कालिन्चोकमा बिहानैदेखि हिउँ

<p>काठमाडौं।  दाेलखाकाे कालिन्चोकमा हिउँ परेको छ। शुक्रबार बिहान ४ बजे देखि हिउँ परेको स्थानिय पर्यटक मानबहादुर श्रेष्ठले बताए।हिउँ परेसँगै कालिन्चोकको तापक्रम चिसो भएको छ। हाल त्यहाँकाे तापक्रम माईनस ३ डिग्री सेल्सियस रहेको जनाइएकाे छ। समुन्द्र सतहदेखि करिब ३ हजार ८ सय मिटर उचाइमा रहेकाे कालिन्चाेकमा वर्षेनी हिउँ पर्ने गरेकाे छ। कालिन्चाेककाे फेदी कुरीमा डिसेम्वरदेखि अप्रिलसम्म हिउँ [&hellip;]</p>

काठमाडौं।  दाेलखाकाे कालिन्चोकमा हिउँ परेको छ। शुक्रबार बिहान ४ बजे देखि हिउँ परेको स्थानिय पर्यटक मानबहादुर श्रेष्ठले बताए।हिउँ परेसँगै कालिन्चोकको तापक्रम चिसो भएको छ।

हाल त्यहाँकाे तापक्रम माईनस ३ डिग्री सेल्सियस रहेको जनाइएकाे छ। समुन्द्र सतहदेखि करिब ३ हजार ८ सय मिटर उचाइमा रहेकाे कालिन्चाेकमा वर्षेनी हिउँ पर्ने गरेकाे छ। कालिन्चाेककाे फेदी कुरीमा डिसेम्वरदेखि अप्रिलसम्म हिउँ पर्ने गरेकाे छ । याे  सिजनमा त्यहाँ धर्म गर्न तथा हिउँ खेल्न जानेकाे संख्या बढ्दै गएकाे छ ।

 

Share News