विकासन्युज

चितवन पर्सामा सुजुकिको पुनर्ताजगी कार्यक्रम

काठमाडौँ  । सुजुकि मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाईल्स प्रालि र पुर्वी चितवनको लागि अनधिकारिक बिक्रेता मोडर्न बाईक सेन्टर पर्साको संयुक्त आयोजनामा सुजुकि जिक्सरका ग्राहक लाई लक्षित गरेर पुनर्ताजगि कार्यक्रम तथा चियापान कार्यक्रम आयोजना गरिएको छ । आफ्ना पुराना उपभोक्तलाई लक्षित गरेर राखिएको कार्यक्रममा सर्बप्रथम चियापान र त्यसपश्चात मनोरन्जन गराउने लक्ष्य राखेर बिहानी शो अन्तर्गतको चलचित्र समेत देखाईएको थियो । तत्कालै संचालनमा आएको पर्सा सिने प्लेक्समा उपभोक्तहरुले चलचित्र हेरेर मनोरन्जन लिएका थिए । त्यो भन्दा पहिला बिहानी समय मा जिक्सर २५० लाई टेस्ट ड्राइभ तथा फोटो सेसन कार्यक्रम समेत गराईएको थियो । सुजुकिको हाल मात्रै नेपाली बजारमा भित्रिएको जिक्सर २५० सिसिको बिलकुलै पृथक मोटरसाईकललाई प्रत्यक्ष देखाउने अभिप्रायले चलचित्र हलसंगको सहकार्यमा साताब्यापी कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ । साथै यस अबधिमा खरिद गर्ने तथा साटफेर गर्ने ग्राहकलाई दश हजार नगद छुटको ब्यबस्था साथै चलचित्र हेर्न चाहानेहरुका लागि थप कपल टिकटको ब्यस्था गरिएको मोडर्न बाईक सेन्टरका संचालक अजय तिवारीले जानकारि दिए । केही दिनमा नै नेपालकै सर्बोत्कृट सुजुकि सर्भिस सेन्टर को औपचारिक शुभारम्भ पर्सा बजा बाट गरिने संचालक तिवारीले जानकारि दिए । भिजि सुजुकि नेपाल ले जिक्सर २५० लाई लक्षित गरेर काठमाडौँ तथा पोखरामा स्टन्ट सो र पर्सामा तेस्रो कार्यक्रमको रुपमा पुनर्ताजगी कार्यक्रम तथा जिक्सर अवारनेस कार्यक्रम संचालनमा ल्याएको हो । यस्तै प्रकृतिका अन्य कार्यक्रमहरु नेपालका मुख्य शहरहरुमा गराउँदै लैजाने योजना रहेको भिजि सुजुकि नेपालका बिक्री प्रबन्धक धनिराम भुसालले जानकारी दिए ।

मेगा बैंकले पायो बैंक अफ दी एयर २०१९ अवार्ड, नयाँ पुस्तामा अब्बल बन्दै 

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बैंक अफ दी एयर २०१९ अवार्ड पाएको छ । शनिवार लण्डनमा आयोजित कार्यक्रममा दी बैंकर्स म्यागजिनले उक्त अवार्ड मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई प्रदान गरेको बैंकले जनाएको छ । ९ वर्षअघि स्थापना भएको यो बैंक नया पुस्ताको राम्रो बैंकमा गनिन्छ । १० अर्ब ३८ करोड चुक्ता पुँजी भएको यो बैंकको वासलात १०२ अर्ब रूपैयाँ बराबरको भएकाे छ । सर्बसाधारणले यस बैंकमा करिव ७९ अर्ब रुपैयाँ निक्षेप राखेका छन् । बैंकले सेयरधनीहरुलाई ११.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियाे । हाल १०२ वटा शाखा सञ्जाल रहेको मेगा बैंकको १९ वटा एक्टेन्शन काउन्टर, २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् । ६ लाख भन्दा बढी ग्राहकलाई बैकिङ सेवा दिदै आएकाे बैंकले जनाएकाे छ ।

ओकिनावाको इलेक्ट्रिक स्कुटर ‘लाइट’ सार्वजनिक, फुल चार्जमा ६० किलोमिटर सम्मको रेञ्ज दिने

काठमाडौं । इन्डियन इलेक्ट्रिक टू–ह्विलर उत्पादक कम्पनी ओकिनावाले आफ्नो विल्कुलै नयाँ स्कुटर ‘लाइट’ लाई भारतिय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यस इलेक्ट्रिक स्कुटरको मूल्य भारतिय बजारमा ५९ हजार नौ सय ९० रुपैयाँ तोकेको छ । यस स्कुटरमा २५० वाटको वाटरप्रुफ बीएलडीसी मोटर दिइएको छ जसले स्कुटरलाई २५ केएमपीएचको गति प्रदान गरेको छ । त्यसैगरी ओकिनावा लाइटमा १.२५ किलोवाटको लिथियम–आयन ब्याट्री समावेस गरिएको छ जसले फुल चार्जमा ५० देखि ६० किलोमिटरसम्मको रेञ्ज दिन्छ भनी कम्पनीले क्लेम गरेको छ । यस डिटेचएवल ब्याट्रीलाई फुल चार्ज हुन कम्तीमा पनि ४ देखि ५ घण्टाको समय लाग्दछ । खुशीको कुरा के हो भने ओकिनावाले यस स्कुटरको खरिदमा ब्याट्री र मोटरमा ३ वर्षको वारेन्टी समेत प्रदान गर्ने भएको छ । अगाडि तर्फ टेलिस्कपिक फर्क र पछाडि तर्फ हाइड्रोलिक शक एब्जर्बर्सले यस स्कुटरमा सस्पेन्सनको काम गर्दछन् । ब्रेकको कुरा गर्नुपर्दा अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा भने ड्रम ब्रेक जडान गरिएको छ । सम्पूर्ण लाइटहरु एलईडी रहेको यस स्कुटरमा फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, स्टार्ट/स्टप बटनजस्ता अन्य धेरै फिचरहरु समावेस गरिएको छ । त्यसैगरी यो स्कुटर ह्वाइट र ब्लु गरी दुई कलर अप्सनहरुमा उपलब्ध रहेको छ ।आउँदो फेब्रुअरीबाट भारतमा आयोजना हुने अटो एक्स्पोमा ओकिनावाले आफ्नो नयाँ इलेक्ट्रिक मोटरसाइकललाई पनि सार्वजनिक गर्ने योजना बनाएको छ ।

दराजकाे एकदिने सेल कार्तिक २५ गते, यस्ता छन् ११.११ फाइदा

काठमाडौं । नेपालको अन्लाईन शपिङ साइट दराजले ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल)यहि कार्तिक २५ गते, नोभेम्बर ११ को मध्यरातमाआयोजना भएकाे छ । एक दिनको सेलमा दराजले भाउचरहरु, फ्लेश सेल, तीन हजार भन्दा बढि विक्रेता सँग मिली ३ लाख भन्दा बढिसामानहरुमा आकर्षक छूट्हरु लगायत अन्य धेरै अफरहरु लिएर आउनेछ । साथै उपभोक्ताहरुले दराजको ६ बैंकिङ्ग पार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०% अथवा मेगा सेलमा तीन हजार पाँच सय रुपैयाँसम्मको छूट पाउनेछन् । यसपाली उपभोक्ताहरुले टप ब्रान्डहरुमा राम्रा मेगा डिलहरुको अपेक्षा गर्न सक्नेछन् । जस्तो कि रेड्मी नोट७ प्रो, हुवाइ पी ३०, र वान प्लस ७ मा ठूलो छूट हुनेछन् भने आइ फोन ११ प्रीअर्डर, र वान प्लस ७ टी प्रो को पनि लन्च हुनेछ । साथै सामसंग, मिडीआ, विडीयोकोन, होम्ग्लोरी जस्ता ठूला ब्रान्डहरुले फ्रिज, एसी, टीभी,वाशीङ मशीन, रुम ग्यास हिटर, आदीसामानहरुमा ठुलो छुट दिनेछन् । यसको साथ साथै डेल, ब्ल्याक एंड डेकर, फिलिप्स, यासुदा, वलपूल, फ्यान्टेक, मन्त्र, कमिलिआन्त, आडिडास, सोनाम गियर्स, एजीवि, प्रख्या, टाइटन्, भ्यान्स, रंगोली, नाइकी, गोल्ड्स्टार, हिमालय, ज्युवास, र व्यंजन जस्ता ब्रान्डहरुले पनि छूट दिनेछन्। ब्रान्ड पिच्छे छूट फरक फरक छन् तर उपभोक्ताहरुले ३०% देखि लिएर ८०% सम्मको छूटको अपेक्षा गर्न सक्नेछन । जस्तो कि टाइटनका उत्पादनहरुमा २५% को छूट;मन्त्रनाइकी,गोल्ड्स्टार, र ज्युवासका उत्पादनहरुमा३५% को छूट;भ्यान्सका उत्पादनहरुमा ५०% सम्मको छूट;आडिडास र सोनाम गियर्सका उत्पादनहरुमा ७० % सम्मको छूट;र अन्य अरु धेरै । यो सेल २४ घण्टा को लागि मात्र हुने हुँदा उपभोक्ताहरुले यस को पूरा लाभ उठाउन दराज एप पहिलेनै डाउनलोड गर्नुपर्छ र नोटिफिकेसन अन राख्नुपर्छ । साथै दराज नेपाल भरि का उपभोक्ता र बिक्रेतालाई मिलाउने अनलाइन बजार भएकोले यस बजार मा थुप्रै बिक्रेता हुने गर्दछन जसले गर्दा एउटै समान फरक फरक मूल्यमा पाउन सीकन्छ । उपभोक्ताहरुले बिक्रेता ले दिएको मूल्य, बिक्रेता को रेटिङ्ग, र अरु उपभोक्ताहरुले दिएको प्रतिक्रिया हेरि मात्र आफूलाई मनपर्ने सामान किन्नुपर्दछ । साथै उपभोक्ताहरुले ११.११ भन्दा पहिले नै विभिन्न बिक्रेताको पसल फलो गरेहुन्छ, भाउचर बटुले हुन्छ र आफूलाई मनपरेको सामान आफ्नो कार्टमा हाले हुन्छ । यसको माथि दराजमा डेबिट र क्रेडिट कार्ड बाट किन्दाछूट पाउने भएकोले कार्डको उपयोग गर्दा झन् फाइदा हुन्छ । यस सालको ११.११मेगा उपहारमा यामाहा रे जेड आर स्ट्रीट र्याली स्कुटर रहेको छ । उक्त स्कुटर जित्ने मौका पाउन केवल दराज को ११.११ मा शपिंग गरे पुग्छ । लकी ड्र द्वारा एक बिजेता घोषित हुनेछ ।

चार दिने नेपाल भ्रमणमा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आउँदै

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्ने छन् । राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनको प्रतिनिधिमण्डलको सम्मानमा राजकीय भोज आयोजना गर्ने छन् । बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । नेपालका राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट रहेको छ । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले पोखराका साथै काठमाडौँ उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका स्थलको भ्रमण गर्ने भएका छन्। रासस

जंगलमा पाइने कटुसको माग बजारमा

काठमाडौं । भोजपुरका स्थानीयवासीले कटुसको व्यापार गरेर राम्रो आम्दानी गरिरहेका छन् । जङ्गल तथा पाखोबारीमा फलेको रातो पात्लेको कटुस बेच्नेको हाटबजारमा बाक्लो उपस्थिति देखिन्छ । स्थानीयवासीले पनि यसलाई अर्गानिक फलको रुपमा किनेर खाने गरेका छन् । यो मौसममा भोजपुरका स्थानीय बजारमा कटुसको व्यापार निकै फस्टाएको छ । लेकाली भेगमा पाइने रातोपात्ले तथा सेतो पात्लेमा फलेको कटुस बिक्रीका लागि स्थानीयवासी हाटबजारसम्म धाउने गरेका छन् । खानको लागि निकै स्वादिष्ट मानिने कटुस मानिसको रोजाइँमा पर्ने गरेको छ । कटुसको बिक्रीबाट यो मौसममा निकै राम्रो आम्दानी हुने गरेको बिक्रेताको भनाइ छ । कटुस बिक्रेता दानमाया तामाङले भने, ‘‘कटुस बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छौं, एक बोरा बिक्री गर्दा रु पाँच हजारसम्म हुन्छ ।’’ एक मौसममा टिपेको कटुस बिक्रीबाट स्थानीयवासीको जीवनस्तरमा परिवर्तन आउन थालेको तामाङले बताए । भोजपुरमा फलेको कटुस विभिन्न जिल्लासँगै कोसेलीको रुपमा विदेशसम्म जाने गरेको व्यापारीको भनाइ छ । जङ्गलमा टिप्न जाँदा एक जनाले एक दिनमा पाँचदेखि दश केजीसम्म टिप्ने गरेको उनीहरुले बताउने गरेका छन् । शुरुको समयमा प्रतिकेजी दुई सय ५० देखि तीन सय रुपैयाँमा बिक्री गरेको भए पनि अहिले उत्पादन बढ्न थालेपछि मूल्य केही घटेको बिक्रेता बताउँछन् । कटुस बिक्रेता विर्खराज तामाङले भने, ‘‘निकै स्वादिष्ट हुने भएकाले यसको माग बजारमा बढी छ, यो तराईका जिल्लासँगै विदेशसम्म कोसेलीको रुपमा जाने गरेको छ ।’’ विषेश गरेर असोजको अन्तिमबाट खान मिल्ने कटुस माथिल्लो भेगमा बस्ने स्थानीयवासीको निकै राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । कटुस भुटेर तथा काच्चै पनि खान मिल्ने एक प्रकारको फल हो । रासस

मकवानपुरगढी गाँउपालिका व्यवसायीक कृषि उत्पादन तिर अग्रसर

काठमाडौं । प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको व्यावसायिक र आधुनिक कृषिमा प्राथमिकता दिने नीतिका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कृषि उत्पादनमा वृद्धि हुँदै गएको छ । विगतमा चारदेखि पाँच हजार लिटरसम्म उत्पादन हुने दूधको उत्पादन बढेर हाल १० हजार लिटर पुगेको जनाइएको छ । त्यस्तै केरा तथा तरकारीको उत्पादनमा समेत वृद्धि भएको गाउँपालिका कार्यालयले जनाएको छ । कृषिमार्फत समृद्धि हुने ठानेर पालिकाले कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए । “हामी जसरी भए पनि किसानलाई प्रोत्साहन गरेर कृषि उत्पादन वृद्धि गराउने तथा स्वरोजगारको सिर्जना गर्ने अभियानमा छौ”, उनले भने । पालिकाले प्रदेश सरकारको सहयोगमा माटो तथा गोबर परीक्षण केन्द्र सञ्चालनको तयारी गरेको तथा पशु आहाराका लागि दाना उद्योग सञ्चानको तयारी गरिहेको उनको भनाइ छ । व्यावसायिक दूध उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको मकवानपुरगढी गाउँपालिकामा सहकारीमार्फत मात्रै दैनिक दश हजार लिटर दूध सङ्कलन हुने जनाइएको छ जुन यहाँको कूल उत्पादनको आधा भन्दा पनि कम रहेको दुग्ध सङ्कलक बताउछन् । सहकारीमार्फत सङ्कलन हुने दूधमार्फत मात्रै यस गाउँपालिकामा मासिक १ करोड ५५ लाख भित्रिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियारले जानकारी दिए । गाउँपालिकामा हाल ३० वटा ठूला गाईपालन केन्द्र सञ्चालनमा रहेको जनाइएको छ । थोरै गाई तथा भैँसीपालन गर्ने किसानहरु धेरै रहेको तर उनीहरुको अभिलेख नभएको बुझिएको छ । मकवानपुरगढी गाउँपालिकाको दोस्रो ठूलो उत्पादन यहाँको मालभोग प्रजातिको केरा रहेको छ । त्यस्तै आधुनिक खेती प्रणालीमार्फत मकवानपुर गढीमा दैनिक लाखौंको तरकारी, केराजस्ता उत्पादन बाहिरिने स्थानीय अगुवा किसान बताउँछन् । राज्मा, बोडी, मास, सिमी, भटमासजस्ता मौसमी गेडागुडी तथा विभिन्न प्रकारका मौसमी एवं बेमौसमी तरकारी यहाँ प्रशस्त उत्पादन हुने अधिकृत परियारले बताए । रासस

‘विज्ञको सल्लाहमा नै प्रदेशमा योजना कार्यन्वयन गर्ने’ – मुख्यमन्त्री पौडेल

काठमाडौं । प्रदेश नं. ३ ले प्रदेशको विकास लागि पहिलो आवधिक योजनामा समेटिएका विषयमाथि छलफल गरेको छ । प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको अन्तक्र्रियामा प्रदेश नं ३ ले योजनामा समेटिएका विषयलाई कसरी लागू गर्ने विषयमा छलफल गरेको हो । कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विज्ञको सल्लाहमा नै प्रदेशमा योजना कार्यन्वयन गर्ने बताए । “हामीले प्रदेशको विकासका लागि पाँच वर्षे आवधिक योजना सार्वजनिक गरेका छौँ,” उनले भने, “ती योजनामा समेटिएका विषयवस्तुलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर विज्ञको सुझावको आधारमा योजना कार्यन्वयन गर्दछौ ।” पूर्वाधार, कृषि, विशिष्टीकृत सेवा, उद्योग, सम्पदामैत्री पर्यटन पाँच विकासका चालकलाई समेटेर आवधिक योजना ल्याएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले सातवटै प्रदेशले एकै किसिमको योजना नबनाएर फरकफरक बनाएको भन्दै एकरुपता हुनुपर्ने बताउनुभयो । “हामीले नबनाएका योजना पनि कतिपय प्रदेशले बनाएका पाइयो”, उनले भने, “हामी र प्रदेश योजनाबीच समन्वय गरेर प्रदेशले योजना बनाउनुपर्दछ ।” सरकारको १५औँं योजनाबाट मुलुकलाई ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई प्रदेश सरकारले सहयोग गर्ने गरी योजना बनाउने जानकारी दिए । कार्यक्रममा पूर्वाधारका विषयमा पूर्व सचिव किशोर थापा र ईश्वर जोशी, शिक्षामा प्रा डा मनप्रसाद वाग्ले र डा केदारभक्त माथेमा, कृषिमा डा रामप्रसाद अधिकारी, सूर्य राई र मीनबहादुर बस्नेत, पर्यटनमा दिपेन्द्रपुरुष ढकालले सुझाव दिएका थिए । रासस