दमकमा चिनियाँ लगानीमा मैत्री पार्क बन्ने, समझदारी पत्रमा हस्ताक्षर

<p>काठमाडौँ । प्रदेश नम्बर १ को दमकमा निर्माण हुन लागेको चीन नेपाल मैत्री औद्योगिक पार्क परियोजनाको लागि नेपाल सरकार र विकासकर्ता कम्पनीबीच विहीबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र विकासकर्ता कम्पनीको तर्फबाट दमक क्लिन इन्डष्ट्रियल पार्क प्रालिका अध्यक्ष गोबिन्दबहादुर [&hellip;]</p>


काठमाडौँ । प्रदेश नम्बर १ को दमकमा निर्माण हुन लागेको चीन नेपाल मैत्री औद्योगिक पार्क परियोजनाको लागि नेपाल सरकार र विकासकर्ता कम्पनीबीच विहीबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र विकासकर्ता कम्पनीको तर्फबाट दमक क्लिन इन्डष्ट्रियल पार्क प्रालिका अध्यक्ष गोबिन्दबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

साउन १७ गते सम्पन्न लगानी बोर्डबो बैठकले उक्त परियोजनाको करीब ६४ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरी डीपीआर तयार गर्न दमक क्लिन इन्डष्ट्रियल पार्क प्रालिलाई अनुमति दिने निर्णय गरेको थियो ।

उक्त परियोजना लासा इकोनोमिक एण्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोन जीङ पीङ जोइन्ट क्रियशन कन्स्ट्रक्शन प्रोजेक्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(जेपीजेसीसीपीडी) को लगानी रहने छ ।

उक्त परियोजनाले नेपाल र चीनबीच लगानी बिस्तार, पूर्वाधार विकास लगायतका क्षेत्रमा सहयोगको नयाँ आयाम थप्ने लगानी बोर्डका सीईओ अधिकारीले बताए । उक्त परियोजनाले औद्योगिक पूर्वाधार निर्माण र सञ्चालन मार्फत स्वदेशी माग पूरा गरी निर्यात प्रबद्र्धनमा लागि सहयोग पुग्ने जनाइएको छ ।

सार्वजनिक निजी साझेदारीमा निर्माण गरिने उक्त परियोजना अन्तरगत अत्याधुनिक औद्योगिक पार्क निर्माण, सञ्चालन र व्यवस्थापनको लागि डीपीआर तयार भएपछि परियोजना विकास सम्झौता(पीडीए) भई निर्माण कार्य अघि बढ्ने लगानी बोर्डले जनाएको छ ।

Share News