विकासन्युज

छिरीङ डोल्मा नेपाल पर्यटन बोर्डको सदभावना दुत, नियुक्त भए लगत्तै अमेरिका प्रस्थान

काठमाडौं । लामो समयदेखि नेपालको पर्यटनलाई विश्वसामु चिनाउँदै आएकी पर्यटन व्यववसायी तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्यटन बोर्ड बाट आगामी २ वर्षे कार्यकालको लागि पर्यटन सद्भावनादुत नियुक्त भएकी छन् । भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले नेपाल पर्यटन बोर्डले शेर्पालाई सद्भावनादुतमा नियुक्त गरेको हो । शेर्पा सामाजिक कार्यमा समेत अग्रणी भुमिका निर्वाह गर्दै आएकी छिन । मिसेस नेपाल टुरिजम २०१९ को ताज पहिरिएपछि नेपालको पर्यटन प्रवद्र्धनको क्षेत्रमा क्रियाशिल शेर्पा सद्भावनादुत नियुक्त भए लगत्तै प्रचारप्रसारका लागि अमेरिका प्रस्थान समेत गरेकी छन् । उनले अमेरिकामा रहँदा नेपालको पर्यटनका बारेमा विभिन्न शहरहरुमा प्रचारप्रसार तथा अन्तरक्रिया गर्ने बोर्डले जनाएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तिब्र रुपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला शेर्पालाई सद्भावनादूतको रुपमा नियुक्त गर्दै बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले ‘भिजिट नेपाल २०२०’ सफल पार्न शेर्पालाइ नियुक्तिपत्र हस्तान्तरण गरेका थिए । नेपालको पर्यटन प्रबद्र्धन, नेपाली कला, संस्कृतिको सम्वद्र्धन गर्दै भ्रमण वर्षलाई सफल बनाउन आफू हर तवरले क्रियाशिल हुने शेर्पाको प्रतिबद्धता छ । नेपालको पर्यटन प्रबद्र्धन गर्दै समृद्ध नेपाल र व्यवस्थित पर्यटनका लागि कार्य गर्नुनै आफ्नो पहिलो दायित्व हुने शेर्पाले जनाइन् । मिसेस नेपाल टुरिजमको उपाधि जितेर आफू नेपालको पर्यटन प्रबद्र्धनको क्षेत्रमा आधिकारीक रुपमा पाइला चाल्ने अवसर प्राप्त गरेको स्मरण गर्दै शेर्पाले सरकारले सद्भावनादुत नियुक्त गरेर आफ्नो योजना अनुसार नेपालको पर्यटन प्रवद्र्धनमा भुमिका खेल्न थप बाटो खुलेको भन्दै खुसी व्यक्त गरिन् । शेर्पाले नेपालको विभिन्न शहर र पर्यटकीय क्षेत्रहरुमा आयोजना हुने कार्यक्रमहरुमा सहभागी जनाउने छिन् भने विभिन्न मुलुकमा नेपालको प्राकृतिक सौन्दर्यता, संस्कृति, विविधताका बारेमा प्रचारप्रसार गर्नेछिन् । सरकारले पर्यटन वर्ष २०२० लाई सफल बनाउन सुरज वैद्यको संयोजकत्वमा समिति बनाएर कार्य अघि बढाएको छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले मन्त्री योगेश भट्टराईको नेतृत्वमा विभिन्न नीति निर्माण र संयन्त्र निर्माण गरेको छ । छिरिङ डोल्मा शेर्पा नेपाल पर्यटन बोर्डको पर्यटन सदभावना दुतमा नियुक्त भए सँगै अमेरिका नेपालको पर्यटन प्रवद्र्धनको लागि अमेरिका प्रस्थान गरेकी छिन भने उनलाई अमेरिका प्रस्थान गर्नु अघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय योगेश भट्टराईले शुभकामना समेत दिएका थिए ।

एघार किलो चाँदीसहित भारतीय युवक पक्राउ

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–भिठ्ठामोड सडकखण्डमा पर्ने खैराचौकमा बिहीबार ११ किलो चाँदीसहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको हनुमाननगर ग्राम पञ्चायत वडा नं १ बस्ने राजेन्द्र साहका छोरा २५ वर्षीय सीताराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् । युवक साह ज१२प ७३३ नंको मोटरसाइकलमा चढी जलेश्वरबाट भिठ्ठामोडतर्फ जाँदै गर्दा जलेश्वर नपा–२ स्थित खैराचोकमा खटिएका नेपाल प्रहरीको टोलीलाई शङ्का लागि जाँच गर्दा उनको साथबाट १० किलो ९०० ग्राम चाँदी बरामद भएको प्रहरी उपरीक्षक अधिकारीले बताएका हु् । युवक साहले नेपालबाट चाँदी तस्करी गरी भारतमा लैजान लागेको अवस्था प्रहरीले उनलाई पक्राउ गरेको हो । चाँदीसहित पक्राउ परेका युवक साहलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

उद्यमी व्यापारीका दशैं, खासै नयाँ छैन

काठमाडौं । दशैं हिन्दु नेपालीहरुको महान चाड होे । विदेश तथा स्वदेशमा भएका नेपालीहरु आ आफ्नो गाउँ घरमा गएर मनाउने गर्छन । नेपालमा दशैको लहर चलेको छ । दशैंलाई राष्ट्रिय चाड मानिन्छ । नेपालमा दशैंमा दुई तरिकाले हेर्ने गरेको पाइन्छ । धार्मिक र प्रगतिशिल दृष्टिकोणको रहेको छ । धेरैले अहिलेसम्म धार्मिक पक्षलाई नै महत्व दिइँदै आइएका छन् । दशैंलाई त्यहि रुपमा मनाउदै आइरहेका छौं । उद्योगीहरूले पनि दशैमा पूजा गरेर नै मनाउने बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले वर्षभरीको थकाइ मेटाउन घरमा नै आराम गरेर दशैं मनाउने बताए । ‘म दशैंमा तास खेल्दिन, मासु र रक्सी पनि खान्न,’ उनले भने । बालापान र अहिलेको दशैं धेरै फरक भएको बताए । दशैं पूजा गरेर र मान्यजनहरुबाट टिका थापेर नै दशै मनाउने जानकारी दिए । उद्योग वाणिज्य महासंघका अर्का उपाध्यक्ष चन्द्र ढकाल भने यो वर्षको दशैैंमा नेपाल नहुने भएका छन् । उनी उद्योग वाणिज्य महासंघको कार्यक्रममा युरोप जान लागेको बताए । उनी सप्तमीको दिन आईएलोको कार्यक्रमका लागि नेदरल्यान्ड गएर १ हप्ता पछि फर्किने बताए । उनले भने यो वर्षको दशैंमा कार्यक्रमको सिलसिलामा युरोपमा हुने भइयो । नेपाल उद्योग परिसंघका निर्वातन अध्यक्ष हरिभक्त शर्माले भने सामान्य तरिकाले नै दशै मनाउने बनाए । उनले भने ‘आम नेपालीहरूले जसरी दशैं मनाउँछन म पनि त्यसै गरेर नै दशैं मनाउँछु ।’ नेपाल चेम्बर अर्फ कमर्शका वरिष्ट उपाध्यक्ष राजेन्द्र मल्लले भने दशैंमा २५ हजार मात्रै खर्च गरेर मनाउने हो । दशैमा मासु र रक्सीको प्रयोग हुँदैन । दशैंलाई नै भनेर लुगा किनिदैन, आवश्यता पर्दा र समय अनुसारको कपडा किनिन्छ । दशैंमा पूजा र मान्यजनबाट टिका थापेर मनाउने बताए ।

एनआईसी एशियाले दशैं बिदामा पनि सेवा प्रदान गर्ने, कुन शाखा कहिले खुल्ने ?(सूची सहित)

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी बडा दशैं २०७६ को सार्वजनिक बिदाका दिनहरुमा समेत बैंकका विभिन्न शाखाहरुमार्फत् सेवा प्रदान गर्ने निर्णय गरेको छ । बडा दशैंको बिदाका दिनहरुमा समेत बैंकको देशभर रहेका विभिन्न शाखाहरु खुल्ला रहने छन् । जस अनुसार असोज १८ गते फूलपातीको दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, सातदोबाटो, महाराजगञ्ज, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर, थानकोट तथा काठमाडौं उपत्यका बाहिर धनगढी–चौराहा, बुटवल, न्यूरोड–पोखरा, लेकसाईड–पोखरा र हेटौंडास्थित शाखा कार्यालयहरु खुल्ला रहनेछन् । त्यसैगरी असोज १९ गते अष्टमीका दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, पुल्चोक, न्यूरोड–खिचापोखरी, महाराजगञ्ज, थापाथली तथा काठमाडौं उपत्यका बाहिर बुटवल, नेपालगञ्ज, न्यूरोड–पोखरा, कावासोती, वीरगंज, लाहान, जनकपुर, सिराहा, मलंगवा, चन्द्रनिगाहपुर, विराटनगर, ईटहरी, दमक र नारायणगढ शाखा खुल्ला रहने बैंकले जनाएको छ । असोज २० गते नवमीका दिन बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, तथा काठमाडौं उपत्यका बाहिर धनगढी हस्पिटल–लाईन, बुटवल, न्यूरोड–पोखरा, दुलेगौँडा, लिंकरोड, मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, विराटनगर, धरान, चारपाने र हेटौंडास्थित शाखा कार्यालयहरु खुला रहनेछन् । असोज २२ गते एकादशीका दिन काठमाडौं उपत्यकाभित्र बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर तथा काठमाडौं उपत्यका बाहिर न्यूरोड–पोखरा, बाग्लुङ, बुटवल र नारायणगढस्थित शाखा कार्यालयहरु खुल्ला रहने जनाइएको छ । खुल्ला रहने शाखाहरुमध्ये न्यूरोड खिचापोखरी, भक्तपुर, महाराजगञ्ज शाखा अपरान्ह १ बजेदेखि ४ बजेसम्म र अन्य शाखाहरु बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म खुल्ला रहनेछन् । यस अवधिमा नगद जम्मा र चेक सटहीको सेवा प्रदान गर्नुका साथै दशैं बिदा लगत्तै प्रक्रिया शुरु गर्नुपर्ने विभिन्न बैंकिङ सुविधाका लागि आवेदन दर्ता गर्न सकिने व्यहोरा समेत बैंकले जनाएको छ ।

दमकमा चिनियाँ लगानीमा मैत्री पार्क बन्ने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । प्रदेश नम्बर १ को दमकमा निर्माण हुन लागेको चीन नेपाल मैत्री औद्योगिक पार्क परियोजनाको लागि नेपाल सरकार र विकासकर्ता कम्पनीबीच विहीबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र विकासकर्ता कम्पनीको तर्फबाट दमक क्लिन इन्डष्ट्रियल पार्क प्रालिका अध्यक्ष गोबिन्दबहादुर थापाले हस्ताक्षर गरेका छन् । साउन १७ गते सम्पन्न लगानी बोर्डबो बैठकले उक्त परियोजनाको करीब ६४ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरी डीपीआर तयार गर्न दमक क्लिन इन्डष्ट्रियल पार्क प्रालिलाई अनुमति दिने निर्णय गरेको थियो । उक्त परियोजना लासा इकोनोमिक एण्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोन जीङ पीङ जोइन्ट क्रियशन कन्स्ट्रक्शन प्रोजेक्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(जेपीजेसीसीपीडी) को लगानी रहने छ । उक्त परियोजनाले नेपाल र चीनबीच लगानी बिस्तार, पूर्वाधार विकास लगायतका क्षेत्रमा सहयोगको नयाँ आयाम थप्ने लगानी बोर्डका सीईओ अधिकारीले बताए । उक्त परियोजनाले औद्योगिक पूर्वाधार निर्माण र सञ्चालन मार्फत स्वदेशी माग पूरा गरी निर्यात प्रबद्र्धनमा लागि सहयोग पुग्ने जनाइएको छ । सार्वजनिक निजी साझेदारीमा निर्माण गरिने उक्त परियोजना अन्तरगत अत्याधुनिक औद्योगिक पार्क निर्माण, सञ्चालन र व्यवस्थापनको लागि डीपीआर तयार भएपछि परियोजना विकास सम्झौता(पीडीए) भई निर्माण कार्य अघि बढ्ने लगानी बोर्डले जनाएको छ ।

गुरु नानकको ५५० औं जन्मदिनको अवसरमा सिक्का सार्वजनिक

काठमाडौँ । गुरु नानकको ५५० औं जन्मदिनको अवसर पारेर नेपाल राष्ट्र बैंकले रु. १००, १००० र २५०० को सिक्का सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चीरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले एलफ्ट काठमाडौं ठमेलमा सिक्का सार्वजनिक गरेका हुन् । सिख समुदायका प्रख्यात सदस्यहरूको साथमा “सिख हेरिटेज अफ नेपाल”नामक पुस्तक पनि विमोचन गरिएको थियो । ५०० वर्ष अगाडि गुरुनानकले काठमाडौंको बाहिरी इलाका बालाजु क्षेत्रमा भ्रमण गरेका थिए भन्ने विश्वास गरिन्छ ।

सुर्ती उद्यमीको प्रभाव र हस्तक्षेपका कारण स्वास्थ्यमा गम्भीर असर

काठमाडौँ । नेपालमा सुर्ती उद्योगीको हस्तक्षेपका कारण सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रण हुन नसकेको एक अध्ययनले देखाएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले गरेको अध्ययनका अनुसार सुर्ती उद्यमीले विभिन्न नाममा ब्राण्डको प्रचार गर्ने, चुरोट सेवन गर्न उत्प्रेरणा दिने, कानुन कार्यान्वयनमा भाँजो हाल्ने गरेका छन् । यो अध्ययन नेपालसहित ३३ ओटा मुलुकमा गरिएको थियो । ३३ ओटा मुलुकमा नै अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पहिलो पटक नेपालमा विहिवार प्रतिवेदन सार्वजनिक गरिएको हो । सो प्रतिवेदनलाई विहिवार नै रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले विश्व स्वास्थ्य संगठनका कन्ट्रि रिप्रिजेन्टिटिभको उपस्थितिमा स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक कुन्जप्रसाद जोशीलाई हस्तान्तरण गरेका थिए । विभिन्न संघसंस्थाले ३३ ओटा मुलुकमा गरेको अध्ययनमध्ये उद्योगीको हस्तक्षेप कम भएको मुलुकको ८औं स्थानमा नेपाल रहेको छ । अध्ययन अनुसार दक्षिण एसियामा भारत, श्रीलंका र बंगलादेशमा सवैभन्दा वढी उद्यमीको हस्तक्षेप रहेको छ । अध्ययनअनुसार नेपालमा उद्यमीले नीति निर्माण चरणमा नै नीति निर्मातालाई आर्थिक लाभ दिने गरेका छन् । सुर्ती उद्योगको नाममा सामाजिक उत्तरदायित्वको काम गरी प्रचार गरिरहेका छन् । निर्माता निर्देशकलाई प्रभाव पारी विभिन्न चलचित्रहरुमा कलाकारलाई धुम्रपान गर्न लगाएका छन् । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन र नियमावली अनुसार सुर्तीबाट हुने हानी देखिने रंगीन चित्र सुर्तीको प्याकेटमा ९० प्रतिशत हालिएको छैन । प्रतिवेदन सार्वजनिक गर्दै प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सुर्ती उद्योगलाई उच्च करदाताको सम्मान दिएर राज्यले जनताको स्वास्थ्यमा खेलवाड गर्न प्रोत्साहन गरिरहेको बताए । अर्थमन्त्रालय, वाणिज्य मन्त्रालय, गृह मन्त्रालयले सुर्ती उद्यमीसँग गरेका छलफल र निर्णय पारदर्शी नहुनु हस्तक्षेपको नमुना भएको प्रतिवेदनमा उल्लेख छ । सुर्ती उद्योगले गर्ने प्रचार तथा प्रवद्र्धनात्मक खर्च र आम्दानी पारदर्शी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । सुर्ती उद्योगको हस्तक्षेपलाई न्यूनीकरण गर्न स्थानीय तह र सहायक जिल्ला अधिकारीलाई वढी जिम्मेवारी र शक्तिसम्पन्न गर्नुपर्ने कुरा प्रतिवेदनमा लेखिएको छ । प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा विश्व स्वास्थ्य संगठनका कन्ट्रि रिप्रिजेन्टिटेटिभ डा.जोस भेन्डेलरले सुर्ती प्याकेटमा पूरै ढाकिने गरी रंगीन चित्र राख्नुपर्ने र ब्रान्डको नाम सवभन्दा सानो अक्षर बनाउनतिर विश्वको ध्यान जानुपर्ने बताए । नेपालमा अन्तराष्ट्रिय कानुन र राष्ट्रिय कानुन विपरित खुल्ला रुपमा सुर्तीको बेचविखन हुने गरेको बताए । उनका अनुसार नेपालमा सुर्ती सेवनकै कारण वर्षेनी २७ हजार १ सय ३७ जनाको ज्यान गइरहेको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक कुन्जप्रसाद जोशीले सुर्ती सेवनमा मात्रै नेपालीले वार्षिक ४७ अर्ब रुपैयाँ खर्च गरिरहेको जानकारी दिए । उनले भने,‘ सुर्तीका कारण १० वर्षअगाडिसम्म १६ हजारको मात्र मृत्यु हुन्थ्यो अहिले एकाएक २७ हजार पुगिसकेको छ ।’ नेपालमा कानुनभन्दा सामाजिक मुल्य मान्यताले काम गर्ने भएकाले सुर्ती नियन्त्रणका लागि सामाजिक अभियान चलाइ सुर्ती खानु हुँदैन भने संस्कार बसाउनुपर्ने तर्फ उनको जोड रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव पुष्करराज नेपालले लगभग ३१ प्रतिशत नेपालीले सुर्ती सेवन गर्ने गरेको र मृत्युको १७ प्रतिशत प्रमुख कारण सुर्ती रहेको छ । ९० लाख सुर्ती सेवनकर्ता नेपालीमध्ये १० लाखलाई जोखिमपूर्ण दीर्घ रोग रहेको पनि उनले जानकारी दिए । सञ्चारकर्मी भगवती तिमिल्सिनाले सुर्तीजन्य पदार्थका असरका सम्वन्धमा पर्याप्त सूचना हुँदाहुँदै पनि प्रवक्तामार्फत लिनुपर्ने वाध्यताका कारण जनताले समयमै सही सूचना प्राप्त गर्न नसकिरहेको बताए । उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले पुरस्कारको लोभमा आवश्यक गृहकार्य नगरी सुर्तीको प्याकेटमा ९० प्रतिशत हानिकारक चित्र ल्याउने व्यवस्था ल्याउँदा सुर्ती उद्यमीले चलखेल गर्ने मौका पाएको र मुद्दाको किनारा लाग्न समय लागेको बताए । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष प्राडा शरदराज वन्तले सुर्ती उद्यमीको बदमासीका विरुद्ध सशक्त आवाज उठाउन हामी फ्रेमभन्दा बाहिर पनि जान सक्नुपर्ने बताए ।

कुमारी बैंकका ७ शाखाको एकैदिन उद्घाटन

काठमाडौँ । कुमारी बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना सात नयाँ शाखाहरूको उद्घाटन समारोह सम्पन्न गरेको छ । काठमाडौँ स्थित नयाँ वानेश्वर शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप जबरा र नागरिक लगानी कोषका प्रमुख प्रशासक रमण नेपालले संयुक्त रूपमा गरेका हुन् । यसैगरी, कीर्तिपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेलज्यू र कीर्तिपुर नगरपालिका ९ का वडाअध्यक्ष गंगाराम महर्जनद्वारा सम्पन्न भएको हो । साथै, काभ्रेस्थित बनेपा शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवाली तथा बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठले संयुक्त रूपमा गरे । बैंकले उपत्यकाबाहिर भने नवलपरासीस्थित गैंडाकोट, बारास्थित जितपुर, चितवनस्थित पुरानो पर्सा, पर्सास्थित सिर्सियामा गरी कूल ४ शाखाहरूको औपचारिक उद्घाटन गरेको छ ।