारतीय नूडल्स बजारको २७ प्रतिशत हिस्सा ओगटेको कम्पनीले जनाएको छ । अवार्ड वितरणका लागि आयोजित समारोहमा बोल्दै प्रशारण मन्त्री इरानीले अवार्ड विजेता वाईवाईलाई बधाई दिइन् । वाईवाईले भारतका अन्य चर्चित ब्राण्डहरूसँगको प्रतिस्पर्धामा आफुलाई अब्बल सावित गर्दै अवार्ड जित्न सफल भएको कम्पनीको दाबी छ । ‘वाईवाईलाई विश्वब्यापी प्रतिष्ठित ब्राण्ड बनाउने हाम्रो प्रयासमा माक्र्यू अवार्डबाट थप हौसला प्राप्त भएको जानकारी दिइएको छ । यसको श्रेय म सम्पूर्ण वाईवाईका उपभोक्ताहरूलाई दिन चाहान्छु’, कार्यकारी निर्देशक बरुण चौधरीले भने । वाईवाई अफ्रिका, मध्यपूर्व र एसियाका विभिन्न ठाउँहरूबाट उत्पादनगर्ने योजना कार्यान्वयनमा भएको चौधरी ग्रुपले जानकारी दिएको छ ।
युनाइटेड मोदीको खुद नाफा ४ करोड ८८ लाख
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको खुद नाफा बढेको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा कम्पनीले ४ करोड ८८ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुदनाफा ३ करोड ९३ लाख रुपैयाँ थियो । प्राविधिक कारणले विद्युत उत्पादन बढाउन नसक्दा आम्दानीमा कमी आएको कम्पनीले जनाएको छ । युनाइटेड मोदीले आइतबार गत आवको वित्तीय विवरण सार्वजनिक गर्दे मर्मत सम्भार र सार्वजनिक निष्कासन खर्च लेखाङकन गरिएकाले पनि नाफामा कमी देखिएको जानकारी गराएको छ । गत आवमा कम्पनीले बिजुली बिक्रीबाट ३० करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्ष साढे २७ करोड रुपैयाँ मा आम्दानी गरेको थियो । बैंक ब्याज दरले पनि कम्पनीको खर्च बढेको छ । युनाइटेड मोदीले साढे १० मेगावाटको तल्लोमोदी २ आयोजना निर्माण थालेको छ । आयोजनाको सिभिल निर्माणका लागि बोलपत्र आब्हान समेत गरिसकेको छ ।
सरकार र कांग्रेसका कारण डा.केसी एक मिनेट पनि अनशन बस्न पर्दैन: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डा. गोविन्द केसीको माग पूरा गर्न सरकार र नेपाली कांग्रेस पूर्ण रुपले तयार रहेको बताएका छन् । शनिबार साँझ डा. केसीको माग लिएर बालुवाटार आएका उनका प्रतिनिधि र मानवअधिकारवादीहरु समक्ष प्रधानमन्त्री देउवाले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । शुक्रबार दुई पक्षबीच तीन बुँदे सहमति भए पनि प्रतिपक्ष दल सम्वद्ध केही सांसद्को विमतिका कारण त्यसअनुरुप चिकित्सा शिक्षा विधेयकको पुनर्लेखन हुनसकेको थिएन । यसकारण, डा. केसीले २० दिनदेखि जारी अनशन तोड्न अस्वीकार गरेका थिए । शनिबार डा. केसीका प्रतिनिधिहरूले चिकित्सा शिक्षा ऐनको प्रस्तावनामा “चिकित्सा शिक्षासम्बन्धि राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ को मर्म र भावनासमेतलाई दृष्टिगरी गरी” भन्ने वाक्यांश थप्न र दफा ६ मा “यस ऐन बमोजिम चिकित्सा शिक्षा कार्यदल २०७२को प्रतिवेदनसमेतले आवश्यक पर्ने पूर्वाधार तथा मापदण्ड” भन्ने उल्लेख गर्न माग गरेका थिए । यी दुई माग सम्बोधन भए डा. केसीले तत्काल अनशन अन्त्य गर्ने जानकारी उनीहरूले दिएका थिए ।
विकासन्युजको सम्पादकमा बाबुराम खड्का नियुक्त
काठमाडौं । विकासन्युज डट कमको सम्पादकमा बाबुराम खड्का नियुक्त भएका छन् । विकास मिडिया प्रालिको सञ्चालक समितिको बैठकले उनलाई आइतबारदेखि लागू हुनेगरी सम्पादकमा नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नाकोत्तरसम्म औपचारिक अध्ययन गरेका खड्का विगत १५ वर्षदेखि आर्थिक पत्रकारितामा क्रियाशिल छन् । नेपाल समाचारपत्रमा ७ वर्ष र कारोबार दैनिकमा ६ वर्ष व्यूरो चिफको रुपमा पत्रकारिता गरेका खड्का पछिल्लो समय बाह्रखरीमा आवद्ध थिए । विकास मिडियाका प्रबन्ध निर्देशक रामकृष्ण पौडेलले सम्पादक खड्कालाई स्वागत गर्दै नयाँ सम्पादकको नेतृत्वमा विकासन्युजले आर्थिक पत्रकारिताको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा सम्पादक खड्काले सामूहिक प्रयास (टिम वर्क)मा जोड दिदै पाठकको चाहाना र भावना अनुसार आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेर समाचार पस्कने बताए ।
बाढी पहिरोका कारण एक्लिदै काठमाडौं
काठमाडौं । अबिरल वर्षाको कारण तराई क्षेत्र डुवानमा र पहाडी क्षेत्र पहिरोको चपेटामा पररेसँग मानवीय जनजीवन कष्टकर बन्दै गएको छ । अहिले तराईका अधिकांश भूभाग जलमग्न भएको छ । घरबस्ती डुवानमा परेका छन् । कोशीको वहाव अझ बढ्दो छ । कोशीको अन्य वाँकी ढोका खोल्न भारत सरकारसँग अनुरोध गरिएपनि हालसम्म सप्तकोशीको ३५ वटामात्र ढोका खोलिएका छन् । राजमार्गहरूका पुलहरू भत्कदा बाटामै गन्तव्यसम्म यात्रुहरू पुग्न नसकेर यात्रुहरू अलपत्र परेका छन् । बाढीका कारण ३० जनाभन्दा बढीले ज्यान गुमाइ सकेका छन् भने कति उच्च जोखिममा परेका छन् । नदी किनारमात्रै होइन सदरमुकाम समेत जलमग्न भएको छ । देश जलमग्न भई बाढी पहिरोको चपेटामा परेपछि काठमाडौं एक्लदै गएको छ । देशभर परेको अविरल वर्षापछि आएको बाढीका कारण कम्तीमा ३० जनाको ज्यान गएको गृहमन्त्री जनार्दन शर्माले बताइसकेका छन् । २० जना बेपत्ता भएका छन् । बिहीबारदेखि लगातार परेको पानीले पूर्वमा झापादेखि पश्चिम बर्दियासम्मको तराईको अधिकांश भूभाग जलमग्न भएका छन् । पहाडी क्षेत्रमा पहिरो जाँदा जनधनको क्षति भएको छ । तराईको लाइफलाइन पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । अबिरल वर्षा कै कारण दुर्घटनाहरू बढी रहेका छन् । सो कारण परिवारजनले नै ज्यान गुमाउनु परेको छ भने कयौं धनमालको क्षति भएको छ । औद्योगिक करिडोरहरूमा पानीका कारण विद्युत आपूर्ति बन्द हुँदा उद्योगधन्दा संचालन हुन सकेका छैनन् । बुटवल-नारायणगढ सडकको बर्दघाटदेखि दुम्किवाससम्म ७ बढी स्थानमा गएको पहिरो हटाउन नपाउँदै पुन सडक भाँसिन गएपछि अवरुद्ध सडक तत्काल संचालनमा नआउने देखिएको छ । ठाउँ ठाउँमा सडकहरू भासिएका छन् । चितवनको पर्यटकीय क्षेत्र सौराह, बर्दिया तथा जनकपुरलगायतका सदरमुकाम डुवानमा परेको छन् । बाढीले जीप बगाउदा रौतहटमा सुत्केरी गराउन स्वास्थ्य संस्थामा जादै गर्दा एक्कै परिवारको छ जनाको मृत्यु भएको छ । राजपुर गापालिका-३ स्थित बमनहरको बाध भत्किदाँ उनीहरु चढेको जीप बगाएको थियो । मृत्यु हुनेमा परोहा गाउपालिका ३ लौकाहाका ३२ वर्षीय चन्दन यादव, उनको श्रीमती सर्मिला यादव, आमा सुमित्रादेवी, भाउजु ललिता देवी, भतिजा सरोज यादव र छोरी छोटु यादवको बाढीले बगाउदा मृत्यु भएको स्थानीय शेष वकिलले जानकारी दिएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर-दाङ सडक सडकखण्डका पुलहरु ठाउँठाउँमा भत्किएका छन् । पुल भत्किँदा शनिबारदेखि हजारौँ यात्रु बाटोमै अलपत्र परेका छन् । शनिबार राजमार्गको गन्धौली खोलाको पुल भत्किएको थियो । पुल भत्किएपछि खोलामा बनाइएको अस्थायी बाटो पनि खोलाले बगाएको छ । त्यस्तै अगैयास्थित गावर खोलाको पुल पनि पूरै भत्किएको छ । राजमार्गका दुई मुख्य पुलहरु भाँचिएपछि अहिले पूर्वपश्चिम रागमार्ग पूरै अवरुद्ध भएको छ । पूर्वपश्चिम जोड्ने राजमार्ग महोत्तरी र धनुषाको बीचमा पर्ने रातु खोलाको पुल भाँसिएको छ । अविरल बर्षासँगै पूर्व नेपाललाई काठमाडौंसँग जोड्ने रातु खोलाको पूल भाँसिएको हो । शनिबार साँढे ६ बजेको समयमा रातु खोलामा आएको भिषण बाढीले खोलाको पूल भाँसिदा यातायात सेवा प्रभावित बन्न पुगेको छ । सात वटा पिलर मध्ये चौंथौ पिलर भाँसिएको छ । १९९० साल तिर निर्माणधिन रातु पुलको महोत्तरी तिरको दुई वटा पिलर भाँसिएको दुई बर्षा नबित्दै पुलको चौथौं फिल भाँसिएको हो । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि परेको अबिरल वर्षा सोमबार केही मर्थर हुने जनाएको छ । उसको यो अनुमानलाई मान्दा पनि सो अवधिसम्म कतिको ज्यान जाने हो र कति धनमालको क्षति हुने हो सो आँकलन गर्न नसक्ने अवस्थामा गृह मन्त्रालय पुगेको छ । चारै तिरको बाटो अवरुद्ध भएपछि काठमाडौंमा खाद्यन्नलगायत तरकारीको भाउ माथि उक्लन थालेको छ ।
ठूलो बाढी पस्दा सौराहाका होटल डुबे
चितवन । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् । कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेको उनले बताए । सौराहामा रहेका ११० वटा होटलमा अधिकांशमा पानी पसेको घिमिरेको भनाइ छ । भुइँतलामा रहेका पर्यटकलाई माथिल्लो तल्ला एवं अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पार्किङ गरिएका गाडी, मोटरसाइकल, साइकललगायत सवारीसाधन सबै डुबेका छन् । विसं २०५९ यताको यो नै सबैभन्दा ठूलो बाढी रहेको घिमिरेले बताए । त्यतिबेला सौराहामा बाढी पसेर होटलमा बालुवा भरिएपछि ठूलो क्षति भएको थियो । सौराहा जाने चित्रसारी पुल नजिकै रहेको प्रहरी चौकी डुबानमा परेपछि स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख दीपक थापाले बताए । सौराहामा रहेको प्रहरी चौकी पनि डुबानमा परेको छ । राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो । यसैगरी, राप्ती, कयरखोला, लदरी, पम्फा खोलाको बाढी गाउँ पसेपछि पूर्वी चितवनको खैरहनी, पर्सा, भण्डारा र रत्ननगरलगायतका क्षेत्रमा डुबान भएको प्रहरी उपरीक्षक थापाले बताए । राप्तीकै पानी पसेपछि पश्चिम चितवनको पटिहानी, जगातपुर र मेघौलीका नदी तटीय क्षेत्र डुबानमा परेका छन् । नदी छेउमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थापाले बताए । नारायणी, राप्ती, रिउलगायतका नदी बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैमा अपिल गरेको छ । रासस –––––––
५ अर्बको विकास ऋणपत्र सोमबार निष्कासन हुँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आगामी १२ वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्रको अवधी ०८६ साल साउनसम्म रहेको छ । सावाँ भुक्तानी ०८६ साउन ३२ गते हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर-बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउने छन् । प्रत्येक ६ महिनामा ऋणपत्रको ब्याज भुक्तानी हुने व्यवस्था गरिएको छ । आन्तरिक ऋण उठाउन सरकारले राष्ट्र बैंकमार्फत विकास ऋणपत्र बिक्री गर्न लागेको हो । चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसमध्ये विकास ऋणपत्र बिक्रीबाट मात्रै ७२ अर्ब रुपैयाँ उठाउने छ ।