माछापुच्छ्रे बैंककाे नयाँ सेयर भर्ने सुविधा, अब लाइन बस्नु नपर्ने
काठमाडाैं । माछापुच्छ्रे बैंकले बिना झण्झट लाइन नबसी सेयर भर्ने सुविधा सहितको योजना ल्याएको छ । शुन्य मौज्दातमा खाता खोल्न सकिने र सेयर भरेको रकम खातामा रहने र ब्याज आम्दानी भइरहने बैंकले जनाएको छ । बैंकको जुनसुकै शाखाबाट निःशुल्क सेयर भर्ने सकिने, नगद कारोबार गर्नुनपर्ने, सरलकृत सेयर आवेदन फारम र डिम्याट खाता खोल्ने सुविधा रहेको बैंकले जनाएको छ ।
बैंक ठगेर फरार व्यक्तिहरुको हुलिया इन्टरपोलमा, फरार अभियुक्तको राहदानी रद्द गरिने
काठमाडौं । अपराध गरेर विदेसिएकालाई स्वदेश फिर्ता ल्याउन नेपाल प्रहरीले उनीहरूको राहदानी नै रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । अदालतबाट दोषी ठहरिएका, पुर्पक्षको आदेश दिइएका र अनुसन्धानका क्रममै भागेका अपराधीलाई नेपाल फिर्ता गर्न प्रहरीले परराष्ट्र मन्त्रालय र सम्बन्धित देशको कानुन कार्यान्वयन गर्ने निकायमार्फत अनुरोध गरेको हो । बैंकिङ कसूर, वन्यजन्तु अपराध, मानव तस्करी, साइबर अपराध लगायतका कसूरमा संलग्न भइ भागेका अभियुक्त फिर्ता गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले परराष्ट्र मन्त्रालयमार्फत विभिन्न मुलुकसँग कूटनीतिक पहल थालेको हो । ब्युरो प्रमुख डीआइजी पुस्कर कार्कीले विभिन्न अपराधमा संलग्न रही विदेशमा बस्दै आएका व्यक्तिको राहदानी रद्द गरी नेपाल फिर्ता गर्न सम्वन्धित मुलुकलाई कूटनीतिक माध्यमबाट आग्रह गरिएको बताए । ब्युरोले त्यस्ता व्यक्तिको हुलिया र कसुर गरेको विवरण प्रहरी प्रधान कार्यालयबाट गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालय पुगिसकेको छ । गृहको अनुरोधअनुसार केही अपराधीको विवरण परराष्ट्र मन्त्रालयले नेपालस्थित विभिन्न मुलुकका राजदूतावास तथा विदेशस्थित नेपाली नियोगमार्फत सम्बन्धित देशका कानुन कार्यान्वयन गर्ने निकायलाई पठाइसकेको छ । “नेपालमा अपराध गरेर विदेश भागेका व्यक्तिलाई फिर्ता गर्न हामीले आवश्यक कूटनीतिक पहल थालिसकेका छौं,” डीआइजी कार्कीले भने, “त्यसका लागि सम्बन्धित देशमा रहेका अभियुक्तको राहदानी रद्द गरी नेपाल फिर्ता गराउन त्यहाँका कानुन कार्यान्वयन गर्ने निकाय र परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल जारी राखेका छौं ।” ब्युरोले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरिएका अपराधिको खोजीमा समेत सहयोग गरिदिन पनि आग्रह गरेको छ । ब्युरोले किष्ट बैंकको कर्जा अपचलन गरी फरार तत्कालीन प्रवन्ध सञ्चालक कमल ज्ञवाली, पोखरास्थित कैलाश विकास बैंकको रकम हिनामिना गर्ने रविचन्द्र खनाल, उपराष्ट्रपति नन्दबहादुर पुनसँग जोडिएको साइबर अपराधका अभियुक्त आत्मराम थपलियाको हुलिया विदेश पठाइसकेको छ । यस्तै, राहदानी किर्तेमा संलग्न किशोर गुरुङ, क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स लिमिटेडका पवनकुमार कार्की, कर फछ्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज (एलडी) महत र सदस्य उमेश ढकाल, साइबर अपराधमा संलग्न आत्मराम थपलियालगायत डेढ दर्जन व्यक्तिको कसूरसहितको हुलिया ब्युरोले गृह हुँदै परराष्ट्र मन्त्रालयबाट सम्वन्धित मुलुक पठाइसकेको जनाएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग जोडिएको साइबर कसूरका अभियुक्त थपलिया जर्मन र राहदानी किर्तेका आरोपित गुरुङ थाइल्याण्डमा रहेको प्रहरीले जनाएको छ । कैलाश विकास बैंकको पोखरास्थित ब्रान्च म्यानेजर खनालले ८ करोडको हाराहारीमा रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको छ । ब्युरोका अनुसार उनी अहिले अमेरिकामा बस्दै आएका छन् । यस्तै पुनरावेदन अदालत पाटनले किष्ट बैंकका तत्कालीन प्रवन्ध सञ्चालक ज्ञवालीलाई दोषी ठहर गर्दै ३ वर्ष कैद र १२ करोड ५० लाख रूपैयाँ जरिवानाको फैसला सुनाइसकेको छ । उनी अमेरिकामा रहेको ब्युरोका अधिकारी बताउँछन् । क्यापिटल मर्चेन्ट एन्ड फाइनान्सका सञ्चालक कार्कीलाई पुनरावेदन अदालत पाटनले नै २०७१ वैशाख २१ गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै १ अर्ब २२ करोड ८ लाख ९७ हजार १४१ रूपैयाँ जरिवाना र कैद सजायँको फैसला सुनाएको थियो । अमेरिकाको नागरिकता पाइसकेका कार्की विरुद्ध इन्टरपोलले २०७२ पुस १४ गते रेडकर्नर नोटिस जारी गरेको छ । उनले अमेरिकाको नागरिकता प्राप्त गरीसकेकोले नेपाल फिर्ता गर्न सरकारले नै विशेष पहल गर्नुपर्ने प्रहरीको निष्कर्ष छ । उनीसहित १४ जना नेपालीलाई इन्टरपोल नेपालको आग्रहमा रेटकर्नर नोटिस जारी गरिएको छ । “विदेशी नागरिकता पाइ नसकेका व्यक्तिको राहदानी रद्द गर्न सकिए उनीहरूलाई नेपाल ल्याउन सजिलो हुने हाम्रो निष्कर्ष छ,” ब्युरो प्रमुख कार्कीले भने, “अपराध गरेर भागेका व्यक्तिले आफू सुरक्षित हुन विभिन्न प्रक्रियाबाट विदेशी नागरिकता लिने गरेको र त्यस्ता व्यक्तिलाई जतिसक्दो छिटो नागरिकता लिनुअगावै फिर्ता गर्नुपर्ने हाम्रो धारणा हो ।” काराेबार दैनिकबाट
भारतमा गाडीको कर ७ प्रतिशतसम्म बढ्यो, नेपालमा के होला ?
नयाँ दिल्ली । भारत सरकारले ठुला तथा मध्यम आकारका कारमा कर बढाएको छ । वस्तु तथा सेवा कर (जिएसटी) कार्यान्वयनमा समस्या देखिएपछि भारत सरकारले ठुला कारमा ५ प्रतिशत र स्पोर्ट्स युटिलिटी भेहिकल (एसयुबी)मा ७ प्रतिशतले कर बढाएको हो । भारतमा जुलाई १ देखि जिएसटी लागू भएपछि कारको मूल्य ३ लाख रुपैयाँले घटेको थियो । त्यसबेला जिएसटी लागू हुनु भन्दा अगाडीका दिनहरुमा संयुक्त रुपमा केन्द्रिय र प्रादेशिक करको मूल्य भन्दा कम थियो । यसलाई मध्य नजर गर्दै काउन्सीलले कर बढाएको हो । जिएसटी काउन्सीलसँग भेटेपछि भारतीय वित्तमन्त्री अरुण जेट्लीले ठुला तथा अधिक मात्रामा खरिद गर्न योग्य कारमा कर बढाइएको जानकारी दिए । जिएसटी नेटवर्कको प्रक्रियामा समस्या आएपछि कर बढाइएको उनले जानकारी दिए । उनले टाइम्स अफ ईण्डियासँग कुरा गर्दै भने, ‘जिएसटी लागू हुनुभन्दा अगाडीका करहरु प्राप्त भएको छैन । यद्दपी हामीले ७ प्रतिशतसम्मले बढाएका छौं ।’ गत सेप्टेम्बर ९ मा भारतको जिएसटी काउन्सीलले मिड साइज कारमा दुई प्रतिशत, ठुला कारमा ५ प्रतिशत र एसयुबीमा ७ प्रतिशतले बढाएको छ । सोमबार रातमा भारतीय वित्त मन्त्रालयले कारमा लाग्ने करको मात्रा बढाएर नयाँ दर कार्यान्वयन गर्ने संकेत देखाएको छ । मिड साइजका कारको वास्तविक जिएसटी रेट ४५ प्रतिशत हुनेछ भने ठुला कारहरुको ४८ प्रतिशत रहनेछ । एसयुबीमा भने ५० प्रतिशत दर रहनेछ । एसयुबी अन्तर्गतका कारमा ४ हजार एमएम भन्दा बढी लम्बाई र १७० एमएम भन्दा बढी ग्राउण्ड क्लियरेन्स भएका कारहरु पर्छन् । मन्त्रालयले गत जुन २८ को ‘कम्पेनसेसन सेस’ लाई संशोधन गर्दै करको दरमा परिवर्तन ल्याएको छ । यद्दपी साना पेट्रोल तथा डिजेल कार, मझ्यौला कार तथा १३ जनासम्म यात्रु अटाउने कारमा भने बढाइएको छैन । गत साता नै १५ देखि २५ प्रतिशतसम्म कर बढाउने अध्यादेश लागू भएको थियो । त्यसपछि सेप्टेम्बर ९ मा काउन्सीलले विभिन्न सेग्मेन्टमा करको मात्रा बढाउने निर्णय गरेको थियो । वित्त मन्त्रीले यसको जानकारी दिदैँ साना कारमा जिएसटीमा कुनै परिवर्तन नल्याउने बताएका छन् । उनले भने, ‘साना कार किन्नेलाई कुनै अतिरिक्त बोझ बढाइने छैन ।’ जेटलीका अनुसार १२०० सिसि पेट्रोल कार तथा १५०० सिसिसम्मका डिजेल कारको दाममा कुनै परिवर्तन छैन । काउन्सील अन्तर्गत मन्त्रीहरुको एउटा कमिटी नै गठन गरिएको छ । जसले जिएसटी नेटवर्कमा आउने समस्यालाई समाधान गर्दै जानेछ । महिन्द्रा एण्ड महिन्द्रा, टोयोटा लगायतका कार कम्पनीहरुले कर बढेसँगै कारको मूल्य पनि बढाउने जानकारी दिएका छन् । भारतमा जिएसटी लागू भएपछि नेपालमा कस्तो प्रभाव पर्ला भन्ने विषयमा नेपालका व्यवसायी अन्यौलमा छन् । यद्दपी भारतसँ झण्डै ६५ प्रतिशत व्यापार हिस्सा रहेकोले जिएसटीले नेपाललार्इ पक्कै प्रभाव पार्ने विज्ञहरु बताउछन् ।
सनराइज बैंकले ६ जना शोधकर्तालाई गर्यो सहयोग
काठमाडौं । सनराइज बैंकले एमबीबीएसमा अध्यनरत ६ जना शोधकर्तालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले जनही ३० हजार रुपैयाँ दरले सहयोग गरेको जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालयसंग भएको सम्झौताअनुसार सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ । बैंककोे तर्फबाट नायव महाप्रबन्धकद्धय आशा राणा अधिकारी र रविनकुमार नेपालले शोधकर्तालाई सहयोग प्रदान गरेका थिए ।
गुणस्तरीय निर्माण सामाग्री खोज्दै हुनुहुन्छ ? जगदम्बाले ल्यायो ‘हाम्रो घर’ मोवाइल एप
काठमाडौं । राम्रो घर निर्माण सबैको सपना हो । त्यसमा पनि गुणस्तरीय सामाग्रीको छनौट सबैको आवश्यकता हो । गुणस्तरीय सामाग्रीको खोजी र जानकारी कसरी गर्ने ? प्रविधिको प्रयोग गर्दै निर्माण सामाग्रीका बारेमा विविध जानकारी दिने र गुणस्तरीय घर निर्माणका सामाग्री छनौटमा सहयोग गर्ने उदेश्यले जगदम्बा सिमेन्टले हालै मात्र हाम्रो घर भन्ने मोवाईल एप बनाएको छ । यो एप घर निर्माण सम्बन्धी कार्य गर्ने इन्जिनियर, कन्ट्रयाक्टर, डिलर मेसन लगायत सम्पूर्ण उपभोक्ताहरुका लागि अत्यन्त उपयोगी हुने कम्पनीले जनाएको छ । सपनाको घर निर्माणका लागि चाहिने निर्माण सामग्रीको छनोट, घर निर्माण गर्न घरको लागत, भुकम्प प्रतिरोधी घर निर्माण प्रकृया, लगायत नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका उपभोक्ताले जगदम्बा सिमेन्टको सेल्स टिमसंग सिधै सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । यो एप एनड्रोइड फोनको लागि प्लेस्टोरमा रहेको छ । विभिन्न व्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको जगदम्मा सिमेन्टले जगदम्बा योगदान, जगदम्बा प्रयोग विधि, जगदम्बा जागरण, जगदम्बा आरोहण, जगदम्बा विशेष जस्ता उपभोक्ता केन्द्रित कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
सहयोगी विकास बैंकले साढे २४ प्रतिशत लाभांश दिने
काठमाडौं । सहयोगी विकास बैंकले साढे २४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बुधबार सम्पन्न २४६ औं सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र साढे ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ ।
आईएमई गर्ने पर्बबहादुरले पाए ६ लाखको जीवन बीमा, ९०० जना आईएमई पे क्यासमार्फत् पुरस्कृत
काठमाडौ । यस पटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पर्बबहादुर राईले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा मलेशिया स्थित रिया आईएमईबाट नेपालमा पैसा पठाउने राई भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता राई वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा प्राप्त गर्ने आईएमईले जनाएको छ । यही भाद्र १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्कीड्र’मा ९ सय जना आईएमई पे क्यासमार्फत् पुरस्कृत भइसकेको सो कम्पनीले जनाएको छ । मङ्गसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउनु हुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिने छन् । आईएमईले नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १५५ आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,४००सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले पठाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट पुर्याउने सेवा दिदै आएको छ ।
मेगा बैंकको ६५ प्रतिशत हदप्रद शेयर निष्काशन
काठमाडौँ । चुक्तापुँजी बढाउन मेगा बैंकले हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले मंगलबारबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गरेको बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिए । उनका अनुसार २ अर्ब ९७ करोड ८५ लाख ३ हजार ४६३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार कित्ता हकप्रद निष्काशन गरिएको हो । हकप्रद शेयर र गत आर्थिक बर्षसम्मको नाफाबाट वितरणयोग्य रकम समेत गरी बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँ भन्दा बढी पुग्ने बैंकले जनाएको छ । मेगा बैंकले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको थियो ।