प्रश्नपत्रमा उत्तर भेटिएपछि पुनःपरीक्षा गराइयो
गुल्मी । प्रश्नपत्रमा नै उत्तर भेटिएपछि जिल्लामा ४० मिनेट परीक्षा स्थगन गरिएको छ । नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगन गरिएको हो । रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’मा अङ्ग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रका प्रश्नको वैकल्पिक सही उत्तर स्पष्ट देखिने गरी गाढा अक्षरमा आएपछि परीक्षा स्थगन गरी पुनःपरीक्षा गराइएको केन्द्राध्यक्ष रामबहादुर थापाले जानकारी दिएका छन् । प्रश्नपत्रमा समावेश हुने सबै ४० वटै प्रश्नको उत्तर प्रश्नपत्रमा नै छापिएको थियो । केन्द्राध्यक्ष थापाले आयोगले जाँच गर्दा आवश्यक पर्ने उत्तरकुञ्जिका आएपछि आयोगकै अनुमतिमा पुनःपरीक्षा गराइएको बताए । नेपालभरका ७७ जिल्लाका ५५ केन्द्रमा यही समस्या आएको उनले जानकारी दिएका छन् । सोही केन्द्रमा परेका अन्य प्रश्नपत्र ठीक भएकाले तोकिएकै समयमा नै परीक्षा सञ्चालन भएको छ । शिक्षक सेवा आयोगले गत असोज ९ गतेदेखि ११ गतेसम्म प्राथमिक तह, माध्यमिक तह र निम्न माध्यमिक तहको परीक्षा लिइरहेको छ ।
भत्तासहित रात्रीभोज नपाएपछि सिटिजन्स बैंकको साधारणसभामा हुटिङ, दशैंअघि सेयरधनीको खातामा ३ अर्ब जम्मा हुँदै
काठमाडौं । एनआईसी एशिया बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको सेयरधनीका लागि खुशीको खबर छ । दशैंअघि नै दुबैं बैंकले सेयरधनीलाई बोनस खातामा हालिदिने भएको छ । शुक्रबार सम्पन्न एनआईसी एशिया बैंकको साधारणसभाले ११ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस प्रस्ताव पारित गरेको छ । नगद वाफत ९७ करोड ६४ लाख रुपैयाँ सेयरधनीलाई वितरण गर्दै छ भने ८८ करोड ६४ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्दैछ । त्यस्तै, शुक्रबार नै सम्पन्न सिटिजन्ज बैंक इन्टरनेशलनको साधारणसभाले सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकका सेयरधनीले दशैंअघि नै १ अर्ब ४५ लाख रुपैयाँ नगद लाभांश र २५ करोड ११ लाख रुपैयाँ बराबरको बोनस सेयर पाउने भएको छन् । दुई बैंकका दुई लाख भन्दा बढी सेयरधनीको खातामा दशैंअघि नै करिव ३ अर्ब रुपैयाँ बोनस खातामा जाने भएको छ । दशैंअघि नै १ अर्ब ९८ करोड रुपैयाँ बराबर नगद लाभांश पाउने भएका छन् भने १ अर्ब १४ करोड रुपैयाँ बराबरको बोनस सेयर पाउने भएका छन् । नगद लाभांश सोझै सेयरधनीहरुमा आ–आफ्नै बैंक खातामा जम्मा हुने र बोनस सेयर सेयरधनीको सेयर खातामा जम्मा हुने सम्बन्धित बैंकले जनाएका छन् । गत आर्थिक वर्षको वासलातसहित पहिलो पटक दुई बाणिज्य बैंकले आयोजना गरेको साधारणसभा एकै दिन मात्र थिएन, एउटै समय विहान ९ बजे शुरु गरेका थिए । एनआईसी एशिया बैंकले त्रिभुवन आर्मी क्लवमा गरेको साधारणसभा भव्य र सभ्य थियो । साधारणसभा शान्तिपूर्ण ढंगले सम्पन्न भएको र बैंकले प्रस्ताव गरेको सबै प्रस्तावहरु साधारणसभाले पास गरेको बैंकले जनाएको छ । तर सिटिजन्स बैंकको अमृत भोग पार्टी प्यालेसमा गरेको साधारणसभा भने शान्त भएन । केही सेयरधनीले सञ्चालक समितिको भत्ता वृद्धि प्रस्तावको व्यापक विरोध गर्दै होहल्ला गरेका थिए । करिब ३०/४० जनाकाे समूहले भत्ता वृद्धिकाे विराेधमा हुटिङ गरेपछि बैंकले उक्त प्रस्ताव फिर्ता लिएकाे छ । सञ्चालक समितिकाे अन्य सबै प्रस्ताव पारित भएकाे छ । होहल्ला गर्नेमा भीआइपी सेयरधनी भनेर चिनिने साना लगानीकर्ता थिए । यस्ता लगानीकर्ताको संख्या करिव ३०/४० जनाको समूहमा छ । उनीहरु नेप्सेमा सूचिकृत हरेक कम्पनीको १०/२० कित्ता सेयर लिन्छन् । उनीहरु सबै कम्पनीको साधारणसभामा जान्छन् । साधारणसभा हुनुपूर्व सम्बन्धित कम्पनीले रात्रीभोजका साथ खाममा २/५ हजार दिएको छ भने भीआईपी सेयरधनीले साधारणसभामा सम्बन्धित कम्पनी र सञ्चालक समितिको तारिफ गर्छन । जुन कम्पनीले यस्ता सेयरधनीलाई रात्रीभोजसहित खामबन्दी रकम दिदैन, त्यस कम्पनीको साधारणसभामा हो हल्ला गर्ने र सञ्चालक समितिको प्रस्ताव विफल बनाउने प्रयत्न गर्छन । एक जना भिआईपी सेयरधनीका अनुसार एनआईसी एशिया बैंकले भीआईपी सेयरधनीलाई गत साता पाँच तारे होटलमा रात्री भोजसहित प्रतिव्यक्ति ५ हजार रुपैया वितरण गरेको थियो । तर सिटिजन्ज बैंकले त्यस्तो गरेको थिए । परिणाम एनआईसी एशिया बैंकको साधारणसभा शान्ति भएको तर सिटिजन्स बैंकको साधारणसभामा होहल्ला र हुटिङ भएको जानकारहरु बताउँछन् । सम्बन्धित समाचारहरू सिटिजन्स बैंकमा फर्किए राजनसिंह भण्डारी राजनसिंह भण्डारी सिटिजन्स बैंकको अध्यक्ष, सञ्चालक बने युवा उद्यमी पाण्डे
शिव परियारको आवाज रहेकाे ‘निष्ठुरी’ गीत सार्वजनिक
काठमाडौं । गायक शिव परियारको आवाज तथा सञ्चारकर्मी रवि अधिकारीको शब्द रहेको ‘निष्ठुरी’ बोलको नयाँ गीत आज सार्वजनिक गरिएको छ । शशान कँडेलले निर्देशन गरेको माया, प्रेम र धोकाको कथा बोकेको उक्त गीत आज नमस्ते फिल्मीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा चोखो प्रेमको अर्थ नबुझेकी एक युवती धनको पछि लाग्दा बिछोडिएको कथा समेटिएको अहिलेको समाज सुहाउँदो रहेको रचनाकार रवि अधिकारीले बताए । अधिकारी आँसुको अर्थ र आँसुको अर्थ भाग–२ गीतको रचनाकार हुन् । गीतमा उत्सव र स्नेहा प्रेमी प्रेमिकाको भूमिकामा देखिएका छन् । स्नेहाको भेट सफल उद्योगपति जनकसँग हुन्छ र उनले उत्सवलाई छोड्छिन् । एक सामान्य युवा उत्सव कालान्तरमा नेपालको सुपरस्टार गायक बन्छ । उता स्नेहाले धनको पछि लाग्दा धोका पाएर पुनः उत्सवको जीवनमा फर्किन खोज्छिन् । तर उत्सवले अस्वीकार गरिदिन्छन् । दीपक शर्माले सङ्गीत दिएको उक्त गीतमा रिदम कँडेलले सङ्गीत संयोजन गरेका छन् । गीतको भिडियोमा स्नेहा पौडेल, उत्सव अधिकारी, जनक थपलिया र सुशान्तकुमार श्रेष्ठको अभिनय छ । रासस
ट्राफिक प्रहरीद्वारा सहायताकक्ष सञ्चालन गरिने
बाँके । महान् चाड बडादशैँ, तिहार तथा छठलगायतलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक व्यवस्थापन विशेष योजना सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीका अनुसार दशैँलाई लक्षित गरेर बाँकेका छ स्थानमा यात्रु सहायताकक्ष सञ्चालन गरिनेछ । प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार नेपाल–भारत सीमा क्षेत्र जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा स्थायी रूपमै यात्रु सहायता केन्द्र रहनेछन् । यस्तै, चप्परगौडी, पुष्पलालचोक र कोहलपुर चौराहामा अस्थायी यात्रु सहायताकक्ष सञ्चालन गरिनेछ । ट्राफिक प्रहरी, सामुदायिक तथा जनपद प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवसायी, उपभोक्ता समूहका प्रतिनिधि ट्राफिक भोलियन्टरका रूपमा नेपालगञ्ज, कोहलपुरलगायतका क्षेत्रमा खटिने प्रहरी निरीक्षक बमले बताएका छन् । “चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि यात्रु सहायताकक्ष सञ्चालन गर्न लागिएको हो”, प्रहरी निरीक्षक बमले भने, “भीडभाड हुनेस्थल र टिकट काउन्टरमा हुनसक्ने ठगी नियन्त्रण गर्न सहायताकक्ष सञ्चालन गर्न लागेका हौँ ।” जिल्लामा पूर्वपश्चिम महेन्द्र राजमार्ग र रत्न राजमार्गमा मापसे चेकिङमा कडाइ गरिने पनि उनले बताए । ट्राफिक सुरक्षा योजनामा लामो दूरीका सवारी साधनमा दुई चालक अनिवार्य रुपमा भए÷नभएको समेत जाँच गरिने प्रहरी निरीक्षक बमको भनाइ छ । “दुई चालक भए÷नभएको ट्राफिक प्रहरीको एप्सबाट हेरिनेछ”, उनले भने । सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट अनिवार्य टाँस गर्न लगाउने जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक ओम पौडेलले बताएका छन् । उनका अनुसार विभिन्न नाका तथा बसपार्क क्षेत्रमा थप जनशक्ति परिचालन गरिनेछ । रासस
राजनसिंह भण्डारी सिटिजन्स बैंकको अध्यक्ष, सञ्चालक बने युवा उद्यमी पाण्डे
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका अध्यक्षमा राजनसिंह भण्डारी चयन भएका छन् । शुक्रबार भएको बैंकको साधारणसभाबाट निर्वाचित सञ्चालक समेत समावेश भएर बसेको सञ्चालक समिति बैठकले भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । भण्डारीबाहेक प्रबलजंग पाण्डे, साजन शर्मा र सीता कार्कीलाई साधारणसभाले सञ्चालकमा निर्वाचित गरेको थियो । युवा उद्यमी पाण्डे नेपाल उद्याेग वाणिज्य महासंघकाे कार्यसमिति सदस्य हुन् । केही वर्षअघि उनकाे बुबा प्रदिपजंङ्ग पाण्डेले यस बैंककाे अध्यक्षकाे जिम्मेवारी समालेका थिए । सजन शर्मा पूर्व सञ्चालक डाेलराज शर्माका छाेरा हुन् । त्यस्तै, सर्वसाधारण शेयरधनीका तर्फबाट महिला सञ्चालक सीता कार्की चुनिकी छिन । शुक्रबारको साधारणसभामा प्रस्तुत भएका प्रस्तावहरुमध्ये लाभांश वितरण, वित्तीय विवरणहरुको स्वीकृति, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरु पारित भए पनि भीआईपी शेयरधनीहरुको होहल्लापछि सञ्चालक समितिको भत्ता सम्बन्धी प्रस्ताव फिर्ता लिइएकोले सो प्रस्ताव पारित भएन । बैंकको तेह्रौ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रकम १ कराेड ४५ लाख २७ हजार नगद लाभांश र ३ प्रतिशतले हुने रकम २५ कराेड ११ लाख बरावरको बोनस शेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । बैंकले गत असार मसान्तसम्ममा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र रु १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ । हाल बैंकले ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
दश लाख युवा परिचालन गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले घोषणा गरेको ‘युवा परिचालन वर्ष’मा १० लाख युवा परिचालन गर्ने तयारी थालेको छ । युवा तथा खेलकूद मन्त्रालयले यस आर्थिक वर्षमा युवालाई विभिन्न क्षेत्रमा परिचालन गर्न कार्यक्रमको खाका माग गरेको छ । खाका माग गर्न मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा युवा परिचालन कार्यक्रम मस्यौदा समिति गठन गरिएको छ । उक्त समितिमा युवासम्बन्धी सरोकार रहेका अरु मन्त्रालयको समेत प्रतिनिधित्व रहनेछ । मन्त्रालयका युवा परिचालन तथा परामर्श शाखाका प्रमुख कृष्णप्रसाद बस्यालले समितिले युवा परिचालन वर्ष मनाउनका लागि के–कस्ता कार्यक्रम गर्ने भनेर युवासम्बन्धी काम गर्न खाका माग गरेको बताएका छन् । उनले युवा परिचालन वर्ष मनाउने भने पनि कुन विषयमा कार्यक्रम गर्ने भन्ने नीति उल्लेख नगरिएकाले विषयगत मन्त्रालयसँग खाका माग गरिएको जानकारी दिए । मन्त्रालयले युवाका क्षेत्रमा के गर्न सकिने र नसकिने सम्बन्धमा खाका माग गरेको हो । “साउनदेखि नै युवा परिचालनका कार्यक्रम सञ्चालन भइरहेका छन्”, उनले भने, “तर, युवाका क्षेत्रमा विशिष्टकृत कार्यक्रम सञ्चालनका लागि युवासम्बन्धी काम गर्ने मन्त्रालयसँग प्रस्ताव माग गरिएको छ ।” सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत युवा परिचालन वर्ष घोषणा गरेको थियो । सरकारले राष्ट्रिय युवा नीति–२०७२ र युथ भिजन–२०२५ सहित १० वर्षे रणनीतिक योजनामा समेटिएका युवाका कुरालाई लक्षित गरेर परिचालन वर्ष सञ्चालन गर्ने बस्यालले बताएका छन् । नीतिको सार्थक सहभागिता, क्षमता र नेतृत्व विकासका माध्यमबाट युवालाई राष्ट्रिय विकासको मूलधारमा समाहित गर्दै समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण गर्ने युवाको भूमिका र उनीहरुमा रहेको अन्तर्निहित क्षमतालाई गुणात्मक बनाउनु रहेको छ । यस्तै युथ भिजनले युवाको शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक सुरक्षा, सहभागिता र नेतृत्व विकास तथा खेलकूद र मनोरञ्जन क्षेत्रमा विकास गर्ने लक्ष्य लिइएको छ । राष्ट्रिय युवा परिषद्ले विभिन्न १० क्षेत्रमा युवालाई परिचालन गर्नेछ । परिषद्ले कृषि उत्पादनमा युवा, पर्यटन प्रवद्र्धनमा युवा, सार्वजनिक शिक्षा सबलीकरणमा युवा, वातावरण संरक्षणमा युवा, अन्धविश्वास लैङ्गिक हिंसा जातीय विभेद तथा छुवाछूतविरुद्ध युवा, उद्यमशीलतामा युवा र सुशासनमा युवालाई परिचालन गर्नेछ । यसैगरी, विपद् व्यवस्थापन तथा स्वयमसेवकीय कार्यमा युवा परिचालन, परम्परागत सीपको विकास तथा संरक्षणमा युवा र स्वस्थ्य तथा खेल सचेतनामा युवालाई परिचालन गर्नेछ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले ती क्षेत्रमा १० लाख युवा परिचालन गरिने बताए । उनका अनुसार मङ्सिरभित्रमा कुन मन्त्रालयले के गर्ने भन्ने निक्र्योल गर्ने, पुसमा प्रदेश र माघको १५ गतेभित्र स्थानीय तहमा के कार्यक्रम गर्ने भन्ने स्पष्ट खाका प्रस्तुत गरिने छ । उनले माघदेखि असारसम्म नै सङ्घ, प्रदेश र स्थानीय तहमा युवा परिचालन गरिने जानकारी दिएका हुन् । उपसचिवसमेत रहेका बस्यालले युवा क्षमता विकास गर्ने, युवाका समस्या, सीप तथा तालीम दिनका लागि समेत परिचालन वर्ष गरिने जानकारी दिएका छन् । “यस वर्ष हामीले कुन–कुन क्षेत्रमा युवालाई परिचालन गर्न सक्दछौँँ, त्यो कार्यक्रमअनुसार थाहा हुन्छ”, उनले भने, “यस वर्ष परिचालनको प्रारम्भिक कार्य भए पनि आउँदो वर्षदेखि परिचालन वर्षलाई निरन्तरता दिने योजना रहेको छ ।” रासस
नेपालमा बनेका वस्तु तथा सेवा प्रदर्शनी, बजार मूल्यमा ३० प्रतिशत छुट
काठमाडौँ । सानेपाको हेरिटेज गार्डेनमा ‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’ शुक्रबार शुरु भएको छ । नेपालीहरुको महान् पर्व दशैं, तिहार र छठमा नेपालीहरुले धेरै बस्तु तथा सामाग्रीहरु उपभोग गर्छन्, यही कुरालाई मध्यनजर गर्दै नेपालमा बनेको वस्तु तथा सेवाको प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनमा राखिएका वस्तु र सेवाहरु बजार मूल्यभन्दा १० देखि ३० प्रतिशतसम्म छुट दिएमा बिक्री वितरण हुने आयोजक युवा उद्यमी मञ्चले जनाएको छ । ‘आफ्नो भन्या आफ्नै हो’ भन्ने नाराका साथ स्वदेशमै उत्पादन भएको सम्पूर्ण सामाग्रीको सम्बद्र्धन, प्रवद्र्धनत र बजारीकरण गर्ने उद्देश्यले युवा उद्यमी मञ्चले उक्त मेलाको आयोजना गरेको हो । मेड इन नेपाल-वस्तु तथा सेवा प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरेका हुन् । यो प्रदर्शनी नेपालमा सियोसम्म बन्दैन भन्दै हिड्नेहरुलाई नेपाली उद्योग क्षेत्रमा सकारात्मक परिवर्तन हुँदै गएको गतिलो उदाहरण भएको मन्त्री यादवले बताए । उद्योगी व्यवसायीहरुसँग छलफल गरेर नेपालमा उत्पादन हुने बस्तुहरुको उत्पादन र उपभोक्ता बढाउन सरकारले सहयोग गर्ने मन्त्री यादवले प्रतिबद्धता जनाए । उनले भने-‘सरकारले उद्योगीहरुलाई सहजिकरण, सहयोग र औद्योगिक वातावरण सिर्जना गर्ने हो । विश्वमा सामान्य व्यक्तिहरुले पनि अन्तर्राष्ट्रिय स्तरका उद्योगहरु सञ्चालन गरिरहेको छन्, नेपाल पनि त्यहि क्रममा विकास हुँदै गएको छ । ’ आयोजक युवा उद्यमी मञ्चका अध्यक्ष निकोलस पाण्डेले प्रदर्शनीमा स्वदेशमै उत्पादित गुणस्तरीय वस्तु तथा सामाग्रीहरु राखिएको बताए । उनने भने–‘नेपालमा उत्पादन भएका बस्तुहरु पनि उच्च गुणस्तरको छ भनेर बुझाउन आवश्यक छ ।’ प्रदर्शनी शनिबारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा ७० वटाभन्दा धेरै स्टल रहेका छन् । ७५ ओटै जिल्लाका पहिचान बोकेका वस्तु तथा सेवाहरु प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा इट्टा, सिमेन्ट, कपडा, अचार, सिङ्गारका सामाग्री र भाडाकुँडा लगायत नेपालमा उत्पादन हुने सम्पूर्ण सामाग्रीहरु राखिएका छन् ।
एनएलजी इन्स्योरेन्सको तेह्रौं साधारण सभा सम्पन्न, ‘पोर्टफोलियो निरन्तर बृद्धिमा’
काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, पानीपोखरी, काठमाडौँको तेह्रौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४/०७५ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७५ साल असार मसान्तको वासलात, २०७४ साउन १ देखि २०७५ असार ३२ सम्मको नाफा-नोक्सान हिसाब र नगदप्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयहरु छलफल भई पारित गर्ने निर्णय गर्यो । कम्पनीका अध्यक्ष बिमलप्रसाद वाग्लेले बिगतका वर्षहरुमा कम्पनीले नियमित लाभांश प्रदान गर्दै आएकोमा यसपटक बीमा समितिको निर्देशनअनुसार एनएफआरएस प्रणालीबाट वित्तीय विवरण तयार गर्दा बिभिन्न किसिमको व्यवस्था तथा जगेडामा रकमान्तर गर्नु पर्दा लक्ष्य अनुसार लाभांश वितरण गर्न नसकिएको जानकारी गराए । बीमा समितिको निर्देशनअनुसार रु. एक अर्ब चुक्ता पूँजी पुर्याउनको लागि २०७६ जेठ १४ गते सम्पन्न विशेष साधारण सभाको निर्णय अनुसार ६० प्रतिशत हकप्रद शेयर जारी गर्न लागिएको अध्यक्ष वाग्लेले जानकारी गराएका हुन् । कम्पनीले आव २०७४/०७५ मा कुल बीमा शुल्क आम्दानी रु. १५० करोड ४८लाख, खुद बीमा शुल्क आम्दानी रु. ६९ करोड १५ लाख र खुदनाफा रु. २४ करोड ७६ लाख रुपैयाँ रहेको छ । कम्पनीको कूल लगानीमा गत आर्थिक वर्षको तुलनामा ११.६८ प्रतिशतले बृद्धि भई २०७५ साल असार मसान्तमा रु. १९६ करोड पुगेको छ । आव २०७५/०७६ मा कम्पनीको कूल कारोबार गत आव २०७४/०७५ कोे तुलनामा १०.६८ प्रतिशतले बृद्धि भई, रु. १६६.५६ करोड बीमा शुल्क आर्जन गरेको छ र सबै पोर्टफोलियोहरु निरन्तर बृद्धिमा रहेको कम्पनी सचिव मनोज श्रेष्ठले जनाएका छन् ।