सवै स्वास्थ केन्द्रमा चिकित्सक पुगेको सरकारी दावी गलत, १६ स्वास्थ्य केन्द्रमा चिकित्सक छैनन्
काठमाडौँ,२ मङ्सिर । सरकारले सबै स्वास्थ्य केन्द्रमा चिकित्सक पुगेको भनी गरेको दाबी गलत भएको पाइएको छ । बुधबारदेखि काठमाडौँमा सुरु भएको ‘आव २०७२\७३ मा सम्पादित स्वास्थ्य सेवा तथा कार्यक्रमको राष्ट्रिय वार्षिक प्रगति समीक्षा गोष्ठी’मा आफ्ना विकास क्षेत्रको स्वास्थ्य प्रतिवेदन प्रस्तुत गर्दै पाँचै विकास क्षेत्रका क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशकले अझै पनि आफ्ना कार्यक्षेत्रभित्रका कतिपय जिल्लाका स्वास्थ्य केन्द्रमा चिकित्सक नपुगेको जानकारी गराए । स्वास्थ्य मन्त्रालयले गत महिनामात्र देशभरका सबै स्वास्थ्य संस्थामा चिकित्सक पुगिसकेको बताएको थियो । तर अझ पनि देशभरका १६ प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक नभएको प्रतिवेदन निर्देशकले प्रस्तुत गरेका छन् । पूर्वाञ्चलका तीन, मध्यमाञ्चलका तीन, पश्चिमाञ्चलका पाँच, मध्यपश्चिमाञ्चलका दुई र सुदूरपश्चिमाञ्चलका तीन प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना पनि चिकित्सक छैनन् । स्वास्थ्यमन्त्री गगनकुमार थापाले गत असोजमा नियमित पत्रकार भेटघाटमा आफूले मन्त्रालय सम्हाल्नुअघि देशभरका २३ स्वास्थ्य केन्द्रमा एकजना पनि चिकित्सक नभएको बताउँदै आफूले त्यहाँ चिकित्सकको व्यवस्था गरिसकेको जानकारी गराएका थिए । उनले प्रत्येक स्वास्थ्य संस्थामा कम्तीमा दुईजना चिकित्सक राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । अझै पनि १६ स्वास्थ्य संस्थामा एकजना पनि चिकित्सक नभएको पाइएको छ । अहिले ७५ जिल्लामा २०४ प्राथमिक स्वास्थ्य केन्द्र छन् । तीमध्ये १६ स्वास्थ्य संस्थामा एकजना पनि डाक्टर छैनन् । एकचालीस स्वास्थ्य संस्थामा भने तीनभन्दा बढी डाक्टरले काम गरिरहेको मन्त्रालयको तथ्याङ्क छ । प्रत्येक वर्ष सरकारी छात्रवृत्तिमा पढेका ३५० भन्दा बढी डाक्टर उत्पादन हुन्छन् । उनीहरुलाई कम्तीमा दुई वर्ष दुर्गम क्षेत्रमा गई काम गर्नै पर्ने प्रावधान छ । अहिले सरकारले छात्रवृत्ति, करार स्थायी दरबन्दीमा चिकित्सकलाई स्वास्थ्य संस्थामा पठाउने गरेको छ । तीमध्ये चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स, बिपी कोइराला राष्ट्रिय प्रतिष्ठान, काठमाडौँ विश्वविद्यालयलगायतबाट छात्रवृत्तिमा पढेका ३५० भन्दा बढी एमबिबिएस चिकित्सकलाई सरकारले तलब दिएर सम्पूर्ण सेवा सुविधासहित दुर्गम स्वास्थ्य संस्थामा पठाउने गर्छ । तर बिरामी कम हुने र ठूलो रोग लागेमा जिल्ला अस्पताल वा बाहिर जाने परिपाटीले दुर्गम र ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य संस्थामा बसेका चिकित्सकले काम सिक्ने मौका नपाउने भएकाले चिकित्सक पठाउन भने सरकारलाई चुनौती छ । तर, स्वास्थ्य सेवा विभागका उपसचिव तारानाथ लुइँटेल भने सुर्खेतको एक स्वास्थ्य केन्द्रबाहेक अन्य सबैमा कात्तिक महिनासम्म एक चरण चिकित्सक पु¥याएको बताए । उनले कतिपय अवस्थामा चिकित्सकको सरुवा, अध्ययनमा जानेलगायतका कारणले रिक्त रहने गरेको भए पनि मन्त्रालयले ती रिक्त स्थानमा करारमा नियुक्त गर्ने प्रक्रिया सुरु गरिसकेको जानकारी दिएको छ । रासस
सिभिल बैंकको नाफा एक करोड ४५ लाख, खराव कर्जा ४ प्रतिशत भन्दा माथि
काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ४५ लाख खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले ऋणको व्याज र किस्ताको लागि ३२ करोड ६४ लाख रुपैयाँ छुट्याएको छ । बैंकले कर्जा विस्तार गरेर मात्र २२ करोड ९७ लाख रुपैयाँ कमाएको छ । बैंकको खराव कर्जा ४ दशमलव १३ प्रतिशत पुगेको छ । गत वर्ष यहीअवधिमा बैंकको खराव कर्जा २ दशमलव ५४ प्रतिशत रहेको थियो । आइएलएफसीओ फाइनान्सलाई मर्ज गरेपछि बैंकको चुक्तापुँजी भने ३ अर्व ८ करोड रुपैयाँ पुगेको छ । बैकको प्रतिसेयर आम्दानी साढे एक रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११७ दशमलव ४५ रहेको छ । बैंकले गत वर्षमा ३३ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
विद्यालयका लागि दुई लाख रुपैयाँ सहयोग
पाल्पा, २ मङ्सिर । रामपुर नगरपालिका–८ सानीअमराईमा रहेको बालकल्याण प्राथमिक विद्यालयका लागि दुई लाख रुपैयाँ आर्थिक रकम सहयोग प्राप्त भएको छ । विद्यालयको स्तरोन्नतिका लागि जापानी नागरिक ताकासी होन्डाले दुई लाख रुपैयाँ सहयोग गरेका हुन् । शैक्षिक तथा भौतिक विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको सहयोगदाता होन्डाले बताए । सो रकम विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक क्षेत्रमा खर्च गरिने विद्यालयका शिक्षक नारायणप्रसाद खनालले बताए । रासस
ग्रीन डेभलपमेन्ट बैंकको सेयर सुचिकृत, ७ दिन पछि कारोबार हुने
काठमाडौं , २ मंसिर । ग्रीन डेभलपमेन्ट बैंकको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ । नेप्सेले विहिबार सर्वाजनिक सुचना प्रकाशित गरी ग्रीन डेभलपमेन्ट बैंकले जारी गरेको १० लाख कित्ता साधारण सेयर सुचिकृत गरेको जनाएको छ । नेप्सेको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले निर्णय गरेअनुसार सो बैंकको सेयर सुचिकरण गरिएको हो । ग्रीन डेभलपमेन्ट बैंक र नेप्सेविच मंसिर १ गते सेयर सुचिकरण सम्झौता सम्पन्न भएको थियो । सेयर सुचिकरणको सुचना प्रकाशित भएको मितिले ७ दिनपछि मात्र नेप्सेमा बैंकको कारोबार सुरु हुने छ । बैंकको प्रधान कार्यालय बाग्लुङमा रहेको छ ।
बोइङको मूल्यांकन ढिलाइले कवाडीको भाउ पनि नआउने, मूल्यांकन गर्न काठमाडौं ल्याइएको जहाज तीन सातादेखि विमानस्थलमै थन्कियो
काठमाडौं २, मंसिर । नेपाल वायुसेवा निगमको तीन साता अगाडि सिंगापुरबाट काठमाडौं ल्याइएको एउटा बोइङ जहाजको मूल्यांक ढिलो भएको छ । निगमको एउटा १९० सिट क्षमताको बी ७५७ एसीए नामको बोइङ जहाज कवाडीमा बेच्ने निर्णय गरेपछि चार महिनादेखि यो जहाज ग्राण्उडेड भएको (थन्किएको) छ । निगमले कवाडीमा बेच्न लागेको यो जहाज काठमाडौंमा नै ल्याएर मूल्यांकन गर्ने भनेर तीन साता अगाडि झिकाएको भएपनि प्रविधिक कारण मूल्यांकन हुन नसकेको निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बताए । उनका अनुसार निगमले बिक्री गर्ने निर्णय गरेको यो जहाजको मूल्यांकनमा ढिलाइ भएको छ । हामीले विदेशी कन्सल्यान्ट ल्याएर मूल्यांकनको जिम्मा दिने भनेकोले पनि ढिलाई भएको कंसाकार ले स्वीकार गरे । जहाज जति धेरे समय थन्कायो त्यति घाटा हुने स्वीकार गर्दै कंसाकारले भने हामीले चाहेर पनि छिटो गर्न सकेका छैनौ । अझै कति समय लाग्छ र कति रुपैयाँको मूल्यांकन हुन्छ भन्ने अुनमान पनि नभएको कंसाकारले बताए । यो जहाजलाई अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता भिकाएर मूल्यांकनको काम गर्ने भनेर विमानस्थलमा थन्किरहेको छ । उडान गर्न इन्जिनको क्षमता छैन, विक्री गर्न मूल्यांकन भएन वायुसेवा निगमको इन्जिनियरिङ विभागका एक कर्मचारीका अनुसार यो जहाजको उडान गर्न इन्जिनको क्षमता सकिएकाके छ । सिंगापुरबाट उडाएरै काठमाडौं ल्याउँदा यो जहाजको इन्जिनको उडान आवर सकिएको छ । यो जहाजको इन्जिन आवर सकिएको, जहाज इन्जिन बाहेक सम्पूर्ण मर्मत (सीचेक) गर्ने समय भएको र जहाजका दुबै इन्जिनको आयु सकिएकोले नयाँ राखेर उडान गर्न नसकिने भएकै कारण निगमले विक्री गर्ने निर्णय गरेको हो । जहाजको छिटो मूल्यांकन गरेर विक्री गरेर अलिअली पैसा आउनेमा निगमका उच्च तहका कर्मचारीको रुचि नमिल्दा जहाज टर्किस एयरको कवाडिमा बेचेझै यसलाइृ पनि बेच्नुपर्ने अवस्थामा पुगेको निगमकै कर्मचारी बताउछन् । उडाउन पनि मिल्दैन, थन्काउँदा पनि घाटा जहाज उडान गर्ने नमिल्ने भएकोले पुनः उडानमा ल्याउन अब संभव छैन । जहाज थन्काएर राख्दा पनि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई, पार्किङ शुल्क तिरिरहनु पर्ने भएकोले नउडाउँदा र जहाज थन्काउँदा पनि घाटा नै रहेको निगमको भनाइ छ । प्राधिकरणले वायुसेवाको उडान, अवतरण, ल्याण्डिङ, पार्किङमा शुल्क लिने गरेको छ । यो जहाजले मासिक लाखौ शुल्क तिरेर पार्किङ गरिरहेको उल्लेख छ । निगमका अनुसार जहाजको मूल्य १८ देखि २० प्रतिशत मात्रै आउँँने अनुमान गरिएको भनि लामो समय थन्काएर राख्दा बाहिरी बडिको मात्रै पैसा आउने भएकोले उल्लेख रकम नहुने उल्ले छ । सन् २००४ पछि यो सिरिजको बोइङ उत्पादन बन्द भैसकेको छ । जहाज नयाँ उत्पादन नभएकोले बजार भाउ अनुसार नभएर यसको हरेक बडि र अन्य उपयोगि सामानका आधारमा मूल्यांकन हुने भएको छ । मूल्यांकनकर्ताले अन्तर्राष्ट्रि अभ्यास र जहाजको प्रयोग अनुसार मूल्यांकन गर्ने भएकोले निगमले अनुमान गरेभन्दा निकै कम वा सोही हाराहारीमा पनि हुनसक्ने निमकै एक उच्च कर्मचारीको बुझाई छ । सिंगापुरमा रहेको यो जहाजको ७० देखि ८० घण्टा मात्रै इन्जिनको उडान आवर बाँकी रहेको जहाज काठमाडौंसम्म मात्रै उडाएर ल्याउन सकिएको छ । अब यसलाइृ अन्त कतै लान नसकिने पनि निगमको भनाइ छ । निगमले भएकै अर्को एउटा वोइङ संचालन गर्ने र एयरवसकै थप दुई जहाज खरिद गर्ने भएको छ । हाल निगमसँग एउटा बोइङ र दुईवटा एयरवसका जहाजले अन्तर्राष्टिय उडान गरिरहेका छन् ।
यती डेभलपमेन्ट बैंकले लघु बित्त कर्जा लिनेकाे बीमा गर्ने, नेशनल लाईफ इन्स्योरेन्ससँग सम्झौता
काठमाडौं, २ मंसिर । यती डेभलपमेण्ट बैंकले बैंकबाट लघु बित्त कर्जा उपभोग गर्ने आफ्ना ऋणीहरुलाई “लघु अमृत जीवन बीमा” गरीदिन नेशनल लाईफ इन्स्योरेससँग सहकार्य गर्ने सम्झोतो गरेको छ । उक्त योजना अन्तर्गत ऋणीहरुलाई ५ हजार देखि ७ लाख रुपैयाँ सम्मको जोखिम बहन गर्नकोे लागि बीमा सेवा उपलब्ध गराईने छ । यदी कथंकदाचीत ऋणीको मृत्यु भएमा पुरा बिमाङ्क रकम ऋणीको हकवालाले प्राप्त गर्न सक्ने छन् । साथै मृतकको दाह संस्कार बापत बीमाङ्क रकमको १० प्रतिशत वा रु २५ हजार मध्ये जुन कम हुन्छ सो रकम बीमीतलाई भुक्तानी गरिने छ । दुर्घटनाको कारण स्थायी रुपमा पूर्ण अपाङ्गता भएमा अवस्था हेरी ५० प्रतिशत् देखि शत्प्रतिशतसम्म क्षति पुर्ति रकम बीमितलाई भुक्तान गरीने छ । बैंकबाट लघु बित्त कर्जा उपभोग गर्ने ऋणीहरु प्रत्यक्ष रुपमा “लघु अमृत जीवन बीमा” योजनाबाट लाभान्वित हुने बैंकले जनाएको छ ।
मेरी स्टोप्स् नेपालद्वारा मेरी स्टोप्स् इन्टरनेशनलसंगको साझेदारीको ४०औं वार्षिकोत्सव मनाइँदै
काठमाण्डौ, २ मंसिर । सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले मेरी स्टोप्स् इन्टरनेशनलसँगको साझेदारीको ४०औं वार्षिकोत्सव साताव्यापी कार्यक्रम गरी मनाउने भएको छ । उक्त उत्सवहरु संस्थाको सबै सेवा प्रदायक च्यानलहरुमा हुनेछ र अन्तिम दिन मंसिर ३ गते काठमाडौं स्थित मुख्य कार्यालयमा गर्ने उक्त संस्थाले जनाएको छ । सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपाल, १९७६ मा स्थापित विश्वभरका यौन तथा प्रजनन स्वास्थ्य संस्थाहरुको ग्लोबल पार्टनरशिप मेरी स्टोप्स् इन्टरनेशनलसँग सम्बद्ध छ । उक्त संस्थाको अनुसार स्थापनाको ४० वर्षमा मेरी स्टोप्स् इन्टरनेशनल लण्डनको एउटा सानो एकल परिवार नियोजन क्लिनिकबाट बढेर एउटा ग्लोबल पार्टनरशिपमा परिणत भएको छ र ३७ वटा भन्दा बढी देशहरुमा करोडौं महिलाहरुलाई गर्भनिरोेधक तथा सुरक्षित गर्भपतनको सेवाहरु दिन सक्षम भएको छ । गत वर्ष, विश्वभर २ करोड १० लाख महिलाहरुले मेरी स्टोप्स् इन्टरनेशनलद्वारा उपलब्ध गर्भनिरोधक सेवाहरु प्रयोग गर्दै आएका छन् । सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपाल १९९४ मा स्थापित भएको थियो । विगत ६ वर्षमा करिब ७७१,९७३ अनेच्क्षित गर्भहरु तथा करीब ५२६,४५९ असुरक्षित गर्भपतनहरु हुनबाट जोगाएको उक्त संस्थाको दावी छ । मेरी स्टोप्स् नेपालका कन्ट्री डाइरेक्टर शोफी होडरका भन्छन्–‘‘मेरी स्टोप्स् इन्टरनेशनलको “सन्तान करले होइन, रहरले” भन्ने लक्ष्य प्राप्तिमा काम गर्दै आएको छ र आफ्नो भूमिकाप्रति गर्व गर्दछौं । हाम्रो पार्टनरशिप विश्वभरीका महिला तथा परिवारहरुले सन्तान पाउने कि नपाउने छान्ने अधिकार पूरा गर्न स्थापित भएको हो र हामी यस अधिकारलाई नेपालीहरु माझ यथार्थ बनाउन प्रतिबद्ध छौं ।”
अष्ट्रेलियाका महिलाको कमाई पुरुषको भन्दा २३ प्रतिशत कम, ६ जना कार्यकारी मध्ये १ जना मात्र महिला
क्यानवेर्रा, १ मंसिर । अष्ट्रेलियाका महिलाले औसतमा पुरुषले भन्दा २३ प्रतिशत कम कमाई गर्ने गरेको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको लैङ्गिक समानता सम्बन्धी एक संस्थाले गरेको अध्ययनका अनुसार, सन् २०१६ को आर्थिक बर्ष सकिन लागेको यस समयसम्म पनि महिलाले औसतमा पुरुषले भन्दा २० हजार डलर कम कमाई गरेका छन् । करिब १२ हजार अष्ट्रेलियाली रोजगारदाता र चालिस लाख कामदारहरुमा गरिएको अध्ययनले यस्तो देखाएको सो संस्थाले जनाएको छ ।लैङ्गिक समानता सम्बन्धी संस्थाका निर्देशक लिब्बी लिओनस्ले “पूर्वाग्रह र विभेद” का कारण महिला र पुरुषको आम्दानीमा अन्तर परेको बताए । “तर मलाई लाग्छ, यहाँ केही सकारात्मक संकेतहरु पनि छन्,” उनले भने। उनका अनुसार अघिल्ला बर्षहरुको भन्दा यस बर्ष आम्दानीको अन्तर भने धेरै घटेको छ । यस बर्ष १.६ प्रतिशत घटेको उनले बताए । अष्ट्रेलियन ब्रोडकाष्टिङ कर्पोरेसन (एबीसी) सँग निर्देशक लिब्बीले भने, “समानतामा पुग्न हामी अझ धेरै हिड्न बाँकी छ ।” “अहिलेसम्म पनि ६ जना प्रमुख कार्यकारी अधिकृत मध्ये ५ जना पुरुष नै छन् र चार जना निर्देशक मध्ये तीन जना पुरुष छन्” उनले जानकारी दिए । निर्देशक लिब्बीले यो अन्तरको अन्त्य गर्न व्यवस्थापनको क्षेत्रमा महिलाहरु शसक्त रुपमा आईरहेको बताए । उनले भने “यहाँ अर्को पनि प्रेरणाको तथ्य छ, त्यो के भने यस बर्ष पहिलो पटक ४२ जना महिलाहरुले व्यवस्थापकीय जिम्मेबारी पाउने गरी नियुक्ती तथा पदोन्नती भएको छ । एजेन्सी