विकासन्युज

मेलम्ची नगरपालिका– १ मा एमाले विजयी, मेयरमा पनि एमालेकै अग्रता

मेलम्ची, । मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा (एमाले) का कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गरे । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ । यस्तै मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले)का डम्मर अर्यालले ८०५, नेकपा (माओवादी केन्द्र) का श्याम खड्काले ५१५, राप्रपाका फणिन्द्र दाहालले ३३९ र नेपाली काँग्रेसका आइतमान तामाङले ३०० मत प्राप्त गरे । यस्तै नगर उपप्रमुखमा नेकपा (एमाले)का भगवती नेपालले ८३१, नेकपा (माओवादी केन्द्र)का मुनादेवी ढकालले ४२८, राप्रपाका कुमारी तामाङले ३६० र नेपाली काँग्रेसका सविता गुरुङले २६० मत प्राप्त गरेकाे निर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिए । रासस

आगामी आर्थिक बर्षदेखि नयाँ स्टक एक्सचेञ्ज सञ्चालनमा आउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक बर्षदेखि नयाँ स्टक एक्सचेञ्च कम्पनी थप्ने प्रक्रिया अघि बढाएको छ । गत बिहिबार बोर्ड सञ्चालक समितिको बैठकले नयाँ स्टक एक्सचेञ्ज कम्पनी स्थापना गर्ने सैद्धान्तिक निर्णय गरेसँगै आगामी आव भित्रै नयाँ कम्पनी थपिने भएको हो । ‘बोर्डले नयाँ स्टक एक्सचेञ्ज कम्पनी थप्ने सैद्धान्तिक निर्णय गरेको छ, सबै कम सहज ढंगले अघि बढ्यो भने ६देखि ७ महिनाको अवधीमा नयाँ कम्पनीले सेवा आरम्भ गर्नेछ’, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने । गिरीका अनुसार नयाँ स्टक एक्सचेञ्ज कम्पनी खोल्ने सैद्धान्तिक निर्णय भएपनि मोडालिटीबारे अझै अध्ययन गर्न बाँकी नै छ ।‘सैद्धान्तिक सहमति भएको छ, अब सेयर संरचना, प्रबिधी, दर्ता, क्रेडिट कम्पनी लगायतका बिषयमा धेरै काम बाँकी नै छन, हामी छिटो काम गर्ने मनस्थितिमा छौं’, गिरिले भने । यस अघि २०६६ सालमा नयाँ स्टक एक्सचेञ्ज कम्पनी खोल्ने भन्दै बोर्ड आवेदन मागेको थियो । त्यतिबेला ४ वटा कम्पनीले आवेदन दिएका थिए । ती कम्पनीहरुको प्रस्तावलाई समेत अध्ययन गरिने गिरीले जानकारी दिए । बोर्डले आगामी ७ महिना भित्र नयाँ एक्सचेञ्ज कम्पनीबाट कारोबार थाल्ने गरि काम अघि बढाएको पनि उनले जानकारी दिए । ‘सेयर संरचना, कम्पनी दर्ता, क्रेडिट सिस्टम लगायतका काम सक्न ७ देखि ७ महिना लाग्छ, सो अवधीमा नयाँ स्टक एक्सचेञ्ज मार्फत कारोबार हुनेछ’, गिरीले विकासन्युजसँग भने । धितो पत्र बजार सञ्चालन नियमावली २०६४ अनुसार बोर्डले नयाँ स्टक एक्सचेञ्ज कम्पनी थप्न लागेको हो । सो नियमावली अनुसार पाँच करोड चुक्ता पुँजीमा स्टक कम्पनी खोल्न सकिने व्यवस्था थियो । तर बोर्डले आवश्यकता अनुसार पुँजी वृद्धि गराउन सक्ने व्यवस्था पनि सो नियमावलीमा थियो । बोर्डले एक अर्ब चुक्ता पुँजी कायम गरेर नयाँ स्टक कम्पनी खोल्ने तयार गरेको हो ।

भरतपुर महानगरपालिकामा मतगणना शुरु

चितवन। भरतपुर महानगरपालिकामा अहिले ४ः३० बजेदेखि मतगणना शुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र दलहरुकाबीचमा मतगणनाका क्रममा अपनाइने आचारसंहिताका विषयको विवाद टुंगिएपछि मतगणना शुरु गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले मतपेटिकामा भएको मतको सङ्ख्याको आधार मान्य हुने जनाएको भएपनि दलहरुले मतदान स्थलमा गरिएको मुचुल्काको सङ्ख्या अनुसार हुनुपर्ने अडान राखेपछि मतगणनामा ढिलाइ भएको थियो । निर्वाचन आयोगको प्रचलित ऐन कानुन र विधिविधान अनुसार मतगणना गर्ने सहमति भएपछि मतगणना सुरु भएको हो । गणना १ नम्बर वडाबाट शुरु गरिएको छ । भरतपुर महानगरपालिकामा एक लाख ५० हजार २ सय ७४ मतदाता रहेकामा ७५ दशमलव ०२ प्रतिशत मत खसेको जनाइएको छ । यस अनुसार १ लाख १२ हजार ७ सय ४१ मत हुन आउँछ । महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट संयुक्त रुपमा प्रमुख पदमा रेणू दाहाल र नेकपा एमालेका तर्फबाट देवीप्रसाद ज्ञवालीको उम्मेदवारी परेको छ । भरतपुरको कभर्डहलमा मतगणना थालिएको हो । भरतपुर महानगरपालिकामा २ लाख ८० हजार पाँच सय २ जनसङ्ख्या रहेको छ । रासस

नेपाल राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको रोजाईमा टाटाको जेस्ट कार

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमका उपकप्तान, ज्ञानेन्द्र मल्लले हालै टाटाको जेस्ट कार खरिद गरेका छन् । आकर्षक लुक, उत्कृष्ट पर्फमेन्स, माइलेज र स्टाइलका कारण टाटा जेस्ट उनको छनोटमा परेको ज्ञानेन्द्र मल्लले जानकारी गराए । छोटो समयमा अग्रणी कम्प्याक्ट सेडान कारको रुपमासफलताहाँसिल गरेकोयो कार पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध छ । उच्च ग्राउण्ड क्लिरियन्स, विलासी गाडीहरुको सम्झना ताजा गराउने जेस्टमा प्रिमियम इन्टेरियर, हरमन साउण्ड, एबिएस, जाभाब्ल्याक र लाटेको डुअल टोनसँग राम्ररी मिलाइएको ड्यासबोर्डले कारलाई आकर्षक, आधुनिक भएको कारणले छोटो समयमा नै नेपाली बजारमा निकै नै चर्चा बटुल्न पुगेको यो कार उपकप्तानको रोजाईमा पर्नुको मुख्य कारण हो । आकर्षक एवं हरेक सुविधाले सम्पन्न टाटा जेस्ट कारको अनुभव लिन पाउँदा आफू निकै उत्साहित भएको कुरा मल्लले जानकारी गराए ।

डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा एमालेको जित

काठमाडौं । डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । काइकेमा एमालेका अंगत रानाले ९२० मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका हुरा बुढाले जम्मा ८० मत मात्र प्राप्त गरेका छन् । उपाध्यक्षमा भने राप्रपाका कुञ्जन बुढा बिजयी भएका छन् । डोल्पाको से फोक्सुण्डो गाउँपालिकामा एमालेका टसी तुण्डुप गुरुङ यस अघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

१९ मत कम भएपछि सिन्धुलीको दुधौली नगरपालिकामा मतगणना रोकियो

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा मतगणना कार्य अहिले रोकिएको छ । वडा नं २ मा खसेको मतभन्दा १९ मत कम भएपछि मतगणना कार्य रोकिएको हो । वडा नं २ मा हिजो एक हजार ८३० मत खसेकामा आज एक हजार ८११ मत मात्र भएपछि मतगणना कार्य रोकिएको दुधौलीका निर्वाचन अधिकृत नुरहरि खतिवडाले जानकारी दिए । मतदान अधिकृतले दिएको तथ्याङ्कभन्दा १९ मत कम भएपछि राजनीतिक दलहरु असन्तुष्ट बनेका छन् । दलहरुलाई सहमतिमा ल्याएर मतगणना चालु गर्ने प्रयास गरिएको भए पनि दलहरु सन्तुष्ट हुन सकेका छैनन् । दुधौलीमा आइतबार भएको मतदानमा खसेको २७ हजार ५५ मतमध्ये अहिले बन्डल बनाएर मतगणना गर्न खोज्दा २७ हजार ३६ मात्रै मत भएपछि राजनीतिक दलहरुले मतगणना गर्न नमानेको दुधौली नगरपालिकाका निर्वाचन अधिकृत खतिवडाले जानकारी दिए । आज बिहान ११ः३० देखि मतगणना गर्न ५० वटाको बन्डल बनाउँदा १९ मत कम भएपछि राजनीतिक दलहरु असन्तुष्ट बनेको निर्वाचन अधिकृत खतिवडाको भनाइ छ । राजनीतिक दलहरुले मतगणना गर्न नमानेकाले मिलेसम्म मिलाउने र नभए सर्वपक्षीय बैठक बसेर निर्णय गर्ने मुख्य निर्वाचन अधिृकत पर्शुराम भट्टराईले जानकारी दिए । सिन्धुलीका अन्य स्थानमा मतगणना कार्य जारी छ । रासस

सानिमा बैंकले शुरु गर्यो अनलाईन आश्बा र डिम्याट खाता सेवा, कहाँ कहाँबाट पाइने?

काठमाडौं । सानिमा बैंक लिमिटेडले जेठ १ गते (सोमबार)बाट आफ्ना ग्राहकहरुलाई अनलाईन मार्फत शेयर आवेदन दिन सकिने सेवा शुरु गरेको छ । यो सेवा बैंकमा खाता हुने खातावालहरु र नयाँ खाता खोल्ने खातावालहरुले बैंकवाट ईन्टरनेट बैंकिङ्ग कारोबारको सुविधा लिई प्रयोग गर्न सकिनेछ । साथै, बैंकले डिम्याट खाता खाेल्ने सुबिधा बैंकको केन्द्रिय कार्यालय बाहेक सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरिने बैंकले जनाएको छ ।

पोखरामा एमालेका मान बहादुर जिसीलाई अग्रता

काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकामा एमालेले अग्रता कायम गरेको छ । प्रारम्भिक मत परिणाम अनुसार एमालेका मान बहादुर जिसीले ७१ मत ल्याएका छन भने काँग्रेसका रामजी कुँवरले ४६ मत मात्रै ल्याएका छन् । पोखरामा काँग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् ।