तीनकुनेको खाली जग्गामा ट्राफिक प्रहरीले रोप्यो फूल, उत्कृष्ट बिरूवा बनाउनेलाई पुरस्कृत गरिने
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथद्धारा कोटेश्वर स्थित खाली जग्गामा ‘पुष्परोपन कार्यक्रम’ सम्पन्न भएको छ । आज आईतबार आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि तथा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले पुष्परोपन गरी उद्घाटन गरेका हुन् । नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको तीनकुने पर्यटकहरू आवातजावत गर्ने मुल ढोका समेत रहेकोले त्यहाँ रहेको खाली जग्गामा फुलहरू रोपि सडकलाई मनमोहक बनाईएको महाशाखाले जनाएको छ र अन्य यस्तै खाली रहेका स्थानमा पनि वृक्षरोपन गर्न नागरिकहरूलाई प्रेरणा मिल्ने विश्वास लिएको छ । अमला, वेगमवेली, तेजपत्ता, रिठ्ठा, मसला, धुपी, पारिजात, कपुर, रातकी रानी, कामिनी, किम्बु, चाँप, चाईनिज गुलाव, समी, मेन्टोगेटा, एभोगाडो, हेमनकस, आरू जस्ता ३५० बढी विरूवा ट्राफिक प्रहरीका अधिकृत तथा जवानहरूले रोपेका छन् । महाशाखाले एकातर्फ काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ भने अर्कातर्फ सडकको छेउलाई पनि मनमोहक, रौनक र रङ्गिन बनाई सुन्दरता बढाउन पुष्परोपन गर्न थालेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायव निरिक्षक विश्वराज पोखरेलले बढ्दो शहरीकरण कारण दिनप्रतिदिन बढिरहेको वातावरणीय असरप्रति सबैले गम्भिरताका साथ वृक्षारोपन गर्नुपर्नेमा जोड दिए । महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भिम ढकालले महाशाखा लगायत मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूले ३५० भन्दा वढी फुलका विरुवाको व्यवस्था गरेको जानकारी दिए । ढकालले ती ट्राफिक कार्यालयहरू आफुले रोपेका फुलहरूलाई आफैले नै रेखदेख गर्ने र ३ महिनापछि सबैभन्दा उत्कृष्ट बिरूवा (फूल) बनाउने कार्यालयलाई पुरस्कृत गर्ने बताए ।
४५ हजारकाे स्वाब संकलन गर्दै स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४५ हजारकाे नमुना संकलन सुरु गरेकाे छ । ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सरकारले असार २५ गतेदेखि ४५ हजार जनाकाे नमुना संकलन सुरु गरिसकेकाे बताएका छन् । उक्त ४५ हजार नमुनामा पाँच हजार उपत्यकाबाट लिईने उनले बताए । विशेष गरेर बैंक, तरकारी-फलफुल बजार, कर कार्यलय, स्वास्थ्यकर्मी, फिभर किल्निकमा काम गर्नहरुकाे नमुना संकलन गरिने पाण्डेले बताए ।
उन्नती सहकार्य लघुवित्तको सीईओमा प्रेम बहादुर पाठक नियुक्त
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रेम बहादुर पाठक नियुक्त भएका छन् । असार २६ गते बसेको संस्थाको सञ्चालक समितिको १५० औं बैठकले उनलाई आगामी ४ (चार) वर्षसम्मका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ पाठकले असार २६ गतेदेखि नै लागु हुने गरी आफ्नाे कार्यभार सम्हालेका छन् । यससँगै उनले आगामी २०८१ सालसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा यस उन्नती सहकार्य लघुवित्तको नेतृत्व सम्हाल्नेछन् । उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भए पश्चात उन्नति सहयकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड बनेको हो । सोहि नामबाट गत असार २६ गते शुक्रबारदेखि एकीकृत वित्तीय कारोबार शुरु भएको छ ।
काठमाडाैं उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित
काठमाडाैं । काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ५ जना र ललितपुरका १ जना रहेकाे गाैतमले बताए । आईतबार नेपालमा ८२ जना काेराेना संक्रमित थपिएका छन् भने १ सय ४७ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे संख्या १६ हजार ८ सय १ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ८ हजार ५ सय ८९ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३८ जको मृत्यु भइसकेकाे छ ।
नेपालमा थप ८२ जनामा कोरोना पुष्टि
काठमाडौं । आईतबार पछिल्लो २४ घण्टा यता थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ८२ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १६ हजार ८ सय १ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ८ हजार ५ सय ८९ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३८ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ८३ हजार ५ सय १५ काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । हाल देशभर २३ हजार ७ सय ८४ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार १ सय ७४ जना आईसाेलेसनमा रहेका छन् ।
सनराइज बैंकले अनलाइनबाटै उद्घाटन गर्यो ४ शाखा र १ विस्तारित काउन्टर
काठमाडौं । सनराइज बैंकले अनलाइनबाटै ४ शाखा र १ विस्तारित काउन्टरकाे उद्घाटन गरेकाे छ । आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याले डिजिटल उद्घाटन समारोह मार्फत ४ वटा शाखा र १ विस्तारित काउन्टरको उद्घाटन गरेका हुन् । कोभिड-१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी शाखा र विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको छ । बैंकले कपन, कान्तिपथ, भंगाल, कुमारीगालमा शाखा र हरिसिद्धीमा विस्तारित काउन्टर सुरु गरेको हो । कोरोना भाइरस (कोभिड-१९) महामारी फौलिएको र नेपालमा पनि यसको प्रभाव देखिएको परिपेक्षमा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्र्दै डिजिटल माध्यम मार्पmत उद्घाटन गरेको हो । आफ्ना शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न, सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । बैंकले हालसम्म १३४ वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा विस्तारित काउण्टर र १६० वटा एटिएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरूमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, विस्तारित काउन्टर र एटिएमहरु सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
बाढीपहिराबाट मृत्यु हुनेको परिवारलाई १ लाख राहत
हेटाैंडा । वाग्मती प्रदेशले वाग्मती प्रदेशअन्तर्गत पहाडी जिल्लामा पहिराका कारण मृत्यु भएका २५ परिवारलाई रु एक लाख राहतस्वरुप तुरुन्तै उपलब्ध गराइने निर्णय गरेको छ । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले बाढीपहिराबाट घाइते भएका व्यक्तिलाई तत्काल उद्धार गरिने, जोखिममा रहेका परिवारलाई अन्यत्र बसोबासका लागि सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिलाई सक्रिय तुल्याइने तथा प्रदेश सरकारका तर्फबाट आवश्यक स्रोतसाधन उपलब्ध गराइने पनि निर्णय गरेका मन्त्रिपरिषद्का प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । उनका अनुसार आगामी साउन २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशमा आर्थिक कार्यविधि ऐनको प्रथम संशोधन २०७७ को मस्यौदा र वातावरण संरक्षण गर्न बनेको अध्यादेश २०७७ पेश गरिने छ ।
ऐश्वर्या राय र उनकी छोरीमा पनि कोरोना संक्रमण
काठमाडौं । बलिउड नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरीमा पनि कोरोना संक्रमण देखिएकाे छ । उनीहरुमा आईतबार संक्रमण पुष्टि भएकाे हाे । शनिबार मात्र बच्चन अभिषेक बच्चन र अमिताभ बच्चनमा संक्रमण पुष्टि भएकाे थियाे । अमिताभकाे धर्मपत्नी जया बच्चनकाे भने नतिजा नेगेटिभ आएकाे भारतिय संचारमाध्यमले उल्लेख गरेकाे छ ।