सेलपे सेवाले शुरु गर्यो दोस्रो चरणका स्टल एक्टिभेसन
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन शुरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम नक्साल भाटभटेनिमा कात्तिक २९ र ३० गते, महाराजगञ्ज भाटभटेनिमा मंसिर ६ र ७ गते र पाटन भाटभटेनिमा मंसिर १३र १४ गते १० देखि ५ बजे सम्म कम्पनीले जनाएको छ । एक्टिभेसनको मूल उदेश्य ग्राहकहरुसंग अन्तरक्रिया बढाउन र सेलपे एप्प, यसको प्रयोग र फाइदाहरुको बिस्तारमा जानकारी उपलव्ध गराउने रहेका छ । एक्टिभेसनको समयमा सेलपेले स्पोटकेवाईसी प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात रु.१०० को फ्रि टपअप आफ्नो ग्राहकहरुलाई प्रदान गर्ने जनाएको छ । सेलपे द्धारा विभिन्न दूरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर आदि वास्तविक समयमा गर्न सकिन्छ ।
आरएमडीसीले वरिष्ठ कर्मचारीलाई दियो कर्जा बिश्लेषण तालिम
काठमाडौँ । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा कर्जा बिश्लेषण सम्बन्धी २ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ । उक्त तालिम कात्तिक २७ देखि २८ गतेसम्म संचालन भएको थियो । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्र रहेका २१ वटा लघुबित्त कारोबार गर्ने लघुबित्त संस्था रसहकारी संस्थाहरुका ३४ जना फिल्ड हेर्ने बरिष्ठ कर्मचारीहरुकोे सहभागिता रहेको थियो । उक्त तालिम कार्यक्रमको संचालन शाखा काकर्मचारी दिनेश सिरुवालले गरेका थिए भने कार्यक्रममा सहभागीहरुको स्वागत शाखाका कर्मचारी कृष्णप्रसाद अधिकारीले गरेका थिए । उक्त तालिममा जीवन बिकास लघुबित्त बित्तीय संस्था लि.का जनशक्ती बिभाग प्रमुख सुदीपकुमार मण्डल र नेरुडे लघुबित्त बित्तीय संस्था लि.का बित्त बिभाग प्रमुख दिनेश कटुवालले प्रशिक्षकको रुपमा भूमिका निर्वाह गरेका थिए । प्रशिक्षकहरुले ऋण लगानीका सिद्धान्तहरु, प्रकृया तथा ऋण बिश्लेषणका ५ अवधारणा, धितो ऋण बिश्लेषण तथा ब्यवस्थापन, भाका नाघेको असर तथा त्यसको ब्यवस्थापनका बारेमा प्रशिक्षण दिएका थिए ।
एनसीसीमा रक्तदान गर्नेको भीड, ५ घण्टामै १२१ जनाले गरे रक्तदान
काठमाडौं । युथ रेडक्रस सर्कल नेपाल कमर्श क्याम्पस(वाईआरसी एनसीसी)ले आयोजना गरेको रक्तदान कार्यक्रममा १२१ जनाले रक्तदान गरेका छन् । रगतको अभावलाई न्युनिकरण गर्न सहयोग मिल्ने विश्वासका साथ आयोजना गरिएको उक्त कार्यक्रममा ५ घण्टामै १०० भन्दा बढीले रक्तदान गरेका हुन् । वाईआरसी एनसीसीले बुधबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म एनसीसीको प्राङ्गणमा उक्त कार्यक्रमकाे आयोजना गरेको थियो । विगतका दिनमा पनि यस्ता कार्यक्रम गर्दै आएको र यसलाई निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम सम्पूर्ण स्वयंसेवकहरुको सहकार्यमा सफलताका साथ सम्पन्न भएको वाईआरसी एनसीसीका का.अध्यक्ष कुशल बस्नेतले जनाएका छन् । तर समयको अभावले गर्दा रक्तदान गर्न इच्छुक ५० जना रक्तदाताहरुलाई यसै फर्काउन बाध्य भएको बस्नेतले बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार निर्देशक डा. मनिता राजनाकार, नेपाल रेडक्रस सोसाइटी कोटेश्वर मिनभवन उपशाखाकी सभापति चन्द्रकला कार्की, नेपाल कमर्श क्याम्पस(एनसीसी)का प्रमुख प्राध्यापक डा.जीवन कुमार भट्टराई एवं सहायक क्याम्पस प्रमुख तथा विभिन्न सङ्कायका प्राध्यापकहरुको उपस्थिति थियो । त्यस्तै, क्याम्पसका विभिन्न विद्यार्थी सङ्गठन र विभिन्न संकायमा अध्ययनरत दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै वाईआरसी-एनसीसीका का.अध्यक्ष बस्नेतले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् । युथ रेडक्रस सर्कल एनसीसीले कात्तिक २७ गते रक्तदान कार्यक्रम गर्दै, किन गर्ने रक्तदान ?
गण्डकी विकास बैंकद्वारा मुस्ताङमा विविध सामाग्री वितरण
काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले मुस्ताङ जिल्लाका विभिन्न विद्यालय एवम् संघ संस्थालाई विविध सामाग्रीहरु वितरण गरेको छ । यस क्रममा लेते स्थित ज्ञानमेदय माविलाई एक थान फोटोकपी मेसिन, घरपझोङ गापा वडा नं. ५ स्थीत जनमुक्ति युवा क्लवलाई विभिन्न खेलकुद सामाग्रीहरु तथा जोमसोम स्थित मुस्ताङ कल्चरल एण्ड एजुकेशन सेन्टरमा आश्रित विपन्न वर्गका विद्यार्थीहरुका लागि विभिन्न स्टेशनरी सामाग्रीहरु वितरण गरेको छ । छुट्टाछुट्टै स्थानमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक किशोर ओझाले सम्वन्धित संघ संस्थाका पदाधिकारीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रमा उल्लेखित संघ संस्थाका पदाधिकारी एवम् स्थानीयको उपस्थिती रहेको थियो ।
सिटिजन लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको छ । सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड कान्तिपुर मिडिया ग्रुप, शिखर इन्स्योरेन्स, प्रतिष्ठित एविएशन उद्योगपतिहरु, सफल बैंकरहरु र विभिन्न उद्योगको प्रतिष्ठित प्रतिनिधिहरुद्वारा प्रबद्र्धित कम्पनी हो । कम्पनीले एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति जनाउन मद्दत पुग्ने अपेक्षा गरेको छ ।
पल्सर डेयर भेन्चर ४ शनिबारदेखि प्रशारण हुने
काठमाडौँ । बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘पल्सर डेयर भेन्चर सिजन ४’ रिफ्रेसड बाई स्प्राईट लिएर आएको छ । पल्सर डेयर शनिबार देखि प्रशारण हुन थालेको हो । पल्सर डेयर भेन्चर नेपालको लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शो हो । पहिलो पटक पल्सर डेयर भेन्चरले अन्तर्राष्ट्रिय सिमाना पार गरेर १२ जना साहसी र निडर राइडरहरुलाई बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य लद्दाखमा लगेको छ । राइडरहरुले आफ्नो बाइकिङ सीप र प्रतिभा प्रदर्शन गर्नुका साथै यात्राभरी असीमित रोमाञ्चक अनुभव बटुलेका छन् । सिमावर्ती बाइकयात्राको अनुभवर मज्जालिनुका साथै विजेताले रु १० लाखनगद र नयाँपल्सर एनएस २०० प्राप्त गर्नेछन् । पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ वटा सिजन पूरा गरिसकेको छ, जुन क्रमशः २०१४, २०१५ र २०१७ मा शुरु भएको थियो ।
एकै दिन सनराइज बैंकको शाखासहित दुई एक्सटेन्सन काउण्टर बिस्तार
काठमाडौं । एकै दिन सनराइज बैंकको एक शाखा र दुई एक्सटेन्सन काउण्टरको शुरुवात गरेको छ । बैंकको १२३ औं शाखा कैलालीको भजनी नगरपालिकामा नगर प्रमुख शेरबहादुर चौधरी र सन्राइज बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । उक्त उद्घाटन कार्यक्रममा भजनी नगरपालिकाका नगरका प्रतिनिधि तथा बैंकका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो । त्यस्तै बैकले भक्तपुर स्थित दधिकोटमा ७औं तथा काठमाडौं स्थित धापासीमा ८औं एक्सटेन्सन काउण्टर विस्तार गरेको छ । देशभरी हालसम्म सनराइज बैंकका एक सय २३ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र एक सय ४४ वटा एटिएम मार्फत आफ्ना करिब ६लाख ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थपशाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र एटिएम संचालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले शिवम् सिमेन्टलाई दियो एक करोड अनुदान
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले शिवम् सिमेन्टलाई एक करोड रुपैयाँ अनुदान दिएको छ । बैंकले जर्मन सरकारको सहयोगमा संचालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रम अन्तर्गत शिवम सिमेन्टलाई प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेकोले स्वीकृत अनुदान कार्यविधि अनुसार उक्त अनुदान दिएको हो । बिहीबार एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शिवम सिमेन्टका महाप्रबन्धक नवलकिशोर चौधरीलाई एक करोड रुपैयाँको अनुदान सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट एस्क्युटिङ एजेन्सी(पीईए)को रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ । यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ । यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम १ करोड रुपैयाँसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्साल, उपकार्यकरी अधिकृतहरु टेकराज जोशी, सरस्वती अधिकारी, देवेश लोहनी, विभागीय प्रमुख विनयरमण पौडेल, शिवम सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारु, केएफडब्लुका नेपाल प्रतिनीधि उर्जा विशेषज्ञ निरज सुवेदी, एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय लगायतको उपस्थिती रहेको थियो ।