धितोपत्र बोर्डको नियमन क्षमता माथि गभर्नरको प्रश्न, राजश्व सचिवले भने-बोर्डले स्वायत्तताको उपयोगै गरेन
काठमाडौं । नेपाल धितोपत्र बोर्डको नियमन क्षमतामाथि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले प्रश्न उठाएका छन् । बोर्डका पूर्व अध्यक्ष समेत रहेका गभर्नर डा. नेपालले धितोपत्र बोर्ड बलियो नियामक निकायका रुपमा स्थापित हुन नसकेको टिप्पणी गरेका हुन् । बोर्डले पूँजी बजारका बारेमा लगानी कर्तालाई राम्रो जानकारी दिन नसकेको, पुँजी बजारमा अस्थिरता नटुंगिएको, लगानीकर्ताले ढुक्क भएर लगानी गर्ने अवस्था नबनेको लगायतका आरोप समेत उनले लगाए । ‘पुँजी बजारले ठिक गति समाएन्, लगानीकर्ताले ढुक्क भएर लगानी गर्ने वातावरण पनि बनेको छैन । म बोर्डको पूर्व अध्यक्ष हुँ, राम्रो काम भए खुसी लाग्थ्यो ’, गभर्नर डा. नेपालले भने । उनले केन्द्रिय बैंक र बोर्डको सम्बन्ध सुधार र समन्वयका लागि आफू सधैं तयार रहेको पनि बताएका थिए । गभर्नर डा. नेपालले नेप्सेमा रहेको राष्ट्र बैंकको सेयर बेच्ने बताउँदै त्यसमा संस्थागत लगानी कर्तालाई खरिदको अवसर दिने पनि बताए । ‘नेप्सेमा रहेको हाम्रो सेयर बेच्छौं तर त्यो व्यक्तिलाई नभएर संस्थालाई हुनेछ’, डा. नेपालले भने । उनले आफू बोर्डको अध्यक्ष हुँदा सार्क क्षेत्रमा पुँजी बजारको कारोबार गराउन क्रस बोर्डर लिस्टङको अवधारणाबारे छलफल चलाएको तर अहिले त्यो रोकिएकोमा पनि चिन्ता व्यक्त गरे । विश्वकै पाँचौं ठूलो पुँजी बजार भारतमा रहेको तर नेपालले त्यसबाट कुनै लाभ लिन नसक्नु दुःखद पक्ष भएको पनि उनको भनाई थियो । धिताेपत्र बोर्डको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजश्व सचिव राजन खनालले नेपाल धितोपत्र बोर्डले पूँजी बजारको उपयुक्त नियमन गर्न नसकेको बताए । बोर्डलाई ऐनले स्वायत्तता दिएको तर त्यसको उपयोग गर्न बोर्ड असफल भएको पनि उनको भनाई थियो । ‘नियामक निकायका रुपमा बोर्डलाई कानुनले नै स्वायत्ता दिएको छ । आफैं काम गर्नुस हामी हस्तक्षेप गर्दैनौं । तपाईहरुले काम नगरेकाले मात्रै हामीले हस्ताक्षेप गरेका हौं’, खनालले भने । उनले पुँजी बजारमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउन नसकेको भन्दै बोर्डको आलोचना पनि गरेका थिए । कार्यक्रममा नव नियुक्त अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पुँजी बजारलाई मन्त्रालयले सकारात्मक रुपले लिएको र बोर्डको पूर्वाधार विकासमा सहयोग गर्ने बताएका थिए । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले पुँजी बजारलाई आधुनिक बनाउन लागिपरेको बताएका थिए । ७५ वटै जिल्लामा प्राथमिकता बजारको विस्तार, आश्वा अनिवार्य, वास्तविक क्षेत्रलाई पुँजी बजारमा आकर्षित गर्ने अभियान लगायतका काम गरेको बताएका थिए । बोर्डका संस्थापक अध्यक्ष डम्बर ढुंगेलले पुँजी बजारबारे नागरिकमा चासो बढेको तर त्यो पर्याप्त नभएको बताए । उनले आफ्नो समयमा समान हराउनेले सेक्युरिटी माग्दै सम्पर्क गरेको कथा सुनाउँदै भने–उतिबेला सेक्युरिटी भनेको सुरक्षा थियो अहिले पुँजी बजारका रुपमा स्थापित भएको छ तर यो पर्याप्त भने छैन ।’
एलजी ब्राण्डको नयाँ कमर्सियल वासिङ मेसिन बजारमा, मूल्य ३ लाखदेखि साँढे ४ लाख पर्ने
काठमाडौं । एलजी ब्राण्डको लागि अधिकारिक बिक्रेता चौधरी समूह अन्तर्गतको सिजी इम्पेक्स प्रा.लि.ले नेपाली बजारमा एलजीको नयाँ कमर्सियल वासिङ मेसिन भित्राएको छ । विश्व बजारमा अग्रस्थानमा आफ्नो पहिचान कायम राख्न सफ एलजीका फ्रन्ट लोड वासिङ मेसिन इन्नोभेटिभ, फिचरिष्टिक र ड्यूरेबल उत्पादनका लागि प्रख्यात छन् । एलजीले डोमेस्टिक वासिङ मेसिनको सफता पश्चात, ग्राहकहरुको माग अनुरुप दुई थरीका नयाँ कमर्सियल वासिङ मेसिन नेपाल भित्र्याएको हो । दुई मोडलहरु १०.२ केजी र १५ केजी क्यापासिटीका रहेका छन् । डोमेस्टिक वासिङ मेसिनको तुलनामा तेब्बर भन्दा बढी टोटल वास साइकल रहेको कम्पनीले जानकारी गराएको छ । यो दुबै वासिङ मेसिनहरुमा हाई इफिसिएन्सी इन्भटर डाइरेक्ट ड्राइभ मोटर जडित छन् जसका कारण लुगा धुदा कम भाइब्रेसन र धेरै उर्जाको बचत हुने गर्दछ । कमर्सियल वासिङ मेसिन धेरै जस्तो होटल, हस्पिटल, लन्ड्रीम्याट, र अरु व्यवसायहरुको लागि उचित मानिन्छ । बजारमा १०.२ केजी मोडलको मूल्य ३ लाख ४५ हजार ७९० रुपैयाँ रहेको छ भने १५ केजीको मूल्य ४ लाख ५४ हजार १९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
कृषि विकास बैंकले शुरु गर्यो निशुल्क आस्वा सेवा
काठमाडौं । कृषि विकास बैंक लि.ले आफ्ना ग्राहक तथा निक्षेप कर्ताहरुलाई निशुल्क रुपमा आस्बा सेवा उपलव्ध गराउने भएको छ । कृषि विकास बैंक लि.का हाल ११० वटा शाखाबाट उल्लेखित सेवाको उपयोग गर्न सकिने छ, भने निकट भविष्यमा २०० वटा भन्दा बढी शाखाबाट आस्बा सेवा संचालन गर्ने भएको छ । साथै, आइपिएसको समेत सदस्य भएकोले बैंकका ग्राहकहरुले अन्य आइपिएसका सदस्य भएका बैंक तथा वितीय संस्थाहरुमा आफ्नो वा निजहरुले तोकेको अन्य खातामा सोझै रकम जम्मा गर्न तथा भुक्तानी गर्न सक्नेछन् । अन्य आइपिएसका सदस्य भएका बैंक तथा वितीय संस्थाका ग्राहकहरुले पनि उल्लेखित सुविधाहरुको उपयोग कृषि विकास बैंक लिमार्फत् गर्न पाउने छन् । यसका अतिरिक्त टे«जरी, सरकारी कारोवारको भुक्तानी, तलब भुक्तानी, रेमिटेन्स, डिभिडेन्ट पेमेन्ट र आइपीओ रिफन्ड लगायतका भुक्तानी दिने सेवाहरु उपलब्ध हुनेछन् भने अन्य प्रकारका भुक्तानी दिने तथा लिने सेवाहरु समेत लागु गरिंदै जाने बैंकले जनाएको छ ।
प्रधानमन्त्री देउवाले अदालतको मानहानी गरेको मुद्दाको पेशी असार ५ गते
काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवाले अदालतको मानहानी गरेको सम्बन्धी मुद्दाको पेशी असार ५ गतेका लागि तोकिएको छ । प्रहरी महानिरिक्षक नियुक्त प्रकरणमा नेपाली काँग्रेस र त्यसका सभापति शेर बहादुर देउवाले अदालतको अवहेलना गरेको आरोपमा सर्वाेच्च अदालतमा मुद्दा परेको थियो । अधिवक्त हरिप्रसाद मैनालीले काँग्रेस र देउवाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए । ‘जेठ १९ गते तारिख थियो अब असार ५ गतेका लागि पेशी तोकिएको छ’, देउवा विरुद्ध अवहेलना मुद्धा दायर गरेका अधिवक्ता मैनालीले भने । अदालतको मानहानी भएको प्रमाणित भएमा एक लाख जरिवाना र एक बर्षसम्म कैद हुने व्यवस्था रहेको छ । प्रहरी महानिरिक्षक नियुक्ती प्रकरणमा अदालतले कार्यपालिकाको क्षेत्राधिकार मिचेको निर्णय काँग्रेस केन्द्रिय समितिले गरेको थियो । अधिवक्ता मैनालीले सोही आधारमा अदालतको अवहेलना भएको भन्दै सर्वाेच्चमा मुद्दा हालेका थिए ।
जनता बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले छोडे, परशुराम कुँवर क्षेत्री आउँदै
कुमार लम्शाल काठमाडौं । जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत पदबाट कुमार लम्सालले राजीनामा दिएका छन् । उनको राजीनामा बुधबार नैं बैंक सञ्चालक समितिले स्वीकृत गरेको छ । यस बैंकले तत्काल नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने भएको छ । स्रोतका अनुसार परशुराम कुँवर क्षेत्रीलाई बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गर्ने सम्भावना उच्च छ । क्षेत्रीले यसअघि ग्राण्ड बैंक नेपाल र बैंक अफ एशिया नेपालमा प्रमुख कार्यकारी अधिकृत भई काम गरेका थिए । त्यसअघि उनले सिटिजन्स बैंक इन्टरनेशन र नेपाल बैंकको उच्च व्यवस्थापनमा रहेर काम गरेका थिए । ‘अनिलकेशरी शाह, किशोर महर्जनसँग पनि कुरा भईरहेको छ । तर क्षेत्रीलाई नियुक्ती गर्ने सम्भावना बढी देखिन्छ’ स्रोतले भन्यो । शाह मेघा बैंकमा सीइओ छन् भने किशोर परशुराम कुँवर क्षेत्री महर्जनले हालै सिभिल बैंकबाट अवकाश पाएका थिए । जनता बैंकमा प्रमुख कार्यकारी अधिकृत अस्थिर भएको छ । ७ वर्ष पुरा गरेको यो बैंकले अब नियुक्त गर्ने प्रमुख कार्यकारी अधिकृत चौथो हुनेछ । संस्थापक प्रमुख कार्यकारी अधिकृत विजय पन्तले पहिलो तीन वर्ष काम गरेका थिए भने त्यसपछि नियुक्त डा रमेश कुमार भट्टराई र कुमार लम्सालले २/२ वर्ष मात्र जिम्मेवारी सम्हालेका छन् । ३ बर्षे कार्यकाल सकिएपछि थप कार्यकालको लागि नविकरण नहुँदा पन्त बाहिरीएको थिए । भट्टराई र लम्सालले दुबैले व्यक्तिगत कारण देखाएर राजीनामा गरेका हुन् । बुधबार राजीनामा दिएका लम्सालले विकासन्युजसँग कुरा गर्दै थप अध्ययन गर्ने चाहानाको कारण आफूले राजीनामा दिएको बताए । ‘बैंक राम्रो छ, वित्तीय अवस्था सुधार भईराखेको छ, मैले स्वेच्छाले राजीनामा दिएको हुँ’ लम्सालले भने । संस्थापक प्रमुख कार्यकारी अधिकृत विजय पन्तले पहिलो तीन वर्ष काम गरेका थिए भने त्यसपछि नियुक्त डा. रमेश कुमार भट्टराई र कुमार लम्सालले २/२ वर्ष मात्र जिम्मेवारी समालेका छन् । जनता बैंकमा सिद्धार्थ डेभलपमेन्ट बैंक गाभिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यसअघि जनतामा त्रिवेणी विकास बैंक गाभिएको थियो । दुई वटा विकास बैंक गाभेपछि जनता बैंक ठूलो बैंक बन्दैछ ।
वायुसेवा निगमलार्इ जहाज भाडामा दिन दुई कम्पनीको आवेदन, कस्ले मार्दैछ २ महिने उडानकाे बाजी ?
काठमाडौं । नेपाल वायुसेवा निगमलाई आगामी साउन २ गतेबाट एउटा ठूलो जहाज भाडामा दिन दुई वटा विदेशी वायुसेवाले आवेदन दिएका छन् । निगमले ४५ दिनको समय दिएर माग गरेको आवेदनमा भुटान एयरलाइन्सको मात्रै आवेदन परेपछि निगमले पुनः ७ दिनको समय थप गरेको थियो । उक्त ७ दिनको समयसीमामा बुधबार अन्तिम दिन अर्को एक विदेशी वायुसेवा कम्पनीको आवेदन परेको छ । वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारका अनुसार सात दिन सयम थप नगर्दै भुटान एयरलाइन्सको मात्रै निगमलाई जहाज भाडामा दिन आवदेन परेको थियो । वायुसेवा निगमको विनियमावलीमा एउटा कम्पनीसँग मात्रै आवेदन दिएमा पुनः समय थप गर्नुपर्ने वयवस्था अनुसार थप गरेको एक साताकोसमयमा अर्को एक विदेशी वायुसेवाको आवेदन परेको छ । उनका अनुसार कुन वायुसेवाको आवेदन परेको भन्ने विषयमा आफूले जानकारी लिएकाे छैन । दुइवटाकाे अावेदन परेकाे छ अब दुबैकाे प्रस्ताव हेरेर मात्रै भन्न सकिन्छ उनले भने । उनका अनुसार दुबै वायुसेवाको प्रस्ताव आजै बिहीबार नै खोलिने भएकोले छ । त्यसैले कुन वायुसवाको प्रस्ताव परेको छ भन्दा पनि कसले सस्तोमा सेवा दिने भएको छ भन्ने विषयले अर्थ राख्ने पनि उनको बुझाई छ । निगमले एउटा ठूलो जहाज भाडामा लिन मागेको ग्लोवल टेण्डर गत बैशाख २७ मा नै सार्वजनिक भएको थियो । वायुसेवा निगमले माग यस्तो सार्वजनिक प्रस्तावमा सात दिन अगाडि भुटान एयरलाइन्सले मात्रै आवेदन परेकोले प्रतिस्पर्धा गराउँन सहज हुने भन्दै निगमले एक साताको समय दिएर थप कम्पनीबाट आवेदनको अपेच्छा गरेको थियो । निगमले लिने जहाज आगामी साउन २ गतेबाट जम्मा २ महिनाको लागि मात्रै हुने छ । यो जहाज भाडामा दिँदा जहाज मात्रै लिने र निगम आफैंले उडाने भन्ने उल्लेख छ । यस अघि निगमलाई निगमलाई जहाज भाडामा दिन नेपालकै हिमालय एयरलाइन्सले पनि इच्छा देखाएको भएपनि यसले आवेदन नदिएको उल्लेख छ । वायुसेवा निगमसँग हाल १५८ सिट क्षमताको एयरवसको ए३२० नामक दुईवटा न्यारोवडी जहाज छ । १९० सिट क्षमताको दुईवटा बोइङको बी ७५७ जहाज भएपनि एउटा भने विक्रीमा राखिएको छ । एउटाले मात्रै उडान गरिरहेको छ । आगामी साउनबाटै निगमको एउटा ठूलो जहाज नियमति मर्मतमा जाने र उक्त जहाज आउन २ महिना लाग्ने भएकोले सो समयमा जहाज अभावमा निगमको उडान प्रभावित नहोस भनेर भाडामै लिएर पनि संचालन गर्न लागिएको निगमले जानकारी दिएको छ ।
व्रिटानिया अब नेपालमै उत्पदन, नेपालमै एक अर्ब रुपैयाँको उद्योग खुल्दै
काठमाडौं । भारतको चर्चित विस्कुट तथा वेकरी ब्रान्ड व्रिटानिया अब नेपालमा नै उत्पादन हुने भएको छ । यसका लागि ब्रिटानियाले उद्योग विभागबाट स्वीकृति लिएको छ । ब्रिटानियाले बारा जिल्लामा उद्योग स्थापना गरी विभिन्न विस्कुट र बेकरी उत्पादन गर्ने गरी विभागमा उद्योग दर्ता गराएको छ । यसका लागि कम्पनीले विभागबाट १ अर्ब ११ कारोड रुपैयाँको स्वीकृत लिएको विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिए । यसले एक अर्ब लगानी गरेर ३ सय ४५ जनलाई रोजगारी दिने भएको छ । यो कम्पनीले आगामी डेढ वर्षमा नै उत्पादन थाल्नेगरी तयारी पनि गरिरहेको छ । भारतीय व्यवासायीक समूह दी बाडिाया ग्रुपको सिस्टर कम्पनी ब्रिटानियया इन्डट्रिज लिमिटेड भारतको पब्लिक कम्पनी हो । यसको ब्रान्ड भारत तथा दक्षिण एसियामै चर्चित छन् । नयाँ पत्रिका दैनिकबाट ।
संस्थापकले नै किनेनन् देवः विकास बैंकको ३ लाख ५६ हजार कित्ता सेयर
काठमाडौं । देवः विकास बैंकको साढे तीन लाख कित्ता सेयर संस्थापकले नै नकिनेका कारण लिलाम बढाबढमा विक्री हुने भएको छ । यो बैंकले गत माघ ९ गतेदेखि फागुन २७ सम्म खुला गरेको हकप्रद सेयर विक्रीमा संस्थापककै चासो कम देखिएको छ । यो बैंकले संस्थापक समूहको ३ लाख ५६ हजार २९७ कित्ता सेयरको न्युनतम एक सय रुपैयाँ कबोल गर्ने गरी विक्रीमा राखेको सूचाना जारी गरेको छ । यो सेयरमा आवदेन दिन यही जेठ २८ गतेबाट असार १ भित्र आवेदन दिइसक्नुपर्ने छ । यसको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स हो ।