विकासन्युज

माउन्ट मकालु विकास बैंक काबेली विकास बैंकमा विलय हुने, ५० करोड पुँजी पुर्याउने

काठमाडौं । माउन्ट मकालु विकास बैंकले काबेली विकास बैंकमा विलय हुने भएको छ । माउन्ट मकालु विकास बैंकले काबेली विकास बैंकमा विलय हुने भएको छ । प्राप्ति तथा विलय सम्बन्धमा शुक्रबार सम्झौता भएको काबेली विकास बैंकका कामु प्रमुख कार्यकारी अधिकृत शैलेन्द्रबादे श्रेष्ठले बताए । माउन्ट मकालुलाई काबेलीले एक्वाएर गर्ने सहमति भएपछि नेपाल स्टक एक्स्चेञ्जमा माउन्ट मकालुको सेयर कारोबार बन्द भएको छ । ६ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएको माउन्ट मकालु थेह्रथुम जिल्ला कार्यक्षेत्र भएको एक जिल्ले विकास बैंक हो । यस बैंकको सेयर प्रतिकित्ता ६७० रुपैयाँमा कारोबार भईरहेको छ । यस बैंकले चैत मसान्तसम्ममा १५ करोड ५८ लाख निक्षेप परिचालन गरी १५ करोड ५४ लाख कर्जा प्रवाह गरेको छ । यस्तै, ८ करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी भएको काबेली विकास बैंक धनकुटा कार्यक्षेत्र भएको एक जिल्ले विकास बैंक हो । पछिल्लो समय यस बैंकको सेयर प्रतिकित्ता ५६० रुपैयाँका किनबेच भईराखेको छ । गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिएको यस बैंकले गत बैशाख २७ गते साधारणसभा गरी ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । दुई विकास बैंक मर्जभई तीन जिल्ला स्तरको विकास बैंक बन्न लागेको काबेली विकास बैंकका कामु प्रमुख कार्यकारी अधिकृत शैलेन्द्रबादे श्रेष्ठले बताए । दुबै बैंकले ३ करोड ५० लाखका दरले हकप्रद सेयर जारी गर्न लागेको र हकप्रद जारी गरिसकेपछि सेयर पुँजी २६ करोड रुपैयाँ हुने उनले बताए । त्यसपछि फेरी १ बराबर १ मत जारी  गरी ५० करोड रुपैयाँ पुर्याउने तयारी रहेको उनले बताए ।

सनराइज बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ४३० रुपैयाँ मात्र

काठमाडौं । सोमबार सनराइज बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ३० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४३० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ४७३ रुपैयाँ रहने छ ।

काठमाडौं महानगरपालिकाको मत गणना सुरु, वडा नम्बर १ र ३२ को बाकस खोलियो

काठमाडौं । काठमाडौं महानगरपालिकको मतगणना सुरु भएको छ । निर्वाचन आयोगले वडा नम्बर १ र ३२ को बाकसबाट मतगणना आरम्भ गरेको हो । एक एक घण्टामा मत गणनाको विवरण सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।

राष्ट्रिय गौरवका आयोजना सञ्चालनका लागि छुट्टै ऐन आउँदै, योजना निर्माणदेखि भुक्तानी प्रक्रियासम्म सरल बनाइने

काठमाडौं । वर्षैपिच्छे राष्ट्रिय गौरवका आयोजनाको प्रगति न्यून हुन थालेपछि सरकारले आयोजना सञ्चालनका लागि छुुट्टै ऐन बनाउने भएको छ । आयोजनाहरूलाई निर्धारित समयमा सम्पन्न गर्न राष्ट्रिय गौरवका आयोजनालाई कार्यान्वयनका लागि छुट्टै ऐन बनाउन लागेको राष्ट्रिय योजना आयोगले बताएको छ । आयोगले ऐनको प्रारम्भिक मस्यौदा तयार पार्दैछ । हाल आयोजनाहरूले प्रत्येक पटक विदेशी मुद्रा भुक्तानीका लागि अर्थ मन्त्रालयमा स्वीकृत लिनु पर्ने र समयमा काउन्टरपार्टको समेत व्यवस्था नहुने समस्या देखिएको छ । निर्माणधिन सिक्टा सिंचाइ आयोजना अब बन्ने ऐनमा हरेक पल्ट रकम भुक्तानीको लागि मन्त्रालय धाउनु नपर्ने तथा स्वीकृत नै लिनु नपर्ने व्यवस्था गर्न लागिएको छ । यस्ता आयोजनाका लागि ऐनले बजेटको सुनिश्चितता गरिनेछ । विदेशी ऋणमा कार्यान्वयन भइरहेका आयोजनामा खर्च गर्नका लागि सरकारले हाल्नुपर्ने रकम (काउन्टरपार्टको व्यवस्था) को व्यवस्था समयमै गरिनेछ । राष्ट्रिय गौरवका आयोजनाका लागि प्रयोगमा आएका वन क्षेत्र अयन्त्र त्यतिनै जग्गामा विरुवा रोप्नु पर्ने व्यवस्थालाई हटाएर यस्ता आयोजनाको हकमा सो प्रावधान नलाग्ने बनाइने भएको छ । हाल जति वन काटिएको छ, त्यति नै क्षेत्रफलमा अन्य ठाउँमा बिरुवा रोप्नुपर्ने व्यवस्था छ । आयोजना कार्यान्वयको प्रमुख समस्याको रुपमा रहेको मुआब्जा निर्धारणलाई व्यवस्थित र वैज्ञानिक ढंगबाट गरिने छ । अब बन्ने ऐनले बजार मूल्यका आधारमा  आयोजनामा पर्ने जग्गाको मुआब्जा निर्धारण गर्ने व्यवस्था गर्ने छ । अहिले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले सरकारी मूल्याङ्कनको आधारमा मुआब्जा निर्धारण गर्दै आएको छ । वातावरणीय प्रभाव मूल्यांकन स् यसलाई ३९ दिनमा प्रक्रिया सम्पन्न गर्ने व्यवस्था गरिने तयारी छ । अहिले ६ महिनाको अवधि लाग्ने गरेको छ । साथै अब आयोजनाको ठेक्का लगाउँदा पुरै आयोजनको एकैचोटि खरिद सम्झौता कार्य सम्पन्न गर्नुपर्ने छ । निर्माण सामग्री अभावका कारण आयोजना निर्माणमा पर्न गएको ढिला सुस्तीलाई मध्येनजर गर्दै निर्माण सामग्रीका लागि निर्माणसम्बन्धी सम्झौतापत्रमै स्थान तोक्ने व्यवस्था गर्न लागिएको छ । राजनीतिक परिवर्तन पछि आयोजना प्रमुख समेत परिवर्तन हुने नियमलाई तोड्नका लागि राष्ट्रिय गौरवका आयोजनाका काम गर्ने कर्मचारीका लागि तालिमको व्यवस्था गर्ने आयोगले जानकारी दिएको छ । साथै तोकिएको समयमा आयोजना सम्पन्न गर्ने कर्मचारीलाई प्रशंसापत्र र सम्मान गरिने छ । अनुगमनका लागि केन्द्रमा मात्र होइन, जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिने भएको छ ।  जसले गर्दा आयोजनमा देखिएका समस्यालाई तत्काल समाधान गर्न सकिने छ ।

आफ्नो मताधिकार प्रयोग गर्दै व्यवसायी चन्द्रप्रसाद ढकाल

मतदान गर्दै : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् व्यवसायी चन्द्रप्रसाद ढकाल काठमाडौंस्थित विशालनगर मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गर्दै ।

कास्कीका चार गाउँपालिकामा मतगणना सुरु, मादीमा एमाले अगाडि

पोखरा  । कास्कीका चारवटै गाउँपालिकामा मतगणना सुरु भएको छ । मादी गाउँपालिकामा भने राति ४ बजेबाटै सुरु भएको र सो गाउँपालिकामा एमाले अगाडि भएको निर्वाचन अधिकृत गुरुदत्त ढकालले वताउनुभएको छ । अहिलेसम्म एक हजार १८८ मतगणना गरिएकामा अध्यक्ष पदका प्रत्यासी नेकपा एमालेका बेदबहादुर गुरुङले ६५६, नेपाली काँग्रेसका देवीजङ्ग गुरुङले ४७३, नेकपा (माओवादी केन्द्र)की राधा सापकोटाले १७ मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले)ले वडाध्यक्षसहित दुई खुल्ला सदस्य, एक÷एक महिला सदस्य र दलित महिला सदस्यमा विजयी हासिल गरेको छ । सो गाउँपालिकामा १३ हजार ५५९ मतदाता रहेकामा नौ हजार ८८० मत खसेको थियो । जिल्लाका रुपा, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा अहिले सर्वदलीय बैठक सकेर मतगणना सुरु भएको छ । रासस

विदुर र तारकेश्वरमा एमाले तथा ककनी, शिवपुरी र तादीमा कांँग्रेसको अग्रता

त्रिशूली(नुवाकोट), १ जेठ । जिल्लामा नौ स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ । विदुर र बेलकोेटगढी नगरपालिका तथा ककनी, तारकेश्वर, तादी, शिवपुरी, लिखु, सूर्यगढी र मेघाङ गाउँपालिकामा मतगणना भइरहेको छ । अहिले विदुरको वडा नं १ को मतगणना भइरहँदा नेकपा(एमाले)बाट प्रमुृखका उम्मेदवार सञ्जु पण्डितले दुई सय , नेपाली काँग्रेसका धु्रव अधिकारीले एक सय ३६ र नेकपा(माअ‍ोवादी केन्द्र)का लीलानाथ न्यौपानेले २१ मत पाएका छन् । तादीमा अहिलेसम्म कांग्रेसबाट अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले तीन सय ४८, एमालेका केपी लामिछानेले दुई सय ८५ र माओवादी केन्द्रका मानसिंह तामाङले एक सय ५४ मत पाएका छन्। ककनीमा अध्यक्षमा कांँग्रेसका दीपेश लामाले ५१, माओवादी केन्द्रका मानबहादुर लामाले ४० र एमालेका जितबहादुर बलामीले ३८ मत ल्याएका छन् । बिहान ४ बजेदेखि सुुरु भएको ककनी – १ को मतगणना जारी छ । तारकेश्वरमा एमालेबाट अध्यक्षका उम्मेदवार रमेश वस्तीले ३९, कांग्रेसका उम्मेदवार चोकराज शाक्यले २९ र माओवादी केन्द्रका राजेन्द्र न्यौपानेले १७ मत पाएका छन् । यस्तै शिवपुरीमा कांग्रेसका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाले ७८ तथा एमालेका पदम उप्रेती र माओवादी केन्द्रका मीनबहादुर तामाङले ५६– ५६ मत पाएका छन् । पञ्चकन्यामा बिहान १० बजेदेखि मतगणना गरिने दलीय सहमति भएको छ । बेलकोटगढी – १ बाट मतगणना सुरु भएको छ । यस्तै सूर्यगढीको वडा नं १ बाट मतगणना आरम्भ भएको छ । यस्तै किस्पाङमा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । दलीय सहमतिपछि केही समयमा नै मतगणना आरम्भ गरिने किस्पाङ गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै मेघाङमा पनि भर्खरै मतगणना सुुरु भएको छ । रासस

काठमाडौंमा बजार खोज्दै कर्णालीको खाद्यान्न, ५० रुपैंयाँ सस्तो बेच्दा पनि अर्ग्यानिक सिमी र फापरले बजार पाएन

काठमाडौं । के तपाईंलाई थाहा छ ? सरकारी स्वामित्वको खाद्य संस्थानले कर्णालीको अर्गानिक सिमी र तिते फापर बेच्ने गरेको छ । खाद्य संस्थानले बेच्ने खाद्यान्न बजार मुल्यभन्दा किलोमा पचास रुपैयाँ सस्तो छ । कर्णालीको कृषी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले खाद्य संस्थानले वार्षिकरुपमा कर्णालीबाट अर्गानिक खाद्यान्न खरिद गरेर काठमाडौंमा बिक्री गरिरहेको छ । यसपालीपनि सरकारले आगामी आर्थिक वर्षमा कर्णालीबाट एक करोड रुपैयाँ बराबरको खाद्यान्न खरिद तयारी गरेको छ । संस्थानका सूचना अधिकारी शंकर सापकोटाका अनुसार काठमाडौंको धान गोदामबाट प्रति किलो एक सय ५० रुपैयाँमा सिमी र ९० रुपैयाँ प्रति किलोमा फापरको बिक्री भइरहेको छ । उनले भने, ‘ आजभोली बजारमा अर्गानिक खाद्यान्नका नाममा महंगोमा तरकारी बिक्री भइरहेका छन्। तर हामीले बेच्ने सिमी र फापर कर्णालीको शुद्ध अर्गानिक खाद्यान्न हो । सिमी बजार मूल्यभन्दा पचास रुपैयाँ सस्तो र फापर तीस रुपैयाँ सस्तो पर्न आउँछ ।’ बजारको अभाव चालु आवमा संस्थानले झन्डै डेढ करोड रुपैयाँ खर्चेर ल्याएको आठ सय २० क्विन्टल सिमी र फापर पर्‍याप्त बजारीकरणको अभावमा धान गोदाममा थन्किएर बसेको छ । प्रचार प्रसारको अभाव र एक ठाँउबाट मात्र बिक्री भइरहेकाले कर्णालीको खाद्यान्न बिक्न नसकेको संस्थानका प्रमुख गोकुल धिताले बताए । पोहोर साल कर्णालीबाट आएको बठ सय २० क्विन्टल खाद्यान्न बिक्री नभएको उद्दृत गर्दै धितालले भने, ‘धेरैलाई संस्थानले सस्तोमा अर्गानिक खाद्यान्न बेच्छ भन्ने नै थाहा छैन । त्यसमाथी यहाँ बजारको पनि त्यतिकै अभाव छ । सबैजना धानगोदाममा धाएर अर्गानिक खाद्यान्न किन्न आउदैनन् ।’ चालु आवमा डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न खरिद गरेको संस्थान आगामी आवमा कम खरिद गर्ने भएको छ । यसपाली करिब एक करोड रुपैयाँ मात्र खरिद गर्ने तयारी रहेको सापकोटाले जानकारि दिए । बजारीकरणको प्रयास सिमित बिक्री कक्षका कारण खाद्यान्न बेच्न नसकिरहेको संस्थानले उपत्यकामा बिक्री कक्ष विस्तार गर्ने भएको छ ।  सापकोटाका अनुसार उपत्यकाका ६ वटा स्थानमा बिक्री कक्ष सञ्चालन गर्ने तयारी छ । उपत्यकामा संस्थानको दुईवटा स्थानमा मात्र डिपो छ –  नखु र थापाथली, जसमध्ये थापाथलीमा बिक्री कक्ष छ ।  उनले भने, ‘हाम्रो एकै ठाँउमा मात्र बिक्री कक्ष भएकाले खाद्यान्न बिक्रीमा कठिनाई भइरहेको छ । अब उपत्यकाको कलंकीऽ सातदोबाटो, ललितपुर, भक्तपुर लगायतका ६ वटा स्थानहरुमा बिक्री कक्ष सञ्चालनका लागि सटर भाडामा लिँदै छौं ।’ घुम्ती सेवा लामो समयदेखि बन्द रहेको संस्थानको घर घरमा घुम्ती सेवा फेरि सञ्चालन मा आएको छ । जनशक्ती अभाव जस्ता विभिन्न कारणले  बन्द रहेको घुम्ती सेवा बैशाखदेखि सूचारु भएको संस्थानका प्रमुख धितालले बताए । गत वर्ष घरैमा ट्रकमा संस्थानले सस्तोमा खाद्यान्न बिक्री गर्न ल्याएपछि यो सेवाले निकै लोकप्रियता पाएको थियो । तर उचित व्यवस्थापनको अभावका कारण बिचमा बन्द भएको धितालले बताए । उनले भने, ‘यो सेवा पुन सुचारु भएको करिब १०/१५ दिन भएको छ। ‘ तीनवटा गाडीका दरले खाद्यान्नको बिक्री भइरहेको सापकोटाले जानकारी दिए । उनका अनुसार एउटा गाडीबाट दैनिक तीन लाख रुपैयाँ बराबरको कारोबार भइरहेको छ।