सप्तरीको महादेवामा एनआईसी एशिया बैंकको नयाँ शाखा
काठमाडौँ । सप्तरीको महादेवा गाउँपालिका वडा नं ६ मा एनआईसी एशिया बैंक लि.को शाखा खुलेको छ । महादेवा शाखाको गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवले एक समारोहबीच शाखा उद्घाटन गरे । उक्त शाखाको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गरे । मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकले बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब १४ लाख ५० ग्राहक रहेको बैंकले जनाएको छ ।
संसारभरमा के कारण बढी हुन्छ मानव मृत्यु ?
काठमाडौं। सन् १९९५ मा मानिसको औसत आयु ४६ बर्ष मात्रै हुने गर्थ्यो भने २०१५ मा आईपुग्दा औसत आयु ७१ बर्ष भन्दा माथि पुगेको छ। रोग, माहमारी र अप्रत्याशित घटनाहरूको कारण भने केही देशहरूमा अझै पनि मानिसहरुको औसत आयु बढ्न नसके पनि समग्रमा हेर्ने हो भने मानिसको औसत आयु बढेको देखिन्छ। आतंकवाद, युद्ध र प्राकृतिक प्रकोपहरुबाट मृत्यु हुने मानिसको संख्या बर्षानी धेरै हुने जस्तो लागेता पनि संसारभर यसको कारण मृत्यु हुनेको संख्या जम्मा ०.५ प्रतिशत मात्र रहेको छ। संसारभर धेरै मानिसहरु अल्पायुमै तथा सजिलै रोकथाम गर्न सकिने रोगका कारण समेत मृत्युवरण गर्दै आएका छन्। यि हुन् मृत्युका कारण २०१७ को डाटा हेर्ने हो भने त्यसबर्ष ५ करोड ५६ लाख मानिसहरुको मृत्यु भएको थियो। यो संख्या सन् १९९० को भन्दा १ करोड १० लाख बढी हो। विश्वव्यापी रुपमा जनसंख्या र मानिसको औसत आयु बढेसँगै मानिसको मृत्युदर पनि बढेको छ। संसारभर नर्सने रोग र दिर्घकालिन रोगको कारण ७० प्रतिसत मानिसको मृत्यु हुने गरेको छ त्यस्तै सबैभन्दा धेरै मानिसको मृत्युको कारण हृदय रोग रहेको छ। यो एक तिहाइ मानिसको मृत्युको कारण हो। यो संख्या क्यान्सरको कारण मृत्यु हुनेको दाँजोमा दुईगुणा बढी हो। संसारभरमा मृत्यु हुने ६ जना व्यक्ती मध्ये एक जना व्यक्तीको मृत्युको कारण क्यान्सर हो जुन मृत्यु हुनुको दोस्रो ठुलो कारण बनेको छ। मधुमेह, श्वासप्रश्वास सम्बन्धी रोग त्यसपछीको मृत्युको कारण रहेको छ। सजिलै रोकथाम गर्न सकिने रोग सजिलै रोकथाम हुने सामान्य रोगहरुबाट मृत्यु हुनेको संख्या सबैभन्दा डरलाग्दो रहेको छ। २०१७ मा झाडापखला जस्ता रोगबाट लगभग १६ लाख मानिसको मृत्यु भएको छ र यसलाई संसारभर मृत्यु हुनुको १० कारणमा राखिएको छ। केही देशहरूमा भने यो मृत्यु हुनेको सबैभन्दा ठुलो कारण बनेको छ। त्यस्तै जन्मिएको पहिलो २८ दिनमा मृत्यु हुने नवजात शिशुको संख्या १८ लाख रहेको छ। यो मृत्युदरको संख्या हरेक देशमा फरक फरक हुनेगरेको छ। मानिसको औसत आयु धेरै भएको मानिन जापानमा भने जन्मिएको २८ दिनमा मृत्यु हुने नवजात शिशुको संख्य १००० भन्दा कम रहेको छ। त्यस्तै धनी र गरीब देशहरूमा सडक दुर्घटनाको कारण मृत्यु हुनेको संख्या ठुलो रहेको छ। २०१७ मा मात्र सडक दुर्घटनाको कारण मृत्यु हुनेको संख्या १२ लाख रहेको थियो। हालैका दशकहरूमा उच्च आयकर भएको देशहरूमा सडकको दुर्घटनाको संख्या घट्दै गएको देखिएको भए पनि विश्वव्यापी रूपमा सडकमा दुर्घटनाको कारण मृत्यु हुनेको संख्या लगभग उस्तै रहेको छ। त्यसबाहेक विश्वभरको लगभग दुई गुणा बढी मानिसहरु आत्महत्या त्यसमा पनि अर्को व्यक्तिद्वारा मारिएको संख्या बढि रहेको छ। बेलायतमा भने आत्माहत्याको कारण मृत्यु हुनेको संख्या १६ गुणा बढी रहेको छ जसमा २०-४० उमेर समुहका युवकहरु बढी रहेका छन्। मृत्युको कारण पहिले र अहिले मानिसहरुको के कारणले बढी मृत्यु भयो भन्ने कुरा समयसँगै बद्लिएर गएको छ। विगतको समयमा मृत्यु हुनेमा संक्रामक रोग ठुलो कारण रहेको थियो जुन अहिले आएर हुँदै गएको छ। सन् १९९० मा सरुवा र संक्रामक रोग एक तिहाइ मानिसको मृत्युको कारण हुने गर्थियो जुन २०१७ मा आएर मात्र हरेक ५ मा १ जनाको मृत्युको कारण बनेको छ। तपाई कति लामो समय बांच्नुहुनेछ ? बालबालिकाहरु संक्रमित रोगहरुबाट चाँडै नै प्रभावित हुने गरेका छन्। १९ औं शताब्दीमा मात्र प्रत्येक तेस्रो बच्चाको पाँच बर्ष भन्दा पहिले मृत्यु भएको छ। त्यसयता पोषण युक्त खानेकुरा स्वास्थ्य सेवा र स्वच्छ पानीको पहुँचमा सुधार भएसँगै बच्चाहरुको मृत्युदर घटेर गएको देखिन्छ। धनी देशमा बच्चाहरु को मृत्युदर एकदमै कम भएता पनि गरीब क्षेत्रहरुमा बच्चाहरुको मृत्युदर अझै पनि बेलायत र स्वीडेनमा २० औं शताब्दीको अवस्थामा जे थियो त्यही रहेको छ। विश्वव्यापी रुपमा बालिकाको मृत्युदर घट्नु आधुनिक स्वास्थ्य सेवाको सबैभन्दा ठूलो सफलता रहेको छ । रोगहरुसँग लड्ने सक्ने उपायहरुको बिकाससंगै हालैका दशकहरूमा प्रत्येक वर्ष मृत्यु हुने बच्चाहरूको सङ्ख्या आधा भन्दा बढी घटेको छ भने वृद्ध मानिसहरूमा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या बढ्दो छ । (बिबिसीबाट नेपालीमा उल्था गरिएको)
बुधबार सुन प्रतितोला रु ६० हजार ६ सयमा कारोबार हुँदै
काठमाडौं । बुधबार सुन प्रतिताेला ३ सय रूपैयाँले बढेकाे छ । मंगलबार प्रतितोला रु ६० हजार ३ सयमा भएको सुन बुधबार रु ६० हजार ६ सयमा कारोबार भईरहेको छ । बुधबार तेजावी सुन रु ३ सय बढेर ६० हजार ३ सय रुपैयाँमा बिक्री भईरहेको छ । त्यस्तै चाँदी भने प्रतितोला ७४५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण बैशाखदेखि
काठमाडौँ । नागढुङ्गाबाट सिस्नेखोलासम्मको नेपालकै पहिलो सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया शुरु भएको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले विसं २०६७ माघ २३ गते पदबहाली गरेको दिन सो सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेका थिए । प्राप्त भएका छ वटा प्राविधिक प्रस्तावमध्येबाट स्वीकृत गरी आर्थिक प्रस्ताव खोल्ने गरी प्रक्रिया अघि बढाइएको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ । मार्ग निर्माणका लागि एक जापानी र पाँच चिनियाँ कम्पनीले प्राविधिक प्रस्ताव पेश गरेको आयोजना निर्देशक श्यामप्रसाद खरेलले जानकारी दिए । प्राविधिक प्रस्ताव स्वीकृत भएका कम्पनीको मात्र आर्थिक प्रस्ताव खोलिने उनले बताए । आर्थिक प्रस्तावको सबै प्रक्रिया पूरा गरी वैशाख अन्तिम सातादेखि नै निर्माण व्यवसायी काममा परिचालन गर्ने गरी तयारी भएको आयोजनाले जनाएको छ । प्रवेश मार्गसहित ५।५६ किमी सुरुङ मार्ग निर्माणका लागि २२ अर्ब लाग्ने लागत अनुमान गरिएको छ । साढे पाँच अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुनेछ । काठमाडौँको चन्द्रागिरी नगरपालिकाको वडा नं १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण शुरु भएको छ । हालसम्म दुई अर्ब ४० करोड मुआब्जा वितरण भइसकेको जनाइएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण सहयोगमा दुई वर्ष अघिदेखि सुरुङ मार्ग निर्माण प्रक्रिया शुरु भएको थियो । सुरुङ मार्गका लागि जाइकाले १६ अर्ब सहयोग गर्नेछ । छ अर्ब सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने आयोजनाले छ । चार वर्षमा सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण गर्न लागिएको हो । मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’ समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए । रासस
धुलिखेलमा जिप फ्लाईङ, यसरी बन्नुस् सुपर म्यान
धुलिखेल । प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक खेल ‘जिप लाइन’को मजा लिन अब उपत्यकावासीका लागि धेरै टाढा धाउन नपर्ने भएको छ । काठमाडौँबाट झण्डै ३३ किलोमिटर दूरीमा पर्ने काभ्रेपलाञ्चोकको पर्यटकीय गन्तव्य धुलिखेलमा साहसिक खेल ‘जिप लाइन’ले सेवा दिन थालेपछि टाढा पुग्नुपर्ने अवस्थाको अन्त भएको हो । कास्कीको पोखरापछि उक्त खेल यही फागुनदेखि धुलिखेलमा सञ्चालनमा आएको हो । धुलिखेलको थाक्लेडाँडादेखि शुरु हुने जिप लाइन पाँचखालको खावामा पुगेर अन्त हुन्छ । पुष्कर भण्डारी र मनोज श्रेष्ठले जिप लाइनको मजा लिँदै भने, “रमाइलो भयो, साहसिक खेलमा रमाउनेका लागि यो निकै महत्वपूर्ण लाग्यो, अझ ‘सुपरम्यान उड्दा थप मजा आउँछ ।” कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेसमा बसी पर्यटकले चराको पखेटा झैँ हात फैलाएर ‘सुपरम्यान फ्लाइङ’ गर्छन् । यसरी खेल्दा करीब एक मिनेट हावामा उडेको महसुस हुन्छ । माथिबाट जङ्गल फाँट, बस्ती साथै विभिन्न दृश्यावलोकन गर्दा छुट्टै आनन्द आउने पर्यटक बताउँछन् । फलामको लठ्ठा (डोरी) मा घिर्नी जोडिएको हुन्छ । त्यही घिर्नीमा विशेष प्रकारको फितामा झुण्डिएर पर्यटक माथिबाट तल झर्छन् । हावाको वेगमा प्रकृतिको आनन्द लिनलाई यो यो खेल उपयोगी छ । “हामीले एक महीनादेखि यो खेल सञ्चालमा ल्याएका छौँ, अर्को हप्ता उद्घाटन गर्ने योजना छ”, सञ्चालक केदार थापाले भने । उनका अनुसार पर्यटकीय क्षेत्र धुलिखेलको नजिकै र भोटेकोशीलगायतका ठाउँमा जाने आउने बाटो अरनीको राजमार्ग भएकाले त्यसको नजीक जिप लाइन शुरु गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वल्ड वाइड एड्भेन्चर प्रालिले शुरु गरेको जिपलाइन उद्घाटन नहुँदै देशका विभिन्न जिल्लासहित चीन, कोरिया, हङ्कङ, अमेरिका र स्वीट्जरल्याण्डका पर्यटकले यो खेलको मजा लिइसकेका छन् । धुलिखेल जिपलाइन परियोजनाअन्तर्गत अहिलेसम्म चार करोड ७५ लाख लगानी भइसकेको छ । अझै निर्माणका क्रममा रहेकाले करीब सात करोड लाग्ने अनुमान गरिएको अर्का सञ्चालक भुपेश श्रेष्ठले बताए । उक्त परियोजनाको निर्माण कार्य गएको साउनदेखि शुरु गरिएको थियो । यहाँ साना बालबालिकाका लागि छुट्टै जिपलाइन छ । यस्तै चिल्ड्रेन एड्भेञ्चर क्याम्पसहित, रिसोर्ट निर्माणाधीन छ । थाक्लेडाँडादेखि खावासम्म सञ्चालन हुने जिप लाइनको दूरी करीब एक हजार १०० मिटरको छ । समुद्रसतहदेखि एक हजार ३०० मिटर उचाइबाट शुरु भएर एक हजार २०० मिटरको सतहमा अन्तिम केन्द्र छ । फ्लाइङको गति प्रतिघण्टा ६० देखि अधिकतम ९५ किलोमिटरको हुने प्राविधिकले बताएका छन् । बढीमा एक मिनेट २० सेकण्डको समयमा आनन्द लिन सकिने उक्त साहसिक खेलको महत्वपूर्ण पक्ष भनेको ‘सुपरम्यान’ हो । यहाँबाट दैनिक ६० जनासम्मले सेवा लिनसक्ने सञ्चालक श्रेष्ठले बताए । युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित भई अष्ट्रिया र भारतीय प्रविधिमा आधारित जिप लाइन सञ्चालाका लागि दुई जना भारतीय प्राविधिकसहितको टोली छ । समयसमयमा भोटेकोशीको बञ्जीजम्पको निरीक्षण गर्दै आएका प्राविधिकले प्राविधिक परीक्षण गर्ने गरेका छन् । तेह्र वर्ष उमेर माथिकालाई माथिल्लो र तेह्र भन्दा कम उमेरकालाई खावास्थित तल्लो स्टेशनमा जिप लाइन खेलाइन्छ । पन्ध्र वर्षका लागि २० रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर साहसिक खेल शुरु गरिएको यहाँ साधारण जिप लाइन, सुपरम्यान र टेन्डम (जोडी) यात्रा गर्ने सुविधा छ । खेलमा सहभागी हुने पर्यटकका लागि पाँच लाखको दुर्घटना बीमा गरिएको छ । प्रतिपर्यटक साधारणतर्फ दुई हजार ५००, सुपरम्यानको तीन हजार ५०० र जोडी यात्राको चार हजार ५०० शुल्क तिर्नुपर्छ । तस्बीर र भिडियोका लागि छुट्टै शुल्क लाग्छ । रासस
३ अर्ब निक्षेप राख्ने बैंकको खोजी सुरु, धेरै ब्याज दिने प्राथमिकतामा
काठमाडौं । नेपाल दुर सञ्चार प्राधिकरणले ३ अर्ब रुपैंयाँ निक्षेप राख्ने बैैंक तथा वित्तिय संस्थाको खोजी सुरु गरेको छ । प्राधिकरणले रोयल्टी, नविकरण दस्तुर लगायतका श्रोतबाट प्राप्त भएको ३ अर्ब रुपैंयाँ एक बर्षका लागि मुद्दति निक्षेपमा राख्न लागेको हो । बाणिज्य बैंकहरुले आफुले लिन चाहेको रकम र प्रस्तावसहित चैत ५ गतेभित्र प्राधिकरणमा आवेदन दिनुपर्नेछ । ‘३ अर्ब रुपैंयाँ मुद्दति निक्षेपमा राख्न लागेका हौं, उपयुक्त बाणिज्य बैंकहरुले आवेदन दिन सक्छन’, प्राधिकरणका निमिक्त अध्यक्ष पुरुषोत्तम खनालले विकासन्युजसँग भने । बाणिज्य बैंकहरुले न्युनतम २० करोड रुपैंयाका लागि आवेदन दिन सक्नेछन् । अधिकतम ब्याजदर प्रस्ताव गर्ने बैंकलाई निक्षेप दिइनेछ । बैंकले पुस मसान्तको अपरिस्कृत वित्तिय विवरणमा समावेश भएका ६ वटा परिसूचक उल्लेख गरेर आवेदन दिनुपर्नेछ । जसमा क्यापिटल एडेक्वेसी रेसिया, खराब कर्जा अनुपात, सिसिडी रेसियो, एसएलआर, नेट लिक्वीडीटी रेसिया(एनएलआर) र प्रति सेयर नेटवर्थ उल्लेख गनुएपर्नेछ । बैंक तथा वित्तिय संस्थाहरुले लगानी योग्य पूँजीको अभाव व्यहोरीरहेको समयमा ३ अर्बका नयाँ निक्षेप तानातानमा पर्ने देखिन्छ । यद्यपी बाणिज्य बैंकहरुलाई संस्थागत निक्षेप ४५ प्रतिशत भन्दा बढी लिन नपाउने व्यवस्था पनि रहेको छ ।
सनराइज बैंक र भारतको बीएलके र नानाभाती सुपर स्पेशलिटी हस्पिटलबीच सम्झौता
काठमाडौं । सनराइज बैंकले आफ्ना सम्पूर्ण ग्राहक माझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा हालै भारत स्थित बीएलके सुपर स्पेशलिटी र नानाभाती सुपर स्पेशलिटी हस्पिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार अब सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिट कार्ड ग्राहकले हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५०% सम्म छुट प्राप्त गर्न सक्ने छन् । सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र हस्पिटलहरुका तर्फबाट प्रमुख बिक्री तथा बजार प्रबन्धक सुनिल कपूरले मंगलबार हस्ताक्षर गरेका छन् ।
१० वर्षभित्र महत्वपूर्ण पूर्वाधार बनाईसक्ने योजना, यस्तो छ द्रुत विकासको ओली फरमुला
काठमाडौं । सरकारले आगामी १० वर्षभित्र विकास निर्माणका महत्वपूर्ण काम सम्पन्न गर्ने योजना अघि सारेको छ । सरकारले आगामी १० वर्षभित्र पूर्वाधार निर्माणका अधिकांश काम सम्पन्न गर्न फास्ट ट्रयाकमा काम गर्न पाउने सुविधासहितको कानुन संसदमा पेश गरेको हो । ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमाा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ले आगामी १० वर्षभित्रमा महत्वपूर्ण विकास आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । संसदबाट ऐन पास भएपछि पचास किलोमिटर लम्बाईका दुई लेन सडक, चार लेनको सडक, दुई किलोमिटरे लामो सुरुङ मार्ग, अन्तरााष्ट्रिय विमानस्थल, २ सय मेगावाट क्षमताको जलविद्युत आयोजना र त्यसको संरचना, २ सय किलो भोल्ट(केभी)को प्रसारण लाइन र सब स्टेशन, एक सय किलोमिटर लामो रेलमार्ग, पाँच किलोमिटर लामो भूमिगथत रेलमार्र्ग, २० हजार हेक्टर भन्दा बढी जमिनमा सिँचाई पुर्याउने सिँचाई आयोजना, दैनिक ७ करोड लिटर भन्दा बढी पानी आपूर्ति गर्ने खानेपानी आयोजना, जटिल तथा अत्याधुनिक प्रविधि (स्टेट अफ आर्ट) प्रयोग गरि निर्माण हुने अन्य कुनै पूर्वाधार वा योजनालाई छुट्टै संरचना खडा गरेर अघि बढाईनेछ । त्यस्तै, २५ अर्ब भन्दा बढी लागतका सबै आयोजनाहरुलाई पनि यहि ऐन अनुसार गठन हुने संयन्त्रले हेर्नेछ । यस्तो छ द्रुत विकासको ओली फरमुला प्रधानमन्त्रीको अध्यक्षतामा रहने आयोजना निर्देशक समितिले विकास निर्माण सम्बन्धी जिम्मेवारी जुनसुकै कम्पनीलाई दिन सक्नेछ । त्यसका लागि आयोजना कार्यान्वयनको समय तालिका निर्माण गरिनेछ र प्रत्येक महिना प्रगति विवराण्पेश गर्नुपर्नेछ । प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने आयोजना निर्देशक समितिमा अर्थमन्त्रीका अलवा सम्बन्धित आयोजनाको तालुकदार मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्याक्ष, मुख्य सचिव सदस्य रहनेछन् । सदस्य सचिवको जिम्मेवारी भने प्रधानमन्त्री कार्यालयका एक जना सचिवलाई तोकिनेछ । सो समितिले विद्यमान कानुनहरुले उपलब्ध गराएका बाहेक अन्य सुविधा उपलब्ध गराउनुपर्ने भएमा नेपाल सरकारलाई सिफारिस गर्न सक्नेछ र सरकारले त्यस्तो सिफारिस कार्यान्वयन गर्नुपर्नेछ । ऐन कार्यान्वयनमा आएपछि हाल सञ्चालनमा रहेका सबै राष्ट्रिय गौरवका आयोजनाहरुको बाँकी काम यसै ऐनमा उल्लेख भए अनुसार अघि बढ्नेछन् । सरकारले अब सिधै सम्बन्धीत कम्पनीसँग छलफल गरेर निर्माणको जिम्मेवारी दिन सक्नेछ ।