विकासन्युज

युनिलिभरको नाफा ७७ प्रतिशत बढ्यो, ईपीएस ३२८ रुपैयाँ

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको खुदनाफा ७७ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा कम्पनीको खुदनाफा बढेर ३० करोड १७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १७ करोड २ लाख रुपैयाँ मात्र थियो । गत आवको तुलनामा यो आवमा युनिलिभरको नाफा १३ करोड रुपैयाँ बढेको छ । कम्पनीको नाफामा बढोत्तरी भएपछि प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर ३२८ रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा युनिलिभरको नाफा १८५ रुपैयाँ थियो । युनिलिभर सबैभन्दा बढी ईपीएस भएको कम्पनी हो । समीक्षा अवधिमा युनिलिभरको आम्दानी ९५ प्रतिशत बढेर १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ६ अर्ब ४३ करोड ३७ लाख रुपैयाँ मात्र आम्दानी थियो ।

हुण्डीमार्फत कोरियाबाट भित्रियो वार्षिक ३९ अर्ब रेमिट्यान्स

काठमाडौं । कोरियाबाट मात्रै वार्षिक करिव ३९ अर्ब रुपैयाँ (३८ करोड ४० लाख अमेरिकी डलर) रेमिट्यान्स हुण्डीमार्फत प्राप्त हुने गरेको एक अध्ययनले देखाएको छ । कोरियाबाट आधिकारिक बैंकिङ प्रणाली नहुँदा ठुलो रकम गैरकानूनी माध्यम हुण्डीबाट प्राप्त हुने गरेको अध्ययनले देखाएको हो । “कोरिया–नेपाल रेमिट्यान्स करिडोरमा हुण्डी रेमिट्यान्स व्यवहार“ विषयक अनुसन्धानले त्यहाँ कुनै बैंकिङ च्यानल नहुँदा काम गर्ने नेपाली कामदारले हुण्डिमार्फत रेमिट्यान्स पठाउदा नेपाल राष्ट्र बैंकले वार्षिक साढे ३८ करोड डलर गुमाएको सो अनुसन्धानमा उल्लेख छ । हार्वर्ड विश्व विद्यालयबाट विद्यावारिधि योङ्ग जो लि, प्राध्यापक कुक जे सङ्ग र लिभरपुल विश्व विद्यालयका प्राध्यापक जे सङ्ग क्वाक सो अध्ययनमा सहभागी थिए । सर्वेक्षणले नेपाल राष्ट्र बैंकले मासिक ३ करोड २० लाख डलर रेमिट्यान्स गुमाएको देखाएको छ । अध्ययनमा सर्वेक्षण गरिएका मध्ये ८२५ ले हुण्डीबाट आफुले कमाएको पैसा पठाउने कुरा खुलाएको थिए । करिव ९०.५ प्रतिशतले हुण्डी रोज्नुमा रकम पठाउने शुल्क महंगो हुनु प्रमुख कारण रहेको जानकारी गराएका थिए । नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको साढे ३२ प्रतिशत योगदान रहेको छ । रेमिट्यान्सका कारण दुई दशकमा नेपालको गरिवीको रेखामुनिको जनसंख्या करिव ४३.५ प्रतिशतबाट झेर २१.६ प्रतिशतमा आएको शोधपत्रमा उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघले सन २०३० सम्म लिएको दिगो विकासका लक्ष्यमा रेमिट्यान्स ट्रान्सफर फी रेमिटान्स रकमको ३.५ मा झार्ने र कुनै पनि रेमिटान्स कोरिडरमा ५५ भन्दा बढी ट्रान्फर फी उन्मूलन गर्नुपर्ने लक्ष्य राखेको राष्ट्रिय योजना आयोगका योजना अधिकृत धनन्जय शाहले बताए । उनका अनुसार नेपालले नीति तथा कार्यक्रम र सम्भव भएमा नेपाल–कोरिया रेमिट्यान्स कोरिडोरमा शुन्य लागतमा रेमिटान्स आप्रवाह मिलाउनु पर्ने, निजी क्षेत्रलाई रेमिटान्स ट्रान्सफरमा प्रोत्साहन गर्नुपर्ने, आइसीटीको अधिकतम प्रयोग गरी रेमिटान्स ट्रान्सफर सिस्टमलाई डिजिटलमा लग्नुपर्ने सुझाएको छ । यस्तै नेपालको हुलाक सेवालाई रेमिटान्स ट्रान्सफर संयन्त्रमा स्तरोन्नती गर्नुपर्नेलगायतका नीतिगत सुझावहरु उक्त शोधले प्रदान गरेको शाहले जानकारी दिए । कोरियाबाट रेमिट्यान्स औपचारिक माध्यमबाट नेपाल भित्राउन हालै त्यहाँ रेमिट कम्पनीको स्थापना गरिएको छ ।

हुन्डाईले नेपाली बजारमा ल्यायो नयाँ कार ‘द नेक्स्ट जेन भर्ना’, मूल्य ४७ लाख रुपैयाँसम्ममा

काठमाडौं । लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालीले हुन्डाईको ‘द नेक्स्ट जेन भर्ना’ कार नेपाली बजारमा ल्याएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कम्पनीले भर्नाको ५ औँ जेनेरेसनको सेडान कार सार्वजनिक गरेको हो । ६ वटा रंगमा उपलव्ध यो कारको मूल्य ४२ लाख ९६ हजार देखि ४६ लाख ९६ हजारसम्म रहेको छ । आकर्षक बनौट,अत्याधुनिक विशेषता तथा सुबिधा सम्पन्न भर्नाले नेपालमा एक नयाँ अध्याय लेख्ने विश्वास कम्पनीले लिएको छ । भर्ना एक आरामदायी गाडी मात्र नभई उत्कृष्ट बनौट,शानदार प्रदर्शन, अत्याधुनिक प्रविधि, सुरक्षित निर्माणको उत्कृष्ट संगालो रहेको छ । सर्वाधिक रुचाइएको यो गाडीको विश्वभरि करिब ९० लाख ग्राहक रहेको कम्पनीको दाबी छ । यो कार सुरक्षाको हिसाबले निकै सुरक्षित रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा निकै रुचाइएको भर्ना १.६ लिटर इन्जिनमा उपलब्ध रहेको छ । यो कार विश्वको ६६ देशमा बिक्री बितरण भइरहेको र हालसम्म ८८ लाख युनिट बिक्री भएको कम्पनीको दाबी छ । सेफ्टीको लागि यसमा २ वटा एयरब्याग जडान भएको यसकारमा कोर्निङ ल्याम्प, फ्रन्ट प्रोजेक्टर फग ल्याम्प, एबिएस र उत्कृष्ट अडियो कनेक्टीभिटी रहेको छ । १५९१ सिसी इन्जन क्षमताको यस कारले १२३ पिएस पावर र ६४०० आर एमपी जेनेरेट गर्छ । ६ स्पिड म्यानुअर र अटोम्याटिक दुबै भेरिएन्टमा उपलब्ध यो कार नेपाली बजारमा सुहाउँदो रहेको कम्पनीको दाबी छ ।

दुई सातामा तरलता २३ अर्ब घट्यो, मंगलबार राष्ट्र बैंकले बजारबाट ५० करोड उठाउदै

काठमाडौं । दुई साताको अवधिमा बैंकिङ प्रणालीबाट लगानीयोग्य पुँजी (तरलता) २३ अर्ब रुपैयाँ घटेको छ । कात्तिक १५ गते बैंकिङ प्रणालीमा ४३ अर्ब रुपैयाँ तरलता भएकोमा घटेर २० अर्ब रुपैयाँ सीमित भएको छ । यसले विस्तारै बजारमा तरलता अभाव हुने संकेत गरेको छ । पछिल्लो समयमा तरलता घटेको राष्ट्र बैंककी निर्देशक सीता घिमिरेलाई बताइन् । उनकाअनुसार बैंकिङ प्रणालीमा अझै २० अर्ब रुपैयाँ तरलता भएपछि राष्ट्र बैंकले मंगलबार ५० करोड रुपैयाँ उठाउने भएको छ । केन्द्रीय बैकले एक साताका लागि बोलकबोलबाट तरलता प्रशोचन गर्ने भएको हो । रिभर्स रिपोमार्फत केन्द्रीय बैंकले बजारबाट ७ साताका लागि उठाउन लागेका हो । मंसिर ५ गते उठाएको रकम फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरणमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ७७ प्रतिशत माथि नै रहेको देखिएको छ । थप निक्षेप नआएमा बैंकिङ प्रणालीमा तरलता अभाव हुने देखिएको छ । पछिल्लो समयमा रेमिट्यान्स आप्रवाह वृद्धि रोकिएकाले बैंकलाई तरलता व्यवस्थापन गर्न चुनौती हुने देखिएको छ । सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक बाहेक अन्य बैंकमा तरलता कसिलो हुदै गएको छ । राष्ट्रिय वाणिज्यको सीसीडी रेसियो ६५ प्रतिशत हारहारीमा छ । साउनयता बैंकिङ प्रणालीमा तरलताको अवस्था सहज हुदै गएकोमा पछिल्लो समयमा बैंकिङ प्रणालीमा तरलता कम हुदै गएको देखिएको छ । भदौ २९ गते ७० अर्ब रुपैयाँ तरलता रहेकोमा लगातार घटदै गएको छ । बैंकको कर्जा लगानी पनि बढ्दै गएको देखिएको छ । तरलताको अवस्था तलमाथि भइरहने गरेको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने रिपोमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ ।  

गायक संजीब पराजुली र टीका प्रसाईंको ‘‘पहिलो भेटैमा’’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । ’नाईं मलाई थाहा छैन’ का गायक गायिका संजीब पराजुली र टीका प्रसाईंको अर्को गीत ‘‘पहिलो भेटैमा’’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा होमनाथ न्यौपानेको शब्द रचना, दीपक भट्टराईको संगीत तथा साहस शाक्यको संगीत संयोजन रहेको छ । हालै सार्वजनिक गायक संजीबको एकल एल्बम ’त्यो सपना…’ मा समावेश यो गीतमा गायिका टीका प्रसाईंले साथ दिएकी छन् । गायकद्वयका ’नाईं मलाई थाहा छैन’ र ’तिमी मलाई मन पर्छ’ का साथै अन्य गीतहरुले पनि अत्यधिक चर्चा पहिले नै पाईसकेका छन् । ‘पहिलो भेटैमा’ गीतको म्युजिक भिडियोमा नायक कर्मा र नायिका वर्षा शिवाकोटीको दमदार प्रस्तुति हेर्न सकिन्छ । नायक कर्माको यो पहिलो म्युजिक भिडियो रहेको कुरा उनले बताए । भिडियोको निर्देशन लक्ष्मण पौडेलले गरेका हुन् । पौडेल हालै सम्पन्न ’नेपाल आइडल’का डाइरेक्टर थिए । ‘पहिलो भेटैमा’ भिडियोको दृश्य सम्पादन भरत रेग्मीले गरेका हुन भने भिडियोमा कोरियोग्राफी दिपेन्द्र श्रेष्ठले गरेका हुन् । त्यो सपना एल्वम शनिबार गीचकार दिनेश अधिकारीले सार्वजनिक गरेका हुन् । यस एलभल्ममा ‘हिट हिट गीत’ बोलको गीतमा र्यापर मि. प्रिन्स (विवेक भण्डारी) र अनु शाक्यले साथ दिएका छन् । गीतलाई संजिव बराइली (ट्रयाक १), साहस शाक्य (ट्रयाक २), गोपाल रसाइली (ट्रयाक ३ र ४) र सचिन सिंह (ट्रयाक ५) ले एरेन्ज गरेका छन् । एल्बम ‘त्यो सपना’ लाई अस्ट्रेलियामा रहेको बाबा एजुकेशन कन्सल्टेन्सीले सहयोग गरेको छ । को हुन् होमनाथ, दीपक र संजीव रचनाकार होमनाथ न्यौपाने, संगीतकार दीपक भट्टराई र गायक संजिव पराजुलीको संयुक्त एल्बम ‘त्यो सपना’ सार्वजनिक भएको छ । गायक पराजुली अस्ट्रेलियामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् भने संगीतकार दीपक जापानमा बस्छन् । गीतकार होमनाथ चौधरी ग्रुपका महाप्रबन्धक हुन् । संख्याको हिसाबमा एक सय भन्दा बढी गीत रचना गरिसकेका होमले बिक्रम संवत् २०५० सालदेखि गीत लेख्दै आएका छन् र उनको यो पाँचौं सोलो एल्बम हो । क्लासिक भोकलका गोल्ड मेडलिस्ट समेत रहेका दीपकले संख्याको हिसाबमा एक सय पचास भन्दा बढी गीतमा संगीत दिइसकेका छन् । भोकल राम्रो हुँदाहुँदै पनि दीपकले बिक्रम संवत २०५४ सालदेखि संगीतकारको रुपमा आफूलाई परिचित गराएका हुन् । हिट गीत ‘नाई मलाई थाहा छैन’ मार्फत् परिचय फैलाउन सफल गायक संजिवको पनि यो दोस्रो सोलो एल्बम हो । फरक क्षेत्र र भूगोलमा आफ्नै कार्यक्षेत्रमा व्यस्त भएता पनि गीतसंगीतमा भने यी तिनैले आफूलाई एकै बनाएका छन् । सार्वजनिक ‘त्यो सपना’ एल्बममा ५ गीत संग्रहित छन् । ट्रयाक नम्बर १ मा ‘त्यो सपना’, २ मा ‘पहिलो भेटैमा’, ३ मा ‘हिट हिट गीत’, ४ मा ‘मेरी मायालु’ र ५ मा ‘बेदनाले’ संग्रहित छन् ।

एनबीआइले माछापुच्छ्रे बैंकका कर्मचारीहरुलाई विभिन्न तालिम दिने

काठमाडौं । नेशनल बैंकिङ इन्ष्टिच्युट(एनबीआई) र माछापुच्छ्रे बैंकबीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ । सो सम्झौता अनुसार एनबिआइले माछापुच्छ्रे बैंकका कर्मचारीहरुको कार्य क्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका छन् । बैंकमा हाल करिब ८५० कर्मचारी रहेका छन् ।

टीसीएलको “रुलिङ एभ्री कर्भ” प्रदर्शनी शुरु, कर्भ टिभीहरु मूख्य आकर्षणमा

काठमाडौं । अन्तर्राष्ट्रिय मान्यता प्राप्त टिभी ब्राण्ड टीसीएलको “रुलिङ एभ्री कर्भ” प्रदर्शनी शुरु भएको छ । उक्त प्रदर्शनी भक्तपूरबाट शुरुवात हुँदैछ । उक्त प्रदर्शनमा टीसीएलका कर्भ टिभीहरुलाई मूख्य आकर्षण बनाइएको छ । उक्त कर्भ टिभीहरुको नेपाली बजारमा माग बढ्दै गएको कम्पनीले जनाएको छ । जुनसुकै एङगलबाट पनि हेर्न सकिने उक्त कर्भ टिभी बजारमा शुलभ मूल्यमा खरिद गर्न सकिन्छ । एलइडि टिभीहरुको लागि विश्वकै तेस्रो ब्राण्ड टीसीएलले नयाँ आयाम र उत्पादनहरुको डिजाई थप्दै सधैं अग्रसर रहने गरेको छ । नेपालका लागि चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स टीसीएल ब्राण्डको आधिकारी बिक्रेता रहेको छ ।

नेपाल इन्जिनियरिङ कलेजका अध्यक्षको तलब पाँच लाख बढी, विद्यार्थी संगठनलाई बाढिन्छ वार्षिक डेढ करोड

काठमाडौं । नेपाल इन्जिनियरिङ क्याम्पसका अध्यक्ष लम्बोदर न्यौपानेले गरेको मनपरीतन्त्रको नयाँं प्रमाण फेला परेको छ । अध्यक्षसहित सञ्चालक रामरत्न उपाध्याय, लवराज भट्टराई र उपेन्द्र गौतम गरी चार जनाले विद्यार्थी तथा कलेजलाई गरेको विश्वासघात र गद्दारीको नयाँं प्रमाण फेला परेको हो । नेपाल इन्जिनियरिङ कलेजको सञ्चालक समितिको आकस्मिक विशेष बैठक भनेर सात वटा गुप्त निर्णय भएको थाहा भएको हो । यी निर्णयहरु अन्य सञ्चालकहरुबाट आजका दिनसम्म पनि लुकाइएका छन् । कलेज सञ्चालक समितिका सदस्य सलिल भट्टराईका अनुसार निर्णयहरुमा कलेजमा रहेका विद्यार्थी संगठनहरुलाई अनैतिक रुपमा बाँड्न कलेजबाट वार्षिक १ करोड ५० लाख रुपैयाँ झिकी सो खर्चको फाँटबारी तथा भरपाई अध्यक्षले पेश गर्नु नपर्ने निर्णय रहेको छ । सो खर्चका लागि कलेजले दिएको विभिन्न छात्र वृद्धीको कटौती गर्ने निर्णयमा उल्लेख छ । अध्यक्षको कर कट्टा गरेपछिको मासिक तलब ५ लाख रुपैयाँ र सञ्चालकहरुको मासिक तलब १ लाख २५ हजार रुपैयाँ भनी आफुखुशी निर्णय गरिएको पाइएको छ । माथी उल्लेखित सञ्चालकहरुले थप रकम पनि लिने निर्णय गरिएको छ । सो हिसाबले अध्यक्षको कुल तलब ६ लाख ७५ हजार ६ सय ७५ रुपैयाँ र सञ्चालकहरुको तलब १ लाख ६८ हजार ९ सय १८ रुपैयाँ हुन्छ । ३ जना सञ्चालकहरुको सो भन्दा अझै बढी तलब छ । कलेजका प्राचार्य तथा उपप्राचार्यलाई तलब बढाउनुको सट्टा विविध खर्च भनेर मासिक १० हजार अध्यक्षले आफु खुसी दिने निर्णयामा उल्लेख छ । कलेजले अध्यक्षलाई अष्ट्रेलिया जानआउन वार्षिक ३ पटक (६ वटा) प्लेन टिकेट र अध्यक्षकी पत्निलाई अष्ट्रेलियाबाट आउनजान वार्षिक २ पटक (४ वटा) प्लेन टिकेट दिने निर्णयमा उल्लेख छ । अध्यक्ष लगायत सञ्चालकहरुको तलब भत्तालाई चाहिने रकम लेखाबाट लुकाउन कलेजको चलन चल्तिमा रहेको खाताको प्रयोग नगरी यिनै ४ अध्यक्ष तथा सञ्चालकहरुको सहीले चल्ने नयाँ खाता खोली पैसा बाँड्ने निर्णयमा उल्लेख छ । कुनै बेला कलेजमा विद्यार्थीसँग उठाउन बाँकी रकम १५ करोड रुपैयाँ रहेको व्यहोरा उल्लेख गरिएको छ । सो रकम उठाउन विद्यार्थी संगठनहरुसँग समन्वय गरी सो रकम को १५५ वा २ करोड २५ लाख रुपैयाँ खर्च गर्ने र सो खर्चको फाँटबारी पेश गर्नु नपर्ने समेत निर्णय गरेको उल्लेख छ । पटके रुपको २ करोड २५ लाख रुपैयाँ बाहेक वार्षिक १ करोड ५० लाख रुपैयाँको मात्रैको आधारमा सो रकम गत ४ वर्षमा कुल ६ करोड रुपैयाँ पुगेको हुनुपर्छ । ६ करोड र अध्यक्षले लिएको २ करोड २५ लाख रुपैयाँ गरि कुल ८ करोड २५ लाखले ७० जना विद्यार्थीले छात्र वृद्धीमा पढ्न पाउँथे । निशुल्क अध्ययन कोटा तथा नगद सहयोगको कटौती गर्नुनपर्ने भट्टराईले बताए  । आर्थीक बचत सबै अध्यक्षको बैंक एकाउन्टमा पुगेको रहेछ । गत १ आर्थिक वर्ष देखी मात्रै अध्यक्षको नाममा कलेजबाट  ७ करोड ६१ लाख रुपैयाँभन्दा धेरै रकम झिकिएको उनले जानकारी दिए । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुर मुनाफारहित रुपमा सञ्चालनमा ल्याउने गरी सामाजिक संस्था दर्ता अनुसार सञ्चालित कलेज हो । तर पछिल्ला वर्ष अध्यक्षलगायतले बदमासी गरी निजीकरण गर्न खोजिंदै आएको भट्टराईले जानकारी दिए ।