भाडा तिर्न नसकेपछि सीभिल मलका व्यापारीले सञ्चालकलाई चावी बुझाए

<p>काठमाडाैं । सिभिल मलका व्यापारीहरुले सामुहिकरुपमा पसलको चाबी मलका सञ्चालकहरुलाई बुझाएका छन् । उनीहरुले भाडा छुटकाे माग गरेपनि छुट नदिएपछि आज सञ्चालकलाई तालाचावी बुझाएका हुन् । शुन्य आम्दानीमा व्यवसायीहरुलाई भाडा बहाल रकम अनिवार्य रुपमा भुक्तानी गर्न सञ्चालकहरुले ठाडो निर्देशन दिएपछि सो रकम भुक्तानी गर्न नसक्ने भएकाले उनीहरुले पसलको चाबी बुझाएकाे बताएका छन् । सिभिल मल व्यापार [&hellip;]</p>

काठमाडाैं । सिभिल मलका व्यापारीहरुले सामुहिकरुपमा पसलको चाबी मलका सञ्चालकहरुलाई बुझाएका छन् । उनीहरुले भाडा छुटकाे माग गरेपनि छुट नदिएपछि आज सञ्चालकलाई तालाचावी बुझाएका हुन् ।

शुन्य आम्दानीमा व्यवसायीहरुलाई भाडा बहाल रकम अनिवार्य रुपमा भुक्तानी गर्न सञ्चालकहरुले ठाडो निर्देशन दिएपछि सो रकम भुक्तानी गर्न नसक्ने भएकाले उनीहरुले पसलको चाबी बुझाएकाे बताएका छन् ।

सिभिल मल व्यापार संघका अनुसार नेपालमा दैनिक रुपमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा पसलहरु सञ्चालन गरे पनि आम्दानी भने भएकाे छैन ।

संघका अध्यक्ष रत्नबहादुर घिमिरेले वार्ताका लागि मल सञ्चलक र व्यापारी दुवै पक्षलाई गम्भीर भइ सन्तुलित सहमतिका लागि आग्रह गरेका छन् ।

Share News