विकासन्युज

काठमाडौंमा थारुको माघीः यूट्यूब हेरेर घुँगी बनाउदै तामाङ महिला

काठमाडौं । माघी पर्व विशेष गरी तराई-मधेशका आदिवासी थारुहरुको पर्व हो । पर्व मात्रै होइन, नयाँ वर्ष सुरु हुने दिन पनि हो । माघी चाडको मुख्य विशेषता भनेको घुँगी हो । तर, माघी र घुँगी दुबैको पहिचान बदलियको छ । तराई-मधेशको माघी पर्व काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइन थालेको छ भने परम्परागत थारु परिकार घुँगी अन्य जातिले पनि बनाउन थालेका छन् । काठमाडौंकी संगिता लामा विगत २ वर्षदेखि काठमाडौंको टुडिखेलमा हुने माघी महोत्सवमा घुँगी बनाउ छिन् । यूट्यूबमा हेरेर विगत २ वर्षदेखि माघी महोत्सवमा थारु परिकार बनाएर विक्री गर्दै आएको तामाङले बताइन् । ‘थारु परिकार बनाउन मन लाग्यो, यूटुवमा हेरेर सिकेँ, २ वर्षदेखि टुडिखेलको माघी मेलामा व्यापार गर्दै थारु परिकार बनाएर बेच्दैछु, यी खाने कुराहरुको विशेषता के हो भन्ने मलाई थाहा छैन,’ तामाङले भनिन् । माघी पर्वको लागि काठमाडौं आउनेको संख्या बढ्दैछ । परापूर्वकालदेखि नै थारु समुदायले प्रमुख पर्वको रुपमा माघीलाई मनाउँदै आएका छन् । यसवर्ष थारु सम्वत २६४० सकिएर २६४१ सुरु भएको छ । २०५९ सालमा सरकारले माघीको अवसरमा थारु कर्मचारीलाई बिदा दिने निर्णयसँगै काठमाडौंमा माघी महोत्सव मनाउन थालियो । बहुजाति, बहुधर्म, बहुसंस्कृति, परम्परा तथा रहनसहन रहेको नेपालमा माघी पर्वको तयारी १ महिनादेखि हुने गर्छ । विशेषगरी दाङ, धनगढी, सप्तरी, नवलपरासी, रौतहट तथा तराईका अधिकांश जिल्लाबाट माघीकै लागि काठमाडौं आउनेको संख्या बढ्न लागेको छ । थारु समुदायका मानिसहरु एकै स्थानमा भेला भएर माघी मनाउने परम्परा छ । आफ्नो दिदी बहिनीसहित सुशिला चौधरी माघी महोत्सवका लागि यसपाली पनि काठमाडौं आइन् । योसहित माघीमा उनी काठमाडौं आएको ५ वर्ष भयो । गत सोमबार विहान काठमाडौं आइपुगेकी सुशिलाले मंगलबार अपरान्ह ४ वजे टुडिखेलमा स्टल राखेकी थिइन् । आफ्नो परम्परा र संस्कृतिलाई ध्यानमा राख्दै माघीकै लागि काठमाडौं आउने उनले थारु समुदायको परिकार घरबाटै तयार पारेर ल्याउने गरेको उनले बताइन् । उदयपुर घर भएकी सुमित्रा चौधरी भने पहिलो पटक काठमाडौंको माघी महोत्सवमा आइपुगेकी हुन् । उनले यस वर्ष पहिलो पटक माघी मेलामा स्टल राखेकी छन् । तर, टुडिखेलामा स्टल राख्न सजिलो छैन । एकदिने मेलाको लागि प्रतिस्टल ७ हजार रुपैयाँ भाडा तिर्नुपर्ने सुशिलाले वताइन् । भाडा महंगो भएपनि कमाइ पनि हुन्छ । गत वर्ष सुशिलाले ३५ हजार रुपैयाँ कमाएको सुनाइन् । माघी पर्वमा घुँगी र ढिकुरी अनिवार्य खानु पर्छ भन्ने प्रचलन छ । यही बेलामा बढी मात्रामा बिक्री हुने घुँगी थारु समुदायको प्रमुख परिकारभित्र पर्छ । धनगढीबाट माघी मेलाकै लागि भनेर काठमाडौं आएकी २७ वर्षीय दिपा चौधरीले विगत ४ वर्षदेखि यस मेलामा व्यापार गर्दै आएको छिन् । एक महिनासम्म तयारी गरी माघी मेला कै लागि काठमाडौं आउने गरेको उनले बताईन् । माघी पर्वमा विशेषता माघी पर्वको तयारी एक महिनादेखि सुरु हुन्छ । जसमा खानाका परिकारहरु पकाउनका लागि दाउरा अनदीको चामलको गुलियो जाँड, वनबाट मालु र सालको दुना/टपरी, तोरी पेल्ने जस्ता प्रमुख तयारी हुन् । माघीमा ढिकुरी र घुँगी अनिवार्य परिकार हो । यो खानै पर्छ । र, आफ्नो गच्छेअनुसार नयाँ वर्षका लागि नयाँ कपडा लगाउनै पर्ने चलन थारु समाजमा कायमै छ । यो पर्वलाई लक्षित गरि माछाबाट बन्ने विभिन्न परिकार बनाइन्छ । पुस महिनाको अन्तिम दिन थारु समुदायले ‘जिता मर्ना दिन’ को रुपमा लिने गर्छन् । नाच, गान तथा खानपिनलाई लक्षित गर्ने माघीको प्रमुख विशेषता यो पर्वको छ । माघीमा घाग्रामा, चन्नहार, हौसली, मन्टिका, पाउजु, कल्ली र वेल्ड जस्ता परम्पारगत पहिरनमा थारु महिला सजिएका हुन्छन् ।

मञ्जुश्री फाइनान्सको साढे ११ प्रतिशत लाभांश पारित, सञ्चालकमा दुई जना निर्वाचित

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रस्तावित ११.५५ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न फाइनान्सको १२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै संस्थाले शेयरधनीलाई गत आर्थिक वर्ष २०७५÷०७६ को लागि ९.८० प्रतिशत नगद लाभांश(वोनश शेयर तथा नगद लाभांशको कर समेत) र १.७५ प्रतिशत बराबरको वोनस शेयर वितरण गर्ने छ । यस संस्थाको यस अघि सम्मको चुक्ता पूँजी ८० करोड ४० लाख रुपैयाँ रहेको छ । संस्थाले पौष मसान्तसम्म ७ अर्ब ७० करोड निक्षेप संकलन तथा ६ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्न दुई जनालाई निर्वाचित गरेको छ । सभाले इन्दिरा पण्डित घिमिरे र चिन्तामणी गौतमलाई आगामी ४ वर्षको लागि संस्थाको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो ।

नबिल बैंकले खाेल्याे २३ वटा नयाँ शाखा, कुन प्रदेशमा कति वटा ?

काठमाडौं । नबिल बैंकले नेपालको विभिन्न २३ स्थानमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै जाने उद्देश्यले नेपालको विभिन्न ५ वटा प्रदेशमा उक्त संख्यामा शाखा खोली सञ्जाल बढाएको हो । बैंकले नेपालको प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ४ र प्रदेश ५ मा गरी पाँच वटा प्रदेशको विभिन्न स्थानमा शाखा विस्तार गरी शाखा सञ्चाल बढाएको छ । सो मध्ये प्रदेश १ मा इनरुवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाटमा गरी ६ स्थानमा नयाँ शाखा विस्तार गरेको छ । त्यस्तै, प्रदेश २मा तीन वटा शाखा विस्तार गरेको छ । बैंकले उक्त प्रदेशको र्मिचैया, गोलबजार, शिराहा र चन्द्रपुरमा नयाँ शाखा खोलेको हो । त्यसैगरी, प्रदेश ३मा कमलबिनायक, हात्तिगौडा, कपन, गजुरी, बनेपा, पनौती र पर्सा तथा प्रदेश ४मा गौडाकोट, दलदले र कावसोतीमा शाखा विस्तार गरको छ । साथै, बैंकले प्रदेश ५को चन्द्रौटा, बर्दाघाट र मणिग्राममा थप शाखा खोलेको छ । यससँगै बैंकको १०२ शाखा, १४३ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् ।

ज्योति विकास बैंकको प्रमुख भुक्तानी साझेदारमा जीएमई रेमिट नियुक्त

काठमाडौं । ज्योति विकास बैंक अन्तर्गतको ज्योति रेमिटको प्रमुख भुक्तानी साझेदारको रुपमा जीएमई रेमिट नियुक्त भएको छ। रेमिट सेवालाई ग्राहकको लागि अझ सहज बनाउने हेतुको साथ ज्योति विकास बैंकले उक्त साझेदारी गरेको छ। सम्झौतापत्रमा ज्योति विकास बैंककातर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा जीएमई रेमिटकोतर्फबाट जीएमई रेमिटका सिओओ प्रमोदसिंह बस्नेतले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात ज्योति रेमिटबाट पठाइएको रकमलाई नेपाल भरी जीएमईका कुनै पनि एजेन्टबाट भुक्तानी लिन सकिनेछ।जीएमईको नेपाल भर रहेका ७५०० भन्दा बढी भुक्तानी प्रतिनिधि तथा उपप्रतिनिधिहरु मार्फत ज्योति रेमिटको सेवाग्राहक वर्गहरुले प्राप्त गर्नेछन्। हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ। साथै, यस आर्थिक बर्षभित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ। हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट ३३ अर्ब रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी २० हजार भन्दा बढि ऋणीलाई २८ अर्ब रुपैयाँ भन्दा बढि लगानी गर्न सफल भएको छ।

मोटरहेड मोटरसाइकलको शोरुम पोखरामा, बाइक खरिदमा एक वर्षको रोड ट्याक्स फ्री(फोटो फिचर)

काठमाडौं । मोटरहेड मोटरसाईकलको आधिकारीक बिक्रेता एस.एल.आर. टेक्नो एण्ड ट्रेडको डिलरसिप, मल्टि स्टार मोटर प्रा.लिले आफ्नो नयाँ शोरुम पोखराको प्रस्यङ्गमा खोलेको छ । उक्त शोरुमको उद्घाटन प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष संजीव बहादुर कोइरालाले गरेका हुन् । उक्त उद्घाटनको अफर स्वरुप मोटरहेडका प्रत्येक बाईकको खरीदमा एक वर्षको रोड ट्याक्ससहित हेलमेट, टिसर्ट, तेस्रो पक्ष बीमा तथा ८ पटक सम्म फ्री सर्भिस पाइनेछ । साथमा स्योर सट १० हजार रुपैयाँ नगद छुट दिइने कुरा मल्टि स्टार मोटर्स प्रा.लि.का निर्देशक हिमाल गुरुङ्गले जानकारी दिएका छन् । यस शोरुममा हाल ६ थरी मोडेलका मोटरसाइकलहरु उपलब्ध रहेका छन् । जसमा टेक्कन २५०, स्पोर्ट २५०, स्क्रयाम्बलर २५०, एक्सटर्क २५०, एम एच २०० एक्स, एमएच १५० आर रहेका छन् । यसको मूल्य २ लाख ७८ हजार रुपैयाँदेखि ४ लाख ५० हजार रुपैयाँसम्म तोकिएको कम्पनीले जनाएको छ ।   नेपालका प्रमुख शहरहरुमा उपलब्ध हुने यी मोडेलका मोटरसाइकल नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारीक बिक्रेता एस एल आर टेक्नो एण्ड ट्रेडले उपलब्ध गराएको छ । यस कम्पनीबाट उपलब्ध गरिएका बाइकहरु नेपाली भौगोलिक बनावटलाई लक्ष्य गरी बजारमा ल्याएको एस.एल.आर. टेक्नो एण्ड ट्रेडका बिजनेश डेभलप्मेन्ट हेड साइमन रसाइलीले जानकारी दिए ।

ब्रेन हेमोरेजको नयाँ उपचार विधिः भारतमाभन्दा नेपालमा आधा सस्तो, यी अस्पतालले दिन्छन् सेवा

काठमाडौं । डडेलधुराका चेतराज भट्ट ब्रेन हेमोरेज भएकोले भारतमा उपचार गराइरहेका छन् । डडेलधुराबाट काठमाडौं आएर उपचार गरानुभन्दा भारत जान सजिलो भएकोले भारत लगिएको उनको परिवारले जानकारी दियो । र, भारतमा धेरै राम्रो उपचार पाइने विश्वास पनि उनको परिवारको छ । ब्रेन हेमोरेज मष्तिष्कको वरिपरि हुने रक्तस्राव हो । यो एक निकै नै जटिल स्वास्थ्य अवस्था भएको कारण नेपालमा राम्रो उपचार हुँदैन होला भन्ने अनुमान धेरै नेपालीकाे छ । तर, अहिले नेपालमा न्युरो सम्बन्धी अन्तराष्ट्रियस्तरका सबै उपचार हुने ग्राण्डी ईन्टरनेसनल अस्पतालका न्यूरो इन्टरभेन्सनिष्ट डा. सुवास फुयाँल बताउँछन् । के हो ब्रेन हेमोरेज ? ब्रेन हेमोरेज मष्तिष्कमा वा मस्तिष्क वरिपरि हुने रक्तस्राव हो । यो दुई प्रकारको हुन्छ । बाहिरी चोटपटक लागेर हुने हेमोरेजलाई ट्रमाटिक हेमोरेज भनिन्छ । यो एक प्रकारको हेमोरेज हो । दिमागभित्र रक्तस्राव हुने अर्काे प्रकारको हेमोरेज हो । यसलाई ननट्रमाटिक हेमोरेज भनिन्छ । ननट्रमाटिम ब्रेन हेमोरेज बसिरहेको समयमा अचानक रक्तचाप उच्च भएर हुने गर्दछ । यो अवस्थामा बिरामीमा दिमागमा रगत निर्यात गर्न नशाको भित्ता बेलुन जस्तो फुल्छ । यसरी फुलेको नसा फुटेपछि बिरामीलाई हेमोरेज हुने गर्दछ । यसरी नशा फुल्नुलाई ब्रेनयेन्युरिजम भनिन्छ भने फुटेपछि हुने अवस्थालाइ ब्रेन हेमोरेज भनिन्छ । स्पोनटेनियस ब्रेन हेमोरेज विभिन्न प्रकारका चोटपटक लागेर हुने बे्रन हेमोरेजभन्दा पनि आफै हुने ब्रेन हेमोरेजको बारेमा कम जानकारी प्राप्त हुन्छ । उच्च रक्तस्रावको कारण उमेर बढ्दै गएको मानिसमा मस्तिष्कका नशाको भित्ता पातलो भएर जान्छ । यसरी पातलो भएको नसा फुलेर फुट्छ र ब्रेन हेमोरेज हुने गर्दछ । यस्तो बिरामीलाई तत्काल उपचारको आवश्यक हुन्छ । किनभने एक पटक मस्तिसकको नशाको भित्ता फुटिसकेपछि दोस्रो पटक पनि फुट्ने सम्भावना बढी हुने डा. फुयाँल बताउँछन् । एक पटक फुटेपछि उक्त भित्ता आफैं केही समय वा दिनको लागि बन्द भईदिन्छ । यसरी बन्द भएको नसाको भित्ता खुलेको अवस्थामा मान्छेको ज्यानै पनि जान सक्छ । स्पोन्टेनियस ब्रेन हेमोरेजको उपचार पद्धति स्पोन्टेनियस ब्रेन हेमोरेजको उपचार दुई तरिकाले हुन्छ । यसको पहिलो र सबैभन्दा पुरानो उपचार भनेको टाउको खोलेर गरिने उपचार हो । यस्तो उपचार सेवा नेपालका क्रिटिकल केयरको उपचार सेवा दिने धेरै अस्पतालमा धेरै वर्ष पहिलादेखि नै हुँदै आएको छ । यसको दोस्रो र सबैभन्दा नयाँ उपचार विधि भनेको टाउको नखोली गरिने उपचार हो । यो उपचार पद्धतिबाट हाल नेपालका दुई अस्पतालमा मात्र उपचार गरिन्छ । हालसम्म १ सय ३० वटा केसहरु हेरिसकेका डा. फुयाल धापासीमा रहेको ग्राण्डी ईन्टरनेसनल अस्पतालमा कार्यरत रहेका छन् । कसरी हुन्छ टाउको नखोली उपचार ? यो उपचार पद्धतिमा खुट्टा वा हातको नशाबाट तार लिएर त्यसलाई एक्स–रेको माध्यमबाट हेरेर दिमागमा फुटेको भागमा लगेर जोडिन्छ । संसारभर अहिले यो सबैभन्दा चलेको बे्रन हेमोरेजको उपचार पद्धति रहेको हो । डाक्टरहरुका अनुसार यो पद्धतिमा जोखिम पनि कम हुन्छ र बिरामी पनि ६/७ दिनमै घर जान सक्छन् । टाउको खोलेर गरिने उपचार पद्धतिमा बिरामीको अस्पताल बसाई पनि लामो हुने डा. फुयालले बताए । कति लाग्छ खर्च ? उपचार खर्चको मात्रै कुरा गर्ने हो टाउको नखोली गर्ने उपचार विधि टाउको खोलेर गरिने उपचारको दाँजोमा धेरै नै महँगो हुन्छ । तर, टाउको खोलेर उपचार गर्दा अस्पताल बसाई, अस्पतालमा लामो बसाईबाट पाइने तनाव जस्ता विषयको तुलना गर्दा भने टाउको नखोली गरिने उपचार विधि नै सस्तो भएको महसुस हुने गर्छ । टाउको नखोली गरिने उपचारमा प्रयोग हुने मेसिन पनि विदेशबाट आयात हुन्छ । यस्तो उपचारका लागि ३ लाखदेखि ७ लाख रुपैयाँसम्म लाग्न सक्ने डा. फुयाल बताउँछन् । डा. फुयाँलले ६ वर्ष लामो अध्ययनपछि नेपालमा पहिलोपल्ट गत बैशाखमा ग्राण्डी ईन्टरनेसनलबाट यो उपचार पद्धतिबाट सेवा सुरु गरेका हुन् । यस्तै, टाउको खोलेर गरिने उपचारमा बिरामीलाई लामो समय अस्पतालमा राख्नुपर्ने हुनाले यसको उपचार खर्च पनि धेरै लाग्ने टिचिङ अस्पतालका न्युरो सर्जन डा.गोपाल सेडाई बताउँछन् । कहाँ हुन्छ ब्रेन हेमोरेजको उपचार ? ब्रेन हेमोरेजको उपचार सरकारी अस्पतालहरु काठमाडौंको टिचिङ, वीर र चितवनको भरतपुर अस्पतालमा हुने गरेको छ । यस्तै, बानेश्वरको सिभिल अस्पतालमा यसको सर्जरी नभए पनि चिकित्सकको प्रबन्ध भने हुने टिचिङ अस्पतालका न्युरो सर्जन डा. सेडाईले जानकारी दिए । निजी लगानीद्धारा संचालित काठमाडौंको ग्राण्डी इन्टरनेसनल, मेडिसिटी, न्युरो, नर्भिक र ह्याम्स अस्पतालमा पनि यसको उपचार हुन्छ । उपत्यका बाहिरमा चितवनको चितवन मेडिकल कलेज, पोखराको मणिपाल, बिराटनगरको नोबल मेडिकल अस्पताल, बिराट मेडिकल कलेज तथा अन्य धेरै प्राईभेट अस्पतालहरुमा यसको उपचार हुने डा. फुयाँलले जानकारी दिए । ब्रेन हेमोरेजको लक्षण सामान्य पेनकिलरले ठीक नहुने गरी अचानक सहनै नसक्ने गरी छुट्टै तरिकाले टाउको दुख्नु ब्रेन हेमोरेजको लक्षण हो । रिंगटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीररको एक पाटोमा झमझम गर्नु, निदाउनु वा कमजोरी महसुस हुन बे्रन हेमोरेजका लक्षण हुन् । भारतभन्दा ५० प्रतिशत सस्तो टाउको नखोली गरिने उपचार पद्धतिमा प्रयोग हुने मेसिनको भारत र नेपालमा करिब उस्तै शुल्क लाग्ने डा. फुयाँल बताउँछन् । नेपालमा एउटा डाक्टरले यस्ता केस गरेको २० हजारदेखि ६० हजार रुपैयाँ शुल्क लिने गरेका छन् भने भारतीय डाक्टरले १ लाख रुपैंयाभन्दा बढी लिने फुयाँल बताउँछन् । भारतमा उपचार गर्दा बसाई खर्च, हवाई भाँडा र नयाँ सहरले दिने तनाव जस्ता विषयले नेपालको दाँजोमा भारतमा हुने सबै उपचार खर्च धेरै हुने गरेको छ । किन जान्छन् नेपाली भारतमा ? नेपालका अस्पताल उद्योगले गर्न नसकेको काम नै ब्रान्डिङको हो । नेपालमा ब्रेन हेमोरेजको सफल उपचार हुन्छ भन्ने पर्याप्त जानकारी नपाएका कारण पनि धेरै नेपाली भारत धाउने गरेको ग्राण्डी ईन्टरनेसनल अस्पतालका न्युरो सर्जन डा. फुयाल बताउँछन् । अहिलेको अवस्थामा अन्तराष्ट्रिय जगतमा हुने प्रायः सबै उपचार पद्धती नेपालमा प्राप्त हुने उनको भनाइ छ । उपचारको लागि भारत धाउने नेपालीमा भट्ट त एक उदाहरण पात्र मात्र हुन् । उनी जस्ता सयौं नेपालीहरु उपचारको लागि दिनहूँ भारत जाने गरेका छन् । नेपाली उपचार पद्धतिप्रतिको अविश्वास र विशेषज्ञता सेवाको लागि काठमाडौं नै धाउनुपर्न हुनाले भारतसँग नजिकका सिमानामा रहेका धेरै मानिस उपचार गन्तव्य भारत नै रोज्ने बनाउने गरेका छन् । नेपालमा कुन कुन अस्पतालमा कस्तो उपचार हुन्छ भन्ने जानकारी नभएको कारण पनि धेरैले भारतका अस्पताललाई रोज्ने गरेका छन् ।

नेपालको विकास प्रयासमा चीन सधैंँ सहयोगी, छेन्दु– भैरहवा सीधा उडानमा अभिप्रेरित

बटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउनका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताएका छन् । नेपालका लागि चीनका राजदूत होउ यान्छीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको र लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको उल्लेख गरेका हुन् । प्रदेश नं ५ का रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने सरकारको योजनामध्ये एक चिनियाँ ढाँचाको औद्योगिक क्षेत्र होस् भन्ने आफूले चाहेको बताउँदै मुख्यमन्त्री पोखरेलले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नति र सेवा सुधारमा पनि चिनियाँ अनुभवबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले चीनको सिचुवानले गरेको कृषिको व्यावसायीकरण र औद्योगिक विकासको अनुभव आफूहरुलाई काम लाग्ने बताउँदै सिचुवानका गभर्नरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा पनि राजदूतमार्फत दिए । प्रदेश नं ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध छ । मुख्यमन्त्रीले कृषिको व्यावसायीकरण र पर्यटन प्रवद्र्धनमार्फत प्रदेशको समृद्धि गर्दै सिङ्गो मुलुकको विकासमा योगदान गर्ने लक्ष्य लिइएको जानकारी दिए । केही महिनाअघि सिचुवान भ्रमणका क्रममा आफूले कृषिको नयाँ प्रविधि सम्बन्धमा त्यहाँका कृषि विज्ञसंँग भेटेको बताउँदै त्यहाँका विज्ञ यहाँ ल्याएर प्रविधि हस्तान्तरणका लागि सहयोग गर्न राजदूतलाई आग्रह गरे । उनले लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय तथा चीनमा परम्परागत शिक्षाको महत्वपूर्ण संस्था मानिने कन्फ्युसियस विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान गर्न सकिने बताउँदै लुम्बिनी भ्रमण वर्षको समापन तथा बुद्धजयन्ती समारोहमा चिनियाँ राजदूतलाई लुम्बिनीमा निमन्त्रणा पनि गरे । सो अवसरमा चिनियाँ राजदूत होउले प्रदेश नं ५ ले आर्थिक विकासमा हासिल गरेको उपलब्धिप्रति बधाई दिएकाे भेटपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गरेको प्रेसनोटमा बताइएको छ । राजदूत होउले नेपालको विकास प्रयासमा चीन सधैंँ सहयोगी रहेको बताउँदै अहिले द्रुत विकासको बाटामा हिँडेको नेपालका प्रयासमा चिनियाँ साथ रहेको स्पष्ट गरेका छन् । उनले केही महिनाअघि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुगेको उल्लेख गरे । लुम्बिनी चिनियाँका लागि एउटा प्रमुख गन्तव्य भएको बताउँदै राजदूत होउले सिचुवानको छेन्दु– भैरहवा सीधा उडानका लागि सहयोग र अभिप्रेरित गरिने बताउँदै त्यसबाट प्रदेश नं ५ र सिचुवानबीचको सम्बन्ध अझै राम्रो हुने विश्वास व्यक्त गरेको प्रेसनोटमा उल्लेख छ । राजदूत होउले लुम्बिनी, कपिलवस्तुको तिलौराकोटसहित बौद्ध सम्पदास्थलको भ्रमण गर्दै छन् । रासस

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा मन्दिर पुनर्निर्माणमा ५० लाख सहयोग

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले श्री भिमसेन मन्दिर पुनर्निर्माणका लागि सरोकार समितिलाई ५० लाखको चेक हस्तान्तरण गरेको छ । बैंकले समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त पाटन मंगलबजार स्थित व्यापारीवर्गहरुको आराध्य देवताको रुपमा रहेको भिमसेन मन्दिर पुनर्निर्माणको लागि जिल्लास्थित विभिन्न जातिय समाज, व्यापारिक वर्ग, संघ संस्था, मंगल टोल सुधार समिति समेतको आग्रहमा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा श्री भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति मार्फत स्थानिय तवरबाट नै आर्थिक श्रोत जुटाउने गरि मन्दिरको पुनर्निर्माणको कार्य दु्रतगतिमा भईरहेको छ । “हाम्रो सम्पदा हामी आफै बनाउन” भन्ने नाराका साथ काठमाण्डौ भ्याली प्रिजर्भेसन ट्रष्टको प्राविधिक सहयोगमा मन्दिरको छानामा सुन लेपन बाहेक ४चार करोड ९३ लाखको अनुमानित लागतमा शुरु गरिएको श्री भिमसेन मन्दिरको पुनर्निर्माणका लागि विभिन्न संघ संस्था, व्यक्ति, व्यापारीवर्ग, वित्तिय संस्था, स्थानिय सरकार, प्रदेश सरकार, सांसदहरुबाट समेत आर्थिक सहयोग प्राप्त भई रहेको छ । यसै क्रममा आज नेपाल इन्भेष्टमेण्ट बैंकबाट मन्दिर पुनर्निर्माणका लागि उक्त बैंकका अध्यक्ष एवं सम्पदा प्रेमी पुथ्वी बहादुर पाँडेले आफ्नो प्रतिवद्धता अनुरुप हाललाई रु. ५० लाखको आर्थिक सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती पाँण्डे मार्फत हस्तान्तरण गरिएको हो । आर्थिक सहयोग ग्रहण गर्दै समितिका अध्यक्ष कृष्णलाल महर्जनले नेपाल इन्भेष्टमेण्ट बैंकको उदारताका लागि हार्दिक धन्यबाद ज्ञापन गर्दै प्राप्त रकमले पुनर्निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने बताए ।