विकासन्युज

अधिकांशको रोजाईमा मुस्ताङ, ह्वात्तै बढ्यो आन्तरिक पर्यटकको आगमन

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा केही दिनयता आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ । असोज महिनाको शुरुआतदेखि नै पर्यटकको आवागमन बढेपछि यहाँका होटेलमा अग्रिम बुकिङ हुन थालेका छन् । पर्यटकको बढ्दो आगमनले यहाँका पर्यटन व्यवसायी पनि उत्साहित बनेका छन् । पछिल्ला दिन घाँसादेखि लोमान्थाङसम्मका होटल पर्यटकले भरिभराउ हुन थालेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिएका छन् । उनका अनुसार मुस्ताङमा २८० वटा होटल तथा लज सञ्चालनमा छन् । “बडा दशैँको घटस्थापना लगत्तै देशका विभिन्न ठाउँबाट मुस्ताङ घुम्न आउने क्रम बढिरहेको छ,” तुलाचनले भने, “पछिल्ला समयमा सडक, यातायातको सुविधा, छुट्टी र अनुकूल मौसमका कारण मुस्ताङ आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ ।” केही दिनयता पाहुनाको चापले आफूहरुको दैनिकी व्यस्त बन्दै गएको पुथाङस्थित शाभना होटलका सञ्चालक सुमन थकालीले जानकारी दिए । पोखरा–जोमसोम हवाई र बेनी–जोमसोम सडक मार्ग भएर दैनिक तीन हजार जनाभन्दा बढी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्याल मुस्ताङले जनाएको छ । ट्राफिक प्रहरी नायब निरीक्षक बद्रीनाथ शर्माका अनुसार मुस्ताङमा गाडी र मोटरसाइकलबाट पर्यटक मुस्ताङ भित्रिएका छन् । असोज–कात्तिक र फागुन–चैत–वैशाख महिना मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम मानिन्छ । पछिल्लो समय चर्चामा रहेको ‘कबड्डी कबड्डी कबड्डी’ नेपाली चलचित्रको छायाङ्कन भएको तल्लो मुस्ताङस्थित थासाङ गाउँपालिकाका लेते, नाउरीकोट, कुन्जोमा आन्तरिक पर्यटकको चाप बढेको सङ्घीय सांसद प्रेमप्रसाद तुलाचनले बताएका छन् । थासाङ गाउँपालिकाको सेकोङ ताल, भुछर ताल, टिटी ताल, गुरुसाङ्बो गुफा, घाँसा चरा अवलोकन आदिमा पर्यटक रमाउने गरेका छन् । माटोको शहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृतिको अनुपम स्थल लेते, मुक्तिनाथ, ठिनी, ढुम्बा ताल, कागबेनी, दामोदर कुण्ड एवम् फरक भू–बनोट अवलोकनका लागि मुस्ताङ स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको पोखराका पर्यटन व्यवसायी तारानाथ पहारी बताउँछन् । पछिल्ला समयमा यहाँको होटेलका साथै ठाउँठाउँमा सञ्चालित घरवास पनि पर्यटकको रोजाइमा परेका छन् । अघिल्लो वर्ष मात्रै एक हजार आन्तरिक पर्यटकले ठिनी होमस्टेमा बास बसेको हामेस्टेका सञ्चालिका जुमा थकालीले जानकारी दिनुभयो । यस वर्ष अघिल्लो वर्षभन्दा दोब्बर सङ्ख्यामा पर्यटक आउने अपेक्षा गरिएको उनले जानकारी दिए । नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास हुँदै गएका कारण पनि मुस्ताङ अधिकांशको रोजाईमा पर्दै गएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख तुलसी दाहालले मुस्ताङमा पछिल्लो समय बाह्यको तुलनामा आन्तरिक पर्यटकको चहलपहल बढी हुँदै गएको बताएका छन् । रासस

एभरेष्ट बैंकको २५ प्रतिशत लाभांश घोषणा, चुक्ता पुँजी साँढे आठ अर्ब नाघ्ने

काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोेषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ५ प्रतिशत बोनस र २० प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । असोज २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४७ करोड रुपैयाँ नाघ्ने छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा २० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो भने २०७५/७६ मा थप ५ प्रतिशत बढी बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

कृषि विकास बैंकद्वारा आकर्षणको केन्द्रविन्दु बनाइयाे माईतीघरमण्डला

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफनो लगानीमा माईतीघरमण्डलामा नेपाली संस्कृति झल्किने गरी रङगोली सहितका चित्र आकर्षण ढंगले कोरिएको छ । छिमेकी राष्ट्र चिनका महामहिम राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी उक्त कार्यक्रमा गरेको हो । मण्डलामा आकर्षण फूलका बिरुवाहरुका साथै फलफुलको बिरुवा समेत लगाईएको छ जसले मण्डलालाई हराभरा बनाएको छ भने रातको समयमा ईलेक्ट्रीकवोर्डमो डिसपेले भएको वृतचित्रले नेपालको संस्कृितलाई समेटेको देख्दा छुट्टै आनन्दको महसुस गरिएको थियो । चिनका महामहिम राष्ट्रपति लगायत सम्पूर्ण पाहुनाहरुको मुख्य आकर्षणको केन्द्र विन्दु नै माईतिघरमण्डला भएको भान सबैले महसुुस गरेको देखिन्छ । साथै आज भोली माईतिघर मण्डला आम मानिसको सेल्फि खिच्ने केन्द्र विन्दु भएको छ ।

नेशनल लाइफले बोलायो साधारणसभा, १५.२२५ प्रतिशत लाभांश पारित गर्ने

 काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स ३१ औं साधारणसभा बोलाएको छ । आर्थिक वर्ष २०७४/७५ को लाभांश तथा वार्षिक प्रतिवेदन पारित गर्न इन्स्योरेन्सले साधारणसभा बोलाएको हो । नेशनल लाइफ साधारणसभा कात्तिक २४ गते बिहान साढे १० बजे आफ्नै केन्द्रीय कार्यालयको भवनमा डाकिएको छ । कम्पनीले बोनस र नगद समेत गरी १५.२२५ प्रतिशत लाभांश दिने घोषणा गरेकाे छ । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट नेशनलले २.५ प्रतिशत बोेनस शेयर, १२ प्रतिशत नगद लाभांशका अतिरिक्त सो बोनस र नगद लाभांशमा लाग्ने करबापतको छुट्टै नगद ०.७२५ प्रतिशत नगद लाभांश समेत गरी १५ प्रतिशत लाभांश दिने भएको हो । एनएफआरएस लेखा प्रणाली अनुसार वित्तीय विवरणहरु प्रकाशन गर्नुपर्ने भएसँगै नेशनलको साधारणसभा निर्धारित समयभन्दा ढिलोगरी हुने भएको हो ।

फौजी कीराको प्रकोपले ९० प्रतिशत धानबाली नष्ट, भोकमरी निम्तने खतरा

धम्बोझी । धानबालीमा कीराको प्रकोप नियन्त्रणमा आउन नसक्दा किसानका धानबाली नष्ट भएको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिकाको पुरैनीपुरैना डुडुवा गाउँपालिकाको बेतहनी हिरमिनिया तथा राप्ती सोनारी गाउँपालिकाको बैजापुर र फत्तेगाउँमा केही दिनदेखि फौजी कीराको कारण धान बालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् । फौजी कीराले फौजी आक्रमण गर्ने हुँदा धानका बाला काटेर नोक्सान पुर्याएको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरको कौशीला चौधरीले बताएका छन् । फौजी कीराको प्रकोपले अहिले बाँकेका किसानले काट्नका लागि तयार भएको धान कीराले काटेर सखाप भएको चौधरीले जानकारी दिए । कृषि पकेट क्षेत्र मानिने बाँके जिल्लाको डुडुवा ६ हिरमिनियाको कालाबन्जार गाउँका किसान रतिराम कुम्हारले आफ्नो दुई बिघा १२ कट्ठा जग्गामा रोपेको धानबाली कीराले एक हप्तामा सखाप पारेको देखाउँदै दुःख व्यक्त गरेका छन् । त्यसैगरी, डुडुवा गाउँपालिकाको ६ हिरिमिनिया फौजी कीराको प्रकोपले किसान मर्कामा रहेका छन् । फौजी कीराले धानबाली सखाप पारिदियो कसरी आफ्ना बालबच्चा पाल्ने भन्ने भनेर किसान रुँदै आइरहेका छन् । उता बाँकेमा र बर्दियाको बढैयातालका बोकटीया गाउँमा पनि धानबालीमा कीराको प्रकोपले धानबाली सखाप हुँदा भोकमरी निम्तने खतरा हुने औँल्याउँदै ९० प्रतिशत धान बाली रोपेको ठाउँमा नष्ट भएको देखेको कृषि ज्ञानकेन्द्र बाँकेको कार्यालय प्रमुख सागर ढकालले जानकारी दिएका छन् । कतिपय ठाउँमा अनुगमन गर्दा किसानको धान हेरेर विषादी छर्कन लगाएको तर तरिका नमिलेपछि कीरा नमरेको कारण धानबालीलाई कीराले सखाप अझै बनाइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख ढकालको भनाइ छ । रासस

पूर्णिमा र भार्गवलाई प्राप्ति पश्चात शाइन रेसुङ्गाद्धारा एकीकृत कारोबार शुरु, संचालकमा ६ जना नियुक्त

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ति(एक्विजिशन) गरी सोमबार(असोज २७ गते)देखि एकीकृत कारोबार शुरु गरेको छ । एक्विजिशन पश्चात शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको छ । शाइन रेसुङ्गाले रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक र बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंकलाई एकआपसमा गाभेर आजदेखि एकीकृत कारोवार सञ्चालन गरेको हो । यस सँगै सोही मितिबाट लागू हुने गरी बैंकको सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना नियुक्त भएका छन् । जसमध्ये संस्थापक सेयरधनीको तर्फबाट अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, सञ्चालकमा थानेश्वर पौडेल, डा. ताराप्रसाद उपाध्याय, ई. सुरज उप्रेती, मोहन चापागाई, सुर्दशन गौतम नियुक्त भएका छन् । यसरी, १० जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड, ३ जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक लिमिटेड र ५ जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडको एक्विजिशन पश्चात बैंकको शाखा सञ्जाल ७१ पुगेको छ । साथै, बैंकको चुक्ता पूंजी २ अर्ब ६२ करोड, निक्षेप परिचालन २६ अर्ब ८७ करोड, कर्जा लगानी २३ अर्ब ८१ करोड रूपैयाँ पुगेको छ ।

प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ सम्म सञ्चालन हुने महासभामा भाग लिन आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । महानिरीक्षक खनालसँग केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी पनि त्यसतर्फ प्रस्थान गरेका छन् । १९४ इन्टरपोल सदस्य राष्ट्रका प्रमुखको भेटमा विश्वको अपराध र सुरक्षा निकायले चाल्नुपर्ने कदमसम्बन्धी १९ बुँदामा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानिरीक्षक खनाल चिली प्रस्थान गरेसँगै प्रहरी अतिरिक्त महानिरीक्षक पुस्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी समाल्नेछन् । रासस

लाभांश घोषणा र साधारणसभा आह्वानमा नयाँ बैंकहरु अगाडि, ठूला र पुराना बैंकहरु पछि पर्दै

काठमाडाैं । कुमारी बैंकले आर्थिक वर्ष २०७४/७५ को साधारणसभा आर्थिक वर्ष सकिएको करिब १० महिनापछि गर्यो । आर्थिक वर्ष २०७३/७४ को साधारणसभा समेत समयमा गर्न नसकेको बैंकले दुईओटै साधारणसभा एकैपटक गरेको थियो । त्यसो त कुमारी बैंकको साधारणसभाको यसअघिको इतिहास पनि त्यति उत्साहजनक थिएन, आर्थिक वर्ष २०७२/७३ को साधारणसभा बैंकले चैतमा मात्रै गरेको थियो । तर यो वर्ष कुमारीले कमाल नै गर्यो, आर्थिक वर्ष सकिएको १ महिना २० दिनमै लेखापरीक्षण सम्पन्न गरेर राष्ट्र बैंकबाट स्वीकृत गराएर लाभांश घोषणा गर्दै एजीएम समेत बोलाउन सफल भयो । अघिल्लो वर्ष पुस मसान्तमा मात्रै साधारणसभा गर्न सफल भएको सिटिजन्स बैंक तथा पुस ४ गते साधारणसभा गरेको एनआईसी एशिया बैंक यो वर्ष सबैभन्दा छिटो साधारणसभा बोलाउने बैंक बन्न सफल भए । सिटिजन्स र एनआईसी एशिया बैंकले असोज १० र कुमारी बैंकले चैत ११ गते साधारणसभा बोलाएका हुन् । त्यसो त सिटिजन्स बैंक र एनआईशी एशिया बैंक त्योभन्दा अघिल्ला वर्षहरुमा छिटो साधारणसभा बोलाउने बैंकको रुपमा चिनिन्थे, कुमारी बैंकले भने आफ्नो नराम्रो विगतलाई सच्याउँदै यो वर्ष छिटो साधारणसभा गर्नेमध्ये तेस्रो वाणिज्य बैंक बन्न सफल भएको हो । यो वर्ष उल्लेखित ३ ओटा बैंकले दशैंअघि नै साधारणसभा सम्पन्न गर्दा माछापुच्छ्रे बैंकले दशैं लगत्तै साधारणसभा सम्पन्न गरेको छ भने सानिमा बैंक, बैंक अफ काठमाण्डू, सिद्धार्थ बैंक र सनराइज बैंक गरी थप ४ ओटा कम्पनीले साधारणसभा बोलाएका छन् । त्यसबाहेक ग्लोबल आईएमई, जनता, मेगा, प्रभु र एसबीआईले भने राष्ट्र बैंकबाट लेखापरीक्षण प्रतिवेदन स्वीकृत गराएर लाभांश घोषणा गरेका छन् । नाफा र शेयरको बजार मूल्यमा उत्कृष्ठ मानिएका नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक,  नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक जस्ता बैंकहरु भने अझैपनि लाभांश घोषणा गर्न सकिरहेका छैनन् । त्यस्तै सरकारी लगानी भएको नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकले पनि अहिलेसम्म लाभांश घोषणा गर्न सकेका छैनन् । यी बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक भने अहिलेसम्म बजारमा सूचिकृत छैन । वाणिज्य बैंकहरुलाई अघिल्लो वर्ष लेखाप्रणाली परिवर्तन गर्नुपर्ने बाध्यताका कारणले गर्दा ढिलोगरी साधारणसभा बालाउनुपर्ने अवस्था भए पनि यो वर्ष भने त्यस्तो समस्या छैन । कम्पनी ऐनले दोस्रो बजारमा सूचिकृत पब्लिक कम्पनीहरुलाई आर्थिक वर्ष सकिएको ६ महिना अर्थात् पुस मसान्तभित्र साधारणसभा गरेर कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी अद्यावधि गर्ने समयसीमा दिएको छ । सो समयभित्र विवरण नबुझाए कार्यालयले जरिवाना लिन्छ । त्यसका लागि बैंकहरुसँग अझै ३ महिनाको आरामदायी समय बाँकी छ । यद्यपि छिटो साधारणसभा गरेर लाभांश वितरण गर्न सके लगानीकर्ताहरु भने त्यस्तो कम्पनीमा लगानी गर्न बढी उत्साहित हुन्छन् । वाणिज्य बैंकहरुबीच तुलना गर्ने हो भने लाभांश घोषणा गर्ने र पुराना र स्थापित बैंकहरुभन्दा नयाँ बैंकहरुले अगाडि देखिएका छन् ।