विकासन्युज

विजय लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लभांश दिने घोषणा गरेको हो । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १६ करोड १० लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी १७ करोड ७१ लाख रुपैयाँ पुग्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२७० रुपैयाँ रहेको छ ।

सहरी सोलार ऊर्जामा ४ बैंककाे ऋण लगानी, यो वर्ष १५ सय घरमा जडान गरिने

काठमाडौं । सहरी क्षेत्रमा सोलार जडान गर्न ४ वटा वाणिज्य बैंकले ऋण लगानी गर्ने भएका छन् । सिभिल बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनएमबी बैंकले सहरी क्षेत्रमा रुफटप सोलार प्रविधि जडानमा ऋण दिनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसंग सहमति जनाएका हुन् । केन्द्रले राष्ट्रिय ग्रीडबाट बिजुली सेवा पाएका सहरी क्षेत्रका बासिन्दालाई पनि सोलार जडान गर्ने योजना ल्याएको हो । केन्द्रले काठमाडौं उपत्यकालगायत देशका अन्य सहरी क्षेत्रमा अुनदान तथा सरल ब्याज दरमा कर्जा सहितको सौर्य ऊर्जा प्रणाली जडानका लागि प्रस्ताव आब्हान समेत गरेको छ । गत वर्ष पनि केन्द्रले प्रस्ताव आब्हान गरेको थियो । सरकारले चालु आर्थिक वर्षका लागि सहरी सोलार प्रविधिबाट ऊर्जा उत्पादन गर्नका लागि अनुदान र कर्जाको व्यवस्था गर्ने बजेटमा उल्लेख भएअनुसार केन्द्रले प्रस्ताव मागेको हो । सरकारले लोडसेडिङ हटाउन सौर्य सोलार ऊर्जा अनुदान योजना ल्याएको हो । यो वर्षका लागि १ हजार ५ सय घरमा मात्र सौर्य ऊर्जा प्रणाली जडान गर्ने केन्द्रले जानकारी दिएको छ । पहिला आउनेलाई पहिलो प्राथमिकता (फस्ट कम फस्ट सर्भिस) आधारमा अनुदान रकम दिने केन्द्रले बताएको छ । २ सय वाट पीक वा सो भन्दा ठुलो प्रणाली जडान भएपछि एकमुष्ठ २० हजार रुपैयाँ जडान अनुदान खर्च केन्द्रले उपलब्ध गराउने छ । यस्तै ५ सय वाट पिक वा सो भन्दा ठुलो प्रणाली जडानमा सरल कर्जाको व्यवस्था गरिएको छ । जसअनुसार घरायसीका लागि ७५ प्रतिशतसम्म ब्याजमा अनुदान र औद्योगिक प्रयोजनाका लागि ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गरिएको छ । यो योजना आर्थिक वर्ष ०७०/०७१ देखि सुरु गरिएको हो । घरको छानमा सोलार प्रविधि जडान गरिने छ । सहरी क्षेत्रमा लोडसेडिङ हटेपछि माग कम आएको बैंकरहरुले बताएका छन् । सिभिलका माइक्रो बैकिङ प्रमुख युवराज गुरागाई लोडसेडिङ हटेपछि यो वर्ष सोलार राख्नका लागि कर्जा लिन नआएको बताउछन् । “गत वर्ष राम्रो कर्जा गएको थियो यो वर्ष ऋणको प्रस्ताव नै आएको छैन” उनले भने । गत वर्ष ९ प्रतिशत ब्याजमा सहरी सोलार प्रविधि जडानमा कर्जा दिएको उनले स्पष्टपार । सिभिलले गत वर्ष मात्र यो योजनामा १२ करोड बढी कर्जा लगानी गरेको थियो । यस्तै एनएमबी बैंकका सोलार विभाग प्रमुख दिनेश दुलालले पनि गत वर्षको तुलनामा यस्तो कर्जाको माग धेरै कम आएको जानकारी दिए । विकास न्युजसंग कुरा गर्दै उनले हालसम्म १० करोड रुपैयाँ बढी लगानी गरेको जानकारी दिए । बैंकले गत वर्ष ९ प्रतिशत ब्याजमा सहरी सोलारमा लगानी गरेकोमा यो वर्ष बढेर १२ प्रतिशतसम्म पुगेको उनले बताए ।  

हिरोको दोस्रो र तेस्रो विजेताको नाम घोषणा, विजेताले जिते एक लाख रुपैयाँ नगद

काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालीले दोस्रो र तेस्रो भाग्यशाली विजेताको नाम घोषणा गरेको छ । “यो दशैं र तिहारमा भाग्य मनि भए” भन्ने हिरोको नयाँ योजना अन्तर्गत बम्पर लक्की ड्रमा घनश्याम बुढा र पहल सिंह रास्कोटी मगरले एक–एक लाख रुपैयाँ नगद जितेका छन् । यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पाउन सक्ने छन् । साथै, साप्ताहिक बम्पर लक्की ड्र उपहार स्वरुप एक जनाले १ लाख रुपैयाँ नगद पाउने छन् । अ

एनएलजी इन्योरेन्सको मोबाइल एप्स सञ्चालनमा, बीमाको सम्पूर्ण जानकारी पाइने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘एनएलजी मोबाइल एप्स’ सार्वजनिक गरेको छ । यस मोबाइल एप्सबाट कम्पनीले दिने बीमा सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने भएकाे छ । मोबाइल एप्स मार्फत ग्राहकहरुले बीमा गर्न चाहेका सम्पत्तिहरुको बीमा शुल्क गणना गर्नुका साथै विभिन्न प्रकारका बीमा लेखहरुका बारेमा अावश्यक जानकारी प्राप्त गर्न सक्नेछन् । साथै, बीमा लेखले गर्ने जोखिम बहनका बारेमा जानकारी लिनसक्ने व्यवस्था समेत एप्समा रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निकट भविष्यमा यस एनएलजी एप्सबाट सम्बन्धित ग्राहकले आफ्नो बीमा लेखको तथा दाबी भुक्तानी प्रकृयाका बारेमा समेत थप जानकारी प्राप्त गर्न सक्ने छन् । उक्त एप्स गुगल प्लेमा गई एनएलजी एप्स डाउनलोड गरि प्रयोगमा ल्याउन सकिने र एकपटक डाउनलोड गरिसकेपछि सोही एप्सलाई अफ लाइनमा समेत प्रयोगमा ल्याउन सकिने कम्पनीले बताएको छ ।

किसान माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस सेयर दिने, पुँजी ५ करोड रुपैयाँ नाघ्ने

काठमाडौं । किसान माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निणर्यलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि कम्पनीको पुँजी ५ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४३० रुपैयाँ रहेको छ ।

चिलिमे हाइड्रोपावरको बुक क्लोजको मिति परिर्वतन, कात्तिक ६ गतेदेखि हुने

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले बुक क्लोजको मिति परिर्वतन गरेको छ । कम्पनीले शुक्रबार नयाँ सूचना सार्वजनिक गर्दै कम्पनीको बुक क्लोजको मिति परिर्वतन भएको जानकारी दिएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ सूचना अनुसार कम्पनीको कात्तिक ६ गतेदेखि कात्तिक २४ गतेसम्म बुक क्लोज हुनेछ । यसअघि कम्पनीले जम्मा एक दिनको समय राखेर बुक क्लोजको सूचना सार्वजनिक गरेको थियो । तर कानुनी प्रावधान अनुसार जुनसुकै कम्पनीको बुक क्लोजको सूचना एक साता अघि नै दिनुपर्ने छ । यस कम्पनीले कानुन विपरित बुक क्लोजको सूचना सार्वजनिक गरेको भन्दै लगानीकर्ताले विरोध गरेपछि बुक क्लोजको मिति परिर्वतन गरिएको हो । यस कम्पनी आगामी कात्तिक २४ गते कम्पनीको २१औं वार्षिक साधारणसभामा जाँदै छ । सभामा कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लभांश दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्ने भएको छ । नयाँ सूचना

विद्युत् प्राधिकरणले भन्योः तिहारमा पनि लोडसेडिङ हुदैन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आउदो तिहारमा लोडसेडिङ नहुने जानकारी दिएको छ । वर्षकै सबैभन्दा बढी बिजुली माग हुने तिहारमा यसपाली पनि लोडसेडिङ हुन नदिन प्राधिकरण माग व्यवस्थापनको आन्तरिक काममा जुटेको छ । भारतबाट थप आयात, कुलेखानी र सबै आयोजना पुर्ण क्षमता सञ्चालन गरेर लोडसेडिङ हुन नदिने तयारी प्राधिकरणको छ । यस्तै तिहारभर हेटौडामा रहेको १४ मेगावाटको डिजेल प्लाण्ट र बिराटनगरमा रहेको ३९ मेगावाटको मल्टिफयुल प्लाण्ट पनि सञ्चालन गर्ने प्राधिकरणको योजना छ । आउदो तिहारमा सकेसम्म लोडसेडिङ हुन नदिन आन्तरिक व्यवस्थापनको काम भइरहेको प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठले बताए । आउदो बिहीबार लक्ष्मीपूजाको दिन बिजुलीको माग बढेर १ हजार ५५० मेगावट पुग्ने अनुमान गरिएको उनले जानकारी दिए । भारतबाट आयात र कुलेखानी आयोजना, डिजेल प्लाण्ट र मल्टिफयुल प्लाण्ट सञ्चालन गरेर १ हजार २१५ मेगावाट बिजुली आपूर्ति गर्ने प्राधिकरणको तयारी छ । यस्तै भारतबाट ४१५ मेगावाटसम्म बिजुली आयात गरिने श्रेष्ठले जानकारी दिए । हाल भारतबाट ३४५ मेगावाट हारहारीमा बिजुली आयात भइरहेको छ । यो वर्ष भारतबाट साढे ४ सय मेगावाट बिजुली आयात गर्ने तयारी प्राधिकरणको छ । साँझमा उद्योगको ३ सय मेगावाट बिजुली काटेपछि ४० देखि ५० मेगावाट जति बिजुली आपूर्ति अपुग हुने उनले जानकारी दिए । “काठमाडौं उपत्यकालगायत प्रमुख शहरमा लोडसेडिङ हुदैन” उनले भने “प्रसारणलाइन समस्याले गर्दा केही स्थानमा हुन सक्छ । सकेसम्म हामी लोडसेडिङ गर्दैनौ ।” गत वर्ष लक्ष्मीपुजाको दिन बिजुलीको माग १ हजार ४४४ मेगावाट थियो । गत वर्ष काठमाडाैं उपत्यकामा मात्रै लोडसेडिङ मुक्त भएकाे थियाे । यो वर्ष १ सय मेगावाट बिजुली माग थप हुने प्राधिकरणको प्रक्षेपण छ । हाल १ हजार ५० मेगावाट बिजुली आपूर्ति भइरहेको छ । माग १ हजार ३५० मेगावाट रहेको उनले बताए । प्रणालीमा ३ सय मेगावाट बिजुली आपूर्ति कम भएपनि प्राधिकरणले लोडसेडिङ गरेको छैन् । कलेखानी भरीन अझै साढे ८ मिटर बाँकी मुलुकको एकमात्र जलासययुक्त आयोजना कुलेखानीको जलासय १ हजार ५२१.६ मिटर भरिएको छ । यो वर्ष जलासय भरिएर १ हजार ५२४ मिटर पुग्ने अनुमान गरिएको श्रेष्ठले बताए । गत वर्ष जलसतह १ मिटर कम अर्थात १ हजार ५२३ मिटर थियो । हाल प्राधिकरणले कुुलेखानी आयोजना बन्द गरेको छ । आवश्यकताअनुसार कहिलेकाही मात्र सञ्चालन हुने उनले जानकारी दिए । कुलेखानी पहिलो र दोस्रो गरी ९२ हाल ९२ मेगावाट बिजुली उत्पादन हुन्छ । यस्तै १४ मेगावाटको कुलेखानी तेस्रो आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ । यो आयोजना सम्पन्न भएपछि कुलेखानीको जडित क्षमता १०६ मेगावाट पुग्ने छ ।

४० प्रतिशत हकप्रद पछि गुहेश्वरी मर्चेन्ट बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको ४० प्रतिशत हकप्रद पछि सेयर मूल्य समायोजन भएको छ । सो मात्राको हकप्रद सेयर पछि शुक्रबार मात्रै नेप्सेले यस कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २०६ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहको थियो ।