काठमाडौं । एनसीसी बैंकले काठमाडौंको एक विद्यालयलाई ४ लाख रुपैयाँ सहयोग गरेको छ ।
उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालबाट शिवपुरी माध्यमिक विधालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीलाई हस्तान्तरण गरेका हुन् ।
बैंकले प्रदेश नं. ३, काठमाडौं जिल्लाको महाराजगञ्ज स्थित शिवपुरी माध्यमिक विद्यालयलाई सो रुपैयाँ सहयोग प्रदान गरेको हो ।
शिवपुरी माध्यमिक विधालयमा अध्ययनरत स–साना नानीहरुका लागि सूचना प्रविधिमा पँहुच पुर्याउन टिभि तथा आवश्यक सामग्रीका साथै खेलकुदका लागि मैदान तथा सामग्रीको व्यवस्थापन गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको थियो ।