बुधबार मात्रै सिंहदरबारका ७ सय कर्मचारीकाे पीसीआर परीक्षण
फाइल फाेटाे काठमाडौं । काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण थालेको छ । कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ५ सय देखि ७ सय कर्मचारीहरुको पीसीआर परीक्षणका लागि बुधबार नमुना संकलन गरीएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयका करिब ७ सयजना कर्मचारीको नमुना संकलनको तयारी भएको छ । परीक्षणपछि उपत्यका भित्रको अवस्था के छ भनेर आंकलन गर्न सकिने उनले बताए । काठमाडौं उपत्यकामा मंगलबार मात्रै ५३ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा २३ जना प्रहरी रहेका छन् । उपत्यकामा कुल संक्रमितको संख्या ४ सय ७७ पुगेको छ । काठमाडौंंमा ३ सय ३६, ललितपुरमा ९० र भक्तपुरमा ५० संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क रहेको छ । Corona Test_Singhadurbar यसरी गरियो सिंहदरबार भित्र कोरोना परीक्षण lसम्बन्धित समाचार – https://www.bikashnews.com/2020/07/29/229785.html Gepostet von Bikashnews.com am Mittwoch, 29. Juli 2020
एसईई परीक्षाको नतिजा १ हप्ता भित्र आउँछ: राष्ट्रिय परीक्षा बोर्ड
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ हप्ताभित्रमा प्रकाशन गर्ने बताएकाे छ । बोर्डका सदस्य सचिव दुर्गा प्रसाद शर्माले एसईईको नतिजा दुई हप्ताभित्रमा प्रकाशन भईसक्ने बताएका हुन् । ‘हाल विभिन्न जिल्लाहरुबाट आएका नतिजाहरुलाई हामी मिलाउँदैछौं, कुनै छुटेका रहेछन् भने तत्काल सम्पर्क गरेर उनीहरुले तयार गरेको मूल्यांकन मगाई करिब १ देखि २ हप्तामा नतिजा प्रकाशन गर्नेछौं’, सदस्य सचिव शर्माले भने । चैत ६ गतेदेखि हुने भनिएको एसईई परीक्षा कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले परीक्षा हुन एकदिन अगाडि स्थगित गरेकाे थियो । कोभिड–१९ संक्रमणका कारण यस वर्ष एसईईको परीक्षा स्थगित गर्दै सरकारले विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा विद्यार्थीलाई अंक दिने निर्णय गरेको थियो । यो वर्ष देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।
सभापति शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठिक छैनः प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठिक नभएको टिप्पणी गरेका छन् । तेह्रौं महाधिवेसनबाट पार्टीको नेतृत्व सम्हालेका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य विग्रेको नेता सिंहले बताएका हुन् । पार्टीको विधान र नियमावलीले निर्देशित गरे अनुरुप काम नगर्दा पार्टी अप्ठेरो अवस्थामा पुगेको बताए । उनले भने ‘१३औं महाधिवेशनबाट जुन नेतृत्व निर्वाचित हनुभयो, निर्वाचित पदाधिकारीले निर्वाचित भइसकेपछि आउने जिम्मेवारी र नेपाली कांग्रेसको विधान र नियमावलीले निर्देशित गरेको काम, कर्तव्य र अधिकार विशेष गरेर पार्टी सभापतिले विधानले गाइड गरे अनुसार गर्नुपर्ने काम कर्तव्य र अधिकारमा उहाँ चुकेको देखिएको छ । पार्टी सभापति जिम्मा लिएको व्यक्तिले काम गर्न नसकेको कारणले गर्दाखेरी अहिले पार्टीको स्वास्थ्य ठिक नभएको देखा परेको छ ।’ नेता सिंहले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएपनि पजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलाप समेत गर्न नसकेको बताए । उनले पार्टी प्राजातान्त्रिक मूल्य मान्यता अनुसार चल्न नसकेको स्वीकार गरे । महाधिवेसनको विधि र प्रक्रिया जिल्ला र स्थानीय तहमा सुरु भइसक्दा अनुशासनको कारबाही अगाडि बढाउन नहुने बताउँदै उनले पार्टीको विधान अनुसार अनुशासनमा नरहने व्यक्तिलाई कारबाही गर्ने कुरा ठिक भएपनि पार्टी सभापतिले समयको ख्याल गर्न नसकेको जनाए । Prakashman Singh देउवाका कारण पार्टीको स्वास्थ्य ठिक छैनः प्रकाशमान सिंहसम्बन्धित समाचार : https://www.bikashnews.com/2020/07/29/229775.html Gepostet von Bikashnews.com am Mittwoch, 29. Juli 2020 उनले भने ‘प्रजातान्त्रिक पार्टीको सभापति भइकन पार्टीको मूल्य मान्यता विपरित जुन जवरजस्ती गरिराख्नु भएको छ यो अप्राजातान्त्रिक गति हो । यो ठिक भएन भन्ने कुरा हामीले भनिरहेका छौं । विभाग गठन गर्नेदेखि लिएर आउने महाधिवेसनका लागि प्रभावित गर्नेदेखि लिएर पद बाँडने जस्तो काम भयो । अर्कोतिर फेरी प्रक्रिया अगाडि बढेपछि यो अनुशासनको कारबाही गरेर के देखाउनुभएको छ भने म सँग बस्नेहरुलाई पद पनि दिन्छु तर जसले मलाई च्यालेन्ज गर्छ त्यसलाई मैले कारबाही गर्छु भन्ने जुन क्यारेट एण्ड स्ट्रिक भनेर भन्छ नी यो दण्ड दिने र मोह पनि देखाउने गरी आउने महाधिवेसनलाई प्रभावित गर्ने गतिविधि एउटा प्रजातान्त्रिक पार्टी भित्र हुनै नपर्ने गतिविधि उहाँले देखाउनुभएको छ । यो विलकुलै अप्राजातान्त्रिक छ यो ठिक छैन भन्ने कुरा हामी भनिरहेका छौं ।’ उनले पार्टी भित्रका पुराना नेताहरुलाई कारबाही गर्ने अन्यलाई प्रवेश गराउने खेलमा सभापति लाग्नुभएको बताए । पार्टी प्रवेश गराउने र कारबाही गर्ने काम समय अनुसार ठिक नभएको उनले बताए । उनले भने ‘ठिक छ अरु पार्टीबाट प्रवेश गराउने राम्रै कुरा हो तर अहिले समय कस्तो भयो भन्दाखेरी अब टेस्टेड पुराना नेताहरुलाई कारबाही गरेर पार्टीबाट निकाल्ने र अरुहरुलाई प्रवेश गराउने । प्रवेश त गराउनुपर्छ ठिक छ तर यो जुन समय हो ठिक भएन ।’ नेतृत्वले राम्रोसँग काम गर्न नसक्दा निर्वाचनमा पराजित हुनुपरेकाले एकपटक फेल भएको नेतृत्वलाई फेरी अवसर दिन नहुने नेता सिंहले बताए । उनले भने ‘नेतृत्वले समयको माग बमोजिम सबल नेतृत्व दिन नसकेको कारणले कांग्रेस सेटब्याक निर्वाचनमा भएको छ । अब यसलाई ओभरकम गर्नलाई हामीले के गर्नुपर्यो भन्दाखेरी १४ औं महाधिवेसनमा फेल भइसकेको नेतालाई फेरी दोहोर्याउनु हुँदैन ।’ २०४६ साल यताका सबै नेतृत्वहरु शक्ति र सत्ताको खेलामा लागेकाले पार्टी कमजोर बनेको नेता सिंहले बताए । कार्यकर्तालाई कसरी परिचालन गर्ने भन्दा पनि शक्ति र सत्ताको खेलमा नेताहरु लाग्दा कांग्रेस दुराअवस्थामा पुगेको बताए । उनले भने ‘विचारधारा राम्रो, स्ट्रगल राम्रो, डेलिभर गर्ने पनि हाम्रो राम्रो छ । तर पार्टीमा के भयो भन्दाखेरी २०४६ साल सम्म त पार्टी प्रतिवन्धित थियो । २०४६ सालमा जनआन्दोलन सर्वोच्च कमाण्डर गणेशमान सिंहको नेतृत्वमा बहुदलिय व्यवस्था पुनरबहाली भयो । प्रतिवन्धित बाट खुलामा आइसकेपछि नेपाली कांग्रेसको मैले देखेको डिफेक्ट के हो भन्दाखेरी जुन खुलापनमा पार्टीलाई अगाडि बढाउनको लागि कार्यकर्ताहरुलाई कसरी परिचालन गर्ने, कार्यकर्ताको जिम्मेवारी के हो जनतामा कसरी जाने भन्नेकुरामा ध्यान जानु भन्दा पनि बढी मूल्य र मान्यताको राजनीतिबाट पावर पोलिटिक्समा सत्ताको राजनीतिमा गएको कारणले गर्दाखेरी अहिले नेपाली कांगे्रस दुराअवस्थामा पुगेको छ ।’ नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वको सरकारको औचित्य नरहेको बताए । उनले राजनीतिक र वैधानिक रुपमा औचित्य समाप्त भइसकेको बताए ।
स्याङ्जाकाे गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट मृत्यु भएका परिवारलाई १ लाख दिने
स्याङ्जा । गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट मृत्युभएकाका परिवारलाई रु एक लाख सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाले प्राकृतिक विपत्तिमा परी मृत्यु भएमा मृतकका परिवारलाई रु एक लाख राहतस्वरुप दिने निर्णय गरेको हो । प्राकृतिक प्रकोपका कारण नगरवासी घाइते भएमा उपचारका क्रममा खर्च भएको बिलका आधारमा रु २५ हजारसम्म राहतस्वरुप सहयोग गर्ने निर्णयसमेत गरिएको नगरपालिकाले जनाएको छ । केही दिनदेखि परेको लगातारको बर्सात्का कारण नगरपालिका भित्रका केही स्थानमा मानवीय तथा भौतिक क्षति भएकाले यो निर्णय गरिएको नगरप्रमुख भुपराज अधिकारीले बताए । नगर कार्यपालिकाको बैठकले विस्थापित परिवारलाई आवश्यकताका आधारमा खाद्यान्न सहितका आवश्यक सामग्री सहयोग गर्ने निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए । नगरपालिकामा पहिराका कारण दुईको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । यस्तै, प्राकृतिक विपत्तिका कारण करीब दुई दर्जन घरपरिवार विस्थापित भएका छन् भने कैयौँ घर उच्च जोखिममा रहेका छन् । रासस
लगानीकर्तालाई धितोपत्र बोर्डले भन्यो- सगुनको सेयरमा लगानी नगर्नु
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सगुन इन्कर्पोरेशन कम्पनीमा लगानी नगर्न लगानीकर्तालाई आग्रह गरेको छ । सगुनलाई लक्षित गर्दै बोर्डले बुधबार एक सूचना जारी गरी विदेशमा दर्ता भएका सगुनजस्ता अन्य कम्पनीको सेयरमा लगानी नर्गन आग्रह गरेको हो । अमेरिकामा दर्ता भएको सगुनले नेपालका लगानीकर्तालाई लक्षित गरी मिनि आईपीओ जारी गरेको विभिन्न सञ्चारमाध्यममा आएसँगै बोर्डले उक्त आग्रह गरेको हो । नेपालीलाई अमेरिकी कम्पनीकाे मालिक बनाउने भन्दै सगुनले गरेकाे प्रचारप्रसार गैरकानुनी रहेकाे बाेर्डले बताएकाे छ। बोर्डको स्वीकृत बिना नेपालमा धितोपत्रको निष्काशन गर्ने काम गैरकानुनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने बोर्डले जनाएको छ । ‘सगुन जस्ता अन्य कम्पनी जसले बोर्डबाट स्वीकृत प्राप्त गरेका छैनन्, त्यस्ता कम्पनीकाे सेयरमा लगानी नगर्न आग्रह गरिएकाे हाे । यदि त्यस्तो गरेको पाइएमा धितोपत्र ऐन अनुसार कारबाहीको प्रकृया अघि बढाइने छ ।’- बाेर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । बाेर्डले बुधबार जारी गरेकाे सूचना त्यसैले, लगानीकर्ताले कुनै कम्पनीमा लगानी गर्नु अघि त्यस कम्पनीले बोर्डबाट स्वीकृति पाएकाे/नपाएकाे हेरेर वा बुझेर मात्रै लगानी गर्न उचित हुने उनले भने । ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७(१)मा संगठित संस्थाले नेपालमा धितोपत्रको निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने र दफा २९(१)मा संगठित संस्थाले एक पटकमा ५० जनाभन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने’ व्यवस्था रहेको छ । सम्बन्धित समाचारः सगुनले ९० लाख डलरको सेयर निष्काशन गर्ने, कम्तिमा ९ सय डलरको किन्न सकिने
मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट कानूनविपरीत सेवासुविधा प्रदान
कर्णाली । सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का पदाधिकारी, शिक्षक तथा कर्मचारीले कानूनविपरीत सेवासुविधा लिएको पाइएको छ । विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आर्थिक नियमविपरीत रु एक करोड तीन लाख १२ हजार भत्ता लिएको महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । नेपाल सरकारको स्वीकृतिबिनै विभिन्न प्रकारका भत्ता रकम लिएको पाइएपछि असुलउपर गर्न विश्वविद्यालयलाई सो कार्यालयले सुझाव दिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ को दफा ३९ मा विश्वविद्यालयले नेपाल सरकारलाई आर्थिक दायित्व पर्ने गरी कुनै पनि पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिक तथा सेवासुविधा थप गर्नुअघि अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने उल्लेख छ । तर विश्वविद्यालयको कार्यकारी परिषद्ले अर्थ मन्त्रालयको स्वीकृति नलिई पदाधिकारीलाई विभिन्न प्रकारका भत्ताको नाममा भुक्तानी दिएको प्रतिवेदनले औँल्याएको छ । विश्वविद्यालयले रु एक करोडभन्दा बढी रकमको लेखापरीक्षणसमेत गराएको छैन । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ऐन २०७६ को दफा ३३ अनुसार महालेखा परीक्षकबाट लेखापरीक्षण गराउनुपर्ने उल्लेख छ । विश्वविद्यालयका पूर्वरजिष्ट्रारदेखि ठेकेदारको नाममा रु ४८ लाखभन्दा बढी रकम बेरुजु देखिएको छ । मानविकी सङ्कायको केन्द्रीय क्याम्पसको भवन निर्माण गर्ने कम्पनी कविर÷गोपाल÷जेभीको नाममा सबैभन्दा बढी रु २३ लाख ९० हजार बेरुजु छ । तत्कालीन रजिष्ट्रार ठगेन्द्रप्रसाद गिरीको नाममा रु दुई लाख १५ हजार, पूर्वरजिष्ट्रार डा महेन्द्रकुमार मल्लको नाममा पनि रु २३ हजार ७० बेरुजु रहेको छ । तत्कालीन अधिकृतस्तरका कर्मचारी जीवनकुमार थापाको नाममा रु ७० हजार, पूर्वउपकूलपति पदमलाल देवकोटाका स्वकीयसचिव सुदन गौलीको नाममा रु एक लाख ५७ हजार, अधिकृत गगनसिंह बोहोराका नाममा रु दुई लाख ४५ हजार ८८२ बेरुजु छ । तत्कालीन उपप्रध्यापक सुनिल देवकोटाका नाममा रु ५० हजार, तत्कालीन मुख्य सहायक स्टोर गणेशबहादुर केसीको नाममा रु एक लाख ३३ हजार, तत्कालीन अनुगमन अधिकृत पारसराम गिरीको नाममा रु एक लाख बेरुजु छ । तत्कालीन मुख्य सहायक विजया गिरीको नाममा रु ३० हजार र कार्यालय सहयोगी निरञ्जन कार्कीका नाममा रु ३२ हजार, साविक वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा कार्यरत रहँदा सहप्राध्यापक शरदचन्द्र कश्यपको नाममा रु १० हजार ५००, उपप्राध्यापक गजेन्द्र भण्डारीका नाममा रु २० हजार, तत्कालीन इञ्जीनियरिङ सङ्कायका डिन ललितविक्रम राणाको नाममा रु ३० हजार बेरुजु छ । महालेखाको प्रतिवेदनमा विश्वविद्यालयमा समायोजन हुनुअघि तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसका पदाधिकारीको नाममा पनि बेरुजु छ । जथाभावी जनशक्ति नियुक्त गर्नु, पदाधिकारीले मनपरि पेश्की रकम लिनु र गैरकानूनीरूपले सेवासुविधा वितरण गर्नुजस्ता कारणले आर्थिक अनियमितता देखिएको हो । विश्वविद्यालयको ऐन, कानून र मन्त्रिपरिषद्का निर्णयलाई चुनौती दिँदै पदाधिकारी चल्दा आर्थिक पारदर्शिता र शैक्षिक गुणस्तरमा गम्भीर प्रश्न उब्जिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । महालेखाको प्रतिवेदनअनुसार विसं २०७४ असोज २ गतेको मन्त्रिपरिषद्को बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका लागि २०३ जनाको जनशक्तिलाई सेवा आयोगबाट स्थायी गर्ने स्वीकृति दिएको थियो तर विश्वविद्यालयले सेवा आयोग गठन नहुँदै स्थायी नियुक्ति गरेको थियो । महालेखा परीक्षकको प्रतिवेदनअनुसार सेवा आयोग गठन नहुँदै स्थायी नियुक्त गरेकाले आर्थिक व्ययभार बढाएको र प्रतिस्पर्धा सीमित भएका कारण शैक्षिक गुणस्तरमा दीर्घकालीन प्रभाव पर्ने जनाएको छ । विश्वविद्यालयमा आधा अर्बभन्दा बढी रकम बेरुजु देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५÷७६ सम्म आइपुग्दा विश्वविद्यालयको नाममा रु ७६ करोड १७ लाख ८६ हजार बेरुजु छ । जसमध्ये आर्थिक वर्ष २०७४÷७५ को रु ३५ करोड ५८ लाख २६ हजार र आर्थिक वर्ष २०७५/७६ को रु ४० करोड ४९ लाख ६० हजार बेरुजु हो । यो रकम भने तोकिएको समयमा कागजपत्र, बिल भर्पाइ नबुझाएर बेरुजु देखिएको हो । विश्वविद्यालय प्रशासनले बेरुजु फछ्र्योट गर्न निरन्तर ताकेता गरिरहेको जनाएको छ । विश्वविद्यालयका उपकूलपति प्रा डा नन्दबहादुर सिंहले १० वर्ष पुरानो बेरुजु असुल गर्न आफूले कर्मचारीलाई निर्देशन दिएको जानकारी दिए । आफू आउनुभन्दा पहिलेको बेरुजु भएको बताउँदै उहाँले विश्वविद्यालयका वास्तविक सम्पत्ति तथा आम्दानी÷खर्चको यथार्थ विवरण प्राप्त गरेपछि श्वेतपत्र सार्वजनिक गरेर जनतालाई प्रष्ट पार्ने बताए ।
काठमाडौंको पटाप बस्ती पहिरोको जोखिममा
काठमाडौं । काठमाडौं जिल्लाकै दुर्गम तथा विकट मानिने शङ्खरापुर नगरपालिका–२ पटापको बस्ती जोखिममा परेको छ । वर्षा शुरु भएसँगै आएको पहिरोले पटापको एकै ठाउँका आठभन्दा बढी घर उच्च जोखिममा परेका छन् । पहिरोले एउटै टोलका यदुनाथ दङ्गाल, गोविन्द दङ्गाल, रमेश लामिछाने, दिपु तामाङ तथा कार्की टोलका हीराप्रसाद खड्कालगायतको घर उच्च जोखिममा परेको समाजसेवी शङ्कर तिवारीले जानकारी दिए । जुनसुकै बखतमा पनि मानवीय एवं भौतिक क्षति हुने सम्भावना देखिएकाले सम्बन्धित निकाय एवं स्थानीय सरकारले तुरुन्त उचित समाधानसहित स्थानान्तरण अथवा जोखिम न्यूनीकरणका लागि पहलकदमी चाल्नुपर्ने उनले बताए । सरकारको खोजी भनेकै असजिलो र असामान्य परिस्थितिमा हुने भन्दै पीडित यदुनाथ दङ्गालले जोखिममा परेकाको उचित व्यवस्थापनका लागि सरकार यथाशीघ्र लाग्नुपर्ने माग गरे । उनका अनुसार जुनसुकै समयमा पहिरो खसेर मानवीय तथा भौतिक क्षति हुने भएकाले छिटोभन्दा छिटो पहिरो रोकथामका लागि स्थानीय तथा केन्द्रीय सरकारले ध्यान दिनुपर्छ । अनि मात्र क्षतिबाट बच्न सकिने उनको भनाइ छ । रासस
सुनकाे मूल्य बढ्ने क्रम जारी, प्रतितोला कति ?
काठमाडौं । बुधबार पनि सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। ताेलाकाे ३ सयले बढेर प्रतितोला ९८ हजार ५ सय पुगेर सुनले फेरी नयाँ रेकर्ड कायम गरेको हाे । मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य मंगलबार थियो। यस्तै चाँदीको मूल्य भने २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा पुगेको छ । आइतबार चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।