सोमबारको सेयर बजार हरियो, नेप्सेले १६०० अंक नाघ्दा ६२ करोडको सेयर कारोबार
काठमाडौं । सोमबारको सेयर बजार हरियो भएको छ । आइतबार राताम्मे भएको बजार सोमबार ८ दशमलब ८४ अंकले बढेर १६०२ दशमलब ६५ अंकमा पुगेर हरियो भएको छ । बजारमा ६२ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार १४९ कम्पनीको १३ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टर्ड बैंकको ६ करोड रुपैयाँ माथिको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २१९५ रुपैयाँ रहेको छ । सो दिन आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जसको सेयर मूल्य प्रतिकित्ता २१४७ रुपैयाँ रहेको छ । त्यस्तै, सबैभन्दा बढी सिनर्जी फाइनान्सको सेयर मूल्य ३.३१ प्रतिशतले घटेको छ । कारोबार भएका ८ समूह मध्ये ७ समूहको परिसूचक उकालो लागेका छन् भने फाइनान्स समूहको परिसूचक ओरालो लागेको छ । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक २१ दशमलब ६९ अंकले उकालो लागेको छ । त्यस्तै, बीमा र विकास बैंक समूहको परिसूचक क्रमशः १५ र १० अंकले उकालो लागेका छन् ।
धुर्मुस-सुन्तलीले पाँच अर्बमा ‘नमुना नेपाल’ बनाउने(भिडियोसहित)
काठमाडौं । तीन वटा एकिकृत नमुना बस्ती निर्माण गरिसकेका कलाकार धुर्मुस सुन्तलीले पाँच अर्बको महत्वकांक्षी नमुना नेपाल निर्माण गर्ने भएका छन् । धुर्मुस सुन्तली फाउण्डेसनले सोमबार राजधानीमा पत्रकार सम्मेलन मार्फत ७५ वटै जिल्लाका जोखिममा परेका परिवारलाई समेटेर नमुना नेपाल(भिडियो) परियोजना निर्माण गर्न लागेको जानकारी दिएका हुन् । उनीहरुले काठमाडौं, काभ्रे, नुवाकोट, धादिङ वा मकवानपुरमा पाँच सय देखि एक हजार रोपनी क्षेत्रफलमा हिमाल, पहाड र तराईको बिशेषता झल्किने एकिकृत नमुना नेपाल निर्माण गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनीहरुले निर्माण गर्ने नमुना नेपालमा हिन्दु, मुस्लिम, इसाई, बौद्धमार्गी लगायत सबै धर्मावलम्बीहरुको धार्मिकस्थल निर्माण गरिनेछ । सका अलवा हिमाली, पहाड र तराईका लागि छुट्टा छुट्टै क्लस्टरमा बस्ती विकास तथा रहनसहन अनुसारको सांस्कृतिक संरचनाको निर्माण गरिने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताए । हिमाली बस्तीमा हिमालको आभाष पाइनेछ भने पहाडी बस्तीमा पहाड र तराईको बस्ती सोही अनुभूति प्राप्त हुने कट्टेलले बताए । नमुना नेपालमा सुरुङमार्ग, मीनी रेल, संग्रहालय, धरहरा भ्यु टावर, खेल मैदान, विद्यालय, सामुदायीक भवन, स्वास्थ्य केन्द्र लगायतका संरचना निर्माण हुनेछ । नमुना बस्तीमा ब्राम्हण, क्षेत्री, राइ, लिम्बु, शेर्पा, मुस्लिम, डोम, थारु, मधेशी, मेचे, राउटे, चेपाङ लगायतका सबै जातजातिलाई राखिने फाउण्डेसनका अध्यक्ष कट्टेलले बताए । ‘७५ वटै जिल्लाका पिडितहरु समेटिने गरि १२५ वटै जातिलाई नमुना नेपालमा राखिनेछ, सबै जातजातिको सांस्कृतिक प्रतिनिधित्व गराउँछौं जहाँ भुगोल पनि सोही ढंगले प्रतिनिधित्व हुनेछ’, कट्टेलले भने । लम्किए सहयोग हातहरु पत्रकार सम्मेलनमा सहभागी भएका अल्का अस्पतालका अध्यक्ष कुमार थापाले नमुना नेपाल निर्माणका लागि २५ लाख रुपैंयाँ सहयोग गर्ने घोषणा गरे । त्यस्तै, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरत ढकालले नमुना नेपाल निर्माणका लागि १० लाख सहयोग गर्ने घोषणा गरे । त्यस्तै, सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले आफुहरु नमुना नेपाल परियोजनाका लागि ब्याक बोन(मेरुदण्ड)का रुपमा खडा हुने बताए । उनले रकमको अभाव हुने वित्तिकै आवश्यक सहयोग उपलब्ध गराउने घोषणा गरे । पत्रकार सम्मेलनमा उपस्थित भएका भूमिसुधार मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले जमिन उपलब्ध गराउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
चार देशद्वारा कतारसँग सबै कूटनीतिक सम्बन्ध विच्छेद, नेपालीलार्इ कस्ताे असर पर्ला ?
काठमाडाैं । साउदी अरेबिया, बहरेन, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतारसँगका आफ्ना सबै कूटनीतिक सम्बन्धहरु अन्त्य भएको घोषणा गरेका छन्। कतारले इस्लामिक स्टेट लगायतका आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाउदै चार देशले एक साथ सम्बन्धहरू विच्छेदकाे घाेषणा गरेका हुन् । साउदी सरकारी समाचार संस्था एसपीएले रियादले कतारसँगका आफ्ना सबै सीमा, सामुद्रिक र हवाई सम्पर्क विच्छेद गरिएको जनाएको छ। सो संस्थाले अधिकारीहरुलाई उद्धृत गर्दै “राष्ट्रिय सुरक्षालाई अतिवाद र आतंकवादबाट बचाउन” पछिल्लो कदम चालिएको जनाएको छ। कतारको आधिकारिक समाचार संस्थाको कम्प्युटरमा अनधिकृतरुपमा ‘ह्याकिङ्’ गरिएपछि खाडी क्षेत्रमा बढेको तनावमाझ पछिल्ला घोषणा भएका हुन्। कामकाे सिलसिलामा कतारमा चार लाख भन्दा बढी नेपाली रहेकाे अनुमान गरिएकाे छ । कतारमा जारी अार्थिक मन्दीले नेपाली कामदारहरूलार्इ मार परिरहेकाे बेलामा उक्त देशकाे अन्तराष्टिय सम्बन्ध पनि विग्रन थालेकाे छ । यसले नेपालीहरूलार्इ थप चिन्तित बनाएकाे छ । कतारकाे खस्कदाे अार्थिक अवस्था र विग्रदाे कुटनीतिक सम्बन्धका कारण कतारबाट अाउने रेमिट्यान्समा पनि नकारात्मक असर पर्ने सरकारी अधिकारीहरू बताउँछन् ।
एलजी ब्राण्डले ल्यायो नयाँ योजना, एलइडी टिभी खरिदमा दुई वर्षे वारिन्टी
काठमाडौं । एलजी ब्राण्डले आईसीसी क्याम्पीयन ट्रफी, २०१७को अवसरमा नयाँ योजना ल्याएको छ । योजना अन्तर्गत कम्पनीले एलइडीको २४ इन्च र सो भन्दा माथिका हरेक नर्मल र स्मार्ट टिभी खरिदमा ग्राहकहरुलाई दुई वर्षे पुरा वारिन्टी दिने भएको छ । यो योजना सिमित अवधिका लागि मात्र लागू गरिएको छ ।
महिन्द्राको नयाँ सर्भिस सेन्टर टेकुमा
काठमाडौं । महिन्द्रा टु व्हीलर्स् लि को आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्री वितरण गर्दै आइरहेको अग्निमोटो इन्क प्रा. लि. ले सोमबार टेकु स्थित पचली भैरब मार्गमा महिन्द्राको नयाँ सर्भिस सेन्टरको उद्घाटन गरेको छ । सोमबार आयोजना भएको समारोहमा कम्पनीका तर्फबाट निर्देशक अर्जुन शर्माले रिबन काटी उक्त सर्भिस सेन्टरको उद्घाटन गरेका थिए । महिन्द्राका उत्कृष्ट सेवा लिई ग्राहकहरुको धेरै भन्दा धेरै नजिक पुग्ने कम्पनीको लक्ष्य अनुरुप यस नयाँ सर्भिस सेन्टरको सुरुवात गरेको बैंकले जनाएको छ । टेकु, सानेपा लगायत उक्त क्षेत्रमा महिन्द्राको पहुँच झनै विस्तारित गर्न पाएको र आफ्ना ग्राहकहरुलाई थप सुलभ तथा सहज सेवा पुर्याउन पाएकोमा कम्पनी निकै उत्साहित भएको छ । यस मार्फत ग्राहकहरुलाई महिन्द्रासँग जुड्ने थप उत्साह प्रदान हुने कम्पनीको विश्वास रहेको छ ।
‘हिमालयन ट्राभल मार्ट-२०१७’ सम्पन्न
काठमाडौं । हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनका साथै नेपाललाई यस क्षेत्रको प्रवेशद्वारका रुपमा स्थापित गराउने उद्देश्यले काठमाडौंमा आयोजना गरिएको हिमालयन ट्राभल मार्ट- २०१७ सोमबार सम्पन्न भएको छ । यही जुन १ देखि ४ तारिखसम्म ९ जेठ १८-२१० चलेको मार्टमा क्रेता, बिक्रेता, ब्लगर, मिडिया तथा अतिथि गरी ५३ देशका २२० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो कार्यक्रमका रुपमा नेपालमा पहिलो पटक आयोजित मार्टले सम्पूर्ण हिमाली क्षेत्रका पर्यटकीय सामग्री नेपाली नेतृत्वमा अन्तर्राष्ट्रिय बजारमा पस्कनु र नेपाललाई अझै पर्यटनमैत्री गन्तव्यका रुपमा स्थापित गर्न सहयोग पुगेको आयोजकको भनाइ छ । यस मार्टमा विभिन्न अन्तर्राष्ट्रिय बजारबाट ७२ जना क्रेता तथा नेपाललगायत हिमालय क्षेत्रका ४५ बिक्रेताको सहभागिता थियो । मार्टको अर्को महत्वपूर्ण कार्यक्रमका रुपमा जुन १ मा पार्क भिलेजमा भएको ब्लगर्स एण्ड मेडिया सम्मेलन आयोजना गरिएको थियो । उक्त सम्मेलनमा नौजना विश्वका ख्यातिप्राप्त वक्ताको रोचक प्रस्तुति तथा १०७ देशका ब्लगर र पत्रकारको सहभागिताले हिमालय ट्राभल मार्टको सफलतामा उचाइ थपेको थियो । कार्यक्रमको दोस्रो दिन, जुन २ तारिखका दिन सोल्टी होटलमा सञ्चालित हिमालयन ट्राभल सम्मेलनमा हिमालय क्षेत्रको पर्यटन तथा अन्वेषण र बजार व्यवस्थापन सम्बन्धित स्वदेशी तथा विदेशी विज्ञले कार्यपत्र प्रस्तुत र प्रवचन दिएका थिए ।
यति बैंकले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने
काठमाडौं । यति डेभलपमेन्ट बैंक लिमिटेडले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने भएको छ । ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गको विशेष समन्वयमा यति डेभलपमेन्ट बैंकले दरबारमार्ग र त्यस वरपरका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गर्न लागेको हो । ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गमा आज भएको कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सेञ्चुरी बैंकको नयाँ शाखा वदिर्याको बाँसगढीमा, मुलपानीमा एटिएम सेवा शुरु
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ३२ औं शाखा कार्यालय वदिर्याको बाँसगढीमा सञ्चालनमा ल्याएको छ । बैंकले देशको पश्चिमी भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ उक्त स्थानमा सो शाखा कार्यालयको सञ्चालन गरेको हो । साथै, बैंकले काठमाण्डौको मुलपानीमा रहेको ग्रिनहल सिटी हाउजिङ्गमा शनिबारदेखि ए.टि.एम. सेवा शुरु गरेको छ । सेञ्चुरी बैंकले जेठ २८ गतेबाट भैरहवामा केन्द्रिय कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंक र बनेपामा केन्द्रिय कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती (एक्विजिसन) गरी एकीकृत कारोबार गर्दैछ । त्यस पश्चात बैंकको ५३ वटा शाखाहरु हुनेछन् ।