एनसीसी बैंकमा विनोद चौधरीको प्रवेश, बुक क्लोजअघि ३५ करोड लगानी

  २०७७ माघ १० गते ९:१८     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा विनोद चौधरीले प्रवेश गरेका छन् । उनले श्रीमती सारिका चाैधरीको नाममा करिब १० लाख कित्ता सेयर किनेका छन् ।

नबिल र एनसीसी बैंक मर्जरको तयारीमा रहेको समाचारहरु प्रकाशित भईरहेको बेलामा चौधरीले ठूलो मात्रामा सेयर किनेका एनसीसी बैंक सम्बद्ध स्रोतले बतायो ।

चाैधरीकाे स्वामित्वमा रहेकाे एनबी इन्टरनेशनलकाे नाममा नबिल बैंकमा ५० प्रतिशत सेयर रहेकाे छ भने सारिका, छाेरा  निर्माण चाैधरी सहित परिवार सदस्यकाे नाममा थप करिब ३ प्रतिशत सेयर रहेकाे छ ।

‘सारिका चौधरीको नाममा करिव १० लाख कित्ता सेयर देखिएको छ । उनले बुक क्लोज हुनुभन्दा एक साता अगाडिको उक्त सेयर किनेको देखिन्छ’ बैंक स्रोतले बतायो ।

साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस २१ गते बुक क्लोज गरेको थियो । चौधरीले सेयर किन्दाको समयमा बैंकको सेयर मूल्य प्रतिकित्ता ३१२ देखि ३६४ रुपैयाँ रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

चौधरीले कम्तिमा ३५ करोड रुपैयाँ एनसीसी बैंकको सेयरमा लगानी गरेको देखिन्छ ।

चौधरीले सेयर किनेपछि एनसीसी बैंकमा हलचल मच्चिएको छ । ‘चौधरीले अहिलेसम्म एनसीसी बैंकको सेयर किनेका थिएनन्, पहिलो पटक उनले किनेका छन् । यसले बैंकभित्र नयाँ तरङ्ग पैदा भएको छ’ बैंक सम्बद्ध उच्च स्रोतले नाम नखोल्ने सर्तमा बतायाे ।

एनसीसी बैंक नबिलमा मर्ज गराउन शुरुमा लक्ष्मी बहादुर श्रेष्ठले पहल गरेको र एनसीसीको सेयर किनाउन निर्मल प्रधानको भूमिका रहेको बैंकका ठूला सेयरधनी बताउँछन् । विनोद चौधरीले श्रीमतीको नाममा करिब १० लाख कित्ता र अरुको नाममा करिब ८ लाख कित्ता सेयर किनेको आशंका गरिएको एक लगानीकर्ताले बताए ।

विनाेदसँगै सारिका चाैधरी

चौधरीको प्रवेशअघि बैंक सञ्चालक समितिमा को-को जाने भन्नेमा चर्को प्रतिस्पर्धाको वातावरण रहेको तर चौधरीले सेयर किनेको देखिएपछि एकाएक बैंक सञ्चालक समिति चयनमा सर्वसहमतिको वातावरण बनेको स्रोतले बतायो ।

(माघ १२ गते ५ बजे सम्पादन गरी सारिका चाैधरीकाे नाममा हुन गएकाे त्रुटी सच्चाइएकाे छःसम्पादक)

थप समाचार

एनसीसी बैंककाे लाभांश पारित, सञ्चालक समितिमा ६ जना निर्वाचित, न्याैपाने बने अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.