१२ कराेड लागतमा शहीद स्मृति उद्यान बनाइँदै
तनहुँ । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा निर्माण गर्न लागिएको शहीद स्मृति उद्यानको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई हस्तान्तरण गरिएको छ । शहीद उद्यान निर्माण समितिले सोमबार उनलाई प्रतिवेदन हस्तान्तरण गर्दै आवश्यक बजेट विनियोजन गर्न माग गरेको छ । निर्माण समितिका अध्यक्ष बाबुराम विक, सचिव रामकुमार श्रेष्ठ र सल्लाहकार ओमकुमारी पौडेलले संयुक्त रूपमा मन्त्री भट्टराईलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए । भानु नगरपालिकाको रु १० लाखको लागतमा प्रतिवेदन तयार गरिएको र उद्यान निर्माण गर्न नगरपालिकाले थप रु १० लाख विनियोजन गरेको निर्माण समितिका अध्यक्ष विकले जानकारी दिए। ओख्ले सामुदायिक वनको १५३ रोपनी जग्गामा राणाविरुद्धको आन्दोलन, पञ्चायतविरुद्धको आन्दोलन, जनयुद्ध तथा विभिन्न आन्दोलनका शहीदको स्मृतिमा उद्यान निर्माण गर्न लागिएको छ । उद्यान निर्माणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिने समितिले जनाएको छ । उद्यानमा शुरुआती चरणमा भानु नगरपालिकाभित्र घर भएका शहीदको स्मारक राख्ने योजना भए पनि भविष्यमा जिल्लाभरका शहीदको स्मारक बनाइनेछ । उद्यान निर्माण गरिने डाँडाको टुप्पोमा स्थानीयवासीले वर्षौँदेखि पूजा गर्दै आएको कालिका मन्दिर रहेको हुँदा उक्त मन्दिरसम्म पुग्ने पैदलमार्गसमेत निर्माण गरिने र मन्दिरलाई विशेष प्रकारले संरक्षण गर्ने योजना रहेको छ । रु १२ करोडको लागतमा निर्माण हुने उद्यानमा शहीदका स्मारकबाहेक भ्यूटावर (दृश्यावलोकन स्तम्भ), चिल्ड्रेन पार्क (बाल उद्यान), फन पार्क (मनोरञ्जन उद्यान), ४०० जना अट्ने सभाहल, पैदलमार्ग, साहित्यिक स्रष्टाको स्मारक, फूलको बगैँचा, रेष्टुरेन्ट, कफीहाउस, सवारी पार्किङस्थललगायतका संरचना निर्माण गरिने उद्यान निर्माण समितिका सल्लाहाकार पौडेलले जानकारी दिएका छन् । प्रतिवेदन ग्रहण गर्दै मन्त्री भट्टराईले शहीदको सम्मानमा निर्माण हुने उद्यानमा सरकारको तर्फबाट बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाए । रासस
हिमालयन बैंकमा नयाँ नेतृत्वः पब्लिकको हिस्सा बढाउने, सीडीसी भित्र्याउने
काठमाडौं । हिमालयन बैंक संचालक समितिमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व आएको छ । २९ माघमा हुने बैंकको वार्षिक साधारणसभाको लागि उम्मेदवारी मनोनयनमा सर्वसम्मत भएको हो । बैंक संचालक समितिमा प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, तुलसी गौतम, आशिष शर्मा र फैसल लालानीको मात्रै उम्मेदवारी परेको छ । श्रेष्ठ यसअघि पनि बैंक संचालक समिति सदस्य थिए । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादर थापाका छोरा तथा पूर्वमन्त्री हुन् । हिमालयन शमशेर जवराका ज्वाइँ थापा पृथ्बीबहादुर पाँडेसमुहको प्रतिनिधित्व गर्दै आएका हुन् । गौतम कर्मचारी संचय कोषको तर्फबाट संचालक बनेका हुन् । शर्मा पूर्वराजदुत दीपकुमार उपाध्यायका छोरा हुन् । शर्मा यसअघि नविल बैंकको संचालक समिति सदस्य भइसकेका छन् भने युनाइटेड इन्स्योरेन्स कम्पनीको संचालक समिति अध्यक्ष पनि भइसकेका हुन् । लालानी पाकिस्तानको हविब बैंकको प्रतिनिधित्व गर्दै संचालक समितिमा आएका हुन् । अबको अध्यक्ष को ? बैंक संचालक समितिले सामना गर्ने पहिलो चुनौति नै यही हुने देखिएको छ । वर्तमान अध्यक्ष मनोजबहादुर श्रेष्ठले संचालक समितिमा उम्मेदवारी नै नदिएर मैदान खाली गरिदिएका छन् । उनका भाइ प्रचण्ड बहादुर श्रेष्ठले अध्यक्षको जिम्मेवारी पाउने सम्भावना कम रहेको बताइन्छ । अर्का संचालक शर्मा पनि अध्यक्ष बन्ने प्रतिस्पर्धामा छैनन् । अध्यक्ष पदको लागि थापा र गौतमबीच प्रतिस्पर्धा हुने देखिएको छ । एउटा पक्षले गौतमलाई अध्यक्ष बनाउने प्रयास गरिरहेको छ भने अर्काे पक्षले पूर्वमन्त्री समेत रहेका थापालाई अध्यक्ष बनाउने प्रयास गरेको बताइएको छ । प्राथमिकतामा ३ सुची हिमालयन बैंकमा अहिले पनि सर्वसाधारणको १५ प्रतिशत मात्रै सेयर हिस्सा छ । यो हिस्सा बढाएर कम्तिमा पनि ३० प्रतिशत पुर्याउन राष्ट्र बैंकले निर्देशन दिएको छ । यो निर्देशन कार्यान्वयनको लागि बैंकले १५ प्रतिशत प्रमोटर सेयरलाई पब्लिकमा परिवर्तन गर्ने प्रक्रिया सुरु गरिसकेको छ । केही साता अगाडि मात्रै बैंकले १० प्रतिशत प्रमोटर सेयरलाई पब्लिक बनाउने प्रस्ताव राष्ट्र बैंक पठाएको थियो । राष्ट्र बैंकले सो प्रस्ताव अस्वीकार गरेको छ । प्रमोटर सेयरलाई किस्ता किस्तामा पब्लिक गर्नुभन्दा पनि एकै पटक १५ प्रतिशत सेयर पब्लिक गराउने गरी प्रस्ताव ल्याउन राष्ट्र बैंकले हिमालयन बैंकलाई निर्देशन दिएको छ । हिमालयन बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार नै १० प्रतिशत प्रमोटर सेयर मात्रै पब्लिक गर्ने प्रस्ताव पठाएको थियो । राष्ट्र बैंकले जारी गरेको निर्देशनमा एक पटकमा १० प्रतिशत प्रमोटर सेयरलाई मात्रै पब्लिक गराउन पाइने भन्ने थियो । तर, हिमालयन बैंकलाई एकै पटक १५ प्रतिशत सेयर प्रमोटर गर्न दिने सन्देश राष्ट्र बैंकले दिएको छ । हिमालयन बैंकको नयाँ नेतृत्वले राष्ट्र बैंकको निर्देशन अनुसार सर्वसाधारणको सेयर हिस्सा कम्तिमा ३० प्रतिशत पुर्याउनु पर्नेछ । संचालक समितिको अर्काे प्रमुख कार्यभार भनेको हविब बैंकलाई निकास दिनु हो । पाकिस्तानको हविब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो २० प्रतिशत सेयर विक्री गर्न चाहेको छ । हविबसँग भएको सेयर बेलायती कम्पनी सीडीसीले खरिद गर्ने प्रक्रिया नै अगाडि बढेको थियो । नेपाल राष्ट्र बैंकले पनि हिमालयन बैंकमा सीडीसीलाई भित्र्याउन पहल गरिरहेको छ । अहिलेका संचालक समिति अध्यक्ष मनोज बहादुर श्रेष्ठले अवरोध गरेका कारण सो सेयर खरिद विक्री प्रक्रिया सफल हुन नसकेको चर्चा पनि छ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई मर्जरमा जान सुझाव दिइरहेको छ । राष्ट्र बैंकको सुझाव अनुसार उपयुक्त बैंक खोजेर मर्जरमा जानु नयाँ नेतृत्वको अर्काे कार्यभार हुनेछ । यद्यपि अहिलेको संचालक समितिले मर्जरलाई त्यति प्राथमिकता दिने संकेत गरेको छैन । सम्बन्धित सामग्री हिमालयन बैंकको १० प्रतिशत प्रमोटर सेयर पब्लिक बनाउन राष्ट्र बैंकले स्वीकृति दिएन हिमालयन बैंकसँग अझै २ विकल्प, एफपीओ जारी गरे प्रतिकित्ता २ सय रुपैयाँ हिमालयन बैंकको औसत लाभांश २७.५५ प्रतिशत, बाेनसकाे मुखमा सेयर मूल्य ५०० नजिक हिमालयन बैंकलाई राष्ट्र बैंकको चार बुँदे कडा निर्देशन, सञ्चालक समितिमा उथलपुथल हुने इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरको ‘च्याप्टर क्लोज’ सम्बन्धित शिषर्कहरु
अजोड इन्स्योरेन्सको आधारभुत बीमा अभिकर्ताको तालिम पोखरामा
काठमाडौं । अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम पाेखरामा सम्पत्र भएको छ । लेक साइड पोखरामा भएको उक्त तीन दिने कार्यक्रममा अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । केन्द्रिय कार्यालयका बजार विभागका नायब प्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाको वारेमा प्रकाश पारे भने अजोड इन्स्योरेन्सका पर्वत शाखाका शाखा अधिकृत हरी सुवेदीले कृषि (बाली तथा पशुपंक्षी) बीमाको वारेमा प्रष्ट्याएका थिए । यस इन्स्योरेन्सको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा ३८ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्सका गण्डकी प्रदेशका प्रमुख गोपाल प्रसाद पौडेलले गरेका थिए । केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले प्रशिक्षण सहित सहनकिरणको कार्य गरेकी थिइन् ।
प्रभु बैंकको नाफा १ अर्ब ८ करोड, स्प्रेड दर केही घट्यो
काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले सर्वसाधारणलाई ९४ अर्ब ७१ करोड ६४ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८५ अर्ब ८२ करोड ११ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको कारोबारको आधारमा प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । यस्तै, बैंकमा गत पुस मसान्तसम्ममा सर्वसाधारणको १ खर्ब १५ अर्ब ५० करोड रुपैयाँ निक्षेप छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकमा १ खर्ब ५ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ निक्षेप थियो । गत पुस मसान्तसम्ममा बैंकले ५ अर्ब ९९ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ भने ३ अर्ब ५३ करोड २९ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब २२ करोड ४९ लाख रुपैयाँ व्याज आम्दानी गरी ३ अर्ब ७ करोड १८ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । गत आर्थिक वर्षको ६ महिनामा २ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको प्रभु बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रभु बैंकको खराब कर्जा अनुपात ३.१२ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुपात २.४७ प्रतिशत थियो । यस्तै, कष्ट अफ फण्ड ६.२९ प्रतिशत छ । गत वर्षको पुसमा ६.१९ प्रतिशत थियो । गत वर्षको पुस मसान्तमा ७६.५९ प्रतिशत रहेको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) यो वर्षको पुस मसान्तमा ७४.७ प्रतिशत छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार गत पुस मसान्त आधार दर ९.४५ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो दर ९.३७ प्रतिशत थियो । आधार दर बढी भयो भने कर्जाको व्याज महंगो पर्छ । गत वर्षको पुस मसान्तमा ४.८७ प्रतिशत रहेको बैंकको व्याज अन्तर (स्प्रेड) दर यो वर्षको पुस मसान्तमा ४.८३ प्रतिशत छ ।
पुरुषहरुमा देखिने प्रोष्टेट क्यान्सरको यस्ता छन् रोकथाम तथा आहार
काठमाडौं । प्रोष्टेट क्यान्सर विभिन्न क्यान्सर मध्ये दोश्रो उच्च जोखिम रहेको पाइएको छ । अमेरिकमा प्रत्येक नौ जना व्यक्ति मध्ये एक जना यस रोगको पिडित रहेको पाइएको अनुसन्धानले देखाएको छ । नेपालमा पनि दिनप्रतिदिन प्रोष्टेट क्यान्सरको संक्रमण बढ्दै गइरहेको छ । अहिले नेपालमा ७० देखि ७४ वर्षको जेष्ठ नागरिकहरुमा, पुरुष हरुमा ५९ देखि ६५ वर्ष को व्यक्तिमा समेत प्रोष्टेटको क्यान्सर भएको देखिएको छ । प्रोष्टेट क्यान्सर पुरुषहरुमा देखिने प्रमुख रोगहरु मध्ये एक हो । अव्यवस्थित रहनसहन, खानपान ,जीवनशैली, कम शारिरीक परिश्रम तथा उचित पोषणको कमीले गर्दा यो रोग लाग्ने गरेको पाइएको छ । धुम्रपान, मद्यपान, धेरै अरामदायी जीवन, बाहिरको खानाको अत्याधिक प्रयोग, बट्टा बन्द गरिएका खाना, जंकफुड तथा मैदाजन्य खानाको उपयोगले पनि प्रोष्टेटको समस्यालाई बढाउने गर्दछ । उचित मात्रामा स्वस्थकर र पोषिलो खानपान, शारिरीक व्यायाम, सन्तुलित भोजन, सकारात्मक सोचले यसको रोकथाम गर्न सकिन्छ । । के खाने ? रातो फलफूल तथा तरकारीः अमेरिकन इन्टिच्युट अफ क्यान्सर रिसर्चले हालसालै गरेको अनुसन्धान अनुसार रातो फलफूल तथा तरकारी जस्तै गोलभेडा, खरवुजा तथा रातो प्रकारका खाद्य पदार्थ जसमा रोग प्रतिरोधात्मक तत्व रहने भएकोले प्रोष्टेटको क्यान्सरको उच्च जोखिमलाई कम पुष्टि गरेको छ । फलफूल तथा हरियो सागपात र तरकारीहरुः हरियो सागपात तथा फलफूल रोगसँग लड्ने क्षमताले भरिपूर्ण गुणले प्रोष्टेट क्यान्सर हुनबाट जोगाउन मद्दत गर्दछ । फलफूलमा भएको यौगिक गुणले क्यान्सरसँग लड्ने क्षमता वृद्धि गर्दछ । यसमा रहेका यौगिक गुणले प्रोस्टेट क्यान्सरको प्रतिरक्षा गर्दछ । ब्रोकाउली, काउली, बन्दा ,सलगम यिनीहरूमा सल्फोराफाइन नामको रसायन हुन्छन् , जुन प्रोष्टेट क्यान्सर हुन बाट जोगाउने गर्दछन् । माछा तथा ओमेगा थ्रीः ओमेगा थ्री फ्याटी एसिडले प्रोष्टेट क्यान्सरको विरुद्धमा मूख्य भूमिका निर्वाह गरेको पाइएको छ । यो वनस्पती तथा जनावर दुवै प्रकारका पदार्थमा र विशेषगरी माछामा पाइन्छ । आलस, ओखर, वदाम तीलमा पनि ओमेगा थ्री पाइन्छ । यी खाद्य पदार्थको प्रयोगले पनि प्रोष्टेट क्यान्सरको जोखिमलाई न्युनीकरण गर्दछ । फोलिट एसिडयुक्त खानाः अमेरिकन क्यानसर समाजले सन् १९९० मा गरेको एक अनुसन्धानले शरीरमा फोलिट एसिडको कमी भएमा प्रोष्टेट क्याक्सरको खतरा बढी हुने देखाएको थियो । गेडागुडी, दालहरु, हरियो सागपात, ओट्समा फोलिट पाइने भएकोले यस्ता खानेकुराहरु खाने गर्नु पर्दछ । सोयाविन, तोफुमा पनि प्रोष्टेट क्यान्सरको जोखिम घटाउन तत्व रहेको हुन्छ । ग्रिन टी को सेवनः अन्य चिया, कफीको सट्टा ग्रीनटीको सेवन स्वस्थकर हुन्छ, सन् २०१४ मा गरिएको एउटा अध्ययनले ग्रिनटीको सेवन प्रोष्टेटको क्यान्सर न्युनीकरण गर्न सफल भएको देखाएको थियो । फलफूल तथा यसबाट बनेको कैन्डी ताजा तरकारी तथा यसबाट प्रशोधित पदार्थ । बदाम तथा बिउहरु । गोलभेडाः गोलभेडा, रातो फलफूल तरकारीमा लाइकोपेन नामको एनटी ओक्सिडेनट हुन्छ , जुन क्यान्सरसँग लड्न मद्दत गर्दछन् । त्यस्तै अनार, रातो भेन्डे खुर्सानी , अंगुर आदिको सेवन गर्नुपर्छ । टोफूः २०१८ मा गरिएको एउटा अनुसन्धानबाट टोफूको प्रयोगले यसको जोखिम कम भएको पुष्टि गरिएको थियो । सोयाबिनमा भएको आइसोफ्लाबिन तत्व जुन वनस्पतिजन्य योगिक तत्व फाइटोकेमिकल हुन्छ , त्यस्तै सिमि, मटरकोसा, रातो दाल, आदिको सेवन राम्रो मानिन्छ । के नखाने ? अत्याधिक तापक्रममा पकाएको मासुः मासु यसै पनि प्रोष्टेटको क्यान्सरको खतरा बढाउने खाना हो, त्यसमा पनि अत्याधिक तापक्रममा पकाइएको मासुले यसको जोखिम अझै बढाउँछ । जनावरबाट प्राप्त चिल्लो पदार्थः सन् २०१४ मा गरिएको एक अध्ययनले जनावरबाट उत्पादन गरिएको चिल्लो पदार्थको अत्याधिक प्रयोगले प्रोष्टेट क्यान्सरको उच्च जोखिम रहेको देखाएको छ । चिज, बटर, नौनी, रातो बोसोयक्त मासुको प्रयोग सकेसम्म कम गर्नु उपयुक्त हुन्छ । दुग्ध पदार्थः दुग्ध पदार्थको अत्याधिक प्रयोग पनि प्रोष्टेटको क्यान्सरको कारक बन्न सक्छ । चुरोट, विडी, खैनी आदिः धुम्रपानले धेरै रोगहरु निम्त्याउँछ । छाती तथा फोक्सोको रोगको साथै प्रोष्टेटको समस्या समेत चुरोट, विडी, खैनी जस्ता बस्तुको सेवनले बढाउने भएकोले यस्ता बस्तुको सेवन गर्नु हुदैन । धेरै मोटोपना तथा धेरै कम तौल हुनु पनि प्रोष्टेटको समस्याको आधार हुन सक्दछन् । त्यसैले आफ्नो तौल नियन्त्रणमा राख्नु पर्दछ । सहि तथा सन्तुलित, भोजन आदिको सेननले तन्दुरुस्त व्यक्तिलाई प्रोष्टेट तथा अन्य रोगहरुको समेत कम जोखिम हुने हुनाले शारिरीक व्यायाम तथा सन्तुलित आहारको प्रयोग गर्नु पर्दछ । पौडी खेल्नु, योग गर्नु, फटाफट हिंड्नु, दौडनु, साइकल चलाउनु, डोरी खेल्नु तन्दुरुस्त हुने सरल उपायहरु हुन्, यी उपायहरु अपनाएर प्रोष्टेट तथा अन्य रोगहरुबाट आाफूलाई बचाउन सकिन्छ । धेरै तारेको , फ्राइ, प्यााकेजको सामान, मैदाको खानेकुरा , अत्याधिक चिल्लो पदार्थको उपभोग राम्रो मानिदैन। सकरात्मक सोचाइ , सक्रिय जीवनशैली , समयमा सुत्ने , उठ्ने , एउटा सरल बानी आदिको संयोजनमा रोगहरुबाट बच्न सकिन्छ ।
हिमालयन बैंकको १० प्रतिशत प्रमोटर सेयर पब्लिक बनाउन राष्ट्र बैंकले स्वीकृति दिएन
काठमाडौं । हिमालयन बैंकले आफ्नो १० प्रतिशत प्रमोटर सेयर पब्लिकमा परिवर्तन गर्न गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकले अस्वीकार गरेको छ । हिमालयन बैंकमा सर्वसाधारणको सेयर हिस्सा १५ प्रतिशत मात्रै छ । राष्ट्र बैंकले नै सर्वसाधारणको सेयर हिस्सा कम्तिमा ३० प्रतिशत पुर्याउन बैंकलाई निर्देशन दिएको थियो । सो निर्देशन अनुसार नै हिमालयन बैंकले १० प्रतिशत प्रमोटर सेयरलाई पब्लिक बनाउने स्वीकृतिका लागि राष्ट्र बैंकमा प्रस्ताव पठाएको थियो । हिमालयनले पब्लिक सेयरको हिस्सा १५ प्रतिशत बढाउनु पर्ने भएकोले १० प्रतिशत मात्रै परिवर्तन गर्ने प्रस्ताव राष्ट्र बैंकले अस्वीकार गरेको हो । राष्ट्र बैंकले हिमालयन बैंकलाई एकैपटक १५ प्रतिशत प्रमोटर सेयर पब्लिक गराउने प्रस्ताव ल्याउन निर्देशन दिएको छ । सम्बन्धित सामग्री हिमालयन बैंकसँग अझै २ विकल्प, एफपीओ जारी गरे प्रतिकित्ता २ सय रुपैयाँ हिमालयन बैंकको औसत लाभांश २७.५५ प्रतिशत, बाेनसकाे मुखमा सेयर मूल्य ५०० नजिक हिमालयन बैंकलाई राष्ट्र बैंकको चार बुँदे कडा निर्देशन, सञ्चालक समितिमा उथलपुथल हुने इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरको ‘च्याप्टर क्लोज’
सर्भे भएको १३ महिना बित्दा पनि बनेन पुल, बेलिब्रिज जडान शुरू
रारा । सर्वे भएको १३ महिना बितिसक्दा पनि कर्णाली नदीमा पक्की पुल बनाउने कार्य अगाडि बढेको छैन । सो पुलले कालीकोट जिल्लाको पचालझरना गाउँपालिकालाई सडक सञ्जालसंग जोड्छ । विसं २०७५ पुसमा पक्की पुल बनाउन सर्भे गरिएको थियो । सडक डिभिजन कार्यालय जुम्लाले पुल बनाउन पहल नगरेपछि गाउँपालिकाले अहिले बेलिब्रिज जडान गर्ने तयारी थालेको छ । कर्णाली प्रदेश सरकारले पुलको सट्टा बेलिब्रिज जडान गरी तत्काल यातायात सञ्चालनमा ल्याई पचालझरना र पलाँता गाउँपालिकालाई सडक सञ्जालले जोड्ने काम अगाडि बढाएको छ । पचालझरना गाउँपालिकाको केन्द्र जारकोटस्थित घाटलाइने ढुङ्गामा बेलिब्रिज जडान गर्न प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलका प्राविधिक टोलीले सर्भे गरेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले जानकारी दिए । ‘जुन ठाउँको नजिकै गत पुसमा पक्की पुल बनाउन सडक डिभिजन कार्यालयले सर्भे गरेको थियो । त्यो ठाउँमा नगरेर अहिले छुट्टै ठाउँमा गरियो’, उनले भने, ‘जहाँ भए पनि पुल बने भइहाल्थ्यो तर अहिलेसम्म कुनै काम भएको छैन ।’ एशियाकै अग्लो पचालझरना अवलोकन गर्न जान चाटेबगरमा पुल बने निकै सहज हुने गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए । तर त्यो पुल बनाउने काम १३ महिनासम्म शुरु नहुँदा बेलिब्रिज जडानमा प्रदेश सरकारलाई आग्रह गरिएको उनले जानकारी दिए ।रासस
वडाध्यक्ष पदम धामी भेटिए मृतावस्थामा
अछाम । पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिएका छन् । उनको शव आज विहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ । गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । प्रारम्भिक अनुसन्धानअनुसार हत्या नै भएको पुष्टि हुन्छ, तर कसले किन हत्या गरेको भन्ने कुरा खुल्न नसकेको र अनुसन्धान भइरहेकाे जानकारी दिए । प्रहरीका अनुसार घटनाका बारेमा प्रहरीलाई आज बिहान साढे ६ बजे जानकारी प्राप्त भएको र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीसहितको टोली घटनास्थलमा पुगेकाे थियाे । अनुसन्धानमा आफ्नो संयन्त्र परिचालन गरिसकिएको र धनगढीबाट तालीमप्राप्त कुकुर सहितको टोली आइरहेको उनले जानकारी दिए । मृतक धामी शिक्षक पेशाबाट राजीनामा गरी नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । रासस