विकासन्युज

अन्तर्राष्ट्रिय उडान इजाजतका लागि यती एयरलाइन्सको निवेदन

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग मागेको प्रस्ताव आह्वानमा एक मात्र कम्पनीको प्रस्ताव परेको छ । आन्तरिक उडानको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान इजाजतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको हो । यतीले आफ्नो भगिनी संस्था तारा एयरमार्फत अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि निवेदन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि मुलुकमा सञ्चालनरत आवश्यक मापदण्ड पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव मागेको थियो । यती एयरलाइन्सले यसअघि पनि अन्तर्राष्ट्रिय उडानको इजाजत (लाइसेन्स) लिएको थियो । विसं २०६३ मा ‘यति इन्टरनेशनल’ नाममा इजाजत लिएको यति एयरलाइन्सले चीनसँगको सहकार्यमा अहिलेको अवस्थामा हिमालय एयरलाइन्स नाममा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको जनाइएको छ । कम्पनीले अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि मात्रै इजाजतका लागि निवेदन दिएको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । मन्त्रालयको हवाई महाशाखाका अनुसार यतीले ‘सेडुअल’ उडानका लागि नभई चार्टर्ड उडानका लागि मात्रै इजाजत मागेको छ । इजाजतका लागि प्राप्त कागजातको अध्ययन गरी निर्णय गर्न मन्त्रालयको हवाई महाशाखा प्रमुखसमेत रहनुभएका सहसचिव आचार्यको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । समितिमा नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रतिनिधि तथा आमन्त्रित विज्ञ सदस्य रहनेछन् । उक्त समितिले सम्पूर्ण कागजातको अध्ययन गरी मूल्याङ्कनको आधार किटान गर्नेछ । समितिले सातदेखि १५ दिनभित्र इजाजतबारे टुङ्गो लगाउनेछ । मन्त्रालयबाट इजाजत प्राप्त भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुयान सञ्चालन अनुमति एयर अपरेटर सर्टिफिकेट (एओसी) लिनुपर्ने हुन्छ । सहसचिव आचार्यले अध्ययन कमिटिले साउनको शुरुदेखि मूल्याङ्कन प्रक्रिया अघि बढाउने बताए । यतीले अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा पुरानो श्री एयरलाइन्सको इजाजतजस्तै यात्रु र कार्गो चार्टर्डको लागि निवदेन दिएको जनाइएको छ । निकट भविष्यमै सञ्चालनमा आउने निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकका अन्तर्राष्ट्रिय गन्तब्यमा उडान भर्ने गरी यतीले उडान अनुमतिको प्रक्रिया अघि बढाएको बुझिएको छ । आगामी डिसेम्बरभित्र निर्माण सकिने गरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम द्रूत गतिमा अघि बढिरहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत रहेको छ । नेपालमा अहिले निजी क्षेत्रका यतीसहित बुद्ध एयर र श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको इजाजत (लाइसेन्स) पाएका छन् । यीमध्ये श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्न पाएको छैन । छोटा गन्तब्यमा चार्टर्ड र कार्गो उडान गर्दै आएको छ । यी कम्पनीले दक्षिण एशियाली विभिन्न मुलुकमा कार्गो र चार्टर्ड उडान भने गर्दै आएका छन् । बन्दाबन्दीको अवधिमै पनि बुद्धले बङ्गलादेश र यतीले सिङ्गापुर र अफ्रिकी मुलुक सुडानमा चार्टर्ड उडान गरेको थियो । बुद्धले यसअघि भारतको बनारस र कोलकात्तामा व्यावसायिक उडान गरेको थियो । यी हुन् अन्तर्राष्ट्रिय उडानको मापदण्ड आन्तरिक वायुसेवालाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय वायुसेवाको रुपमा तीन वटा वायुयानबाट सेवा सञ्चालनका लागि कम्पनी रजिष्ट्रार कार्यालयबाट प्रमाणित चुक्ता पूँजीसम्बन्धी विवरण पेस गर्नुपर्ने हुन्छ । जसअनुरुप ‘क’ वर्गको वायुसेवा सञ्चालन गर्न रु एक अर्ब, ‘ख’ वर्गको वायुसेवा सञ्चालनका लागि रु ७५ करोड र ‘ग’ वर्गको वायुसेवा सञ्चालन गर्न रु ५० करोड चुक्ता पूँजी हुनुपर्छ । तीन वटाभन्दा बढी वायुयानबाट अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्ने भएमा प्रत्येक थप वायुयानका लागि माथि उल्लेखित चुक्ता पूँजीमा रु १० करोड थप गर्नुपर्नेछ । अहिले नेपालका वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय हवाई उडानका लागि अनुमति भए पनि मालबाहक वायुसेवा (कार्गो) को इजाजतपत्र नभएकाले समस्या भएको छ । अन्तर्राष्ट्रिय उडानको इजाजत पाएमा ती कम्पनीले कार्गो, चार्टर्ड र सेडुअल उडान गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि इजाजत लिन दुई प्रक्रियामध्ये एक प्रस्ताव आह्वान गरेर र अर्को खुल्ला प्रतिस्पर्धाबाट हुने प्रावधान रहेको छ । तोकिएको मापदण्ड पूरा गरेर खुल्ला प्रतिस्पर्धाबाट पनि अन्तर्राष्ट्रिय उडानको इजाजत लिन सकिने मन्त्रालयले जनाएको छ । आन्तरिक उडानका सौर्य, सीतालगायत वायुसेवा कम्पनी अन्तर्राष्ट्रिय उडान गर्न इच्छुक रहेपनि निवेदन दिएनन् । नेपालमा १० हेलिकप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले आन्तरिक उडान गर्दै आएका छन् । हाल नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रिय उडान गर्न चाहने वायुसेवा कम्पनीको योग्यताअन्तर्गत आन्तरिक वायुसेवाबाट अन्तर्राष्ट्रिय वायुसेवा संस्थामा स्तरोन्नति हुनेतर्फ पाँच वर्ष अनवरतरुपमा आन्तरिक वायुसेवा सञ्चालन गरिरहेको, सञ्चालनका लागि चाहिने चुक्ता पूँजी भएको र वायुसेवा संस्थासँग कम्तीमा पाँच वटा वायुयान सञ्चालन रहेको हुनुपर्नेछ । ‘अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ को खण्ड ६ बमोजिम रु ५० हजार निवेदन दस्तुर र अन्य आवश्यक कागजातसहित प्रस्ताव आह्वानको मितिबाट ४५ दिनभित्र मन्त्रालयसमक्ष निवेदन दिनुपर्नेछ । धरौटी, इजाजत दस्तुर र रुट रोयल्टीवापतको रकम तथा अन्य शुल्कहरु अन्तर्राष्ट्रिय हवाई सेवा इजाजतसम्बन्धी कार्यविधिमा भएको व्यवस्था बमोजिम लागू हुने मन्त्रालयले जनाएको छ । योग्यता पुगेका आन्तरिक वायुसेवाको मूल्याङ्कन गरी योग्य आन्तरिक वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गरिनेछ । मन्त्रालयबाट इजाजतपत्र प्राप्त गरेपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (एओसी) लिनुपर्ने हुन्छ । मन्त्रिपरिषद्को गत वैशाख १५ गतेको निर्णयानुसार स्वीकृत नेपालका निजी क्षेत्रलाई ‘अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ मा भएको व्यवस्थाबमोजिम अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्नका लागि योग्यता र सर्त पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

रुरु जलविद्युतले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दै, प्रतिकित्ता कति ?

काठमाडौं । रुरु जलविद्युत परियोजनाले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिँदै परियोजनाले सर्वसाधारणलाई प्रतिकित्ता एक सय २० रुपैयाँमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको हो । परियोजनाले ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर अंकित मूल्य एक सय रुपैयाँमा २० रुपैयाँ थप प्रिमियममा सर्वसाधारणमा निष्काशन गर्न बोर्डको अनुमति मागेको हो । परियोजनाले ८ करोड ९६ लाख ९५ हजार २ सय २० रुपैयाँ बराबरको कूल ८ लाख १५ हजार ४ सय ११ कित्ता सेयर निष्काशन गर्न असार २५ गते बाेर्डमा आवेदन दिएकाे हो । जसमध्ये परियोजनाले स्थानीयलाई ४ लाख ७ हजार ७ सय ५ कित्ता र सर्वसाधारणलाई ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर निष्काशन गर्ने भएको हो । जसमध्ये स्थानियलाई अंकित मूल्य एक सय रुपैयाँमै र सर्वसाधारणलाई भने उक्त मूल्यमा २० रुपैयाँ थप गरेर प्रतिकित्ता एक सय २० रुपैयाँमा सेयर जारी गर्न बोर्डको अनुमति मागेको हो । काठमाडौंको हात्तिसारमा रहेको यस हाइड्रोपावरको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । बोर्डको अनुमति पाएसँग परियोजनाले सो मात्राको सेयर स्थानिय तथा सार्वसाधारणमा बिक्री गर्ने छ ।

भाडा तिर्न नसकेपछि सीभिल मलका व्यापारीले सञ्चालकलाई चावी बुझाए

काठमाडाैं । सिभिल मलका व्यापारीहरुले सामुहिकरुपमा पसलको चाबी मलका सञ्चालकहरुलाई बुझाएका छन् । उनीहरुले भाडा छुटकाे माग गरेपनि छुट नदिएपछि आज सञ्चालकलाई तालाचावी बुझाएका हुन् । शुन्य आम्दानीमा व्यवसायीहरुलाई भाडा बहाल रकम अनिवार्य रुपमा भुक्तानी गर्न सञ्चालकहरुले ठाडो निर्देशन दिएपछि सो रकम भुक्तानी गर्न नसक्ने भएकाले उनीहरुले पसलको चाबी बुझाएकाे बताएका छन् । सिभिल मल व्यापार संघका अनुसार नेपालमा दैनिक रुपमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा पसलहरु सञ्चालन गरे पनि आम्दानी भने भएकाे छैन । संघका अध्यक्ष रत्नबहादुर घिमिरेले वार्ताका लागि मल सञ्चलक र व्यापारी दुवै पक्षलाई गम्भीर भइ सन्तुलित सहमतिका लागि आग्रह गरेका छन् ।

मनाङ जिल्ला पनि कोराेना संक्रमित मुक्त

काठमाडाैं । मनाङ जिल्ला पनि कोराेना संक्रमित मुक्त बनेकाे छ । शुक्रबार भएकाे मन्त्रालयकाे नियमित ब्रिफिङमा प्रवक्ता डा‍‍‌. जागेश्वर गौतमले मनाङ जिल्ला पनि काेराेना संक्रमित मुक्त भएकाे बताएका हुन् । याेसँगै नेपालमा काेराेना मुक्त हुने जिल्लाकाे स‌ंख्या छ पुगेकाे छ । यसअघि धनकुटा, भाेजपुर, साेलुखुम्बु, मुस्ताङ र हुम्ला जिल्ला काेराेना संक्रमित मुक्त भएकाे गाैतमले जानकारी दिएका थिए। शुक्रबार नेपालमा १ सय १८ जना काेराेना संक्रमित थपिएका छन् भने १ सय २९ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १६ हजार ६ सय ४१ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ८ हजार ११ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।

काठमाडाैं उपत्यकामा एकैदिन थपिए ४२ जना कोरोना संक्रमित

काठमाडाैं । शुक्रबार काठमाडौं उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे २८ जना, ललितपुरका १३ जना र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए । शुक्रबार नेपालमा १ सय १८ जना काेराेना संक्रमित थपिएका छन् भने १ सय २९ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १६ हजार ६ सय ४१ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ८ हजार ११ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।

नेपालमा थप १ सय १८ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय १८ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १६ हजार ६ सय ४१ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ८ हजार ११ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ७५ हजार ९ सय ५१ काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । हाल देशभर २३ हजार ९ सय २० जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ६ सय ३ जना आईसाेलेसनमा रहेका छन् ।

भारतीय जी न्यूजका सम्पादक चाैधरीले नेपालीसँग माफी मागे

काठमाडाैं । भारतीय न्युज च्यानल जी न्युजका सम्पादक  सुधीर चौधरीले माफी मागेका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमा ट्वीट गर्दै माफि मागेका हुन् । नेपालमा भारतीय निजी न्यूज च्यानलको प्रशारण बन्द भएपछि आपत्तिजनक अभिव्यक्ति दिएका उनले माफि मागेका हुन् । नेपालविरुद्ध भारत सरकारले कुनै कारवाही गर्नै परेन, सेना प्रयोग गर्नै परेन भारतीय मिडियासँग नै डरायो, टीभी एंकरसँग नै डरायो नेपालु भन्ने आशयको ट्वीट चौधरीले बिहीवार गरेका थिए । उक्त ट्वीटको नेपालमात्र होइन भारतमा समेत तीव्र आलोचना भएपछि चौधरीले ट्वीट डिलिट गर्दै माफी पनि मागेका छन् । उनले ट्वीटमार्फत भनेका छन्, ‘मेरो ट्वीटका कारण नेपालस्थित हाम्रा दर्शकलाई चोट पुग्यो । भारतमा पनि धेरैले मलाई भन्नुभयो कि– यो ठीक भएन । शायद हुनसक्छ, मैले आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएँ । यो अभिव्यक्तिको मञ्च हो, न कि कसैलाई चोट पुर्‍याउने । त्यसकारण खेद प्रकट गर्दै उक्त ट्वीटलाई हटाउँदै छु ।’ उनकाे ट्वीट यस्ताे छ: https://twitter.com/sudhirchaudhary/status/1281480630933413888?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1281480630933413888%7Ctwgr%5E&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F112578%2F2020%2F7%2F10%2Fzee-news

पारित भयो झाँक्री उपसमितिको प्रतिवेदन, बैंकलाई ब्रोकर लाइसेन्स दिने जिम्मेवारी नियामकलाई नै

काठमाडौं । पूँजी बजार तथा मुद्रा बजारबारे अध्ययन गर्न अर्थसमितिले गठन गरेको उपसमितिको अध्ययन प्रतिवेदन अर्थ समितिले पारित गरेको छ । संसदको अर्थ समितिले सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित अध्ययन समितिले पेश गरेको प्रतिवेदनमा केहि कुराहरु संशोधन गरी पारित गरेको हो । यससँगै, बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने जिम्मेवारी नियामक नेपाल धितोपत्र बोर्डलाई नै दिईएको छ । उक्त प्रतिवेदनमा ‘बैंक तथा वित्तीय संस्थाबाट तोकिएको सीमाभन्दा बढी ऋण लिइ सञ्चालन हुने कम्पनीहरुलाई पब्लिक लिमिटेडमा अनिवार्य रुपमा जान कानूनी व्यवस्था गर्ने, हाललाई सो सीमा ५० करोड भन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने कम्पनीहरुमा लागू गर्ने’ भनिएको थियो । तर, समितिले ५० करोडको सीमा बढाएर एक अर्ब रुपैयाँ बढी ऋण लिएका कम्पनीहरुमा लागू गर्ने गरी पारित गरेको छ ।