शेयर बजारमा ६ सातापछि नेपाल लाइफले हिमालयन बैंकलाई उछिन्यो, कसको अवस्था कस्तो ?
काठमाडौं । ६ हप्तापछि शेयर बजारमा नेपाल लाइफ इन्स्योरेन्सले हिमालय बैंकलाई पुनः उछिनेको छ । बजार पुँजीकरणका आधारमा अघिल्लो हप्तासम्म छैटौं स्थानमा रहेको हिमालयन बैंकलाई नेपाल लाईफ इन्स्योरेन्सले पछि पारेको हो । यसअघि गत साउन ३० गतेदेखि हिमालयन बैंक नेपाल लाइफ भन्दा माथिल्लो स्थानमा रहँदै आएको थियो । हाल नेपाल लाइफ इन्स्योरेन्को बजार पुँजीकरण ४१ अर्ब ५५ करोड रुपैंया छ । नेपाल लाइफको साधारण शेयरको मूल्य दोस्रो बजारमा ७५६ रुपैंया छ । ५ करोड ४९ लाख ६१ हजार कित्ता शेयर भएको नेपाल लाइफको सोही मूल्य र शेयर संख्याका आधारमा नेपाल लाइफको बजार पुँजीकरण ४१ अर्ब ५५ करोड रुपैंया भएको हो । त्यस्तै, हाल हिमालयन बैंककाे बजार पुँजीकरण ४१ अर्ब ४९ करोड रुपैंया छ । हिमालयन बैंकको साधारण शेयरको मूल्य दोस्रो बजारमा ४७८ रुपैंया छ । ८ करोड ५२ लाख २ हजार कित्ता शेयर भएको नेपाल लाइफको सोही मूल्य र शेयर संख्याका आधारमा नेपाल लाइफको बजार पुँजीकरण ४१ अर्ब ४९ करोड रुपैंया भएको हो । गत साता हिमालयन र नेपाल लाइफ दुबैको शेयर मूल्यमा गिरावट आए पनि नेपाल लाइफ इन्स्योरेन्सको भन्दा हिमालयन बैंकको शेयर मूल्यमा उच्च गिरावट देखिएसँगै पुँजीकरणका आधारमा नेपाल लाइफले हिमालयनलाई उछिन्न सफल भएको हो । शेयर बजारमा एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगै नेपाल लाइफ र हिमालयन बैंकबीच बढी प्रतिस्पर्धा हुने गरेको छ । सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको नेपाल टेलिकम लामो समयदेखि पहिलो स्थानमै छ । त्यस्तै, दोस्रोमा नबिल, तेस्रोमा नेपाल इन्भेष्टमेन्ट बैंक, चौथो र पाँचौंमा एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंक, छैटौं र ७ औं स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन बैंक , आठौंमा कृषि विकास बैंक, नवौंमा एनएमबि बैंक र दशौंमा एनआईशी एशिया बैंक छन् । गत साता पनि समग्र शेयर बजारमा गिरावट आउँदा कुल बजार पुँजीकरण १४ खर्ब ६७ अर्बबाट घटेर १४ खर्ब ३५ अर्बमा झरेको छ । नेप्से परिसूचक भने यो अवधिमा ११५५ अंकबाट घटेर ११२९ अंकमा आएको थियो ।
विश्व मुटु दिवसका अवसरमा नर्भिकमा क्याथ ल्याव उद्घाटन
काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलले शनिबार एक विशेष समारोहकावीच नव जडित क्याथ ल्याव सेवाको उद्घाटन गरेको छ । विश्व मुटु दिवसकाअवसर पारेर कवि÷गीतकार तथा नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीले सो सेवाको उद्घाटन गरेका हुन् । नयाँ क्याथ ल्याव नर्भिकले सन् २००० को अगस्ट महिनामा जडान गरेको राष्ट्रकै पहिलो क्याथ ल्यावपछिको तेस्रो पुस्ताको क्याथ ल्याव हो । उक्त क्याथ ल्याव अत्यन्तै नविनतम् सुविधा र प्रविधिले सुसज्जित भएको हुँदा मुटुका रक्तनली हातखुट्टाका रक्तनली र मुत्रप्रणालीका रक्तनली आदिको इन्टरभेन्सन्स् सुरक्षित छिटो र छरितो गर्न सकिनुका साथै न्युरो नेभिगेसनमा समेत अत्यन्त भरपर्दो हुनेछ । नर्भिकले विविध कार्यक्रमका साथ शनिबारनै विश्व मुटु दिवस मनाएको छ । यस वर्षको विश्व मुटु दिवस असोज १२ गते आइतबार गरेको छ ।
एनएमबि र ओमको एकीकृत कारोबारको शुरु, चुक्तापूँजी ११ अर्ब ५३ करोड
काठमाडौँ । एनएमबि बैंक लि. र ओम डेभलपमेन्ट बैंक लि.बिच शनिबारदेखि एकीकृत कारोवारको शुरु भएको छ । दुबै संस्था गाभिएपश्चात बैंकको चुक्तापूँजी ११ अर्ब ५३ करोड र कोष ८ अर्ब ६२ करोड गरि कूल पूँजी २० अर्ब १५ करोड पुगेको छ । मर्जपश्चात बैंकको नाम एनएमबि बैंक लि. र मुख्य कार्यालय एनएमबि भवन, बबरमहल, काठमाडौं रहको छ । दुबै संस्था गाभिए पश्चातको एनएमबि बैंकको तीन नम्बर प्रदेशमा शाखाहरुको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र पाँच नम्बर प्रदेशमाशाखा सञ्जाल २९ वटा गरी कूल शाखा सञ्जाल १६३, एटिएमहरुको सञ्जाल १२८ पुगेको छ भने एक्स्टेन्सन काउण्टरहरुको संख्या ५ पुगेको जनाएको छ । एकिकृत कारोवारको शुभारम्भ गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ्गको उपस्थितीमा गण्डकी प्रदेशको पोखरामा भएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालको शुभकामना सन्देश नेपाल राष्ट्र बैंकको पोखरा निर्देशक डा. डिल्लीराम पोखरेलबाट पढेर सुनाईएको थियो ।
अटो वर्कसप व्यवसायीले गरे दशैँको शुभकामना आदान प्रदान
काठमाडौँ । नेपाल अटो वर्कशप व्यवसायी संघले दशैँ, दीपावली, नेपाल संवत र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेकपाका सांस कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा साँसद सरकारले व्यवसायीहरूलाई थप हौसला प्रदान गर्ने समेत बताए । संघका ईकाई अध्यक्ष माधब सुबेदीले अटो वर्कशापहरू भन्ने बित्तिकै मासले नराम्रो दृष्टिकोणले हेर्ने र अभद्र व्यवहार गर्ने गरेको बताए ।
भिजिट नेपालको गन्तव्यमा नुवाकोट जोडिन सक्ने, सरोकारवालाले सुझाए दर्जन पर्यटकीय क्षेत्र
काठमाडौं । विश्व पर्यटन दिवसको अवसर पारेर नुवाकोेटको विदुर नगरपालिका ४ मा‘होटल तथा पर्यटन व्यवसायी संघनेपाल प्रदेश नम्बर ३’ले अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार आयोजित उक्त कार्यक्रमले पर्यटकीय गन्तव्यको रुपमा नुवाकोट स्थापित हुने आधारहरु प्रस्तुत गरेको हो । पूर्व खेलकुद मन्त्री तथा हालका सासंद हितबहादुर तामाङ्गले भ्रमण वर्ष २०२० लाई सफल पार्न आन्तरिक तथा बाह्य दुवै किसिमका पर्यटकमा आकर्षण जगाउँन जरुरी रहेको बताए । नुवाकोटका स्थानीय उत्पादनमा जोड दिदै दिर्घकालिन पूर्वाधारको विकास गर्न जरुरी रहेको उनको मत छ । साथै, वर्तमान समयमा राजमार्गका सडक लगाएका अन्य पूवार्धारमा समेत केही समस्या रहेपनि आगामी दिनमा पर्यटन क्षेत्रमा नेपालको भविष्य उज्जवल रहेको उनको तर्क छ । यस्तै,प्रदेश नम्बर ३ का सभासद केशव पाण्डेले नेपालमा २० लाख पर्यटक ल्याउँदा नुवाकोटमा कति ल्याउँने भन्ने कुरा महत्वपूर्ण हुने बताए । वर्तमान समयमा अवसर र चुनौति दुवै रहेको उनको बुझाई छ । सोही कारण चुनौतिसँग मुकाविला तथा अवसरहरुको सदुपयोग गर्न आवश्यक रहेकोमा उनले जोड दिए । विदुर नगरपालिकाका मेयर संजु पण्डितले भने– ‘त्रिदेशीय मार्गको रुपमा नुवाकोटले पर्यटनमा सहयोग गर्न सक्छ ।’ उनले सकेसम्म चाडै बाटोको अवस्था सुधार गर्न सकिएमा छोटो मार्ग मात्र नभई विदेशी पाहुनासँगपनि सहकार्य गर्न सकिने उनले बताए । कार्यक्रममा सारोकारवालाहरुले नुवाकोटमा दर्जनभन्दा बढी पर्यटकीय क्षेत्र रहेको बताए । नुवाकोटमा पर्यटकीय गन्तव्यको रुपमा ककनी, सागरकुण्ड, सूर्याचौर, नुवाकोट दरबार, बेलकोटगढी, दुप्चेश्वर महादेव, चिम्टेश्वर क्षेत्र रहेका छन् । यस्तै, भैरमकोट क्षेत्र, भैरवी मन्दिर, बेत्रावती, उत्तरगयाधाम, देविघाट जालपा मन्दिर, राम मन्दिर, गोरु जुधाउने जात्रा, लाखे नाच नुवाकोटका आकर्षणका रुपमा लिन सकिन्छ । भ्रमण वर्ष २०२० मा नुवाकोटले थप सहयोग गर्ने विषयमा चर्चा गरिएको थियो । कार्यक्रममा होटल तथा पर्यटन व्यसायी संघ नेपाल प्रदेश नम्बर ३ का अध्यक्ष सन्तोष उप्रेतीले सभापतित्व गरेका थिए । पूर्व युवा तथा खेलकुद मन्त्री तथा संघीय संसदका सदस्य हित बहादुर तामाङ्ग प्रमुख अतिथिको रुपमा उपस्थित थिए । विषेश अतिथिका रुपमा प्रदेश नम्बर ३ का प्रतिनिधि सभा सदस्य केशव पाण्डे थिए । साथै, जिल्ला समन्वय समितिका नुवाकोटका सभापति सन्तमान तामाङ्ग, नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल लगायतका व्यक्तिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
साढे ४ महिनाभित्र कुमारी बैंककाे तेस्रो पटक साधारणसभा, पुँजी साढे ९ अर्ब नाघ्यो
काठमाडौं । साढे ४ महिनाको अन्तरमा कुमारी बैंकले तेस्रोपटक बोलाएको साधारणसभा शनिबार सकिएको छ । शनिबार बिहान ११ः३० बजे नक्सालस्थित एक पार्टी प्यालेसमा बोलाइएको बैंकको १९ औं वार्षिक साधारणसभाले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि लाग्ने नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी रु.९ अर्ब ५५ करोड हुनेछ । त्यस्तै, सभाले बैंकको तर्फबाट अध्यक्ष अमिर प्रताप राणाले प्रस्तुत गरेको लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५÷०७६ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत समावेश भएको वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंकले गत बैशाख २६ गते १८ औं वार्षिक साधारणसभा बोलाएको थियो । उक्त साधारणसभाले अन्य सबै एजेन्डाहरु उपर छलफल गरि पारित गरे पनि महिला सञ्चाललको प्रतिनिधित्वमा सम्बन्धमा मुद्दा परेपछि पाटन उच्च अदालतको आदेशपछि सञ्चालकको निर्वाचन प्रक्रिया भने रोकिएको थियो । सो प्रक्रिया पूरा गर्न बैंकले जेठ ३१ गते विशेष साधारणसभा बोलाउनु परेको थियोे । यो भने १९ औं वार्षिक साधारणसभा हो । आर्थिक वर्ष २०७५÷७६ को मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८४ अर्ब ४० करोड परिचालन तथा कुल कर्जा रकम रु. ७६ अर्ब ९८ करोड प्रवाह गरी संचालन मुनाफा रु.१ अर्ब ७६ करोड तथा रु.१ अर्ब २३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १०७ शाखा संजाल, ९३ एटिएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ८ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।
कुमारी बैंकको साधारण सभामा शेयरधनीलाई १० प्रतिशत बोनसकाे प्रस्ताव पारित
काठमाडौं । कुमारी बैंकको १९औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा नक्सालमा सम्पन्न भएको हो । उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/०७६ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेका हुन् । साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/०७६ को लागि १०% बोनस शेयर तथा बोनश शेयरको कर प्रयोजनार्थ ०.५२६% बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी रु.९ अर्ब ५५ करोड हुनेछ । आर्थिक वर्ष २०७५/७६ को मसान्तसम्म बैंकले कुल निक्षेप रु.८४ अर्ब ४० करोड परिचालन तथा कुल कर्जा रकम रु. ७६ अर्ब ९८ करोड प्रवाह गरी संचालन मुनाफा रु.१ अर्ब ७६ करोड तथा रु.१ अर्ब २३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १०७ शाखा संजाल, ९३ एटिएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ८ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।
शिवपुरी माध्यमिक विद्यालयलाई एनसीसी बैंकको सहयोग
काठमाडौं । एनसीसी बैंकले काठमाडौंको एक विद्यालयलाई ४ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालबाट शिवपुरी माध्यमिक विधालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीलाई हस्तान्तरण गरेका हुन् । बैंकले प्रदेश नं. ३, काठमाडौं जिल्लाको महाराजगञ्ज स्थित शिवपुरी माध्यमिक विद्यालयलाई सो रुपैयाँ सहयोग प्रदान गरेको हो । शिवपुरी माध्यमिक विधालयमा अध्ययनरत स–साना नानीहरुका लागि सूचना प्रविधिमा पँहुच पुर्याउन टिभि तथा आवश्यक सामग्रीका साथै खेलकुदका लागि मैदान तथा सामग्रीको व्यवस्थापन गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको थियो ।