राजनसिंह भण्डारी सिटिजन्स बैंकको अध्यक्ष, सञ्चालक बने युवा उद्यमी पाण्डे

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका अध्यक्षमा राजनसिंह भण्डारी चयन भएका छन् । शुक्रबार भएको बैंकको साधारणसभाबाट निर्वाचित सञ्चालक समेत समावेश भएर बसेको सञ्चालक समिति बैठकले भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । भण्डारीबाहेक प्रबलजंग पाण्डे, साजन शर्मा र सीता कार्कीलाई साधारणसभाले सञ्चालकमा निर्वाचित गरेको थियो । युवा उद्यमी पाण्डे नेपाल उद्याेग वाणिज्य महासंघकाे [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका अध्यक्षमा राजनसिंह भण्डारी चयन भएका छन् । शुक्रबार भएको बैंकको साधारणसभाबाट निर्वाचित सञ्चालक समेत समावेश भएर बसेको सञ्चालक समिति बैठकले भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

भण्डारीबाहेक प्रबलजंग पाण्डे, साजन शर्मा र सीता कार्कीलाई साधारणसभाले सञ्चालकमा निर्वाचित गरेको थियो । युवा उद्यमी पाण्डे नेपाल उद्याेग वाणिज्य महासंघकाे कार्यसमिति सदस्य हुन् । केही वर्षअघि उनकाे बुबा प्रदिपजंङ्ग पाण्डेले यस बैंककाे अध्यक्षकाे जिम्मेवारी समालेका थिए । सजन शर्मा पूर्व सञ्चालक डाेलराज शर्माका छाेरा हुन् ।  त्यस्तै, सर्वसाधारण शेयरधनीका तर्फबाट महिला सञ्चालक सीता कार्की चुनिकी छिन ।

शुक्रबारको साधारणसभामा प्रस्तुत भएका प्रस्तावहरुमध्ये लाभांश वितरण, वित्तीय विवरणहरुको स्वीकृति, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरु पारित भए पनि भीआईपी शेयरधनीहरुको होहल्लापछि सञ्चालक समितिको भत्ता सम्बन्धी प्रस्ताव फिर्ता लिइएकोले सो प्रस्ताव पारित भएन ।

बैंकको तेह्रौ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रकम १ कराेड ४५ लाख २७ हजार नगद लाभांश र ३ प्रतिशतले हुने रकम २५ कराेड ११ लाख बरावरको बोनस शेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

बैंकले गत असार मसान्तसम्ममा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र रु १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ । हाल बैंकले ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News