अश्लील भिडियो बनाई पोष्ट गर्ने गोँगबुका २३ वर्षिय युवक पक्राउ
काठमाडौं । प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले अश्लील भिडियो बनाएर ब्लुसंसार डटकम नामको पोर्न वेबसाइटमा राख्ने काठमाडौँ गोँगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले श्रेष्ठले साइबर अपराध गरेर अश्लील भिडियो पोर्न वेबसाइटमा राखेकाले पक्राउ गरिएको जानकारी दिए । अभियुक्त श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ को कसुरमा कारवाही गरिने ब्युरोले जनाएको छ ।
१७ सय पाँचजना काेराेना निकाे भएर घर फर्किए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ७०५ रहेको छ । निको हुनेको सङ्ख्या नेपालमा कोभिड–१९ सङ्क्रमण देखिए यताकै उच्च हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले आजसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार २९४ पुगेको बताए । कूल कोरोना सङ्क्रमितमध्ये ६० दशमलव सात प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १४४ कोभिड–१९ सङ्क्रमित थपिएका छन् । विभिन्न २५ प्रयोगशालामा गरिएका पाँच हजार ८५६ नमूना परीक्षणमा ८२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १६ हजार ९४५ पुगेको छ । प्रदेशगतरुपमा आज कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा छ, प्रदेश नं २ मा ४१, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा आठ, प्रदेश नं ५ मा १४, कर्णाली प्रदेशमा ४६ र सुदूरपश्चिम प्रदेशमा १६ जना रहेका छन् । देशभरका क्वारेन्टिनमा हाल २३ हजार ४७० सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आजसम्मकै उच्च नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ७०५ रहेको छ । निको हुनेको सङ्ख्या नेपालमा कोभिड–१९ सङ्क्रमण देखिए यताकै उच्च हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले आजसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार २९४ पुगेको बताए । कूल कोरोना सङ्क्रमितमध्ये ६० दशमलव सात प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १४४ कोभिड–१९ सङ्क्रमित थपिएका छन् । विभिन्न २५ प्रयोगशालामा गरिएका पाँच हजार ८५६ नमूना परीक्षणमा ८२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १६ हजार ९४५ पुगेको छ । प्रदेशगतरुपमा आज कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा छ, प्रदेश नं २ मा ४१, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा आठ, प्रदेश नं ५ मा १४, कर्णाली प्रदेशमा ४६ र सुदूरपश्चिम प्रदेशमा १६ जना रहेका छन् । देशभरका क्वारेन्टिनमा हाल २३ हजार ४७० रहेका छन् । आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ६१३ रहेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ रहेको छ । हालसम्म प्रदेश नं १ मा एक जनाको पनि कोभिड–१९ का कारण मृत्यु भएको छैन भने प्रदेश नं २ मा चार, बागमती प्रदेशमा नौ र गण्डकी प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । त्यस्तै, प्रदेश नं पाँचमा १० जना, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा छ जनाको मृत्यु भइसकेको छ । प्रवक्ता डा गौतमले हालसम्मको तथ्याङ्कअनुसार विश्वभर एक करोड ३० लाख ४९ हजार १०७ कोरोना सङ्क्रमित भएका छन् । कोरोनाले पाँच लाख ७१ हजार ८०७ को निधन भइसकेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा अगाडि रहेको छ । भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानभन्दा अगाडि रहेको छ । त्यस्तै, प्रति दश लाख जनसङ्ख्यामा कोरोनाका कारण मृत्यु हुनेमा पनि नेपालमा अफ्गानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा कम छ । नेपालमा ५००भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् । त्यस्तै, हाल सङ्क्रमित नरहेको जिल्ला धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच रहेका छन् । काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढिरहेकाले अस्पताल, बैंकलगायतका स्थान सजगता गरिने प्रवक्ता गौतमले बताए । उनले जिल्ला जिल्लामा क्वारेन्टिनमा रहेका व्यक्ति घर फर्किएकाले त्यहाँ रहेका सामग्री र फोहरको उचित व्यवस्थापन गर्नुपर्ने उनले बताए । उनले भने, “फोहर यत्रतत्र नफाल्न र उचित व्यवस्थापनका लागि हामी सबैलाई अनुरोध गर्दछौँ ।”रहेका छन् । आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ६१३ रहेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ रहेको छ । हालसम्म प्रदेश नं १ मा एक जनाको पनि कोभिड–१९ का कारण मृत्यु भएको छैन भने प्रदेश नं २ मा चार, बागमती प्रदेशमा नौ र गण्डकी प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । त्यस्तै, प्रदेश नं पाँचमा १० जना, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा छ जनाको मृत्यु भइसकेको छ । प्रवक्ता डा गौतमले हालसम्मको तथ्याङ्कअनुसार विश्वभर एक करोड ३० लाख ४९ हजार १०७ कोरोना सङ्क्रमित भएका छन् । कोरोनाले पाँच लाख ७१ हजार ८०७ को निधन भइसकेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा अगाडि रहेको छ । भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानभन्दा अगाडि रहेको छ । त्यस्तै, प्रति दश लाख जनसङ्ख्यामा कोरोनाका कारण मृत्यु हुनेमा पनि नेपालमा अफ्गानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा कम छ । नेपालमा ५००भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् । त्यस्तै, हाल सङ्क्रमित नरहेको जिल्ला धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच रहेका छन् । काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढिरहेकाले अस्पताल, बैंकलगायतका स्थान सजगता गरिने प्रवक्ता गौतमले बताए । उनले जिल्ला जिल्लामा क्वारेन्टिनमा रहेका व्यक्ति घर फर्किएकाले त्यहाँ रहेका सामग्री र फोहरको उचित व्यवस्थापन गर्नुपर्ने उनले बताए । उनले भने, “फोहर यत्रतत्र नफाल्न र उचित व्यवस्थापनका लागि हामी सबैलाई अनुरोध गर्दछौँ ।” रासस
बर्षाको बेलामा मोबाइल फोन भिज्नबाट कसरी जोगाउने ?
काठमाडौं । वर्षायाम लागेसँगै कतै बाढिको चिन्ता त कतै पहिरोको प्रकोप देखापर्न थाल्छ । यही वर्षायममा कतिपयले घरबार, जन–धन गुमाउछन् भने कतिले अनेकौ कष्टहरु व्यहोर्न बाध्य हुन्छन् । तर हामीले आज सबै समस्याहरुलाई थाति राख्दै मोवाइल फोन बोक्ने ग्राहकरुले वर्षायाममा कसरी फोन जोगाउने भन्ने बारेमा चर्चा गर्दैछौं । वर्षायाम होस या जाडो मोवाइल फोन सधैको साथी जस्तै हो । सोही कारण ग्राहकरुले वर्षायामको बेलामा पनि मोवाइल फोन घरमै छाडेर बाहिरी यात्रा तय गर्दैनन् । वर्षायाममा मोवाइल फोन भिज्ने समस्या हामीलाई सामान्य लाग्ने गर्छ । तर भिजेकै कारण मोवाइल फोनमा विभिन्न किसिमका समस्या देखा पर्नेदेखि फोन नै नचल्नेसम्मको समस्या आउँछ । वर्षा, मनसुनको समय अनि मोवाइलको असुरक्षा, यो हर कोहीले भोग्दै आएको समस्यमा पनि हो । पानीले भिज्दा मोवाइल फोनमा कहिले ब्याट्री फुल्ने, डिस्प्लेका अक्षर नदेखिने, चार्ज नटिक्नेदेखि मोवाइल फोन नै सिज हुनेसम्मको खतरा हुन्छ । यस्तै, जोखिमबाट मोवाइल सेट बचाउन अहिले बजारमा वाटर प्रुफ मोवाइलहरु समेत किनबेच हुन थालेको छ । तर पनि सकेसम्म कुनैपनि मोवाइल पानीमा भिजाउनु राम्रो नहुने जानकारहरु बताउछन् । वाटर प्रुफ केसको प्रयोग गर्ने वर्षा याममा मोवाइल जोगाउन कतिपयले प्लास्टिकभित्र राख्ने गरेका छन् । कतिपय कभरहरु निकै हदसम्म पानी छेक्ने किसिमका हुन्छन् । तर वाटर प्रुफ केसहरुको प्रयोग गर्नु राम्रो मानिन्छ । यसरी वाटर पु्रफ केसको प्रयोग गर्दा मोवाइफ फोन पानीबाट पूर्ण रुपमा जोगाउन सकिन्छ । ब्लुतुथ हेडसेटको प्रयोग गर्ने मोवाइल हरेक बेलामा प्रयोग गर्नु पर्ने अवस्था आउन सक्छ । मनसुनको समयमा मोवाइल चलाउदा भिज्ने सम्भावना धेरै हुन्छ । भिजेपछि मोवाइलमा समस्या आउन सक्छ । सोही कारण ब्लुतुथ हेडसेटको प्रयोग गर्दा केही हदसम्म मोवाइल जोगाउन सकिन्छ । हेडसेट कुराकानी गर्ने, संगित सुन्ने लगायतको प्रयोजनमा प्रयोग गर्न सकिन्छ । चिसो हातले मोवाइल फोनको प्रयोग नगर्ने मोवाइल फोनको प्रयोग अधिकांश बेलामा गर्न सकिने भएकाले प्रयोकर्ताहरु मोवाइलको साथमा लामो समय बिताउन सक्छन् । कतिपय अवस्थामा आफ्नो महत्वपूर्ण कामका लागि हतारमा समेत मोवाइल प्रयोग गर्ने गरिन्छ । तर प्रयोगकर्ताहरुले चिसो हातले मोवाइल फोनको प्रयोग गर्नुमा राम्रो मानिदैन । वाटर प्रुफ फोनको प्रयोग गर्ने आफुसँग भएको फोन जोगाउनु सबै प्रयोगकर्ताको चाहाना हो । तर, प्रयोगकर्तासँग आर्थिक अवस्था सबल छ भने वाटर पु्रफ फोन प्रयोग गर्नु राम्रो हुन्छ । अहिले बजारमा केही महंगा मूल्य तिर्दा वाटर पु्रफ (पानीबाट जोगिने) किसिमका फोनहरु पाइन्छन् । साथमा रुमाल या सानो कपडा बोक्ने रुमाल वा कपडाका टुक्रा बोक्दा मोवाइल प्रयोगकर्तालाई राम्रो हुन्छ । कहिकतै मोवाइल फोनमा पानीका छिट्टा परेको अवस्थामा उक्त कपडाले पुछ्न मद्दत गर्छ । कपडाले पुछ्दा हल्कासँग डिस्प्लेमा असर नपर्ने गरी पुछ्नु पर्छ । भिजेको अवस्थामा चार्ज नगर्ने कहिलेकाही घर बाहिर गएको बेलामा फोनको चार्ज सकिन्छ । यसरी चार्ज सकिनु स्वभाविक पनि हो । तर सोही समयमा मोवाइलमा पानी परेको छ वा भिजेको छ भने हामीले तत्कालै मोवाइल चार्ज गर्नु हुदैन । भिजेको मोवाइल चार्ज गर्दा मोवाइलको व्याट्रीमा समस्या आउन सक्छ भने मोवाइल सट भएर पड्किने सम्भावना पनि उत्तिकै हुन्छ । सोही कारण मोवाइल फोन भिजेको छ भने चार्जमा राख्नु हुदैन । मोवाइल फोनलाई सुरक्षित राख्न विभिन्न विधिहरु अपनाउने गरिन्छ । यस्तै विधि अपनाएर हामीले आफ्नो मोवाइल फोनलाई सुरक्षित राख्न सक्छौं ।
ज्योति लाईफद्धारा विभिन्न पदकाे लागी कर्मचारी माग
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लगी कर्मचारी माग गरेको छ । ज्योति लाईफले एरिया सेल्स म्यानेजर, शाखा प्रमुख / उप–शाखा प्रमुख, बजार प्रतिनिधी, बजार प्रतिनिधी र कनिष्ठ सहायक/ सहायक/ बरिष्ठ सहायक पदका लगी कर्मचारी माग गरेको हो । आवेदन दिनको लागि आवेदकको शैक्षिक योग्यता न्यूनतम कक्षा १२ रहेको र १८ वर्ष भन्दा माथि र ४० बर्ष भन्दा मुनिको हुनुपर्ने कम्पनिले जनाएकाे छ । काठमाडौं र बाहिरका जिल्लाहरुको लागि कम्पनिले कर्मचारी माग गरेको हाे । आवेदकहरुले श्रावण १३ सम्म कम्पनिकाे ईमेल ठेगाना [email protected] मार्फत आवेदन दिनसक्ने कम्पनिले जनाएकाे छ ।
साधना लघुवित्तको आईपीओ बाँडफाँडः ८५ प्रतिशत बढीको हात खाली, ६६ हजारले पाए १० कित्ता सेयर
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) सोमबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आवेदन गर्ने आवेदकमध्ये ८५ प्रतिशत बढीको हात खाली भएको छ भने ६६ हजार एक सय ५२ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । सेयरका लागि आवेदन दिएका मध्ये ३ लाख ८१ हजार ६ सय ९७ जना आवेदकको हात खाली भएको छ । उक्त आईपीओमा ४ लाख ५८ हजार ६ सय ४३ जनाले एक करोड १२ लाख ५९ हजार ८ सय ५० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जसमध्ये कूल ४ लाख ४८ हजार ६४० वटा योग्य आवेदन परेकाे थियाे भने बाँकी रद्द भएका छन् । संस्थाले सर्वसाधारणका लागि ६ लाख ६१ हजार ५ सय २० कित्ता सेयर बिक्रीमा राखेको थियो । संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको थियाे । जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहेकाे ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे हाे ।
मल्लले जिते एक लाखको स्वतन्त्र लेखन प्रतियोगिता
काठमाडाैं । विकासन्युज डटकमले आयोजना गरेको स्वतन्त्र लेखन प्रतियोगिताको विजेता सुवास मल्ल बनेका छन् । कोरोना महामारी र हाम्रो भविष्य विषयक शिर्षकमा आयोजना गरिएको स्वतन्त्र लेखन प्रतियोगितामा प्रतिस्पर्धाका लागि प्राप्त भएका १ सय ११ लेखमध्ये ९६ लेख प्रकाशित भएका थिए । त्यस मध्ये मल्लले लेखेकाे अवसरहरुले ढकढक्याउँदै हाम्रो ढोका शिर्षकको लेख प्रथम भएकाे हाे । यस्तै, स्वतन्त्र लेखन प्रतियोगितामा अविन ओझा दाेस्राे भएका छन् भने तृतिय धनप्रसाद पौडेल भएका छन् । ओझाले पृथक तरिकाले उदाउँदै विश्व र पौडेलले निरर्थक मानव निर्मित सीमाना र सुरक्षा घेरा शिर्षकको लेख लेखेका थिए । यस्तै, प्रतिस्पर्धामा लेख समूहमा सञ्जिव पौडेलको आत्मर्निभरताको बाटोमाको शिर्षकको लेख उत्कृष्ठ भएकाे छ भने सम्पादकीय समूहबाट छनोट लेख दिपेश घिमिरेको समृद्धि र वर्वादीको दोबाटोमा उभिएको नेपाल शिर्षकको लेख छनोट गरिएको छ । सामाजिक सञ्जालमा सबैभन्दा बढी कमेन्ट भएको रमेश भट्टराईको हजुर बा म र छोरी शिर्षकको लेख छनोट भएकाे छ भने सबैभन्दा बढी सेयर भएको सन्तोष तिमिल्सिनाको विश्वबन्धुत्वको भावनामा आगामी यात्रा शिर्षकको लेख लाेकप्रियबाट विजयी भएकाे छ । यस्तै, मन्दिरा मधुश्रीको पाँचौ युग उत्कृष्ट कथा, तारा भट्टराईको आँखा आजै खुल्न सके जीवन बाँकी रला उत्कृष्ट कविता र गोपाल खनालको प्रकृतिमाथि न्याय गराैं जित मान्छेकै हुनेछ नामको निवन्ध विधागत रूपमा उत्कृष्ट भएका छन् । विकासन्युजले सोमबार एक कार्यक्रमको आयोजना गरी विजेताहरुको नाम घोषणा गरेको हो । यसभन्दा अघि भानुजयन्ती अर्थात आजैको दिनमा भब्यताका साथ कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गर्ने भनिए पनि विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण १५ जनाभन्दा बढी भेला हुन नपाइने सरकारको नियमलाई पालना गरी सम्पादन मण्डल र निर्णायकहरु बसेर विजेताहरुको घोषणा गरिएको विकास मिडियाका प्रबन्ध निर्देशक रामकृष्ण पौडेलले बताए । निर्धारित समयभित्र १०५ जना लेखकले १ सय ११ वटा लेखर रचना पठाएर प्रतिस्पर्धामा भाग लिएका थिए । प्राप्त लेख रचनाहरु इमेलमा प्राप्त मिति र समयका आधारमा क्रमागत रुपमा सूचिकरण गरिएको थियो । पहिला प्राप्त रचनालाई पहिला नै प्रकाशन गर्ने विधिमा गएकोले कुनै पनि लेखकले दुई वा सोभन्दा बढी रचना पठाएको अवस्थामा पहिलो प्रकाशनलाई प्रतिस्पर्धामा सहभागी गराइएको थियो । प्रतिस्पर्धाको लागि १ सय ११ वटा लेखररचनाहरु प्राप्त भएकोमा ९६ वटा प्रतिस्पर्धीका रुपमा प्रकाशित भएका थिए । पौडेलले कपीमा लेखेर फोटो खिचेर वा स्क्यान गरी इमेल गरेका वा पुनः टाइप गर्नु पर्ने, विदेशी लेखक वा अन्य संस्थाको वेवसाइटबाट पुरै अनुच्छेद नै नेपालीमा उल्था गरिएको भेटिएका लेख र रचनाहरुलाई प्रतिस्पर्धामा सहभागी नगराएको बताए । एउटै लेखकले पठाएका एक भन्दा बढी चरना मध्ये पहिले पठाएकाे लेख/रचना प्रकाशित गरिएकाे थियाे । ‘प्राप्त लेख र रचनालाई पहिलो चरणमा हामीले प्रकाशनयोग्य छ कि छैन भनेर मात्र मूल्याङ्कन गरेका थियौं, दोस्रो चरणमा पाठक मूल्याङ्कनलाई निश्चित अंक दिँदै प्रकाशित लेख र रचनाको गुणस्तर मूल्याङ्कन गर्यौं, असार १५ गतेसम्म विकासन्युजको वेबसाइट, फेसबुक र ट्वीटर पेजमा आएका प्रतिक्रिया तथा सेयर संख्यालाई मूल्याङकनको रुपमा हेरेर उत्कृष्ट लेख रचनालाई छनोट गरिएको हौं,’ उनले भने । यस्तै, विकासन्युजका सम्पादक शिव प्रसाद सत्यालले प्रतिस्पर्धामा भाग लिई सर्वाधिक सेयर भएको लेख रचना र र सर्वाधिक प्रतिक्रिया प्राप्त लेखनलाई पनि पुरस्कृत गर्ने योजना रहेको बताए । उनले कोरोना भाइरसको कारण उत्पन्न लकडाउनले विजेताहरुलाई विजेता घोषणा कार्यक्रममा सहभागी गराउन नपाएको बताउँदै अब अगष्ट १५ मा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी पुरस्कार हस्तान्तरण गर्ने बताए । यस्तै स्वतन्त्र लेखन प्रतियोगिताका निर्णायक अर्थविद् डा. अच्युत वाग्लेले आफूले लकडाउनको समयमा प्रतिस्पर्धाका लागि प्राप्त भएका लेख/रचनाहरु पढ्न र मूल्याकंन गर्न पाउँदा धेरै खुसी महसुस भएको बताए । मैले युवाहरुमा यति धेरै सिर्जनासिलता छैन भन्ने महसुस गरेको थिएँ, यी लेख/रचनाहरु पढेपछि यति सिर्जनसिल र परिपक्क युवाहरु पनि देशमा रहेछन् भन्ने ठाने, उनले भने । अर्का निर्यायक साहित्यकार बासुदेव अधिकारीले लकडाउनको समयमा यस्तो किसिमको लेखन कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले सिर्जनशील युवाहरुलाई लेखनमा प्रोत्साहन गर्नको लागि यस्ता खालका कार्यक्रमको आवश्यकता रहेको बताए । यस्तै लेखन प्रतियोगिताको अर्का निर्णायकमा प्रध्यापक डा.भगवान कोइराला थिए । तर कार्यव्यस्तताका कारणा उनी कार्यक्रम विजेता घाेषणा कार्यक्रममा सहभागी हुन नपाएकाे जानकारी दिए । विकास न्युजडटकमले चैत २० गते सार्वजनिक सूचना प्रकाशित गरी ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा लेख र रचना प्रतियोगिता गर्ने जानकारी गराएको थियो । प्रतियोगितामा प्रथम हुने लेख/रचनाले १ लाख रुपैयाँ नगदसहित सम्मान दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद र सम्मान प्राप्त गर्नेछ । यस्तै, विभिन्न विधामामा उत्कृष्ठ हुने लेखलाई पनि पुरस्कृत गरिने छ । पुरस्कार वितरणको कार्यक्रम भने अगष्ट १५ लाई तोकिएको विकास मिडिया प्रालिले जनाएको छ ।
सिद्धार्थ बैंकद्वारा विद्यालयको भवन पुनर्निर्माणकाे लागि ५ लाख सहयाेग
काठमाडौं । सिदार्थ बैंकले सोमबार दोलखा स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि, हेल्प नेपाल नेटवर्कलाई सहयोग स्वरुप रु पाँच लाख प्रदान गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका कार्यक्रम संयोजक दिक्षा सिंहलाई हस्तान्तरण गरेकी हुन् । बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको दोलखाको भिमेश्वर स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण कार्यको लागि उपयोग गर्ने बताईएको छ । नेपालको दुर्गम क्षेत्रको बालबालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा टेवा पु¥याउने उद्देश्य रहेको गैर सरकारी संस्था, हेल्प नेपाल नेटवकलाई पु¥याएको यस सहयोगबाट शिक्षाको क्षेत्रमा केहि हदसम्म भएपनि उत्थान पुग्ने र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिंदै जाने बैंकले जनाएको छ ।
बाल्ट्राको अटोमेटिक ह्याण्ड स्यानिटाइज डिस्पेन्सर बजारमा
काठमाडौं । बाल्ट्राले अटोमेटिक ह्याण्ड स्यानिटाइज डिस्पेन्सर बजारमा ल्याएको छ । नवीनतम र उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी बनाइएको यस ह्याण्ड स्यानिटाइज डिस्पेन्सरको माध्यमबाट तपाईंले नछाेई आफ्नो हात सुरक्षित तरिकाले स्यानिटाइज गर्न सक्नुहुनेछ । नौ लिटर स्टोरेज क्षमता भएको यस ह्याण्ड स्यानिटाइज डिस्पेन्सरमा तुरुन्त स्यानिटाइज गर्न सकिने, छुन नपर्ने, शक्तिसाली स्पे्र जस्ता विशेषताहरु रहेको बाल्ट्राको यस अटोमेटिक ह्याण्ड स्यानिटाइज डिस्पेन्सरलाई भित्तामा समेत जडान गर्न सकिनेछ । बाल्ट्राको ह्याण्ड स्यानिटाइज डिस्पेन्सरमा १ वर्षको वारेन्टी रहेको छ भने बैंक, स्कूल, कलेज, अफिस, हस्पिटल, होटल, रेस्टुरेन्टहरुको लागि उपयुक्त रहेको छ ।