विकासन्युज

सरकारी बेवास्ता : पशुपतिको जग्गामा व्यक्तिको रजाइँ

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौंको गोठाटारमा रहेको ५ सय ३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्ति/संस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ । कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन् । विसं २०४६ मा मन्त्रिपरिषद् बैठकको निर्णयबाट कोषलाई दिएको सो जग्गा तारवारसम्म नगर्दा अतिक्रमण हुँदै गएको छ भने वर्षेनी लाखौं रुपैयाँ बराबरको बालुवा अवैध तरिकाले निकासी हुने गरेको छ । कोषको उक्त जग्गामा एक सरकारी विद्यालय, ३० भन्दा बढी टहरा तथा केही घर अतिक्रमण गरी बनाइएको छ । गुठीका नाममा मन्दिर, धर्मशाला निर्माण गरिएको हो । जग्गाभित्र अहिले विभिन्न घुम्ती पसल, व्यक्तिगत मनोरञ्जनस्थल, सवारीसाधन सिक्ने ठाउँ आदिका नाममा कोषको जग्गा अतिक्रमण भइरहेको छ । उक्त जग्गामा दैनिकरुपमा २५ ट्रकभन्दा बढी बालुवा चोरी हुँदासमेत सम्बन्धित पक्ष बेखबर बनेको छ । आफ्नो चलअचल सम्पत्तिको संरक्षण गर्नुपर्ने दायित्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहतको पशुपति विकास कोषको हो तर, कोषको कार्यलयबाट तीन किलोमिटर दूरीमा रहेको कागेश्वरी मनहरा नगरपालिका–६ मा पर्ने उक्त जग्गाबाट कोषले प्रशस्त आम्दानी लिनसक्ने भए पनि बेवारिसे आवस्थामा छाडिएको छ । कोषको जग्गामा तेजविनायक माध्यमिक विद्यालयले समेत धमाधम भवन निर्माण गरिरहेको छ । व्यक्ति विशेष घर टहरा, दाहालको कूलदेवता मन्दिर, जसले स्थानीयको मनपरि र दादागिरी चलेको पुष्टि गर्छ । तर, कोष भने रमिते मात्र बनेर बसेको पाइएको छ । राजधानी काठमाडौंको सुगमस्थलमा रहेको कोषको जग्गा आर्थिक उपलब्धि मात्र हैन रमणीय धार्मिक तथा सांस्कृतिक पर्यटनको आकर्षक गन्तव्य पनि बन्ने प्रसस्तै आधार रहेको उक्त स्थानमा कोष तथा सरोकारवाला निकायको बेवास्ताले गर्दा व्यक्ति तथा संस्थाले रजाइ गरिरहेका हुन् । कोष मातहतका जग्गा चौतर्फी अतिक्रमणमा परिरहँदा कोषले निर्णायक कदम चाल्न सकेको छैन । गत वर्ष कोषले अतिक्रमणमा परेको जग्गा खाली गर्न पत्राचार तथा स्थलगत रुपमा माइकिङ गरेर आग्रह गरे पनि उनीहरुले अटेर गरेको कोषले जनाएको छ । पछिल्लो पटक बन्दाबन्दीको मौका छोपेर नयाँनयाँ टहरा थप्ने र जग्गा अतिक्रमण गर्ने क्रम बढिरहेको देख्न सकिन्छ । कोषका सदस्यसचिव डा प्रदीप ढकालले अतिक्रमणमा परेको कोषको जग्गाको संरक्षण तथा व्यवस्थापनका लागि कोषले काम शुरु गरे पनि प्रभावकारीरुपमा अगाडि बढाउन नसकिएको बताए । “दैनिक बालुवा चोरी हुने खबर कोषलाई आइरहेको छ, तर सिमानाको यकिन नापचाँज भई तारबार लगाउन नसक्दा यसलाई नियन्त्रण गर्न सकिएको छैन”, ढकालले भने । सीमाङ्कनका लागि नापी कार्यालयलाई पत्राचार गरिएको भए पनि हाल काम अघि नबढेको बताइन्छ । कोषका कोषाध्यक्ष डा मिलन थापाले कोषको जग्गाबाट वार्षिकरुपमा ४० देखि ५० लाख रूपैयाँ मूल्यको बालुवा चोरी निकासी भइरहेको स्वीकार गर्दै स्थानीयको अतिक्रमणमा परेको जग्गाको प्रभावकारी व्यवस्थापन हुन नसक्दा कोष निरिह बस्नुपरेको स्वीकार गरे । कोषका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गत पुस २६ गते सो क्षेत्रको स्थलगत निरीक्षण गरी जग्गाको संरक्षणको लागि घेरा पर्खाल लगाउने, सो जग्गामा गौशाला निर्माण, अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रवचन केन्द्र, पशुपति अध्ययन केन्द्र/प्रतिष्ठान, अस्पतालसहित समावेश गरी पशुपति ग्राम गुरुयोजना बनाउन निर्देशन दिए । मन्त्री भट्टराईले जग्गाभित्र पर्ने सानातिना डाँडा, उपटखापटलाई सम्याएर, पर्यटकीयस्थल, पार्क, अन्य भौतिक संरचना निर्माणका साथै जग्गाको माटो बिक्री गरेर कोषको आम्दानी बढाउन सकिनेसमेत बताए । पर्यटन मन्त्रालय मातहतकै नागरिक उडड्यन प्राधिकरणले अहिले त्रिभुवन विमानस्थल विस्तारको दोस्रो चरणको काम अगाडि बढाइरहेको छ । जसका लागि चिनियाँ निर्माण कम्पनीले ठेक्कासमेत पाइसकेको छ । यसअन्तर्गत उत्तरतर्फको खाल्डो जमिनमा माटो भर्नुपर्ने छ । कोषको उक्त जग्गाको माटो/बालुवा विमानस्थलको विस्तारको सो काममा लगाउँदा मात्र कोषलाई एक अर्ब रूपैयाँभन्दा बढी आम्दानी हुने बताइन्छ । त्यसो त, यो जग्गाप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको छ । आयोगले कोषलाई पत्राचार गरी कोषको बृहत्तर हितमा ध्यानमा राखी सो जग्गा प्रयोगमा ल्याउन भनेको छ । गुरुयोजनाअन्तर्गत सो जग्गामा पशुपति हिन्दू विश्वविद्यालय, पशुपति स्वास्थ्य केन्द्र, पशुपति वृद्धाश्रम, पशुपति गौशाला निर्माणका साथै पशुपति क्षेत्रका बि–१३ क्षेत्रका बासिन्दाको पुनःस्थापनका लागि योजना बनाइएको छ । कोषले तयार पारेको यो गुरुयोजना मन्त्रालयमा पुगेको छ । मन्त्रिपरिषद्बाट पारित भएपछि मात्र कार्यान्वयनको चरणमा जानेछ । २ सय ३१ रोपनी जग्गा नै गायब कोषका नाममा रहेको २३१ रोपनी जग्गा नै हराएको पाइएको छ । कोषको देशभर रहेको जग्गामध्ये त्यति जग्गा हराएको हो । कोषका कोषाध्यक्ष थापाले उक्त जग्गा खोला, बाटोमा परेको हुनसक्ने बताउँदै खोजी गर्ने काम भइरहेको बताए । कोषसँग अहिले देशभर १८ हजार ३ सय ४२ रोपनी पाँच आना जग्गा छ ।    रासस

प्रिमियम तिर्न ढिला भएपनि महालक्ष्मी लाइफ इन्स्योरेन्सले जरिवाना नलिने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेखको प्रिमियम तिर्न ढिला भएमा जरिवाना नलिने भएको छ । कम्पनीले असार मसान्तसम्म ग्राहकको प्रिमियम भुक्तानी बिलम्ब भए वापत लाग्ने जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने भएको हो । कोरोना भाइरस रोकथामका निमित्त लागू भएको लकडाउनको कारण नेपालीमा सृजना भएको अप्ठयारो परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले उक्त छुट दिने भएको हो । समयमा तिर्नु पर्ने नविकरण बीमाशुल्क नतिरेको कारण लाग्ने बिलम्ब शुल्क यहि असार ३१ गते भित्र नविकरण बीमाशुल्क भुक्तान गरेमा बन्दाबन्दी शुरु अवधि अर्थात चैत ११ गतेदेखिको बिलम्ब शुल्क पूर्ण रुपमा छुट दिएको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए । यस अवधिमा नवीकरण बीमाशुल्क भुक्तानी गरी आ-आफ्नो बीमालेख सक्रिय गराई यस अवसरको फाइदा लिन कम्पनीले आफुसँग आवद्ध सबै बीमितहरुलाई आग्रह गरेको छ । साथै, बीमितहरुले आफुलाई पायक पर्ने समयमा घरबाटै इसेवा मार्फत नै बीमाशुल्क भुक्तानी गर्न सक्ने छन् ।

केपी शर्मा ओलीः प्रधानमन्त्री कि सरकारका प्रवक्ता ?

काठमाडौं । शुक्रबार राति प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले सामाजिक सञ्जालमा ट्विट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने जानकारी दिए । उनले सामाजिक सञ्जालमा जानकारी गराएको केही बेरमै प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने सन्देश देशभर फैलियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने समाचार धेरै सञ्चारमाध्यमका हेडलाइन बने । धेरै सञ्चारमाध्यमले यो विपत र जोखिमको समयमा एक्कासी प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने भनेपछि कोरोना र बाढी पहिरोबाट पीडित नागरिकलाई राहत लिएर आएका हुन् कि भन्ने पनि समाचार बनाए । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरससँगै देशभर गएको बाढी पहिरोले समस्यामा परेका नागरिकहका लागि थोरै भएपनि प्रधानमन्त्री ओलीले राहात घोषणा गर्छन् कि भन्ने अनुमानका आधारमा धेरैले समाचार लेखे । त्यही समाचार पढेर राहत पाउने अपेक्षामा बसेका थिए कोराेना संक्रमित र बाढी पहिरो पीडितहरु । एउटा अचम्मको कुरा त के भने नेपाल टेलिभिजनमार्फत करिब १० मिनेट सम्बोधन गरेका प्रधानमन्त्री ओलीले एक शब्द पनि राहत भन्ने शब्द बोलेनन् । यतिखेर आम नागरिक ठूलो जोखिम र समस्यामा रहेको बेला उनले राहत घोषणा त के सरकार राहत ल्याउँछ भन्ने शब्द पनि बाचन गरेनन् । देशभर बाढी पहिरोले छिन्नभिन्न भएका नागरिकहरुलाई उनले उद्दारमा खट्न आग्रह गरे । सरकारले गर्नुपर्ने उद्दार र समस्यामा परेकाहरुका लागि दिनु पर्ने राहत उनले बोल्न चाहेनन् वा उचित ठानेनन् । शुक्रबार साँझसम्म मुलुकका ८ जिल्लामा गएको बाढी र पहिरोमा परेर ३५ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता छन् । २६ जना घाइते भएका छन् । धेरै समुदायले बाढी पहिराकै कारण वस्तीसमेत छोड्नु परेको अवस्था छ । ओलीले उनीहरुका लागि उद्दार बाहेक केही पनि बोलेनन् । उल्टै उद्दार पनि समुदाय र छिमेकीलाई गर्न आग्रह गरे । प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा बेपत्ताको खोजी कार्य जारी छ । कतिपय स्थानमा सडक अवरुद्ध हुनुका साथै वर्षा पनि जारी रहेकाले उद्धारमा कठिनाइ छ । उनीहरुको उद्दारका लागि सरकारी स्तरबाट के कति काम भइरहेको छ ? कति जना जनशक्ति त्यहाँ खटिएको छ कुनै जानकारी उनले गराएनन् । सरकार प्रवक्ता अर्थात सरकारी अधिकारीलाई पत्रकारलाई तथ्यांङ्क दिए जस्तै तथ्यांक उनले सुनाए । काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लाहरु अहिले कोरोनाको उच्च जोखिममा छन् । उपत्यकामा त दैनिक कोरोना संक्रमित बढ्दै गएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनका क्रममा कोरोनाविरूद्ध फ्रन्ट लाइनमा खटिट्ठएका चिकित्सक स्वास्थ्यकर्मी, उनीहरूमा आश्रित परिवारका लागि विशेष व्यवस्था गर्ने अपेक्षा थियो । तर त्यसको कुनै कुरा उनले सम्बोधनमा गरेनन् । कोराेनाको उपचारमा खटिने स्वास्थ्यकर्मी र चिकित्सहरुका लागि दिने भनिएको जोखिम भत्ता नपाएको गुनासो देशभरका स्वास्थ्यकर्मीहरुले गरिरहेका छन् । उनीहरुले असार मसान्तसम्म सो भत्ता पाइसक्नु पर्ने हो । तर, अहिले सम्म पाउने कुनै ठेगान छैन । देशभरबाट भत्ता पाउनु पर्ने आवाज उठिरहेको बेला उनले त्यसको बारेमा पनि कुनै शब्द उफारेनन् । बन्दबन्दीबाट उद्योग–धन्दा, कलकारखाना चौपट छन् । कृषि क्षेत्र समस्याग्रस्त छ । साना, सहकारी किसान मारमा छन् । व्यवसायीहरुले धमाधम साँचो घरधनी र बैंकलाई बुझाइरहेका छन् । उनीहरूलाई लक्षित गरेर सरकारले राहत प्याकेजको घोषणा गर्ने आशा गरिएको थियो । प्रधानमन्त्रीको सम्बोधनले उनीहरुलाई फेरि एकपटक निराश बनायो । यस्तै, सरकारले हिजो मात्रै सार्वजनिक गाडी सञ्चालन गर्ने निर्णय गरेको थियो । आज यातायात व्यवसायीहरुले सरकारले आफ्ना मागहरु सम्बोधन नगरेसम्म गाडी नचलाउने अडान लिइसकेका छन् । आजै गाडी चलाउन सक्दैनौं भनेका उनीहरुले कतै प्रधानमन्त्रीले हाम्रा लागि राहत लिएर त आएनन् भन्ने कौतुहलता उनीहरुमा नहुने कुरै भएनन् । तर, यातायात व्यवसायीहरुलाई पनि उनको सम्बोधनले निराश बनायो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक दिँदै आएको प्रेस ब्रिफिङमा बताइने कोरोनाको तथ्याकं जस्तै कपि पेष्ट गरेर आएका प्रधानमन्त्री ओली कोरोनाको र बाढी पहिरोबाट ज्यान गुमाउनेहरुको अपडेट दिन उपस्थित भएका हुन् कि देशवासीको नाममा सम्बोधन गर्न आएका हुन् त्यो भने उनको सम्बोधनको पूर्णपाठले स्पष्ट बताउँछ । त्यति मात्र हाेइन उनले उनले सरकारका प्रवक्ता तथा अर्थ र सुचना तथा सञ्चार प्रविधि मन्त्री डा.युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकका निर्णय सुनाए जसरी सरकारी अधिकारीबाट लिखित कोरोना र बाढी पहिरोबाट भएको मानविय क्षतिको विवरण सुनाए । उनले आपतकालिन रुपमा गृहमन्त्रालयद्वारा जारी हुने बाढी पहिरोबाट मृत्यु र बेपत्ता हुनेको तथ्यांक सार्वजनिक गरे जस्तो गरे । यस्तो विपत र समस्यामा परेका नागरिकलाई थोरै भएपनि राहत घोषणा गर्नुको सट्टा उनले पीडितको आलो घाउमा  पीडितलाई एकपटक झन विगत सम्झिन  र मृत्युु भएका परिवारलाई सम्झेर झन तनाव थुपार्ने काम  उनले गरे । आम सर्वसाधारण, व्यवासयी र स्वास्थ्यकर्मीहरुको समस्या र जोखिम प्रधानमन्त्रीको सम्बोधनले सम्बोधन गर्न सकेन । गफ गर्न  माहिर प्रधानमन्त्री ओलीले उल्टै आफ्नो नेतृत्वको सरकार नागरिकको जीवन रक्षामा केन्द्रित भएको भन्ने गफ दिन छुटाएनन् । उनले उल्टै देशका विभिन्न ठाउँमा बाढी पहिरोमा फसेका नागरिकलाई वर्तमान घिनलाग्दो राजनितीको गफ सुनाएर बिदा मागे । रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि नहट्ने देखावटीपन देखाएर उनले सम्बोदनको अन्त्य गरे ।

यतिबेला मेरो ध्यान नागरिकको जीवन रक्षामा केन्द्रित छः प्रधानमन्त्री (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला आफ्नो ध्यान आम नागरिकको जीवनरक्षामा केन्द्रित रहेको बताएका छन् । शुक्रबार राति देशवासीका नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कोरोना महामारी र प्राकृतिक विपत्तिप्रति खेलवाड गरेर महाविपत्ति निम्त्याउन नमिल्नृे बताउादै उनले यसमा एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नु पर्ने उनको धारणा छ । ‘जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तिनवटै तह, जनप्रतिनिधिहरु, राजनीतिक नेता, कार्यकर्ताहरु एकजुट भएर संभव सबै प्रकारका उद्दार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारी रुपमा अघि बढाइहाल्नु पर्दछ, सबैलाई सम्बन्धित स्थानमा उद्दार कार्यमा जुट्न र आफ्ना दाजुभाइ दिदीबहिनीहरुको सहयोगमा केन्द्रीत हुन विशेष आह्वान गर्न चाहन्छु,’ उनले भने । यस्तो छ पूर्णपाठः आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, आज म यहाँहरुसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तीमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु । केही दिन यता देशका विभिन्न भागमा अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पु¥याएको क्षतिको जानकारीले मलाई स्तब्ध र दुःखित तुल्याएको छ । गत जेठ ३१ देखि असार २६ गतेसम्म देशका ११ जिल्ला बाढी÷पहिरोबाट प्रभावित भएका छन् । हालसम्म पर्वत, बझाङ, गुल्मी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र दोलखा गरी आठ जिल्लामा पहिरोले क्षति पु¥याएको छ । सिन्धुपाल्चोक, तनहुँ र म्याग्दी तीन जिल्लाले भीषण बाढी र पहिरोका कारण क्षति व्यहोर्नु परेको छ । यस क्रममा ३५ जनाले ज्यानै गुमाउनु परेको छ, ३२ जना घाइते भएका छन् र ३४ जना अझै बेपत्ता छन् । सय घर क्षतिग्रस्त बनेका छन्, ३०१ परिवार विस्थापित हुनुपरेको छ । सरकारले बाढी तथा पहिरोबाट प्रभावितहरुको उद्दारमा आवश्यक सुरक्षाकर्मीहरु परिचालित गरिसकेको छ । संघीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको छ र प्रभावितहरुलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको छ । यस्ता विपत्तीहरूबाट सुरक्षित हुन सरकारले उद्दार, राहत र पुनस्र्थापनाका कार्यहरू मात्र होइन, विपत्तीमा पर्नै नपरोस् भनेर असुरक्षित बसोबासका स्थानहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने जस्ता अनेकौं दूरगामी महत्वका कार्यक्रमहरू पनि सँगसँगै संचालन गरिरहेको छ । बाढी पहिरोको यस प्राकृतिक विपद्का कारण झण्डै तीन दर्जन नेपाली दाजुभाइ दिदीबहिनीहरुको असमयमै जीवन गुमेकोमा गहिरो दुःख व्यक्त गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित परिवारजनहरुमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु । दाजुभाइ तथा दिदीबहिनीहरु, बाढी पहिरो, भूक्षय, आगजनी, चट्याङ, भूकम्प जस्ता विभिन्न खालका प्राकृतिक विपत्तीको नेपाल सँधै उच्च जोखिममा रहेको छ । हरेक बर्ष गर्मी याममा हामीले आगजनीको समस्या भोग्नु परेको हुन्छ र बर्षात् सँगसँगै बाढी पहिरोका कारणले क्षति व्यहोर्नु परेको हुन्छ । विपद्मा परेर घरवार गुमाउने र जिउधनको क्षति व्यहोर्नुपर्ने समस्या हामी नेपालीको नियतीजस्तै बन्ने गरेको छ । यस क्रममा सरकारले तत्काल उद्दार कार्यमा कुनै कसर नराखी सम्पूर्ण सामथ्र्यका साथ ध्यान दिदैं आएको छ । जोखिम मोलेर सेना, प्रहरी, कर्मचारी तथा सिंगो सरकारी संयन्त्र र सम्बद्ध निकायहरु बाढी पहिरो शुरु भएदेखि नै तत्परताका साथ उद्दार र सहयोग कार्यमा जुट्दै आएका छन । नेपालका जुनसुकै भूभागमा आइपर्ने यस्ता संकट र समस्यामा सरकार आफ्ना नागरिकको साथमा रहँदै आएको छ । यतिबेला मेरो ध्यान आम नागरिकको जीवनरक्षामा केन्द्रित रहेको छ । हामीले महामारी र प्राकृतिक विपत्तिप्रति खेलवाड गरेर महाविपत्ति निम्त्याउन किमार्थ पनि मिल्दैन । तसर्थः जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तिनवटै तह, जनप्रतिनिधिहरु, राजनीतिक नेता, कार्यकर्ताहरु एकजुट भएर संभव सबै प्रकारका उद्दार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारी रुपमा अघि बढाइहाल्नु पर्दछ । म यहाँहरु सबैलाई सम्बन्धित स्थानमा उद्दार कार्यमा जुट्न र आफ्ना दाजुभाइ दिदीबहिनीहरुको सहयोगमा केन्द्रीत हुन विशेष आह्वान गर्न चाहन्छु । यस्तो प्राकृतिक विपत्तिप्रति सजग रहँदै अत्यावश्यक उद्दार, सहयोग र उपचारमा ध्यान दिइरहेको बेला हामी विश्वव्यापी कोरोना महामारीको नियन्त्रण, उपचार र रोकथामको लामो प्रयाशमा रहेको तथ्यलाई पनि भुल्नु हुँदैन । विश्वका विभिन्न मुलुकहरुमा झैं हामीकहाँ पनि कोरोना महामारीको संकट हटिसकेको छैन । कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा करिब चार महिनादेखि हामी सम्पूर्ण रुपमा केन्द्रित रहेका छौं । र, कोरोनाको असर एवं त्यसबाट अर्थतन्त्रमा आइपरेको प्रभावलाई व्यवस्थापन र पुनरुत्थानमा लागिपरेका छौं । असार २६ गतेसम्म १६ हजार ६ सय ४९ जना नेपालीहरु कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमित मध्ये हालसम्म ज्यान गुमाउनेहरुको संख्या ३५ रहेको छ, जुन कूल संक्रमितहरुको ०.२१ प्रतिशत हो । उमेर समूहका हिसाबले २१ बर्षमाथि र ४० बर्षमुनिका संक्रमितहरुको संख्या ६० प्रतिशतभन्दा बढी रहेको छ । यसबाट स्पष्ट हुन्छ, संक्रमितहरु मध्येको ठूलो संख्या सक्रिय र कामकाजी उमेर समूहको छ । कूल संक्रमितको ४८.१ प्रतिशत अर्थात् ८ हजार ११ जना निको भएर घर फर्किसक्नु भएको छ । अझै कूल संक्रमितको ५१.९ प्रतिशत उपचारकै क्रममा हुनुहुन्छ । र, २३ हजार ९ सय १० जना क्वारिन्टिनमा हुनुहुन्छ । दाजुभाइ तथा दिदीबहिनीहरु, हामीले शुरुदेखि नै संक्रमितहरुको पीसीआर परीक्षणमा जोड दिदैं आएका छौं, र यसलाई कूल जनसंख्याको २ प्रतिशत पु¥याउने लक्ष्य राखेका थियौं । हाम्रो यो प्रयास जारी छ र हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जना संक्रमितहरुको पीसीआर परीक्षण गरिएको छ । यो संख्या प्रतिदश लाख जनसंख्यामा ९ हजार ३ सय ७७ हो । कोरोना रोकथाम कार्यमा १ लाख १० हजार ४ सय ६२ जना सुरक्षकर्मीहरुलाई परिचालन गरिएको छ । सुरक्षाकर्मीसँगै उपलब्ध संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति अग्रिम मोर्चाका ‘सिपाही’का रुपमा उपचार कार्यमा अहोरात्र खटिरहनु भएको छ । वास्तवमा यही जनशक्तिको बलमा हामीले कोरोनालाई परास्त गर्दै अघि बढ्न सकिरहेका छौं । लकडाउनको यस अवधिमा भारतबाट २ लाख ८८ हजार ८ सय ६४ जना र विभिन्न अन्य मुलुकहरुबाट २३ हजार २ सय ५४ जना नेपालीहरु स्वदेश फर्किनु भएको छ । यही असार २५ गतेसम्मको प्रदेश अनुसारको स्थिति हेर्दा सबैभन्दा बढी संक्रमित संख्या प्रदेश नं २ मा रहेको छ । त्यसपछि क्रमशः प्रदेश नं ५, सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं १ र वागमती प्रदेश रहेका छन् । हाम्रा प्रयासले कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आउने क्रममा यो स्थितिमा परिवर्तन पनि आएको छ । लकडाउनलाई केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको छ । गत असार ९ देखि २४ गतेका बीच मात्रै उपत्यकामा संक्रमितहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । ९ गते सिंगो उपत्यकामा ६३ जना संक्रमित रहेकोमा २४ गते यसको कुल संख्या २३३ पुग्यो । यसले संकेत गरिरहेको छ, राजधानी उपत्यकामा यो महामारी क्रमशः तर तीब्र रुपमा बढ्दै जाँदैछ । यो संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जना समेत हुनसक्छ । तसर्थः हामी सबैमा थप गंभीरता, अनुशासन र सचेतनता आवश्यक रहेको छ । राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य मन्त्रालय र चिकित्सक÷स्वास्थ्यकर्मीहरुबाट सुझाइएको सुरक्षित रहने उपाय कुनैपनि हालतमा अपनाउनु पर्दछ । छोटकरीमा एस–एम–एस भनिएको– सामाजिक दूरी कायम गनर्,े मास्क प्रयोग गर्ने र समय–समयमा हात धुने कामको लागि म सबैको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । दिदीबहिनी तथा दाजुभाइहरु, अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरुप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो । महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु अन्यथा होइन । जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पु¥याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै हो । पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन । यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ । अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्छ । म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरुका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ । यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन । मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्रयाश महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ । धन्यवाद ।

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले अहिले ८ बजेपछि देशवासीका नाममा सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।थापाका अनुसार प्रधानमन्त्री ओलीको सम्बोधन साझ ८ बजेको समाचारपछि नेपाल टेलिभिजनबाट प्रशारण हुने छ । पछिल्लो समय सत्तारुढ नेकपाका बहुमत शीर्ष नेताले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेको अवस्था छ भने देशभर ओलीको पक्षमा प्रदर्शन पनि जारी छ ।

पेट्रोल र डिजेलकाे मूल्य फेरि बढ्याे, यस्ताे छ नयाँ मूल्य सूची

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमलेआज एक सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले बढाएको हो। निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्नेछ। बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ। निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट जुलाई १ मा आएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा र मट्टितेल १४ रुपैयाँ २५ पैसा बढेर आएको छ । सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको छ ।

पहिलो पटक सञ्चालनमा आउँदै वायरलेस वाइफाइ सेवा, एनसेलले सुरु गर्यो प्रि-बुकिङ

काठमाडौं । नेपालका उपभोक्ताहरुले अब चाँडैनै आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत वायरफ्री प्लस वाइफाइ सेवाको लागि बुकिङ सुरुगरेको घोषणा गरेको छ । एनसेलले नेपालमा पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि उपयुक्त हुने गुणस्तरिय र भरपर्दो वायरफ्री प्लस वाइफाइ सेवा ल्याउन लागेको छ । यो सेवा लिनको लागि इच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरमा गई बुकिङ गर्न सक्छन् । वायरफ्री प्लस वाइफाइ सेवाको प्रमुख विषेशता भनेको विभिन्न सेवाहरुको आकर्षक बन्डलिङ हो । बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा सिमकार्ड, प्रत्येक सिममा ५ जिबी डेटा, एनसेल नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक लगायतका डिजिटल कन्टेन्टहरुको फाइदा लिन सक्नेछन् । कम्पनीले गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा वायरलेस वाइफाइ डिभाइस, सिम कार्ड र ठुलो डेटा भोलुमसँगको बन्डलिङ सहित प्रि बुकिङ्ग लिदैछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समुह अन्तर्गत ३० दिन, ९० दिन, २१० दिन वा ४२० दिनको प्याकेजहरु लिन सक्छन् । प्याकेजको शुल्क ३० दिनका लागि मान्य हुने रु ७९९ (कर बाहेक) बाट सुरु हुन्छ । प्याकेजको समयसिमा अनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहक शुल्क रु ५००, रु २,५०० वा रु ३,५०० तिर्नु पर्दछ । ४२० दिनको समयसिमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ । ग्राहक लिने प्याकेज अनुसार यी प्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन । वायरफ्री प्लस वाइफाइ सेवाको बारेमा उत्साहित हुदै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “आफ्ना ग्राहकलाई आवश्यकता अनुसार उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै सदैव सन्तुष्ट राख्नु हाम्रो उदेश्य रहदै आएको छ । हामीले प्रदान गर्ने कनेक्टिभिटी सोलुसन्स् मार्फत ग्राहकले सेवाको राम्रो अनुभव गर्न पाउन भन्ने हामी सुनिश्चित गर्न चाहन्छौं । यस वायरफ्री प्लस वाइफाइले ग्राहकलाई वायरलेस डेटा कनेक्टिभिटीको नयाँ अनुभव गराउने छ । हामीलाई विश्वास छ यो सेवाले धेरै भन्दा धेरै मानिसलाई इन्टरनेटमा पहुँच प्रदान गरी उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्ने छ ।” सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरा देखि पुर्वको मोरङ, सुनसरी र धनकुटा सम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध हुनेछ । विशेष योजना अन्तर्गत ये प्रि– बुकिङ सिमीत अवधिको लागि मात्र ल्याइएको हो । हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवाले ग्राहकलाई इन्टरनेट सेवाको नयाँ अनुभव प्रदान गर्नेछ । आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याइसकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ । व्यावसायिक उडान सुचारु भए एनसेलले श्रावणको तेस्रो हप्ताबाट यो सेवा सुचारु गर्नेछ । यो सेवा सम्बन्धि थप जानकारीको लागि एनसेलका ग्राहकले आफ्नो कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् ।

कोभिड विरुद्धको सावधानी सहित सञ्चालनमा आयाे पवन स्वीट, फेसबुकबाटै अर्डर गर्न सकिने

काठमाडाैं । विश्वब्यापी महामारीबाट बच्न अबलब्न गरिने सबै सोसल डिस्टेन्सिगका प्रोटकलहरुको पूर्ण पालना गर्दै पवन स्विट्ले लकडाउन पछि आफ्नो सेवा पुनः संचालनमा ल्याएको छ । सफा, शान्त र पारिवारीक वातावरणमा संचालित यस मिष्ठान भण्डारमा कोभिड-१९ विरुद्धको सम्पूर्ण सजगता अपानाईएको संचालकहरुले बताएका छन् । सबै कर्मचारीहरुले हातमा पन्जा, मुखमा माक्स र फेस सिल्ड लगाएरै काम गर्ने गरेका छन् । खाना उत्पादन गर्दा देखि ग्राहकहरुलाई पस्किदासम्मको सम्पूर्ण क्षणहरुलाई उच्च सतर्कताका साथ सम्पन्न गरिएको छ । वातावरण प्रदुषण प्रति सदैब सचेत यस मिष्ठान भण्डारमा सबै सामानहरु बायो डिग्रेडबल जस्तै केराको पात, टपरी तथा पेपरका सामानहरु प्रयोग गरिने गरेको छ। हाल घरै बसेर यस मिष्ठान भण्डारबाट स्वदेशी तथा ईन्डिएन कुजिनका खानाहरु फुडमान्डुबाट अर्डर गर्ने सुविधा पनि रेहेको छ। गर्मी सिजनमा आत सितल बनाउने नेपालकै पहिलो फ्रुट स्टफ कुल्फी पनि पाईने गरेको छ । कुनै पनि अबसरहरुलाई थप स्वादिस्ट बनाउने पेडा, रवडी, लड्डु, काजु , बर्फी, ईम्युनिटी बुस्टर लड्डु लगाएत सम्पूर्ण मिठाईहरु यहाँ पाईन्छ। घरै बसेर सोसल मिडिया जस्तै फेसबुक र इन्स्टग्रामबाट पनि अर्डर गर्न सकिने संचालकले जानकारी गराएका छन् ।