विकासन्युज

महालक्ष्मी साहित्य पुरस्कार हास्य विधाका धनराज गिरीलाई प्रदान

काठमाडौं । २०७३ सालको पन्ध्रौ “महालक्ष्मी साहित्य पुरस्कार” चितवन जिल्लाका हास्य विद्याका साहित्यकार धनराज गिरीलाई प्रदान गरिएको छ । साहित्यकार डा. तुलसी भट्टराई र महालक्ष्मी विकास बैंकका हेटौंडा शाखा प्रबन्धक राजेश लामिछानेले संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरेका छन् । उक्त समारोहमा वरिष्ठ कवि तिर्थ श्रेष्ठ, छन्द कवि राजेश्वरी काफ्ले, साहित्यकार दाहाल यज्ञनिधि लगायतलाई विभिन्न पुरस्कारहरुद्धारा सम्मानित गरीएको थियो । उक्त समारोहमा साहित्य विद्याका अगुवा व्यक्तिहरुको उपस्थिति रहेको थियो । भाषा साहित्यको क्षेत्रमा यथासम्भव योगदान पु¥याउने उद्देश्यले वि.सं. २०५९ सालमा “यती फाइनान्स साहित्य पुरस्कार” को नामबाट स्थापना भएको सो पुरस्कार “यति साहित्य पुरस्कार” हुंदै हाल वि.सं. २०७३ सालको पन्ध्रौ श्रृंखलादेखि पुरस्कारको नाम परीवर्तन भई “महालक्ष्मी साहित्य पुरस्कार भएको छ” । यस पुरस्कार राशि १५ हजार रुपैयाँबाट वृद्धि गरी यसै बर्षदेखि २१ हजार १ रुपैयाँ पु¥याइएको बैंकले जनाएको छ ।

राप्ती हाइड्रोले साढे १२ करोडको आईपीओ निष्कासन गर्ने

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सन लिमिटेडले साढे १२ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले आउदो साधारणसभामा विशेष प्रस्ताव लैजाने भएको छ । राप्तीको साधारणसभा आउदो मंसिर ३ गते राजधानीमा हुने भएको छ । कम्पनीले ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजना निर्माण गर्दै छ । आयोजनाले स्थानियलाई १० र सर्वसाधारणलाई १५ प्रतिशत आईपीओ निष्कासन गर्ने छ । साधारणसभाले पारित गरेपछि आईपीओ निष्कासनका लागि प्रक्रिया सुरु हुने कम्पनीले जनाएकोृ छ । कम्पनीले यसअघि निष्कासन गरेको अग्राधिकार सेयरलाई आईपीओमा परिणत गर्ने भएको छ । आईपीओमा परिणत गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ । आयोजना निर्माणमा कम्पनीले प्राइम कमर्शियल बैंक र सेन्चुरी कमर्शियल बैंकसंग ७० करोड रुपैयाँ ऋण लगानी सम्झौता गरिसकेको छ । नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ । आयोजना निर्माणका लागि कम्पनीले निर्माणपुर्वको काम सुरु गरेको छ । आयोजना रुकमको सिस्ने र भुमे गाउँपालिकामा पर्छ । राप्तीमा सीईडीबी हाइड्रो फण्ड लिमिटेडको ९५ प्रतिशत स्वामित्व छ । सीईडीबीअन्र्तगत राधि विद्युत कम्पनी लिमिटेडले ९ करोड ४४ लाख ५५ हजार रुपैयाँको आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यस्तै युनिभर्सल पावर कम्पनी र दोर्दी हाइड्रोपावरले पनि आईपीओ निष्कासनको तयारी थालेका छन् ।  

११० दिनको विकास खर्च १९० अर्ब, १० दिनमा होला त ८७ अर्बको विकास ?

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएको पहिलो चौमासमा सरकारले बजेट खर्च गर्न लिएको लक्ष्य पुरा नहुने भएको छ ।सरकारले गत असारमा बजेट कार्यन्वयन योजना सार्वजनिक गर्दै कात्तिक मसान्तसम्म कुल विनियोजन बजेटको २९.४४ प्रतिशत अर्थात ३ खर्ब ७६ अर्ब ४९ करोड ३७ लाख ५३ हजार रुपैयाँ खर्च भनेको थियो । पहिलो चौमासिक सकिन अब १० दिन मात्र बाँकी रहदा कुल बजेटको १४.८० प्रतिशत अर्थात १ खर्ब ८९ अर्ब ३० करोड ५९ लाख ५७ हजार रुपैयाँ मात्र खर्च भएको छ । यो लक्ष्य पुरा गर्न ८७ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । खर्चको अवस्था हेर्दा यो संभव देखिन्दैन् । मुलुक केन्द्र र प्रदेशको निर्वाचनमा केन्द्रीत भएकाले बजेट खर्चमा असर पर्ने देखिएको छ । अर्थले निर्धारित समयमा तोकिएको रकम खर्च गर्नुपर्ने वाध्यकारी व्यवस्था गरिएको त्यसबेला जानकारी दिएको थियो । महालेखा नियन्त्रकको कार्यलयका अनुसार चालु खर्च १ खर्ब ६६ अर्ब ७९ करोड रुपैयाँ भएको छ । चालु बजेटको २०.७६ प्रतिशत खर्च भएको छ । चालु आवमा ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ चालु खर्चका लागि बजेट विनियोजन भएको छ । पुँजीगत खर्च ज्यादै न्यन देखिएको छ । पुँजीगत बजेटको ५.३४ प्रतिशत मात्र खर्च भएको छ । चालु आवमा सरकारले ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा पहिलो चौमास सकिन लाग्दा १७ अर्ब ९० करोड ३४ लाख रुपैयाँ मात्र खर्च भएको महालेखाले जनाएको छ । अर्थले मंसिरदेखि फागुनसम्म दोस्रो चौमासमा कुल बजेटको ३७.८० प्रतिशत अर्थात ४ खर्ब ८३ अर्ब ४९ करोड ६३ लाख रुपैयाँ खर्च गर्नुपर्ने भनेको छ । यस्तै तेस्रो चौमासमा कुल बजेटको ३२.७६ प्रतिशत ४ खर्ब १९ अर्ब ४७ लाख ९५ हजार रुपैयाँ खर्च गर्नुपर्ने छ । २२ प्रतिशत राजश्व संकलन चालु आवको हालसम्म लक्ष्यको २२ प्रतिशत राजश्व संकलन भएको छ । चालु आवमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएकोमा हालसम्म १ खर्ब ६० अर्ब ५२ करोड रुपैयाँ संकलन भएको महालेखाले जनाएको छ ।  

कृषि विकास बैंकको कर्जाको ब्याज सबैभन्दा महंगो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सबैभन्दा महंगो ब्याज दर सरकार स्वामित्वको कृषि विकास बैंकको छ । बैंकको आधार ब्याज दर ११.९७ प्रतिशत पुगेको छ । यो हालको उच्च ब्याज दर हो । आधार दर नै बढी भएपछि कर्जाको ब्याज दर महंगो हुन्छ । बैंकले निक्षेपको ब्याज दर बढेका कारण कर्जाको पनि ब्याज दर बढेको बैंकले जनाएको छ । सबैभन्दा कम ब्याज दर सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको छ ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिले घर भाडा तिरेनन्, घरबेटीले निकाले १५ दिने सूचना

काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले घर भाडा नतिरेको भन्दै घरबेटीले १५ दिने सूचना निकालेका छन् । पुर्व राष्ट्रपति यादव बस्दै आएको ललितपुर बागडोलस्थित घरको साउनदेखि नतिरेको भन्दै १५ दिने सूचना निकालेको हो । राष्ट्रपति कार्यालयले गत साउन देखि घरभाडा सम्झौता नविकरण नगरेको भन्दै घरबेटी रविभक्त बिष्टले १५ दिनभित्रै घर खाली गर्न सार्वजनिक सूचना प्रकाशित गरेका हुन् । उनले आफ्नो घर जबरजस्ती प्रयोग भैरहेको आरोप समेत लगाएका छन् । उनले पुरानो भाडा तथा बक्यौता रकम उपलब्ध गराएर घर खाली गरिदिन आग्रह गरेका छन् । घरबेटी बिष्टले १५ दिनभित्र घर खाली नगरे कानुनी बाटो रोज्ने पनि बताएका छन् ।

हिमालयन जनरल इन्स्योरेन्सको हकप्रद लिलाम हुदै, मंसिर ४ गते प्रस्ताव पेश गर्ने अन्तिम दिन

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वसाधारण समूहको हकप्रद सेयर लिलामी हुने भएको छ । कम्पनीको साधारणतर्फको ७१ हजार ५३० कित्ता हकप्रद आउदो मंसिर ४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकिएको छ । कम्पनीले चुक्तपुँजी बढाउन हकप्रद सेयर निष्कासन गरेको हो । गत असार २८ गतेदेखि भदौ ९ गतेसम्म हकप्रद बिक्रीका लागि खुला गरेकोमा साधारणतर्फ आवेदन नपरेको हकप्रद लागि लिलामका लागि बोलपत्र आब्हान गरेको हो ।

कुमारी बैंकको नाफा डेढ करोड घट्यो

काठमाडौं । कुमारी बैंकको नाफा डेढ करोड रुपैंयाँले घटेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा १३ करोड ७४ लाख नाफा कमाएको बैंकले चालु आवको सोही अवधीमा भने जम्मा ११ करोड २० लाख मात्रै कमाउन सफल भएको हो । बैंकको नाफा १ करोड ५४ लाखले घटेको देखिन्छ । कुमारी बैंकको खराब कर्जा १.२६ प्रतिशतबाट बढेर १.९७ प्रतिशत पुगेको छ । बैंकले १४ करोड रुपैंयाँ प्रोभिजन गरेको देखिन्छ । कुमारीले एक अर्ब ४१ करोड ब्याज आम्दानी गरेर १ अर्ब ५ करोड ब्याज खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी पनि ११.७६ रुपैंयाँबाट घटेर ७.५१ रुपैंयाँमा झरेको छ ।

सुर्या लाईफ इन्स्योरेन्सको व्यतित बीमामा सत्प्रतिशत ब्याज छुट, मंसिरदेखि जोखिम वहन नगर्ने

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा सत्प्रतिशत ब्याज छुट गरेको छ । व्यति (ल्याप्स) भएको सम्पुर्ण बीमालेखमा ब्याज छुटमा पुर्नजागर गर्न कात्तिक ३० गतेसम्म म्याद भएको कम्पनीले जनाएको छ । ३० गतेसम्म भुत्तानी नभए बीमालेखले मंसिरदेखि जोखिम बहन नगर्ने सुर्याले जनाएको छ ।