बीवाईडीले ल्यायो सुपर चार्जिङ ईभी प्रविधि, ५ मिनेटको चार्जमै ४०० किलोमिटर यात्रा

<p>काठमाडौं । बीवाईडीले सोमबार विद्युतीय सवारीसाधन (ईभी) हरूका लागि नयाँ प्लेटफर्म अनावरण गरेको छ । यसले ईभीलाई पेट्रोल/डिजेल भर्न लाग्नेजत्तिकै छिटो चार्ज गर्न सकिने बताइएको छ । साथै कम्पनीले पहिलो पटक चीनभर चार्जिङ नेटवर्क निर्माण गर्ने घोषणा पनि गर्‍यो । कम्पनीका संस्थापक वाङ चुआनफुले शेन्जेन मुख्यालयबाट लाइभस्ट्रीम गरिएको कार्यक्रमका क्रममा बताएअनुसार, &#8216;सुपर ई–प्लेटफर्म&#8217; भनिने नयाँ [&hellip;]</p>

काठमाडौं । बीवाईडीले सोमबार विद्युतीय सवारीसाधन (ईभी) हरूका लागि नयाँ प्लेटफर्म अनावरण गरेको छ । यसले ईभीलाई पेट्रोल/डिजेल भर्न लाग्नेजत्तिकै छिटो चार्ज गर्न सकिने बताइएको छ । साथै कम्पनीले पहिलो पटक चीनभर चार्जिङ नेटवर्क निर्माण गर्ने घोषणा पनि गर्‍यो ।

कम्पनीका संस्थापक वाङ चुआनफुले शेन्जेन मुख्यालयबाट लाइभस्ट्रीम गरिएको कार्यक्रमका क्रममा बताएअनुसार, ‘सुपर ई–प्लेटफर्म’ भनिने नयाँ प्रणालीमा एक हजार किलोवाटको अधिकतम चार्जिङ गति हुनेछ । यस प्रणाली प्रयोग गर्ने कारहरूले मात्र ५ मिनेटको चार्जमा ४०० किलोमिटर (२४९ माइल्स) यात्रा गर्न सक्नेछन् ।

एक हजार किलोवाटको चार्जिङ गति टेस्लाका सुपरचार्जरहरूको भन्दा दोब्बर छ, जसको पछिल्लो संस्करणमा अधिकतम ५०० किलोवाट चार्जिङ क्षमता छ । छिटो चार्ज हुने प्रविधि ईभी अपनाउने दर बढाउनका लागि महत्त्वपूर्ण मानिन्छ ।

वाङले भने, ‘हाम्रा प्रयोगकर्ताहरूको चार्जिङसम्बन्धी चिन्ता पूर्ण रूपमा समाधान गर्नका लागि हामीले विद्युतीय सवारीसाधनहरूको चार्जिङ समय पेट्रोल सवारीसाधनहरूको इन्धन भर्ने समय जत्तिकै छोटो बनाउने लक्ष्य राखेका छौं ।’

नयाँ चार्जिङ संरचना सुरुमा दुई नयाँ ईभीमा उपलब्ध हुनेछ- हान एल सेडान टाङ एल एसयूभी जसको मूल्य २ लाख ७० हजार युआन (३७ हजार ३२८.९१ डलर) बाट सुरु हुनेछ । साथै बीवाईडीले नयाँ प्लेटफर्मसँग मेल खाने गरी चीनभर ४ हजारभन्दा बढी अल्ट्रा-फास्ट चार्जिङ पाइलहरू (चार्जिङ युनिटहरू) निर्माण गर्ने बताएको छ ।

तर कम्पनीले यस्ता सुविधाहरू निर्माण गर्न कति लगानी गर्ने र कहिलेसम्म पूरा गर्ने भन्ने बारे कुनै ठोस समयसीमा उल्लेख गरेको छैन । हालसम्म बीवाईडी चलाउनेहरूले अन्य कार निर्माताहरूका चार्जिङ सुविधाहरू वा तेस्रो पक्षको सार्वजनिक चार्जिङ पोलहरूमा भर परेर गाडी चार्ज गर्दै आएका छन् ।

टेस्लाले सन् २०१४ देखि चीनमा आफ्ना सुपरचार्जरहरू उपलब्ध गराएको छ । साथै बीवाईडीका साना चिनियाँ प्रतिस्पर्धीहरू जस्तै- नीओ, ली अटो, एक्सपेङ्ग र जिक्रले पनि वर्षौंदेखि चार्जिङ सुविधाहरूमा व्यापक लगानी गर्दै निर्माण गरिरहेका छन् ।

बीवाईडी मुख्य रूपमा प्लग–इन हाइब्रिडमा भर पर्छ, जसको बिक्री गत वर्ष ४.२ मिलियन युनिट पुगेको थियो । यस वर्ष कम्पनीले ५/६ मिलियन युनिट बिक्री गर्ने लक्ष्य राखेको छ ।

चार्जिङ सिस्टममा परिवर्तन ?

वातावरणीय रक्षा कोषकाका अनुसार अमेरिकामा औसत ईभी दायरा ३०० माइल (४८३ किलोमिटर) जति छ, तर ब्याट्री पावर भएका ईभी चार्ज गर्न कारको मोडेल र चार्जिङ पोइन्टको गतिको आधारमा २० मिनेटदेखि केही घण्टासम्म लाग्न सक्छ ।

डुने इनसाइजट्सका संस्थापक तथा सीईओ माइकल डनले भने, ‘छिटो चार्जिङ पक्कै फाइदाजनक हो तर ईभी मालिकहरूका लागि प्राथमिकतामा यो ब्याट्रीको कुल दायरा र चार्जिङ पोर्टहरूको सुविधा भन्दा पछि आउँछ ।’

‘बीवाईडी अब आफ्ना प्रविधिसम्बन्धी उपलब्धिहरू सुनाउने मामिलामा धेरै निपुण बन्दै गएको छ । एउटा परम्परागत इन्जिनियरिङ कम्पनीले आफ्नो प्रतिस्पर्धात्मक हतियारमा एउटा महत्त्वपूर्ण मार्केटिङ पक्ष थपेको छ,’ उनले थपे ।

घोषणासँगै बीवाईडीको सेयर उकालो

सुपर चार्जिङ ईभी प्रविधि‍को घोषणा गरेसँगै बीवाईडीको सेयरहरू मंगलबार उकालो लागे ।

बीवाईडीका हङकङमा सूचीकृत सेयरहरू बजार खुल्नेबित्तिकै ६ प्रतिशतभन्दा धेरैले वृद्धि भए । जसले नयाँ ५२ हप्ते उच्चतम स्तर कायम ग¥यो । पछिल्लो पटक ती सेयरहरू झण्डै २.५ प्रतिशतले माथि कारोबार गरिरहेको देखिएको थियो, जुन यस वर्ष हालसम्म ५१ प्रतिशतले भन्दा धेरै वृद्धि हो ।

यसैबीच, बीवाईडीका शेन्जेनमा सूचीकृत सेयर मूल्य मंगलबार बिहान २ प्रतिशतभन्दा धेरैले वृद्धि भयो । (एजेन्सीहरूको सहयोगमा)

युरोपमा तेस्रो प्लान्ट बनाउनेबारे विचार गर्दै बीवाईडी

हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने

निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा

मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै

Share News