एनएमबि माइक्रोफाइनान्सको लघुवित्त अभिमुखीकरण तालिमको उद्घाटन
काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको लघुवित्त अभिमुखीकरण तालिमको उद्घाटन गरेको छ । माइक्रोफाइनान्सले नयाँ फिल्ड कर्मचारीहरुको काम गर्नको लागि सरल र सहज बनाउन एवम् लघुवित्तको वारेमा आवश्यक ज्ञान दिलाउने उद्धेश्यले यस कार्यक्रमको आयोेजना गरेको हो । यस तालिमको उद्घाटन पोखराको पृथ्वीचोक स्थित होटल स्टार रबिमा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले आइतवार गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुखका र्यकारी अधिकृत कोनाजोले लघुवित्तको परिचयको क्रममा यसको शुरुवातको इतिहासका साथै नेपालमा लघुवित्तको शुरुवात कोवारेमा चर्चा गरेका छन् । लघुवित्तको क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा आवश्यक ज्ञान, सीप र दक्षता अभिबृद्धि गर्न तालिमको आयोजना गरिएको उनले बताए । लघुवित्त कार्यक्रमले नेपालको हिमाल पहाड र तराईका कुनाकन्दरामा पुगी गरीव तथा विपन्न वर्गमा वित्तीय पहुँच पुर्याउन अहोरात्र लागि परिरहेको कुरा ब्यक्त गरेका छन् । विपन्न वर्गका समुदायहरु मेहनती, इमान्दार र विश्वासिलो हुने भएकोले लघुवित्त कार्यक्रम शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा वढी प्रभावकारी देखिएको कुरा बताए । हाल लघुवित्तको क्षेत्रमा अत्यन्त प्रतिस्पर्धा भईरहेकोे तर्फ औल्याउदै अन्यवित्तीय संस्थाको सेवा नपुगेको ठाउँमा गई कार्यक्रम विस्तार गर्ने तर्फ जोड दिन आग्रह गरेका छन् । २ दिन सम्म संचालन हुने सो तालिममा वित्तीय संस्थाको परिचय, नेपालमा लघुवित्तको वर्तमानअवस्था, लघुवित्तको फिल्डमा कामगर्ने कर्मचारीहरुमा हुनुपर्ने आवश्यक कुराहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरुको विषयमा छलफल हुने छ । साथै, ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समुह प्रवेश पुर्व तालिम संचालन प्रक्रियाहरुका वारेमा केन्द्रित रहने फाइनान्सले जानकारी गराएको छ ।
निक्षेप कर्जा सुरक्षणमा ५ जना छनौट, अर्थले माग्यो व्यवसायिक कार्ययोजना
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ५ जना छनौट भएका छन् । कोषको सीईओमा डा. घमानसिंह खड्का, विष्णुबाबु मिश्र, भाष्कर रिमाल, विनोदकुमार कार्की र श्रीप्रसाद पौडेलले छनौट भएका हुन् । अर्थ मन्त्रालयले छनौट भएका पाँचै जनासंग व्यवसायिक योजना मागेको छ ।
सिजीकाे नयाँ वासिङ्ग मेसिनहरु बजारमा, अरुभन्दा ३३ प्रतिशत कम पानीको खपत हुने
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै नयाँ तथा आकर्षक दुईवटा मोडलका वासिङ्ग मेसिनहरु बजारमा ल्याएको छ । उक्त वासिङ्ग मेसिनहरु ७ केजी र ८ केजीमा १२०० आरपीएम र र १४०० आरपीएममा उपलब्ध छन् । कम्पनीका अनुसार लुगा राख्न सजिलो पार्न ठूलो ढोका र ठूलो एलइडी डिस्प्ले भएको यी वासिङ्ग मेसिनहरु निकै नै आकर्षक देखिन्छन् । यसको मूख्य यूएसपी भनेको वाटर म्याजिक क्यूब हो । जस अन्तर्गत सुपरर्स विङ र वाटर क्यूब ड्रम रहेका छन् । यसले अरु वासिङ्ग मेसिनभन्दा ३३ प्रतिशत कम पानीको खपत गर्ने कम्पनीले जनाएको छ ।
ट्रम्प प्रशासनको ‘ग्रीन कार्ड’ लिने नियममाथि कडाई, अबदेखि अन्तर्वार्ता दिनुपर्ने
वासिंटन । अमेरिकाको स्थायी भिसा (ग्रीन कार्ड) लिन चाहनेका लागि जटिलता बढेको छ । अब अमेरिकी आप्रवासनका अधिकारीले ग्रीन कार्ड आवेदकलाई अन्तर्वार्ता लिने भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यका अनुसार यसले भीसा आवेदन प्रकियामा ढिलाई हुने देखिएको छ । यो नयाँ नीति आगामी अक्टोबर १ तारिखदेखि लागु हुने पोलिटिकोमा उल्लेख छ । शुक्रबार अमेरिकी नागरिकता तथा आप्रवास सेवा (युएससिआइएस)का प्रवक्ता कार्टर ल्याङ्सटनले रोजगार आधारित भिसा लिएको व्यक्तिले स्थायी भिसा आवेदन दिन अन्तर्वार्ता दिनुपर्ने नियम लागु गर्ने पृष्टि गरेका हुन् । शरणार्थिको पारिवारका सदस्यले पनि प्रभिजनल स्टेटसका लागि आवेदन दिदाँ अन्तर्वार्ता दिनुपर्ने हुन्छ । त्यसपछि मात्र ग्रीन कार्ड प्राप्त हुन्छ । यो अनिवार्यरुपमा अन्तर्वार्ता राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अन्तर्गतको हिस्सा हो । यो अन्तर्वार्तालाई ट्रम्पले अमेरिका आउने अप्रवासी तथा आगन्तुक माथि ‘कडा निगरानी’ गर्न ल्याइएका नीतिमध्ये एउटा पाटोको रुपमा लिइएको छ । भविष्यमा भिसाका लागि दायरा अझ बढ्दै जाने ल्याङ्सटनले बताए । उनले भने, ‘यो नीति अमेरिकाको सुरक्षा जोखिम र दंगाबाट बचाउनका लागि अपनाइने वृहत रणनीति अन्तर्गतको पाटो हो ।’ डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार आर्थिक वर्ष २०१५ मा करिब एक लाख ६८ हजार प्रवासीले ग्रीन कार्ड प्राप्त गरेका थिए । जसमध्ये अधिकतम करिब १ लाख २२ हजारले रोजगार भिसाबाट स्थायी नागरिकता पाएका थिए । ट्रम्पले सत्तामा आएपछि एचवानबी भिसामा पनि कडाई गरेका थिए । यसले प्रवासीहरुमा निकै प्रभाव पारेको थियो । एचवानबी भिसा दक्ष मानिसका लागि जारी गरिन्छ । युएससिआइएसका अनुसार यसमा वैज्ञानिक, इञ्जिनियर तथा कंप्यूटर प्रोग्रामर छन्। प्रत्येक वर्ष करिब ६५ हजार मानिस लट्री सिस्टमबाट भिसा प्राप्त गरिरहेका छन् ।
नेपाल इन्स्योरेन्सले ५% बोनस र शतप्रतिशत हकप्रद सेयर जारी गर्दै, भदौ १६ गतेदेखि बुक क्लोज
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय भदौ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले कम्पनीको ६७औँ र ६८औँ वार्षिक साधारणसभा भदौ ३० गते बोलाएको छ । सो प्रयोजनको लागि भदौ १६ गतेदेखि भदौ ३० गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ ।
कर्मचारीले कान फुकेपछि मन्त्रीले मागे बाहिरी चक्रपथको विस्तृत कार्ययोजना
काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले बाहिरी चक्रपथ आयोजनाको विस्तृत कार्ययोजना मागेका छन् । डिपिआर समेत स्वीकृत भैसकेको आयोजनालाई कार्यान्वयनमा लैजान मन्त्रालयकै केहि कर्मचारीले आनाकानी गरेपछि मन्त्री साहले कार्ययोजना मागेका हुन् । ‘मन्त्रालयका केहि उच्च कर्मचारीले बाहिरी चक्रपथ आयोजना अघि बढाउन चाहेका छैनन्, उनीहरुले नै मन्त्रीको कान फुकिरहेका छन, त्यसैले अब मन्त्रीले कार्ययोजना मागेर आफैं काम अघि बढाउन तयारी थालेका हुन’, शहरी विकास मन्त्रालय उच्च श्रोतले भन्यो । बाहिरी चक्रपथ आयोजनाका अधिकृत ध्रुव सापकोटाले पनि मन्त्रीले विस्तृत कार्ययोजना मागेको जानकारी दिए । ‘मन्त्रीज्यूबाट आयोजना कार्यान्वयनको विस्तृत कार्ययोजना माग भएको छ, हामी केहि दिनभित्रै बुझाउँछौं र मन्त्रीज्यूले काम अघि बढाउने आश्वासन दिनु भएको छ’, आयोजना अधिकृत सापकोटाले भने । शहरी विकास मन्त्री दिपेन्द्र नाथ शर्माले यसअघिे उपभोक्ता समिति गठनको विवरण, अधिग्रहण हुने जमिन, भत्काईने भौतिक संरचनाको विवरण मागेका थिए । बैशाख १३ गते बाहिरी चक्रपथको सतुंगल–चोभार क्षेत्रमा पर्ने ६ दशमलब ६१८ किलोमिटर खण्डको डिपिआर स्विकृत भएको थियो । ६ अर्ब लागतमा ६ दशमलब १६८ किलोमिटर सडक निर्माण लागिएको हो । त्यसका लागि सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण हुनेछ । बाहिरी चक्रपथमा ५० मिटरको सुबिधा सम्पन्न सडक र बाँकी जमिनको व्यवस्थित शहरीकरणको योजना अनुसार बस्ती विकास गरिनेछ । मन्त्रीले स्किवृति गरेसँगै आयोजनाले सार्वजनिक सूचना प्रकाशित गरेर ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गर्नेछ । सो खण्डमा ८० वटा घर भत्काउनुपर्ने आयोजनाले जनाएको छ । ती घरहरुको उचित मुआब्जा दिने पनि आयोजनाले अधिकृत सापकोटाले बताए । पाइटल प्रोजेक्टका रुपमा अघि सारिएको यो खण्डको अनुमानित लागत ६ अर्ब ३० करोड रुपैंयाँ रहेको छ । २०६५ सालमा यस्तो लागत जम्मा २ अर्ब ९ करोड रुपैंयाँ मात्रै थियो ।
ओपल सेक्यूरिटिजको सेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आइतबार ओपल सेक्यूरिटिज इन्भेष्टमेन्टको सेयर कारोबार रोक्का गरेको छ । धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएको कारणले नेप्सेले उक्त सेक्यूरिटिजकोे कारोबार रोक्का गरेको हो । बोर्डलाई गत वर्षको शुल्क तिरेपछि मात्र यस सेक्यूरिटिज कारोबार खुला हुने छ ।
डब्लुएफपीद्वारा बाढी प्रभावितलाई खाद्यान्न वितरण
काठमाडौं । संयुक्त राष्ट्र सङ्घ विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी०ले नेपालका बाढी प्रभावित एक लाख ८० हजार व्यक्तिका लागि खाद्यान्न वितरण शुरु गरेको छ । डब्लुएफपीले स्थानीय निकायसँगको समन्वयमा सप्तरी, रौतहट, बाँके र बर्दियामा दुई साताका लागि पुग्ने गरी चामल र दाल वितरण गर्न शुरु गरेको डब्लुएफपीका सञ्चार अधिकृत सीताष्मा थापाले जानकारी दिए । साथै स्थानीय बजार पुनःस्थापन भइसकेका क्षेत्रमा रहेका रौतहट जिल्लाका थप ४० हजार विस्थापितलाई खाद्यान्न खरिदका लागि नगद प्रदान गरिने उनले बताए । सरकारी तथ्यांकअनुसार केही दिनअघिको बाढीबाट तराईका ८० प्रतिशतभन्दा बढी भूभाग डुबान हुँदा त्यहाँ ठूलो संख्यामा घर, सञ्चित खाद्यान्न, गाईबस्तु-चौपाया तथा बालिनालीमा क्षति पुगेको छ । मुलुकको अन्न भण्डारका रुपमा रहेको तराईमा बाढीका कारण धान तथा गहुँको उत्पादनमा समेत असर पर्ने अनुमान गरिएको छ । डब्लुएफपीले कुपोषणबाट बचाउनका लागि सरकार तथा अन्य साझेदार संस्थासँगको सहयोगमा बाढी प्रभावित १३ जिल्लाका १९ हजार ५०० गर्भवती तथा सुत्केरी महिला र छदेखि २३ महिनासम्मका २७ हजार ७०० बालबालिकाका लागि थप २०० मेट्रिक टन प्रशोधित खाद्यान्न उपलब्ध गराउने जनाएको छ । रासस