मर्जरमा जाने एनसीसी बैंककाे नीतिगत प्रस्ताव पारित, कुन बैंकसँग हुँदैछ मर्ज ?

<p>काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले उपयुक्त बैंकसँग मर्जर गर्नको लागि नीतिगत प्रस्ताव पारित गरेको छ । बैंकले हालसम्म कुन बैंक तथा वित्तीय संस्थासँग मर्ज गर्ने भन्नेबारे निर्णय नगरेपनि मर्जरमा जाने भन्ने प्रस्तावलाई पारित भने गरेकाे हाे । माघ ९ गते भएकाे बै‌ककाे साधारणसभाले साे प्रस्तावलाई पारित गरेकाे बताइएकाे छ । बैंकका [&hellip;]</p>

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले उपयुक्त बैंकसँग मर्जर गर्नको लागि नीतिगत प्रस्ताव पारित गरेको छ । बैंकले हालसम्म कुन बैंक तथा वित्तीय संस्थासँग मर्ज गर्ने भन्नेबारे निर्णय नगरेपनि मर्जरमा जाने भन्ने प्रस्तावलाई पारित भने गरेकाे हाे ।

माघ ९ गते भएकाे बै‌ककाे साधारणसभाले साे प्रस्तावलाई पारित गरेकाे बताइएकाे छ । बैंकका कम्पनी सचिव कपिल ज्ञवालीले आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) लाई पत्र लेख्दै बैंकले मर्जरमा जाने नीतिगत प्रस्ताव पारित भएको  उल्लेख गरेका छन् ।  नेप्सेले आइतबार कारोबार प्रणालीमा उच्च खरिद चाप देखिएकाले मूल्यमा असर गर्ने कुनै सूचना तथा निर्णय गरेको भए सोको जानकारी ३ दिन भित्र गराउन दिएको निर्देशनको उत्तर पठाउँदै बैंकले यस्तो बताएको हो ।

बैंकले नेप्सेलाई लेखेको पत्रमा बैंकका तर्फबाट सेयर मूल्यमा प्रभाव पर्ने किसिमको कुनै निर्णय तथा नभएको पनि बताएको छ ।

‘बैंकको साधारणसभाबाट एनसीसी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपर्युक्त दखिएमा बैंकको चल÷अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्ती सम्बन्धमा प्रचलित कानुन अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने नीतिगत प्रस्ताव मात्र पारित भएको छ, यस सम्बन्धमा कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने वा गाभिने विषयमा छलफल भएको छैन,’ पत्रमा उल्लेख गरिएको छ ।

आइतबार एनसीसी बैंकको सेयर मूल्य एक्कासी बढेपछि नेप्सेले बैंकलाई स्पष्टिकरण सोधेको थियो । आइतबार बैंकको शेयर मूल्य ९.९७ प्रतिशतले बढेको थियो ।

औपचारिक रुपमा बैंक कुन बैंकसँग मर्ज हुने भन्ने विषय बाहिर नआएपनि नबिल बैंकसँग मर्जरको गृहकार्य भइहरेको चर्चा पनि उतिकै छ । बैंक स्रोतका अनुसार नबिल र एनसीसीबीच मर्जरको आन्तरिक गृहकार्य भइरहेको छ ।

सम्बन्धित सामग्री

खुल्दै एनसीसी बैंकको पर्दाभित्रको ‘होमवर्क’, नबिलसँग मर्ज भए कति हाेला स्वाप रेसियो ?

एनसीसी बैंकमा विनोद चौधरीको प्रवेश, बुक क्लोजअघि ३५ करोड लगानी

Share News