रोयल इन्फिल्डको बाइक किन्ने सोच्दै हुनुहुन्छ ? यस्ता छन् मोडल(मूल्य सहित)
काठमाडौँ । इण्डियन मोटरसाइकल मेनुफेक्चरिङ्ग ब्राण्ड ‘रोयल इन्फिल्ड’ को नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोवाइल्स प्रालिले नेपालमा उक्त ब्राण्डका ३५० सीसीदेखि ४१० सीसीसम्मका मोटरसाइकलहरु बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले जनाए अनुसार रोयल इन्फिल्डका चार लाख ६७ हजार रुपैयाँदेखि लिएर आठ लाख ९८ हजार रुपैयाँसम्म मूल्य पर्ने मोटरसाइकलहरु नेपाली बजारमा बिक्री हुँदै आइरहेका छन् । हाल नेपालमा ४१० सीसी सम्मका ५ अलग मोडेलहरुको विक्री हुँदै आइरहेका छन् । विगतमा भने कम्पनीले ५०० सीसीका केही थप मोडेलहरु पनि बिक्री गर्ने गरेको थियो । कम्पनीले जनाए अनुसार अहिलेलाई भने उक्त बाइकहरुको बिक्री बन्द गरिएको छ । कम्पनीको अहिलेको चाडपर्वलाई लक्षित योजना मुताविक ग्राहकहरुले रोयल इन्फिल्डका कुनैपनि मोडेलका बाइकको खरिदमा एउटा हेल्मेट र लेग गार्ड उपहार स्वरुप प्राप्त गर्ने छन् । रोयल इन्फिल्ड संसारभर आफ्नो दमदार बाइकहरुको लागि लोकप्रिय रहेको छ भने यो इण्डियन मेनुफेक्चरिङ्ग ब्राण्डले ३५० सीसी देखि लिएर ६५० सीसी सम्मका बाइकहरु मेनुफेक्चर गर्दै आइरहेको छ ।
बिएसआर मुभिजको पहिलो शाखा बागलुङमा, संचालनमा दुई सिनेमा हल
काठमाडौं । गोंगबुस्थित बीजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । सो मुभिजको उद्घाटन कलाकार नीर शाहले गरेका हुन् । उक्त मुभिज बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधा सहितको मल्टिप्लेक्स सञ्चालनमा आएको हो । जसको चार सय २६ सिट क्षमता रहेको छ । यसैगरी, बिहीबारबाट व्यवसायिक रुपमा सञ्चालनमा आउने दुईवटा हलहरु मध्ये औडी–१ मा २०० र औडी–२ मा २२६ सिट क्षमता छ । यसरी, थ्रिडी प्रविधिसहित सुरु भएको बीएसआर सिनेमामा चलचित्र हेर्ने दर्शकलाई चलचित्रमा भैरहेका सबै कृयाकलाप वास्तविक जस्तै महसुस गराउने छ । अत्याधुनिक साउण्ड सिष्टममा दर्शकले पर्दामा जुन दिशामा जस्तो वस्तु देखिन्छ सोही दिशाबाट आवाज आएको महसुस गर्न सक्ने र एसी, डिजिटल सराउण्डिङ साउण्ड सिष्टम, लक्जरी सिटले बागलुङ र आसपास क्षेत्रका दर्शकलाई नयाँ अनुभव दिने बीएसआर मुभिजका निर्देशक राजु गिरीले बताएका छन् । बीएसआरले अन्तर्राष्ट्रिय जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै दुई वटा अत्याधुनिक सिनेमा हल काठमाडौँको बिजी मलमा विसं २०७३ देखि सञ्चालन गरिरहेको छ ।
भारत र बंगलादेशको समन्वयमा उर्जा सम्मेलन हुने, त्रिदेशीय व्यापारमा टेवा पुग्ने
काठमाडाैं । पावरीङ द एसियन सेन्चुरी भन्ने नाराकासाथ मंसिर ५ गतेदेखि उर्जा सम्मेलन २०१९ काठमाडाैंमा आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) ले आयोजना गर्न लागिएको सम्मेलनमा छिमेकी राष्ट्र भारत र बंगलादेशका प्रतिनिधीहरुको विशेष प्रतिनिधित्व हुने गरी आयोजना हुने इप्पानले जनाएको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले भारत, बंगलादेश र चीनबाट ठुलो संख्यामा सहभागिता रहने जनाएको छ । ति राष्ट्रहरुसँगै भुटान, नर्वे, दक्षिण कोरिया, क्यानडा, नेदरल्याण्ड, बेलायत, सयुक्तराज्य अमेरिका र जापानबाट समेत उत्साहजनक सहभागिता रहने जनाएकाे छ । स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाँईले सम्मेलनमा बिज्नेस टु बिज्नेस मिटिङलाई प्रोत्साहन दिइ लगानी तथा ब्यापारमा टेवा पु¥याउने बताए । उनले सम्मेलनमा आधा दर्जन भन्दा बढि बिद्युत व्यापार, वातावरणीय उत्तम अभ्यासहरु तथा समावेशी उर्जा क्षेत्र सम्बन्धी सम्झौताहरु हुने बताए । यस्तै इप्पानका उपाध्यक्ष कुमार पाण्डेले हाल नेपालको उर्जा क्षेत्र देशको आवश्यकताभन्दा बढि उर्जा उत्पादन गर्ने अवस्थामा भएकोले उर्जा निर्यातका लागि पनि सम्मेलन मार्फत धेरै बाटाहरु खोलिन सक्ने बताए । ‘सम्मेलनले त्रिदेशीय उर्जा सम्झौता गर्न धेरै सहयोग गर्छ’ उनले भने भारतीय लगानीकर्ता पनि नेपालमा काम गर्न इच्छुक छन्, यसले बंगलादेश र भारतसँगको ब्यापार सम्झौतालाई अझ प्रभावकारी रुपमा अगाडी बढ्न सहयोग पुग्छ ।’ सम्मेलन नेपाल सरकारको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको अभिभावकत्वमा आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन,अर्थमन्त्री युवराज खतिवडा र विद्युतसँग सम्बन्धित संघ संस्थाका प्रमुखहरुको समेत सहभागिता रहने छ । यस्तै विदेशी अतिथीहरुमा भारतका जलस्रोत मन्त्री गजेन्द्रसिहं शेखावत, बंगलादेशका उर्जा तथा खनिज संसाधन राज्यमन्त्री नास्रुल हमिद रहेका छन् । सम्मेलनमा करिब सात सयभन्दा बढिको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मलेन मंसिर ५ र ६ गते आयोजना हुनेछ ।
वीरगञ्जमा कात्तिक २१–२३ गतेसम्म नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ हुने
काठमाडौं । नेपाल चलचित्र सघंले अब फिल्म सुटिङ हुने स्थानका कलाकारहरुलाई पनि फिल्ममा खेलाउने भएको घोषणा गरेको छ । नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ को जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलमा नेपाल चलचित्र सघंका अध्यक्ष आकाश अधिकारीले यस्तो कुरा बताएका हुन् । उनले भने-‘अब फिलिम सुटिङ हुने ठाँउका स्थाननीय कलाकारले पनि फिल्ममा स्थान पाउने छन ।’ नेपाली फिल्म नचल्नुको कारण स्थानीय कलाकार नसमेटिनु पनि भएकाले अब स्थानीय कलाकारहरु समेटिने बताए । महोत्सव कार्तिक २१, २२ र २३ गते प्रदेश नं. २ को वीरगञ्जमा हुने भएको छ । वीरगञ्जको आदर्शनगर रंगशालामा नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ सञ्चालन हुने भएको हो । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाली बजार पनि विश्वका लागि फिल्म सुटिङको राम्रो गन्तव्य हो भनेर चिनाउन सकिने बताइन् । निर्माता ताथ हास्य कलाकार दीपकराज गिरीले नेपालमा विदेशी फिल्म चलाउँदा नेपालीभन्दा १०० रुपैयाँ मंहगो लिनु पर्ने बताए । उनले भने-‘नेपालीभन्दा सस्तोमा वा बराबरी मूल्यमा विदेशी फिल्म नेपाली हलहरुमा लाग्ने भएकाले पनि नेपाली फिल्मजगत माथि उठ्न कठिन भएको बताए । महोत्सवमा नेपाली र भारतीय निर्माता तथा कलाकारको सहभागिता रहने छ । महोत्सव ६० देखि ७० हजार जनाले अबलोकन गर्ने आयोजकको जानकारी दिएको छ । प्रत्येक वर्ष एक-एक वटा प्रदेशमा फिल्म महोत्सव हुने जनाइएको छ ।
नेपालगञ्जमा महिन्द्रा गाडीको स्पेयर पार्टस् र एक्सोसरिज बिक्री कक्ष बिस्तार
काठमाडौँ । अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्सको आधिकारिक विक्रेता गनापुर अटो वर्क्स सर्भिस सेन्टरले नेपालगञ्जको गनापुरमा महिन्द्रा गाडीहरुको स्पेयर पार्टसहरु तथा लुब्रिकेन्ट बिक्री गर्ने आधिकारिक बिक्री कक्षको बिस्तार गरेको छ । स्पेयर पार्टस्, एक्सोसरिज एवम् लुब्रिकेन्टहरु बिक्री गरिने बिक्री केन्द्रको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र गनापुर अटो वर्क्स सर्भिस सेन्टरका प्रबन्ध निर्देशक पर्थ भुसालले गरेका हुन् । गनापुर अटो वर्क्स सर्भिस सेन्टरको बिक्री कक्षबाट जेन्युन पार्टस् सहज रुपमा उपलब्ध हुनेछ । साथै आगामी दिनहरुमा कम्पनी एवम् ग्राहकबीचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास लिइएको छ ।
सनफ्लो सनफ्लावर तेल खरिदमा हिराको हार उपहार
काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि लागू हुनेछ । यो अफरको नारा ‘सनफ्लो मा पकाऔं मिठो परिकार, साथमा पाऔं हिराको हार उपहार’ रहेको छ । यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरेर ३१००८ मा एसएमएस गर्नु पर्ने कम्पनीले जनाएको छ । हरेक १५ दिनमा लक्की ड्र अन्तरगत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली बिजेताले बम्पर लक्की ड्र अन्तरगत ३ महिना पश्चात अर्थात योजनाको अन्त्यमा हिराको नेकलेस सेट जित्न सक्नेछन् । त्यस्तै हिराको नेकलेस विजेताले सनफ्लो सनफ्लावर तेल खरिद गरेको पसलले ३२ इन्चको टिभी प्राप्त गर्नेछन् । विजेताहरुको नाम राष्ट्रिय पत्रिकामा सार्वजनिक गरिनेछ । यो योजना शुरु भएको ३ महिनासम्म मात्र लागू हुनेछ ।
अमेरिकाबाट फर्किए अर्थमन्त्री, यी विषयमा गरे छलफल
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको बोर्डस अफ गभर्नरहरूको वार्षिक बैठकमा सहभागी भई बुधबार स्वदेश फर्किएका छन् । बैठकमा विश्व व्यापार तथा लगानीमा देखिएको घट्दो क्रम, खास गरी व्यापारमा संरक्षणवाद तथा भू–राजनीतिक तनावहरू, ब्रेक्जिट, कमजोर बजार संवेदनशिलताहरू र जलवायु परिवर्तन जस्ता कारणहरूबाट विश्वमा देखिएको चिन्ता एवम् अनिश्चितताको विषयमा छलफल भएको थियो । विश्व वैंक–मुद्रा कोष बैठकको अवसरमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको १४ औं अनौपचारिक बैठकको अध्यक्षता गर्दै अर्थमन्त्री डा. खतिवडाले सार्कको भावी आर्थिक एकीकरणको कार्यदिशा व्यापार सहजीकरण नै भएको स्पष्ट पार्दै यस क्षेत्रको निरन्तर आर्थिक बृद्धिका लागि व्यापार सहजीकरण जरूरी रहेको र यसका लागि अन्तरदेशीय सडक, रेललगायत हवाई सञ्जालको पर्याप्त विकास हुनु पर्नेमा जोड दिएका थिए । अर्थमन्त्री डा. खतिवडाले विश्व बैंक र मुद्रा कोषको सदस्य रहेको दक्षिण–पूर्वी एसियाली मुलुकहरुको संयूक्त बैठकमा भाग लिनु भई त्यस क्षेत्रको आर्थिक क्षेत्रमा देखिएको शिथिलता, बढ्दो ऋण र त्यसको पारदर्शिता तथा डिजिटल अर्थतन्त्रले ल्याउन सक्ने नियामक चुनौती जस्ता विषयको छलफलमा भाग लिएका थिए । यस क्षेत्रमा भौतिक पूर्वाधारको पर्याप्त विकास नहुनु पनि व्यापार सहजीकरणको लागि बाधक रहेको बताउँदै अर्थमन्त्री खतिवडाले विश्व बैंक एडिबी जस्ता अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोगबाट अन्तरदेशीय सडक सञ्जालको विकासका लागि पूर्वाधारहरुको विकास गर्न मद्दत पुग्ने बताएका थिए । दक्षिण एसिया क्षेत्रमा सडकको अतिरिक्त हवाई सेवाको सञ्जाल विकास गरी अन्तर आवद्धता बढाउनु जरुरी रहेको बताउँदै उनले यसबाट पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने, जसले आर्थिक वृद्धिमा परिपुरक भूमिका खेल्ने बताउनु भएको थियो । साथै यस क्षेत्रको व्यापार सहजीकरणका लागि भुक्तानी सहजीकरण पनि अत्यावश्यक रहेको उहाँले धारणा राखेका थिए । नेपालमा वित्तीय संघीयताको कार्यान्वयनको अनुभव आदान–प्रदान गर्ने सम्बन्धी एक बैठकको सहअध्यक्ष्यता गर्दै उहाँले नेपालमा वित्तीय संघीयताको कार्यान्वयनको अवस्थाबारे चर्चा गर्दै छोटो समयमा नै आर्थिक बृद्धि, रोजगारी सृजना, समावेशी विकास र आयको वितरण जस्ता पक्षमा संघीयता कार्यान्वयनले सकारात्मक सहयोग पुगेको धारणा राख्नु राखेका थिए । सो बैठकको सहअध्यक्ष्यता गर्नु भएका विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफरले अर्थमन्त्रीको सो धारणाप्रति समर्थन जनाउँदै नेपालले छोटो सयममा वित्तीय संघियता कार्यान्वयन गर्न सफल भएकोमा प्रसंशा गरेका थिए । बैठकमा नेपालमा वित्तीय संघीयताको कार्यान्वयन खास गरी अन्तर सरकारी वित्त हस्तान्तरण तथा राजश्व बाँडफाँडलगायतको विषयमा नेपाल सरकारका सचिव डा. बैकुण्ठ अर्यालले प्रस्तुतीकरण गरेका थिए । बिश्व बैंकका उपाध्यक्ष, दक्षिण एसियाका अन्य मन्त्री समेत सहभागी सडक सुरक्षा सम्बन्धी कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागी हुँदै अर्थमन्त्री खतिवडाले सडक सुरक्षाका लागि सडक निर्माणभन्दा अगाडि अपनाउनु पर्ने डिजाइनिङ्ग तथा इन्जिनियरिङ्ग पक्ष, त्यहाँको भौगोलिक अवस्था, सवारी साधनको भारवहन क्षमता तथा त्यसको परिक्षण, सडक सुरक्षाको विषयमा सुचना प्रवाहको स्थिति एवम् सवारी साधन उपयोगकर्ताको ज्ञानको कमी, यातायात क्षेत्रको नियमन तथा त्यसको कार्यान्वयन र दुर्घटना पश्चातको उपचार गर्ने क्षमता जस्ता विषयमा ध्यान पुर्याउनु पर्ने बताएका थिए । अन्तर्राष्ट्रिय मुद्राकोष एसिया प्रशान्त विभागले आयोजना गरेको एशियन ग्रोथ आउटलुक बैठकको छलफलमा भाग लिंदै उनले विश्वव्यापी बृद्धिमा अनिश्चितताका बावजुद पनि दक्षिण एसिया तीव्र गतिमा बृद्धि गर्ने क्षेत्रमा स्थापित भएको बताउंदै दक्षिण एसियाली मुलुकहरुले जनसांख्यिक लाभ लिन स्वस्थ जनशक्तिको विकास, थप रोजगारीको सिर्जना र श्रमको उत्पादकत्व बढाउन आवश्यक भएको उल्लेख गरेका थिए । वासिङटन भ्रमणको अवधिमा मिलिनियम च्यालेन्ज कर्पोरेशनका उच्च अधिकारी र अर्थमन्त्रीबीच द्धिपक्षीय बैठक गरी यसको हालसम्मको प्रगतिको अवस्था तथा यसको कार्यान्वयन पक्षको समीक्षा गरिएको थियो । त्यस अवसरमा ऋण पोर्टफोलीयो कार्यान्वयनको गुणस्तर बढाउन आयोजना कार्यान्वयनमा थप जोड दिनु पर्ने, उर्जा, यातायात, रोजगारी, कृषि उद्यम, पर्यटन, सहरी पुर्वाधार विकास र सघीयता कार्यान्वयनका क्षेत्रमा थप सहायता परिचालन गर्न बैंक सकारात्मक भएको बताइएको थियो । त्यस्तै गरी, क्षेत्रगत नीति सुधारमा आधारित वजेट सहायता परिचालन बढाउन पर्यटन, उर्जा, वित्तीय क्षेत्र सुधार र संघीयतामा आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी बनाउने गरी थप तीन क्षेत्रमा बजेटरी सहायता परिचालन गर्न बैंक समूहले काम सुरु गर्ने समझदारी भएको थियो । भ्रमणकै अवधिमा अर्थमन्त्रीसंग अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष समेतका उच्च पदाधिकारीहरुको बैठक भएको थियो । सो बैठकमा नेपालमा पर्यटन, सहरी पुर्वाधार विकास, माथिल्लो त्रिशुली १, माथिल्लो अरुण, कावेलीलगायतका परियोजनाहरुमा लगानीको संभावनाबारे चर्चा गर्दै केही स्टार्ट अप बिजनेशमा ईक्वीटीमा सहभागिता, वित्तीय संस्थाहरुमा ऋण प्रवाह गर्ने विषय तथा स्थानिय मुद्रामा वण्ड जारी गर्ने विषयमा छलफल भएको थियो । अन्तर्राष्ट्रिय वित्त निगमलाई नेपालमा निजी क्षेत्र मार्फत जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, सहरी पुर्वाधारलगायतका क्षेत्रमा समेत लगानी गर्न आग्रह गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । वासिङटन भ्रमणका अवसरमा नै अर्थमन्त्रीसंग भेट गरी विश्व बैंककै ट्रेजरी विभाग हेर्ने उपाध्यक्षले नेपालमा टे«जरीबाट ऋण लगानी गर्न सक्ने बारे चर्चा गर्नुभएको थियो । बैंकका ट्रेजरी हेर्ने उपाध्यक्ष र अन्य पदाधिकारीहरुसंगको सो बैठकमा नेपालको पूँजी बजार सानो भएकाले यसको दायरा फराकिलो बनाउन आवश्यक भएको विषयमा छलफल भएको थियो । अर्थमन्त्री खतिवडाले बचत र लगानीबीचको ठुलो अन्तर घटाउन विदेशी पूँजी परिचालन आवश्यक भएकोले सार्वजनिक, निजि साझेदारीको लगानीका क्षेत्रहरु तथा विश्व बंैकले ट्रेजरी मार्फत लगानी गर्न सक्ने सम्भावनाका विषयमा छलफल भएको थियो । त्यस्तै, एसियाली विकास बैंकका नेपाल हेर्ने तथा निजी क्षेत्र हेर्ने दुई उपाध्यक्षहरु समेतका उच्च पदाधिकारीहरुसंगको भेटमा उनले नेपालको समग्र विकास प्रयासमा बैंकले गरेको सहयोगको समिक्षा गर्दै मेलम्ची खानेपानी, दुधकोशी जलबिद्युत आयोजनाको विकास, पुर्व पश्चिम राजमार्गको स्तरोन्नति तथा अन्य सडक आयोजनाहरुको निर्माणलगायत आगामी वर्षहरुमा बैंकसंगको साझेदारी विस्तारका संभावना र नेपाल सरकारको विकास प्राथमिकताको बारेमा छलफल गरेका थिए ।
प्राइम कमर्सियल बैंकको नयाँ शाखा काठमाडौंको कीर्तिपुरमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले कीर्तिपुर नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले गरेका हुन् । कार्यक्रममा स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थिति थियो । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ९६ पुगेको छ । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै जाने योजना बनाएको छ ।